जीवनमा प्रवेश (३)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४४४

कसैले आत्माका विवरणहरू कसरी बोध गर्छ? पवित्र आत्मा मानिसमा कसरी काम गर्नुहुन्छ? शैतान मानिसमा कसरी काम गर्छ? दुष्ट आत्माहरू मानिसमा कसरी काम गर्छन्? प्रकटीकरणहरू के-के हुन्? तँलाई कुनै कुरा आइपर्दा, के त्यो पवित्र आत्माबाट आउँछ, अनि तँ त्यसप्रति समर्पित हुनुपर्छ कि तैँले त्यसविरुद्ध विद्रोह गर्नुपर्छ? मानिसहरूको वास्तविक अभ्यासमा, मानिसहरूले सधैँ पवित्र आत्माबाट आउँछन् भनी विश्‍वास गर्ने धेरै कुरा मानिसको इच्छाबाट उत्पन्न हुन्छन्। कतिपय कुरा दुष्ट आत्माहरूबाट आउँछन्, तैपनि मानिसहरू सधैँ ती पवित्र आत्माबाट आएका हुन् भन्‍ने सोच्छन् र कहिलेकाहीँ पवित्र आत्मा मानिसहरूलाई भित्रबाटै मार्गदर्शन गर्नुहुन्छ, तैपनि मानिसहरू त्यस्तो मार्गदर्शन शैतानबाट आउँछ भनी डराउँछन् र त्यसैले समर्पित हुने आँट गर्दैनन्, जबकि वास्तवमा त्यो मार्गदर्शन पवित्र आत्माको अन्तर्दृष्टि हो। त्यसकारण, यदि कसैले खुट्ट्याउने क्षमता प्रयोग गर्दैन भने, उसले आफूले भोग्ने वास्तविक कुराहरू साँच्चै अनुभव गर्न सक्नेछैन; यदि कसैले आफ्ना अनुभवहरूमा खुट्ट्याउने क्षमता प्रयोग गर्दैन भने, उसले जीवन प्राप्त गर्न सक्नेछैन। पवित्र आत्मा कसरी काम गर्नुहुन्छ? दुष्ट आत्माहरू कसरी काम गर्छन्? मानिसको इच्छाबाट के आउँछ? अनि पवित्र आत्माको मार्गदर्शन र अन्तर्दृष्टिबाट के उत्पन्न हुन्छ? यदि तँ मानिसभित्र पवित्र आत्माको कामका ढाँचाहरू बोध गर्छस् भने, तैँले आफ्नो दैनिक जीवनमा र आफ्ना वास्तविक अनुभवहरूको दौरान आफ्नो ज्ञान बढाउन र खुट्ट्याउने क्षमता प्राप्त गर्न सक्नेछस्; तैँले परमेश्‍वरलाई चिन्नेछस्, तैँले शैतानलाई बुझ्न र खुट्ट्याउन सक्नेछस्; तँ आफ्नो समर्पण वा पछ्याइमा अन्योलमा पर्नेछैनस् र तँ स्पष्ट सोचहरू भएको, पवित्र आत्माको कामप्रति समर्पित हुने व्यक्ति बन्नेछस्।

पवित्र आत्माको काम भनेको सकारात्मक पक्षबारे मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नु हो। यसले मानिसहरूलाई नकारात्मक बनाउनेछैन। यसले तिनीहरूलाई सान्त्वना दिन्छ, तिनीहरूलाई आस्था र सङ्कल्प दिन्छ र तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध पारिनुको पछि लाग्न सक्षम तुल्याउँछ। जब पवित्र आत्मा काम गर्नुहुन्छ, तब मानिसहरू सकारात्मक पक्षबाट प्रवेश गर्न सक्षम हुन्छन्; तिनीहरू निष्क्रिय वा बाध्य हुँदैनन्, बरु आफ्नै पहलमा कार्य गर्छन्। जब पवित्र आत्मा काम गर्नुहुन्छ, तब मानिसहरू खुसी र इच्छुक हुन्छन्, समर्पित हुन इच्छुक हुन्छन् र खुसीले आफूलाई विनम्र तुल्याउँछन्। तिनीहरू भित्रभित्रै पीडित र कमजोर भए पनि, तिनीहरूसँग सहकार्य गर्ने सङ्कल्प हुन्छ; तिनीहरू खुसीसाथ कष्ट भोग्छन्, तिनीहरू समर्पित हुन सक्षम हुन्छन् र तिनीहरू मानव इच्छाद्वारा दूषित हुँदैनन्, मानिसको सोचाइद्वारा दूषित हुँदैनन् र मानव अपेक्षा र उत्प्रेरणाहरूद्वारा त झनै दूषित हुँदैनन्। जब मानिसहरू पवित्र आत्माको काम अनुभव गर्छन्, तब तिनीहरू भित्रभित्रै विशेष रूपमा शुद्ध हुन्छन्। पवित्र आत्माको काम भएकाहरू परमेश्‍वरप्रतिको प्रेम र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूप्रतिको प्रेम जिउँछन्; तिनीहरू परमेश्‍वरलाई खुसी पार्ने कुराहरू मन पराउँछन् र परमेश्‍वरले घृणा गर्ने कुराहरूलाई घृणा गर्छन्। पवित्र आत्माको कामले स्पर्श गरेका मानिसहरू ती हुन्, जससँग सामान्य मानवता हुन्छ, जो सामान्यतया सत्यता पछ्याउँछन् र जसमा मानवता हुन्छ। जब पवित्र आत्मा मानिसहरूभित्र काम गर्नुहुन्छ, तब तिनीहरूको अवस्था झन्-झन् राम्रो हुँदै जान्छ र तिनीहरूको मानवता झन्-झन् सामान्य बन्दै जान्छ अनि तिनीहरूका कतिपय सहकार्य मूर्खतापूर्ण हुन सक्ने भए पनि, तिनीहरूका अभिप्रेरणाहरू सही हुन्छन्, तिनीहरू सकारात्मक पक्षबाट प्रवेश गर्छन्, तिनीहरू अवरोधहरू खडा गर्ने प्रयास गर्दैनन् र तिनीहरू कुनै खराब अभिप्रायहरू पाल्दैनन्। पवित्र आत्माको काम सामान्य र व्यावहारिक हुन्छ, पवित्र आत्मा सामान्य मानिसहरूको जीवनका ढाँचाहरूअनुसार मानिसमा काम गर्नुहुन्छ र उहाँ सामान्य मानिसहरूको वास्तविक पछ्याइअनुसार मानिसहरूलाई भित्रभित्रै अन्तर्दृष्टि दिनुहुन्छ र मार्गदर्शन गर्नुहुन्छ। जब पवित्र आत्मा मानिसहरूमा काम गर्नुहुन्छ, तब उहाँ तिनीहरूलाई सामान्य मानिसहरूका आवश्यकताहरूअनुसार मार्गदर्शन गर्नुहुन्छ र अन्तर्दृष्टि दिनुहुन्छ। उहाँ तिनीहरूलाई तिनीहरूका आवश्यकताहरूअनुसार भरणपोषण गर्नुहुन्छ र उहाँ तिनीहरूलाई तिनीहरूमा कमी भएको कुराअनुसार र तिनीहरूका कमीहरूअनुसार, सकारात्मक पक्षबाट मार्गदर्शन गर्नुहुन्छ र अन्तर्दृष्टि दिनुहुन्छ। पवित्र आत्माको काम भनेको मानिसहरूलाई वास्तविक जीवनमा अन्तर्दृष्टि दिनु र मार्गदर्शन गर्नु हो; यदि तिनीहरूले आफ्नो वास्तविक जीवनमा परमेश्‍वरका वचनहरू अनुभव गरे भने मात्रै पवित्र आत्माको काम देख्न सक्छन्। यदि मानिसहरू आफ्नो दैनिक जीवनमा सकारात्मक स्थितिमा छन् र तिनीहरूसँग सामान्य आत्मिक जीवन छ भने, तिनीहरूसँग पवित्र आत्माको काम हुन्छ। यस्तो स्थितिमा, तिनीहरूले परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा तिनीहरूसँग आस्था हुन्छ, तिनीहरू प्रार्थना गर्दा प्रेरित हुन्छन् र तिनीहरू कुनै कुरा सामना गर्दा नकारात्मक हुँदैनन्—यसभित्र, तिनीहरू परमेश्‍वरले तिनीहरूले सिकून् भनी माग गर्ने पाठहरू देख्न सक्षम हुन्छन्, तिनीहरू नकारात्मक वा कमजोर हुँदैनन् र तिनीहरू आफूसँग वास्तविक कठिनाइहरू भए पनि, परमेश्‍वरका सबै प्रबन्धप्रति समर्पित हुन इच्छुक हुन्छन्।

पवित्र आत्माको कामद्वारा के-कस्ता प्रभावहरू पारिएका छन्? तँ मूर्ख हुन सक्छस्, र तँ विवेकरहित हुन सक्छस्, तर पवित्र आत्माले जसरी भए पनि काम गर्नुपर्दछ र तँमा विश्‍वास हुनेछ, र तैँले सधैँ परमेश्‍वरलाई पर्याप्त प्रेम गर्न नसकिने रहेछ भनी महसुस गर्नेछस्। तेरो अघि जति नै ठूलो कठिनाइ भए पनि तँ सहकार्य गर्न इच्छुक हुनेछस्। तेरा निम्ति घटनाहरू घट्नेछन् र ती परमेश्‍वरबाट आएका हुन् वा शैतानबाट त्यो तँलाई स्पष्ट हुनेछैन, तर तैँले पर्खन सक्नेछस्, र तँ न त नकारात्मक न त लापरवाह नै हुनेछस्। यो पवित्र आत्माको सामान्य काम हो। जब पवित्र आत्माले तँभित्र काम गर्नुहुन्छ, तब तैँले अझै पनि वास्तविक कठिनाइहरूको सामना गर्नुपर्दछ: कहिले तैँले आँसु खसाल्नुपर्नेछ, र कहिले यस्ता कुराहरू हुनेछन् जसबाट पार पाउन तैँ सक्षम हुनेछैनस्, तर यो पवित्र आत्माको सामान्य कामको एउटा चरण मात्र हो। तैँले ती कठिनाइहरूबाट पार नपाएको भए पनि, र त्यस बेला तँ कमजोर र गुनासोहरूले भरिएको भए पनि, पछि गएर तँ पूर्ण विश्‍वाससहित परमेश्‍वरलाई प्रेम गर्न सक्ने भइस्। तेरो नकारात्मकताले तँलाई सामान्य अनुभवहरू प्राप्त गर्नबाट रोक्न सक्दैन, र अरू मानिसले चाहे जे भने पनि, र अरूले तँलाई जसरी आक्रमण गरे पनि, तँ अझै परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुन्छस्। प्रार्थनाको अवधिमा, तैँले विगतमा आफू परमेश्‍वरप्रति धेरै ऋणी भएको महसुस गर्छस्, र तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्ने र फेरि त्यस्ता कुराहरूको सामना गर्नुपर्दा देहको विरुद्धमा विद्रोह गर्ने दृढ संकल्प गर्छस्। यो शक्तिले पवित्र आत्माको काम तँभित्र रहेको देखाउँदछ। यो पवित्र आत्माको कामको सामान्य अवस्था हो।

शैतानबाट आउने काम के हो? शैतानबाट आउने काममा, मानिसहरूभित्रका दर्शनहरू अस्पष्ट हुन्छन्; मानिसहरू सामान्य मानवताविनाका हुन्छन्, तिनीहरूका कार्यहरूपछाडिका अभिप्रेरणाहरू गलत हुन्छन् र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न चाहे पनि, तिनीहरूभित्र सधैँ दोषारोपणहरू हुन्छन् र यी दोषारोपण र सोचहरूले तिनीहरूभित्र निरन्तर बाधा दिन्छन्, तिनीहरूको जीवनको वृद्धिलाई सीमित पार्छन् र तिनीहरूलाई परमेश्‍वरसामु सामान्य अवस्थामा हुनदेखि रोक्छन्। भन्नुको अर्थ, मानिसहरूभित्र शैतानको काम हुनेबित्तिकै, तिनीहरूको हृदय परमेश्‍वरसामु शान्त रहन सक्दैन। तिनीहरूलाई आफूले के गर्ने भन्‍ने नै थाहा हुँदैन—मानिसहरू एकसाथ भेला भइरहेका देख्दा, तिनीहरू भाग्न चाहन्छन् र अरूले प्रार्थना गर्दा तिनीहरू आफ्नो आँखा बन्द गर्न सक्दैनन्। दुष्ट आत्माहरूको कामले मानिस र परमेश्‍वरबीचको सामान्य सम्बन्धलाई नष्ट गर्छ अनि मानिसहरूका पहिलेका दर्शनहरू वा तिनीहरूको जीवन प्रवेशको अघिल्लो मार्गलाई भताभुङ्ग पार्छ; तिनीहरू आफ्नो हृदयमा कहिल्यै परमेश्‍वरको नजिक जान सक्दैनन्, तिनीहरूलाई कुनै कुराले निरन्तर बाधा दिन्छ र बन्धनमा पार्छ अनि तिनीहरूको हृदयले शान्ति पाउन सक्दैन। तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने शक्ति बाँकी रहँदैन र तिनीहरूको आत्मा मुर्झाउँछ। शैतानको कामका प्रकटीकरणहरू यस्तै हुन्छन्। शैतानको कामका प्रकटीकरणहरू यी हुन्: आफ्नो अडानमा अडिग रहन र आफ्नो गवाहीमा दृढ रहन असक्षम हुनु, जसले गर्दा तँ परमेश्‍वरसामु गलत व्यक्ति र परमेश्‍वरप्रति बफादारी नभएको व्यक्ति बन्छस्। शैतानले तँलाई बाधा दिँदा, तँ आफूभित्रको परमेश्‍वरप्रतिको प्रेम र बफादारी गुमाउँछस्, तँ परमेश्‍वरसँगको सामान्य सम्बन्धबाट वञ्चित हुन्छस्, तँ सत्यता वा आफ्नो सुधारलाई पछ्याउँदैनस्; तँ पछि हट्छस् र नकारात्मक बन्छस्, तँ आफूमा लिप्त हुन्छस्, तँ पापलाई फैलिन खुला छुट दिन्छस् र पापलाई घृणा गर्दैनस्। त्यसबाहेक, यसले तँलाई दुराचारी बन्न लगाउँछ; यसले तँभित्र परमेश्‍वरको स्पर्श गायब गराउँछ र तँलाई परमेश्‍वरबारे गुनासो गर्न र उहाँको विरोध गर्न लगाउँछ, जसले गर्दा तँ परमेश्‍वरलाई प्रश्‍न गर्छस्; तैँले छोडेर जाने जोखिमसमेत हुन्छ। यी सब कुरा शैतानबाट आउँछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४४५

तँलाई दैनिक जीवनमा कुनै कुरा आइपर्दा, तैँले त्यो पवित्र आत्माको कामबाट आउँछ कि शैतानको कामबाट आउँछ भनेर कसरी खुट्ट्याउनुपर्छ? जब मानिसहरूको अवस्था सामान्य हुन्छ, तब तिनीहरूको आत्मिक जीवन र देहको जीवन सामान्य हुन्छ अनि तिनीहरूको समझ सामान्य र व्यवस्थित हुन्छ। जब तिनीहरू यस अवस्थामा हुन्छन्, तब तिनीहरूले आफूभित्र अनुभव गर्ने र चिन्‍ने कुराहरूलाई सामान्यतया पवित्र आत्माको स्पर्शबाट आएको हो भनेर भन्‍न सकिन्छ। (तिनीहरूले परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा अन्तर्दृष्टि पाउनु वा केही सतही ज्ञान प्राप्त गर्नु वा निश्‍चित मामिलाहरूमा बफादार हुनु वा कतिपय कुरामा परमेश्‍वरलाई प्रेम गर्ने शक्ति हुनु—यी सब पवित्र आत्माबाट आउँछन्।) मानिसमा हुने पवित्र आत्माको काम अत्यन्तै सामान्य हुन्छ; मानिस यो महसुस गर्न असक्षम हुन्छ र यो मानिस आफैबाट आउँछ जस्तो देखिन्छ, यद्यपि यो वास्तवमा पवित्र आत्माको काम हो। दैनिक जीवनमा, पवित्र आत्मा हरव्यक्तिमा काम गर्नुहुन्छ, जुन ठूलो वा सानो हुन सक्छ र यस कामको हद मात्रै फरक हुन्छ। कतिपय मानिस राम्रो क्षमताका हुन्छन् र तिनीहरू कामकुराहरू चाँडै बुझ्छन् अनि पवित्र आत्माले तिनीहरूभित्र विशेष अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ। यसबीच, कतिपय मानिस कमजोर क्षमताका हुन्छन् र तिनीहरूलाई कामकुराहरू बुझ्नअलि धेरै समय लाग्छ, तर पवित्र आत्माले तिनीहरूलाई भित्र स्पर्श गर्नुहुन्छ र तिनीहरू पनि परमेश्‍वरप्रति बफादार हुन सक्षम हुन्छन्। पवित्र आत्मा परमेश्‍वरलाई पछ्याउने सबैमा काम गर्नुहुन्छ। जब मानिसहरू दैनिक जीवनमा परमेश्‍वरको विरोध गर्दैनन् वा उहाँविरुद्ध विद्रोह गर्दैनन्, परमेश्‍वरको व्यवस्थापनमा अवरोध पुऱ्याउने कुराहरू गर्दैनन् र परमेश्‍वरको काममा बाधा दिँदैनन्, तब तिनीहरूमध्ये हरेकमा परमेश्‍वरका आत्मा धेरै वा थोरै हदसम्म काम गर्नुहुन्छ; उहाँ तिनीहरूलाई स्पर्श गर्नुहुन्छ, तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, तिनीहरूलाई आस्था दिनुहुन्छ, तिनीहरूलाई शक्ति दिनुहुन्छ र तिनीहरूलाई सकारात्मक तरिकाले प्रवेश गर्न, अल्छी नहुन वा देहका आनन्दहरूको लालसा नगर्न, सत्यता अभ्यास गर्न इच्छुक हुन र परमेश्‍वरका वचनहरूको तृष्णा गर्न प्रेरित गर्नुहुन्छ। यी सब पवित्र आत्माबाट आउने काम हुन्।

मानिसहरूको स्थिति सामान्य नहुँदा, तिनीहरू पवित्र आत्माद्वारा त्यागिन्छन्। तिनीहरूको हृदयभित्रका गुनासाहरू, तिनीहरूका गलत अभिप्रायहरू, तिनीहरूको अल्छीपन, आफ्नो देहप्रति तिनीहरूको लिप्तता र सत्यतालाई विश्‍वासघात गर्ने तिनीहरूको चाहना—यी सब शैतानबाट आउँछन्। जब मानिसहरूको अवस्था सामान्य हुँदैन, जब तिनीहरूभित्र अन्धकार हुन्छ र तिनीहरूले आफ्नो सामान्य समझ गुमाएका हुन्छन्, तिनीहरू पवित्र आत्माद्वारा त्यागिएका हुन्छन् र तिनीहरू आफूभित्र परमेश्‍वरलाई महसुस गर्न असक्षम हुन्छन्, तब यसैबेला शैतानले तिनीहरूभित्र काम गरिरहेको हुन्छ। यदि मानिसहरूभित्र सधैँ शक्ति हुन्छ र तिनीहरू सधैँ परमेश्‍वरलाई प्रेम गर्छन् भने, सामान्यतया, तिनीहरूलाई कुनै कुरा आइपर्दा, ती कुराहरू पवित्र आत्माबाट आउँछन् र तिनीहरूले जोसुकैलाई भेटे पनि, त्यो भेट परमेश्‍वरका प्रबन्धहरूको परिणाम हुन्छ। भन्नुको अर्थ, जब तँ सामान्य अवस्थामा हुन्छस्, जब तँ पवित्र आत्माको महान् कामभित्र हुन्छस्, तब शैतानले तँलाई डगमगिन लगाउनु असम्भव हुन्छ। यस आधारमा सबै कुरा पवित्र आत्माबाट आउँछन् भनेर भन्न सकिन्छ र तँसँग गलत सोचहरू हुन सक्ने भए पनि, तँ तीविरुद्ध विद्रोह गर्न सक्षम हुन्छस् र तँ तिनलाई पछ्याउँदैनस्। यी सब पवित्र आत्माको कामबाट आउँछन्। शैतानले कस्ता परिस्थितिहरूमा हस्तक्षेप गर्छ? जब तेरा अवस्थाहरू सामान्य हुँदैनन्, जब तँलाई परमेश्‍वरले स्पर्श गर्नुभएको हुँदैन र तँ परमेश्‍वरको कामरहित हुन्छस्, जब तँ भित्रभित्रै सुक्खा र बाँझो हुन्छस्, जब तँ परमेश्‍वरलाई प्रार्थना गर्छस् तर केही पनि बोध गर्दैनस् र जब तँ परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस् तर तैँलेई अन्तर्दृष्टि वा ज्योति पाउँदैनस्, तब शैतानलाई तँभित्र काम गर्न सजिलो हुन्छ। अर्को शब्दमा भन्दा, जब तँलाई पवित्र आत्माले त्याग्नुभएको हुन्छ र तँ परमेश्‍वरलाई महसुस गर्न सक्दैनस्, तब तँलाई शैतानको प्रलोभनबाट आउने धेरै कुरा आइपर्छन्। पवित्र आत्माले काम गर्नुहुँदा, शैतानले पनि त्यही समय काम गरिरहेको हुन्छ। पवित्र आत्मा मानिसलाई भित्री रूपमा स्पर्श गर्नुहुन्छ, जबकि त्यही समयमा शैतानले मानिसभित्र बाधाहरू खडा गर्छ। तर, पवित्र आत्माको कामले प्रमुख स्थान लिन्छ र सामान्य अवस्था भएका मानिसहरूले यसलाई जित्न सक्छन्; यो शैतानको काममाथि पवित्र आत्माको कामको विजय हो। पवित्र आत्माले काम गर्नुहुने भए पनि, मानिसहरूभित्र अझै पनि भ्रष्ट स्वभावहरू हुन्छन्; तर, पवित्र आत्माको कामको दौरान, मानिसहरूलाई आफ्नो विद्रोहीपन, अभिप्रेरणाहरू र मिलावटहरू पत्ता लगाउन र पहिचान गर्न सजिलो हुन्छ। त्यसपछि मात्रै मानिसहरूलाई पछुतो महसुस हुन्छ र तिनीहरू पश्चात्ताप गर्न इच्छुक हुन्छन्। यसरी, तिनीहरूको विद्रोहीपन र तिनीहरूका भ्रष्ट स्वभावहरू परमेश्‍वरको कामभित्र बिस्तारै फालिन्छन्। पवित्र आत्माको काम विशेष रूपमा सामान्य हुन्छ; उहाँले मानिसहरूमा काम गर्नुहुँदा, तिनीहरूसँग अझै पनि कठिनाइहरू हुन्छन्, तिनीहरू अझै रुन्छन्, तिनीहरू अझै कष्ट भोग्छन्, तिनीहरू अझै कमजोर हुन्छन् र तिनीहरूलाई अझै धेरै कुरा अस्पष्ट हुन्छन्। तैपनि जब तिनीहरू यी स्थितिहरूमा हुन्छन्, तब तिनीहरू आफूलाई पछि हट्नबाट रोक्न सक्छन् र तिनीहरू अझै पनि परमेश्‍वरलाई प्रेम गर्न सक्छन् अनि तिनीहरू रोए पनि र हैरान भए पनि, तिनीहरू अझै पनि परमेश्‍वरको प्रशंसा गर्न सक्षम हुन्छन्; पवित्र आत्माको काम विशेष रूपमा सामान्य हुन्छ, अलिकति पनि अलौकिक हुँदैन। धेरैजसो मानिस पवित्र आत्माले काम गर्न थाल्नेबित्तिकै, मानिसहरूको स्थितिमा परिवर्तनहरू आउँछन् र तिनीहरूको मूल-तत्त्व भएका कुराहरू फालिन्छन् भन्ने विश्‍वास गर्छन्। यस्तो बुझाइ विकृत हुन्छ। जब पवित्र आत्माले मानिसभित्र काम गर्नुहुन्छ, तब मानिसका नकारात्मक कुराहरू अझै पनि त्यहीँ हुन्छन् र उसको कद उस्तै रहन्छ, तर उसले पवित्र आत्माको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्छ र त्यसैले ऊ धेरैजसो समय सकारात्मक स्थितिमा हुन्छ, ऊभित्रका अवस्थाहरू सामान्य बन्छन् र ऊ अझ चाँडो परिवर्तन हुन्छ। मानिसहरू आफ्ना वास्तविक अनुभवहरूमा, मुख्य रूपले कि त पवित्र आत्माको कि त शैतानको काम अनुभव गर्छन् र यदि तिनीहरू यी स्थितिहरू बोध गर्न सक्दैनन् र तिनीहरूसँग तीबारे कुनै खुट्ट्याउने क्षमता छैन भने, व्यावहारिक अनुभवहरूमा प्रवेश गर्ने त प्रश्‍नै उठ्दैन, झन् स्वभावमा परिवर्तन हुनु त परै जाओस्। यसर्थ, परमेश्‍वरको काम अनुभव गर्ने कडी भनेको त्यस्ता कुराहरूलाई छर्लङ्गै देख्न सक्षम हुनु हो; यसरी, तिनीहरूलाई यो अनुभव गर्न अझ सजिलो हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४४६

पवित्र आत्माको कामले मानिसहरूलाई सकारात्मक बनाउँछ र प्रेरित गर्छ, जबकि शैतानको कामले तिनीहरूलाई नकारात्मक बन्न र पछि हट्न, परमेश्‍वरविरुद्ध विद्रोह गर्न र उहाँको विरोध गर्न, उहाँमाथिको आस्था गुमाउन र आफ्नो कर्तव्य निर्वाहमा कमजोर बन्न लगाउँछ। पवित्र आत्माको अन्तर्दृष्टिबाट उत्पन्न हुने सबै कुरा निकै स्वाभाविक हुन्छ; यो तँमाथि जबरजस्ती लादिँदैन। यदि तँ यसप्रति समर्पित हुन्छस् भने, तँमा शान्ति हुनेछ; यदि तँ समर्पित हुँदैनस् भने, तँलाई पछि हप्की महसुस हुनेछ। यदि यो पवित्र आत्माको अन्तर्दृष्टि हो भने, तैँले गर्ने कुनै पनि कुरामा तँलाई बाधा दिइनेछैन वा बन्धनमा पारिनेछैन; तँ स्वतन्त्र हुनेछस्, तेरा कार्यहरूमा अभ्यासको मार्ग हुनेछ र तँ बन्धनमुक्त हुनेछस् अनि परमेश्‍वरका अभिप्रायहरूअनुसार काम गर्न सक्षम हुनेछस्। शैतानको कामले तँलाई धेरै कुरामा बाधा दिन्छ; यसले तँलाई प्रार्थना गर्न अनिच्छुक, परमेश्‍वरका वचनहरू खान र पिउन असाध्यै अल्छी अनि मण्डलीको जीवन जिउन अनिच्छुक बनाउँछ र यसले तँलाई आत्मिक जीवनबाट टाढा बनाउँछ। पवित्र आत्माको कामले तेरो दैनिक जीवनमा हस्तक्षेप गर्दैन र तेरो सामान्य आत्मिक जीवनमा हस्तक्षेप गर्दैन। तँ धेरै कुरा घटित हुनेबित्तिकै तिनलाई खुट्ट्याउन असक्षम हुन्छस्, तैपनि केही दिनपछि, तेरो हृदय झनै उज्यालो हुन्छ र तेरो मन झनै स्पष्ट हुन्छ। तँमा आत्माका कुराहरूबारे केही समझ हुन्छ र तँ कुनै विचार परमेश्‍वरबाट आएको हो कि शैतानबाट आएको हो भनेर बिस्तारै खुट्ट्याउन सक्छस्। कतिपय कुराले स्पष्ट रूपमा तँलाई परमेश्‍वरको विरोध गर्न र परमेश्‍वरविरुद्ध विद्रोह गर्न लगाउँछन् वा तँलाई परमेश्‍वरका वचनहरू अभ्यास गर्नबाट रोक्छन्; यी सब कुरा शैतानबाट आउँछन्। कतिपय कुरा स्पष्ट हुँदैनन् र तँ तिनलाई त्यही बेला खुट्ट्याउन सक्दैनस्; पछि, तँ तिनका प्रकटीकरणहरू देख्न सक्छस् र त्यसपछि खुट्ट्याउने क्षमता प्रयोग गर्न सक्छस्। यदि तँ कुन कुराहरू शैतानबाट आउँछन् र कुन कुराहरू पवित्र आत्माद्वारा निर्देशित हुन्छन् भनी स्पष्ट रूपमा खुट्ट्याउन सक्छस् भने, तैँले आफ्ना अनुभवहरूमा सजिलै बाटो बिराउनेछैनस्। कहिलेकाहीँ, तेरो अवस्था राम्रो हुँदैन र तँमा आफूलाई आफ्नो नकारात्मक स्थितिबाट बाहिर निकाल्ने कुनै सोच हुन्छ। यसले तेरो अवस्था प्रतिकूल हुँदासमेत, तेरा कतिपय सोच अझै पनि पवित्र आत्माबाट आउन सक्छन् भन्‍ने देखाउँछ। तँ नकारात्मक हुँदा, तेरा सबै सोच शैतानले पठाएको हुन्छ भन्‍ने होइन; यदि त्यो साँचो हुन्थ्यो भने, तँ कहिले सकारात्मक स्थितिमा परिवर्तन हुन सक्षम हुनेथिइस् र? जब तँ केही समयका लागि नकारात्मक भएको हुन्छस्, तब पवित्र आत्मा तँलाई सिद्ध पारिने अवसर दिनुहुन्छ; उहाँ तँलाई स्पर्श गर्नुहुन्छ, जसले गर्दा तँ आफ्नो नकारात्मक स्थितिबाट बाहिर निस्कन्छस् र तँ सामान्य स्थितिमा प्रवेश गर्छस्।

पवित्र आत्माको काम के हो र शैतानको काम के हो भनी जानेपछि तैँले यिनलाई आफ्ना अनुभवहरूको अवधिमा तेरो आफ्नै अवस्थासँग तुलना गर्न सक्छस्, र तेरा आफ्नै अनुभवहरूसँग तुलना गर्न सक्छस्, र यसरी तेरा अनुभवहरूमा भएका सिद्धान्तहरूसित सम्बन्धित धेरै वटा सत्यताहरू हुनेछन्। सिद्धान्तको बारेमा यी सत्यताहरू बुझिसकेपछि, तँ आफ्नो वास्तविक अवस्थामा निपुण हुन सक्नेछस्, तैँले मानिसहरू र घटनाहरूबीच भिन्नता छुट्ट्याउन सक्नेछस्, र तैँले पवित्र आत्माको काम प्राप्त गर्न यति धेरै प्रयास लगाउनुपर्नेछैन। अवश्य पनि यो कुरा तेरो सही हुने अभिप्रेरणामा अनि तेरो खोज र अभ्यास गर्ने इच्छामा निर्भर गर्दछ। यो जस्तो भाषा—सिद्धान्तहरूसँग सम्बन्धित भाषा—तेरा अनुभवहरूमा मुख्य रूपमा देखिनुपर्छ। योविना तेरा अनुभवहरू शैतान र मूर्ख ज्ञानको बाधाले भरिएको हुनेछ। यदि तैँले पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरा बुझ्दैनस् भने तैँले परमेश्‍वरसित कसरी प्रार्थना गर्ने वा कसरी प्रवेश गर्नुपर्छ भनी बुझ्दैनस्, र यदि तैँले शैतानले मानिसहरूलाई बहकाउन र बाधा दिन कसरी काम गर्छ भनी बुझ्दैनस् भने, तैँले शैतानलाई कसरी इन्कार्ने र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुने भनी जान्दैनस्। पवित्र आत्माले कसरी काम गर्नुहुन्छ र शैतानले कसरी काम गर्छ भन्‍ने कुरा मानिसहरूले बुझ्नुपर्छ, यी मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासमा अनुभव गर्नैपर्ने कुरा हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४४७

सामान्य मानवतामा के-कस्ता पक्षहरू समावेश हुन्छन्? अन्तर्दृष्टि, बोध, विवेक, र चरित्र। यदि तैँले यी प्रत्येक पक्षहरूमा सामान्यता हासिल गरिस् भने, तेरो मानवता उपयुक्त स्तरको हुनेछ। तँसँग सामान्य मानवको रूप हुनुपर्छ, तँ परमेश्‍वरको विश्‍वासी समान हुनुपर्छ। तैँले धेरै कुरा हासिल गर्नुपर्दैन, न त कूटनीतिमा सहभागी नै हुनुपर्छ; तँ केवल सामान्य मानिसको बोध भएको सामान्य मानिस हुनुपर्छ, परिस्थिति छुट्याउन सक्ने हुनुपर्छ, र कम्तीमा सामान्य मानव जस्तो देखिनुपर्छ। यति पर्याप्‍त हुनेछ। तैँले आज जे कुरा पूरा गर्न आवश्यक छ ती कुराहरू तेरो क्षमताभित्रै छ, यो क्षमताभन्दा बढी गर्न दबाब दिने मामिला होइन। तँमाथि कुनै अनुपयोगी वचन वा अनुपयोगी कार्य गरिनेछैन। तेरो जीवनमा व्यक्त वा प्रकट भएका सबै कुरूपतालाई फाल्नुपर्छ। तिमीहरू शैतानबाट भ्रष्ट भएका छौ र शैतानको विषले पूरा भरिएका छौ। तँबाट मागिएको कुरा त शैतानको यो भ्रष्ट स्वभावलाई फाल् भनेको मात्र हो। तँलाई कुनै उच्चपदस्थ कर्मचारी, वा प्रसिद्ध वा महान् व्यक्ति बन् भनिएको होइन। यसमा कुनै तुक छैन। तिमीहरूमा गरिएको कार्यले तिमीहरूका अन्तर्निहित कुराहरूलाई मध्यनजर गरेको हुन्छ। मैले मानिसहरूबाट माग्ने कुराहरू सीमामा बाँधिएका छन्। यदि बौद्धिक व्यक्तिहरूले बोल्ने तरिका र लबजमा तैँले अभ्यास गरेको थिइस् भने, यसले काम गर्नेछैन; तैँले यसलाई गर्न सक्नेछैनस्। तिमीहरूको क्षमताको आधारमा, तिमीहरूले कम्तीमा बुद्धि पुर्‍याएर र विनम्रताका साथ बोल्न र कुराहरूलाई स्पष्ट र बुझ्नयोग्य तरिकाले व्याख्या गर्न सक्नुपर्छ। शर्तहरू पूरा गर्नका लागि यति मात्रै चाहिन्छ। यदि, कम्तीमा पनि, तैँले अन्तर्दृष्टि र बोध प्राप्त गरिस् भने, यतिले काम गर्छ। अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो भ्रष्ट शैतानी स्वभाव फाल्नु हो। तँभित्र प्रकट भएको कुरूपता तैँले फाल्नुपर्छ। यी कुराहरू तैँले फाल्दैनस् भने, तैँले सर्वोच्च बोध र सर्वोच्च अन्तर्दृष्टिका बारेमा कसरी कुरा गर्न सक्छस्? युग परिवर्तन भएको देखेर, धेरै मानिसहरूमा कुनै विनम्रता वा धैर्यता छैन, र तिनीहरूमा कुनै प्रेम वा सन्तको शिष्टाचार पनि छैन। यस्ता मानिसहरू कति विवेकशून्य होलान्! के तिनीहरूमा अलिकति पनि सामान्य मानवता होला त? के तिनीहरूमा बोल्नको लागि कुनै गवाही होला त? तिनीहरूसँग अन्तर्दृष्टि वा समझ सर्वथा छैन। पक्कै पनि, मानिसहरूका केही विकृत अभ्यासलाई सच्याइनुपर्छ; उदाहरणका लागि, तिनीहरूको पहिलेको कडा आत्मिक जीवनहरू र तिनीहरूका भावशून्य र अल्पबुद्धि रूप—यी सबै कुराहरूलाई परिवर्तन गरिनुपर्छ। परिवर्तनको अर्थ तँलाई जे मन लाग्यो त्यही बोल्दै, देहमा स्वछन्द वा लिप्‍त हुन दिने भन्‍ने होइन। तैँले हल्का रूपमा बोल्नु हुँदैन। सामान्य मानवको बोली तथा आचरण हुनु भनेको तर्कसंङ्गत रूपमा बोल्नु हो, तैँले “हुन्छ” भन्दा “हुन्छ” भन्नु, “हुन्न” भन्दा “हुन्न” भन्नु हो। तथ्य परक रूपमा र उपयुक्त ढङ्गले बोल्। नठग्, र झूटो नबोल्। स्वभावको परिवर्तनको सन्दर्भमा व्यक्तिले जान सक्ने हदहरू बुझ्नुपर्छ। यदि यसो भएन भने, तँ वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। क्षमता बढाउनु परमेश्‍वरको मुक्ति पाउनका खातिर हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४४८

वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो कर्तव्य भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि अन्तर्निहित रूपमै सम्भव छ। त्यसपछि उसको कर्तव्य पूरा हुन्छ। जहाँसम्म मानिसको सेवामा देखिने कमीकमजोरीहरूको कुरा छ, यी कुराहरू प्रगतिशील अनुभव र ऊ न्यायबाट गुज्रने प्रक्रियामार्फत विस्तारै घटाइन्छन्‌; तिनले मानिसको कर्तव्यलाई बाधा दिँदैन वा प्रभाव पार्दैनन्। आफ्नो सेवामा कमीकमजोरीहरू हुन सक्छन् भन्‍ने डरले सेवा गर्न छोड्ने वा हार मानेर पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरू सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरा व्यक्त गर्न सक्दैनन् वा तिनीहरूका लागि अन्तर्निहित रूपमै सम्भव भएका कुराहरूलाई हासिल गर्न सक्दैनन्, र यसको सट्टामा झारा टार्छन् भने, तिनीहरूले सृजित प्राणीमा हुनुपर्ने प्रकार्य गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू “मामुली” भनेर चिनिन्छन्‌; तिनीहरू काम नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी साँचो अर्थमा सृजित प्राणी भन्न सकिन्छ? के तिनीहरू सडेका कुरा होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? यदि कुनै मानिसले आफैलाई परमेश्‍वर हुँ भनी भन्छ तैपनि ईश्‍वरत्वको सत्त्वलाई व्यक्त गर्न, स्वयम्‌ परमेश्‍वरको कार्य गर्न, वा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न असक्षम हुन्छ भने, ऊ निःसन्देह नै परमेश्‍वर होइन, किनकि ऊसँग परमेश्‍वरको सारतत्त्व छैन, र जुन कुरा परमेश्‍वरले अन्तर्निहित रूपमा प्राप्त गर्न सक्नुहुन्छ त्यो ऊभित्र अस्तित्वमा हुँदैन। यदि मानिसले ऊद्वारा अन्तर्निहित रूपमा नै प्राप्त गर्न सकिने कुरालाई गुमाउँछ भने, उसलाई अब उप्रान्त मानिस भन्न सकिँदैन, र ऊ सृजित प्राणीको रूपमा खडा हुन वा परमेश्‍वरको अघि आउन र उहाँको सेवा गर्न योग्य हुँदैन। यसको साथै, परमेश्‍वरको अनुग्रह ग्रहण गर्न वा उहाँको हेरचाह पाउन, सुरक्षा प्राप्त गर्न, र परमेश्‍वरद्वारा सिद्ध गरिन ऊ योग्यको हुँदैन। परमेश्‍वरको भरोसालाई गुमाएका धेरैले परमेश्‍वरको अनुग्रहलाई पनि गुमाउन पुग्छन्। तिनीहरूले आफ्ना दुष्ट कार्यहरूलाई घृणा मात्रै गर्दैनन्, तर तिनीहरूले परमेश्‍वरको मार्ग गलत छ भन्‍ने विचारलाई निर्लज्ज रूपमा प्रसार गर्छन्, र विद्रोहीहरूले त परमेश्‍वरको अस्तित्वलाई समेत इन्कार गर्छन्। त्यस किसिमको विद्रोहले भरिएका त्यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहको आनन्द लिनका लागि कसरी हकदार बन्न सक्छन्? आफ्नो कर्तव्य पूरा नगर्ने मानिसहरू परमेश्‍वरको विरुद्धमा अत्यन्तै विद्रोही हुन्छन्, र उहाँप्रति धेरै ऋणी हुन्छन्, तैपनि तिनीहरू त्यसविपरित परमेश्‍वर नै गलत हुनुहुन्छ भनेर चर्को आलोचना गर्छन्। त्यस्तो व्यक्ति कसरी सिद्ध पारिनका लागि उपयुक्त हुन सक्छ? के यो हटाइनु र दण्डित हुनुको अग्रिम लक्षण होइन र? परमेश्‍वरको अघि आफ्नो कर्तव्य पूरा नगर्ने मानिसहरू पहिले नै अति दुष्ट अपराधको दोषी भइसकेका हुन्छन्, जसको निम्ति मृत्यु समेत पनि अपर्याप्त दण्ड हुन्छ, तैपनि तिनीहरू परमेश्‍वरसँग तर्क गर्ने र उहाँसँग प्रतिस्पर्धा गर्ने दुस्साहस गर्छन्। त्यस्ता मानिसहरूलाई सिद्ध पार्नुको औचित्य के छ र? जब मानिसहरू आफ्नो कर्तव्य पूरा गर्न असफल हुन्छन्, तिनीहरूले दोषी र ऋणी भएको महसुस गर्नुपर्छ; तिनीहरूले आफ्ना कमजोरी र अनुपयोगितालाई, आफ्ना विद्रोह र भ्रष्टतालाई घृणा गर्नुपर्छ, र त्यसभन्दा पनि बढी, तिनीहरूले परमेश्‍वरलाई सबै कुरा, आफ्नो जीवनसमेत अर्पण गर्नुपर्छ। त्यसपछि मात्रै तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने सृजित प्राणीहरू हुन्छन्‌, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरका आशिष र प्रतिज्ञाहरूमा रमाउनका लागि, र उहाँद्वारा सिद्ध पारिनका लागि उपयुक्त हुन्छन्। अनि तिमीहरूमध्ये अधिकांश कस्ता छौ? तिमीहरूका बीचमा जिउनुहुने परमेश्‍वरलाई तिमीहरूले कस्तो व्यवहार गर्छौ? उहाँको सामुन्ने तिमीहरूले आफ्नो कर्तव्य कसरी निभाएका छौ? के तिमीहरूलाई जे गर्नको लागि बोलाइएको थियो, तिमीहरूले आफ्नै जीवनको बाजी समेत राखेर, ती सबै पूरा गरेका छौ? तिमीहरूले के बलिदान दिएका छौ? के तिमीहरूले मबाट धेरै कुरा पाएका छैनौ र? के तिमीहरूले छुट्याउन सक्छौ? तिमीहरू मप्रति कति निष्ठावान् छौ? तिमीहरूले मलाई कसरी सेवा गरेका छौ? अनि मैले तिमीहरूलाई जे दिएको छु र तिमीहरूका लागि मैले जे गरेको छु, त्यसको बारेमा के? के तिमीहरूले यी सबै कुराहरूलाई नापेका छौ? के तिमीहरू सबैले तिमीहरूभित्र भएको थोरै विवेकसँग यसलाई मूल्याङ्कन र तुलना गरेका छौ? तिमीहरूका वचनहरू र कार्यहरू कसको योग्य हुन सक्छन्? के तिमीहरूले गरेको त्यति सानो बलिदान मैले तिमीहरूलाई दिएका सबै कुराको योग्य हुनसक्छ? मसँग अरू कुनै विकल्प छैन र तिमीहरूप्रति म पूर्ण हृदयले समर्पित भएको छु, तैपनि तिमीहरूले मप्रति दुष्ट अभिप्रायहरू राखेका छौ र मप्रति अर्ध हृदयका भएका छौ। तिमीहरूको कर्तव्यको हद, तिमीहरूको एउटै मात्र कार्य त्यही नै हो। के यस्तै होइन र? तिमीहरू सृजित प्राणीको कर्तव्य पूरा गर्न पूर्ण रूपमा असफल भएका छौ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरूलाई कसरी सृजित प्राणीका रूपमा लिन सकिन्छ? तिमीहरूले जे व्यक्त गर्दैछौ र जसरी जीवन बिताउँदैछौ त्यो तिमीहरूलाई स्पष्ट नै छैन र? तिमीहरू आफ्नो कर्तव्य पूरा गर्न असफल भएका छौ, तर तिमीहरू परमेश्‍वरको सहिष्णुता र प्रशस्त अनुग्रह प्राप्त गर्न खोज्छौ। त्यस किसिमको अनुग्रह तिमीहरू जस्ता अनुपयोगी र नीचहरूका लागि तयार गरिएको होइन, तर तिनको लागि हो जसले केही पनि माग्दैनन्‌ र खुसीसाथ बलिदान दिन्छन्‌। तिमीहरू जस्ता मानिसहरू, यस्ता मध्यम-स्तरीयहरू, स्वर्गको अनुग्रहको आनन्द उपभोग गर्न पूर्ण रूपमा अयोग्य छौ। तिमीहरूका दिनहरूलाई कठिनाइ र अनन्त दण्डले साथ दिनेछन्‌! यदि तिमीहरू मप्रति विश्‍वासयोग्य हुन सक्दैनौ भने, तिमीहरूको नियति कष्टको हुनेछ। यदि तिमीहरू मेरा वचनहरू र मेरो कार्यप्रति जबाफदेही हुन सक्दैनौ भने, तिमीहरूको परिणाम दण्डको नै हुनेछ। राज्यका सारा अनुग्रह, आशिषहरू, र सुन्दर जीवनले तिमीहरूसँग कुनै सरोकार राख्‍नेछैनन्‌। तिमीहरूले पाउन योग्य अन्त्य र तिमीहरू आफैले निम्त्याएको परिणाम यही नै हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४४९

अज्ञानता र अहङ्कार भएकाहरूले सक्दो प्रयास नगर्ने मात्र होइन, आफ्नो कर्तव्य पूरा नगर्ने मात्रै होइन, तिनीहरूले अनुग्रहको लागि आफ्ना हातहरू समेत पसार्छन्‌, मानौँ तिनीहरूले मागेको कुरा पाउन तिनीहरू योग्य छन्। अनि यदि तिनीहरूले आफूले मागेको कुरा प्राप्त गर्न असफल भए भने, तिनीहरू अझै कम विश्‍वासयोग्य बन्छन्। त्यस्ता मानिसहरूलाई कसरी समझदार मान्न सकिन्छ? तिमीहरू कमजोर क्षमता भएका र तर्करहित छौ, व्यवस्थापनको कार्यको अवधिमा तिमीहरूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न तिमीहरू पूर्ण रूपमा असक्षम छौ। तिमीहरूको मूल्य पहिले नै धस्किसकेको छ। त्यस्तो अनुग्रह तिमीहरूलाई देखाएकोमा तिमीहरूले मलाई तिर्नुपर्ने मूल्य तिर्ने तिमीहरूको असफलता आफैमा पनि एउटा चरम विद्रोह हो, तिमीहरूलाई दोषी ठहर्याउन र तिमीहरूको कायरता, असक्षमता, नीचता, र अनैतिकता देखाउनको लागि त्यही नै पर्याप्त छ। तिमीहरूलाई आफ्नो हात फैलाउनको लागि केले हकदार बनाउँछ? तिमीहरू मेरो कार्यको लागि थोरै पनि सहयोगी हुन असमर्थ हुनु, निष्ठावान् हुन असमर्थ हुनु, र मेरो लागि गवाहीका रूपमा खडा हुन असमर्थ हुनु नै तिमीहरूको दुष्कर्महरू र असफलताहरू हुन्, तैपनि तिमीहरूले यसको सट्टा मलाई आक्रमण गर्छौ, मेरो बारेमा झूटा कुरा गर्छौ, र म अधर्मी हुँ भनेर गुनासो गर्छौ। के तिमीहरूको निष्ठा यसैले बनेको हो त? के तिमीहरूको प्रेम यसैले बनेको हो त? यसभन्दा पर, तिमीहरूले अरू के कार्य गर्न सक्छौ? पूरा गरिएका सबै कार्यमा तिमीहरूले कस्तो योगदान दिएका छौ? तिमीहरूले आफूलाई कति समर्पित गरेका छौ? मैले तिमीहरूलाई दोष नदिइकन पहिले नै निकै ठूलो सहिष्णुता देखाइसकेको छु, तैपनि तिमीहरूले मसँग लाजै नमानी बहाना गर्छौ र गुप्तमा मेरो बारेमा गुनासो गर्छौ। के तिमीहरूमा मानवताको अलिकति पनि अवशेष बाँकी छ? मानिसको कर्तव्य मानिसको मन र उसका धारणाहरूद्वारा कलङ्कित भएको भएतापनि, तिमीले आफ्नो कर्तव्य पूरा गर्नैपर्छ र आफ्नो निष्ठा देखाउनैपर्छ। मानिसको कार्यमा रहेका अशुद्धताहरू भनेको उसको क्षमताको समस्या हो, जबकि, यदि मानिसले आफ्नो कर्तव्य पूरा गर्दैन भने, यसले उसको विद्रोहलाई देखाउँछ। मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि विपत्ति भोग्छ भन्‍ने बीच कुनै सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य प्रतिफल नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै आफ्नो कर्तव्य निर्वाह गर्नु भनिन्छ। आशिष्‌हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले आनन्द लिने आशिष्‌हरूलाई जनाउँछ। विपत्ति आइपर्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, ऊ सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन् वा तिनीहरूमाथि विपत्ति आइपरोस्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; व्यक्तिले, परमेश्‍वरलाई पछ्याउने व्यक्तिले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले विपत्ति आइपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले निर्वाह गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, यो उसको विद्रोह हो। आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामार्फत नै मानिसलाई बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो बफादारी प्रदर्शन गर्छ। यसरी, तँ आफ्नो कर्तव्य जति निर्वाह गर्छस्, तैँले त्यति नै धेरै सत्यता प्राप्त गर्न सक्नेछस्, र तैँले अभिव्यक्त गर्ने कुराहरू त्यति नै व्यावहारिक हुनेछन्। आफ्नो कर्तव्य निर्वाह गर्दा केवल झारा टार्ने र सत्यता नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्‌, किनकि त्यस्ता मानिसहरूले सत्यता अभ्यास नगरी आफ्नो कर्तव्य निर्वाह गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र विपत्ति भोग्छन्। तिनीहरूले व्यक्त गर्ने कुराहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४५०

यदि तँसँग परमेश्‍वरको कामको कुनै ज्ञान छैन भने, परमेश्‍वरसँग कसरी सहकार्य गर्ने सो तँलाई थाहा हुनेछैन। यदि तँलाई परमेश्‍वरको कामका सिद्धान्तहरू थाहा छैन, र तँ शैतानले कसरी मानिसमा काम गर्छ भन्‍नेबारे अनभिज्ञ छस् भने, तँसँग अभ्यास गर्ने कुनै मार्ग हुनेछैन। परमेश्‍वरले इच्छामुताबिक परिणाम प्राप्त गर्नको लागि तेरो उत्साहपूर्ण खोजी मात्र पर्याप्त हुनेछैन। यस किसिमको अनुभव गर्ने माध्यम “लरेन्सको अनुभव” जस्तै हो: जसले भिन्‍नताहरू नछुट्याईकन, केवल अनुभवमा मात्र जोड दिन्छ र शैतानको काम के हो, पवित्र आत्माको काम के हो, परमेश्‍वरको उपस्थितिबिना मानिस कुन अवस्थामा हुन्छ, र कुन प्रकारको मानिसलाई परमेश्‍वरले सिद्ध पार्न चाहनुहुन्छ भन्‍नेबारेमा पूर्ण रूपमा अनजान रहन्छ। विभिन्‍न प्रकारका मानिसहरूसँग व्यवहार गर्दै गर्दा कुन सिद्धान्तहरू अपनाउनुपर्छ, वर्तमानमा कसरी परमेश्‍वरका अभिप्रायहरू बुझ्नुपर्छ, परमेश्‍वरको स्वभावलाई कसरी जान्‍नुपर्छ, अनि के-कस्ता मानिसहरू, परिस्थितिहरू, र युगमा परमेश्‍वरको कृपा, प्रताप, र धार्मिकता निर्देशित हुन्छन्—यिनीहरू कुनैको बारेमा पनि उसले फरक छुट्याउन सक्दैन। यदि मानिसहरूसँग आफ्ना अनुभवहरूको जगको रूपमा विभिन्‍न ईश्‍वरीय दर्शनहरू छैनन् भने, जीवनको कुनै प्रश्‍नै उठ्दैन, र अनुभवको हकमा यो झन् बढी लागू हुन्छ; तिनीहरू मूर्खतापूर्ण रूपले निरन्तर हरेक थोकप्रति समर्पित भइरहेका र तिनलाई सहन गरिरहेका हुन्छन्। यस्ता मानिसहरूलाई सिद्ध पार्न साह्रै कठिन हुन्छ। यसो भन्‍न सकिन्छ कि माथि उल्लेखित ईश्‍वरीय दर्शनहरू तँसँग अलिकति पनि छैन भने, तँ अति मूर्ख होस्, तँ इस्राएलमा सँधै खडा भइरहने नुनको खामोजस्तै होस्। यस्ता मानिसहरू बेकार हुन्छन्, केही कुराको लागि पनि उपयोगी हुँदैनन्! केही मानिसहरू सँधै आँखा चिम्लेर समर्पित हुन्छन्, तिनीहरूले सँधै आफूलाई जान्दछन् र नयाँ कुरालाई सम्हाल्दा सँधै संसारसँग व्यवहार गर्ने आफ्नै तरिकाहरू प्रयोग गर्छन्, वा भन्‍न पनि योग्य नहुने सानातिना कुराहरूको निराकण गर्दा पनि “बुद्धि” को प्रयोग गर्छन्। त्यस्ता मानिसहरूमा सही-गलत छुट्टयाउने क्षमता पनि हुँदैन, र यस्तो लाग्छ कि आलोचित हुनको लागि आफैलाई परित्याग गर्नु नै तिनीहरूको प्रकृति हो, र तिनीहरू सँधै उस्तै हुन्छन्; तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन्। यस्ता मानिसहरू मूर्ख हुन्छन् जसमा अलिकति सही-गलत छुट्टयाउने क्षमता पनि हुँदैन। तिनीहरूले कहिल्यै पनि परिस्थिति वा विभिन्‍न व्यक्तिहरूसँग उपयुक्त उपायहरू अपनाउने प्रयास गर्दैनन्। यस्ता मानिसहरूसँग अनुभव हुँदैन। मैले केही यस्ता मानिसहरू देखेको छु जो आफ्नै ज्ञानमा यति बाँधिएका हुन्छन् कि दुष्ट आत्माको कामले ग्रस्त भएका मानिसहरूको सामना गर्दा, तिनीहरू त्यस्ता मानिसहरूको अघि खडा हुने र तिनीहरूलाई दोषी ठहर्‍याउने साहस नै नगरी आफ्नो शिर निहुराउँछन् र आफ्‍ना पाप स्विकार्छन्। अनि जब पवित्र आत्माको स्पष्ट कामको सामना गर्नुपर्छ, तब तिनीहरूले समर्पित हुने साहस गर्दैनन्। दुष्ट आत्माहरू पनि परमेश्‍वरको हातमा छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्, अनि खडा भएर त्यस्ता दुष्टहरूको विरोध गर्ने साहस तिनीहरूमा अलिकति पनि हुँदैन। यस्ता मानिसहरूले परमेश्‍वरलाई लज्‍जित पार्छन्, र तिनीहरू उहाँको निम्ति गह्रौँ बोझ बोक्‍न पूर्ण रूपले असमर्थ हुन्छन्। यस्ता भ्रमित मानिसहरूले कुनै पनि प्रकारको भिन्‍नता छुट्याउँदैनन्। त्यसकारण, अनुभवका त्यस्ता माध्यमहरूलाई शुद्ध पारिनुपर्छ, किनकि यो परमेश्‍वरको दृष्टिमा अस्थिर छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अनुभवको विषयमा

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४५१

अहिलेका प्रवाहमा, परमेश्‍वरलाई वास्तवमै प्रेम गर्ने सबैले उहाँबाट सिद्ध हुने अवसर पाएका छन्। चाहे उनीहरू जवान हुन् वा वृद्ध, उनीहरूमा परमेश्‍वरप्रति समर्पित हुने र उहाँको डर मान्ने हृदय भइरहेमा उनीहरू उहाँबाट सिद्ध हुन सक्छन्। परमेश्‍वरले मानिसहरूलाई उनीहरूको विभिन्न कामअनुसार सिद्ध पार्नुहुन्छ। जबसम्म तैँले आफ्‍ना सबै शक्ति खर्च गर्छस्, र परमेश्‍वरको काममा समर्पित हुन्छस्, तँ उहाँबाट सिद्ध पारिन सक्‍नेछस्। अहिले, तिमीहरूमध्ये कोही पनि सिद्ध छैनौ। कहिलेकाहीँ तिमीहरू एक प्रकारको काम गर्न सक्षम हुन्छौ, र अरू समयमा तिमीहरूले दुई प्रकारको काम गर्न सक्षम हुन्छौ। जबसम्म तँ आफूलाई परमेश्‍वरको लागि समर्पित गर्न सक्दो प्रयास गर्छस्, तँ अन्ततः उहाँबाट सिद्ध हुनेछस्।

युवाहरूसँग सांसारिक कुराहरूसँग सम्‍बन्धित दर्शनहरू हुन्छन्, र तिनीहरूमा बुद्धि र अन्तर्दृष्टि हुँदैन। परमेश्‍वर मानिसको बुद्धि र अन्तर्दृष्टिलाई सिद्ध गर्नका लागि यहाँ हुनुहुन्छ। उहाँको वचनले उनीहरूको कमी-कमजोरीलाई पूरा गर्दछ। यद्यपि, युवाहरूको स्वभाव अस्थिर छ, र तिनीहरूलाई परमेश्‍वरले परिवर्तन गर्नुपर्दछ। युवाहरूसँग कम धार्मिक धारणा र सांसारिक कुराहरूसँग सम्‍बन्धित कम दर्शनहरू छन्; तिनीहरू सबै चीजलाई सामान्य रूपमा सोच्छन्, र तिनीहरूको विचारहरू जटिल छैनन्। यो उनीहरूको मानवताको अंश हो जसले अझैसम्म आकार लिएको छैन, र यो प्रशंसनीय पक्ष हो; यद्यपि युवाहरूमा अज्ञानता छ र बुद्धिको कमी छ। यो परमेश्‍वरद्वारा सिद्ध हुनुपर्ने कुरा हो। परमेश्‍वरद्वारा सिद्ध पारिएमा यसले तिमीहरूलाई समझशक्ति विकास गर्न सक्षम तुल्याउनेछ। तँ धेरै आध्यात्मिक कुराहरूलाई स्पष्टसँग बुझ्न सक्षम हुनेछस्, र बिस्तारै यस्तो व्यक्तिमा परिणत हुनेछस् जो परमेश्‍वरले प्रयोग गर्न योग्य छ। पाको उमेरका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि तिनीहरूले गर्नुपर्ने कामहरू छन्, र तिनीहरूलाई परमेश्‍वरले त्याग्‍नुभएको छैन। पाको उमेरका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि दुबै वाञ्छनीय र अवाञ्छनीय पक्षहरू हुन्छन्। उनीहरूसँग सांसारिक कुराहरूसँग सम्‍बन्धित दर्शन र धार्मिक धारणा बढी हुन्छन्। आफ्‍ना कार्यहरूमा, तिनीहरू धेरै कडा नियमहरूको पालना गर्छन् र नियमहरूको शौकीन हुन्छन् जसलाई उनीहरू यान्त्रिक रूपमा र लचकताविना नै लागू गर्छन्। यो एक अवाञ्छनीय पक्ष हो। तथापि, यी पाका उमेरका दाजुभाइ तथा दिदीबहिनीहरू जेसुकै आइपरे पनि शान्त र स्थिर रहन्छन्; तिनीहरूको स्वभाव स्थिर छ, र तिनीहरूसँग आँधीबेहरीजस्तो मनस्थिति हुँदैन। तिनीहरू कुराहरू बुझ्‍नमा ढिलो हुन सक्छन्, यद्यपि यो ठूलो गल्ती होइन। जबसम्म तिमीहरू समर्पित हुन सक्छौ; जबसम्म तिमीहरू परमेश्‍वरको अहिलेसम्मको वचनहरूलाई स्वीकार गर्न सक्छौ र परमेश्‍वरको वचनहरूलाई जाँच गर्दैनौ; जबसम्म तिमीहरू केवल समर्पण र अनुसरणको विषयमा चासो राख्छौ, र परमेश्‍वरका वचनहरूलाई न्याय गर्दैनौ वा तिनका बारेमा अन्य कुविचारहरू राख्दैनौ; जबसम्म तिमीहरू उहाँका वचनहरूलाई स्वीकार गर्छौ र त्यसलाई व्यवहारमा लागू गर्छौ भने—यी सर्तहरू पूरा गरेपछि तिमीहरू सिद्ध हुनेछौ।

तँ चाहे कम उमेरको होस् वा पाको उमेरको दाजुभाइ तथा दिदीबहिनी होस्, तैँले पूरा गर्नुपर्ने काम तँलाई थाहा छ। ती व्यक्तिहरू जो आफ्नो युवावस्थामा छन् तिनीहरू अहङ्कारी छैनन्; जो बृद्धावस्थामा छन् तिनीहरू नकारात्मक छैनन्, न त तिनीहरू पछि नै हट्छन्। यसबाहेक, तिनीहरू आफ्नो कमजोरीहरूलाई पूर्ति गर्नका लागि एक अर्काका शक्तिहरूको प्रयोग गर्न सक्षम छन्, र तिनीहरूले कुनै पूर्वाग्रहविना एकअर्काको सेवा गर्न सक्छन्। मित्रताको पुल जवान र पाका दाजुभाइ-दिदीबहिनीहरूको बीचमा बनाइन्छ, र परमेश्‍वरको प्रेमको कारण, तिमीहरू एक-अर्कालाई अझ राम्ररी बुझ्न सक्षम हुन्छौ। जवान दाजुभाइ-दिदीबहिनीहरूले पाका दाजुभाइ-दिदीबहिनीहरूलाई तुच्छ ठान्दैनन्, र पाका दाजुभाइ-दिदीबहिनीहरू पनि आत्मधर्मी हुँदैनन्: के यो एउटा सद्भावपूर्ण सहकार्य होइन र? यदि तिमीहरू सबैसँग त्यस्तो संकल्प छ भने, परमेश्‍वरको इच्छा निश्चित रूपमा तिमीहरूको पुस्तामा पूरा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४५२

भविष्यमा, आशिष् पाउँछस् कि दुर्भाग्य भोग्छस् भन्‍ने कुरा तिमीहरूको आजको कार्य र व्यवहारको आधारमा नै निर्णय गरिनेछ। यदि तिमीहरू परमेश्‍वरबाट सिद्ध पारिन चाहन्छौ भने, यो अहिलेकै यस युगमा हुनुपर्दछ; भविष्यमा अर्को अवसर हुनेछैन। परमेश्‍वरले तिमीहरूलाई अहिले सिद्ध पार्ने साँचो चाहना गर्नुहुन्छ, र यो बोल्ने तौर-तरिका होइन। भविष्यमा, तिमीहरूका अगाडि जस्तोसुकै परीक्षाहरू आइपरे पनि, जे घटनाहरू घटे पनि वा तिमीहरूले जुन विपत्तिहरूको सामना गर्नुपरे पनि, परमेश्‍वरले तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ; यो एक निश्चित र निर्विवाद तथ्य हो। यो कहाँ देख्न सकिन्छ? यो परमेश्‍वरको वचनले युगौँयुग र पुस्तौँपुस्तासम्म यत्तिको उचाइ प्राप्त गरेको छैन र यो आजको जस्तो सबैभन्दा उच्च क्षेत्रमा प्रवेश गरेको छैन भन्‍ने तथ्यमा देख्‍न सकिन्छ। सबै मानिसहरूमाथि पवित्र आत्माको आजको काम अभूतपूर्व छ। विगतका पुस्ताका कुनै पनि मानिसहरूले सायदै यस्तो अनुभव गरेका थिए; येशूको युगमा पनि, आजको प्रकाशहरू अस्तित्वमा थिएनन्। तिमीहरूका निम्ति बोलिएका वचनहरू, तिमीहरूले बुझेका कुराहरू, र तिमीहरूको अनुभव सबै आफ्नो सर्वोच्च स्थानमा पुगेका छन्। परीक्षा र सजायहरूमाझ पनि, तिमीहरूले छोडेर जाँदैनौ, र परमेश्‍वरको कामले अभूतपूर्व महिमा प्राप्त गरेको पर्याप्त प्रमाण यही नै हो। यो मानिसले गर्न सक्ने काम होइन। यो मानिसले कायम गर्ने कुरा होइन; बरु, यो त परमेश्‍वर स्वयम्‌को काम हो। तसर्थ, परमेश्‍वरको कामका धेरै तथ्यहरूबाट, यो देख्न सकिन्छ कि परमेश्‍वर मानिसलाई सिद्ध पार्न चाहनुहुन्छ, र उहाँ पक्कै पनि तिमीहरूलाई पूर्ण पार्न सक्षम हुनुहुन्छ। यदि तिमीहरूसँग यो अन्तर्दृष्टि छ, र तिमीहरू यो नयाँ खोजी गर्छौ भने, तिमीहरूले येशूको दोस्रो आगमनको लागि पर्खनेछैनौ; यसको सट्टामा, अहिलेको युगमा तिमीहरूलाई पूर्ण बनाउनको लागि परमेश्‍वरलाई अनुमति दिनेछौ। त्यसकारण, तिमीहरू प्रत्येकले कुनै मेहनत नछोडी अथक प्रयास गर्नु पर्छ ताकि तिमीहरू परमेश्‍वरबाट सिद्ध हुन सक।

अब, तैँले नकारात्मक कुराहरूमा कुनै ध्यान दिनु हुँदैन। पहिले, तँलाई नकारात्मक महसुस गराउने कुरालाई आफूबाट टाढा राख् र त्यसलाई वास्ता नगर्। जब तैँले समस्याहरूको सामना गरिरहेको हुन्छस्, त्यस्तो हृदयले त्यसो गर् जसले अघि जाने बाटो खोज्छ र महसुस गर्दछ, त्यस्तो हृदय जो परमेश्‍वरमा समर्पित हुन्छ। जब तिमीहरूले आफूभित्र कुनै कमजोरी भेट्टाउँछौ तर त्यसले आफूलाई बन्धित गर्न दिँदैनौ, बरु, आफूले गर्नुपर्ने कामहरू पूरा गर्छौ, तब तिमीहरूले एउटा सकारात्मक कदम चालेका छौ। उदाहरणको लागि, तेरा पाका दाजुभाइ-दिदीबहिनीहरूको धार्मिक धारणाहरू छन्, तर तँ परमेश्‍वरको वचनमा प्रार्थना गर्न, समर्पित हुन, यसलाई खान र पिउन, र भजन गाउन सक्षम छस्…। निष्कर्षमा भन्नुपर्दा, तैँले गर्न सक्ने जेसुकै कुराका लागि, तैँले पूरा गर्न सक्ने जुनसुकै कामका लागि तैँले आफैलाई आफ्‍ना सबै बलका साथ समर्पण गर्नु पर्छ। निष्क्रिय रूपमा प्रतीक्षा नगर्। तेरो कर्तव्य पूरा गर्ने क्रममा परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुनु पहिलो चरण हो। त्यसपछि, जब तँ सत्यलाई बुझ्न सक्छस् र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश पाउँछस्, तब तँ उहाँद्वारा सिद्ध पारिनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४५३

सङ्कल्प भएका सबैले परमेश्‍वरको सेवा गर्न सक्छन्—तर परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने र बुझ्नेहरू मात्र परमेश्‍वरको सेवा गर्न योग्य र हकदार हुन्छन्। मैले तिमीहरूमाझ यो कुरा पत्ता लगाएको छु: धेरै मानिस के विश्‍वास गर्छन् भने यदि तिनीहरू परमेश्‍वरका लागि जोसका साथ मार्गको प्रचार गर्ने, परमेश्‍वरका लागि दौडधुप गर्ने, परमेश्‍वरप्रति आफूलाई अर्पण गर्ने र उहाँका लागि कुराहरू त्याग्ने, आदि गर्छन् भने, यो परमेश्‍वरको सेवा गर्नु हो। अधिकांश धार्मिक मानिसहरू परमेश्‍वरको सेवा गर्नु भनेको हातमा बाइबल लिएर यताउता दौडनु, स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नु र मानिसहरूलाई पश्‍चात्ताप गर्न र पाप स्वीकार गर्न लगाएर मुक्ति दिनु हो भन्‍ने विश्‍वास गर्छन्। त्यस्ता धार्मिक अधिकारीहरू पनि धेरै छन् जसले सेमिनरीमा उच्च अध्ययन र तालिम लिएपछि गिर्जाघरहरूमा प्रचार गर्नु, र बाइबलका पदहरू पढेर मानिसहरूलाई सिकाउनु नै परमेश्‍वरको सेवा गर्नु हो भन्‍ने सोच्छन्। यसबाहेक, गरिब क्षेत्रहरूमा यस्ता मानिसहरू छन् जो परमेश्‍वरको सेवा गर्नु भनेको आफ्ना दाजुभाइ-दिदीबहिनीहरूमाझ बिरामीहरूलाई निको पार्नु र पिशाचहरू निकाल्नु, तिनीहरूका लागि प्रार्थना गर्नु, र तिनीहरूको सेवा गर्नु हो भन्‍ने विश्‍वास गर्छन्। तिमीहरूमध्ये, यस्ता धेरै छन् जो परमेश्‍वरको सेवा गर्नु भनेको हरेक दिन परमेश्‍वरका वचनहरू खानु र पिउनु र परमेश्‍वरलाई प्रार्थना गर्नु, साथै जताततै मण्डलीहरूको भ्रमण गर्नु र त्यहाँ काम गर्नु हो भन्‍ने विश्‍वास गर्छन्। अरू दाजुभाइ-दिदीबहिनीहरू पनि छन् जो परमेश्‍वरको सेवा गर्नु भनेको कहिल्यै विवाह नगर्नु वा घरजम नगर्नु र आफ्नो सम्पूर्ण सत्त्व परमेश्‍वरलाई समर्पित गर्नु हो भन्‍ने विश्‍वास गर्छन्। तैपनि परमेश्‍वरको सेवा गर्नुको वास्तविक अर्थ थोरै मानिसलाई मात्र थाहा छ। हुन त परमेश्‍वरको सेवा गर्ने मानिसहरूको सङ्ख्या आकाशका ताराहरूको जति नै छ, तर सिधै सेवा गर्न सक्ने, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप सेवा गर्न सक्षम हुनेहरूको सङ्ख्या नगण्य—अत्यन्तै कम—छ। म किन यसो भन्छु? म यसो भन्छु किनभने तिमीहरू “परमेश्‍वरको सेवा गर्नु” भन्‍ने वाक्यांशको सार बुझ्दैनौ, र तिमीहरू परमेश्‍वरका अभिप्रायहरूअनुरूप कसरी सेवा गर्ने भन्‍ने कुरा अत्यन्तै कम बुझ्छौ। परमेश्‍वरप्रतिको कस्तो प्रकारको सेवा ठ्याक्कै उहाँका अभिप्रायहरूअनुरूप हुन्छ भन्‍ने कुरा मानिसहरूले तुरुन्तै बुझ्न आवश्यक छ।

यदि तिमीहरू परमेश्‍वरका अभिप्रायहरूअनुरूप सेवा गर्न चाहन्छौ भने, तिमीहरूले पहिले कस्ता मानिसहरू परमेश्‍वरलाई मन पर्छन्, कस्ता मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, कस्ता मानिसहरू परमेश्‍वरद्वारा सिद्ध पारिन्छन्, र कस्ता मानिसहरू परमेश्‍वरको सेवा गर्न योग्य हुन्छन् भन्‍ने कुरा बुझ्नैपर्छ। कम्तीमा पनि, तिमीहरू यो ज्ञानले सुसज्जित हुनुपर्छ। अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्‍वरको कामको उद्देश्य, र परमेश्‍वरले वर्तमानमा गर्ने काम जान्नुपर्छ। यो बुझेपछि, र परमेश्‍वरका वचनहरूको मार्गदर्शनमार्फत, तिमीहरूले पहिले प्रवेश गर्नुपर्छ, र पहिले परमेश्‍वरको आज्ञा स्वीकार गर्नुपर्छ। जब तिमीहरूले परमेश्‍वरका वचनहरूको व्यावहारिक अनुभव पाएका हुन्छौ, र जब तिमीहरू परमेश्‍वरको कामलाई साँचो रूपमा चिन्छौ, तब तिमीहरू परमेश्‍वरको सेवा गर्न योग्य हुनेछौ। अनि जब तिमीहरू उहाँको सेवा गर्छौ तब परमेश्‍वरले तिमीहरूको आत्मिक आँखा खोलिदिनुहुनेछ र तिमीहरूलाई उहाँको कामको अझ ठूलो बुझाइ प्राप्त गर्न र यसलाई अझ स्पष्ट रूपमा देख्न सम्भव तुल्याउनुहुनेछ। जब तँ यस वास्तविकतामा प्रवेश गर्छस्, तेरा अनुभवहरू अझ गहन र व्यावहारिक हुनेछन्, र त्यस्ता अनुभवहरू प्राप्त गरेका तिमीहरू सबै जना मण्डलीहरूमाझ हिँड्न र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई भरणपोषण प्रदान गर्न सक्षम हुनेछौ, ताकि तिमीहरू प्रत्येकले एक-अर्काका सबलताहरूबाट सिकेर आफ्ना कमीकमजोरीहरू पूर्ति गर्न सक, र आफ्नो आत्मामा अझ समृद्ध ज्ञान प्राप्त गर्न सक। यो प्रभाव हासिल गरेपछि मात्र तिमीहरू परमेश्‍वरका अभिप्रायहरूअनुरूप सेवा गर्न सक्षम हुनेछौ र आफ्नो सेवाको क्रममा परमेश्‍वरद्वारा सिद्ध पारिनेछौ।

जो परमेश्‍वरको सेवा गर्छन् तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिस हुनुपर्छ, तिनीहरू परमेश्‍वरलाई खुसी पार्ने खालका, र परमेश्‍वरप्रति एकनिष्ठ बफादारी देखाउन सक्ने हुनुपर्छ। मानिसहरूको निजी रूपमा होस् वा सार्वजनिक रूपमा, परमेश्‍वरको उपस्थितिमा तेरा कार्यहरूले उहाँलाई खुसी पार्न सक्नुपर्छ, र ती सबै उहाँसामु दृढ रहन सक्नुपर्छ; अरू मानिसले तँलाई जे-जस्तो व्यवहार गरे पनि, परमेश्‍वरको बोझलाई ख्याल गर्न तैँले सधैँ आफू हिँड्नुपर्ने मार्गमा हिँड्नुपर्छ। यस्ता मानिसहरू मात्र परमेश्‍वरका घनिष्ठ मानिस हुन्। परमेश्‍वरका घनिष्ठ मानिसहरूले सिधै उहाँको सेवा गर्न सक्नुको कारण के हो भने तिनीहरूलाई परमेश्‍वरको महान् आज्ञा र परमेश्‍वरको बोझ दिइएको हुन्छ, तिनीहरू परमेश्‍वरको हृदयलाई आफ्नै बनाउन, र परमेश्‍वरको बोझलाई आफ्नै बोझको रूपमा लिन सक्छन्, र तिनीहरू आफ्ना भविष्यका सम्भावनाहरूको लाभ वा क्षतिलाई कुनै ख्याल गर्दैनन्—तिनीहरूका सम्भावनाहरूमा तिनीहरूसँग केही पनि नहुने, र तिनीहरूले केही पनि प्राप्त नगर्ने अवस्था हुँदा समेत, तिनीहरू सधैँ परमेश्‍वरलाई प्रेम गर्ने हृदयले परमेश्‍वरमा विश्‍वास गर्नेछन्। त्यसैले, यस प्रकारको व्यक्ति परमेश्‍वरको घनिष्ठ व्यक्ति हो। परमेश्‍वरका घनिष्ठ मानिसहरू उहाँका विश्‍वासपात्र पनि हुन्; परमेश्‍वरका विश्‍वासपात्रहरूले मात्र उहाँको हतारो, र उहाँका विचारहरू बुझ्न सक्छन्, र तिनीहरूको देह पीडादायी र कमजोर भए पनि, तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि पीडा सहन र आफूले प्रेम गर्ने कुरालाई छोड्न सक्षम हुन्छन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई बढी बोझ दिनुहुन्छ, र परमेश्‍वर जे गर्न चाहनुहुन्छ त्यो त्यस्ता मानिसहरूको गवाहीमा प्रमाणित हुन्छ। यसर्थ, यी मानिसहरू परमेश्‍वरलाई मन पर्ने हुन्छन्, तिनीहरू परमेश्‍वरको सेवा गर्ने र उहाँका अभिप्रायहरूअनुरूप हुने मानिस हुन्, र यस्ता मानिसहरूले मात्र परमेश्‍वरसँगै राजाका रूपमा शक्ति हातमा लिन सक्छन्। जब तँ साँचो रूपमा परमेश्‍वरको घनिष्ठ व्यक्ति बन्छस्, ठीक त्यही बेला तैँले परमेश्‍वरसँगै राजाका रूपमा शक्ति हातमा लिनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४५४

येशूले परमेश्‍वरको आज्ञा—सम्पूर्ण मानवजातिको छुटकाराको काम—पूरा गर्न सक्नुभयो किनभने उहाँले आफ्ना लागि कुनै योजना वा प्रबन्ध नगरी, परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्नुभयो। उहाँ परमेश्‍वरको—परमेश्‍वर स्वयम्‌को—घनिष्ठ हुनुहुन्थ्यो, जुन तिमीहरू सबैले राम्रोसँग बुझेको कुरा हो। (वास्तवमा, उहाँ परमेश्‍वरद्वारा गवाही दिइनुभएका परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो। म यस समस्यालाई चित्रण गर्न येशूको तथ्य प्रयोग गर्नका लागि यहाँ यो कुरा उल्लेख गर्दै छु।) उहाँले परमेश्‍वरको व्यवस्थापनको योजनालाई एकदमै केन्द्रमा राख्न सक्नुभयो, र सधैँ स्वर्गमा हुनुहुने पितालाई प्रार्थना गर्नुभयो र स्वर्गमा हुनुहुने पिताको इच्छा खोज्नुभयो। उहाँले प्रार्थना गर्नुभयो र भन्नुभयो, “हे परमेश्‍वर पिता! तपाईँको इच्छा जे हो त्यो पूरा गर्नुहोस्, र मेरा चाहनाहरूअनुसार नभई तपाईँको योजनाअनुसार कार्य गर्नुहोस्। मानिस कमजोर भए तापनि, तपाईँले उसको किन वास्ता गर्नुपर्छ र? तपाईँको हातमा भएको कमिलाजस्तो मानिस तपाईँको चिन्ताको योग्य कसरी हुन सक्छ र? म आफ्नो हृदयमा तपाईँको इच्छा पूरा गर्न मात्र चाहन्छु, र म चाहन्छु कि तपाईँले ममा आफ्नै चाहनाहरूअनुसार जे गर्न चाहनुहुन्छ त्यो पूरा गर्नुहोस्।” यरूशलेम जाने बाटोमा, येशू वेदनामा हुनुहुन्थ्यो, मानौँ उहाँको हृदयमा छुरी घुमाइँदै थियो, तैपनि उहाँमा पछि हट्ने अलिकति पनि अभिप्राय थिएन; उहाँलाई क्रूसमा टाँगिने ठाउँतर्फ अघि बढ्न बाध्य पार्ने एउटा शक्तिशाली बल सधैँ थियो। उहाँ अन्ततः क्रूसमा टाँगिनुभयो र पापी देहको स्वरूप बन्नुभयो, र मानवजातिको छुटकाराको काम पूरा गर्नुभयो। उहाँ मृत्यु र पातालका सबै बन्धनभन्दा माथि उठ्नुभयो। उहाँको अघि, मृत्यु, नरक, र पातालले आफ्नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए। उहाँ तेत्तिस वर्षसम्म जिउनुभयो, र त्यस अवधिभरि उहाँले सधैँ त्यस समयको परमेश्‍वरको कामअनुसार परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न आफ्नो सक्दो प्रयास गर्नुभयो, आफ्नो व्यक्तिगत लाभ वा हानिको कहिल्यै ख्याल गर्नुभएन, र सधैँ परमेश्‍वर पिताका अभिप्रायहरूका खातिर योजनाहरू बनाउनुभयो। त्यसैले, परमेश्‍वरले बप्तिस्मा लिएपछि, उहाँले भन्नुभयो, “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” परमेश्‍वरका अभिप्रायहरूअनुसार भएको परमेश्‍वरप्रतिको उहाँको सेवाका कारण, परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई छुटकारा दिने भारी बोझ उहाँको काँधमा राख्नुभयो र उहाँलाई त्यो पूरा गर्न लगाउनुभयो, र उहाँ यो महत्त्वपूर्ण काम पूरा गर्न योग्य र हकदार हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवनभरि परमेश्‍वरका लागि असीमित कष्ट सहनुभयो, र उहाँलाई शैतानद्वारा अनगिन्ती पटक प्रलोभनमा पार्‍यो, तर उहाँ कहिल्यै निराश हुनुभएन। परमेश्‍वरले उहाँलाई यस्तो महत्त्वपूर्ण काम दिनुभयो किनभने उहाँ उहाँलाई भरोसा गर्नुहुन्थ्यो, र उहाँलाई प्रेम गर्नुहुन्थ्यो, त्यसैले परमेश्‍वरले व्यक्तिगत रूपमा भन्नुभयो, “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” त्यस समयमा, येशू मात्र यो आज्ञा पूरा गर्न सक्नुहुन्थ्यो, र यो अनुग्रहको युगमा सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वरको कामको पूर्णताका वास्तविक परिस्थितिहरूको एउटा पक्ष थियो।

