अध्याय १२

जब सबै मानिसहरूले ध्यान दिन्छन्, जब सबै थोकले नयाँ जीवन र सजीवता पाउँछन्, जब हरेक व्यक्ति कुनै फिक्री नगरी परमेश्‍वरमा समर्पित बन्छ र ऊ परमेश्‍वरको बोझको गहन जिम्‍मेवारी उठाउन इच्‍छुक हुन्छ—पूर्वबाट पश्चिमतर्फ चम्किँदै, यो ज्योतिको आगमनद्वारा पृथ्वीका सबैलाई भयभीत तुल्याउँदै पूर्वीय ज्योति चम्की निस्कन्छ; अनि, यो मोडमा, परमेश्‍वरले फेरि पनि नयाँ जीवन सुरु गर्नुहुन्छ। भन्‍नुको अर्थ, यस क्षणमा, सम्पूर्ण ब्रह्माण्डका मानिसहरूलाई “जब पूर्वबाट बिजुलीका चमकहरू आउँछन्, जुन म मेरा वचनहरू बोल्न थाल्ने समय पनि हो—जब बिजुलीका चमकहरू आउँछन् तब सम्पूर्ण आकाश उज्यालो हुन्छ, र सबै ताराहरूमा एक रूपान्तरण हुन्छ” भनेर घोषणा गर्दै परमेश्‍वरले पृथ्वीमा नयाँ काम सुरु गर्नुहुन्छ। त्यसो भए, त्यो ज्योति पूर्वबाट झुल्कने समय कहिले हो त? जब स्वर्ग अँध्यारो हुन्छ र पृथ्वी धमिलिन्छ, तब परमेश्‍वरले संसारबाट आफ्‍नो मुहार लुकाउनुहुन्छ, अनि सारा स्वर्गमुनि ठूलो आँधी आउने क्षण पनि ठीक यही हो। तैपनि यसपटक, चट्याङ्प्रति भयभीत हुँदै, चहकिलो बिजुलीदेखि डराउँदै सबै मानिसहरू आत्तिन्छन्, र प्रलयको आक्रमणप्रति अझै भयभीत हुन्छन्, यहाँसम्‍म कि तिनीहरूमध्ये धेरैले आफ्‍ना आँखा बन्द गर्छन् र परमेश्‍वरले आफ्‍नो क्रोध खन्याउँदै तिनीहरूलाई प्रहार गर्नुहुनेछ भनेर पर्खेर बस्छन्। अनि विभिन्‍न स्थितिहरू बित्दै जाने क्रममा, तुरुन्तै पूर्वीय ज्योति चम्की निस्कन्छ। यसको अर्थ, संसारको पूर्वमा, परमेश्‍वर स्‍वयम्‌को गवाही सुरु भएदेखि, उहाँले आफ्‍नो काम सुरु गरुञ्‍जेलसम्‍म, उहाँको ईश्‍वरीयताले पृथ्वीभरि सार्वभौमिकता प्रदर्शन गर्न थालुञ्‍जेलसम्‍म—यो पूर्वीय ज्योतिको चम्किलो किरण हो, जुन सम्पूर्ण ब्रह्माण्डमा सधैँ चम्किएको छ। जब पृथ्वीका देशहरू ख्रीष्टको राज्य बन्छन्, सम्पूर्ण ब्रह्माण्ड ज्योतिर्मय हुने समय पनि त्यही नै हो। अहिले पूर्वीय ज्योति चम्की निस्कने समय हो। देहधारी परमेश्‍वरले काम गर्न सुरु गर्नुभएको छ, अझ भन्ने हो भने, उहाँले सीधै ईश्‍वरीयतामा बोल्न थाल्नुभएको छ। के भन्‍न सकिन्छ भने, जब परमेश्‍वरले पृथ्वीमा बोल्‍न थाल्‍नुहुन्छ, पूर्वीय ज्योति चम्की निस्कने समय पनि त्यही नै हो। अझै सटीक रूपमा भन्दा, जब सिंहासनबाट जिउँदो पानी बगी निस्कन्छ—जब सिंहासनका वाणीहरू सुरु हुन्छन्—सात आत्माका वाणीहरू औपचारिक रूपमा सुरु हुने समय पनि त्यही नै हो। यस बेला, पूर्वीय ज्योति चम्कन सुरु गर्छ, र यसको अवधिको कारण, यसको प्रकाशको हद पनि फरक-फरक हुन्छ, र यसको चमकको क्षेत्रमा पनि सीमितता हुन्छ। तैपनि परमेश्‍वरको कामको गतिविधिद्वारा, उहाँको योजनाका परिवर्तनहरूद्वारा—परमेश्‍वरका पुत्रहरू र मानिसहरूमाथिको कार्यका भिन्नताहरूद्वारा—त्यस ज्योतिले त्यसको अन्तर्निहित कार्यलाई झन्-झन् बढी प्रस्तुत गर्न थाल्छ, यहाँसम्‍म कि सम्पूर्ण ब्रह्माण्ड ज्योतिर्मय हुन्छ, र कुनै पनि मैला वा अशुद्धता बाँकी रहँदैन। यो परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजनाको शिखर, र परमेश्‍वरले आनन्द लिनुहुने फल हो। “ताराहरू” ले आकाशका ताराहरूलाई जनाउँदैन, यसले त परमेश्‍वरका निम्ति काम गर्ने उहाँका पुत्रहरू र मानिसहरूलाई जनाउँछ। तिनीहरूले परमेश्‍वरको राज्यमा परमेश्‍वरको गवाही दिने र उहाँको राज्यमा उहाँको प्रतिनिधित्व गर्ने हुनाले, र तिनीहरू सृष्टिहरू भएका हुनाले, तिनीहरूलाई “ताराहरू” भनेर भनिएको हो। “रूपान्तरण” ले पहिचान र हैसियतमा आउने रूपान्तरणलाई जनाउँछ। मानिसहरू पृथ्वीका मानिसहरूबाट राज्यका मानिसहरूमा परिवर्तन हुन्छन्, यसको साथै, परमेश्‍वर तिनीहरूका साथमा रहनुहुन्छ, र परमेश्‍वरको महिमा तिनीहरूभित्र हुन्छ। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरको खातिर सार्वभौम शक्तिको प्रयोग गर्छन्, र परमेश्‍वरको कामले तिनीहरूभित्रका विष र अशुद्धतालाई धोएर तिनीहरूलाई आखिरमा परमेश्‍वरको निम्ति प्रयोगयोग्य तुल्याउँछ र परमेश्‍वरको हृदयअनुरूपका मानिसहरू बनाउँछ—यी वचनहरूको अर्थको एउटा पक्ष यही हो। जब परमेश्‍वरबाट आएको ज्योतिको किरणले सबै भूमिलाई उज्यालो पार्छ, स्वर्ग र पृथ्वीका सबै थोक विभिन्‍न हदसम्‍म परिवर्तन हुनेछन्, र आकाशका ताराहरू पनि परिवर्तन हुनेछन्, सूर्य र चन्द्रमा पनि नवीकरण हुनेछन्, त्यसपछि पृथ्वीका मानिसहरूले पुनर्जीवन पाउनेछन्—स्वर्ग र पृथ्वीको बीचमा परमेश्‍वरले गर्नुहुने काम यही हो, र यसमा कुनै आश्‍चर्य छैन।

जब परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ—यसले प्राकृतिक रूपमा छनौट नगरिएकाहरूलाई जनाउँदैन—परमेश्‍वरले मानिसहरूलाई धुनुहुने र न्याय गर्नुहुने समय पनि त्यही नै हो, अनि परमेश्‍वरका वचनहरूको कारणले सबै मानिसहरूले नराम्ररी बिलौना गर्छन्, वा आफ्‍ना ओछ्यानमा सिकिस्त पर्छन्, वा प्रहारमा परेर मृत्युको नरकमा डुब्छन्। परमेश्‍वरका वाणीहरूले गर्दा मात्रै मानिसहरूले आफैलाई चिन्‍न थालेका छन्। यदि यस्तो नभएको भए त, तिनीहरूसँग भ्यागुताको जस्तो आँखा हुनेथियो—तिनीहरूले माथि हेर्नेथिए, कोही पनि विश्‍वस्त हुनेथिएनन्, तिनीहरूमध्ये कसैले पनि आफैलाई चिनेका हुनेथिएनन्, तिनीहरू आफ्नो वजन कति छ भन्ने बारेमा अनजान हुनेथिए। शैतानले साँच्‍चै नै मानिसहरूलाई धेरै हदसम्‍म भ्रष्ट तुल्याएको छ। परमेश्‍वरको सर्वशक्तिकै कारण, मानिसको कुरूप अनुहारलाई त्यति स्पष्ट रूपमा चित्रण गरिएको छ, यसको परिणामस्वरूप मानिसले यसलाई पढेपछि आफ्‍नै साँचो अनुहारसँग यसलाई तुलना गर्छ। सबै मानिसहरूलाई के थाहा हुन्छ भने, परमेश्‍वरले तिनीहरूको टाउकोमा कति वटा मष्तिष्क-कोषहरू छन् भन्‍ने कुरालाई स्पष्ट रूपमा जान्‍नुहुन्छ, तिनीहरूका कुरूप अनुहार वा तिनीहरूको अन्तस्करणका विचारहरूसम्‍बन्धी उहाँको ज्ञानको बारेमा त बताइरहनु नपर्ला। अर्को शब्‍दमा भन्दा “यस्तो हुन्छ, कि मानौँ सम्पूर्ण मानवजातिलाई सफाइ गरिएको छ। पूर्वबाट आउने यो ज्योतिको किरणमा सम्पूर्ण मानव जातिलाई उनीहरूको असली रूपमा प्रकट गरिन्छ, उनीहरूका आँखाहरू तिरमिराउँछन्, के गर्ने भनेर अनिश्चित हुन्छन्,” जब एक दिन परमेश्‍वरको काम समाप्त हुन्छ, परमेश्‍वरले सबै मानिसहरूलाई न्याय गर्नुहुन्छ भनी देख्‍न सकिन्छ। कोही पनि उम्कन सक्‍नेछैन; परमेश्‍वरले सबै मानवजातिका सबै मानिसहरूलाई तिनीहरूमध्ये एक जनालाई पनि नछुटाई एक-एक गरी सामना गर्नुहुनेछ, अनि यसरी मात्रै परमेश्‍वरको हृदय सन्तुष्ट हुनेछ। त्यसकारण परमेश्‍वर भन्‍नुहुन्छ, “तिनीहरू ती पशुहरूजस्ता छन् जो मेरो ज्योतिबाट भाग्छन् र पहाडका गुफाहरूमा शरण लिन्छन्—तर तीमध्ये एकै जना पनि मेरो ज्योतिबाट नष्ट हुन सक्दैन।” मानिसहरू नीच र कमसल पशु हुन्। शैतानको हातमा जिएर, तिनीहरूको अवस्था यस्तो छ कि मानौँ तिनीहरूले पर्वतहरूभित्रका प्राचीन जङ्गलहरूमा शरण लिएका छन्—तर, परमेश्‍वरका ज्वालाहरूबाट जलेर भस्‍म हुनबाट कोही पनि उम्कन