परिशिष्ट: अध्याय २

जब मानिसहरूले व्यावहारिक परमेश्‍वरलाई देख्छन्, जब तिनीहरूले परमेश्‍वर स्वयम्‌सँग नै व्यक्तिगत रूपमा आफ्‍नो जीवन जिउँछन्, उहाँसँगै हिँड्छन्, र बसोबास गर्छन्, तब तिनीहरूले वर्षौंदेखि आफ्नो हृदयमा रहेको उत्सुकतालाई पन्छाउँछन्। यसभन्दा पहिले उल्‍लेख गरिएको परमेश्‍वरसम्‍बन्धी ज्ञान पहिलो कदम मात्रै हो; मानिसहरूसँग परमेश्‍वरको बारेमा ज्ञान भए पनि, तिनीहरूको हृदयमा अटुट शङ्‍काहरू रहिरहेका हुन्छन्: परमेश्‍वर कहाँबाट आउनुभयो? के परमेश्‍वरले खानपान गर्नुहुन्छ? के परमेश्‍वर सर्वसाधारण मानिसहरूभन्दा अत्यन्तै फरक हुनुहुन्छ? के परमेश्‍वरको लागि सबै मानिसहरूसँग व्यवहार गर्ने कार्य सहज कार्य, केटाकेटीको खेल जस्तै हो? के परमेश्‍वरको मुखबाट बोलिएका सबै कुरा स्वर्गका रहस्यहरू हुन्? के उहाँले भन्‍नुहुने सबै कुरा सृष्टि गरिएका सबै प्राणीहरूले भन्‍ने कुराभन्दा उच्‍च हुन्छ? के परमेश्‍वरको आँखाबाट ज्योति चम्किन्छ? अनि यस्तै-यस्तै कुराहरू—यी सबै मानिसहरूका धारणाहरूले कल्‍पना गर्न सक्‍ने कुराहरू हुन्। तिमीहरूले सबै कुराभन्दा पहिले बुझ्‍नुपर्ने र प्रवेश गर्नुपर्ने कुराहरू यिनै हुन्। मानिसहरूका धारणाहरूमा, देहधारी परमेश्‍वर अझै पनि अस्पष्ट परमेश्‍वर नै हुनुहुन्छ। व्यावहारिक ज्ञानद्वारा नबुझेका भए, मानिसहरूले मलाई कहिल्यै पनि बुझ्‍न सक्‍नेथिएनन्, र तिनीहरूले आफ्‍ना अनुभवहरूमा कहिल्यै पनि मेरा कर्महरूलाई देख्‍नेथिएनन्। म देह बनेको हुनाले मात्रै मानिसहरूले मेरो इच्‍छालाई “बुझ्‍न सक्दैनन्।” यदि म देह नबनेको भए, र अझै पनि स्वर्गमा नै भएको भए, अझै पनि आत्मिक क्षेत्रमा नै भएको भए, मानिसहरूले मलाई “चिन्‍ने” थिए; तिनीहरूले घुँडा टेकेर मेरो आराधना गर्नेथिए, र तिनीहरूले आफ्ना अनुभवहरूद्वारा मेरो बारेमा रहेको तिनीहरूको “ज्ञान” को बारेमा कुरा गर्नेथिए—तर त्यस्तो ज्ञानको के नै काम हुनेथियो र? सन्दर्भको बुँदाको रूपमा यसको मूल्य के नै हुनेथियो र? के मानिसहरूका धारणाहरूबाट आउने ज्ञान यथार्थ हुन सक्छ र? म मानिसहरूको मष्तिष्कको ज्ञान चाहँदिनँ—म व्यावहारिक ज्ञान चाहन्छु।

तिमीहरूका बीचमा सधैँ मेरो इच्‍छा प्रकट हुन्छ, र सधैँ मेरो ज्योति र अन्तर्दृष्टि हुन्छ। जब म प्रत्यक्ष रूपमा ईश्‍वरीयतामा काम गर्छु, यसलाई मस्तिष्कमा छानेर प्रस्तुत गरिएको हुँदैन, र “मसला” थप्‍नु पर्ने कुनै आवश्यकता हुँदैन—यो त ईश्‍वरीयताको प्रत्यक्ष कार्य हुन्छ। मानिसहरूसँग के गर्ने क्षमता छ? के सृष्टिको समयदेखि आजको दिनसम्‍म सबै कुरा मैले नै व्यक्तिगत रूपमा गरेको छैन र? विगतमा, मैले सातगुणा तीव्र आत्माको बारेमा कुरा गरेको थिएँ, र उहाँको सारलाई कसैले पनि बुझ्‍न सकेको थिएन—तिनीहरूलाई यसको बारेमा थाहा भए पनि, तिनीहरूले यसलाई पूर्ण रूपमा बुझ्‍न सकेका थिएनन्। जब म ईश्‍वरीयताद्वारा सञ्‍चालित मानवतामा रहेर काम गर्छु, यो कामलाई मानिसहरूले अलौकिक होइन, बरु सामान्य ठानेका परिस्‍थितिहरूमा अघि बढाइने हुँदा, यसलाई पवित्र आत्‍माको कार्य भनेर भनिन्छ। जब म प्रत्यक्ष रूपमा ईश्‍वरीयतामा काम गर्छु, म मानिसहरूका धारणाहरूको बन्धनभित्र नहुने हुनाले, र तिनीहरूको धारणाहरूमा रहेको “अलौकिकता” का सीमितताहरूमा नपर्ने हुनाले, यस कामले तुरुन्तै प्रभाव हासिल गर्छ; यसले मामलाको केन्द्रबिन्दुलाई छेड्छ र मुख्य कुरालाई सम्‍बोधन गर्छ। परिणामस्वरूप, कामको यो चरण अझै विशुद्ध हुन्छ; यो दुई गुणा छिटो हुन्छ, मानिसहरूको बुझाइ शीघ्र हुन्छ र मेरा वचनहरू वृद्धि हुन्छन्, र यसरी यसको गतिलाई पछ्याउन यसले सबै मानिसहरूलाई हतार गर्न लगाउँछन्। यसको प्रभाव फरक हुने भएको हुनाले, मेरो कामका माध्यमहरू, प्रकृति र विषयवस्तु उही नरहने हुनाले—यसको साथै, मैले औपचारिक रूपमा नै देहमा काम गर्न सुरु गरेको हुनाले, अघि बढ्ने कार्यलाई ध्यानमा राख्दै, कामको यो चरणलाई “सातगुणा बढी तीव्र आत्माको काम” भनेर उल्‍लेख गरिन्छ। यो कुनै अमूर्त कुरा होइन। मैले तिमीहरूमा काम गर्ने माध्यमहरूको विकासपछि, र राज्यको आगमनपछि, सातगुणा बढी तीव्र आत्माले काम गर्न सुरु गर्नुहुन्छ, र यो काम अटुट रूपमा अझै गहिरो र अझै तीव्र हुँदै जान्छ। जब सबै मानिसहरूले परमेश्‍वरलाई देख्छन् र तिनीहरू सबैले परमेश्‍वरका आत्मा मानिसको बीचमा हुनुहुन्छ भनेर बुझ्छन्, तब मेरो देहधारणको पूर्ण महत्त्व स्पष्ट हुन्छ। यसको सारांश दिनुपर्ने कुनै कारण हुँदैन—मानिसहरूले यसलाई प्राकृतिक रूपमा नै जान्दछन्।