यदि तिमीहरू येशूजस्तै परमेश्‍वरको बोझको ख्याल गर्न, र आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्षम छौ भने, परमेश्‍वरले आफ्नो भारी जिम्मेवारी तिमीहरूलाई सुम्पनुहुनेछ, ताकि तिमीहरूले परमेश्‍वरको सेवा गर्न आवश्यक सर्तहरू पूरा गर्नेछौ। यस्ता परिस्थितिहरूमा मात्र तिमीहरूले आफू परमेश्‍वरको इच्छा पछ्याउने व्यक्ति, परमेश्‍वरको आज्ञा पूरा गर्ने व्यक्ति, र साँचो रूपमा परमेश्‍वरको सेवा गर्ने व्यक्ति रहेको भनेर भन्ने आँट गर्नेछौ। येशूको उदाहरणसँग तुलना गर्दा, के तँ आफूलाई परमेश्‍वरको घनिष्ठ भन्ने आँट गर्छस्? के तँ आफूलाई परमेश्‍वरको इच्छा पछ्याउने व्यक्ति भन्ने आँट गर्छस्? के तँ आफूलाई साँचो रूपमा परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्ने आँट गर्छस्? आज, तँलाई परमेश्‍वरको सेवा कसरी गर्ने भन्‍ने थाहा छैन, के तँ आफूलाई परमेश्‍वरको घनिष्ठ भन्ने आँट गर्छस्? यदि तैँले आफूलाई परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्छस् भने, के तँ उहाँको निन्दा गर्दैनस् र? यसबारे सोच: तँ परमेश्‍वरको सेवा गरिरहेको छस् कि आफ्नै? तँ शैतानको सेवा गर्छस्, तैपनि हठी भई आफूले परमेश्‍वरको सेवा गरिरहेको भनेर भन्छस्—यसमा, के तँ परमेश्‍वरको निन्दा गर्दैनस् र? धेरै मानिस—मेरो पिठ्यूँपछाडि—हैसियतका फाइदाहरूमा रमाउँछन्; तिनीहरू खानामा लिप्त हुन्छन्, तिनीहरू सुत्न मन पराउँछन्, र तिनीहरू देहको हरेक ख्याल राख्छन्, अनि देहका लागि कुनै निस्कने बाटो छैन कि भनेर सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफ्नो भूमिका राम्ररी पूरा गर्दैनन्, तर मण्डलीको भरमा बाँच्छन्, अन्यथा तिनीहरू मेरा वचनहरू प्रयोग गरेर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई उपदेश दिन्छन्, अनि माथिबाट अरूलाई नियन्त्रित गर्छन्। यी मानिसहरू आफूलाई परमेश्‍वरको इच्छा पछ्याउने मानिस भनिरहन्छन् र सधैँ आफूलाई परमेश्‍वरका घनिष्ठ भन्छन्—के यो बेतुके होइन र? यदि तेरो मनसाय सही छ, तर तँ परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्न असक्षम छस् भने, तँ मूर्ख भइरहेको छस्; तर यदि तेरो मनसाय सही छैन, र तँ अझै पनि आफूलाई परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्छस् भने, तँ परमेश्‍वरको विरोध गर्ने व्यक्ति होस्, र तँ परमेश्‍वरद्वारा दण्डित हुनुपर्छ! मलाई त्यस्ता मानिसहरूप्रति कुनै सहानुभूति छैन! तिनीहरू परमेश्‍वरको घरमा अरूको भरमा बाँच्छन्, सधैँ देहसुखमा लिप्त हुन्छन्, र परमेश्‍वरका हितहरूलाई कुनै वास्ता गर्दैनन्। तिनीहरू सधैँ व्यक्तिगत फाइदा खोज्छन्, र परमेश्‍वरका अभिप्रायहरूमा ध्यान दिँदैनन्। तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा परमेश्‍वरका आत्माको छानबिन स्वीकार गर्न सक्दैनन्। तिनीहरू कुटिल र छली भएर सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई ठगिरहेका हुन्छन्, र तिनीहरू दुईमुखे हुन्छन्। तिनीहरू दाखबारीको फ्याउरोजस्तै हुन्छन्, सधैँ दाख चोर्छन् र दाखबारी नष्ट गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरका घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिष्‌हरू उत्तराधिकारमा प्राप्त गर्न योग्य छस्? तँ आफ्नो जीवन र मण्डलीका लागि कुनै बोझ लिँदैनस्, के तँ परमेश्‍वरको आज्ञा प्राप्त गर्न योग्य छस्? तँजस्तो व्यक्तिलाई कसले भरोसा गर्ने आँट गर्छ र? जब तँ यसरी सेवा गर्छस्, तब के परमेश्‍वर तँलाई अझ ठूलो काम सुम्पन सक्नुहुन्छ र? के यसले काममा ढिलाइ गराउँदैन र?

म तिमीहरू परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्नका लागि कुन-कुन सर्तहरू पूरा गर्नैपर्छ भनी जान्न सक भनेर यो कुरा भन्छु। यदि तिमीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिँदैनौ भने, यदि तिमीहरू येशू जस्तै परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्दैनौ भने, तिमीहरूलाई परमेश्‍वरको भरोसा प्राप्त गर्न गाह्रो हुनेछ, र तिमीहरू अन्ततः परमेश्‍वरद्वारा न्याय गरिनेछौ। तँ सायद आज परमेश्‍वरप्रतिको आफ्नो सेवामा सधैँ परमेश्‍वरलाई छल गर्ने मनसाय पाल्छस् र सधैँ उहाँसँग झाराटारुवा तरिकाले व्यवहार गर्छस्। छोटकरीमा भन्दा, जेसुकै भए पनि, यदि तँ परमेश्‍वरलाई छल गर्छस भने, तँमाथि निर्मम न्याय आइपर्नेछ। अहिले, तिमीहरू परमेश्‍वरको सेवा गर्ने सही मार्गमा भर्खरै प्रवेश गरेको बेला, पहिले आफ्नो हृदय परमेश्‍वरलाई देऊ; तिमीहरूमा विभाजित हृदय हुनु हुँदैन। तँ परमेश्‍वरको अघि भए पनि, वा अरू मानिसहरूको अघि भए पनि, तेरो हृदय सधैँ परमेश्‍वरतर्फ फर्केको हुनुपर्छ, र तँमा येशूले जस्तै परमेश्‍वरलाई प्रेम गर्ने सङ्कल्प हुनुपर्छ। यसरी, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ, ताकि तँ परमेश्‍वरको सेवा गर्ने र उहाँका अभिप्रायहरूसँग मिल्ने व्यक्ति बन्न सकेस्। यदि तँ साँच्चै परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छस्, र तेरो सेवा उहाँका अभिप्रायहरूअनुसार होस् भन्‍ने चाहन्छस् भने, तैँले परमेश्‍वरमाथिको आस्थाबारे तेरा अघिल्ला दृष्टिकोणहरू परिवर्तन गर्नुपर्छ, र परमेश्‍वरको सेवा गर्ने तेरा पुराना अभ्यासहरू परिवर्तन गर्नुपर्छ, ताकि तेरो अझ धेरै भाग परमेश्‍वरद्वारा सिद्ध पारियोस्। यसरी, परमेश्‍वरले तँलाई त्याग्नुहुनेछैन, र, तँ पत्रुसजस्तै परमेश्‍वरलाई प्रेम गर्नेहरूको अग्रदस्तामा हुनेछस्। यदि तँ अपश्चात्तापी रहन्छस् भने, तैँले यहूदाको जस्तै परिणाम भोग्नेछस्। परमेश्‍वरमा विश्‍वास गर्ने सबैले यो कुरा बुझ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४५५

परमेश्‍वरले ब्रह्माण्डमा आफ्नो काम सुरु गर्नुभएदेखि नै, उहाँका अभिप्रायहरू पूरा होऊन् र पृथ्वीमा उहाँको काम सहज रूपमा सम्पन्न होस् भन्‍ने उद्देश्यका साथ, उहाँले जीवनको हरेक क्षेत्रका मानिसहरूलगायत धेरै मानिसलाई उहाँको सेवा गर्न पूर्वनिर्धारित गर्नुभएको छ—मानिसहरूलाई उहाँको सेवा गर्न छान्नुमा परमेश्‍वरको उद्देश्य यही हो। परमेश्‍वरको सेवा गर्ने हरेक व्यक्तिले उहाँको यो अभिप्राय बुझ्नुपर्छ। परमेश्‍वरको यस काममार्फत, मानिसहरूले उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता, र पृथ्वीमा उहाँले गर्ने कामका सिद्धान्तहरू अझ स्पष्ट रूपमा देख्छन्। परमेश्‍वर व्यावहारिक तवरले आफ्नो काम गर्न र मानिसहरूसँग घूलमिल हुन पृथ्वीमा आउनुभएको छ, ताकि तिनीहरूले उहाँका कार्यहरू अझ स्पष्ट रूपमा चिन्न सकून्। आज, तिमीहरू—मानिसहरूको यो समूहले—व्यावहारिक परमेश्‍वरको सेवा गर्ने सौभाग्य पाएका छौ। यो तिमीहरूका लागि अमापनीय आशिष्‌ हो—यो साँच्चै परमेश्‍वरले तिमीहरूलाई उचाल्नुभएको हो। उहाँको सेवा गर्न कुनै व्यक्तिलाई छान्दा, परमेश्‍वरसँग सधैँ उहाँका आफ्नै सिद्धान्तहरू हुन्छन्। मानिसहरूले कल्पना गरेजस्तो, व्यक्तिमा उत्साह भएसम्म उसले परमेश्‍वरको सेवा गर्न सक्छ भन्‍ने पटक्कै होइन। आज, तिमीहरू परमेश्‍वरसामु सेवा गर्ने सबैले परमेश्‍वरको मार्गदर्शनका कारण त्यसो गर्छन्, र तिनीहरूसँग पवित्र आत्माको काम हुन्छ, र तिनीहरू सत्यता पछ्याउने मानिस हुन् भन्ने देख्न सक्छौ। परमेश्‍वरको सेवा गर्ने सबैका न्यूनतम सर्तहरू यिनै हुन्।

परमेश्‍वरको सेवा गर्नु कुनै सरल काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ, तिनीहरू कहिल्यै परमेश्‍वरको सेवा गर्न सक्दैनन्। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय र सजाय गरिएको छैन भने, तेरो स्वभावले अझै पनि शैतानको प्रतिनिधित्व गर्छ, जसले परमेश्‍वरप्रतिको तेरो सेवा तैँले आफ्नै असल अभिप्रायहरू अर्पण गर्नु मात्र हो, र तेरो सेवा तेरो शैतानी प्रकृतिमा आधारित छ भन्ने प्रमाणित गर्छ। तँ आफ्नो प्राकृतिक चरित्रद्वारा, र आफ्ना व्यक्तिगत अभिरुचिहरूअनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सधैँ आफूलाई गर्न इच्छा लाग्ने कुराहरू नै परमेश्‍वरका आनन्ददायी कुरा हुन्, र आफूलाई गर्न इच्छा नलाग्ने कुराहरू नै परमेश्‍वरका लागि घृणास्पद हुन् भन्ने सोच्छस्; तँ पूर्ण रूपमा आफ्नै अभिरुचिहरूअनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न मिल्छ? अन्ततः तेरो जीवन स्वभावमा अलिकति पनि परिवर्तन हुनेछैन; बरु, तेरो सेवाले त्यसलाई अझ बढी जिद्दी बनाउनेछ, जसले गर्दा तेरो भ्रष्ट स्वभावले गहिरो जरा गाड्नेछ, र यसरी, तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा, र तेरो आफ्नै स्वभावअनुसारको तेरो सेवाबाट प्राप्त अनुभवमा आधारित परमेश्‍वरको सेवा गर्नेबारे नियमहरू बन्नेछन्। यी मानिसका अनुभव र पाठहरू हुन्। यो संसारसँग व्यवहार गर्ने मानिसको दर्शन हो। यस्ता मानिसहरू फरिसी र धार्मिक अधिकारी हुन्। यदि तिनीहरूले अहिले नै ब्युँझेर पश्चात्ताप गरेनन् भने, तिनीहरू पक्कै पनि आखिरी दिनहरूमा मानिसहरूलाई भ्रममा पार्ने झूटा ख्रीष्ट र ख्रीष्टविरोधीमा परिणत हुनेछन्। उल्लेख गरिएका झूटा ख्रीष्टहरू र ख्रीष्टविरोधीहरू यस्तै मानिसहरूमाझबाट पैदा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरू आफ्नै चरित्रलाई पछ्याउँछन् र आफ्नै इच्छाअनुसार काम गर्छन् भने, तिनीहरू कुनै पनि समयमा हटाइने जोखिममा हुन्छन्। अरूको मन जित्न, तिनीहरूलाई उपदेश दिन र नियन्त्रणमा राख्न, र उच्च स्थानमा खडा हुन आफ्नो धेरै वर्षको अनुभवमा भर परेर परमेश्‍वरको सेवा गर्नेहरू—र कहिल्यै पश्चात्ताप नगर्ने, कहिल्यै आफ्ना पापहरू नस्विकार्ने, कहिल्यै हैसियतका लाभहरू परित्याग नगर्नेहरू—यी मानिसहरू परमेश्‍वरसामु ढल्नेछन्। तिनीहरू पावलकै प्रकारका हुन्, जो आफ्नो वरिष्ठताको फाइदा लिन्छन् र अरूको अगाडि आफ्नो योग्यताको धाक देखाउँछन्। परमेश्‍वर यस्ता मानिसहरूलाई सिद्ध पार्नुहुन्न। यस्तो सेवा गर्नु भनेको परमेश्‍वरको काममा अवरोध गर्नु हो। मानिसहरू सधैँ पुराना कुराहरूमा टाँसिन्छन्। तिनीहरू विगतका धारणाहरूमा, बितेका समयका सबै कुरामा टाँसिन्छन्। यो तिनीहरूको सेवामा एउटा ठूलो अड्चन हो। यदि तैँले तिनलाई फालिनस् भने, यी कुराहरूले तेरो सम्पूर्ण जीवन बर्बाद गर्नेछन्। तैँले परमेश्‍वरको “सेवा” गर्नका खातिर दौडधुप गरेर आफ्नो खुट्टा भाँचिस् भने पनि, परिश्रम गरेर आफ्नो ढाड भाँचिस् भने पनि, वा शहादत नै प्राप्त गरिस् भने पनि, परमेश्‍वरले तँलाई अलिकति पनि अनुमोदन गर्नुहुनेछैन। यसविपरित: उहाँले तँ दुष्कर्मी होस् भनेर भन्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई उन्मुलन गरिनैपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४५६

आजदेखि सुरु गरेर, परमेश्‍वरले धार्मिक विचारहरू नभएकाहरूलाई, आफ्नो पुरानो स्वभाव पन्छाउन इच्छुक हुनेहरूलाई, र सरल हृदयले परमेश्‍वरमा समर्पित हुनेहरूलाई औपचारिक रूपमा नै सिद्ध तुल्याउनुहुनेछ। जो मानिसहरू परमेश्‍वरको वचनहरूको निम्ति तिर्खाउँछन् उनीहरूलाई उहाँले सिद्ध गर्नुहुनेछ। यी मानिसहरू खडा भएर परमेश्‍वरको सेवा गर्नुपर्दछ। परमेश्‍वरमा अन्त्यहीन प्रशस्तता र असीम बुद्धि छ। उहाँको अचम्मको काम र बहुमूल्य वचनहरूले मानिसहरूको अझ ठूलो सङ्ख्याले आनन्द गरून् भनेर प्रतीक्षा गरिरहेका छन्। यस कुरालाई हेर्दा, धार्मिक धारणाहरू भएकाहरू, वरिष्ठता ग्रहण गर्नेहरू, र आफूलाई पन्छ्याउन नसक्नेहरूलाई ती नयाँ कुराहरू स्वीकार्न कठिन हुन्छ। पवित्र आत्मासँग यी मानिसहरूलाई सिद्ध गर्ने कुनै अवसर नै छैन। यदि कुनै व्यक्तिमा समर्पित हुने सङ्कल्प छैन, र ऊ परमेश्‍वरको वचनहरूको लागि तिर्खाउँदैन भने, ती नयाँ कुराहरू स्विकार्नका लागि तिनीहरूसँग कुनै माध्यम छैन; तिनीहरू केवल झन्-झन् विद्रोही, झन्-झन् धेरै धूर्त हुनेछन्, र यसरी गलत मार्गमा पुग्‍नेछन्। आफ्नो काम अहिले गरिरहँदा, परमेश्‍वरले अझ धेरै व्यक्तिहरू खडा गर्नुहुनेछ जसले उहाँलाई साँच्चै प्रेम गर्दछन् र नयाँ ज्योति ग्रहण गर्न सक्छन्, र आफ्नो वरिष्ठता ग्रहण गर्ने धार्मिक अधिकारीहरूलाई उहाँले पूर्णरूपमा ढाल्नुहुनेछ; जिद्दी पूर्वक परिवर्तनको प्रतिरोध गर्नेहरूमध्ये एक जनालाई पनि उहाँ चाहनुहुन्न। के तँ यी मानिसहरूमध्ये एक जना हुन चाहन्छस्? तैँले तेरो आफ्नै अभिरुचिहरू अनुसार सेवा गर्छस्, कि परमेश्‍वरले चाहनुभए अनुसार गर्छस्? यो तैँले आफै जान्‍नुपर्ने कुरा हो। के तँ धार्मिक अधिकारी होस्, वा के तँ परमेश्‍वरले सिद्ध बनाउनुभएको नवजात शिशु होस्? तेरो कति सेवालाई पवित्र आत्माले अनुमोदन गर्नुहुन्छ? योमध्ये कत्ति जति परमेश्‍वरले सम्झन समेत झन्झट मान्नुहुनेछ? तेरो वर्षौंको सेवाको परिणामको रूपमा तेरो जीवनमा कति ठूलो परिवर्तन आएको छ? के तँ यी सबैको बारेमा स्पष्ट छस्? यदि तँ साँच्चिकै विश्‍वासबाटकै होस् भने, तैँले पहिलेका तेरो पुरानो धार्मिक धारणाहरू हटाउनेछस्, र नयाँ तरिकामा अझै राम्ररी परमेश्‍वरको सेवा गर्नेछस्। अब खडा हुन धेरै ढीला भएको छैन। पुरानो धार्मिक धारणाहरूले कुनै व्यक्तिको सम्पूर्ण जीवनलाई हराउन सक्छ। एक व्यक्तिले प्राप्त गरेको अनुभवले उनीहरूलाई परमेश्‍वरबाट बरालिन र आफ्नै तरिकाले काम-कुराहरू गर्ने तुल्याउन सक्छ। यदि तैँले त्यस्ता कुराहरूलाई पन्छ्याउँदैनस् भने, ती तेरो जीवनको वृद्धिमा ठेस लाग्ने अवरोध हुनेछन्। परमेश्‍वरले सधैँ उहाँको सेवा गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ, र तिनीहरूलाई हल्का रूपमा हटाउनुहुन्न। यदि तैँले परमेश्‍वरको वचनहरूको न्याय र सजायलाई साँच्चिकै स्वीकार गर्छस् भने, यदि तँ आफ्नो पुरानो धार्मिक आचरणहरू र नियमावलीहरूलाई पन्छ्याउन सक्छस्, र पुरानो धार्मिक धारणाहरूलाई आजका वचनहरूको मापनको रूपमा प्रयोग गर्न छोड्छस् भने मात्रै तेरो निम्ति भविष्य हुनेछ। तर यदि तँ पुराना चीजहरूसँग टाँसिरहन्छस् भने, यदि तँ अझै तिनलाई मूल्यवान् ठान्छस् भने, तैँले मुक्ति पाउन सक्ने कुनै मार्ग छैन। यस्ता मानिसहरूलाई परमेश्‍वरले वास्ता गर्नुहुन्न। यदि तँ साँच्चिकै सिद्ध हुन चाहन्छस् भने, तैँले पहिलेदेखिका सबै कुरा त्याग्ने संकल्प गर्नुपर्छ। पहिले जे गरिएको थियो त्यो ठीक थियो भने पनि, यो परमेश्‍वरको काम थियो भने पनि, तँ अझै यसलाई अलग राख्न सक्षम हुनुपर्दछ र यससँग टाँसिन बन्द गर्नुपर्दछ। यदि यो स्पष्ट रूपमै पवित्र आत्माको काम, पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको काम थियो भने पनि, आज तैँले त्यसलाई पन्छ्याउनुपर्छ। तैँले यसलाई समाति राख्‍नु हुँदैन। परमेश्‍वरले चाहनुहुने कुरा यही हो। सबै कुरालाई नवीकरण गरिनुपर्छ। परमेश्‍वरको काम र परमेश्‍वरको वचनहरूमा, उहाँले अघि गएका पुरानो कुराहरूको कुनै सन्दर्भ दिनुहुन्न, उहाँले पुरानो पञ्चाङ्गलाई खोतल्नुहुन्न; परमेश्‍वर त्यो परमेश्‍वर हुनुहुन्छ जो सँधै नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न, र विगतका आफ्ना वचनहरूमा समेत टाँसिनुहुन्न—जुन कुराले देखाउँदछ कि परमेश्‍वरले कुनै नियमावलीहरू पालना गर्नुहुन्न। त्यसकारण, यदि एक मानिसको रूपमा तँ जहिले पनि विगतका कुराहरूमा टाँसिरहन्छस्, यदि तैँले तिनलाई छोडिदिन इन्कार गर्छस् भने, र कठोरताका साथ तिनलाई सूत्रको रूपमा लागू गर्छस् भने, जबकि परमेश्‍वर अब आफूले पहिले गरेको माध्यमहरू प्रयोग गरेर काम गर्नुहुन्न, त्यसोभए के तेरा शब्दहरू र कार्यहरू विघटनकारी छैनन्? के तिनीहरू परमेश्‍वरका विरोधी होइनन् र? के तँ आफ्नो पूरै जीवन यी पुरानो चीजहरूले बरबाद गर्न र बिगार्न दिन इच्छुक छस्? यी पुराना चीजहरूले तँलाई यस्तो व्यक्ति बनाउनेछ जसले परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछ—के तँ त्यस्तै प्रकारको व्यक्ति बन्‍न चाहन्छस्? यदि तँ साँच्चिकै त्यो चाहँदैनस् भने, तैँले के गरिरहेको छस् त्यसलाई रोकेर फर्किहाल्; फेरि सुरु गर्। परमेश्‍वरले तेरो विगतका सेवाहरू सम्‍झनुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई उन्मुलन गरिनैपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४५७

जहाँसम्म कामको कुरा छ, मानिस काम गर्नु भनेको परमेश्‍वरका निम्ति यताउति दौडनु, जताततै प्रचार गर्नु, र उहाँका खातिर आफूलाई अर्पण गर्नु हो भन्ने विश्‍वास गर्छ। यस्तो विश्‍वास सही भए पनि, यो अत्यन्तै एकतर्फी छ; परमेश्‍वर मानिससँग उहाँका निम्ति यताउति दौडधुप गर्न मात्र माग गर्नुहुन्न, बरु, यो त आत्माभित्रको सेवकाइ र भरणपोषणसित बढी सम्बन्धित छ। धेरै दाजुभाइ-दिदीबहिनीले यतिका वर्षको अनुभवपछि पनि परमेश्‍वरका निम्ति काम गर्नेबारे कहिल्यै सोचेका छैनन्, किनकि मानिसले कल्पेको काम परमेश्‍वरले माग गर्नुभएको कामसित मिल्दैन। त्यसकारण, मानिसलाई कामको विषयमा कुनै पनि रुचि छैन, र मानिसको प्रवेश निकै एकतर्फी हुनुको मुख्य कारण ठ्याक्कै यही हो। तिमीहरू सबैले परमेश्‍वरका निम्ति काम गर्दै आफ्नो प्रवेश सुरु गर्नुपर्छ, ताकि तिमीहरूले अनुभवको प्रत्येक पक्ष अझ राम्ररी भोग्न सक। तिमीहरू प्रवेश गर्नुपर्ने यहीभित्र हो। कामले परमेश्‍वरका निम्ति यताउति दौडधुप गर्नुलाई जनाउँदैन, यसले त मानिसको जीवन अनि ऊ जिउने कुराले परमेश्‍वरलाई आनन्द दिन्छ कि दिँदैन भन्‍ने कुरालाई जनाउँछ। कामले मानिसहरूले परमेश्‍वरको गवाही दिन र मानिसको सेवकाइ गर्नका लागि परमेश्‍वरप्रतिको आफ्‍नो बफादारी र परमेश्‍वरसम्बन्धी आफ्नो ज्ञान प्रयोग गर्नुलाई जनाउँछ। मानिसको जिम्मेवारी यही हो र सबै मानिसले बुझ्नुपर्ने कुरा यही हो। तिमीहरूको प्रवेश नै तिमीहरूको काम हो, र तिमीहरू परमेश्‍वरका निम्ति काम गर्ने क्रममा प्रवेश गर्न खोजिरहेका छौ भनेर भन्न सकिन्छ। परमेश्‍वरको काम अनुभव गर्नु भनेको तिमीहरूले उहाँको वचन कसरी खाने र पिउने भनी जान्‍नु मात्र होइन; त्योभन्दा महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्‍वरको गवाही दिन जान्‍नैपर्छ अनि परमेश्‍वरको सेवा गर्न र मानिसलाई सेवकाइ र भरणपोषण गर्न सक्‍नैपर्छ। यो नै काम हो, र यो तिमीहरूको प्रवेश पनि हो; प्रत्येक व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरका निम्ति दौडधुप गर्ने र सबैतिर प्रचार गर्ने कुरामा मात्र ध्यान दिने, तर आफ्नो व्यक्तिगत अनुभवलाई उपेक्षा गर्ने र आफ्नो आत्मिक जीवन प्रवेशलाई बेवास्ता गर्ने धेरै छन्। यसैले गर्दा परमेश्‍वरको सेवा गर्नेहरू परमेश्‍वरको विरोध गर्ने बन्न पुगेका छन्। यतिका वर्षदेखि परमेश्‍वरको सेवा र मानिसहरूका लागि सेवकाइ गर्दै आएका यी मानिसहरूले काम गर्नु र प्रचार गर्नुलाई नै प्रवेश ठानेका छन् र कसैले पनि आफ्नो व्यक्तिगत आत्मिक अनुभवलाई महत्त्वपूर्ण प्रवेश मानेको छैन। बरु, तिनीहरूले पवित्र आत्माको कामबाट लिइएको अन्तर्दृष्टिलाई अरूलाई शिक्षा दिने पुँजीका रूपमा लिएका छन्। प्रचार गर्दा तिनीहरूमा धेरै बोझ हुन्छ र तिनीहरू पवित्र आत्माको काम प्राप्त गर्छन्, र त्यसमार्फत तिनीहरू पवित्र आत्माको आवाज प्रकट गरिरहेका हुन्छन्। यस समयमा, काम गर्नेहरू आत्मसन्तुष्टिले भरिएका हुन्छन्, मानौँ पवित्र आत्माको काम तिनीहरूको आफ्नै व्यक्तिगत आत्मिक अनुभव बनेको छ; तिनीहरू आफूले बोलिरहेका सबै शब्द आफ्नै सत्त्व भएको महसुस गर्छन्, तर फेरि मानौँ तिनीहरूको आफ्नै अनुभव भने तिनीहरूले वर्णन गरेजस्तो स्पष्ट नभएजस्तो महसुस गर्छन्। त्यसभन्दा पनि बढी, बोल्नुभन्दा अघि तिनीहरूलाई आफू के भन्‍नेछु भन्‍ने थाहै हुँदैन, तर जब पवित्र आत्मा तिनीहरूमा काम गर्नुहुन्छ, तब तिनीहरूका शब्दहरूको अनन्त धाराको बाढी बाहिर आउँछ। तैँले एकपल्ट यसरी प्रचार गरेपछि तँलाई आफ्नो कद वास्तवमा आफूलाई लागेजति सानो छैन भन्ने लाग्छ, अनि जब पवित्र आत्माले यसरी तँमाथि काम गर्नुभएको जस्ता केही घटना घटेका हुन्छन्, तब तैँले आफूसँग पहिले नै कद रहेको निर्धारण गर्छस् र पवित्र आत्माको काम तेरो आफ्नै प्रवेश र तेरो आफ्नै सत्त्व हो भनी गलत विश्‍वास गर्छस्। जब तँ यसरी निरन्तर अनुभव गर्दै जान्छस्, तब तँ आफ्नै प्रवेशबारे फितलो हुन्छस्, थाहै नपाई आलस्यतामा चिप्लिन्छस् र आफ्नो व्यक्तिगत प्रवेशलाई महत्त्व दिन छोड्छस्। यसै कारण, तैँले अरूलाई सेवकाइ गरिरहेको बेला आफ्नो कद र पवित्र आत्माको कामका बीचमा स्पष्ट रूपमा भिन्नता छुट्ट्याउनैपर्छ। यसले तेरो प्रवेशलाई अझ राम्रोसँग सहजीकरण गर्न र तेरो अनुभवलाई थप फाइदा पुर्‍याउन सक्छ। जब मानिसले पवित्र आत्माको कामलाई आफ्नो व्यक्तिगत अनुभवका रूपमा लिन्छ, तब त्यो पतनको स्रोत बन्छ। त्यसै कारण म भन्छु, तिमीहरूले जस्तोसुकै कर्तव्य निर्वाह गरे पनि, आफ्नो प्रवेशलाई एउटा महत्त्वपूर्ण पाठका रूपमा लिनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (२)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४५८

व्यक्ति परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न, परमेश्‍वरका अभिप्रायहरूअनुरूपका सबैलाई उहाँसमक्ष ल्याउन, मानिसलाई परमेश्‍वरकहाँ ल्याउन, र पवित्र आत्माको काम र परमेश्‍वरको अगुवाइसित परिचित गराउनका निम्ति काम गर्छ, र यसरी ऊ परमेश्‍वरको कामका फललाई सिद्ध तुल्याउँछ। त्यसकारण, तिमीहरू कामको सारबारे पूर्ण रूपमा स्पष्ट हुनु अपरिहार्य छ। परमेश्‍वरद्वारा प्रयोग गरिने हरेक व्यक्ति परमेश्‍वरका निम्ति काम गर्न योग्य हुन्छ, अर्थात् हरेकले पवित्र आत्माद्वारा प्रयोग गरिने अवसर पाउँछ। तर, तिमीहरूले एउटा कुरा बुझ्नैपर्छ: जब मानिसले परमेश्‍वरले आज्ञा गर्नुभएको काम गर्छ, तब उसलाई परमेश्‍वरद्वारा प्रयोग गरिने अवसर दिइएको हुन्छ, तर मानिस जे भन्छ र जान्दछ, त्यो नै पूर्ण रूपले मानिसको कद होइन। तिमीहरूले गर्न सक्‍ने भनेको आफ्नो काम गर्ने क्रममा आफ्नै कमजोरीहरू अझ राम्ररी चिन्‍नु, र पवित्र आत्माबाट अझ बढी अन्तर्दृष्टि प्राप्त गर्नु मात्र हो। यसरी, तिमीहरू आफ्नो काम गर्ने क्रममा अझ राम्रोसित प्रवेश प्राप्त गर्न सक्षम हुनेछौ। यदि मानिसले परमेश्‍वरबाट आउने मार्गदर्शनलाई उसको आफ्नै प्रवेश र आफूभित्र अन्तर्निहित कुरा मान्छ भने, मानिसको कद बढ्ने कुनै सम्‍भावना हुँदैन। पवित्र आत्माले मानिसहरू सामान्य अवस्थामा हुँदा नै तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ; त्यस्ता समयमा, मानिसहरू प्रायः आफूले प्राप्त गरेको अन्तर्दृष्टिलाई आफ्नो वास्तविक कद सम्झने भूल गर्छन्, किनकि पवित्र आत्माले अन्तर्दृष्टि दिने तरिका असाध्यै सामान्य हुन्छ, र उहाँले मानिसभित्र अन्तर्निहित कुरा नै प्रयोग गर्नुहुन्छ। जब मानिसहरू काम गर्छन् र बोल्छन्, वा जब तिनीहरू प्रार्थना र आफ्नो आत्मिक भक्ति गरिरहेका हुन्छन्, त्यतिखेर अचानक तिनीहरूलाई एउटा सत्यता स्पष्ट हुन्छ। तर वास्तवमा, मानिसले केवल पवित्र आत्माद्वारा दिइएको अन्तर्दृष्टि देख्छ (स्वाभाविक रूपले, यो अन्तर्दृष्टि मानिसको सहकार्यसित जोडिएको हुन्छ) र त्यसले मानिसको वास्तविक कदको प्रतिनिधित्व गर्दैन। मानिस केही समयसम्म केही कठिनाइ र परीक्षा सामना गर्ने अनुभवबाट गुज्रेपछि त्यस्ता परिस्थितिहरूमा मानिसको साँचो कद प्रकट हुन्छ। तब मात्र मानिसले आफ्नो कद त्यत्ति ठूलो नभएको थाहा पाउनेछ, अनि उसका स्वार्थी चाहनाहरू, व्यक्तिगत विचारहरू, लालच, र यस्तै अन्य कुराहरू सबै देखा पर्नेछन्। यस्तै केही अनुभवको चक्रपछि मात्र, आफ्नो आत्मामा जागा रहेका धेरै मानिसले विगतमा आफूले अनुभव गरेको कुरा आफ्नै व्यक्तिगत वास्तविकता नभएको, बरु पवित्र आत्माले दिनुभएको क्षणिक ज्योति भएको, र मानिसले त्यो ज्योति प्राप्त गरेको मात्र हो भनेर थाहा पाउँछन्। पवित्र आत्माले मानिसलाई सत्यता बुझ्ने अन्तर्दृष्टि दिँदा, कामकुराहरू कसरी त्यस्तो भए वा ती कतातिर जाँदैछन् भन्‍ने कुरा नबताईकन, त्यो प्रायः स्पष्ट र बुझ्न सकिने तरिकाले गरिएको हुन्छ। भन्‍नुको मतलब, यस प्रकाशमा मानिसका कठिनाइहरू समाहित गर्नुको सट्टा, उहाँ सोझै सत्यता प्रकट गर्नुहुन्छ। जब मानिसले प्रवेश गर्ने क्रममा कठिनाइहरू सामना गर्छ, र त्यसपछि पवित्र आत्माको अन्तर्दृष्टिलाई समाहित गर्छ, तब यो मानिसको व्यावहारिक अनुभव बन्छ। … त्यसकारण, पवित्र आत्माको काम प्राप्त गरिरहेकै बेला, तिमीहरूले आफ्नो प्रवेशलाई अझ बढी महत्त्व दिनुपर्छ, पवित्र आत्माको काम ठ्याक्कै के हो र तिमीहरूको प्रवेश के हो भनी हेर्नुपर्छ, साथसाथै आफ्नो प्रवेशमा पवित्र आत्माको कामलाई समाहित गर्नुपर्छ, ताकि तिमीहरूले पवित्र आत्माको सिद्धता अझ बढी पाउन सक, र पवित्र आत्माको कामको सार तिमीहरूमा कार्यान्वित हुन सकोस्। पवित्र आत्माको कामको अनुभव गर्ने क्रममा, तिमीहरूले पवित्र आत्मालाई, साथै आफैलाई पनि चिन्‍नेछौ, अनि त्यसभन्दा बढी, धेरै पटकको तीव्र कष्टबीच, तिमीहरूले परमेश्‍वरसित सामान्य सम्बन्ध विकास गर्नेछौ, र तिमीहरू र परमेश्‍वरबीचको सम्बन्ध दिनदिनै झन्-झन् घनिष्ठ बन्दै जानेछ। अनगिन्ती काटछाँट र शोधनपछि, तिमीहरूमा परमेश्‍वरप्रति साँचो प्रेम विकसित हुनेछ। यही कारणले गर्दा, तिमीहरूले कष्ट, प्रहार र सङ्कष्टहरूसित डराउनु हुँदैन भन्‍ने बुझ्‍नैपर्छ; पवित्र आत्माको काम मात्र हुनु तर तिमीहरूको प्रवेश नहुनुचाहिँ डराउनुपर्ने कुरा हो। जब परमेश्‍वरको काम समाप्त हुने दिन आउँछ, तब तिमीहरूले व्यर्थमा काम गरेका हुनेछौ; तिमीहरूले परमेश्‍वरको काम अनुभव गरेका भए पनि, तिमीहरूले पवित्र आत्मालाई चिनेका वा आफ्नो प्रवेश पाएका हुनेछैनौ। पवित्र आत्माले मानिसमा कार्यान्वित गर्ने अन्तर्दृष्टि मानिसको जोस थामेर राख्‍नका निम्ति नभएर मानिसको प्रवेशका निम्ति मार्ग खोल्नलाई, साथै मानिसलाई पवित्र आत्मा चिनाउनलाई, र यसरी परमेश्‍वरप्रति डर र श्रद्धा भएको हृदय विकास गर्नका लागि हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (२)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४५९