नसक्‍ने हुनाले, शैतानका शक्तिहरूको “सुरक्षा” मा हुँदा पनि, तिनीहरूलाई परमेश्‍वरले कसरी बिर्सन सक्‍नुहुन्छ र? जब मानिसहरूले परमेश्‍वरका वचनहरू आएको कुरालाई स्वीकार गर्छन्, तब परमेश्‍वरको कलमले सबै मानिसहरूका विभिन्‍न विचित्र स्वरूप र कुरूप स्थितिहरूलाई चित्रण गर्छ; परमेश्‍वरले मानिसका आवश्यकताहरू र मानसिकताअनुरूप बोल्‍नुहुन्छ। त्यसकारण, मानिसहरूका नजरमा, परमेश्‍वर मनोविज्ञानमा पोख्त देखिनुहुन्छ। मानौं परमेश्‍वर मनोवैज्ञानिक नै हुनुहुन्छ, तर यस्तो पनि हुन्छ, मानौं परमेश्‍वर आन्तरिक औषधि विशेषज्ञ नै हुनुहुन्छ—उहाँसँग “जटिल” मानिससम्‍बन्धी त्यस्तो बुझाइ हुनु स्वाभाविकै हो। मानिसहरूले जति धेरै त्यस्तो विचार गर्छन्, परमेश्‍वरको अनमोलतासम्‍बन्धी तिनीहरूको बोध त्यति नै ठूलो हुन्छ, र तिनीहरूलाई त्यति नै परमेश्‍वर प्रगाढ र अथाह हुनुहुन्छ भन्‍ने लाग्छ। यो त यस्तो हुन्छ, मानौं मानिस र परमेश्‍वरको बीचमा, पार गर्नै नसकिने स्वर्गीय सीमा छ, तर यो यस्तो पनि हुन्छ, मानौं उहाँहरू चू नदी[क] को विपरीत किनारमा हुनुहुन्छ, दुवैले एक-अर्कालाई हेर्नेबाहेक अरू केही पनि गर्न सक्नुहुन्न। भन्‍नुको अर्थ, पृथ्वीका मानिसहरूले आफ्‍नो आँखाले मात्रै परमेश्‍वरलाई हेर्छन्; तिनीहरूले उहाँलाई नजिकबाट अध्ययन गर्ने मौका कहिल्यै पाएका छैनन्, र तिनीहरूसँग उहाँप्रति घनिष्ठताको अनुभूतिबाहेक अरू केही पनि छैन। तिनीहरूको हृदयमा, सधैँ नै परमेश्‍वर प्रेमिलो हुनुहुन्छ भन्‍ने अनुभूति हुन्छ, तर परमेश्‍वर अत्यन्तै “निर्दयी र असंवेदनशील” हुनुहुने भएकोले, तिनीहरूले उहाँको अघि आफ्‍नो हृदयको वेदनाको बारेमा बोल्‍ने मौका कहिल्यै पनि पाएका छैनन्। तिनीहरू पतिको अघि पतिको सत्यनिष्ठाको कारण आफ्‍नो साँचो भावनाहरू पोखाउने मौका कहिल्यै नपाएकी सुन्दर जवान पत्‍नी जस्तै हुन्। मानिसहरू आफैलाई घृणा गर्ने नीचहरू हुन्, त्यसकारण, तिनीहरूको नाजुकता, तिनीहरूको आत्मसम्‍मानको अभावको कारण, मानिसप्रतिको मेरो घृणा कसरी-कसरी अझै तीव्र रूपमा वृद्धि हुन्छ, अनि मेरो हृदयको क्रोध फुटेर निस्कन्छ। मेरो सोचाइमा, यो मैले पीर सहेको जस्तै हुन्छ। मैले मानिसप्रति आशा गुमाएको धेरै भयो, तर “एक पटक फेरि, मेरो दिन सारा मानव जातिको नजिक पुग्छ, एक पटक फेरि मानव जातिलाई उत्तेजित गराउँछ, मानव जातिलाई अर्को एउटा नयाँ सुरुआत दिँदछ” त्यसकारण, सबै मानवजातिलाई जित्‍न, ठूलो रातो अजिङ्गरलाई पक्रन र पराजय गर्नको लागि फेरि म साहस बटुल्छु। परमेश्‍वरको सुरुको अभिप्राय यस्तो थियो: चीनको ठूलो रातो अजिङ्गरका सन्तानहरूलाई जित्‍नेबाहेक अरू केही पनि नगर्नु; यसलाई मात्रै ठूलो रातो अजिङ्गरको हार, ठूलो रातो अजिङ्गरमाथिको विजय भनेर भन्‍न सकिन्छ। परमेश्‍वरले सारा पृथ्वीमा राजाको रूपमा शासन गर्नुहुन्छ, परमेश्‍वरको महान् कार्य पूरा भएको छ, परमेश्‍वरले पृथ्वीमा नयाँ सुरुवात गर्नुभएको छ र पृथ्वीमा महिमा प्राप्त गर्नुभएको छ भन्‍ने कुरालाई प्रमाणित गर्न यो मात्रै पर्याप्त छ। अन्तिम, सुन्दर दृश्यको कारण, परमेश्‍वरले आफ्‍नो हृदयमा दया व्यक्त नगरी बस्न सक्‍नुहुन्‍न: “मेरो मुटु धड्किन्छ र, मेरो मुटुको धड्कनको ताल अनुसरण गर्दै, पहाडहरू आनन्दले उफ्रन्छन्, पानीहरू आनन्दले नाच्छन्, र छालहरूले चट्टानका पहराहरूमा हान्छन्। मेरो हृदयमा जे छ त्यो व्यक्त गर्न गाह्रो हुन्छ।” यसबाट के देख्‍न सकिन्छ भने, परमेश्‍वरले जे योजना गर्नुभएको थियो त्यो