विभिन्‍न कुराहरूलाई ध्यानमा राख्दा—मैले काम गर्ने विधिहरू, मेरो कामका चरणहरू, आजको मेरा वचनहरूको शैली, आदि इत्यादि कुरा—अब मेरो मुखबाट निस्‍कने कुराहरू मात्रै साँचो अर्थमा “सात आत्माहरूका वाणीहरू” हुन्। मैले विगतमा बोलेको भए पनि, त्यो मण्डली निर्माणको चरणको अवधिमा थियो। यो त उपन्यासको प्रस्तावना र विषयसूची जस्तो थियो—यसमा कुनै सार थिएन; सारको हिसाबमा आजका वाणीहरूलाई मात्रै सात आत्माका वाणीहरू भनेर भन्‍न सकिन्छ। “सात आत्माका वाणीहरू” ले सिंहासनबाट आएका वाणीहरूलाई जनाउँछ, भन्‍नुको अर्थ, ती वाणीहरू सीधै ईश्‍वरीयतामा बोलिएका हुन्। मेरा वाणीहरूले स्वर्गका रहस्यहरू प्रकट गर्न थालेकै क्षण मैले सीधै ईश्‍वरीयतामा बोल्‍न थालेको क्षण थियो। अर्को शब्‍दमा भन्दा, मानवताद्वारा नबाँधिएको हुनाले, मैले आत्मिक क्षेत्रका सबै रहस्य र परिस्‍थितिहरूलाई प्रत्यक्ष रूपमा नै प्रकट गरेँ। म यसभन्दा पहिले मानवताका सीमितताहरूमा थिएँ भनेर म किन भन्दै छु त? यसको लागि स्पष्टीकरणको आवश्यकता छ। मानिसहरूका नजरमा, स्वर्गका रहस्यहरू प्रकट गर्न सक्‍ने कोही पनि छैन; यदि परमेश्‍वर स्‍वयम्‌ नहुनुभएको भए, पृथ्वीका कसैले पनि यी रहस्यहरूलाई जान्‍न सक्‍नेथिएनन्। यसरी, म मानिसहरूका धारणाहरूलाई सम्बोधन गर्छु र भन्छु, मैले विगतमा कुनै पनि रहस्यहरू प्रकट नगर्नुको कारण के थियो भने म मानवताका सीमितताहरूमा थिएँ। तैपनि, अझै खास रूपमा भन्दा, कुरा यस्तो होइन: मेरा कामहरू फरक-फरक भएजस्तै मेरा वचनहरूका विषयवस्तु पनि फरक-फरक नै हुन्छन्, त्यसकारण जब मैले ईश्‍वरीयतामा मेरो सेवकाइ सुरु गर्न थालेँ, मैले रहस्यहरू प्रकट गरेँ; विगतमा, मैले सबै मानिसहरूले सामान्य ठानेका परिस्‍थितिहरूमा काम गर्नुपर्थ्यो, र मैले बोलेका वचनहरू मानिसहरूका धारणाहरूमा हासिल हुन सक्‍ने किसिमका थिए। जब मैले रहस्यहरू प्रकट गर्न थालेँ, यीमध्ये कुनै पनि कुरा मानिसहरूका धारणाहरूले प्राप्त गर्न सक्ने किसिमका थिएनन्—ती मानव सोचाइभन्दा फरक थिए। त्यसकारण, मैले आधिकारिक रूपमा ईश्‍वरीयतामा बोल्‍न थालेँ, र साँचो अर्थमा यिनै वचनहरू सात आत्माका वाणीहरू थिए। विगतका वचनहरू सिंहासनबाट आएका वाणीहरू नै भएको भए पनि, ती वाणीहरू मानिसले के प्राप्त गर्न सक्छन् त्यसैमा आधारित भई बोलिएका थिए, तसर्थ ती सीधै ईश्‍वरीयतामा बोलिएका वाणीहरू थिएनन्—परिणामस्वरूप, ती साँचो अर्थमा सात आत्माका वाणीहरू थिएनन्।

अघिल्लो: अध्याय ११

अर्को: अध्याय १२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्