काँटछाँट, न्याय र सजाय भोगेकाहरूले गर्ने काममा निकै थोरै भिन्‍नता हुन्छ, र उनीहरूको कामको अभिव्यक्ति धेरै हदसम्म ठीक हुन्छ। काम गर्न आफ्नो स्वाभाविक गुणमा निर्भर रहने मानिसहरूले ठूला गल्तीहरू गर्छन्। असिद्ध मानिसहरूको कामले उनीहरूको आफ्नो अत्यन्तै धेरै स्वाभाविक गुण व्यक्त गर्छन्, जसले पवित्र आत्माको काममा ठूलो बाधा दिन्छ। व्यक्तिको क्षमता जतिसुकै राम्रो भए तापनि परमेश्‍वरले आदेश दिनुभएको काम गर्न त्यो व्यक्ति काँटछाँट, र न्यायको प्रक्रिया भएर जानैपर्छ। यदि उनीहरू त्यस किसिमको न्याय भएर गएका छैनन् भने उनीहरूले जतिसुकै राम्ररी काम गरे पनि त्यो काम सत्यताको सिद्धान्तहरूसँग एकरूप हुँदैन र त्यो काम उनीहरूको आफ्नै स्वाभाविक र मानवीय गुणको उपज बन्छ। काँटछाँट, र न्यायको प्रक्रिया भएर नगएका मानिसहरूको तुलनामा यो प्रक्रियाबाट भएर गएका मानिसहरूको काम धेरै हदसम्म ठीक हुन्छ। न्याय भएर नगएका मानिसहरूले मानव बौद्धिकता र जन्‍मजात प्रतिभासँग मिसिएको मानवीय शारीरिकपन र विचारहरूभन्दा अरू कुनै कुरा व्यक्त गर्दैनन्। परमेश्‍वरको कामको सही मानवीय अभिव्यक्ति यो होइन। यस किसिमका मानिसहरूको अनुसरण गर्नेहरू उनीहरूको जन्मसिद्ध क्षमताद्वारा आकर्षित भएका हुन्छन्। उनीहरूले मानिसको अन्तर्दृष्‍टि र अनुभव धेरै मात्रामा व्यक्त गर्छन्, जुन परमेश्‍वरको मौलिक अभिप्रायबाट अलग्गिएको हुन्छ र त्यसबाट धेरै हदसम्म तलमाथि भएको हुन्छ, त्यसकारण यस किसिमको व्यक्तिको कामले मानिसहरूलाई परमेश्‍वरको अगाडि ल्याउन सक्दैन, बरु तिनीहरूलाई मानिसको अगाडि ल्याउँछ। त्यसैले, न्याय र सजायको प्रक्रिया भएर नगएका मानिसहरू परमेश्‍वरले आदेश गर्नुभएको कामलाई अघि बढाउन अयोग्य हुन्छन्। योग्य सेवकको कामले मानिसहरूलाई सही मार्गमा ल्याउन सक्छ र उनीहरूलाई सत्यताको ठूलो प्रवेश प्रदान गर्छ। उसको कामले मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन सक्छ। साथै, उसले गर्ने काम व्यक्ति पिच्छे फरक हुन सक्छ र यो नीतिनियमद्वारा बाँधिएको हुँदैन, जसले गर्दा मानिसहरूले जीवनमा क्रमिक रूपमा वृद्धि हुन र सत्यताप्रतिको अझै गहन प्रवेश प्राप्त गर्नको लागि छुटकारा र स्वतन्‍त्रता प्राप्त गर्छन्। अयोग्य सेवकको काम मापदण्डभन्दा धेरै टाढा हुन्छ। उसको काम मूर्खता हो। उसले मानिसहरूलाई नीतिनियमहरूमा मात्र ल्याउन सक्छ, र उसले मानिसहरूबाट माग गर्ने कुरा व्यक्ति पिच्छे फरक हुँदैन; उसले मानिसहरूको वास्तविक आवश्‍यकताहरू बमोजिम काम गर्दैन। यस किसिमको काममा थुप्रै नीतिनियम र सिद्धान्तहरू हुन्छन्, अनि त्यसले मानिसहरूलाई वास्तविकतामा ल्याउन सक्दैन, न त जीवन वृद्धिको सामान्य अभ्यास नै ल्याउँछ। यसले मानिसहरूलाई केवल अर्थहीन एक-दुई वटा नीतिनियमहरूको अनुयायी बन्‍न सक्षम तुल्याउँछ। यस किसिमको अगुवाइले मानिसहरूलाई अन्यत्रै डोर्‍याउन सक्छ। उसले तँलाई आफूजस्तै बनाउँछ; उसले तँलाई उसँग जे छ र ऊ जो हो त्यस्तै बनाउँछ। अगुवाहरू योग्य छन् कि छैन भनी छुट्याउन उनीहरूले अगुवाइ गर्ने मार्ग र उनीहरूको कामको परिणामलाई अनुयायीहरूले एउटा मुख्य कुराको रूपमा हेर्नु, र अनुयायीहरूले सत्यता अनुरूप सिद्धान्तहरू प्राप्‍त गरेका छन् कि छैनन् भनेर हेर्नु, र उनीहरूले आफ्नो रूपान्तरण सुहाउँदो अभ्यासका तरिकाहरू पाएका छन् कि छैनन् भनेर पनि हेर्नु हो। तैँले फरक किसिमका मानिसहरूका फरक-फरक कामको बीचमा भिन्‍नता छुट्याउनुपर्छ; तँ मूर्ख अनुयायी बन्‍नु हुँदैन। मानिसहरूको प्रवेशको लागि यो विशेष रूपले महत्त्वपूर्ण छ। यदि तैँले कुन व्यक्तिको अगुवापनमा सही मार्ग छ र कुन व्यक्तिकोमा छैन भनी छुट्याउन सक्षम भइनस् भने तँ सजिलैसँग भ्रममा पर्नेछस्। यी सबै कुराले तेरो जीवनमा प्रत्यक्ष सरोकार राख्‍छ। असिद्ध मानिसहरूको काममा धेरै प्राकृतिकपन हुन्छ; यसमा धेरै मानवीय इच्छा मिश्रित हुन्छन्। उनीहरूको अस्तित्व नै तिनीहरूको प्राकृतिकपन हो—उनीहरू त्यससँगै जन्मिएका हुन्छन्। यो चाहिँ काट-छाँट गरिसकेपछिको जीवन वा रूपान्तरण भइसकेपछिको वास्तविकता होइन। त्यस्तो व्यक्तिले कसरी जीवनको खोजी गर्नेहरूलाई समर्थन गर्न सक्छ? मानिससँग जुन जीवन छ यो उसको जन्मसिद्ध बौद्धिकता वा क्षमतामा नै हो। यस किसिमको बौद्धिकता वा क्षमता परमेश्‍वरले मानिसबाट माग गर्नुभएको कुराबाट धेरै टाढा हुन्छ। यदि मानिस सिद्ध बनाइएको छैन र उसको भ्रष्‍ट स्वभावलाई काट-छाँट गरिएको छैन भने उसले व्यक्त गर्ने कुरा र सत्यता बीच ठूलो अन्तर रहन्छ; उसले व्यक्त गर्ने कुराहरू अस्पष्ट कुराहरूसँग मिश्रित हुनेछ, जस्तै उसको कल्पना र एकोहोरो अनुभव। साथै, उसले जसरी काम गरे तापनि सारा मानिसहरूको प्रवेशको लागि समग्र लक्ष्य र सत्यता छैन भन्‍ने मानिसहरूले महसुस गर्छन्। मानिसहरूबाट माग गरिने अधिकांश कुराहरू उनीहरूको क्षमताभन्दा बाहिरको कुरा हुन्छ, मानौं उनीहरू काठमा टुसुक्‍क बस्‍न लगाएको हाँस हुन्। यो मानवीय इच्छाको काम हो। मानिसको भ्रष्‍ट स्वभाव, उसका सोचविचारहरू, र उसको धारणाले उसको शरीरको सबै अङ्‍गलाई दूषित बनाउँछ। मानिस सत्यता अभ्यास गर्ने प्रवृत्ति सहित जन्मेको हुँदैन, न त उसँग सत्यतालाई प्रत्यक्ष रूपमा बुझ्‍ने प्रवृत्ति नै हुन्छ। त्यसमा मानिसको भ्रष्‍ट स्वभाव थपौं—जब यस किसिमको प्राकृतिक व्यक्तिले काम गर्छ, के यसले अवरोधहरू ल्याउँदैन र? तर सिद्ध बनाइएको व्यक्तिमा मानिसहरूले बुझ्‍नुपर्ने सत्यताको अनुभव, र उनीहरूको भ्रष्‍ट स्वभावहरूको ज्ञान हुन्छ, ताकि उसको काममा भएको व्यर्थ र अवास्तविक कुराहरू विस्तारै हराएर जाऊन्, मानवीय व्यभिचार कम हुँदै जाओस्, र उसको काम र सेवा परमेश्‍वरले माग गर्नुभएको मापदण्डको झन्-झन् नजिक आउन सकोस्। यसरी उसको काम सत्यता वास्तविकतामा प्रवेश गरेको हुन्छ र त्यो वास्तविक पनि बनेको हुन्छ। मानिसको मनमा भएको सोचविचारले पवित्र आत्माको कामलाई रोक्छ। मानिससँग प्रशस्‍त कल्पना र उचित तर्क पाइन्छ, र उसँग विभिन्‍न मामिलाहरू समाधान गर्ने लामो अनुभव पनि हुन्छ। यदि मानिसका यी पक्षहरू काँटछाँट र सुधार भएर गएनन् भने यी सबैले काममा अवरोध ल्याउँछन्। त्यसैले, मानिसको कामले उच्‍चतम शुद्धता हासिल गर्न सक्दैन, विशेष गरी असिद्ध मानिसहरूको कामले।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४६०

जब पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ, तब ती मानिसहरू जुन अवस्थाहरूमा हुनेछन् ती धेरै अवस्थाहरूको बारेमा तँसित बुझाइ हुनु आवश्यक छ। विशेषतः परमेश्‍वरको सेवामा सहकार्य गर्नेहरूसित यी स्थितिहरूको अझै दह्रिलो बुझाइ हुनैपर्छ। यदि तैँले केवल धेरै अनुभवहरू वा प्रवेश प्राप्त गर्ने तरिकाहरूको बारेमा मात्रै कुरा गर्छस् भने यसले तेरो अनुभव ज्यादै एकपक्षीय छ भन्‍ने देखाउँछ। तेरो साँचो अवस्था नजानीकन अनि सत्यता सिद्धान्तहरू राम्ररी नबुझीकन स्वभावमा परिवर्तन हासिल गर्न सम्भव छैन। पवित्र आत्माको कामको सिद्धान्तहरू नजानीकन वा यसले फलाउने फलको बारेमा नबुझीकन दुष्ट आत्माहरूको काम खुट्ट्याउन तँलाई कठिन हुनेछ। तैँले दुष्ट आत्माहरूको कामको साथसाथै मानिसको धारणाहरूलाई उदाङ्गो पारिदिनैपर्छ, अनि सीधै मामिलाको केन्द्रबिन्दुसम्मै भेद गर्नुपर्छ; मानिसहरूको अभ्यासमा भएका धेरै विचलनहरू र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा हुनसक्ने समस्याहरूलाई पनि तैँले औँल्याइदिनैपर्छ, ताकि तिनीहरूले त्यसलाई पहिचान गरून्। कम्तीमा, तैँले तिनीहरूलाई नकारात्मक वा निष्क्रिय अनुभूति गर्न दिनु हुँदैन। तथापि, धेरै मानिसहरूका निम्ति वस्तुगत रूपले अस्तित्वमा रहेका कठिनाइहरूलाई तैँले बुझ्नैपर्छ, तँ बेमनासिब हुनु हुँदैन वा तैँले माछालाई जमीनमा जिउन बाध्य पार्न खोज्नु हुँदैन; त्यो मूर्ख व्यवहार हो। मानिसहरूले अनुभव गर्ने धेरै कठिनाइहरू समाधान गर्न, तैँले पवित्र आत्माको कामको गतिशीलता बुझ्नैपर्छ; तैँले पवित्र आत्मा फरक-फरक मानिसहरूमा कसरी काम गर्नुहुन्छ भन्ने कुरा बुझ्नैपर्छ, तँसित मानिसहरूले सामना गर्ने कठिनाइहरू र तिनीहरूका कमीहरूको बुझाइ हुनैपर्छ, अनि तैँले समस्याको मर्म छर्लङ्ग देख्नैपर्छ र तँ विचलित नभई वा कुनै गल्ती नगरी त्यसको स्रोतसम्म पुग्नैपर्छ। तब मात्र तँ परमेश्‍वरको सेवामा सहकार्य गर्ने सम्बन्धमा मानकअनुरूप व्यक्ति हुन्छस्।

तँ मुख्य मामिलाहरू बुझ्न र धेरै कुराहरू स्पष्टसित देख्न सक्षम छस् वा छैनस् भन्‍ने कुरा तेरो व्यक्तिगत अनुभवहरूमा निर्भर गर्छ। जुन प्रकारले तैँले अनुभव गर्छस्, त्यही प्रकारले नै तैँले अरूलाई पनि डोर्‍याउँछस्। यदि तैँले वचन र धर्मसिद्धान्तहरू बुझ्छस् भने तैँले अरूलाई वचन र धर्मसिद्धान्तहरू बुझ्न डोर्‍याउन सक्छस्। तैँले जुन प्रकारले परमेश्‍वरका वचनहरूको वास्तविकता अनुभव गर्छस्, त्यही प्रकारले तैँले अरूहरूलाई परमेश्‍वरका वाणीहरूको वास्तविकताभित्र प्रवेश प्राप्त गर्न डोर्‍याउनेछस्। यदि तँ धेरै सत्यताहरू बुझ्न र परमेश्‍वरका वचनहरूबाट धेरै कुराहरूको बारेमा स्पष्ट अन्तर्दृष्टि प्राप्त गर्न सक्षम छस् भने तैँले अरूहरूलाई पनि धेरै सत्यताहरू बुझ्ने कार्यमा डोर्‍याउनेछस् र तैँले जसलाई डोर्‍याउँछस्, तिनीहरूले दर्शनहरूको स्पष्ट बुझाइ प्राप्त गर्नेछन्। यदि तैँले अलौकिक अनुभूतिहरू बुझ्न ध्यान केन्द्रित गर्छस् भने तैँले जसलाई डोर्‍याउँछस्, तिनीहरूले पनि त्यही गर्नेछन्। यदि तैँले अभ्यासलाई बेवास्ता गर्छस्, बरु छलफलमाथि जोड दिन्छस् भने, तैँले जसलाई डोर्‍याउँछस्, तिनीहरूले पनि अभ्यास नै नगरीकन वा आफ्नो स्वभावमा कुनै परिवर्तन हासिल नै नगरीकन छलफलमाथि नै ध्यान केन्द्रित गर्नेछन्; तिनीहरू कुनै सत्यतालाई अभ्यासमा नउतारीकन केवल सतही ढङ्गले मात्रै उत्साही हुनेछन्। सबै मानिसहरूले आफूसित जे छ, त्यही नै अरूलाई आपूर्ति गर्छन्। कुनै व्यक्ति कस्तो प्रकारको छ भन्‍ने कुराले नै तिनीहरूले अरूलाई मार्गदर्शन गर्ने बाटोको साथसाथै तिनीहरूले डोर्‍याउने मानिसहरूका प्रकारहरू निर्धारण गर्दछ। परमेश्‍वरको प्रयोगको निम्ति साँच्चिकै योग्य हुनका लागि तँसित सङ्कल्प मात्रै होइन, धेरै मात्रामा परमेश्‍वरबाट प्राप्त अन्तर्दृष्टि, उहाँका वचनहरूको मार्गदर्शन, उहाँद्वारा काटछाँट गरिएको अनुभव, अनि उहाँका वचनहरूको शोधन पनि चाहिन्छ। यसलाई एउटा जगको रूपमा लिएर, साधारण समयहरूमा, तिमीहरूले अवलोकन गर्न, सोच्न, चिन्तन गर्न तथा निष्कर्ष निकाल्नमा ध्यान दिनुपर्छ र त्यसैअनुसार सोसिने वा हटाउने कार्यमा तल्लीन हुनुपर्छ। यी सबै कुरा वास्तविकताभित्र तिमीहरूको प्रवेशको निम्ति मार्गहरू हुन्, अनि तीमध्ये हरेक अत्यावश्यक छन्। परमेश्‍वरले काम गर्नुहुने यसरी नै हो। यदि तँ परमेश्‍वरले काम गर्नुहुने यस विधिमा प्रवेश गर्छस् भने तँसित उहाँद्वारा हरेक दिन सिद्ध तुल्याइने अवसरहरू हुनेछन्। अनि कुनै पनि समयमा, तेरो वातावरण प्रतिकूल वा अनुकूल जे भए पनि, तँ जाँच वा परीक्षा जेसुकैमा परिरहेको भए पनि, तैँले काम गरिरहेको पनि वा नगरिरहेको भए पनि, अनि तैँले जीवन एक व्यक्तिको रूपमा वा समूहको एक भागको रूपमा बाँचिरहेको भए पनि, तैँले सधैँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू भेट्टाउनेछस् र तिनीहरूमध्ये एउटै पनि गुमाउनेछैनस्। तैँले तिनलाई सधैँ पत्ता लगाउन सक्नेछस्—अनि यसप्रकार तैँले परमेश्‍वरका वचनहरू अनुभव गर्ने रहस्य भेट्टाइसकेको हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा प्रयोगयोग्य गोठालोमा कुन कुरा हुनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४६१

आजभोलि धेरै मानिसहरूले अरूसित सहकार्य गर्दा के-कस्ता पाठहरू सिक्नुपर्छ भनेर ध्यान दिँदैनन्। तिमीहरूमध्ये धेरैले अरूसित सहकार्य गर्दा पाठहरू सिक्न सक्दैनौ भनेर मैले पत्ता लगाएको छु; तिमीहरूमध्ये धेरै जना आफ्नै विचारहरूमा लागिरहन्छौ। मण्डलीमा काम गर्दा तँ आफ्नो विचार पोख्छस् अनि अरू कसैले आफ्नै विचारहरू पोख्छन्, अनि एउटाको अर्कोसित कुनै सम्बन्ध हुँदैन; तिमीहरूले वास्तवमा केही सहकार्य नै गर्दैनौ। सानो मात्रामा नै भएपनि जीवनको खोजी नगरिकन तिमीहरू सबै केवल आफ्नै अन्तर्दृष्टिहरूलाई व्यक्त गर्नुमा वा आफूभित्र बोकेका “बोझहरू” हलुको बनाउनामै मग्न हुन्छौ। अरू कसैले के भन्छ वा गर्छ भन्‍ने कुराको पर्बाह नगरी तँ सधैँ आफ्नै बाटोमा हिँड्नुपर्छ भनी विश्‍वास गर्दै तैँले झारा टार्ने हिसाबले मात्रै काम गरिरहेको देखिन्छ; अरूका परिस्थितिहरू जस्तोसुकै भए तापनि त्यसलाई पर्बाह नगरीकन पवित्र आत्माले अगुवाइ गर्नुभएअनुसार तैँले सङ्गति गर्नुपर्छ भन्‍ने तँलाई लाग्छ। तँ अरूका बलिया पक्षहरू पत्ता लगाउन सक्षम छैनस्, अनि न त आफैलाई जाँच्न सक्षम छस्। तिमीहरू जसरी कामकुरालाई बुझ्छौ, त्यो साँच्चि नै पथभ्रष्ट र विकृत छ। यसो भन्न सकिन्छ कि अहिले पनि तिमीहरूले अझै प्रशस्त आत्म-धार्मिकता प्रदर्शन गर्दछौ, मानौँ तिमीहरू पुरानै बिमारीको दशामा फर्केका छौ। उदाहरणको निम्ति, तिमीहरू निश्चित मण्डलीहरूको कामबाट आफूले कस्ता प्रकारको परिणाम हासिल गरेका छौ, वा तेरा भित्री अवस्थाहरूको हालैको स्थिति र यस्तै इत्यादि कुराबारे एकअर्कासित पूर्ण रूपले खुला हुने किसिमले बातचित गर्दैनौ; तिमीहरूले त्यस्ता कुराबारे पटक्कै कुराकानी गर्दैनौ। तिमीहरू आफ्ना धारणाहरूलाई छोडिदिने वा आफ्‍नो विरुद्धमा विद्रोह गर्नेजस्ता अभ्यासहरू पटक्कै गर्दैनौ। अगुवा र कार्यकर्ताहरूले केवल तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी नकारात्मक हुनदेखि बचाउने अनि कसरी तिनीहरूलाई जोशपूर्वक पछ्याउने तुल्याउने भनेर मात्र सोच्छन्। तैपनि, तिमीहरू सबै आफैले जोशपूर्वक पछ्याए भइहाल्छ भनी सोच्छौ अनि आफूलाई जान्नु र आफ्‍नो विरुद्धमा विद्रोह गर्नु के हो भन्‍नेबारे तिमीहरूसित कुनै आधारभूत बुझाइ छैन, अरूसित सहकार्य गरेर सेवा गर्नुको अर्थ बुझ्नु त झन् परको कुरा हो। तिमीहरू परमेश्‍वरको प्रेमको साटो तिर्ने र पत्रुसको शैलीमा जिउने इच्छा राख्नेबारे मात्रै सोच्छौ। यी कुराबाहेक, तिमीहरू अरू कुनै कुराबारे सोच्दैनौ। तैँले के समेत भन्छस् भने, अरू मानिसहरूले जे गरे पनि, तँ अन्धो भएर आज्ञाकारी हुनेछैनस्, अनि अरू मानिसहरू जस्तोसुकै भएपनि, तैँले चाहिँ परमेश्‍वरद्वारा प्राप्त गरिने सिद्धता खोज्नेछस्, अनि त्यही नै पर्याप्त हुनेछ। तथापि, तथ्य के हो भने, वास्तवमा तेरो इच्छा कुनै पनि प्रकारले बिलकुलै लागू भएको छैन। के यी सबै, तिमीहरूले हिजोआज प्रदर्शन गर्ने व्यवहार होइनन् र? तिमीहरूमध्ये हरेकले आफ्नै अन्तर्दृष्टिलाई पक्रन्छौ, अनि तिमीहरू सबै सिद्ध तुल्याइने चाहना गर्छौ। म देख्छु कि तिमीहरूले त्यति धेरै प्रगति नगरिकन त्यत्तिका लामो समयसम्म सेवा गरेका छौ; निश्‍चित रूपमा, एकआपसमा मिलेर काम गर्नेसम्‍बन्धी यस पाठमा तिमीहरूले केही हासिल गरेका छैनौ! मण्डलीहरूमा जाँदा तिमीहरू आफ्नै तरिकाले कुराकानी गर्छौ, अनि अरूले आफ्नै तरिकाले कुराकानी गर्छन्। मेलपूर्ण सहकार्य बिरलै हुन्छ, अनि तिमीहरूभन्दा तलका अनुयायीहरूको सम्बन्धमा यो कुरा अझै बढी लागू हुन्छ। भन्‍नुको अर्थ, तिमीहरूमध्ये कसैले परमेश्‍वरको सेवा गर्नु भनेको के हो वा कसरी उहाँको सेवा गर्नुपर्छ भन्‍ने कुरा बिरलै मात्र बुझ्छौ। तिमीहरू अन्योलमा छौ र यस प्रकारका पाठलाई हल्का विषयको रूपमा लिन्छौ। यस्ता मानिसहरू अझ धेरै छन् जो सत्यताको यस पक्षलाई अभ्यास गर्नमा मात्र चुक्दैनन् तर जानी-जानी गल्तीसमेत गर्छन्। धेरै वर्षसम्म सेवा गर्नेहरूसमेत एकअर्काको विरुद्धमा लड्छन्, एकअर्काको विरुद्ध युक्ति रच्छन् अनि तिनीहरू ईर्ष्यालु र प्रतिस्पर्धात्मक छन्; हरेकले आफ्नै हित मात्रै खोज्दछ, अनि तिनीहरूले बिलकुल सहकार्य गर्दैनन्। के यी सबै कुराले तिमीहरूको वास्तविक कदलाई प्रतिनिधित्व गर्दैनन् र? दैनिक जीवनमा सेवा गर्ने तिमीहरू इस्राएलीहरूजस्तै छौ, जसले हरेक दिन मन्दिरमा परमेश्‍वर स्वयम्‌को प्रत्यक्ष सेवा गरे। परमेश्‍वरको सेवा गर्ने तिमीहरूसित नै कसरी सहकार्य गर्ने वा कसरी सेवा गर्ने भन्‍ने कुराको कुनै ज्ञान छैन, यो कसरी हुनसक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। इस्राएलीहरूले गरे सरह सेवा गर्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४६२

सौहार्दपूर्ण रूपमा सहकार्य गर्न भनी आज तिमीहरूबाट गरिएको माग यहोवाले इस्राएलीहरूबाट उहाँको सेवा गर्दा गर्नुभएको माग जस्तै हो; अन्यथा, सेवा गर्न छोडिदेऊ। तिमीहरू सिधै परमेश्‍वरको सेवा गर्ने मानिस भएकाले, तिमीहरूले आफ्नो सेवामा कम्तीमा पनि बफादारी र समर्पण देखाउन सक्नैपर्छ, र व्यावहारिक रूपमा पाठहरू सिक्न पनि सक्षम हुनैपर्छ। विशेष गरी मण्डलीमा काम गर्ने तिमीहरूका हकमा, के तिमीहरूभन्दा तल्लो तहका कुनै पनि दाजुभाइ-दिदीबहिनीले तिमीहरूलाई काटछाँट गर्ने आँट गर्ला र? के कसैले तिमीहरूका गल्तीहरू तिमीहरूकै अगाडि भन्‍ने आँट गर्ला र? तिमीहरू अरू सबैभन्दा माथि छौ; तिमीहरू राजा भएर शासन गर्छौ! तिमीहरू यस प्रकारका व्यावहारिक पाठहरू सिक्ने वा तिनमा प्रवेश गर्ने समेत गर्दैनौ, तैपनि तिमीहरू अझै परमेश्‍वरको सेवा गर्ने कुरा गर्छौ! वर्तमान समयमा, तँलाई केही मण्डलीको अगुवाइ गर्न भनिएको छ, तर तैँले आफूलाई नत्याग्ने मात्र होइन, तँ त आफ्नै धारणा र रायहरूमा टाँसिन्छस्, र यस्ता कुराहरू भन्छस्, “मलाई लाग्छ यो काम यसरी गरिनुपर्छ। परमेश्‍वरले भन्नुभएको छ कि हामी अरूद्वारा बाँधिनु हुँदैन र आजभोलि हामीले अन्धाधुन्ध रूपमा आज्ञापालन गर्नु हुँदैन।” त्यसकारण, तिमीहरू सबैजना आ-आफ्नो रायमा अडिग रहन्छौ, र कसैले पनि एकअर्काको आज्ञापालन गर्दैनौ। आफ्नो सेवा गतिरोधमा पुगेको छ भन्‍ने स्पष्ट रूपमा थाहा भए पनि, तिमीहरू अझै यसो भन्छौ, “मेरो विचारमा, मेरो तरिका लगभग मिलेको छ। जे भए पनि, हामी दुवैको आ-आफ्नै पक्ष छ: तिमी तिम्रो पक्षको कुरा गर, म मेरो पक्षको कुरा गर्छु; तिमी तिम्रा दर्शनहरूबारे सङ्गति गर, म मेरो प्रवेशबारे सङ्गति गर्छु।” तिमीहरू कहिल्यै पनि सम्हाल्नुपर्ने धेरै कुराको जिम्मेवारी लिँदैनौ, वा तिमीहरू तिनलाई झाराटारुवा तरिकाले सम्हाल्छौ, तिमीहरू हरेकले आफ्नै रायहरू व्यक्त गर्छौ र होसियारीका साथ आफ्नै हैसियत, प्रतिष्ठा, र इज्जतको रक्षा गर्छौ। तिमीहरूमध्ये कोही पनि आफूलाई विनम्र तुल्याउन इच्छुक छैनौ, र जीवन अझै द्रुत रूपमा अघि बढोस् भनेर कुनै पनि पक्षले आफूलाई त्याग्ने र एक-अर्काका कमजोरीहरूलाई पूर्ति गर्ने पहल गर्दैन। एक-अर्कासँग सहकार्य गर्दा, तिमीहरूले सत्यता खोज्न सिक्नुपर्छ। तिमीहरू यसो भन्न सक्छौ, “सत्यताको यस पक्षबारे मसँग स्पष्ट बुझाइ छैन। यसमा तिम्रो कस्तो अनुभव छ?” वा, तिमीहरू यसो भन्न सक्छौ, “यस पक्षका सम्बन्धमा मेरोभन्दा तिम्रो बढी अनुभव छ; के तिमी मलाई केही मार्गदर्शन दिन सक्छौ?” के त्यसरी अघि बढ्दा राम्रो हुँदैन र? तिमीहरूले धेरै प्रवचन सुनेका छौ, र सेवा गर्नमा केही अनुभव प्राप्त गरेका छौ। यदि तिमीहरू मण्डलीहरूमा काम गर्दा एक-अर्काबाट सिक्दैनौ, एक-अर्कालाई मद्दत गर्दैनौ, र एक-अर्काका कमजोरीहरूलाई पूर्ति गर्दैनौ भने, तिमीहरू कसरी कुनै पाठ सिक्न सक्छौ? कुनै पनि कुराको सामना गर्नुपर्दा, तिमीहरूले एक-अर्कासँग सङ्गति गर्नुपर्छ ताकि तिमीहरूको जीवनलाई फाइदा पुग्न सकोस्। तिमीहरूले कुनै पनि निर्णय गर्नुअघि कुनै पनि प्रकारका कुराहरूबारे ध्यानपूर्वक सङ्गति गर्नुपर्छ। यसो गरेर मात्रै तिमीहरू केवल झाराटारुवा तरिकाले काम गर्नुको सट्टा मण्डलीका लागि जिम्मेवारी लिइरहेका हुन्छौ। सबै मण्डलीको भ्रमण गरेपछि, तिमीहरू एकसाथ भेला हुनुपर्छ र आफूले पत्ता लगाएका सबै समस्या र आफ्नो काममा सामना गर्नुपरेको कुनै पनि समस्याबारे सङ्गति गर्नुपर्छ, साथै तिमीहरूले आफूले प्राप्त गरेको अन्तर्दृष्टि र ज्योतिबारे पनि सङ्गति गर्नुपर्छ—यो सेवाको एक अपरिहार्य अभ्यास हो। परमेश्‍वरको कामको उद्देश्यका लागि, मण्डलीको फाइदाका लागि, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई अघि बढाउनका लागि तिमीहरूले सौहार्दपूर्ण सहकार्य हासिल गर्नैपर्छ। परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नका लागि, तिमीहरूले एक-अर्कासँग सहकार्य गर्नुपर्छ, एक-अर्काका कमजोरीहरूलाई पूर्ति गर्नुपर्छ र काममा अझ राम्रा नतिजाहरू हासिल गर्नुपर्छ। साँचो सहकार्य भनेको यही हो, र यसमा संलग्न हुनेहरूले मात्रै साँचो प्रवेश पाउँछन्। सहकार्य गर्दा, तिमीहरूले बोल्ने कतिपय शब्द अनुपयुक्त हुन सक्छन्, तर त्यसले फरक पर्दैन। यसबारे पछि सङ्गति गर, र यससम्बन्धी स्पष्ट बुझाइ प्राप्त गर; यसलाई बेवास्ता नगर। यस प्रकारको सङ्गतिपछि, तिमीहरू गएर आफ्ना दाजुभाइ वा दिदीबहिनीहरूका कमीहरूलाई पूर्ति गर्न सक्छौ। यसरी आफ्नो काममा झन्-झन् गहिराइमा गएर मात्रै तिमीहरू अझ राम्रा नतिजाहरू हासिल गर्न सक्छौ। परमेश्‍वरको सेवा गर्ने मानिसहरूका रूपमा, तिमीहरू हरेकले आफ्नै हितहरूलाई ख्याल गर्नुको सट्टा हरेक कुरामा मण्डलीको हितको रक्षा गर्न सक्नुपर्छ। तिमीहरूले एक-अर्कालाई कमजोर पारेर आफ्नै मर्जीले काम गर्नै हुँदैन। त्यस्तो व्यवहार गर्ने मानिसहरू परमेश्‍वरको सेवा गर्न योग्य हुँदैनन्! त्यस्ता मानिसहरूको स्वभाव अत्यन्तै खराब हुन्छ; तिनीहरूमा रत्तीभर मानवता बाँकी हुँदैन। तिनीहरू शतप्रतिशत शैतान हुन्! तिनीहरू पशु हुन्! अहिले पनि, तिमीहरूमाझ यस्ता कुराहरू अझै भइरहन्छन्; यहाँसम्म कि तिमीहरू सङ्गतिको दौरान एक-अर्कामाथि जाइलाग्छौ, कुनै तुच्छ कुरामा वादविवाद गर्दै जानाजानी निहुँ खोज्छौ र अनुहार रातो-पिरो बनाउँछौ, कोही पनि आफूलाई पन्छाउन चाहँदैनौ, हरेकले आफ्नै अभिप्रायहरू पाल्छौ, चनाखो भएर अर्को पक्षलाई हेर्छौ र सतर्क रहन्छौ। के परमेश्‍वरको सेवामा यस्तो स्वभाव सुहाउँछ? के तिमीहरूको जस्तो कामले तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई केही आपूर्ति गर्न सक्छ? तैँले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउन नसक्ने मात्र होइन, बरु तँ वास्तवमा आफ्ना भ्रष्ट स्वभावहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूभित्र घुसाइदिन्छस्। के तँ अरूलाई हानि गरिरहेको छैनस् र? तेरो विवेक अत्यन्तै खराब छ, र यो भित्रैसम्म कुहिएको छ! तँ वास्तविकतामा प्रवेश गर्दैनस्, न त तँ सत्यतालाई नै व्यवहारमा लागु गर्छस्। यसका साथै, तँ निर्लज्ज भई अरूसामु आफ्नो दुष्ट प्रकृतिको खुलासा गर्छस्। तँ बिलकुलै लाज मान्दैनस्! यी दाजुभाइ-दिदीबहिनीहरू तँलाई सुम्पिइएका छन्, तर तँ तिनीहरूलाई नरकतिर लगिरहेको छस्। के तँ विवेक कुहिएको व्यक्ति होइनस् र? तँलाई पटक्कै लाज छैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। इस्राएलीहरूले गरे सरह सेवा गर्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४६३

के तँ परमेश्‍वरले हरेक युगमा व्यक्त गर्नुभएको स्वभावलाई ठोस रूपमा, र त्यस युगका लागि उपयुक्त अनि त्यस युगको महत्त्व बोक्‍ने भाषामा वर्णन गर्न सक्छस्? के परमेश्‍वरको आखिरी दिनहरूको काम अनुभव गर्ने तँ, परमेश्‍वरको धर्मी स्वभावलाई विस्तृत रूपमा वर्णन गर्न सक्छस्? के तँ स्पष्ट र सही रूपमा परमेश्‍वरको स्वभावको गवाही दिन सक्छस्? धार्मिकताका निम्ति भोकाउने र तिर्खाउने अनि गोठालो गरिनका लागि तेरो प्रतीक्षा गरिरहेका ती दयनीय, दरिद्र, र भक्त धार्मिक विश्‍वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरूबारे बताउनेछस्? गोठालो गरिन कस्तो प्रकारका मानिसहरू तेरो प्रतीक्षा गरिरहेका छन्? के तँ कल्‍पना गर्न सक्छस्? के तँलाई तेरा काँधका बोझहरू, तँलाई दिइएको आज्ञा, र तेरो जिम्‍मेवारीबारे थाहा छ? ऐतिहासिक मिसनप्रतिको तेरो बोध कहाँ छ? अर्को युगको मालिकको भूमिका तैँले कसरी राम्ररी निर्वाह गर्नेछस्? के तँसँग मालिक हुनुको प्रबल भावना छ? यावत् थोकको मालिकबारे कसरी व्याख्या गरिनुपर्छ? के त्यो साँच्‍चै सारा जीवित प्राणीहरू अनि संसारका सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिका लागि तँसँग के-के योजनाहरू छन्? कति जना मानिसहरू तँद्वारा गोठालो गरिन तेरो प्रतीक्षा गरिरहेका छन्? के तेरो कार्य गह्रौँ छ? तिनीहरू दरिद्र, दयनीय, अन्धा छन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई दमन गरेका अन्धकारका शक्तिहरूलाई, उल्काजस्तै गरी अचानक तल झरेर हटाओस् भनी ती मानिसहरू ज्योतिका लागि कति तृष्णा गर्छन्। तिनीहरू त्यसका लागि बेचैनीका साथ आशा गर्छन् र दिन-रात तृष्णा गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्‍न सक्छ र? ज्योति चम्‍केर गुज्रने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; तिनीहरूले कहिले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नपाएका यी नाजुक आत्माहरूको दुर्भाग्य भयानक छ, अनि निर्दयी बन्धनहरू र जमेको इतिहासद्वारा तिनीहरूलाई बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दुखी स्थिति कसले देखेको छ र? परमेश्‍वरको हृदय कति दुखी र बेचैन छ भनी के तैँले कहिल्यै विचार गरेको छस्? उहाँले आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो सास्ती भोगेको देख्दा उहाँ कसरी सहन सक्‍नुहुन्छ? आखिर, मानवजाति विषाक्त पारिएका पीडितहरू नै त हुन्। र मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विषाक्त पारिएको छ भन्‍ने कुरा कसले थाहा पाएको छ र? के तैँले तँ पीडितहरूमध्येको एक होस् भन्‍ने बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमका कारण, यी सबै बाँचेकाहरूलाई मुक्ति दिनका निम्ति लागिपर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरलाई प्रतिदान गर्नका निम्ति आफ्‍नो सारा सामर्थ्य अर्पण गर्न इच्‍छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्‍चै छ त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४६४