पहिले नै पूरा गरिसक्‍नुभएको छ; यसलाई परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको थियो, र परमेश्‍वरले मानिसहरूलाई ठीक यही कुरा अनुभव गर्न र हेर्न लगाउनुहुन्छ। राज्यको भविष्य सुन्दर छ; राज्यको राजा विजेता हुनुहुन्छ, जसको शिरदेखि पाउसम्म कुनै देह वा रगतको नाम-निशाना छैन, उहाँ पूर्ण रूपमा ईश्‍वरीय तत्वहरूले निर्मित हुनुहुन्छ। उहाँको सम्पूर्ण शरीर पवित्र महिमाले चम्किन्छ, र यो पूर्ण रूपमा मानव विचारहरूबाट अदुषित छ; शिरदेखि पाउसम्म उहाँको सम्पूर्ण शरीर धार्मिकता र स्वर्गको स्वर्गीय-ज्योतिले चम्किन्छ, र यसले मनोहर बास्‍ना छर्छ। कुनै श्रेष्ठगीतको प्रियजनजस्तै, उहाँ सबै सन्तहरूभन्दा सुन्दर, प्राचीन सन्तहरूभन्दा उच्‍च हुनुहुन्छ; उहाँ सबै मानिसहरूका बीचमा उदाहरण हुनुहुन्छ, र उहाँलाई मानिससँग तुलना गर्न सकिँदैन; मानिसहरू उहाँलाई सीधै हेर्न योग्य छैनन्। परमेश्‍वरको महिमावान् मुहार, परमेश्‍वरको स्वरूप, वा उहाँको प्रतिरूपलाई कसैले पनि प्राप्त गर्न सक्दैन; ती कुराहरूसँग कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैन, र कसैले पनि आफ्‍नो मुखले तिनको बारेमा सहजै प्रशंसा गर्न सक्दैन।

परमेश्‍वरका वचनहरूको कुनै अन्त्य छैन—मुहानबाट बगी निस्कने पानीजस्तै ती कहिल्यै पनि सुक्दैनन्, तसर्थ परमेश्‍वरको व्यवस्थापन योजनाका रहस्यहरूलाई कसैले पनि बुझ्‍न सक्दैन। तैपनि परमेश्‍वरको लागि, त्यस्ता रहस्यहरू असीमित छन्। फरक-फरक माध्यम र भाषाको प्रयोग गर्दै, परमेश्‍वरले आफूले गरेको सम्पूर्ण ब्रह्माण्डको नवीकरण र पूर्ण रूपान्तरणको बारेमा धेरै पटक बोल्‍नुभएको छ, र त्यो वाणी हरेक पटक पहिलेको भन्दा गहन हुन्छ: “सबै अशुद्ध थोकहरूलाई म मेरो नजरमा जलाएर खरानी बनाउन चाहन्छु; म अनाज्ञाकारिताका सबै छोराहरूलाई मेरो आँखाको अगाडिबाट कहिल्यै अस्तित्वमा नरहने गरी विलुप्त पार्न चाहन्छु।” परमेश्‍वरले किन त्यस्ता कुराहरू बारम्बार भन्‍नुहुन्छ त? के उहाँलाई मानिसहरू तीप्रति थकित हुनेछन् भन्‍ने डर छैन र? मानिसहरूले परमेश्‍वरलाई यसरी चिन्ने आशा गर्दै जहिल्यै पनि परमेश्‍वरका वचनहरूमा छामछाम-छुमछुम मात्रै गर्छन्, तर आफूलाई जाँच्‍नुपर्छ भनेर तिनीहरूले कहिल्यै याद गर्दैनन्। तसर्थ, तिनीहरूले आफैबाट मानिसको अवज्ञालाई जान्‍न सकून्, अनि परमेश्‍वरको अघि आफ्नो अवज्ञालाई हटाउन सकून् भनेर तिनीहरूलाई स्मरण गराउन, तिनीहरूलाई आफैलाई चिन्‍ने तुल्याउनको लागि परमेश्‍वरले यो विधिको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरले “वर्गीकरण गर्ने” चाहना राख्नुहुन्छ भन्ने कुरा पढ्दा, मानिसहरूको मनस्थिति तुरुन्तै चिन्तित बन्छ, र तिनीहरूको मांसपेशीहरू पनि चल्‍न छोडेको देखिन्छ। तिनीहरू आफूलाई आलोचना गर्न अनि यसमार्फत परमेश्‍वरलाई चिन्‍नको लागि तुरुन्तै परमेश्‍वरको अघि फर्किन्छन्। यसपछि—तिनीहरूले मनमा निर्णय गरिसकेपछि—परमेश्‍वरले यो अवसरको प्रयोग गर्दै तिनीहरूलाई ठूलो रातो अजिङ्गरको सार देखाउनुहुन्छ; यसरी, मानिसहरू प्रत्यक्ष रूपमा आत्मिक क्षेत्रमा संलग्‍न हुन्छन्, अनि तिनीहरूको सङ्कल्पले खेलेको भूमिकाको कारण, तिनीहरूको मनमस्तिष्कले पनि भूमिका खेल्‍न थाल्छ, जसले मानिस र परमेश्‍वरबीचको मनोभावलाई वृद्धि गराउँछ—जुन परमेश्‍वरको देहको कामको लागि अझै बढी फाइदाजनक छ। यसरी, मानिसहरूसँग अचेत रूपमा नै विगतको समयलाई फर्केर हेर्ने मनस्थिति हुन्छ: विगतमा, मानिसहरूले धेरै