परिचय
राज्यको युगमा, परमेश्वर नयाँ युगको सुरुवात गर्न, आफ्नो काम गर्ने माध्यमहरू परिवर्तन गर्न र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्वर यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, जसले गर्दा मानिस देहमा देखा पर्नुहुने वचन, परमेश्वरलाई साँच्चै देख्न अनि उहाँको बुद्धि र विलक्षणता हेर्न सक्षम हुन्छ। परमेश्वर मानिसहरूमाथि विजय हासिल गर्ने, मानिसहरूलाई सिद्ध पार्ने र मानिसहरूलाई हटाउने लक्ष्यहरू अझ राम्ररी हासिल गर्नका निम्ति यस तरिकाले काम गर्नुहुन्छ। वचनको युगमा काम गर्नका लागि वचनहरूको प्रयोग गर्नुको साँचो अर्थ यही हो। वचनहरूमार्फत, मानिसहरूले परमेश्वरको काम, परमेश्वरको स्वभाव, मानिसको सार र मानिस केमा प्रवेश गर्नुपर्छ भन्ने कुरा थाहा पाउँछन्। वचनहरूमार्फत, परमेश्वरले वचनको युगमा गर्न चाहेका सबै काम सम्पन्न हुन्छन्। वचनहरूमार्फत, मानिसहरू प्रकट हुन्छन् र हटाइन्छन् अनि तिनीहरूको परीक्षा गरिन्छ। मानिसहरूले यी वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन् र यी वचनहरू अस्तित्वमा रहेका बुझेका छन्। फलस्वरूप, तिनीहरूले परमेश्वरको अस्तित्व, परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि अनि मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्वरको हृदयमा विश्वास गर्न थालेका छन्। “वचनहरू” भन्ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्वरको मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्; तिनले मानिसहरूको हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्। युगौँ-युगदेखि, आजका परमेश्वरले मात्र यसरी काम गर्नुहुन्छ, र उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यसरी मानिसलाई मुक्ति दिनुहुन्छ। यस उप्रान्त, मानिस परमेश्वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको गोठालो र आपूर्तिमाझ जिउँछ; सबै मानिस परमेश्वरका वचनहरूको संसारमा, परमेश्वरका वचनहरूका श्राप र आशिष्हरूमाझ जिउँछन्, र अधिकांश मानिस त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी वचन र यो काम सबै मानिसको मुक्तिका खातिर, परमेश्वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। परमेश्वरले वचनहरू प्रयोग गरेर संसारको सृष्टि गर्नुभयो, उहाँ वचनहरू प्रयोग गरेर नै ब्रह्माण्डका सबै मानिसलाई अगुवाइ गर्नुहुन्छ, उहाँ वचनहरू प्रयोग गरेर नै उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले सम्पूर्ण पुरानो संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, र यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो
मेरा वचनहरू सदैव अपरिवर्तनीय सत्यता हुन्; म मानिसका निम्ति जीवनको आपूर्ति र मानवजातिका निम्ति एक मात्र मार्गदर्शक हुँ; मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले तिनलाई पहिचान र स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुराद्वारा नभई ती वचनहरू स्वयम्को सारद्वारा निर्धारित हुन्छ; अनि यस पृथ्वीमा भएको एक जनाले समेत मेरा वचनहरू स्विकार्न सकेन भने पनि, मेरा वचनको मूल्य र तिनले मानवजातिलाई गर्ने सहयोगको आकलन