मानिसहरूले ममा विश्‍वास गर्छन्, तर तिनीहरू मेरो निम्ति गवाही दिन असक्षम छन्, न त मैले आफैलाई प्रकट गर्न अघि तिनीहरूले मेरो निम्ति गवाही नै दिन सक्छन्। मानिसहरू मैले सृष्टि गरिएका प्राणीहरू र सबै पवित्र मानिसहरूलाई उछिनेको मात्र देख्छन् र मैले गरेको काम मानिसहरूले गर्न सक्दैनन् भन्‍ने मात्र देख्छन्। यसैले, यहूदीहरूदेखि हालका दिनका मेरा सबै महिमित कार्यहरू देख्ने सबै मानिसहरू मप्रति जिज्ञासाले भन्दा अरू कुनै पनि कुराले भरिएका छैनन् र कुनै पनि सृष्टि गरिएको प्राणीको मुखले मेरो निम्ति साक्षी दिन सकेको छैन। मेरा पिताले मात्र मेरो निम्ति गवाही दिनुभयो र सबै सृष्टि गरिएका प्राणीहरूको माझ बाटो तयार पार्नुभयो; यदि उहाँले गवाही दिनुभएको थिएन भने, मैले जति काम गरेको भए पनि, म सृष्टिको प्रभु हुँ भनी मानिसले कहिल्यै चिन्ने थिएनन्, किनभने मानिसले मबाट लिन मात्र जान्दछन् र मेरो कामको परिणामस्वरूप मप्रति विश्‍वास गर्दैनन्। म निर्दोष र कुनै पनि पक्षमा पापी छैन, म विभिन्‍न रहस्यहरूलाई व्याख्या गर्न सक्छु, म भीडहरूभन्दा माथि छु वा मानिसले मबाट धेरै लाभ लिएको छ, त्यसकारणले मात्र मानिसले मलाई चिन्छन्, तैपनि म सृष्टिको प्रभु हुँ भनेर थोरैले मात्र विश्‍वास गर्छन्। यसैले मानिसले उसँग मप्रतिको विश्‍वास किन हुन्छ भनी जान्दैन भनी म भन्छु; मप्रति विश्‍वास गर्नुको उद्देश्य वा महत्त्व उसले जान्दैन। मानिसमा वास्तविकताको कमी छ, त्यसैले ऊ मेरो निम्ति गवाही दिन विरलै योग्य छ। तिमीहरूसित साँचो विश्‍वास अति थोरै छ र तिमीहरूले अति थोरै हासिल गरेका छौ, त्यसैले तिमीहरूसित अति थोरै गवाही छ। यसको अलाबा, तिमीहरूले अति थोरै बुझ्छौ, यहाँसम्‍म कि तिमीहरू मेरा कामहरूको निम्ति गवाही दिनलाई लगभग अयोग्य छौ। तिमीहरूको संकल्प साँच्चै उल्‍लेखनीय छ, तर के तिमीहरूले परमेश्‍वरको सारलाई सफलतापूर्वक सिद्ध गर्न सक्‍नेछौ भन्‍ने कुरामा तिमीहरू पक्का छौ त? तिमीहरूले भोगेका र देखेका कुराहरू सारा युगका सन्तहरू र अगमवक्ताहरूको भन्दा पनि अधिक छन्, तर के तिमीहरूले विगतका यी सन्तहरू र अगमवक्ताहरूका वचनभन्दा ठूलो गवाही दिन सक्छौ त? मैले अहिले तिमीहरूलाई प्रदान गर्ने कुराहरूले मैले मोशा र दाऊदलाई प्रदान गरेका कुरालाई नै उछिन्छन्, त्यसरी नै म तिमीहरूका गवाहीले मोशाका गवाहीहरूलाई उछिनून् र तिमीहरूका शब्दहरूले दाऊदका शब्दहरूलाई उछिनून् भन्ने चाहन्छु। म तिमीहरूलाई सय गुणा दिन्छु—त्यसै गरी म तिमीहरू मलाई सय गुणा फिर्ता गर भनेर भन्छु। मानवजातिलाई जीवन प्रदान गर्ने म नै हुँ भन्ने कुरा तिमीहरूलाई थाहा हुनैपर्छ, अनि मबाट जीवन पाउने र मेरो निम्ति गवाही दिनैपर्ने तिमीहरू नै हौ। मैले तिमीहरूलाई पठाउने कर्तव्य, र तिमीहरूले मेरा निम्ति निर्वाह गर्नुपर्ने कर्तव्य यही हो। मैले मेरा सारा महिमा तिमीहरूलाई प्रदान गरेको छु, इस्राएलका मेरा चुनिएका मानिसहरूले कहिल्यै प्राप्‍त नगरेको जीवन मैले तिमीहरूलाई प्रदान गरेको छु। तिमीहरूले मेरो गवाही दिनुपर्छ र तिमीहरूको जवानी मलाई अर्पण गर्नुपर्छ र आफ्नो ज्यान दिनुपर्छ। जसलाई म मेरो महिमा प्रदान गर्छु, उसले मेरो गवाही दिनेछ र मेरा निम्ति आफ्नो ज्यान दिनेछ—यो मैले उहिले नै पूर्वनियोजन गरेको छु। मैले तिमीहरूलाई मेरो महिमा दिनु त तिमीहरूको लागि सौभाग्यको कुरा हो र तिमीहरूको कर्तव्यचाहिँ मेरो महिमाको गवाही दिनु हो। यदि तिमीहरूले आशिष्‌ पाउनलाई मात्र ममा विश्‍वास गरेका थियौ भने, मेरो कामको महत्त्व कम हुन्थ्यो र तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुँदैनथियौ। इस्राएलीहरूले मेरो कृपा, प्रेम र महानता मात्रै देखे र यहूदीहरूले मेरो धैर्यता र उद्धार मात्र देखे। तिनीहरूले मेरो आत्माको काम अतिभन्दा अति कम देखे, यहाँसम्‍म कि ती तिमीहरूले सुनेका र देखेका भन्दा दशौं हजारमा एक भाग जति मात्र तिनीहरूले बुझे। तिमीहरूले देखेका कुराहरूले तिनीहरूका प्रधान पूजाहारीलाई पनि उछिन्छ। तिमीहरूले आज बुझेका कुराहरूले तिनीहरूले बुझेका कुरालाई उछिन्छ; तिमीहरूले आज जे देखेका छौ यसले व्यवस्थाको युग साथै अनुग्रहको युगमा देखिएको कुरालाई पनि उछिन्छ र तिमीहरूले भोगेका कुराहरू मोशा र एलियाको भन्दा पनि अधिक छन्। इस्राएलीहरूले जे बुझे त्यो परमप्रभुको व्यवस्था मात्र थियो र तिनीहरूले जे देखे त्यो परमप्रभुको पिठ्यूँ मात्र थियो; यहूदीहरूले जे बुझे त्यो येशूको उद्धार मात्र थियो, तिनीहरूले जे प्राप्‍त गरे त्यो येशूले दिनुभएको अनुग्रह मात्र थियो र तिनीहरूले जे देखे त्यो यहूदीहरूको घरानाभित्रको येशूको स्वरूप मात्र थियो। आज तिमीहरू जे देख्छौ त्यो यहोवाको महिमा, येशूको छुटकारा, र मैले अहिले गर्ने सबै कार्य हुन्। तिमीहरू आफ्नै कानले मेरो आत्माका वचनहरू पनि सुन्छौ, र तिमीहरूले मेरो बुद्धिबारे बोध प्राप्त गरेका छौ, मेरो आश्चर्यकर्म थाहा पाएका छौ र मेरो स्वभावबारे थाहा पाएका छौ। मैले तिमीहरूलाई मेरो सारा व्यवस्थापन योजना पनि बताएको छु। तिमीहरूले जे देखेका छौ त्यो प्रेमिलो र कृपालु परमेश्‍वर मात्र होइन, धार्मिकताले भरिपूर्ण परमेश्‍वर हो। तिमीहरूले मेरो कामको अद्भुतता देखेका छौ र म प्रताप र क्रोधले भरिएको छु भन्‍ने थाहा पाउन पुगेका छौ; कुनै समय मैले इस्राएलको घरमाथि मेरो क्रोध खन्याएको थिएँ, र अब यो तिमीहरूमाथि आएको छ भन्‍ने कुरा तिमीहरूले अझ बढी थाहा पाएका छौ। तिमीहरू स्वर्गमा मेरा रहस्यहरू यशैया र यूहन्नाभन्दा बढी बुझ्छौ; तिमीहरू मेरो प्रेमिलो स्वभाव र श्रद्धेयता विगतका सबै सन्तभन्दा पनि बढी जान्दछौ। तिमीहरूले मेरो सत्यता, मेरो मार्ग र मेरो जीवन मात्र प्राप्‍त गरेका छैनौ, बरु यूहन्नाले पाएको भन्दा ठूला दर्शन र प्रकाशहरू प्राप्त गरेका छौ। तिमीहरू अझ धेरै रहस्य बुझ्छौ, र मेरो साँचो मुहार पनि हेरेका छौ; तिमीहरूले मेरो न्याय अझ धेरै स्वीकार गरेका छौ र मेरो धर्मी स्वभाव अझ बढी जान्दछौ। त्यसैले, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि, तिमीहरू पहिलेका कुराहरू र विगतका कुराहरू बुझ्छौ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ, जुन मद्वारा व्यक्तिगत रूपमै गरिएका थिए। मैले तिमीहरूसँग माग गरेको कुरा अत्यधिक छैन, किनभने मैले तिमीहरूलाई अति धेरै दिएको छु, र तिमीहरूले ममा अति धेरै देखेका छौ। यसैले, म तिमीहरू विगतका सन्तहरूलाई मेरा निम्ति गवाही देऊ भनेर माग गर्छु, र मेरो हृदयको एक मात्र चाहना यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४६५

अब तैँले किन ममा विश्‍वास गर्छस् के तँलाई सो साँच्चै थाहा छ त? के तैँले मेरो कामको उद्देश्य र महत्त्वलाई साँच्चै बुझ्छस्? के तँलाई आफ्नो कर्तव्य साँच्चै थाहा छ? के तँलाई मेरो गवाही साँच्चै थाहा छ? यदि तैँले ममा विश्‍वास मात्र गर्छस्, तैपनि तँमा मेरो महिमा वा गवाहीको कुनै सङ्केत छैन भने, मैले तँलाई उहिले नै हटाइसकेको छु। यी सबै कुराहरू जान्नेहरूको हकमा, तिनीहरू मेरो आँखाका र घरको काँडा बाहेक अरू केही होइनन्, तिनीहरू मेरो बाटोका बाधाहरू बाहेक केही होइनन्, तिनीहरू मेरो कार्यबाट निफन्नु पर्ने सामाहरू हुन्, तिनीहरूको कुनै उपयोगीता छैन, तिनीहरू निकम्मा हुन् र मैले तिनीहरूलाई उहिलेदेखि नै तिरस्कार गरेको छु। गवाहीबाट वञ्‍चित गरिएकाहरू सबैमाथि मेरो क्रोध आइपर्छ र तिनीहरूबाट मेरो छडी कहिल्यै दूर हुँदैन। मैले तिनीहरूलाई दुष्टको हातमा सुम्पेको धेरै भइसकेको छ; तिनीहरूलाई मेरा आशिष्‌बाट वञ्‍चित गरिएको छ। जब समय आउँछ, तब तिनीहरूको सजाय मूर्ख स्‍त्रीहरूको भन्दा पनि बढी पीडादायी हुनेछ। आज मैले गर्नु पर्ने मेरो कर्तव्यको काम मात्र गर्छु; म सबै गहुँलाई ती सामाहरूसँगै बाँध्नेछु। अहिलेको मेरो काम यही हो। ती सामाहरू मैले निफन्ने समयमा निफनिनेछन्, अनि गहुँलाई गोदाममा जम्मा गरिनेछन् र ती निफनिएका सामाहरूलाई खरानी हुने गरी जलाउनलाई आगोमा हालिनेछ। अहिलेको मेरो काम भनेको सबै मानिसहरूलाई बिटोमा बाँध्नु मात्रै हो; अर्थात् तिनीहरूलाई पूर्ण रूपमा जित्नु हो। त्यसपछि म सबै मानिसको अन्त प्रकट गर्न निफन्न सुरु गर्नेछु। त्यसैले तैँले अहिले मलाई कसरी तृप्‍त पार्ने र मप्रति तेरो विश्‍वासको सही मार्गमा तँ कसरी लाग्ने सो जान्नुपर्छ। मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र समर्पित हुनेछस्? के तँ आफ्‍ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र समर्पित बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्‍ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्‍ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्‍वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्‍ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्‍ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्‍वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्‍ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्‍ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४६६

तिमीहरूको आस्था अत्यन्तै सच्‍चा भए तापनि, तिमीहरूमध्ये कसैले पनि मेरो बारेमा पूर्ण रूपमा वर्णन गर्न सक्दैन, तिमीहरूले देखेका सबै तथ्यको पूर्ण गवाही कसैले पनि दिन सक्दैन। सोच त: आज तिमीहरूमध्ये अधिकांश आफूले गर्नुपर्ने कामहरूमा ध्यान दिँदैनौ, बरु देहलाई पछ्याउँछौ, देहलाई तृप्त पार्छौ, र देहमा लिप्त हुन्छौ। तिमीहरूसँग थोरै मात्र सत्यता छ। त्यसोभए, तिमीहरू आफूले देखेका सबै कुराको गवाही कसरी दिन सक्छौ? के तिमीहरू मेरा गवाही बन्‍न सक्ने कुरामा साँच्चै विश्वस्त छौ? यदि तैँले आज देखेका सबै कुराको गवाही दिन नसक्‍ने दिन आयो भने, तैँले सृजित प्राणीको भूमिका गुमाएको हुनेछस्, र तेरो अस्तित्वको कुनै अर्थ रहनेछैन। तँ मानव हुन अयोग्य हुनेछस्। तँ मानव नै हुनेछैनस् पनि भन्न सकिन्छ! मैले तिमीहरूमाथि असङ्ख्य काम गरेको छु, तर अहिले तँ केही पनि सिक्न नखोज्ने र सबथोकबारे अनजान रहने, र तँ व्यर्थमा श्रम गर्ने हुनाले, जब मेरो काम फैलिने समय आउँछ, तब तँ खाली नजरले हेरिरहनेछस्, निरुत्तर र पूर्ण रूपमा बेकम्मा हुनेछस्। त्यसपछि, के तँ इतिहासमा पापी कहलिनेछैनस् र? जब त्यो समय आउँछ, के तैँले सबैभन्दा गहिरो पछुतो महसुस गर्नेछैनस् र? के तिमीहरू निराशामा डुब्‍ने छैनौ र? आज मैले गर्ने सबै कामहरू निष्क्रियता र आलस्यतामा होइन तर भविष्यको मेरो कामको लागि जग निर्माण गर्नको निम्ति गरिन्छन्। मैले केही गर्न नै नसक्ने प्रतिरोधको अवस्थामा आएको कारण केही नयाँ गरौं भनेर यसो गरेको होइन। मैले गर्ने काम तैँले बुझ्‍नुपर्छ; यो बालकले सडकमा खेले जस्तो होइन, यो त मेरा पिताको प्रतिनिधित्व गर्न गरिने काम हो। यी सबै कुराहरू म आफैँ गर्दिनँ तर म मेरा पिताको प्रतिनिधित्व गर्छु भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ। यस बीच, तिमीहरूको भूमिका भनेको पछ्याउनु, समर्पित हुनु, परिवर्तन गर्नु र गवाही दिनु हो। तिमीहरूले ममाथि किन विश्‍वास गर्नुपर्छ भन्‍ने तिमीहरूले बुझ्‍नुपर्छ; यो तिमीहरू हरेकले बुझ्‍नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्‍न हो। मेरा पिताले आफ्नो महिमाको निम्ति संसारको सृष्टिदेखि नै तिमीहरूलाई मेरो निम्ति अघिबाटै नियुक्त गर्नुभएको हो। उहाँले तिमीहरूलाई यो मेरो काम र उहाँको महिमाको निम्ति अघिबाटै नियुक्त गर्नुभएको हो। मेरा पिताको कारण तिमीहरू ममाथि विश्‍वास गर्छौ; मेरा पिताले अघिबाटै नियुक्त गर्नुभएको कारण तिमीहरूले मलाई पछ्याउँछौ। यीमध्ये कुनै पनि कुरा तिमीहरूले आफैले छनौट गरेका होइनौ। मेरा पिताले मेरो गवाहीको उद्देश्य राखेर तिमीहरूलाई मकहाँ सुम्पिनुभएको हो भन्‍ने कुरा तिमीहरूले बुझ्‍नु अझ महत्त्वपूर्ण कुरा हो। उहाँले मलाई तिमीहरू प्रदान गर्नुभएको कारण तिमीहरूलाई मैले दिएका कुराहरूका साथै मेरा मार्गहरू र मैले तिमीहरूलाई सिकाउने वचनहरूमा तिमीहरू रहनुपर्छ, किनकि मेरो मार्गमा रहनु तिमीहरूको कर्तव्य हो। ममाथिको तिमीहरूको विश्‍वासको मूल उद्देश्य यही हो। यसैले म तिमीहरूलाई भन्छु: तिमीहरू मेरा मार्गमा चल्‍नको निम्ति मेरा पिताले मलाई सुम्पिनुभएका मानिसहरू मात्र हौ। यद्यपि तिमीहरू ममाथि विश्‍वास मात्र गर्छौ; तिमीहरू इस्राएली परिवारका नभएका कारण मबाट आएका होइनौ, तिमीहरू त प्राचीन सर्पबाटका हौ। मैले तिमीहरूलाई गर्नको निम्ति भनेको कुरा यही हो कि तिमीहरू मेरो गवाही बन, तर आजचाहिँ तिमीहरूले मेरा मार्गहरू पछ्याउनुपर्छ। यी सबै कुराचाहिँ भविष्यको गवाहीको निम्ति हो। यदि तिमीहरूले मेरा मार्गहरूको बारेमा सुन्‍ने मानिसहरूको रूपमा मात्रै कार्य गर्‍यौ भने तिमीहरू मूल्य नभएका व्यक्तिहरू हुनेछौ र मेरा पिताले तिमीहरूलाई मेरो निम्ति सुम्पिनुभएको कुराको महत्त्व हराउने छ। मैले तिमीहरूलाई जोड दिएर भन्‍ने कुरा यही हो: तिमीहरूले मेरो मार्ग पछ्याउनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४६७

वर्तमान समयमा पवित्र आत्माले मण्डलीमा कसरी काम गर्दैहुनुहुन्छ? के तैँले यो प्रश्‍नलाई स्पष्ट रूपमा बुझेको छस्? तेरा दाजुभाइ-दिदीबहिनीहरूको सबैभन्दा ठूलो कठिनाइ के हो? तिनीहरूमा सबैभन्दा बढी कुन कुराको कमी छ? हाल, धेरै जना यस्ता मानिसहरू छन् जो परीक्षाहरूबाट गुज्रनुपर्दा नकारात्मक बन्छन् र कसै-कसैले त गुनासो पनि गर्छन्। अरू मानिसहरू अब अगाडि बढिरहेका छैनन्, किनकि परमेश्‍वरले बोलिसक्नुभएको छ। मानिसहरू परमेश्‍वरप्रति विश्‍वासको सही मार्गमा प्रवेश गरेका छैनन्। तिनीहरू स्वतन्त्र रूपमा जिउन सक्दैनन् र आफ्नो आत्मिक जीवन कायम राख्‍न सक्दैनन्। कतिपय मानिसहरू पछि लाग्छन् र उत्साहको साथ खोजी गर्छन् र परमेश्‍वर बोल्नुहुँदा अभ्यास गर्न इच्छुक हुन्छन्, तर परमेश्‍वर नबोल्नुहुँदा, तिनीहरू अगाडि बढ्न छोड्छन्। मानिसहरूले अझै पनि आफ्नो हृदयमा परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्न सकेका छैनन् र तिनीहरूसँग परमेश्‍वरप्रति सहज प्रेम छैन; विगतमा तिनीहरू परमेश्‍वरको पछि लागे किनकि बाध्य थिए। अहिले केही यस्ता मानिसहरू छन् जो परमेश्‍वरको कामद्वारा थकित भएका छन्। के त्यस्ता मानिसहरू खतरामा छैनन् र? धेरै मानिसहरू झारा टार्दै अघि बढ्ने स्थितिमा मात्र छन्। तिनीहरूले परमेश्‍वरको वचन खाने र पिउने गरे पनि र उहाँलाई प्रार्थना गरे पनि, तिनीहरू आधा मनले त्यसो गर्छन् र तिनीहरूमा पहिलेको जस्तो उत्साह छैन। अधिकांश मानिसहरू परमेश्‍वरको शोधन र सिद्धताको काममा रुचि राख्दैनन् र वास्तवमा यो यस्तो छ मानौं तिनीहरू निरन्तर रूपमा नै आन्तरिक जोशरहित छन्। तिनीहरू अपराधहरूद्वारा पराजित हुँदा, परमेश्‍वरप्रति ऋणी महसुस गर्दैनन्, न त तिनीहरूमा पछुतो गर्ने ज्ञान हुन्छ। तिनीहरू सत्यताको पछि लाग्दैनन् वा मण्डली छोड्दैनन्, बरु क्षणिक सुखविलासको पछि लाग्छन्। यी मानिसहरू मूर्ख हुन्, पूर्ण रूपमा मूर्ख! समय आएपछि तिनीहरू सबैलाई फालिनेछ र एकै जनालाई पनि बचाइनेछैन! के तँलाई कुनै व्यक्तिलाई एक पटक मुक्ति दिइयो भने उसले सधैँ मुक्ति पाउनेछ भन्‍ने लाग्छ? यो विश्‍वास पूर्ण रूपमा धोका हो! जीवन प्रवेशको पछि नलाग्ने सबैलाई सजाय दिइनेछ। धेरै मानिसलाई जीवन प्रवेश, दर्शन वा सत्यताको अभ्यास गर्ने कुरामा कुनै खास चासो हुँदैन। तिनीहरू प्रवेश गर्न पछि लाग्दैनन् र निश्चित रूपमा तिनीहरू अझ गहिराइमा प्रवेश गर्न पछि लाग्दैनन्। के तिनीहरूले आफैलाई नाश पारिरहेका छैनन् र? अहिले, मानिसहरूको एउटा भाग छ जसको अवस्थामा निरन्तर सुधार भइरहेको छ। पवित्र आत्माले जति धेरै काम गर्नुहुन्छ, तिनीहरूले उति नै बढी आत्मविश्‍वास प्राप्त गर्छन्; तिनीहरूले जति धेरै अनुभव गर्छन्, उति नै धेरै परमेश्‍वरको कामको गम्भीर रहस्यलाई महसुस गर्दछन्। तिनीहरू जति गहिराइमा पस्छन्, त्यति नै बुझ्छन्। तिनीहरू परमेश्‍वरको प्रेम धेरै महान् छ भन्‍ने महसुस गर्छन् र तिनीहरू भित्री स्थिरता र प्रस्टता महसुस गर्छन्। तिनीहरूमा परमेश्‍वरको कामको बुझाइ हुन्छ। यी ती मानिसहरू हुन् जसभित्र पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ। कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरबाट कुनै नयाँ वचनहरू नआए पनि, मैले अझै पनि सत्यताको गहिराइमा जान खोज्नुपर्छ, म मेरो वास्तविक अनुभवको सबै कुराका विषयमा गम्भीर हुनुपर्छ र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुपर्छ।” यस प्रकारको व्यक्तिसँग पवित्र आत्माको काम हुन्छ। परमेश्‍वरले आफ्‍नो अनुहार नदेखाउनुहुने भए पनि र प्रत्येक व्यक्तिबाट लुक्नुभएको भए पनि र एउटै पनि वचन नबोल्नु भए पनि र कहिलेकहीँ मानिसहरूले आन्तरिक शोधनको अनुभव गर्ने भए पनि, उहाँले मानिसहरूलाई पूर्ण रूपमा त्याग्नुभएको छैन। यदि कुनै व्यक्तिले आफूले लागू गर्नुपर्ने सत्यतालाई कायम राख्न सक्दैन भने, ऊसँग पवित्र आत्माको काम हुँदैन। शोधनको अवधिमा र परमेश्‍वरले आफैलाई प्रकट नगर्नुभएको समयमा, यदि तँमा आत्मविश्‍वास छैन तर तँ कायर हुन्छस् भने, यदि तँ उहाँका वचनहरू अनुभव गर्नमा ध्यान दिँदैनस् भने, तँ परमेश्‍वरको कामबाट भागिरहेको छस्। पछि, तँ बाहिर फालिनेहरूमध्ये एक हुनेछस्। जो परमेश्‍वरको वचनमा प्रवेश गर्न खोज्दैनन्, तिनीहरू उहाँको साक्षी बनेर खडा हुन सक्दैनन्। परमेश्‍वरको लागि साक्षी दिन सक्‍ने र उहाँका अभिप्रायहरू पूरा गर्न सक्‍ने मानिसहरू सबै परमेश्‍वरका वचनको पछि लाग्न पूर्ण रूपमा आफ्नो उत्साहमा भर पर्दछन्। परमेश्‍वरले मानिसहरूमा गर्नुहुने काम मुख्य रूपले तिनीहरूलाई सत्यता प्रदान गर्नु हो; तँलाई जीवनको पछि लगाउनु भनेको तँलाई सिद्ध पार्नका निम्ति हो र यो सब तँलाई परमेश्‍वरको प्रयोगका लागि उपयुक्त बनाउनु हो। अहिले तैँले पछि लागेको कुरा भनेको रहस्यहरू सुन्नु, परमेश्‍वरको वचन सुन्नु, तेरा आँखाहरूलाई सन्तुष्ट पार्नु र कुनै नयाँपन वा प्रवृत्ति छ कि भनेर हेर्नु, त्यसरी तेरो उत्सुकतालाई मेटाउनु हो। यदि तेरो हृदयको अभिप्राय यही हो भने, तैँले परमेश्‍वरका मागहरूलाई पूरा गर्ने कुनै उपाय छैन। सत्यताको पछि नलाग्‍ने मानिसहरू अन्त्यसम्म पछि लाग्न सक्दैनन्। अहिले, परमेश्‍वरले केही गर्नुभएको छैन भन्‍ने होइन, बरु मानिसहरूले उहाँसँग सहकार्य गरिरहेका छैनन्, किनकि तिनीहरू उहाँको कामबाट वाक्‍क भएका छन्। तिनीहरू उहाँले आशिष् दिनका निम्ति बोल्नुहुने वचनहरू मात्र सुन्न चाहन्छन् र तिनीहरू उहाँको न्याय र सजायका वचनहरू सुन्न इच्छुक हुँदैनन्। यसको कारण के हो? कारण हो, आशिष् प्राप्त गर्ने मानिसहरूको इच्छा पूरा भएको छैन, यसैले तिनीहरू नकारात्मक र कमजोर भएका छन्। यो होइन कि परमेश्‍वरले जानाजानी मानिसहरूलाई उहाँको पछि लाग्न दिनुहुन्न, न त उहाँले जानी-जानी मानवजातिलाई प्रहार गरिरहनुभएको छ। मानिसहरूका अभिप्रायहरू अनुचित भएकोले मात्रै तिनीहरू नकारात्मक र कमजोर छन्। परमेश्‍वर मानिसलाई जीवन दिनुहुने परमेश्‍वर हुनुहुन्छ र उहाँले मानिसलाई मृत्युमा पार्न सक्नुहुन्न। मानिसहरूका नकारात्मकता, कमजोरीहरू र विश्‍वासबाट पछि हट्ने सबै कुरा तिनीहरूको आफ्नै कामका उपज हुन्।

परमेश्‍वरको हालको कामले मानिसहरूमा केही शोधन ल्याउँदछ अनि यो शोधन प्राप्त गर्दा दह्रिलो गरी खडा हुनेहरूले मात्र परमेश्‍वरको स्वीकृति पाउनेछन्। उहाँले आफूलाई जसरी लुकाउनुभए पनि, नबोलेर वा काम नगरेर जसरी यो गर्नुभए पनि, तँ अझै पनि जोशका साथ पछि लाग्न सक्छस्। यदि परमेश्‍वरले तँलाई अस्वीकार गर्छु भनेर भन्नुभए पनि, तैँले अझै पनि उहाँलाई पछ्याउनेछस्। परमेश्‍वरका लागि अटल गवाही बन्‍नु भनेको यही हो। यदि परमेश्‍वरले आफैलाई तँबाट लुकाउनुभयो र तँ उहाँको पछि लाग्न छोडिस् भने, के त्यो परमेश्‍वरका लागि अटल साक्षी बन्‍नु हो? यदि मानिसहरू साँच्चै प्रवेश गर्दैनन् भने, तिनीहरूसँग वास्तविक कद हुँदैन र साँच्चै ठूलो परीक्षाको सामना गर्दा, तिनीहरू ठेस लागेर लड्छन्। परमेश्‍वरले बोलिरहनुभएको वा तेरो धारणासँग मिल्ने काम गरिरहनुभएको नहुँदा, तँ तोडिन्छस्। यदि परमेश्‍वरले अहिले तेरा धारणाअनुरूप काम गरिरहनुभएको भए, यदि उहाँले तेरो इच्छा पूरा गर्दैहुनुहुन्थ्यो र तँ खडा भएर र सामर्थ्यको साथ पछि लाग्‍न सक्थिस् भने, कुन आधारमा जिइरहेको हुनेथिइस्? म भन्छु, धेरै मानिसहरू पूर्ण रूपमा मानवीय उत्सुकतामा निर्भर भई जिइरहेका छन्। तिनीहरूको वास्तविक हृदयमा पछ्याउने चाहना एउटै पनि छैन। सत्यतामा प्रवेश गर्ने कार्यको खोजी नगर्ने तर जीवनको उत्सुकतामा भर पर्नेहरू घृणित मानिसहरू हुन् र तिनीहरू खतरामा हुन्छन्। परमेश्‍वरका विभिन्न प्रकारका कामहरू सबै मानवजातिलाई सिद्ध बनाउनका निम्ति गरिन्छ। तापनि, मानिसहरू सधैँ उत्सुक हुन्छन्, उनीहरू झूटो शिक्षाहरूबारे सोधपुछ गर्न चाहन्छन्, तिनीहरू विदेशको वर्तमान हालखबरबारे चासो राख्छन्—उदाहरणका लागि, तिनीहरू इजरायलमा के भइरहेको छ, वा यदि इजिप्टमा कुनै भूकम्प पो गयो कि भनी जान्न उत्सुक हुन्छन्—तिनीहरू सधैँ आफ्ना स्वार्थी चाहनाहरू तृप्त गर्न केही नयाँ कुराहरू, नौलो कुराहरू खोजिरहेका हुन्छन्। तिनीहरू जीवनको पछि लाग्दैनन्, न त सिद्ध हुने कुराको पछि नै लाग्छन्। तिनीहरू आफ्नो सुन्दर सपना साकार होस् र आफ्ना असंयमी अभिलाषाहरू पूरा होऊन् भनेर मात्र परमेश्‍वरको दिन चाँडै आओस् भन्‍ने चाहन्छन्। यस प्रकारको व्यक्ति व्यावहारिक हुँदैन—तिनीहरू अनुचित दृष्टिकोण भएका मानिसहरू हुन्। सत्यताको पछि लाग्नु मात्रै परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको आधार हो र यदि मानिसहरू जीवन प्रवेशको खोजी गर्दैनन्, यदि तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्दैनन् भने, तिनीहरू दण्डमा पर्नेछन्। दण्ड पाउनुपर्ने मानिसहरू तिनीहरू नै हुन् जोसँग परमेश्‍वरले काम गर्नुभएको समयमा पवित्र आत्माको काम थिएन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४६८

मानिसहरूले परमेश्‍वरको कामको यस चरणमा उहाँसँग कसरी सहकार्य गर्नुपर्छ? परमेश्‍वर अहिले मानिसहरूको परीक्षा गरिरहनुभएको छ। उहाँ वचन बोलिरहनुभएको छैन; उहाँ आफ्नो मुहार लुकाइरहनुभएको छ र मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गरिरहनुभएको छैन। बाहिरी रूपमा हेर्दा, उहाँले कुनै पनि काम नगरिरहनुभएजस्तो देखिन्छ, तर सत्य के हो भने उहाँ अझै पनि मानिसभित्र काम गर्दै हुनुहुन्छ। जीवन प्रवेश पछ्याउने जोकोहीसँग आफ्नो जीवनको पछ्याइका लागि दर्शन हुन्छ, र आफूले परमेश्‍वरको काम पूर्ण रूपमा बुझेको छैन भने पनि उसलाई शङ्का हुँदैन। परीक्षाहरूबाट गुज्रने क्रममा, तँलाई परमेश्‍वर के गर्न चाहनुहुन्छ र उहाँ कुन काम पूरा गर्न चाहनुहुन्छ भन्‍ने थाहा नहुँदासमेत, तैँले मानवजातिका लागि परमेश्‍वरका सोचहरू सधैँ असल हुन्छन् भन्‍ने जान्नुपर्छ। यदि तँ साँचो हृदयले उहाँलाई पछ्याउँछस् भने, उहाँले तँलाई कहिल्यै छोड्नुहुनेछैन र अन्त्यमा उहाँले तँलाई निश्चय नै सिद्ध पार्नुहुनेछ अनि मानिसहरूलाई उचित गन्तव्यमा ल्याउनुहुनेछ। परमेश्‍वरले अहिले मानिसहरूको जसरी परीक्षा गरिरहनुभएको भए पनि, उहाँले मानिसहरूलाई उचित परिणाम दिने र तिनीहरूले गरेको कुराका आधारमा तिनीहरूलाई उचित दण्ड दिने दिन आउनेछ। परमेश्‍वरले मानिसहरूलाई एक निश्चित बिन्दुसम्म अगुवाइ गरेर त्यत्तिकै पन्छाउनेहुनेछैन र बेवास्ता गर्नुहुनेछैन। किनभने परमेश्‍वर विश्वासयोग्य हुनुहुन्छ। यस चरणमा, पवित्र आत्मा शोधनको काम गरिरहनुभएको छ। उहाँ हरेक व्यक्तिलाई शोधन गरिरहनुभएको छ। मृत्युको परीक्षा र सजायको परीक्षा भएको कामका चरणहरूमा, वचनहरूमार्फत शोधन गरियो। मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्नका लागि पहिले उहाँको अहिलेको काम के हो र मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ भनी बुझ्नैपर्छ। यो सबैले बुझ्नुपर्ने कुरा हो। परमेश्‍वरले जे गर्नुभए पनि, उहाँ मानिसहरूलाई शोधन गरिरहनुभएको भए पनि वा नबोलिरहनुभएको भए पनि, परमेश्‍वरको कामको एउटै चरण पनि मानवजातिका धारणाहरूसँग मिल्दो हुँदैन। उहाँको कामको हरेक चरणले मानिसहरूका धारणाहरूलाई चकनाचुर पार्छ र तोड्छ। यो उहाँको काम हो। तर तैँले के विश्‍वास गर्नैपर्छ भने, अब परमेश्‍वरको काम एउटा निश्चित चरणमा पुगेको छ, उहाँले जेसुकै भए पनि सम्पूर्ण मानवजातिलाई मार्नुहुनेछैन। उहाँ मानवजातिलाई प्रतिज्ञा र आशिष्‌ दुवै दिनुहुन्छ, अनि उहाँलाई पछ्याउनेहरू सबैले उहाँका आशिष्‌हरू प्राप्त गर्न सक्नेछन्, तर नपछ्याउनेहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ। यो तेरो पछ्याइमा निर्भर हुन्छ। अरू जेसुकै भए पनि, तैँले परमेश्‍वरको काम समाप्त भएपछि हरेक व्यक्तिसँग उपयुक्त गन्तव्य हुनेछ भनेर विश्‍वास गर्नैपर्छ। परमेश्‍वरले मानवजातिलाई सुन्दर आकाङ्क्षाहरू प्रदान गर्नुभएको छ, तर पछ्याइविना ती प्राप्त गर्न सकिँदैनन्। तैँले अब यो कुरा देख्न सक्नुपर्छ—परमेश्‍वरले मानिसहरूलाई शोधन गर्नु र सजाय दिनु उहाँको काम हो, तर मानिसहरूले चाहिँ आफ्नो तर्फबाट हरसमय स्वभाव परिवर्तनलाई पछ्याउनैपर्छ। तैँले आफ्ना वास्तविक अनुभवहरूमा पहिले परमेश्‍वरहरू वचन खाने-पिउने तरिका जान्नैपर्छ; तैँले उहाँका वचनहरूभित्र आफू प्रवेश गर्ने कुरा र आफ्नै कमजोरीहरू पत्ता लगाउनैपर्छ; तैँले आफ्ना वास्तविक अनुभवहरूलाई ध्यानमा राख्दै प्रवेश गर्नुपर्छ, र अभ्यास गर्नुपर्ने परमेश्‍वरका वचनहरूको भाग लिएर त्यसो गर्ने प्रयास गर्नुपर्छ। परमेश्‍वरका वचनहरू खानु-पिउनु एउटा पक्ष हो। यसबाहेक, मण्डलीको जीवन कायम राख्नैपर्छ, तँसँग सामान्य आत्मिक जीवन हुनैपर्छ र तैँले हालका आफ्ना सबै स्थिति परमेश्‍वरलाई सुम्पन सक्नैपर्छ। उहाँको काम जसरी परिवर्तन भए पनि, तेरो आत्मिक जीवन सामान्य रहनुपर्छ। आत्मिक जीवनले तेरो सामान्य प्रवेशलाई कायम राख्न सक्छ। परमेश्‍वरले जेसुकै गर्नुभए पनि, तैँले आफ्नो आत्मिक जीवनलाई निर्बाध रूपमा जारी राख्नुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मानिसहरूले गर्नुपर्ने कुरा यही हो। यो सब पवित्र आत्माको काम हो, तर सामान्य अवस्था भएकाहरूका लागि यो सिद्धता हो भने, असामान्य अवस्था भएकाहरूका लागि यो परीक्षा हो। पवित्र आत्माको शोधन कामको हालको चरणमा, कतिपय मानिस परमेश्‍वरको काम एकदमै महान् छ र मानिसहरूलाई शोधनको नितान्त आवश्यकता छ, नत्र तिनीहरूको कद अत्यन्तै सानो हुनेछ र तिनीहरूसँग परमेश्‍वरका अभिप्रायहरू प्राप्त गर्ने कुनै उपाय हुनेछैन भनेर भन्छन्। तर, अवस्था राम्रो नभएकाहरूका लागि, यो परमेश्‍वरलाई नपछ्याउने कारण र भेलाहरूमा उपस्थित नहुने वा परमेश्‍वरको वचन नखाने र नपिउने कारण बन्छ। परमेश्‍वरको काममा, उहाँले जे गर्नुभए पनि वा उहाँले जे परिवर्तनहरू ल्याउनुभए पनि, मानिसहरूले कम्तीमा पनि सामान्य आत्मिक जीवन कायम राख्नैपर्छ। सायद तँ आफ्नो आत्मिक जीवनको यस हालको चरणमा शिथिल भएको छैनस्, तर तैँले अझै पनि धेरै कुरा प्राप्त गरेको छैनस् र ठूलो फल फलाएको छैनस्। यस प्रकारका परिस्थितिहरूमा, तैँले कुनै प्रावधान पालन गरिरहेझैँ आफ्नो आत्मिक जीवनलाई कायम राख्ने भए पनि, तैँले अझै पनि यसलाई कायम राख्नैपर्छ; तैँले आफ्नो जीवनमा घाटा नभोग्न र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न यो प्रावधान पालन गरिराख्नैपर्छ। यदि तेरो आत्मिक जीवन असामान्य छ भने, तँ परमेश्‍वरको हालको काम स्पष्ट रूपमा देख्न सक्दैनस्, बरु सधैँ यो तेरा आफ्नै धारणाहरूसँग पूर्ण रूपमा नमिल्ने छ भन्‍ने महसुस गर्छस्, अनि तँ उहाँलाई पछ्याउन इच्छुक भए पनि, तँमा आन्तरिक प्रेरणाको कमी हुन्छ। त्यसैले, परमेश्‍वर हाल जे गरिरहनुभएको भए पनि, मानिसहरूले सहकार्य गर्नैपर्छ। यदि मानिसहरू सहकार्य गर्दैनन् भने, पवित्र आत्मा आफ्नो काम गर्न सक्नुहुन्न, र यदि मानिसहरूसँग सहकार्य गर्ने हृदय छैन भने, तिनीहरू सायदै पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्। यदि तँ आफूभित्र पवित्र आत्माको काम होस् भन्‍ने चाहन्छस् र यदि तँ परमेश्‍वरको अनुमोदन प्राप्त गर्न चाहन्छस् भने, तैँले परमेश्‍वरसामु आफ्नो सुरुको बफादारी कायम राख्नैपर्छ। अब, तँसँग गहिरो बुझाइ, अझ उच्च सिद्धान्त वा अन्य त्यस्ता कुराहरू हुनु आवश्यक छैन—केवल तैँले सुरुको जगमा परमेश्‍वरको वचन कायम राख्नुपर्ने माग गरिन्छ। यदि मानिसहरू परमेश्‍वरसँग सहकार्य गर्दैनन् र अझ गहन प्रवेश पछ्याउँदैनन् भने, परमेश्‍वरले तिनीहरूका सुरुवाती रूपमा भएका सबै कुरा लैजानुहुनेछ। भित्री रूपमा, मानिसहरू सधैँ सहजताको लालसा गर्छन् र बरु उपलब्ध भइसकेका कुराहरूको आनन्द लिन रुचाउँछन्। तिनीहरू पटक्कै मूल्य नचुकाई परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न चाहन्छन्। यी नै मानवजातिले राख्ने अत्यधिक सोचहरू हुन्। कुनै मूल्य नचुकाई जीवन नै प्राप्त गर्नु—तर के कुनै कुरा कहिल्यै यति सजिलो रहेको छ र? जब कसैले परमेश्‍वरमा विश्‍वास गर्छ र जीवन प्रवेश पछ्याउँछ अनि आफ्नो स्वभाव परिवर्तनलाई पछ्याउँछ, तब उसले मूल्य चुकाउनैपर्छ र परमेश्‍वरले जे गर्नुभए पनि, आफूले सधैँ उहाँलाई पछ्याउने स्थिति हासिल गर्नैपर्छ। मानिसहरूले गर्नैपर्ने कुरा यही हो। तैँले यो सबलाई प्रावधानका रूपमा पालन गरे पनि, सधैँ यसलाई कायम राख्नैपर्छ र परीक्षाहरू जतिसुकै ठूला भए पनि, तैँले परमेश्‍वरसँगको आफ्नो सामान्य सम्बन्ध त्याग्न मिल्दैन। तैँले प्रार्थना गर्न, आफ्नो मण्डली जीवन कायम राख्न र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई कहिल्यै नछोड्न सक्नुपर्छ। जब परमेश्‍वर तेरो परीक्षा गर्नुहुन्छ, तब तैँले अझै पनि सत्यता खोज्नुपर्छ। यो नै आत्मिक जीवनका लागि न्यूनतम माग हो। सधैँ खोजी गर्ने चाहना राख्नु अनि आफ्नो सम्पूर्ण ऊर्जा लगाउँदै सहकार्य गर्न लागिपर्नु—के यो गर्न सकिन्छ? यदि मानिसहरू यसलाई जगका रूपमा लिन्छन् भने, तिनीहरूले सजिलै खुट्ट्याइ र वास्तविकतामा प्रवेश हासिल गर्नेछन्। तेरो आफ्नै स्थिति सामान्य हुँदा, परमेश्‍वरको वचन स्वीकार गर्न सजिलो हुन्छ; यी परिस्थितिहरूमा सत्यता अभ्यास गर्न गाह्रो लाग्दैन र तँलाई परमेश्‍वरको काम महान् छ भन्‍ने लाग्छ। तर यदि तेरो अवस्था खराब छ भने, परमेश्‍वरको काम जतिसुकै महान् भए पनि र कसैले जतिसुकै सुन्दर ढङ्गले बोले पनि, तैँले त्यसमा ध्यान दिनेछैनस्। व्यक्तिको अवस्था असामान्य हुँदा परमेश्‍वर उसमा काम गर्न सक्नुहुन्न र उसले आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४६९