वर्षसम्‍म अस्पष्ट परमेश्‍वरलाई विश्‍वास गरे; वर्षौंसम्‍म, तिनीहरूको हृदय मुक्त भएको थिएन, तिनीहरू महान् आनन्द प्राप्त गर्ने अवस्थामा थिएनन्, अनि तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरे पनि, तिनीहरूको जीवनमा कुनै सुव्यवस्था थिएन। यो विश्‍वासमा आउनुभन्दा पहिले जस्तो थियो त्यस्तै देखिन्थ्यो—तिनीहरूको जीवन अझै रित्तो र निराश थियो, र त्यो बेला तिनीहरूको विश्‍वास एक प्रकारको जालजस्तै देखिन्थ्यो, अविश्‍वास सरह देखिन्थ्यो। तिनीहरूले आजका व्यावहारिक परमेश्‍वरलाई देखेका हुनाले, यस्तो देखिन्छ मानौँ स्वर्ग र पृथ्वी नवीकरण भएका छन्; तिनीहरूको जीवन तेजस्वी भएको छ, तिनीहरू अबउप्रान्त आशाहीन छैनन्, अनि व्यावहारिक परमेश्‍वरको आगमनको कारण, तिनीहरूले हृदयमा दृढता र आत्मामा शान्ति महसुस गर्छन्। तिनीहरूले अबउप्रान्त आफूले गर्ने सबै काममा अँध्यारोमा छामछाम-छुमछुम गर्न छोडेका छन्; तिनीहरूको खोजी उद्देश्यहीन हुन छोडेको छ, र तिनीहरूले अँध्यारोमा झटारो हान्‍न छोडेका छन्। आजको जीवन अझै सुन्दर छ, र मानिसहरू अनपेक्षित रूपमा राज्यमा प्रवेश गरेका छन् र तिनीहरू परमेश्‍वरका मानिसहरू बनेका छन्, र त्यसपछि…। मानिसहरूले आफ्नो हृदयमा यसबारेमा जति धेरै विचार गर्छन्, मिठास पनि त्यति नै ठूलो हुन्छ; तिनीहरूले यसबारेमा जति धेरै विचार गर्छन्, तिनीहरू त्यति नै खुशी बन्छन्, र तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न त्यति नै उत्प्रेरित हुन्छन्। तसर्थ, तिनीहरूले थाहै नपाई, परमेश्‍वर र मानिसबीचको मित्रता बलियो बन्छ। मानिसहरूले परमेश्‍वरलाई अझै बढी प्रेम गर्छन्, र परमेश्‍वरलाई अझै बढी चिन्छन्, र मानिसमा गरिने परमेश्‍वरको काम झन्-झन् सजिलो बन्दै जान्छ, र यसले अबउप्रान्त मानिसहरूलाई जबरजस्ती वा कर गर्ने गर्दैन, बरु प्रकृतिको गतिलाई पछ्याउँछ, अनि मानिसले आफ्‍नै पृथक कार्य प्रस्तुत गर्छ—यसरी मात्रै मानिसहरू क्रमिक रूपमा परमेश्‍वरलाई चिन्‍न समर्थ बन्दै जान्छन्। यही मात्र परमेश्‍वरको बुद्धि हो—यसमा अलिकति पनि प्रयास समावेश छैन, र यसलाई मानिसको प्रकृतिअनुसार ल्याइन्छ। तसर्थ, यस क्षणमा, परमेश्‍वर भन्‍नुहुन्छ, “मानिसको संसारमा भएको मेरो देहधारणको अवधिमा मानव जाति अनजानमा नै आजको दिनसम्म मेरो मार्गनिर्देशनको अधीनमा आएको छ, अनजानमा नै मलाई चिन्न सकेको छ। तर अगाडि आउने बाटोमा कसरी हिँड्ने भन्‍नेबारे कसैलाई थाहा छैन, कोही पनि सचेत छैन—र त्यो बाटोले तिनीहरूलाई कुन दिशातिर लैजान्छ भन्ने कुरा थाहा पाउने त कुरै नगरौं। केवल सर्वशक्तिमान्‌ले उनीहरूमाथि नजर राख्नुभयो भने मात्र कुनै व्यक्ति त्यो बाटोको अन्त्यसम्म पुग्न सक्नेछ; पूर्वमा चम्केको ज्योतिको अगुवाइमा मात्र कसैले मेरो राज्यमा पुर्याउने प्रवेशद्वार पार गर्न सक्छ।” के मानिसको हृदयमा भएको कुराको बारेमा मैले माथि व्याख्या गरेको कुराको सारांश ठीक यही नै होइन र? यसैमा परमेश्‍वरका वचनहरूको रहस्य छ। मानिसले आफ्‍नो हृदयमा जे विचार गर्छ परमेश्‍वरले आफ्‍नो मुखबाट त्यही कुरा बोल्‍नुहुन्छ, र परमेश्‍वरले आफ्‍नो मुखले जे बोल्‍नुहुन्छ, मानिसले तृष्णा गर्ने कुरा ठीक त्यही हो। मानिसको हृदय खुलासा गर्ने कार्यमा परमेश्‍वर ठीक यहीँ नै निपुण हुनुहुन्छ; नत्रभने, सबै मानिसहरू इमानदार रूपमा कसरी विश्‍वस्त हुनेथिए र? के ठूलो रातो अजिङ्गरलाई विजय गरेर परमेश्‍वरले हासिल गर्न चाहनुभएको कुरा यही होइन र?