यदि मानिसहरूमा कुनै आस्था छैन भने, तिनीहरूलाई यस मार्गमा हिँडिरहन सजिलो हुँदैन। अब सबैले परमेश्‍वरको काम मानिसहरूका धारणा र कल्पनाहरूसँग अलिकति पनि मिल्दैन भनेर देख्न सक्छन्। परमेश्‍वरले एकदमै धेरै काम गर्नुभएको छ र एकदमै धेरै वचन बोल्नुभएको छ, अनि मानिसहरूले ती सत्यता हुन् भनी स्वीकार गरे पनि, तिनीहरूमा परमेश्‍वरबारे धारणाहरू उत्पन्न हुने सम्भावना अझै छ। यदि मानिसहरू सत्यता बुझ्न र यसलाई प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूसँग आस्था र इच्छाशक्ति हुनैपर्छ, अनि तिनीहरू आफूले देखिसकेको कुरा र आफ्ना अनुभवहरूबाट प्राप्त गरेको कुरामा दृढ रहन सक्नैपर्छ। परमेश्‍वरले मानिसहरूलाई जे गर्नुभए पनि, तिनीहरूले आफूसँग भएका कुराहरूलाई कायम राख्नैपर्छ, तिनीहरू परमेश्‍वरसामु निष्कपट हुनैपर्छ र अन्त्यसम्मै उहाँप्रति बफादार रहनैपर्छ। यो मानवजातिको कर्तव्य हो। मानिसहरूले आफूले गर्नुपर्ने कुरा कायम राख्नैपर्छ। परमेश्‍वरमाथिको विश्‍वासले उहाँप्रतिको समर्पण र उहाँको कामको अनुभव माग गर्छ। परमेश्‍वरले एकदमै धेरै काम गर्नुभएको छ—मानिसहरूका लागि यो सब सिद्धता, शोधन र त्योभन्दा बढी, सजाय हो भनेर भन्न सकिन्छ। परमेश्‍वरको कामको एउटै चरण पनि मानव धारणाहरूसँग मिल्दो भएको छैन; मानिसहरूले आनन्द लिएको कुरा त परमेश्‍वरका कठोर वचनहरू हुन्। जब परमेश्‍वर आउनुहुन्छ, तब मानिसहरूले उहाँको प्रताप र उहाँको क्रोधको आनन्द लिनुपर्छ। तर, उहाँका वचनहरू जतिसुकै कठोर हुन सक्ने भए पनि, उहाँ मानिसलाई मुक्ति दिन र सिद्ध पार्न आउनुहुन्छ। सृजित प्राणीका रूपमा, मानिसहरूले आफूले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्छ र तिनीहरू शोधनबीच परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ रहनुपर्छ। तिनीहरूले हरेक परीक्षामा आफूले दिनुपर्ने गवाही कायम राख्नुपर्छ र परमेश्‍वरका लागि जोरदार साक्षी दिनुपर्छ। यो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँ आस्थाले भरिपूर्ण रहनुपर्छ र तैँले उहाँप्रतिको आस्था कहिल्यै गुमाउनु हुँदैन, अनि तैँले मानिसले गर्नुपर्ने कुरा पनि गर्नुपर्छ। परमेश्‍वरले मानिसबाट माग गर्ने कुरा यति मात्रै हो—उहाँ मानिसको हृदय पूर्ण रूपमा उहाँकहाँ फर्कन र हरक्षण उहाँतर्फ फर्कन सकोस् भन्‍ने माग गर्नुहुन्छ। यस्तो व्यक्ति विजेता हो। परमेश्‍वरले “विजेताहरू” भनेर भन्ने मानिसहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानद्वारा घेराबन्दीमा पर्दा—अर्थात्, तिनीहरू अन्धकारका शक्तिहरूको बीचमा हुँदा—अझै पनि आफ्नो साक्षीमा दृढ रहन, आफ्नो आस्था र परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्न, र जेसुकै भए पनि, परमेश्‍वरसामु शुद्ध हृदय राख्न र परमेश्‍वरप्रतिको आफ्नो साँचो प्रेम कायम राख्न सक्छन्। यसरी, तिनीहरू परमेश्‍वरसामु आफ्नो साक्षीमा दृढ रहेका हुन्छन्। परमेश्‍वर यस्ता मानिसहरूलाई “विजेताहरू” भन्नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष्‌ दिनुहुँदा तेरो पछ्याइ उत्कृष्ट हुन्छ, तर उहाँका आशिष्‌हरूविना तँ पछि हट्छस् भने, के यो शुद्धता हो? यो मार्ग साँचो हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्म पछ्याउनैपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नैपर्छ। परमेश्‍वर तँलाई व्यक्तिगत रूपमा सिद्ध पार्न पृथ्वीमा आउनुभएको छ भनी तैँले देखेको हुनाले, तैँले आफ्नो हृदय पूर्ण रूपमा उहाँलाई दिनुपर्छ। यदि परमेश्‍वरले जे गर्नुभए पनि—सायद अन्त्यमा तँलाई प्रतिकूल परिणाम दिनुभए पनि—तँ अझै पनि उहाँलाई पछ्याउन सक्छस् भने, यसको अर्थ तैँले परमेश्‍वरसामु आफ्नो शुद्धता कायम राखेको छस् भन्‍ने हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कन्या चढाउने कुरा, जुन कुरा गरिएको छ, त्यसको अर्थ परमेश्‍वरसामु निष्कपट हृदय राख्नु हो। मानिसको निष्कपटता नै शुद्धता हो, र परमेश्‍वरप्रति निष्कपट हुन सक्नेहरूले शुद्धता कायम राखेका हुन्छन्। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब तँ प्रार्थना गर्छस्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तब तँ त्यसै गर्छस्; जब तैँले भजन गाउनुपर्छ, तब तँ भजन गाउँछस्; र जब तैँले देहविरुद्ध विद्रोह गर्नुपर्छ, तब तँ देहविरुद्ध विद्रोह गर्छस्। जब तँ आफ्नो कर्तव्य निर्वाह गर्छस्, तब तँ झाराटारुवा हुँदैनस्; जब तँ परीक्षाहरू सामना गर्छस्, तब तँ दृढ रहन्छस्। यो परमेश्‍वरप्रतिको बफादारी हो। यदि तँ मानिसहरूले गर्नुपर्ने कुरालाई कायम राख्दैनस् भने, तेरा पहिलेका सबै कष्ट र सङ्कल्प व्यर्थ भएका हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४७०

परमेश्‍वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने एउटा तरिका हुन्छ। परमेश्‍वर मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनहरूबाट गुज्रँदा तिनीहरूसँग आस्था होस्। परमेश्‍वर मानिसहरूलाई सिद्ध पार्नुहुन्छ ताकि तिनीहरूसँग परमेश्‍वरद्वारा सिद्ध पारिने आस्था होस् र तिनीहरू उहाँका शोधनहरू स्वीकार गर्न र परमेश्‍वरद्वारा काटछाँट गरिन इच्छुक होऊन्। परमेश्‍वरका आत्मा मानिसहरूका लागि अन्तर्दृष्टि र ज्योति ल्याउन र तिनीहरूलाई उहाँसँग सहकार्य र अभ्यास गर्न लगाउन तिनीहरूभित्र काम गर्नुहुन्छ। परमेश्‍वर शोधनको दौरान बोल्नुहुन्न वा आफ्नो आवाज निकाल्नुहुन्न, तर अझै पनि, मानिसहरूले गर्नुपर्ने काम हुन्छ। तैँले आफूसँग पहिले नै भएको कुरालाई कायम राख्नुपर्छ र तँ अझै पनि परमेश्‍वरलाई प्रार्थना गर्न, परमेश्‍वरको नजिक हुन र परमेश्‍वरसामु आफ्नो गवाहीमा दृढ रहन सक्नुपर्छ; यसरी तैँले आफ्नो कर्तव्य पूरा गर्नेछस्। तिमीहरू सबैले परमेश्‍वरले लिने मानिसहरूको आस्था र प्रेमका परीक्षाहरूले तिनीहरूले उहाँलाई अझ बढी प्रार्थना गर्नुपर्ने र तिनीहरूले परमेश्‍वरसामु उहाँका वचनहरूको अझ बढी स्वाद लिनुपर्ने माग गर्छन् भनी परमेश्‍वरको कामबाट स्पष्ट रूपमा देखेका छौ। यदि परमेश्‍वर तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र तँलाई उहाँका अभिप्रायहरू बुझ्न लगाउनुहुन्छ, तैपनि तँ पटक्कै अभ्यास गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तँ आफूले उहाँका वचनहरू अभ्यास गर्दा अझै पनि परमेश्‍वरलाई प्रार्थना गर्न सक्षम हुनुपर्छ, तैँले उहाँका वचनहरूको स्वाद लिँदा सधैँ परमेश्‍वरसामु खोज्नुपर्छ, र तँ उहाँप्रति आस्थाले भरिएको हुनुपर्छ, निरुत्साहित वा रुखो हुनु हुँदैन। परमेश्‍वरका वचनहरू अभ्यास नगर्नेहरू भेलाहरूमा ऊर्जाले भरिपूर्ण हुन्छन्, तर घर फर्केपछि अन्धकारमा पर्छन्। कतिपय त भेला हुनसमेत चाहँदैनन्। त्यसैले, तैँले मानिसहरूले गर्नुपर्ने कर्तव्य के हो भनेर स्पष्ट रूपमा बुझ्नैपर्छ। तँलाई परमेश्‍वरका अभिप्रायहरू वास्तवमा के हुन् भनेर थाहा नहुन सक्छ, तर तैँले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, तैँले प्रार्थना गर्नुपर्ने बेलामा प्रार्थना गर्नुपर्छ र तैँले सत्यता अभ्यास गर्नुपर्ने बेलामा सत्यता अभ्यास गर्नुपर्छ। यदि तँ मानिसहरूले गर्नुपर्ने सबै कुरा गर्छस् र आफ्नो सुरुको दर्शन कायम राख्छस् भने, तँ परमेश्‍वरको कामको अर्को चरण स्वीकार गर्न अझ बढी सक्षम हुनेछस्। जब परमेश्‍वर गुप्त रूपमा काम गर्नुहुन्छ, तब यदि तँ पछ्याउँदैनस् भने यो एउटा समस्या हो। जब उहाँ भेलाहरूको दौरान बोल्नुहुन्छ र प्रचार गर्नुहुन्छ, तब तँ उत्साहका साथ सुन्छस्, तर जब उहाँ बोल्नुहुन्न तब तँमा ऊर्जाको कमी हुन्छ र तँ पछि हट्छस्। यसरी त कस्तो प्रकारको व्यक्तिले कार्य गर्छ? यो त भीड जता जान्छ त्यतै नै पछि लाग्ने व्यक्ति हो। ऊसँग अडान, गवाही र दर्शन हुँदैन! धेरैजसो मानिस यस्तै हुन्छन्। यदि तँ त्यही मार्गमा लागिरहिस् भने, तैँले कुनै दिन ठूलो परीक्षा सामना गर्दा, तँ दण्डमा पर्नेछस्। मानिसहरूलाई सिद्ध पार्ने परमेश्‍वरको प्रक्रियामा अडान हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तँ परमेश्‍वरको कामको एउटै चरणलाई पनि शङ्का गर्दैनस् भने, यदि तँ मानिसको कर्तव्य पूरा गर्छस् भने, यदि तँ परमेश्‍वरले तँलाई अभ्यास गर्न लगाएको कुरालाई निष्कपट रूपमा कायम राख्छस् भने—अर्थात्, यदि तँ परमेश्‍वरका अर्तीहरू सम्झन्छस्, र वर्तमान समयमा उहाँले जे गर्नुभए पनि, उहाँका अर्तीहरू बिर्सँदैनस्, उहाँको कामबारे कुनै शङ्का गर्दैनस्, आफ्नो अडानमा कायम रहन्छस्, आफ्नो गवाही कायम राख्छस् र हरेक चरणमा विजयी हुन्छस् भने—अन्त्यमा तँ परमेश्‍वरद्वारा सिद्ध पारिनेछस् र विजेता बनाइनेछस्। यदि तँ परमेश्‍वरका परीक्षाहरूको हरेक चरणमा दृढ रहन सक्षम हुन्छस्, र यदि तँ अन्त्यसम्मै दृढ रहन सक्छस् भने, तँ विजेता होस् र तँ परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्ति होस्। यदि तँ आफ्ना हालका परीक्षाहरूमा दृढ रहन सक्दैनस् भने, भविष्यमा यो अझ बढी गाह्रो हुनेछ। यदि तँ केवल नगण्य मात्रामा कष्ट भोग्छस् र सत्यता पछ्याउँदैनस् भने, अन्ततः तैँले केही प्राप्त गर्नेछैनस्। तँ रित्तो हात रहनेछस्। कतिपय मानिस परमेश्‍वर नबोलिरहनुभएको देख्दा आफ्नो पछ्याइलाई त्याग्छन् र तिनीहरूको हृदय छरपस्ट बन्छ। के यस्तो व्यक्ति मूर्ख होइन र? यस प्रकारका मानिसहरूसँग कुनै वास्तविकता हुँदैन। जब परमेश्‍वर बोलिरहनुभएको हुन्छ, तब तिनीहरू सधैँ यताउति दौडधुप गरिरहेका हुन्छन्, तिनीहरू बाहिरी रूपमा व्यस्त र उत्साही देखिन्छन्, तर अब उहाँ नबोलिरहनुभएको हुनाले, तिनीहरू पछ्याउन छोड्छन्। यस प्रकारको व्यक्तिको कुनै भविष्य हुँदैन। शोधनहरूको दौरान, तँ सकारात्मक दृष्टिकोणबाट प्रवेश गर्नैपर्छ र तैँले आफूले सिक्नुपर्ने पाठहरू सिक्नैपर्छ; जब तँ परमेश्‍वरलाई प्रार्थना गर्छस् र उहाँको वचन पढ्छस्, तब तैँले त्यससँग आफ्नो अवस्था तुलना गर्नुपर्छ, आफ्ना कमजोरीहरू पत्ता लगाउनुपर्छ र आफूले अझै धेरै पाठ सिक्न बाँकी छ भन्ने थाहा पाउनुपर्छ। तँ शोधनहरूबाट गुज्रँदा जति निष्कपट रूपमा पछ्याउँछस्, तैँले आफूलाई त्यति नै अयोग्य पाउनेछस्। किनभने शोधन गरिने क्रममा तँ आफूले स्पष्ट रूपमा देख्न नसक्ने धेरै समस्या सामना गर्छस् र गुनासो गर्न सक्छस् अनि आफ्नै देह प्रकट गर्न सक्छस्। त्यसपछि मात्र तँ आफूभित्र अत्यन्तै धेरै भ्रष्ट स्वभाव छन् भनेर पत्ता लगाउन सक्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४७१

परमेश्‍वरको आखिरी दिनहरूको कामले ठूलो आस्था, अय्यूबको भन्दा पनि ठूलो आस्थाको माग गर्छ। आस्थाविना, मानिसहरूले निरन्तर अनुभव प्राप्त गर्न सक्नेछैनन्, त्यसैले तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन असक्षम हुनेछन्। जब ठूला परीक्षाहरूको दिन आउँछ, तब मण्डली छोड्ने मानिसहरू हुनेछन्—कोही यहाँ, कोही त्यहाँ। अघिल्ला दिनहरूमा आफ्नो पछ्याइमा निकै राम्रो गरिरहेका कतिपय मानिस हुनेछन् र तिनीहरूले किन विश्‍वास गर्न छोडे भनेर अस्पष्ट हुनेछ। तैँले नबुझ्ने धेरै कुराहरू हुनेछन् र परमेश्‍वरले कुनै सङ्केत वा आश्चर्यकर्महरू देखाउनुहुनेछैन, न त कुनै अलौकिक कुरा नै गर्नुहुनेछ। यो तँ दृढ रहन सक्छस् कि सक्दैनस् भनेर हेर्नका लागि हो—परमेश्‍वर मानिसहरूलाई शोधन गर्न तथ्यहरू प्रयोग गर्नुहुन्छ। तैँले अहिलेसम्म धेरै कष्ट भोगेको छैनस्। भविष्यमा जब ठूला परीक्षाहरू आउँछन्, तब कतिपय ठाउँमा मण्डलीको हरेक व्यक्तिले छोड्नेछन् र तँसँग राम्रो सम्बन्ध भएकाहरूले छोड्नेछन् र आफ्नो आस्था त्याग्नेछन्। के तँ त्यतिबेला दृढ रहन सक्नेछस्? अहिलेसम्म, तैँले सामना गरेका परीक्षाहरू सानातिना रहेका छन् र तँ सायद मुस्किलले मात्रै तिनलाई थेग्न सक्षम भएको छस्। यस चरणमा वचनहरूमार्फत मात्रै गरिने शोधन र सिद्धता समावेश हुन्छ। अर्को चरणमा, तँलाई शोधन गर्न तथ्यहरू तँमाथि आइपर्नेछन् र त्यसपछि तँ खतराका बीचमा हुनेछस्। यो एकदमै गम्भीर भएपछि, परमेश्‍वरले तँलाई चाँडो गरी छोड्न सल्लाह दिनुहुनेछ र धर्मका मानिसहरूले तँलाई आफूसँगै लैजान तान्ने प्रयास गर्नेछन्। यो तँ मार्गमा लागिरहन सक्छस् कि सक्दैनस् भनेर हेर्नका लागि हो र यी सबै कुरा परीक्षा हुन्। वर्तमान परीक्षाहरू सानातिना छन्, तर यस्तो दिन आउनेछ जब कतिपय घरमा आमाबुबाले विश्‍वास गर्न छोड्नेछन् र कतिपयमा छोराछोरीले विश्‍वास गर्न छोड्नेछन्। के तैँले निरन्तर दिन सक्नेछस्? तँ जति अगाडि बढ्छस्, तेरा परीक्षाहरू त्यति नै ठूला हुनेछन्। परमेश्‍वर मानिसहरूलाई तिनीहरूका आवश्यकता र तिनीहरूको कदअनुसार शोधन गर्ने आफ्नो काम सम्पन्न गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्ने चरणको दौरान, मानिसहरूको सङ्ख्या बढिरहनु असम्भव छ—केवल यो घट्ने छ। यी शोधनहरूमार्फत मात्रै मानिसहरूलाई सिद्ध पार्न सकिन्छ। काँटछाँट गरिनु, ताडना दिइनु, परीक्षा गरिनु, सजाय दिइनु, श्रापित हुनु—के तँ यो सब थेग्न सक्छस्? जब तँ विशेष रूपमा राम्रो अवस्था भएको मण्डली देख्छस्, जहाँ दाजुभाइ-दिदीबहिनीहरू सबैले ठूलो ऊर्जाका साथ पछ्याइरहेका हुन्छन्, तब तँ आफै प्रोत्साहित महसुस गर्छस्। जब तिनीहरू सबैले छोडेको दिन आउँछ, तबतिनीहरूमध्ये कतिपयले विश्‍वास गर्न छोड्छन्, कतिपय व्यापार गर्न वा विवाह गर्न छोडेर गएका हुन्छन् अनि कतिपय धर्ममा सामेल भएका हुन्छन्; के तँ त्यतिबेला दृढ रहन सक्नेछस्? के तँ भित्रभित्रै बाधारहित रहन सक्नेछस्? परमेश्‍वरले मानिसलाई सिद्ध पार्नु त्यति सरल कुरा होइन! उहाँ मानिसहरूलाई शोधन गर्न धेरै कुरा उपयोग गर्नुहुन्छ। मानिसहरू यिनलाई विधिहरूका रूपमा हेर्छन्, तर परमेश्‍वरको सुरुको अभिप्रायमा यी पटक्कै विधिहरू होइनन्, तर तथ्यहरू हुन्। अन्त्यमा, जब उहाँले मानिसहरूलाई एउटा निश्चित बिन्दुसम्म शोधन गर्नुभएको हुन्छ र तिनीहरूसँग उप्रान्त कुनै गुनासो हुँदैन, तब उहाँको कामको यो चरण पूरा हुनेछ। पवित्र आत्माको महान् काम तँलाई सिद्ध पार्नु हो र जब उहाँ काम गर्नुहुन्न र आफूलाई लुकाउनुहुन्छ, तब त्यो अझ बढी तँलाई सिद्ध पार्ने र मानिसहरूमा परमेश्‍वरप्रति प्रेम छ कि छैन, तिनीहरूमा उहाँप्रति साँचो आस्था छ कि छैन भनेर अझ राम्ररी देख्न सक्ने उद्देश्यका लागि हो। जब परमेश्‍वर स्पष्ट रूपमा बोल्नुहुन्छ, तब तैँले खोज्नुपर्ने कुनै आवश्यकता हुँदैन; उहाँ लुक्नुभएको बेला मात्र तैँले खोज्नु र आफ्नो बाटो पहिल्याउनु आवश्यक हुन्छ। तैँले एक सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्नुपर्छ र तेरो भावी परिणाम र तेरो गन्तव्य जेसुकै हुन सक्ने भए पनि, तँ जीवित रहने वर्षहरूको दौरान परमेश्‍वरबारे ज्ञान र उहाँप्रतिको प्रेम पछ्याउन सक्नुपर्छ अनि परमेश्‍वरले तँलाई जसरी व्यवहार गर्नुभए पनि, तँ गुनासो गर्नबाट जोगिन सक्नुपर्छ। पवित्र आत्माले मानिसहरूभित्र काम गर्नका लागि एउटा सर्त छ। तिनीहरूले तिर्खाउने र खोज्ने गर्नैपर्छ अनि परमेश्‍वरका कार्यहरूबारे आधा मनका वा शङ्कालु हुनैहुँदैन र तिनीहरूले हरसमय आफ्नो कर्तव्य कायम राख्न सक्नैपर्छ; यसरी मात्रै तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्। परमेश्‍वरको कामको हरेक चरणमा, मानिसहरूबाट माग गरिने कुरा भनेको ठूलो आस्था र खोजी गर्न परमेश्‍वरसामु आउनु हो—अनुभवमार्फत मात्रै मानिसहरूले परमेश्‍वर कति प्रेमिलो हुनुहुन्छ र पवित्र आत्मा कसरी मानिसहरूमा काम गर्नुहुन्छ भनेर पत्ता लगाउन सक्छन्। यदि तँ अनुभव गर्दैनस्, यदि तँ त्यसमा आफ्नो बाटो पहिल्याउँदैनस्, यदि तँ खोजी गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तैँले आफ्ना अनुभवहरूमा आफ्नो बाटो पहिल्याउनैपर्छ र आफ्ना अनुभवहरूमार्फत मात्रै तैँले परमेश्‍वरका कार्यहरू देख्न अनि उहाँको विलक्षणता र अगम्यतालाई चिन्न सक्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४७२

परमेश्‍वरले तँलाई हरकिसिमका कठिनाइ, निराशा, र सङ्कष्ट, साथै कैयौँ असफलता र रोकावटहरू अनुभव गर्न दिनुहुन्छ। अन्त्यमा, तैँले यी कुरा अनुभव गर्ने क्रममा, परमेश्‍वरले तँलाई उहाँले भन्‍नुभएका सबै कुरा सही र सत्यता हुन् भन्‍ने कुरा महसुस गराउनुहुनेछ। साथसाथै, उहाँले तँलाई तैँले सोच्ने र कल्‍पना गर्ने कुराहरू, साथै तेरा धारणा, ज्ञान, दर्शनसम्‍बन्धी सिद्धान्त, दर्शन, र संसारमा तैँले सिकेका र तेरा आमाबुबाले तँलाई सिकाएका सबै कुरा गलत छन्, र ती कुराले तँलाई जीवनको सही मार्गमा डोर्‍याउन, अनि सत्यता बुझ्न र परमेश्‍वरसामु आउन अगुवाइ गर्न सक्दैनन् भन्‍ने कुरा बुझाउनुहुनेछ। यदि तँ अझै पनि यी कुराअनुसार जिउँछस् भने, तँ असफलताको बाटोमा, साथै परमेश्‍वरको विरोध गर्ने र उहाँलाई धोका दिने बाटोमा हिँडिरहेको छस्। अन्त्यमा, परमेश्‍वरले तँलाई यो कुरा स्पष्‍ट रूपमा देखाउनुहुनेछ। यो प्रक्रिया तैँले अनुभव गर्नैपर्ने कुरा हो, र यही तरिकाले मात्र परिणामहरू प्राप्त गर्न सकिन्छ, तर यो हेर्दा परमेश्‍वरलाई पीडादायी लाग्‍ने कुरा पनि हो। मानिसहरू विद्रोही छन् र उनीहरूमा भ्रष्ट स्वभावहरू छन्, त्यसकारण तिनीहरूले थोरै कष्ट भोग्‍नैपर्छ, र यीमध्ये केही रोकावट अनुभव गर्नैपर्छ। यो कष्टविना, तिनीहरूसँग शुद्ध पारिने कुनै उपाय हुँदैन। यदि व्यक्तिमा साँचो रूपमा सत्यतालाई प्रेम गर्ने हृदय छ, र ऊ परमेश्‍वरको मुक्ति दिने विभिन्‍न प्रकारका विधिहरूलाई स्वीकार गर्न र मूल्य चुकाउन साँचो रूपमा इच्‍छुक छ भने, उसले परीक्षा र शोधनको त्यति धेरै कष्ट भोग्‍नुपर्ने आवश्यकता हुँदैन। परमेश्‍वरले वास्तवमा मानिसहरूलाई त्यति धेरै कष्ट भोगाउन चाहनुहुन्‍न, र तिनीहरूलाई यति धेरै रोकावट र असफलताहरू अनुभव गराउन पनि चाहनुहुन्‍न। तर, मानिसहरू अत्यन्तै विद्रोही छन्, तिनीहरू भनेको मान्‍न, समर्पित हुन इच्छुक हुँदैनन्, र तिनीहरू सही मार्गमा हिँड्न वा छोटोमीठो तरिका अपनाउन सक्दैनन्; उनीहरू केवल आफ्‍नै बाटोमा लागेर पथभ्रष्ट हुन्छन्, अनि परमेश्‍वरविरुद्ध विद्रोह गर्छन् र उहाँलाई प्रतिरोध गर्छन्। मानिसहरू भ्रष्ट हुन्छन्। परमेश्‍वरले तिनीहरूलाई शैतानको हातमा सुम्पिदिन र उनीहरूलाई विभिन्‍न परिस्थितिहरूमा पारेर निरन्तर परिष्कृत गर्न, र त्यसो गरेर उनीहरूलाई हरप्रकारको अनुभव प्राप्त गर्ने र पाठहरू सिक्‍ने, र अन्त्यमा हरप्रकारका दुष्ट कुराहरूको सार बुझ्‍ने तुल्याउन मात्र सक्‍नुहुन्छ। त्यसपछि, जब मानिसहरूले पछाडि फर्केर हेर्छन्, तब उनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी महसुस गर्छन्, र उनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन्, परमेश्‍वर मात्र सबै सकारात्मक कुराहरूको वास्तविकता हुनुहुन्छ, र परमेश्‍वर मानिसहरूलाई साँचो रूपमा प्रेम गर्ने, उनीहरूबारे चासो राख्ने र उनीहरूलाई मुक्ति दिन सक्‍ने एकमात्र परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छन्। परमेश्‍वर मानिसहरूले यति धेरै कष्ट भोगून् भन्‍ने चाहनुहुन्‍न, तर मानिसहरू अत्यन्तै विद्रोही छन्, तिनीहरू घुमाउरो बाटोमा लाग्‍न, र यो कष्ट भोग्‍न इच्छुक हुन्छन्। मानिसहरूलाई विभिन्‍न परिस्थितिबाट गुज्रन लगाएर उनीहरूलाई निरन्तर परिष्कृत गर्ने बाहेक परमेश्‍वरसँग कुनै विकल्‍प छैन। आखिरमा, मानिसहरूलाई कुन हदमम्म परिष्कृत गरिन्छ त? त्यस हदसम्म, जब तँ भन्‍नेछस्, “मैले सबै किसिमको परिस्थिति अनुभव गरेको छु, र अब मैले परमेश्‍वरबाहेक, मलाई सत्यता बुझाउन, मलाई सत्यताको आनन्द लिने तुल्याउन, वा मलाई सत्यता वास्तविकताहरूमा प्रवेश गराउन सक्‍ने एउटै पनि व्यक्ति, घटना वा कुरा छैन भन्‍ने कुरा बल्ल बुझेँ। यदि मैले आज्ञाकारी भई परमेश्‍वरका वचनअनुसार अभ्यास गरेँ, एक सृजित प्राणीका रूपमा आफ्नो हैसियत र कर्तव्य पालन गरेँ, आज्ञाकारी रूपमा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूलाई स्वीकार गरेँ, थप कुनै गुनासो गरिनँ वा परमेश्‍वरबाट विलासी कुराहरूको चाहना राखिनँ, र म सृष्टिकर्तासामु साँचो रूपमा समर्पित हुन सकेँ भने मात्र म साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्ति बन्‍नेछु।” जब मानिसहरू यो स्तरमा पुग्छन्, तिनीहरू साँच्चै परमेश्‍वरसामु झुक्छन्, र परमेश्‍वरले उनीहरूलाई अनुभव गराउनका निम्ति कुनै थप परिस्थितिहरू खडा गर्नु आवश्यक हुँदैन। त्यसोभए, तिमीहरू कुन मार्ग लिन चाहन्छौ त? कसैले पनि आफ्ना आत्मगत चाहनाहरूमा कष्ट भोग्‍न चाहँदैन, कसैले पनि रोकावट, असफलता, कठिनाइ, निराशा, वा प्रतिकूलता अनुभव गर्न चाहँदैन, तर अरू कुनै उपाय नै छैन। मानिसहरूमा शैतानी प्रकृति हुन्छ; तिनीहरू अत्यन्तै विद्रोही हुन्छन्, र तिनीहरूका विचार र दृष्टिकोणहरू धेरै जटिल हुन्छन्। तेरो हृदयमा प्रत्येक दिन निरन्तर विरोधाभास, सङ्घर्ष, र खलबली हुन्छ। तँ थोरै सत्यता बुझ्छस्, तेरो जीवन प्रवेश सतही छ, र तँमा देहका धारणा, कल्पना र भ्रष्ट स्वभावहरूमाथि विजय पाउने शक्तिको कमी छ। तैँले मानिसको नियमित तरिका मात्र अपनाउन सक्छस्: अर्थात् निरन्तर असफलता र निराशा अनुभव गर्न, निरन्तर लड्न, निरन्तर कष्टमा पर्न, हिलोमा लडबडिन मात्र सक्छस्, र अन्त्यमा यस्तो दिन आउँछ, जब तैँले यसो भन्छस्, “म थाकेको छु। म वाक्क भएको छु। म यसरी जिउन चाहन्‍नँ। म यी असफलताहरू भोग्‍न चाहन्‍नँ। म आज्ञाकारी भई सृष्टिकर्तासामु आउन चाहन्छु; म परमेश्‍वरले भनेको कुरा सुन्‍नेछु, र उहाँले जे भन्‍नुहुन्छ त्यही गर्नेछु। यही मात्र जीवनको सही मार्ग हो।” जुन दिन तँ पूर्ण रूपमा विश्‍वस्त हुन्छस् र हार स्वीकार गर्छस्, त्यो दिन मात्र तँ परमेश्‍वरसामु आउन सक्‍नेछस्। के तैँले यसबाट परमेश्‍वरको स्वभावबारे केही बुझिस्? मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ? परमेश्‍वरले जे गर्नुभए पनि, उहाँ मानिसहरूको सर्वोत्तम भलाइ चाहनुहुन्छ। उहाँले जुनसुकै परिस्थिति खडा गर्नुभए पनि वा उहाँले तँलाई जेसुकै गर्न लगाउनु भए पनि, उहाँ सधैँ उत्तम परिणाम हेर्न चाहनुहुन्छ। मानौँ, तैँले कुनै कुरा अनुभव गर्छस् र रोकावटहरू र असफलताको सामना गर्छस्। परमेश्‍वर तँ असफल हुँदा निरुत्साहित भएको, आफू सिद्धिएको र शैतानद्वारा खोसिई लगिएको भन्‍ने सोचेको, त्यसपछि हरेस खाएको, कहिल्यै आफ्नो खुट्टामा फेरि खडा हुन नसकेको, र दिक्दारीमा डुबेको देख्‍न चाहनुहुन्‍न—परमेश्‍वर यस्तो परिणाम देख्‍न चाहनुहुन्‍न। परमेश्‍वर के देख्‍न चाहनुहुन्छ त? उहाँ तँ यस मामिलामा असफल भएको भए पनि, तैँले सत्यता खोज्‍न र आत्मचिन्तन गर्न सकेको, आफ्नो असफलताको कारण पत्ता लगाउन सकेको, यो असफलताले तँलाई सिकाएको पाठ स्विकारेको, भविष्यमा यस कुरालाई याद गरेको, यसरी काम गर्नु गलत हो, र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नु मात्र ठीक हो भन्‍ने जानेको, र यस्तो महसुस गरेको देख्‍न चाहनुहुन्छ, “म खराब व्यक्ति हुँ। ममा भ्रष्ट शैतानी स्वभाव छ। ममा विद्रोहीपन छ। म परमेश्‍वरले भन्‍नुभएका धर्मी मानिसहरूदेखि निकै टाढा छु, र ममा परमेश्‍वरको डर मान्‍ने हृदय छैन।” तैँले यो तथ्यलाई स्पष्टसँग देखेको छस्; तैँले यो मामलाको सत्यता जान्‍न पुगेको छस्, र यो रोकावट र असफलताबाट, तैँले केही बोध पाएको छस् र तँ परिपक्‍व भएको छस्। परमेश्‍वर यही हेर्न चाहनुहुन्छ। परिपक्‍व हुनु भनेको के हो? यसको अर्थ परमेश्‍वरले तँलाई प्राप्त गर्न सक्‍नुहुन्छ, तैँले मुक्ति पाउन सक्छस्, तँ सत्यता वास्तविकताहरूमा प्रवेश गर्न सक्छस्, र तँ परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा लागेको छस् भन्‍ने हो। परमेश्‍वर मानिसहरूले सही मार्ग लिएको हेर्ने आशा गर्नुहुन्छ। परमेश्‍वरले श्रमसाध्य अभिप्रायसाथ कामकुरा गर्नुहुन्छ, र यो सबै उहाँ गुप्त प्रेम हो, तर मानिसहरूले प्रायः यो कुरा अनूभूत गर्न सक्दैनन्। मानिसहरू सङ्कीर्ण सोचका र अत्यन्तै क्षुद्र छन्। परमेश्‍वरको अनुग्रह र आशिष्‌हरूको आनन्द लिन नपाउनेबित्तिकै, तिनीहरू परमेश्‍वरबारे गुनासो गर्छन्, नकारात्मक बन्छन् र झर्को मान्छन्, तर परमेश्‍वरले यी कुरालाई मनमा राख्‍नुहुन्‍न। उहाँले तिनीहरूलाई अज्ञानी बालबालिकाहरूजस्तो व्यवहार गर्नुहुन्छ र तिनीहरूको सानोतिनो गल्ती कोट्याउनुहुन्‍न। उहाँ मानिसहरूलाई अनुग्रह र आशिष्‌हरू कसरी प्राप्त गरिन्छ भनी थाहा दिन र मानिसका लागि अनुग्रहको अर्थ के हो र मानिसले त्यसबाट के लिन सक्छ भनी बुझाउनका लागि तिनीहरूका निम्ति परिस्थितिहरू खडा गर्नुहुन्छ। मानौँ, तँलाई केही कुराहरू खान मन लाग्छ, र ती कुरा धेरै खानु तेरो स्वास्थ्यका निम्ति राम्रो होइन भनी परमेश्‍वर भन्‍नुहुन्छ। तँ त्यो कुरा सुन्दैनस्, र त्यो खाने जिद्दी गर्छस्, र परमेश्‍वर तँलाई स्वतन्त्र रूपमा त्यो निर्णय गर्ने अनुमति दिनुहुन्छ। फलस्वरूप, तँ बिरामी हुन्छस्। धेरै पटक यस्तो अनुभव गरेपछि, तैँले परमेश्‍वरले बोल्नुभएका वचनहरू वास्तवमा सही छन्, उहाँले भन्‍ने कुरा सत्य छन्, तैँले उहाँका वचनहरूअनुसार अभ्यास गर्नैपर्छ, र यो नै सही मार्ग हो भन्‍ने महसुस गर्छस्। त्यसोभए, तैँले भोग्‍ने रोकावट, असफलता र कष्टहरूबाट के आउँछन्? एक हिसाबमा, तैँले परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू बुझ्न सक्छस्। अर्को हिसाबमा, यसले तँलाई परमेश्‍वरका वचनहरू सही र व्यावहारिक छन् भन्‍ने कुरा विश्‍वास गराउँछ र त्यसमा विश्‍वस्त तुल्याउँछ, र परमेश्‍वरमाथिको तेरो आस्था बढ्दै जान्छ। त्यसमाथि, तैँले असफलताको यस अवधिको अनुभवद्वारा परमेश्‍वरका वचनहरूको सत्यता र सटिकतालाई मान्‍नेछस्, तैँले परमेश्‍वरका वचनहरू सत्य हुन् भनी देख्‍नेछस्, र तैँले सत्यता अभ्यास गर्ने सिद्धान्त बुझ्नेछस्। त्यसैले, असफलता अनुभव गर्नु मानिसहरूका लागि राम्रो हो—तर साथसाथै, यसले तिनीहरूलाई कष्ट पनि भोगाउँछ—यो एक प्रकारको परिष्करण हो। तर यदि यसरी परिष्कृत गरिनुले अन्त्यमा तँलाई परमेश्‍वरसामु फर्काउँछ, उहाँका वचनहरू बुझाउँछ र तिनलाई सत्यताका रूपमा हृदयभित्र स्वीकार गराउँछ र परमेश्‍वरलाई चिन्‍न लगाउँछ भने, तैँले अनुभव गरेका परिष्करण, रोकावट र असफलताहरू व्यर्थ भएका हुनेछैनन्। परमेश्‍वरले देख्‍न चाहनुभएको नतिजा यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी खुट्ट्याउने

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४७३

अहिले यी वचनहरू बोलिएका छन् भन्‍ने कुरालाई तैँले याद गर्नैपर्छ: पछि, तैँले झन् ठूलो सङ्कष्ट र झन् ठूलो कष्ट अनुभव गर्नेछस्! सिद्ध पारिनु सरल वा सजिलो कुरा होइन। कम्तीमा, तँमा अय्यूबको जस्तो आस्था हुनैपर्छ, वा तिनको भन्दा अझ ठूलो आस्था हुनुपर्छ। भविष्यमा अय्यूबका परीक्षाहरूभन्दा ठूला परीक्षा हुनेछन् अनि तँ दीर्घकालीन सजायबाट गुज्रनैपर्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ। के यो सरल कुरा हो र? यदि तेरो क्षमतालाई सुधार गर्न सकिँदैन, यदि तँसँग बुझ्ने क्षमताको कमी छ भने, अनि यदि तँलाई अत्यन्तै थोरै कुरा मात्र थाहा छ भने, त्यस समयमा तँसित कुनै गवाही हुनेछैन, तर बरु तँ शैतानका निम्ति ठट्टा, खेलौना हुनेछस्। यदि अहिले तँ दर्शनहरूलाई पक्रिरहन सक्दैनस् भने, तँसित बिलकुलै कुनै जग छैन, अनि भविष्यमा तँलाई काम नलाग्ने ठहर गरिनेछ! यो मार्गको कुनै पनि भाग हिँड्नका निम्ति सजिलो छैन, त्यसैले यसलाई हल्का रूपमा नलि। यस मार्गको अन्तिम भाग उचित रूपमा कसरी हिँड्ने भनेर होसियारीपूर्वक तौली र तयारी गर्। यो, भविष्यमा हिँड्नैपर्ने मार्ग, सबै मानिसहरूले हिँड्नैपर्ने मार्ग हो। तैँले यो ज्ञानलाई बेवास्ता गर्नुहुँदैन; म तँलाई जे भन्छु, त्यो सबै सास खेर फाल्नु हो भनी नसोच्। त्यो दिन आउनेछ जब तैँले यो सबलाई सदुपयोग गर्नेछस्—मेरा वचनहरू व्यर्थमा बोल्‍न सकिँदैन। यो, आफूलाई सुसज्जित पार्ने समय हो, भविष्यका निम्ति मार्ग तयार गर्ने समय हो। तैँले भविष्यमा हिँड्ने मार्ग तयार गर्नुपर्छ; तँ भविष्यमा कसरी दृढ रहन सक्नेछस् भन्‍नेबारे तँ चिन्तित र बेचैन हुनुपर्छ, अनि तेरो भविष्यको मार्गका निम्ति उचित रूपमा तयारी गर्नुपर्छ। घिचुवा र अल्छे नहो! तेरो समयको सर्वोत्तम प्रयोग गर्न तैँले सक्नेजति हरेक कुरा गर्नुपर्छ, ताकि तँलाई चाहिने हरेक कुरा तैँले हासिल गर्न सक्। तैँले बुझ्न सक् भनेर म तँलाई सबै कुरा दिइरहेको छु। तीन वर्षभन्दा कम समयमा मैले कति धेरै कुरा गरेको छु र कति धेरै काम गरेको छु भनी तिमीहरूले आफ्नै आँखाले देखेका छौ। मैले यसप्रकारले काम गर्दै आइरहेको एउटा कारण के हो भने, मानिसमा धेरै कुराको कमी छ, अनि अर्को कारण के हो भने, समय अति छोटो छ; अब अरू कुनै ढिलाइ हुन सक्दैन। तँ मानिसले गवाही दिन र प्रयोग गरिन सक्नुअघि उसले सुरुमा भित्री रूपमा पूर्ण प्रस्टता हासिल गर्नैपर्छ भन्‍ने कल्पना गर्छस्—तर के त्यो धेरै सुस्त हुनेथिएन र? त्यसैले, मैले कति लामो समयसम्म तँलाई साथ दिनुपर्ने हो? यदि तँ आफू बूढो हुञ्‍जेल र आफ्नो कपाल फुलुञ्जेल मैले तँलाई साथ दिएको चाहन्छस् भने, त्यो असम्भव हुनेछ! अझ ठूलो सङ्कष्ट भोगेर, मानिसभित्र साँचो बुझाइ हासिल हुनेछ। कामका चरणहरू यिनै हुन्। तैँले आज सङ्गति गरिएका दर्शनहरू पूर्ण रूपमा बुझेपछि र तैँले साँचो कद प्राप्त गरेपछि, भविष्यमा तैँले जस्तोसुकै कष्टहरू भोगे पनि तँ अभिभूत हुनेछैनस्, अनि तँ दृढ हुन सक्‍नेछस्। जब मैले कामको यो अन्तिम चरण पूरा गरेको हुन्छु र आखिरी वचनहरू व्यक्त गरेर सिध्याएको हुन्छु, तब भविष्यमा मानिस उसको आफ्नै मार्गमा हिँड्नुपर्नेछ। यसले पहिले बोलिएका वचनहरूलाई पूरा गर्नेछ: पवित्र आत्मासित हरेक व्यक्तिका निम्ति आज्ञा छ, र प्रत्येक व्यक्तिमा गर्नुपर्ने काम छ। भविष्यमा, हरेक व्यक्ति पवित्र आत्माद्वारा डोरिएर आफू हिँड्नुपर्ने मार्गमा हिँड्नेछन्। सङ्कष्टबाट गुज्रँदा कसले अरूको निम्ति वास्ता गर्न सक्नेछ? हरेक व्यक्तिको आफ्नै कष्ट हुन्छ, अनि हरेकको आफ्नै कद हुन्छ। कसैको कद पनि अरूको कदसित समान छैन। पतिले आफ्‍नी पत्नीको वास्ता गर्न सक्नेछैनन् वा आमाबाबुले छोराछोरीको वास्ता गर्न सक्नेछैनन्; कसैले पनि अरू कसैको वास्ता गर्न सक्नेछैन। त्यो, पारस्परिक वास्ता र सहायता अझै सम्भव भएको अहिलेको समय जस्तो हुनेछैन। त्यो यस्तो समय हुनेछ जब हरेक प्रकारको व्यक्तिलाई प्रकट गरिनेछ। भन्नुको अर्थ, जब परमेश्‍वरले गोठालाहरूलाई प्रहार गर्नुहुन्छ, तब बगालका भेडाहरू छरपष्ट हुनेछन्, अनि त्यस समयमा तिमीहरूसित कुनै साँचो अगुवा हुनेछैन। मानिसहरू विभाजित हुनेछन्—यो तिमीहरूले सँगै भेलाहरू आयोजना गर्न सक्ने अहिलेको जस्तो समय हुनेछैन। भविष्यमा, जोसित पवित्र आत्माको काम छैन, तिनीहरूले आफ्नो साँचो रूप देखाउनेछन्। पतिहरूले आफ्ना पत्नीहरूलाई बेच्नेछन्, पत्नीहरूले आफ्ना पतिहरूलाई बेच्नेछन्, बच्चाहरूले आफ्ना बाबुआमाहरूलाई बेच्नेछन्, अनि बाबुआमाहरूले आफ्ना बच्चाहरूलाई सताउनेछन्—मानव हृदय बुझ्न गाह्रो छ! गर्न सकिने एउटै कुरा भनेको व्यक्तिसित जे छ, त्यसलाई पक्रिराख्नु हो अनि मार्गको अन्तिम भागसम्म हिँड्नु हो। अहिले, तिमीहरूले यसलाई प्रस्टसित देख्दैनौ; तिमीहरू सबै निकटको कुरा मात्रै देख्न सक्छौ। कामको यो चरण सफलतापूर्वक अनुभव गर्नु सजिलो कुरा होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ मार्गको अन्तिम भाग कसरी हिँड्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४७४

धेरैजसो मानिस आफ्‍नो भविष्यको गन्तव्यका खातिर वा अस्थायी आनन्दका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। काँटछाँटमा नपरेकाहरूको हकमा भन्दा, तिनीहरू स्वर्ग प्रवेश गर्नका लागि, इनामहरू प्राप्त गर्नका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू सिद्ध पारिन, वा सृजित प्राणीका रूपमा कर्तव्य पूरा गर्न परमेश्‍वरमा विश्‍वास गर्दैनन्। भन्‍नुको अर्थ, धेरैजसो मानिस आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न वा आफ्‍नो कर्तव्य पूरा गर्नका लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन्। अर्थपूर्ण जीवन जिउनका लागि त मानिसहरू बिरलै परमेश्‍वरमा विश्‍वास गर्छन्, न त मानिस जीवित भएकाले उसले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ किनभने त्यो पूर्णतया स्वाभाविक र न्यायोचित कुरा हो, अनि मानिसको प्राकृतिक पेशा हो भनेर विश्‍वास गर्नेहरू नै छन्। यसरी, फरकफरक मानिसहरू आ-आफ्‍नै लक्ष्‍यहरूको पछि लाग्‍ने भए तापनि, तिनीहरूको खोजीको लक्ष्‍य र यसको पछाडि रहेको उत्प्रेरणा सबै उस्तै हुन्छन्, र यति मात्र होइन, तिनीहरूमध्ये धेरैको आराधनाका वस्तुहरू लगभग उही हुन्छन्। विगतका हजारौं वर्षको अवधिमा, धेरै विश्‍वासीहरू मरेका छन्, र धेरैले मरेर पनि फेरि पुनर्जन्म पाएका छन्। परमेश्‍वरको खोजी गर्नेहरू एकदुई जना मानिसहरू मात्रै छैनन्, न त एकदुई हजार मात्र नै छन्, तैपनि यीमध्ये धेरैजसो मानिसहरूले तिनीहरूका आफ्‍नै सम्भाव्यताहरू वा महिमापूर्ण भविष्यका आशाहरूका खातिर खोजी गर्छन्। ख्रीष्टप्रति समर्पितहरू एकदमै कम मात्र छन्। धेरैजसो भक्त विश्‍वासीहरू आफ्‍नै जालमा फसेर मरेका छन्, र विजयी मानिसहरूको सङ्ख्या भने अत्यन्तै सानो छ। आजको दिनसम्‍म पनि, मानिसहरूलाई तिनीहरू किन असफल हुन्छन्, वा तिनीहरूको विजयका रहस्यहरू के-के हुन् भन्‍ने नै थाहा छैन। ख्रीष्‍टको पछि लाग्‍नमा तल्लीन हुनेहरूको लागि अझै पनि अचानक अन्तर्दृष्टि प्राप्त भइदिने क्षण आएकै छैन, तिनीहरू यी रहस्यहरूको पिँधमा पुग्‍न सकेका छैनन्, किनभने तिनीहरूलाई थाहै छैन। तिनीहरूले आफ्नो खोजीमा परिश्रमपूर्वक प्रयासहरू गरे तापनि, तिनीहरू जुन हिँड्ने मार्ग हिँड्दै छन् त्यो तिनीहरूभन्दा पहिलेकाहरूले हिँडिसकेको असफलताको मार्ग हो, सफलताको मार्ग होइन। यसरी, तिनीहरूले जसरी खोजी गरे तापनि, के तिनीहरू अझै पनि अन्धकारतर्फ डोर्‍याउने मार्गमै हिँड्दैनन् र? के तिनीहरूले जे प्राप्त गर्छन् त्यो तीतो फल होइन र? विगतमा सफल हुनेहरूको अनुकरण गर्ने मानिसहरू आखिरमा सौभाग्यमा पुग्‍छन् कि कष्टमा पुग्‍छन् भनेर अनुमान गर्न कठिन हुन्‍छ। त्यसैले, असफल भएकाहरूका पाइलाहरू पछ्याएर खोजी गर्ने मानिसहरूको हालत झन् कति नराम्रो होला? के तिनीहरू असफल हुने सम्‍भावना अझै बढी हुँदैन र? तिनीहरू हिँड्ने मार्गको के मूल्य छ र? के तिनीहरूले आफ्‍नो समय बरबाद गरिरहेका छैनन् र? छोटकरीमा भन्दा, मानिसहरू आफ्नो खोजीमा सफल भए पनि असफल भए पनि, तिनीहरूले किन खोजी गर्छन् भन्‍ने कुराको कारण हुन्‍छ, र जसरी मन लाग्यो त्यसरी खोजी गरेको आधारमा तिनीहरूको सफलता वा असफलता निर्धारित हुन्छ भन्‍ने छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४७५

परमेश्‍वरमाथि मानिसको विश्‍वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफूलाई पूर्ण रूपमा अर्पित गर्न, र साँच्चै समर्पित हुन सक्नुपर्छ भन्‍ने हो। साँचो विश्‍वासको साटोमा आफ्‍नो सम्पूर्ण जीवन दिनु नै मानिसका लागि सबैभन्दा कठिन कुरा हो, जसमार्फत उसले सम्पूर्ण सत्यता प्राप्त गर्न, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छ। यो असफल हुनेहरूले हासिल गर्न नसक्‍ने कुरा हो, र ख्रीष्टलाई भेट्टाउन नसक्‍नेहरूले त झनै हासिल गर्न नसक्ने कुरा हो। आफैलाई पूर्ण रूपले परमेश्‍वरमा अर्पित गर्नमा मानिस त्यति सिपालु नभएकाले, सृष्टिकर्ताका लागि आफ्‍नो कर्तव्य निर्वाह गर्न मानिस इच्‍छुक नभएकाले, मानिसले सत्यतालाई देखेका भए पनि यसबाट टाढै बसी आफ्‍नै मार्गमा हिँड्ने भएकाले, सधैँ असफल भएकाहरूको मार्ग अनुसरण गर्दै मानिसले पछ्याउने भएकाले, र सधैँभरि नै मानिसले स्वर्गविरुद्ध विद्रोह गर्ने भएकाले, मानिस सधैँ असफल हुन्छ, सधैँ शैतानको छलकपटको पासोमा, र आफ्‍नै जालमा फस्छ। मानिसले ख्रीष्टलाई नचिन्‍ने हुनाले, मानिस सत्यतालाई बुझ्‍न र अनुभव गर्नमा सिपालु नभएकाले, मानिसले पावलको अत्यन्तै आराधना गर्ने हुनाले र उसको स्वर्ग जाने कामना अत्यन्तै दह्रिलो भएकाले, मानिसले सधैँ ख्रीष्टलाई उसलाई पालन गर्न माग गर्ने र परमेश्‍वरलाई हुकुम गर्ने हुनाले, तसर्थ ती सबै उच्च महान् व्यक्तित्वहरू र संसारका विभिन्‍न उतार-चढाव अनुभव गरेकाहरू अझै पनि मृत्युबाट उम्कन सक्दैनन्, र परमेश्‍वरको सजायको दौरान नै मर्छन्। त्यस्ता मानिसहरूको बारेमा मैले भन्‍न सक्‍ने भनेको तिनीहरू दुःखद मृत्यु मर्छन्, र तिनीहरूको परिणाम—तिनीहरूको मृत्यु—न्यायोचित नै हुन्छ भन्‍ने हो। के तिनीहरूको असफलता स्वर्गको नियमको लागि अझै असहनीय हुँदैन र? मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसहरूमाझ सत्यता ख्रीष्‍टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्‍वर स्वयम्‌बाट उत्पन्‍न हुन्छ, र यसको लागि मानिस सक्षम छैन। तैपनि ख्रीष्टले सत्यता मात्रै दिनुहुन्छ; मानिस सत्यतासम्‍बन्धी आफ्‍नो खोजीमा सफल हुनेछ कि हुनेछैन भनी निर्णय गर्न उहाँ आउनुहुन्‍न। त्यसैले सत्यतासम्‍बन्धी सफलता वा असफलताको कुरा पूर्ण रूपमा मानिसकै खोजीमा निर्भर हुन्छ। सत्यतासम्‍बन्धी मानिसको सफलता वा असफलता ख्रीष्टसँग कहिल्यै सम्‍बन्धित रहेको छैन, यो कुरा त उसकै खोजीद्वारा निर्धारित हुन्छ। मानिसको गन्तव्य र उसको सफलता वा असफलताको जिम्वारी परमेश्‍वरले नै बोक्‍नुहोओस् भनेर यसलाई परमेश्‍वरको टाउकोमा थोपर्न मिल्दैन, किनभने यो परमेश्‍वर स्‍वयम्‌को मामला होइन, यो त सृष्टि गरिएका प्राणीहरूले पूरा गर्नुपर्ने कर्तव्यसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित छ। पावल र पत्रुसका खोजी र गन्तव्यको बारेमा धेरैजसो मानिसहरूसँग थोरै ज्ञान छ, तैपनि उनीहरूलाई पत्रुस र पावलका परिणामहरूका बारेमा मात्रै थाहा छ, तर पत्रुसको सफलतापछाडिको रहस्य, वा पावललाई असफल तुल्याउने त्रुटिहरूको बारेमा तिनीहरू अनजान छन्। त्यसकारण, यदि तिमीहरू तिनीहरूको खोजीको सारलाई देख्‍न पूर्ण रूपमा असमर्थ छौ भने, तिमीहरूमध्ये धेरैजसोको खोजी असफल नै हुनेछ, र तिमीहरूमध्ये थोरै व्यक्तिहरू सफल भए भने पनि, तिनीहरू पत्रुस बराबर हुनेछैनन्। यदि तेरो खोजीको मार्ग सही छ भने, तँसँग सफलताको आशा हुन्छ; यदि सत्यताको खोजीमा तैँले हिँड्ने बाटो गलत छ भने, तँ सफलता पाउन सदासर्वदा नै असक्षम हुनेछस्, र तैँले पावलको जस्तै परिणाम भोग्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४७६

पत्रुस सिद्ध पारिएका मानिस थिए। सजाय र न्याय अनुभव गरेर परमेश्‍वरलाई प्रेम गर्ने विशुद्ध हृदय प्राप्त गरिसकेपछि मात्रै तिनलाई पूर्ण रूपमा सिद्ध पारियो; तिनले हिँडेको मार्ग सिद्ध पारिने मार्ग थियो। भन्‍नुको अर्थ, सुरुदेखि नै, पत्रुसले हिँडेको मार्ग सही थियो, र परमेश्‍वरमा विश्‍वास गर्ने उनको उत्प्रेरणा सही थियो, र त्यसकारण तिनी सिद्ध पारिएका व्यक्ति बने र मानिसले पहिले कहिल्यै नहिँडेको मार्गमा तिनले पाइला चाले। तर, सुरुदेखि नै पावल हिँडेको मार्ग ख्रीष्टविरोधी मार्ग थियो, र पवित्र आत्माले तिनलाई प्रयोग गर्न र आफ्‍नो कार्यको लागि तिनका सबै प्रतिभा र योग्यताहरूको सदुपयोग गर्न चाहनुभएको हुनाले मात्रै, तिनले ख्रीष्टका लागि धेरै दशकसम्‍म काम गरे। तिनी पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्ति मात्रै थिए, र येशूले तिनको मानवतालाई निगाहको दृष्टिकोणले हेर्नुभएको कारणले नभई तिनका प्रतिभाहरूको कारण तिनलाई प्रयोग गरिएको थियो। तिनी येशूको लागि काम गर्न खुशी भएको कारणले नभई तिनलाई प्रहार गरिएको कारणले चाहिँ तिनले येशूको लागि काम गर्न सके। पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइको कारण तिनले त्यस्तो काम गर्न सके, अनि तिनले गरेको कामले कुनै पनि हालतमा तिनको खोजी वा तिनको मानवतालाई प्रतिनिधित्व गरेन। पावलको कार्यले सेवकको कार्यलाई प्रतिनिधित्व गर्‍यो, भन्‍नुको अर्थ, तिनले एक प्रेरितको रूपमा काम गरे। तर पत्रुस फरक थिए: तिनले पनि केही काम गरे; यो पावलको कामजत्तिकै महान् थिएन, तर तिनले आफ्‍नै प्रवेशको खोजी गर्दै काम गरे, अनि तिनको काम पावलको कामभन्दा फरक थियो। पत्रुसको काम सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने काम थियो। तिनले प्रेरितको भूमिकामा रहेर काम गरेनन्, बरु परमेश्‍वरप्रतिको प्रेमको खोजी गर्दै काम गरे। पावलको कार्यको मार्गमा तिनको व्यक्तिगत खोजी पनि समावेश थियो: तिनको खोजी तिनले आफ्नो भविष्यको लागि गरेका आशाहरू र असल गन्तव्यको लागि तिनले गरेका इच्‍छाहरूको खातिर मात्र थियो। आफ्‍नो कामको अवधिमा तिनले शोधन स्वीकार गरेनन्, न त काटछाँट नै स्वीकार गरे। जबसम्‍म तिनले गर्ने कामले परमेश्‍वरका अभिप्राय पूरा गर्छ, र जबसम्म तिनका सबै काम परमेश्‍वरलाई मन पर्छ, तबसम्‍म तिनलाई आखिरमा इनाम मिल्ने नै छ भन्‍ने विश्‍वास तिनको थियो। तिनको काममा कुनै व्यक्तिगत अनुभवहरू थिएनन्—यो सबै तिनको आफ्‍नै खातिर थियो, परिवर्तनको खोजीको सिलसिलामा गरिएको काम थिएन। तिनको काममा गरिएका सबै कुरा लेनदेन थियो, त्यसमा सृष्टि गरिएको प्राणीको कर्तव्य वा समर्पण केही पनि समावेश थिएन। पावलको कामको अवधिमा, तिनको पुरानो स्वभावमा कुनै परिवर्तन आएन। तिनको काम अरूको सेवाको लागि मात्रै थियो, र यसले तिनको स्वभावमा परिवर्तन ल्याउन सकेन। सिद्ध नपारिई वाकाँछाँट नभोगी नै प्रत्यक्ष रूपमा पावलले आफ्‍नो काम गरे र तिनी इनामद्वारा उत्प्रेरित थिए। पत्रुस फरक थिए: तिनी काटछाँट र शोधनमा परेका व्यक्ति थिए। पत्रुसको कामको उद्देश्य र उत्प्रेरणा आधारभूत रूपमै पावलको भन्दा फरक थिए। पत्रुसले धेरै मात्रामा काम नगरेका भए तापनि, तिनको स्वभावमा धेरै परिवर्तनहरू भए, र तिनले खोजी गरेको कुरा सत्यता र वास्तविक परिवर्तन थियो। तिनले कामकै खातिर मात्रै आफ्‍नो काम गरेका थिएनन्। पावलले धेरै काम गरेका भए तापनि, यो सबै पवित्र आत्‍माको कार्य थियो, र पावलले यो काममा सहकार्य गरेको भए तापनि, तिनले यसको अनुभव गरेनन्। पत्रुसले थोरै काम गर्नुको कारणचाहिँ पवित्र आत्माले तिनीमार्फत धेरै काम नगर्नुभएकोले गर्दा मात्र थियो। तर तिनीहरूले गरेको कामको मात्राले तिनीहरूलाई सिद्ध पारिने वा नपारिने कुरा निर्धारण गरेन; एउटाको खोजी इनामहरू प्राप्त गर्नको लागि थियो र अर्कोको खोजीचाहिँ परमेश्‍वरका अभिप्राय पूरा गर्न सुन्दर स्वरूपमा जिउन सक्‍ने हदसम्‍म परमेश्‍वरको निम्ति सर्वोत्तम प्रेम हासिल गर्न र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नका लागि थियो। बाहिरी रूपमा तिनीहरू फरक थिए, र त्यसरी नै तिनीहरूका सार पनि फरक थिए। तिनीहरूमध्ये कसलाई सिद्ध पारियो भन्‍ने कुरा तिनीहरूले कति काम गरे भन्‍ने आधारमा तैँले निर्धारित गर्न सक्दैनस्। पत्रुसले परमेश्‍वरलाई प्रेम गर्ने व्यक्तिको स्वरूपअनुसार जिउन, परमेश्‍वरमा समर्पित व्यक्ति बन्‍न, काटछाँट स्वीकार गर्ने व्यक्ति बन्‍न, र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने व्यक्ति बन्‍न खोजी गरे। तिनी आफैलाई परमेश्‍वरमा अर्पण गर्न, आफ्‍नो सम्पूर्णतालाई परमेश्‍वरको हातमा समर्पित गर्न, र मृत्युसम्‍मै उहाँमा समर्पित हुन सक्षम थिए। यो नै तिनले गर्छु भनेर संकल्‍प गरेको कुरा थियो, र अझ भन्‍ने हो भने तिनले हासिल गरेको कुरा यही थियो। आखिरमा उनको अन्त्य किन पावलको भन्दा फरक भयो त्यसको आधारभूत कारण यही हो। पवित्र आत्‍माले पत्रुसमा गर्नुभएको काम तिनलाई सिद्ध पार्नको लागि थियो, तर पवित्र आत्‍माले पावलमा गर्नुभएको काम उनलाई प्रयोग गर्नको लागि थियो। किनभने तिनीहरूका प्रकृति र खोजीसम्‍बन्धी तिनीहरूका दृष्टिकोणहरू उस्तै थिएनन्। दुवैसँग पवित्र आत्‍माको कार्य थियो। पत्रुसले यो कार्यलाई आफैमा लागू गरे, र अरूलाई पनि यो प्रदान गरे; यसबीच, पावलले पवित्र आत्माको कार्यको सम्पूर्णता मात्रै अरूलाई प्रदान गरे, तर यसबाट आफूले केही पनि प्राप्त गरेनन्। यसरी, त्यति धेरै वर्षसम्‍म पवित्र आत्माको कार्यलाई अनुभव गरिसकेपछि पनि पावलमा लगभग अस्तित्वमै नरहने परिवर्तनहरू मात्र आएका थिए। तिनी अझै पनि लगभग तिनको प्राकृतिक स्थितिमै रहिरहेका थिए, र तिनी अझै पनि पहिलेकै पावल थिए। धेरै वर्षको कार्यको कठिनाइ भोगिसकेपछि तिनले कसरी “काम” गर्ने र दृढ रहने भन्‍ने मात्रै सिकेका थिए, तर तिनको पुरानो प्रकृति—तिनको अत्यन्तै प्रतिस्पर्धी र भरौटे प्रकृति—अझै पनि रहिरहेकै थियो। धेरै वर्षसम्‍म काम गरिसकेपछि पनि तिनले आफ्‍नो भ्रष्ट स्वभाव चिनेनन्, न त तिनले आफैलाई आफ्‍नो पुरानो स्वभावबाट अलग नै गरेका थिए, र यो अझै पनि तिनको काममा स्पष्टै देख्‍न सकिन्थ्यो। तिनमा कामको थप अनुभव मात्रै थियो, तर त्यति थोरै अनुभवले मात्रै तिनलाई परिवर्तन गर्न सक्दैनथ्यो र अस्तित्वसम्बन्धी तिनका दृष्टिकोणहरू वा तिनको खोजीको महत्त्व बदल्न सक्दैनथ्यो। तिनले ख्रीष्‍टको निम्ति धेरै वर्ष काम गरेका र फेरि प्रभु येशूलाई कहिल्यै नसताएका भए तापनि, तिनको हृदयभित्र परमेश्‍वरसम्‍बन्धी ज्ञानमा कुनै परिवर्तन आएको थिएन। यसको अर्थ तिनले आफैलाई परमेश्‍वरमा समर्पित गर्नको लागि काम गरेनन्, बरु तिनी आफ्‍नो भविष्यको गन्तव्यको लागि काम गर्न बाध्य थिए भन्‍ने हुन्छ। किनभने, सुरुमा उनले ख्रीष्‍टलाई सताए, र तिनी ख्रीष्‍टमा समर्पित भएनन्; तिनी अन्तर्निहित रूपमै ख्रीष्‍टलाई जानीजानी विरोध गर्ने विद्रोही, र पवित्र आत्‍माको कामको बारेमा कुनै ज्ञान नभएको व्यक्ति थिए। उनको काम लगभग समाप्त हुन लागेको बेला पनि, तिनलाई पवित्र आत्‍माको कार्यको बारेमा थाहा थिएन, र तिनले पवित्र आत्‍माका अभिप्रायलाई अलिकति पनि ध्यान नदिईकन आफ्‍नै चरित्रअनुसार काम मात्रै गरे। त्यसकारण उनको प्रकृति ख्रीष्टप्रति शत्रुवत् थियो र त्यो सत्यताप्रति समर्पित भएन। पवित्र आत्‍माको कार्यले त्यागेको, पवित्र आत्‍माको कार्यलाई नचिन्‍ने, र ख्रीष्‍टलाई पनि विरोध गर्ने यस्तो कुनै व्यक्तिले कसरी मुक्ति पाउन सक्छ र? मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले कति धेरै काम गर्छ, वा ऊ कति धेरै समर्पित हुन्छ भन्‍ने कुरामा निर्भर हुँदैन, यसलाई त उसले पवित्र आत्माको कामलाई चिनेको छ कि छैन, उसले सत्यतालाई अभ्यास गर्न सक्छ कि सक्दैन र खोजीसम्‍बन्धी उसको दृष्टिकोण सत्यतासँग मिल्छ कि मिल्दैन भन्‍ने कुराले निर्धारित गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४७७

पत्रुसले येशूलाई पछ्याउन थालेपछि प्राकृतिक प्रकाशहरू देखा परेका भए तापनि, प्रकृतिको हिसाबमा तिनी सुरुदेखि नै पवित्र आत्मामा समर्पित हुन र ख्रीष्टको खोजी गर्न इच्‍छुक व्यक्ति थिए। पवित्र आत्‍माप्रति तिनको समर्पण विशुद्ध थियो: तिनले ख्याति र सम्पत्तिको खोजी गरेनन्, तिनी त सत्यताप्रतिको समर्पणद्वारा उत्प्रेरित थिए। तीनपटक पत्रुसले ख्रीष्टलाई चिनेकोबारे इन्कार गरेका भए तापनि, र तिनले प्रभु येशूको परीक्षा गरेका भए तापनि, तिनको प्रकृतिसँग त्यस्तो हल्का मानव कमजोरीको कुनै सम्‍बन्ध थिएन, यसले तिनको भविष्यको खोजीलाई कुनै प्रभाव पारेन, र यसले तिनको परीक्षा ख्रीष्टविरोधीको कार्य थियो भनेर पर्याप्त रूपमा प्रमाणित गर्दैन। सामान्य मानव कमजोरी संसारका सबै मानिसहरूमा हुने कुरा हो—के तँ पत्रुस योभन्दा फरक थिए भन्‍ने अपेक्षा गर्छस्? पत्रुसले धेरै मूर्खतापूर्ण गल्तीहरू गरेका हुनाले के मानिसहरूले तिनको बारेमा केही निश्‍चित दृष्टिकोणहरू राख्दैनन् र? अनि पावलले गरेका सबै काम र तिनले लेखेका सबै पत्रहरूका कारण के मानिसहरूले तिनलाई श्रद्धा गर्दैनन् र? मानिस कसरी मानिसको सारलाई देख्‍न सक्षम हुन्थ्यो र? अवश्य नै जोसँग साँचो समझ हुन्छ, के तिनीहरूले त्यति सानो कुरा देख्‍न सक्छन् र? पत्रुसको धेरै वर्षको पीडादायी अनुभवको बारेमा बाइबलमा विवरण नदिइएको भए तापनि, यसले पत्रुससँग वास्तविक अनुभवहरू थिएनन् वा पत्रुस सिद्ध पारिएका थिएनन् भन्‍ने प्रमाणित गर्दैन। परमेश्‍वरको कार्यलाई मानिसले कसरी पूर्ण रूपमा बुझ्‍न सक्छ? बाइबलमा दिइएका विवरणहरू येशूले व्यक्तिगत रूपमा छनौट गर्नुभएको थिएन, ती विवरण त पछिका पुस्ताहरूले सङ्ग्रहित गरेका थिए। त्यसो भएको हुँदा, के बाइबलमा भएका सबै विवरणहरू मानिसका विचारअनुसार चुनिएका थिएनन् र? यसअलावा, पत्रुस र पावलको अन्त्यलाई पत्रहरूमा स्पष्ट रूपमा उल्‍लेख गरिएको छैन, त्यसकारण मानिसले पत्रुस र पावललाई उसका आफ्‍नै दृष्टिकोण र उसका आफ्‍नै रुचिहरूअनुसार मूल्याङ्कन गर्छ। अनि पावलले धेरै काम गरेका हुनाले, उनका “योगदानहरू” अत्यन्तै धेरै भएकाले, धेरैको तिनको भरोसा गरे। के मानिस सतही कुरामा मात्रै केन्द्रित हुँदैन र? मानिस कसरी मानिसको सार देख्‍न सक्षम हुन्थ्यो र? पावल हजारौं वर्षदेखि आराधनाको पात्र बनेको कुरालाई ध्यानमा राख्दा, तिनको कार्यलाई हतारमा इन्कार गर्ने आँट कसले गर्छ र? पत्रुस एक मछुवा मात्रै थिए, त्यसकारण उनको योगदान कसरी पावलको जत्तिकै महान् हुन सक्थ्यो र? तिनीहरूले गरेका योगदानहरूको हिसाबमा, पावललाई पत्रुसभन्दा पहिले इनाम दिइनुपर्नेथ्यो, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्नको लागि तिनी अझै बढी योग्य हुनुपर्नेथ्यो। पावललाई व्यवहार गर्ने क्रममा परमेश्‍वरले तिनका प्रतिभाहरूद्वारा मात्रै तिनलाई काम गर्न लगाउनुभयो, जबकि परमेश्‍वरले पत्रुसलाई सिद्ध पार्नुभयो भनेर कसले कल्‍पना गर्न सक्थ्यो र? प्रभु येशूले सुरुदेखि नै पत्रुस र पावलको लागि योजना बनाउनुभएको थियो भन्‍ने कुरा साँचो हुँदै होइन: बरु, तिनीहरूका अन्तर्निहित प्रकृतिअनुसार नै तिनीहरूलाई सिद्ध तुल्याइयो वा काममा लगाइयो। त्यसकारण, मानिसहरूले देख्‍ने भनेको मानिसका बाहिरी योगदानहरू मात्रै हुन्, जबकि परमेश्‍वरले मानिसको सारका साथै मानिसले सुरुदेखि नै पछ्याउने मार्ग र मानिसको खोजीको पछाडि रहेको उत्प्रेरणालाई देख्‍नुहुन्छ। मानिसहरूले कुनै पनि मानिसलाई तिनीहरूका आफ्नै धारणा र तिनीहरूका आफ्‍नै दृष्टिकोणअनुसार मापन गर्छन्, तैपनि मानिसको आखिरी अन्त्य उसका बाहिरी कुराहरूअनुसार निर्धारित हुँदैन। त्यसकारण, यदि तैँले सुरुबाटै लिने मार्ग सफलताको मार्ग हो, र खोजीप्रतिको तेरो दृष्टिकोण सुरुदेखि नै सही छ भने, तँ पत्रुसजस्तै होस्; यदि तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो भने, तैँले जेसुकै मूल्य चुकाए तापनि, तेरो अन्त्य अझै पनि पावलको जस्तै हुनेछ। जेसुकै भए तापनि, तेरो गन्तव्य के हुनेछ, र तँ सफल वा असफल हुनेछस् भन्‍ने दुवै कुरा तैँले हिँड्ने बाटो सही छ कि छैन भन्‍ने कुराले निर्धारित गर्छ, तेरो भक्ति वा तैँले चुकाउने मूल्यले निर्धारित गर्दैन। पत्रुस र पावलको सार, र तिनीहरूले पछ्याएका लक्ष्यहरू फरकफरक थिए; मानिसले यी कुराहरूलाई पत्ता लगाउन सक्दैन, र परमेश्‍वरले मात्रै यी कुराहरूलाई पूर्ण रूपमा जान्‍न सक्‍नुहुन्छ। किनभने परमेश्‍वरले मानिसको सार देख्‍नुहुन्छ, जबकि मानिसलाई उसको आफ्‍नै सारको बारेमा केही पनि थाहा हुँदैन। मानिसले मानिसभित्रको सार वा उसको वास्तविक कदलाई देख्‍न सक्दैन, तसर्थ उसले पावल र पत्रुसको असफलता र सफलताका कारणहरू पहिचान गर्न सक्दैन। धेरैजसो मानिसहरूले पत्रुसलाई नभई पावललाई आराधना गर्नुको कारण यो हो कि पावललाई सार्वजनिक कार्यको लागि प्रयोग गरिएको थियो र मानिसले यो कार्यलाई बुझ्‍न सक्छ, र त्यसकारण मानिसहरूले पावलका “उपलब्धिहरूलाई” स्वीकार गर्छन्। तर, पत्रुसका अनुभवहरू मानिसका लागि अदृश्य छन्, र तिनले जे कुराको खोजी गरे त्यसलाई कुनै पनि मानिसले प्राप्त गर्न सक्दैन, र त्यसैले मानिसमा पत्रुसप्रति कुनै चासो छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४७८

काँटछाँट र शोधनको अनुभवद्वारा पत्रुसलाई सिद्ध पारिएको थियो। तिनले भने, “मैले सधैँ परमेश्‍वरका अभिप्राय पूरा गर्नैपर्छ। मैले गर्ने सबै कुरामा म परमेश्‍वरका अभिप्राय पूरा गर्न मात्रै प्रयास गर्छु, र मलाई दण्ड वा न्याय गरिए पनि, म त्यसो गर्न खुशी नै हुन्छु।” पत्रुसले परमेश्‍वरलाई आफ्‍नो सम्पूर्णता दिए, र उनका काम, वचन, र सम्पूर्ण जीवन सबै नै परमेश्‍वरलाई प्रेम गर्नको खातिर थिए। तिनी पवित्रताको खोजी गर्ने व्यक्ति थिए, र तिनले जति धेरै अनुभव गरे, तिनको हृदयभित्रको गहिराइमा परमेश्‍वरप्रतिको तिनको प्रेम त्यति नै ठूलो बन्यो। यसबीच, पावलले बाहिरी काम मात्रै गरे, र तिनले पनि कठिन परिश्रम नै गरेका भए तापनि, तिनका परिश्रमहरू आफ्‍नो काम उचित रूपमा गरेर इनाम प्राप्त गर्नको खातिर थिए। तिनले कुनै पनि इनाम प्राप्त गर्नेछैनन् भन्‍ने तिनलाई थाहा भएको भए, तिनले आफ्‍नो काम छोड्नेथिए। पत्रुसलाई आफ्‍नो हृदयभित्रको साँचो प्रेमको बारेमा, र व्यवहारिक र हासिल गर्न सकिने कुरामा मात्रै चासो थियो। तिनले इनाम प्राप्त गर्नेछन् कि छैनन् भन्‍ने बारेमा नभई तिनको स्वभाव परिवर्तन हुन सक्छ कि सक्दैन भन्‍ने विषयमा तिनलाई चासो थियो। पावललाई सधैँ कठिन परिश्रम गर्नेबारेमा चासो थियो, तिनलाई बाहिरी काम र भक्तिको बारेमा चासो थियो, र सामान्य मानिसहरूले अनुभव नगरेका धर्मसिद्धान्तहरूका बारेमा चासो थियो। तिनलाई आफ्‍नो अन्तस्करणमा हुने परिवर्तनहरूका बारेमा चासो थिएन, न त परमेश्‍वरप्रतिको साँचो प्रेमको बारेमा नै चासो थियो। पत्रुसका अनुभवहरू परमेश्‍वरप्रतिको साँचो प्रेम र साँचो ज्ञान हासिल गर्नको लागि थियो। तिनका अनुभवहरू परमेश्‍वरसँग अझै घनिष्ठ सम्‍बन्ध प्राप्त गर्न, र व्यावहारिक जियाइ प्राप्त गर्नको लागि थियो। पावलका कामहरू येशूले तिनलाई सुम्‍पिनुभएको कारण र तिनले तृष्णा गरेका कुराहरू प्राप्त गर्नको लागि गरिएका थिए, तर ती काम तिनको आफ्नै बारेको ज्ञान र परमेश्‍वरबारेको ज्ञानसँग सम्‍बन्धित थिएनन्। तिनको कार्य सजाय र न्यायबाट उम्‍कनको खातिर मात्रै थियो। पत्रुसले खोजेको चोखो प्रेम थियो, तर पावलले खोजेको धार्मिकताको मुकुट थियो। पत्रुसले धेरै वर्ष पवित्र आत्‍माको कार्य अनुभव गरेका थिए, र तिनमा ख्रीष्‍टको बारेमा व्यवहारिक ज्ञानका साथै आफ्‍नै बारेमा पनि गहन ज्ञान थियो। त्यसकारण, परमेश्‍वरप्रतिको तिनको प्रेम चोखो थियो। धेरै वर्षको शोधनले येशू र जीवनसम्‍बन्धी उनको ज्ञानलाई उच्‍च पारेको थियो, र तिनको प्रेम निसर्त प्रेम थियो, यो स्वतस्फूर्त प्रेम थियो, र तिनले सट्टामा केही पनि मागेनन्, न त तिनले कुनै लाभहरूको आशा नै गरे। पावलले धेरै वर्षसम्‍म काम गरे, तैपनि तिनमा ख्रीष्‍टसम्‍बन्धी ठूलो ज्ञान थिएन, र तिनको आफ्‍नै बारेको ज्ञान निकै सानो थियो। ख्रीष्टप्रति तिनमा प्रेम नै थिएन, र तिनको काम र तिनले दौडेको दौड आखिरी सम्मान प्राप्त गर्नको लागि थियो। तिनले खोजेको कुरा उत्तम मुकुट थियो, विशुद्ध प्रेम थिएन। तिनले सक्रिय रूपमा होइन, निष्क्रिय रूपमा खोजी गरे; तिनले आफ्‍नो कर्तव्य निभाइरहेका थिएनन्, तर पवित्र आत्‍माको कार्यले तिनलाई आफ्‍नो पकडमा लिइसकेपछि तिनी खोजी गर्न बाध्य भए। त्यसकारण, तिनको खोजीले तिनी मानक पूरा गर्ने सृष्टि गरिएको प्राणी थिए भन्‍ने प्रमाणित गर्दैन; मानक पूरा गर्ने सृष्टि गरिएको प्राणी त पत्रुस नै थिए जसले आफ्‍नो कर्तव्य पूरा गरे। मानिस परमेश्‍वरका निम्ति योगदान दिने सबैले इनाम प्राप्त गर्नुपर्छ, र योगदान जति ठूलो हुन्छ, त्यो परमेश्‍वरलाई मन पर्नु त्यति नै स्वाभाविक र सही हुन्छ भन्ने सोच्छन्। मानिसको दृष्टिकोणको सार लेनदेनमा आधारित छ, र ऊ सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य सक्रिय रूपमा पूरा गर्ने प्रयास गर्दैन। परमेश्‍वरका लागि, मानिसहरूले परमेश्‍वरप्रति साँचो प्रेम र परमेश्‍वरप्रति पूर्ण समर्पण गर्न जति बढी पछ्याउँछन्, अर्थात्, तिनीहरू सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न जति खोज्छन्, तिनीहरू त्यति नै बढी परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। परमेश्‍वरको दृष्टिकोण भनेको मानिसलाई उसको मूल कर्तव्य र हैसियतलाई पुनर्प्राप्त गर्न लगाउनु हो। मानिस सृजित प्राणी हो, त्यसकारण मानिसले परमेश्‍वरबाट कुनै पनि माग गरेर सीमा नाघ्‍नु हुँदैन, र सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य निर्वाह गर्नेबाहेक अरू केही पनि गर्नु हुँदैन। पावल र पत्रुसको गन्तव्यको मापन तिनीहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सके कि सकेनन् भन्‍ने कुराअनुसार गरियो, र तिनीहरूका योगदानको अधिकताअनुसार गरिएन; तिनीहरूको गन्तव्य तिनीहरूले सुरुदेखि नै पछ्याएको कुराअनुसार निर्धारित भयो, तिनीहरूले कति काम गरे, वा अरू मानिसहरूले तिनीहरूको आँकलन कसरी गरे भन्ने कुराअनुसार निर्धारित भएन। त्यसकारण, सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य सक्रियताका साथ निर्वाह गर्न खोज्‍नु नै सफलताको मार्ग हो; परमेश्‍वरप्रतिको साँचो प्रेम पछ्याउने मार्ग नै सबैभन्दा सही मार्ग हो; आफ्‍नो पुरानो स्वभाव परिवर्तन गर्न र परमेश्‍वरप्रतिको चोखो प्रेम पछ्याउनु नै सफलताको मार्ग हो। सफलताको त्यस्तो मार्ग नै सृजित प्राणीको मूल कर्तव्य साथै मूल स्वरूप पुनर्प्राप्त गर्ने मार्ग हो। पुनर्प्राप्तिको मार्ग यही हो, र सुरुदेखि अन्त्यसम्‍मै परमेश्‍वरको सम्पूर्ण कामको उद्देश्य पनि यही नै हो। यदि मानिसको पछ्याइ व्यक्तिगत अत्यधिक मागहरू र अनुचित लालसाहरूद्वारा कलङ्कित छ, अनि यसले हासिल गर्ने नतिजा मानिसको स्वभावमा परिवर्तन हुँदैन भने, यो पुनर्प्राप्तिको कार्यको विपरीत हुन्छ। यो अवश्य नै पवित्र आत्माद्वारा गरिएको काम होइन, त्यसकारण यसले यस प्रकारको पछ्याइलाई परमेश्‍वर अनुमोदन गर्नुहुन्न भन्‍ने कुरा प्रमाणित गर्छ। परमेश्‍वरले अनुमोदन नगर्नुभएको पछ्याइको के महत्त्व हुन्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४७९