वास्तवमा, यस्ता धेरै वचनहरू छन् जसमा परमेश्‍वरको अभिप्राय ती वचनहरूको सतही अर्थलाई सूचित गर्नु हुँदैन। उहाँका धेरै वचनहरूमा, परमेश्‍वरले केवल सीधै मानिसहरूका धारणाहरू परिवर्तन गर्ने र तिनीहरूको ध्यान खिच्‍ने अभिप्राय राख्‍नुहुन्छ। परमेश्‍वरले यी वचनहरूमा कुनै महत्त्व समावेश गर्नुहुन्‍न, त्यसकारण धेरै वचनहरू व्याख्या गर्न योग्य छैनन्। जब परमेश्‍वरका वचनहरूले मानिसहरूलाई आजको हदसम्‍म जितेको हुन्छ, मानिसहरूका सामर्थ्य निश्‍चित विन्दुमा पुगेको हुन्छ, तब त्यसपछि परमेश्‍वरले थप चेतावनीका वचनहरू बोल्‍नुहुन्छ अर्थात् परमेश्‍वरका मानिसहरूका लागि उहाँले संविधान जारी गर्नुहुन्छ: “पृथ्वीमा बसोबास गर्ने मानिसहरू ताराहरू जत्तिकै असङ्ख्य भए पनि, म ती सबैलाई मेरो आफ्नै हत्केलाजस्तो स्पष्टसँग चिन्‍छु। अनि मलाई ‘प्रेम’ गर्ने मानिसहरू समुद्रमा हुने बालुवाका कणहरूजस्तै अनगिन्ती भए पनि, थोरै मात्र मद्वारा चुनिएका छन्: तिनीहरू जो उज्ज्वल ज्योतिको पछि लाग्छन्, तिनीहरू मलाई ‘प्रेम’ गर्नेहरू भन्दा अलग हुन्।” वास्तवमा, परमेश्‍वरलाई प्रेम गर्छु भन्‍ने मानिसहरू धेरै छन्, तर आफ्‍नो हृदयमा परमेश्‍वरलाई प्रेम गर्नेहरू थोरै छन्। यो कुरा आँखा बन्द गरेर पनि स्पष्ट रूपमा पत्ता लगाउन सकिने देखिन्छ। परमेश्‍वरमा विश्‍वास गर्नेहरूको सम्पूर्ण संसार यस्तै हुन्छ। यसमा, हामी के देख्छौं भने, अहिले परमेश्‍वर “मानिसहरूलाई सफाइ गर्ने” काममा नै लाग्‍नुभएको छ, र यसले परमेश्‍वरले चाहनुहुने, र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने आजको मण्डली होइन, बरु सफाइ गरिएपछिको राज्य हो भन्‍ने देखाउँछ। यस क्षणमा, उहाँले सबै “खतरनाक सामानहरू” लाई थप चेतावनी दिनुहुन्छ: परमेश्‍वरले काम नगर्नुभएमा, उहाँले काम गर्न थाल्नुहुनेबित्तिकै यी मानिसहरूलाई राज्यबाट हटाइनेछ। परमेश्‍वरले कहिल्यै पनि लापरवाही काम गर्नुहुन्‍न। उहाँले सधैँ “एक, एक हो र दुई, दुई हो” भन्‍ने सिद्धान्तअनुसार काम गर्नुहुन्छ, अनि यदि हेर्न नचाहने मानिसहरू छन् भने, तिनीहरूलाई हटाउनको लागि, भविष्यमा समस्या पैदा गर्नबाट तिनीहरूलाई रोक्‍नको लागि उहाँले सम्‍भव भएको सबै कुरा गर्नुहुनेछ। “फोहोर फ्याँक्‍नु र पूर्ण रूपमा सफा गर्नु” भनेको यही हो। परमेश्‍वरले मानिसलाई प्रशासनिक आदेशहरूको घोषणा गर्ने क्षण नै उहाँले आफ्‍ना आश्‍चर्यजनक कार्यहरू र उहाँभित्र भएका सबै कुरा प्रस्तुत गर्ने क्षण हो, तसर्थ यसपछि परमेश्‍वर भन्‍नुहुन्छ: “पहाडहरूमा जङ्गली जनावरहरू धेरै सङ्ख्यामा छन्, तर मेरो अघि ती सबै सधाएका भेडाहरू जस्ता छन्। छालहरूमुनि बुझ्न नसकिने रहस्यहरू छन्, तर तिनीहरू पृथ्वीका सबै थोक झैं मेरो निम्ति स्पष्ट छन्; क्षेत्रहरूदेखि माथि आकाशमा मानिस कहिल्यै पुग्न सक्दैन, तापनि ती दुर्गम क्षेत्रहरूमा म स्वतन्त्र हिँड्छु।” परमेश्‍वरले यसमा बताउन चाहनुभएको कुरा यही हो: मानिसको हृदय सबै कुराभन्दा बढी छली भए पनि, र मानिसहरूका धारणाहरूको नरकजस्तै असीमित रूपमा रहस्यमय देखिए पनि, परमेश्‍वरको लागि मानिसका अवस्थाहरू आफ्‍नै हतकेलाजत्तिकै परिचित हुन्छन्। सबै कुरामध्ये, मानिस जङ्गली पशुभन्दा पनि भीषण र घातक जनावर हो, तैपनि परमेश्‍वरले मानिसलाई यति हदसम्‍म विजय गर्नुभएको छ कि कसैले पनि खडा भएर विरोध गर्ने