पावलले गरेका काम मानिसको अघि प्रदर्शन गरियो, तर परमेश्‍वरप्रतिको तिनको प्रेम कति चोखो थियो र तिनले आफ्‍नो हृदयको अन्तस्करणमा परमेश्‍वरलाई कति धेरै प्रेम गर्थे—मानिसले यी कुराहरू देख्‍न सक्दैन। तिनले गरेको काम मात्रै मानिसले देख्‍न सक्छ, जसद्वारा मानिसले तिनी अवश्य नै पवित्र आत्माद्वारा प्रयोग गरिएका थिए भन्‍ने जान्‍दछ, र त्यसकारण मानिसले सोच्छ कि पावल पत्रुसभन्दा उत्तम थिए र तिनको काम पावलको भन्दा महान् थियो, किनभने तिनले मण्डलीहरूलाई आवश्यक पोषण प्रदान गर्न सकेका थिए। पत्रुसले आफ्‍नो व्यक्तिगत अनुभवहरूलाई मात्रै हेरे र उनले बेलाबेलामा गर्ने कामको अवधिमा थोरै मानिसहरूलाई मात्रै प्राप्त गरे। तिनका एकदुई वटा त्यति परिचित नरहेका पत्रहरू मात्रै छन्, तर तिनको हृदयको अन्तस्करणमा परमेश्‍वरको लागि कति महान् प्रेम थियो भन्‍ने कुरा कसलाई थाहा छ र? पावलले दिनरात परमेश्‍वरको लागि काम गर्थे: गर्नुपर्ने काम हुन्जेलसम्म उनले त्यो काम गर्थे। यसरी काम गर्दा तिनले मुकुट प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्‍नेछन् भन्‍ने तिनलाई लागेको थियो, तर तिनले आफ्‍नो कामद्वारा आफैमा परिवर्तन ल्याउने तरिकाहरूको खोजी गरेनन्। परमेश्‍वरका अभिप्रायहरू पूरा नगरेका पत्रुसको जीवनको कुनै पनि कुराले तिनलाई असहज महसुस गराउँथ्यो। यसले परमेश्‍वरका अभिप्रायहरू पूरा नगर्दा, तिनलाई पछुतो हुन्थ्यो, र परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्ने प्रयास गर्नका लागि तिनले उचित मार्गको खोजी गर्थे। तिनले आफ्नो जीवनको सबैभन्दा सानो र महत्त्वहीन पक्षहरूमा समेत आफूलाई परमेश्‍वरका अभिप्राय पूरा गर्न लगाउनुपर्थ्यो। आफ्‍नो पुरानो स्वभावको हकमा पनि तिनको मापदण्ड कम थिएन, त्यसैले तिनले सत्यतामा अझै गहन रूपमा अघि बढ्नको लागि आफैलाई झन्-झन् कठिन मापदण्डहरू दिन्थे। तर पावलले सतही सम्‍मान र हैसियत मात्रै खोज्थे। तिनले आफैलाई मानिसको अघि प्रदर्शन गर्न खोज्थे, र जीवन प्रवेशमा कुनै पनि गहन प्रगति गर्ने प्रयास गर्दैनथे। तिनलाई वास्तविकताको होइन धर्मसिद्धान्तको चासो थियो। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरको लागि पावलले धेरै काम गरे, तर किन तिनलाई परमेश्‍वरले सम्झनुभएन? पत्रुसले परमेश्‍वरको लागि थोरै कामबाहेक केही पनि गरेनन्, र मण्डलीहरूप्रति ठूलो योगदान दिएनन्, अनि किन तिनलाई नै सिद्ध पारियो?” परमेश्‍वरले चाहनुभएको निश्‍चित विन्दुसम्‍म पत्रुसले परमेश्‍वरलाई प्रेम गरे; यस्ता मानिसहरूसित मात्रै गवाही हुन्छ। पावलको विषयमा के भन्‍ने? कुन हदसम्‍म पावलले परमेश्‍वरलाई प्रेम गरे? के तँलाई थाहा छ? पावलको काम केको लागि गरियो? अनि पत्रुसको काम केको लागि गरियो? पत्रुसले त्यति धेरै काम गरेनन्, तर तिनको हृदयको अन्तस्करणभित्र के थियो, तँलाई थाहा छ? पावलको काम मण्डलीहरूको निम्ति प्रावधान, र मण्डलीहरूको सहयोगसँग सम्‍बन्धित थियो। पत्रुसले अनुभव गरेका कुराहरूचाहिँ तिनको जीवन स्वभावका परिवर्तनहरू थिए; तिनले परमेश्‍वरप्रतिको प्रेम अनुभव गरे। तिनीहरूका सारका भिन्‍नताहरू अब तँलाई थाहा भएको हुनाले, तँ आखिरमा कसले साँचो रूपमा परमेश्‍वरलाई विश्वास गर्‍यो, र कसले परमेश्‍वरलाई साँचो रूपमा विश्वास गरेन भनेर देख्‍न सक्छस्। तिनीहरूमध्ये एक जनाले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्‍यो, तर अर्कोले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गरेन; एकजनाको स्वभाव परिवर्तन भयो, तर अर्कोको भएन; एउटाले नम्रताको साथ सेवा गर्‍यो, र ऊ सजिलोसित मानिसहरूको दृष्टिमा परेन, तर अर्कोलाई मानिसहरूले आराधना गरे, र ऊ ठूलो छवि भएको व्यक्ति थियो; एउटाले पवित्रताको खोजी गर्‍यो, तर अर्कोले खोजी गरेन, र ऊ अशुद्ध नै चाहिँ नभए पनि उसमा चोखो प्रेम थिएन; एकजनामा साँचो मानवता थियो, तर अर्कोमा थिएन; एकजनामा सृजित प्राणीको समझ थियो, र अर्कोमा थिएन। पावल र पत्रुसको सारमा रहेका भिन्‍नताहरू यिनै हुन्। पत्रुस हिँडेको मार्ग सफलताको मार्ग थियो, जुन सामान्य मानवता पुनर्प्राप्त गर्ने र सृजित प्राणीको कर्तव्य पुनर्प्राप्त गर्ने मार्ग थियो। पत्रुस सफल भएकाहरू सबैलाई प्रतिनिधित्व गर्छन्। पावल हिँडेको मार्ग असफलताको मार्ग थियो, र तिनी आफू स्वयम्‌लाई सतही रूपमा समर्पित र अर्पित गर्ने, अनि परमेश्‍वरलाई प्रेम गर्ने सच्‍चा हृदय नभएकाहरू सबैलाई प्रतिनिधित्व गर्छन्। पावल सत्यता नभएकाहरू सबैलाई प्रतिनिधित्व गर्छन्। पत्रुसले परमेश्‍वरमाथिको विश्‍वासमा सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुराप्रति समर्पित हुन खोजे। तिनले एउटा पनि गुनासो व्यक्त नगरी सजाय र न्यायका साथै शोधन, सङ्कष्ट र अभावपूर्ण जीवन स्वीकार गर्न सके। यीमध्ये कुनै पनि कुराले परमेश्‍वरलाई प्रेम गर्ने तिनको हृदयलाई बदल्न सकेन। के यो परमेश्‍वरप्रतिको परम प्रेम थिएन र? के यो सृजित प्राणीको कर्तव्य पूरा गर्नु थिएन र? चाहे त्यो सजायमा होस्, न्यायमा होस् वा सङ्कष्टमा होस्, तँ मृत्युसम्‍मै समर्पण हासिल गर्न सक्छस्, र सृजित प्राणीले हासिल गर्नुपर्ने कुरा यही हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही हो। यदि मानिसले यति हासिल गर्न सक्छ भने, ऊ मानकअनुरूपको सृजित प्राणी हो, र सृष्टिकर्ताका अभिप्राय त्यसले भन्दा राम्ररी अरू केहीले पूरा गर्दैन। तँ परमेश्‍वरका लागि काम गर्न सक्छस्, तैपनि तँ परमेश्‍वरप्रति समर्पित हुँदैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस् भनेर कल्पना गर्। यसरी, तैँले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा नगरेको मात्रै हुनेछैनस्, तँलाई त परमेश्‍वरले दोषी पनि ठहराउनुहुनेछ, किनभने तँ सत्यता नभएको, परमेश्‍वरप्रति समर्पित हुन नसक्ने, र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। तँ परमेश्‍वरका लागि काम गर्ने कुराको मात्रै वास्ता गर्छस्, तर सत्यता अभ्यास गर्ने वा आफैलाई चिन्‍ने कुराको वास्ता गर्दैनस्। तँ सृष्टिकर्तालाई बुझ्दैनस् वा चिन्दैनस्, तँ सृष्टिकर्ताप्रति समर्पित हुँदैनस् वा उहाँलाई प्रेम गर्दैनस्, र तँ जन्मजातै परमेश्‍वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। यिनै कारणहरूले गर्दा नै सृष्टिकर्ता त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४८०

कतिपय मानिसहरू भन्छन्, “पावलले ठूलो मात्रामा काम गरे, र मण्डलीहरूका लागि तिनले ठूलो भार थामे र तिनीहरूका निम्ति धेरै योगदान दिए। पावलका तेह्र वटा पत्रहरूले २,००० वर्षको अनुग्रहको युग धान्यो र ती पत्रहरू सुसमाचारका चार पुस्तकको तुलनमा मात्र दोस्रोमा गनिन्छन्। कसलाई तिनीसित तुलना गर्न सकिन्छ? यूहन्‍नाको प्रकाशको पुस्तकलाई कसैले पनि अर्थ्याउन सक्दैन, जबकि पावलका पत्रहरूले जीवन प्रदान गर्छन्, र तिनले गरेको काम मण्डलीहरूका लागि लाभदायक थियो। अरू कसले यस्ता कुराहरू हासिल गर्न सक्थ्यो र? अनि पत्रुसले के नै काम गर्‍यो र?” जब मानिसले अरूको मापन गर्छ, उसले तिनीहरूको योगदानअनुसार नै मापन गर्छ। जब परमेश्‍वरले मानिसको मापन गर्नुहुन्छ, उहाँले मानिसको प्रकृतिअनुसार मापन गर्नुहुन्छ। जीवनको खोजी गर्नेहरूमध्ये, पावल आफ्‍नै सार थाहा नभएका व्यक्ति थिए। तिनी नम्र वा समर्पित थिँदै थिएनन्, न त तिनलाई परमेश्‍वरको विरोधमा रहेको आफ्नो सारबारे नै थाहा थियो। त्यसैले, तिनी विस्तृत अनुभवहरूबाट नगुज्रेका र सत्यतालाई अभ्यास नगरेका व्यक्ति थिए। तर पत्रुस फरक थिए। तिनलाई आफ्‍ना असिद्धता, कमजोरी, र सृष्टि गरिएको प्राणीको रूपमा आफूमा रहेको भ्रष्ट स्वभावको बारेमा थाहा थियो, र त्यसकारण उनमा आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि अभ्यासको मार्ग थियो; तिनी धर्मसिद्धान्त मात्रै भएका तर कुनै वास्तविकता नभएकाहरूमध्येका एक थिएनन्। परिवर्तन हुनेहरू मुक्ति पाएका नयाँ मानिसहरू हुन्, तिनीहरू सत्यताको खोजी गर्नको लागि योग्य मानिसहरू हुन्। परिवर्तन नहुने मानिसहरू प्राकृतिक रूपमै थोत्रा मानिसहरू हुन्; तिनीहरू मुक्ति नपाएका, अर्थात् परमेश्‍वरले तिरस्कार गरेका मानिस हुन्। तिनीहरूको काम जति नै ठूलो भए तापनि तिनीहरूलाई परमेश्‍वरले स्मरण गर्नुहुनेछैन। जब तँ यसलाई तेरो आफ्‍नै खोजीसँग तुलना गर्छस्, तब तँ आखिर पत्रुसजस्तो व्यक्ति होस् कि पावल जस्तो व्यक्ति होस्, स्पष्ट हुन्छ। तैँले जे खोजी गर्छस् त्यसमा अझै पनि कुनै सत्यता छैन भने, र आज समेत तँ पावलजस्तै अहङ्कारी र अटेरी छस्, र अझै पनि तिनीजस्तै गफ हाँक्‍ने र धाक लाउने छस् भने, तँ अवश्य नै असफल हुने पथभ्रष्ट व्यक्ति होस्। यदि तँ पत्रुसले खोजी गरेकै कुरा खोज्छस्, यदि तँ अभ्यासहरू र साँचो परिवर्तनहरूको खोजी गर्छस्, अनि तँ अहङ्कारी वा हठी छैनस्, तर तैँले आफ्‍नो कर्तव्य पूरा गर्छस् भने, तँ विजय हासिल गर्न सक्‍ने सृष्टि गरिएको प्राणी बन्‍नेछस्। पावललाई आफ्‍नो सार वा भ्रष्टताको बारेमा थाहा थिएन, झन् तिनलाई आफ्नो विद्रोहीपनबारे थाहा हुने त कुरै नगरौँ। ख्रीष्‍टप्रतिको तिनको घृणित अवज्ञालाई तिनले कहिल्यै उल्‍लेख गरेनन्, न त तिनले अत्यन्तै अफसोस नै गरेका थिए। तिनले छोटो स्पष्टीकरण मात्रै दिए र तिनी आफ्‍नो हृदयको अन्तस्करणमा परमेश्‍वरप्रति पूर्ण रूपमा अर्पित भएनन्। तिनी दमस्कसको बाटोमा लडेको भए तापनि, तिनले आफैभित्रको गहिराइमा हेरेनन्। तिनी निरन्तर काम गरिरहनमै सन्तुष्ट थिए, र तिनले आफैलाई चिन्‍नु र आफ्‍नो पुरानो स्वभाव परिवर्तन गर्नुलाई सबैभन्दा महत्त्वपूर्ण मामिलाको रूपमा लिएनन्। तिनी सत्यता बोल्‍नुमा, आफ्‍नो विवेकको मलमको रूपमा अरूको लागि आवश्यक पोषण प्रदान गर्नुमा, र आफ्‍नो विगतको पापहरूको लागि आफैलाई सान्त्वना दिन र आफैलाई क्षमा दिन येशूका चेलाहरूलाई त्यसउप्रान्त नसताउनुमा नै सन्तुष्ट थिए। तिनले पछ्याएको लक्ष्य भविष्यको मुकुट र सङ्क्रमणकालीन कार्यभन्दा अरू केही थिएन, उनले पछ्याएको लक्ष्य प्रशस्‍त अनुग्रह प्राप्त गर्नु थियो। तिनले पर्याप्त सत्यतापछ्याएनन्, न त पहिले आफूले नबुझेको सत्यतामा अझै गहन प्रगति गर्न नै पछ्याए। त्यसकारण तिनको आफ्‍नो बारेको ज्ञानलाई नकली भनेर भन्‍न सकिन्छ, र तिनले सजाय वा न्यायलाई स्वीकार गरेनन्। तिनले काम गर्न सके भन्दैमा तिनलाई आफ्‍नो प्रकृति वा सारको ज्ञान थियो भन्‍ने हुँदैन; तिनको ध्यान भनेको बाहिरी अभ्यासहरूमा मात्रै केन्द्रित थियो। यसअलावा, तिनी जेको लागि मरिमेट्थे त्यो परिवर्तन होइन, ज्ञान थियो। तिनको काम पूर्ण रूपमा दमस्कसको बाटोमा येशू देखा पर्नुभएको घटनाको परिणाम थियो। यो तिनले सुरुदेखि नै गर्ने भनी अठोट गरेको कुरा थिएन, न त तिनले आफ्नो पुरानो स्वभावको काटछाँट स्वीकार गरिसकेपछि गरिएको कार्य नै थियो। तिनले जसरी काम गरेको भए तापनि, तिनको पुरानो स्वभाव परिवर्तन भएन, र त्यसकारण तिनको कार्यले तिनले विगतमा गरेका पापहरूको प्रायश्‍चित गरेन, त्यो समयका निश्‍चित मण्डलीहरूमाझ कही निश्‍चित भूमिका मात्रै निर्वाह गर्‍यो। यस्तो व्यक्ति जसको पुरानो स्वभाव परिवर्तन भएन—भन्‍नुको अर्थ, जसले मुक्ति प्राप्त गरेन र जसमा सत्यताको झन् धेरै कमी थियो—तिनी प्रभु येशूले स्वीकार गर्नुभएकाहरूमध्ये एक बन्‍न सक्दैनथे। तिनी येशू ख्रीष्‍टप्रतिको प्रेम र डरले भरिएका व्यक्ति थिएनन्, न त तिनी सत्यताको खोजी गर्नमा सिपालु व्यक्ति नै थिए, तिनी देहधारणको रहस्यलाई खोज्‍ने व्यक्ति थिए भन्‍ने त कुरै नगरौं। तिनी शब्दजालमा निपुर्ण रहेका व्यक्ति मात्रै थिए, र आफूभन्दा उच्‍च वा सत्यता भएका कसैप्रति पनि समर्पित नहुने व्यक्ति थिए। आफ्नो विपरीत वा आफूप्रति शत्रुवत रहेका मानिसहरू वा सत्यताहरूप्रति तिनी डाहा गर्थे, र महान् छवि प्रस्तुत गर्ने र गहन ज्ञान भएका प्रतिभावान् मानिसहरूलाई रुचाउँथे। साँचो मार्गको खोजी गर्ने र सत्यताबाहेक अरू केही कुरामा चासो नदिने गरिब मानिसहरूसँग कुराकानी गर्न तिनलाई मन पर्दैनथ्यो, बरु धर्मसिद्धान्तहरूको बारेमा मात्रै कुरा गर्ने र प्रशस्‍त ज्ञान भएका धार्मिक संस्थाका उच्‍च पदाधिकारीहरूसँग उठबस गर्नमा चासो राख्‍थे। पवित्र आत्माको नयाँ कार्यप्रति तिनीसँग कुनै प्रेम थिएन र पवित्र आत्माको नयाँ कार्यको अभियानमा तिनलाई चासो थिएन। बरु, आम सत्यताहरूभन्दा माथि रहेका नियम र धर्मसिद्धान्तहरूलाई नै तिनी मन पराउँथे। तिनको जन्मजात सार र तिनको खोजीको सम्पूर्णतालाई हेर्दा, तिनलाई सत्यता खोजी गर्ने इसाई भनेर भन्‍नु योग्य हुँदैन, परमेश्‍वरको घरको विश्‍वासयोग्य सेवक भनेर भन्‍नु त झन् योग्य हुने कुरै आउँदैन, किनभने तिनको ढोँगीपन अत्यन्तै धेरै थियो, र तिनको विद्रोहीपन अत्यन्तै ठूलो थियो। तिनी प्रभु येशूको सेवकको रूपमा चिनिए तापनि, तिनी स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न योग्य थिएनन्, किनभने सुरुदेखि अन्त्यसम्‍मका तिनका कार्यहरूलाई धर्मी भनेर भन्‍न सकिँदैन। तिनलाई पाखण्डी र अधर्म गर्ने, तर ख्रीष्टको लागि पनि काम गर्ने व्यक्तिको रूपमा मात्रै हेर्न सकिन्छ। तिनलाई दुष्ट भनेर भन्‍न नसकिए तापनि, तिनलाई अधर्म गर्ने मानिस भनेर भन्‍नु उपयुक्त नै हुन्छ। तिनले धेरै काम गरे, तैपनि तिनलाई तिनले गरेको कामको मात्राको आधारमा होइन, त्यसको गुणस्तर र सारको आधारमा मात्रै मूल्याङ्कन गरिनुपर्छ। यसरी मात्रै यस विषयको भित्रसम्म पुग्‍न सम्‍भव हुन्छ। तिनले सधैँ यस्तो विश्‍वास गरे: “म काम गर्न सक्षम छु; म धेरैजसो मानिसहरूभन्दा उत्तम छु; मैले प्रभुको बोझलाई जति विचार पुर्‍याउनु सक्छु त्यति कसैले पनि सक्दैन, र मैले जत्तिको गहन रूपमा कसैले पनि पश्‍चात्ताप गर्दैन, किनभने महान्‌ ज्योति ममाथि चम्किएको छ, र मैले महान्‌ ज्योति देखेको छु, र त्यसकारण मेरो पश्‍चात्ताप अरू कसैको भन्दा गहन छ।” त्यो बेला, उनले आफ्‍नो हृदयमा यही सोचे। आफ्‍नो कामको अन्त्यतिर, पावलले भने: “मैले लडाइ लडेको छु, मैले मेरो दौड सिध्याएको छु, र मेरो लागि धार्मिकताको मुकुट राखिएको छ।” तिनको लडाइ, काम, र यात्रा पूर्ण रूपमा धार्मिकताको मुकुटकै खातिर थियो, र तिनी सक्रिय रूपमा अघि बढेनन्। आफ्‍नो काममा तिनी झारातिरुवा नरहेको भए तापनि, तिनले आफ्‍ना गल्तीहरूको पूर्ति गर्न, आफ्नो विवेकका ग्‍लानिहरूको भरपाई गर्न मात्रै काम गरेका थिए भनेर भन्‍न सकिन्छ। तिनले आफूले तृष्णा गरेको धार्मिकताको मुकुटलाई चाँडोभन्दा चाँडो प्राप्त गर्न सकूँ भनेर सक्दो चाँडो आफ्‍नो काम सिध्याउने, दौड पूरा गर्ने, र लडाइ लड्ने आशा मात्रै गरेका थिए। तिनले आफ्‍ना अनुभवहरू र साँचो ज्ञानमार्फत प्रभु येशूलाई भेट्ने चाहना गर्नुको सट्टा आफ्नो कामले कमाएका इनामहरू प्रभु येशूलाई भेट्नेबित्तिकै प्राप्त गर्न सकूँ भनेर जतिसक्दो चाँडो आफ्‍नो काम समाप्त गर्ने तृष्णा गरे। तिनले आफैलाई सान्त्वना दिन र भविष्यको मुकुट पाउनको लागि आफ्‍नो कामको प्रयोग गरे। तिनले सत्यता वा परमेश्‍वरलाई होइन, मुकुटलाई मात्रै खोजे। त्यस्तो खोजी कसरी मापदण्डको स्तरमा पुग्‍न सक्छ? तिनको उत्प्रेरणा, तिनको कार्य, तिनले चुकाएको मूल्य, र तिनका सबै प्रयासहरू—ती सबै नै तिनका सुन्दर कल्‍पनाहरूले व्याप्त थिए, र तिनले पूर्ण रूपमा आफ्‍नै चाहनाहरूअनुसार काम गरे। तिनको सम्पूर्ण काममा, तिनले चुकाएको मूल्यभित्र तत्परताको थोरै अंश पनि थिएन; तिनी लेनदेन गर्ने कार्यमा मात्रै संलग्‍न भएका थिए। आफ्‍नो कर्तव्य पूरा गर्नको लागि मात्रै तिनले स्वेच्‍छाले प्रयासहरू गरेका थिएनन्, बरु लेनदेनको उद्देश्य हासिल गर्नको लागि मात्रै स्वेच्‍छाले ती प्रयास गरेका थिए। के त्यस्ता प्रयासहरूको कुनै मूल्य छ र? तिनका अशुद्ध प्रयासहरूलाई कसले तारिफ गर्छ र? त्यस्ता प्रयासहरूप्रति कसैसँग कुनै चासो छ र? तिनको काम भविष्यका सपनाहरूले भरिएको थियो, सुन्दर योजनाले भरिएको थियो, तर त्यसमा मानव स्वभावलाई परिवर्तन गर्ने कुनै मार्ग समावेश थिएन। तिनका धेरैजसो उपकारहरू बहाना मात्रै थिए; तिनको कार्यले जीवन प्रदान गरेन, त्यो त देखावटी शिष्टाचार मात्रै थियो; त्यो लेनदेन गर्ने कार्य मात्रै थियो। त्यस्तो कार्यले मानिसलाई कसरी आफ्‍नो मूल कर्तव्य पुनर्प्राप्त गर्ने मार्गमा डोर्‍याउन सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४८१

पत्रुसले पछ्याएका सबै कुरा परमेश्‍वरका अभिप्रायहरूअनुरूप थिए। उनले परमेश्‍वरका अभिप्रायहरूको सन्तुष्टि पछ्याए र उनी आफूले कष्ट र सङ्कष्ट भोग्नुपरे पनि, अझै परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न इच्छुक थिए। परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको योभन्दा ठूलो पछ्याइ हुँदैन। पावलले पछ्याएको कुरा उसको आफ्नै देह, आफ्नै धारणाहरू अनि आफ्नै योजना र युक्तिहरूद्वारा दूषित भएको थियो। ऊ कुनै पनि हालतमा मानकअनुरूपको सृजित प्राणी थिएन; ऊ परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न खोज्ने व्यक्ति थिएन। पत्रुसले आफूलाई परमेश्‍वरका योजनाबद्ध कार्यहरूको कृपामा छोड्नुलाई पछ्याए र उनले गरेको काम ठूलो नभए पनि, उनको पछ्याइपछाडिको उत्प्रेरणा र उनी हिँडेको मार्ग सही थियो; अर्थात्, उनले धेरै मानिस प्राप्त गर्न नसके पनि, सत्यताको मार्ग पछ्याउन सके। यसैकारण उनी मानकअनुरूपको सृजित प्राणी थिए भनेर भन्न सकिन्छ। आज, तँ कामदार नभए पनि, तैँले सृजित प्राणीको कर्तव्य पूरा गर्न र सबै कुरा परमेश्‍वरका योजनाबद्ध कार्यहरूको कृपामा छोड्नुलाई पछ्याउन सक्नुपर्छ। तँ परमेश्‍वरले भन्ने जुनसुकै कुराप्रति समर्पित हुन सक्नुपर्छ र सबै प्रकारका सङ्कष्ट र शोधन अनुभव गर्न सक्षम हुनुपर्छ अनि तैँले आफू कमजोर भए पनि, आफ्नो हृदयमा अझै पनि परमेश्‍वरलाई प्रेम गर्न सक्नुपर्छ। आफ्नो जीवनको जिम्मेवारी लिनेहरू सृजित प्राणीको कर्तव्य पूरा गर्न इच्छुक हुन्छन् र त्यस्ता मानिसहरूको पछ्याइपछाडिको दृष्टिकोण सही हुन्छ। परमेश्‍वरलाई आवश्यक पर्ने मानिसहरू यिनै हुन्। यदि तैँले धेरै काम गरिस् र अरूले तँबाट मार्गदर्शन प्राप्त गरे तर तँ आफै परिवर्तन भइनस् अनि कुनै गवाही दिइनस् वा तँसँग कुनै साँचो अनुभव भएन, जसले गर्दा तेरो जीवनको अन्त्यमा, तैँले गरेका कुनै पनि कुराले अझै गवाही दिँदैन भने, के तँ परिवर्तनबाट गुज्रेको व्यक्ति होस् र? के तँ सत्यता पछ्याउने व्यक्ति होस्? त्यसबेला, पवित्र आत्माले तँलाई प्रयोग गर्नुभयो तर जब उहाँले तँलाई प्रयोग गर्नुभयो, तब उहाँले काम गर्न प्रयोग गर्न सकिने तेरो भागलाई प्रयोग गर्नुभयो र उहाँले प्रयोग गर्न नसकिने तेरो भागलाई प्रयोग गर्नुभएन। यदि तैँले परिवर्तनहरू पछ्याएको भए, तँ प्रयोग गरिने प्रक्रियाको दौरान बिस्तारै सिद्ध पारिनेथिइस्। तैपनि तँ अन्ततः प्राप्त गरिन्छस् कि गरिँदैनस् भन्‍ने कुराका लागि पवित्र आत्मा पूर्णतया जिम्मेवार हुनुहुन्न—यो त तेरो पछ्याइ ठ्याक्कै कसरी अघि बढ्छ भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तेरो व्यक्तिगत स्वभावमा कुनै परिवर्तनहरू हुँदैनन् भने, त्यो तेरो पछ्याइपछाडिको दृष्टिकोण गलत भएकाले गर्दा हो। यदि तँलाई कुनै इनाम दिइँदैन भने, त्यो तेरो आफ्नै समस्या हो, किनभने तँ आफैले सत्यता अभ्यास नगरेको होस् र तँ परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न असक्षम छस्। र त्यसैले, तेरा व्यक्तिगत अनुभवहरूभन्दा महत्त्वपूर्ण कुरा कुनै छैन र तेरो व्यक्तिगत प्रवेशभन्दा महत्त्वपूर्ण कुरा कुनै छैन! कतिपय मानिसले अन्त्यमा यसो भन्नेछन्, “मैले तपाईँका लागि यति धेरै काम गरेको छु र मैले केही हासिल नगरेको भए पनि, कष्ट सहेको छु। के तपाईँ मलाई जीवनको फल खान स्वर्गमा प्रवेश गर्न दिन सक्नुहुन्न?” म कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; फोहोरीहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, फोहोरीहरूलाई पवित्र भूमि अपवित्र बनाउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहोरी हुन्छस्, र तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुन्छ! संसारको सृष्टि भएदेखि अहिलेसम्‍म, मेरो चापलुसी गर्नेहरूलाई मैले राज्यमा त्यति सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवन पछ्याउनैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तनको पछि लाग्ने, र परमेश्‍वरको गवाही दिन र सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य निर्वाह गर्न इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूको मात्रै आश गर्छस्, र आफ्‍नो जीवन स्वभाव परिवर्तन गर्नुको पछि लाग्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४८२

पत्रुस र पावलका सारहरूमा रहेका भिन्‍नताबाट तैँले जीवन नपछ्याउनेहरू सबैले व्यर्थमा परिश्रम गर्छन् भन्‍ने बुझ्‍नुपर्छ! तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र परमेश्‍वरलाई पछ्याउँछस्, त्यसैले तँमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तैँले आफ्‍नो भ्रष्ट स्वभाव फाल्नैपर्छ, तैँले परमेश्‍वरका अभिप्रायहरूको पूर्ति पछ्याउनैपर्छ, र सृजित प्राणीको कर्तव्य पूरा गर्नैपर्छ। तँ परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्‍वरका अभिप्राय पूरा गर्नुपर्छ। तँ सृजित मानव भएको हुनाले, तँ आफूलाई सृष्टि गर्नुहुने प्रभुमा समर्पित हुनुपर्छ, किनभने तँ अन्तर्निहित रूपमा नै आफूलाई नियन्त्रण गर्न सक्दैनस्, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै अन्तर्निहित क्षमता छैन। तँ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रीकरण र परिवर्तन पछ्याउनुपर्छ। तँ सृष्टि गरिएको प्राणी होस्, त्यसकारण तैँले तेरो कर्तव्य पालना गर्नुपर्छ, र तेरो स्थानलाई कायम राख्‍नुपर्छ, अनि तैँले आफ्‍नो कर्तव्यलाई नाघ्‍नु हुँदैन। यो तँलाई धर्मसिद्धान्तद्वारा बन्धनमा पार्नु, वा तँलाई दबाउनको लागि होइन, यो त तैँले तेरो कर्तव्य निभाउन सक्‍ने मार्ग हो, र धार्मिकताको काम गर्ने सबैले यो हासिल गर्न सक्छन् र हासिल गर्नुपर्छ। यदि तैँले पत्रुस र पावलका सारहरूलाई तुलना गरिस् भने, तैँले कसरी खोजी गर्नुपर्ने हो भनी जान्‍नेछस्। पत्रुस र पावलले हिँडेका मार्गहरूमध्ये, एउटा सिद्ध पारिने मार्ग हो, र अर्को हटाइने मार्ग हो; पत्रुस र पावलले दुई फरकफरक मार्गहरूलाई प्रतिनिधित्व गर्छन्। तिनीहरू दुवैले पवित्र आत्माको काम प्राप्त गरे, र दुवैले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे, र दुवैले प्रभु येशूले तिनीहरूलाई सुम्पनुभएको कुरा स्वीकार गरे, तर ती दुईमा फलेको फल उही थिएन: एउटाले साँचो रूपमा फल फलायो, अर्कोले फलाएन। तिनीहरूका सारहरू, तिनीहरूले गरेका काम, तिनीहरूले बाहिरी रूपमा व्यक्त गरेका कुरा, र तिनीहरूको आखिरी अन्त्यको आधारमा, तैँले कुन मार्ग लिनुपर्छ, कुन मार्गमा हिँड्ने निर्णय गर्नुपर्छ सो बुझ्‍नुपर्छ। तिनीहरूले स्पष्ट रूपमै दुई फरकफरक मार्ग हिँडे। पावल र पत्रुस यी दुई मार्गका सिद्ध उदाहरण थिए र त्यसकारण सुरुदेखि नै तिनीहरू यी दुई मार्गका प्रतीक बने। पावलका अनुभवहरूका मुख्य बुँदाहरू के-के हुन्, र तिनी किन सफल भएनन्? पत्रुसका अनुभवहरूका मुख्य बुँदाहरू के-के हुन्, र तिनले सिद्ध पारिने कार्यलाई कसरी अनुभव गरे? तिनीहरू दुवैले वास्ता गर्ने कुराहरूलाई तैँले तुलना गरिस् भने, परमेश्‍वरले ठ्याक्‍कै कस्तो प्रकारको व्यक्ति चाहनुहुन्छ, परमेश्‍वरका अभिप्राय के हुन्, परमेश्‍वरको स्वभाव के हो, कस्तो प्रकारको व्यक्तिलाई आखिरमा सिद्ध पारिन्छ, र कस्तो प्रकारको व्यक्तिलाई सिद्ध पारिनेछैन भनी तैँले थाहा पाउनेछस्; सिद्ध पारिनेहरूको स्वभाव के हो, र सिद्ध नपारिनेहरूको स्वभाव के हो सो तैँले जान्‍नेछस्—सारसम्‍बन्धी यी कुराहरू पत्रुस र पावलका अनुभवहरूमा देख्‍न सकिन्छ। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, त्यसकारण उहाँले सबै सृष्टिलाई उहाँको प्रभुत्वको अधीनमा आउने र उहाँको प्रभुत्वमा समर्पित हुने तुल्याउनुहुन्छ; उहाँले सबै थोकमाथि शासन गर्नुहुनेछ, ताकि सबै थोक उहाँकै हातमा होऊन्। जीवजन्तु, वनस्पति, मानवजाति, पहाडपर्वत र नदीनाला, अनि तालतलैयालगायत परमेश्‍वरका सबै सृष्टि—सबै नै उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। आकाश र जमिनका सबै थोक उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्‍प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्‍वरले आदेश दिनुभएको थियो, र यो परमेश्‍वरको अख्‍तियार हो। परमेश्‍वरले नै सबै थोकमाथि शासन गर्नुहुन्छ, र सबै कुरालाई व्यवस्थित र श्रेणीबद्ध हुने तुल्याउनुहुन्छ, र हरेकलाई परमेश्‍वरका चाहनाअनुसार तिनको प्रकारअनुसार वर्गीकरण गर्नुहुन्छ, र प्रत्येकलाई आफ्‍नो स्थानमा राख्नुहुन्छ। जति नै ठूलो भए पनि कुनै पनि चीजले परमेश्‍वरलाई उछिन्‍न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई नै सबै थोकले सेवा गर्छन्, र कुनैले पनि परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने वा परमेश्‍वरबाट कुनै माग गर्ने आँट गर्दैन। त्यसकारण, सृजित प्राणीका रूपमा मानिसले पनि मानिसको कर्तव्य पूरा गर्नैपर्छ। चाहे ऊ सबै थोकको होस् मालिक वा अभिरक्षक, सबै थोकमाझ मानिसको हैसियत जति उच्‍च भए तापनि, ऊ अझै परमेश्‍वरको प्रभुत्वको अधीनमा रहेको सानो मानव मात्र हो; ऊ सानो मानवबाहेक अरू केही होइन, र ऊ सानो मानव, सृजित प्राणीभन्दा बढी अरू केही होइन, र ऊ परमेश्‍वरभन्दा माथि कहिल्यै हुनेछैन। सृजित प्राणीका रूपमा, मानिसले सृष्टिकर्तालाई जान्न र सृजित प्राणीको कर्तव्य पूरा गर्न खोज्नुपर्छ, र सबैभन्दा महत्त्वपूर्ण रूपमा, अरू कुनै छनौटहरू बिलकुलै नगरी परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्नुको पछि लाग्नेहरूले कुनै पनि व्यक्तिगत लाभ वा व्यक्तिगत आशाहरू पछ्याउनु हुँदैन; पछ्याउने सबैभन्दा सही तरिका यही हो। यदि तैँले सत्यता नै पछ्याउँछस् भने, यदि तैँले सत्यता नै अभ्यास गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तँ हिँड्ने मार्ग सही छ। यदि तँ देहका आशिष्‌हरू पछ्याउँछस्, र तेरा आफ्नै धारणाहरूको सत्यता अभ्यास गर्छस् भने, र यदि तेरो स्वभावमा बिलकुलै परिवर्तन आएको छैन, र देहमा हुनुभएका परमेश्‍वरप्रति तँ पटक्कै समर्पित छैनस्, र तँ अझै अस्पष्टतामै जिउँछस् भने, तैँले जे पछ्याउँछस् त्यसले तँलाई अवश्य नै नरकमा लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै पछ्याइमा निर्भर हुन्छ, भन्‍नुको अर्थ के पनि हो भने, सफलता वा असफलता व्यक्ति हिँड्ने मार्गमै निर्भर हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

अघिल्लो: जीवनमा प्रवेश (२)

अर्को: जीवनमा प्रवेश (४)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्