आँट गर्दैन। वास्तवमा, परमेश्‍वरको अभिप्रायअनुसार, मानिसहरूले आफ्‍नो हृदयमा जे विचार गर्छन् त्यो सबै थोकमाझ सबै कुराभन्दा जटिल छ; यो बुझ्‍न नसकिने छ, तैपनि परमेश्‍वरसँग मानिसको हृदयप्रति कुनै आदर छैन। उहाँले यसलाई उहाँको आँखाअघि देखा पर्ने सानो गँड्यौलोको रूपमा हेर्नुहुन्छ। उहाँको मुखबाट निस्केको वचनद्वारा उहाँले यसलाई जित्‍नुहुन्छ; उहाँले चाहनुभएको जुनसुकै बेला, यसलाई प्रहार गर्नुहुन्छ; उहाँको हातको थोरै चालद्वारा, यसलाई सजाय दिनुहुन्छ; उहाँको इच्‍छाअनुसार उहाँले यसलाई दोषी ठहर्‍याउनुहुन्छ।

आज, सबै मानिसहरू अन्धकारभित्र जिउँछन्, तर परमेश्‍वरको आगमनको कारण, उहाँलाई देखेपछि तिनीहरूले बल्‍ल ज्योतिको सारलाई चिनेका छन्। संसारलाई पूर्ण रूपमा ठूलो कालो भाँडोले छोपिएको जस्तै भएको छ, त्यसकारण कसैले पनि सास फेर्न सक्दैनन्; तिनीहरू सबैले यो परिस्थितिलाई उल्ट्याउन चाहन्छन्, तैपनि कसैले पनि कहिल्यै भाँडो उचालेका छैनन्। परमेश्‍वरको देहधारणको कारणले मात्रै मानिसहरूको आँखा अचानक खोलिएको छ, र तिनीहरूले व्यावहारिक परमेश्‍वरलाई देखेका छन्। तसर्थ, परमेश्‍वरले तिनीहरूलाई प्रश्‍नको शैलीमा सोध्‍नुहुन्छ: “मानिसले मलाई ज्योतिमा कहिल्यै चिनेको छैन, तर मलाई अन्धकारको संसारमा मात्र देखेको छ। के तिमीहरू आज त्यस्तै परिस्थितिमा छैनौ र? यो ठूलो रातो अजिङ्गरको उपद्रव चरम अवस्थामा मैले आफ्नो काम गर्न औपचारिक रूपमा देहधारण गर्नुपर्‍यो।” परमेश्‍वरले आत्मिक क्षेत्रका वास्तविक परिस्‍थितिहरूलाई लुकाउनुहुन्‍न, न त उहाँले मानिसको हृदयको वास्तविक स्थितिलाई नै लुकाउनुहुन्छ, तसर्थ उहाँले मानिसहरूलाई बारम्बार यो कुराबारे स्मरण गराउनुहुन्छ: “मैले मेरा मानिसहरूलाई देहधारी परमेश्‍वर चिन्न सक्षम मात्र बनाइरहेको छैन, तर तिनीहरूलाई शुद्ध पनि पार्दैछु। मेरो प्रशासनिक आदेशको कठोरताका कारण धेरै मानिसहरू अझै पनि मद्वारा हटाइने खतरामा छन्। जबसम्म तैँले आफैले आफैलाई निराकरण गर्ने, तेरो आफ्नै शरीरलाई वशमा राख्ने कोसिस गर्दैनस्—जबसम्म तँ यो गर्दैनस्, तबसम्‍म तँ पनि जसरी पावलले मेरो हातबाट सजाय पायो, जसबाट उम्कने कुनै उपाय थिएन, त्यसरी नै तँ नरकमा फालिनलाई निश्चय मेरो घृणा र अस्वीकारको पात्र हुनेछस्।” परमेश्‍वरले यस्ता कुराहरू धेरै बताउनुभएपछि मात्रै, मानिसहरूले होसियारीसाथ आफ्‍ना कदमहरू चाल्‍न थाल्छन् र परमेश्‍वरका प्रशासनिक आदेशहरूप्रति अझै बढी डर मान्‍न थाल्छन्; त्यसपछि मात्रै परमेश्‍वरको अख्तियारलाई लागू गर्न र उहाँको प्रतापलाई स्पष्ट पार्न सकिन्छ। यहाँ, फेरि पनि पावलको बारेमा उल्‍लेख गरिएको छ, ताकि मानिसहरूले परमेश्‍वरको इच्‍छालाई बुझ्‍न सकून्: तिनीहरू परमेश्‍वरको सजायमा पर्नेहरू हुनु हुँदैन, बरु परमेश्‍वरको इच्‍छालाई जान्‍ने मानिसहरू हुनुपर्छ। यसले मात्रै मानिसहरूलाई, तिनीहरूको डरसँगै, तिनीहरूले विगतमा परमेश्‍वरलाई पूर्ण रूपमा सन्तुष्ट तुल्याउन उहाँसामु गरेका अठोटहरू अपूरो रहेको बारेमा मनन गर्ने तुल्याउन सक्छ, जसले तिनीहरूलाई अझै ठूलो पछुतो अनि व्यावहारिक परमेश्‍वरको अझै धेरै ज्ञान दिन्छ। यसरी, त्यसपछि मात्रै परमेश्‍वरका वचनहरूप्रति तिनीहरूसँग कुनै शङ्का हुँदैन।

“मानिसले मलाई मेरो देहमा नचिन्‍ने मात्र होइन, त्योभन्दा बढी ऊ आफ्नै शरीरभित्र रहने आफ्नो अस्तित्वलाई बुझ्न असफल भएको छ। धेरै वर्षदेखि मानव जातिले मलाई धोका दिँदै आएको छ, मसँग बाहिरबाट आएको पाहुना जस्तो व्यवहार गरेको छ। धेरै चोटि…।” यी “धेरै चोटि” ले मानिसहरूलाई सजायको वास्तविक उदाहरणहरू देखाउँदै परमेश्‍वरप्रतिको मानिसको विरोधका वास्तविकताहरूलाई सूचीकृत गर्छन्; यो पापको प्रमाण हो, र यसको बारेमा कसैले पनि खण्डन गर्न सक्दैन। सबै मानिसहरूले परमेश्‍वरलाई दैनिक जीवनमा प्रयोग गरिने कुनै सामग्रीजस्तो, तिनीहरूले चाहेजसरी प्रयोग गर्न सक्‍ने कुनै घरायसी अत्यावश्यक सामग्री हुनुहुन्छ जस्तो गरी प्रयोग गर्छन्। कसैले पनि परमेश्‍वरलाई प्यारो ठान्दैनन्; कसैले पनि परमेश्‍वरको सुन्दरतालाई चिन्‍ने प्रयास गरेको छैन, न त उहाँको महिमावान् अनुहारलाई चिन्‍ने प्रयास गरेको छ, परमेश्‍वरमा समर्पित हुने अभिप्राय कसैले राख्‍ने कुरा त परै जाओस्। कसैले पनि कहिल्यै परमेश्‍वरलाई तिनीहरूको हृदयको प्रियजनको रूपमा हेरेको छैन; उहाँको खाँचो पर्दा तिनीहरूले उहाँलाई घिस्याएर निकाल्छन्, र उहाँको खाँचो नहुँदा तिनीहरू उहाँलाई एकातिर फ्याँकेर बेवास्ता गर्छन्। मानौं मानिसको लागि परमेश्‍वर धेरैले चाहेअनुसार खेलाउन मिल्ने कठपुतली हुनुहुन्छ, र तिनीहरूले आफूलाई जे चाहियो वा आफ्‍नो इच्‍छा जे छ उहाँलाई त्यही माग गर्छन्। तर परमेश्‍वर भन्‍नुहुन्छ, “यदि, मेरो देहधारणको अवधिमा, मैले मानिसका कमजोरीहरूप्रति सहानुभूति नराखेको भए मेरो देहधारणको कारणले मात्र पनि सारा मानव जाति उनीहरूको बुद्धिले गर्दा डराउने थिए र फलस्वरूप, पातालमा पर्नेथिए,” जसले परमेश्‍वरको देहधारणको महत्त्व कति महान् छ भन्‍ने कुरालाई देखाउँछ। सबै मानवजातिलाई आत्मिक क्षेत्रबाट नष्ट गर्नुको साटो, उहाँ मानवजातिलाई देहमा जित्‍नको लागि आउनुभएको छ। तसर्थ, वचन कहिले देह बन्‍नुभयो, त्यो कसैलाई पनि थाहा छैन। यदि मानिसको दुर्बलताको बारेमा परमेश्‍वरसँग कुनै फिक्री नभएको भए, उहाँ देह बन्‍नुहुँदा यदि स्वर्ग र पृथ्वीलाई उलटपुलट तुल्याइएको भए, सबै मानिसहरूलाई भस्‍म पारिनेथियो। नयाँलाई मन पराउने र पुरानोलाई घृणा गर्ने मानिसहरूको प्रकृति नै भएको हुनाले, र सबै कुरा ठीकठाक अघि बढिरहेको बेला तिनीहरूले विगतका दुःखका दिनहरूलाई प्राय बिर्सने, र तिनीहरू कति आशिषित छन् भन्‍ने कुरा तिनीहरू कसैलाई थाहा नहुने हुनाले, परमेश्‍वरले तिनीहरूलाई आजको दिनसम्‍म कति कठिनाइको साथ आइपुगिएको छ त्यसलाई कदर गरेर राख्‍नुपर्छ भनेर बारम्‍बार स्मरण गराउनुहुन्छ; भोलिको खातिर, तिनीहरूले आजको दिनलाई अझै बढी बहुमूल्य ठान्‍नुपर्छ, र मालिकलाई पहिचान नगरी उचाइमा चढ्ने पशुजस्तो हुनु हुँदैन, अनि तिनीहरू जुन आशिष्‌हरूका बीचमा जिउँछन् तिनको बारेमा अनजान रहनु हुँदैन भनेर स्मरण गराउनुहुन्छ। यसरी, मानिसहरू शिष्ट बने, त्यसउप्रान्त घमण्डी वा अहङ्कारी रहेनन्, र मानिसको प्रकृति असल छैन तर परमेश्‍वरको कृपा र प्रेम मानिसमाथि आएको छ भन्‍ने तिनीहरूले जाने; तिनीहरू सबैले सजायको डर मान्छन्, त्यसकारण तिनीहरू अबउप्रान्त केही गर्ने आँट गर्दैनन्।

फूटनोट:

क. “चू नदी” ले साङ्केतिक रूपमा विपरीत शक्तिहरूबीचको सिमानालाई जनाउँछ।

अघिल्लो: परिशिष्ट: अध्याय २

अर्को: अध्याय १३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्