कुनै पनि मानिसले गर्न सक्दैन। त्यसकारण, मेरा वचनविरुद्ध विद्रोह गर्ने, तिनलाई खण्डन गर्ने, वा अत्यन्तै तिरस्कार गर्ने धेरै मानिसको सामना गर्दा, मेरो मनोवृत्ति यो मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो गवाही बनून् र मेरा वचन नै सत्य, मार्ग र जीवन हुन् भनी प्रमाणित गरून्। मैले भनेका सबै कुरा सही छन्, यी मानिससँग हुनुपर्ने कुरा हुन्, र योभन्दा पनि बढी, यी मानिसले स्वीकार गर्नुपर्ने कुरा हुन् भनी तिनले प्रमाणित गरून्। मलाई पछ्याउने सबैलाई म यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास गर्न नसक्नेहरू, मेरा वचनमा उद्देश्य भेट्टाउन नसक्नेहरू, अनि मेरा वचनहरूमार्फत मुक्तिको अनुग्रह प्राप्त गर्न नसक्नेहरू मेरा वचनहरूद्वारा दोषी ठहराइएकाहरू हुन्; योभन्दा पनि बढी, तिनीहरू मेरो मुक्तिको अनुग्रह गुमाएकाहरू हुन्, र मेरो डण्डाले तिनीहरूलाई कहिल्यै छोड्ने छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ
परमेश्वरद्वारा बोलिएका वचनहरू बाहिरी रूपमा सरल होऊन् वा गहन, ती सबै मानिसको जीवन प्रवेशका निम्ति अपरिहार्य सत्यता हुन्; ती जीवित पानीका मुहान हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। तिनले मानिसलाई जीवित रहन चाहिने कुराहरू आपूर्ति गर्छन्; उसको दैनिक जीवनको आत्म-आचरणका नियम र मान्यताहरू आपूर्ति गर्छन्; मुक्तिसम्म उसले लिनुपर्ने मार्ग, साथै मुक्ति प्राप्त गर्नका लागि चाहिने लक्ष्य र निर्देशन आपूर्ति गर्छन्; परमेश्वरसामु सृजित प्राणीका रूपमा उसमा हुनुपर्ने हरेक सत्यता आपूर्ति गर्छन्; र मानिस कसरी परमेश्वरप्रति समर्पित हुनुपर्छ र उहाँको आराधना गर्नुपर्छ भन्नेबारे हरेक सत्यता आपूर्ति गर्छन्। ती मानिसको अस्तित्व सुनिश्चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र ती मानिसलाई बलियो हुन र दृढ रहन सक्षम बनाउने दह्रिलो टेवा पनि हुन्। ती सत्यता वास्तविकतामा समृद्ध हुन्छन्, जसद्वारा सृजित मानवजातिले सामान्य मानवता जिउँछ, ती सत्यतामा समृद्ध हुन्छन्, जसद्वारा मानिस भ्रष्टताबाट उम्कन्छ र शैतानका पासोबाट निस्किहिँड्छ, र ती सृष्टिकर्ताले सृजित मानवजातिलाई दिने गम्भीर र धैर्यवान् शिक्षण, अर्ती, उत्साह, र सान्त्वनामा समृद्ध हुन्छन्। ती मानिसहरूलाई सबै सकारात्मक कुरा बुझ्न मार्गदर्शन र अन्तर्दृष्टि दिने सङ्केत बत्ती हुन्, ती मानिसहरूले सबै न्यायवान, सुन्दर र असल कुराहरू जिउनेछन् र मानिसहरूसँग ती कुरा हुनेछन् भन्ने सुनिश्चित गर्ने प्रत्याभूति हुन्, ती सबै मानिस, घटना, र कामकुराहरूलाई मापन गर्ने मापदण्डहरू हुन्, र मानिसहरूलाई मुक्तिमा र ज्योतिको मार्गमा डोर्याउने मार्गदर्शक बत्ती पनि हुन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। प्रस्तावना
“सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू,” मा परमेश्वरले आत्माको दृष्टिकोणबाट आफ्ना वचनहरू व्यक्त गर्नुभएको छ। उहाँले जुन तरिकाले बोल्नुहुन्छ, त्यो सृष्टि गरिएको मानवजातिको निम्ति अप्राप्य छ। यसका अतिरिक्त, उहाँका वचनहरूका शब्दावली र शैली सुन्दर र हृदय स्पर्शी छन् र कुनै पनि प्रकारको मानव साहित्यले तिनको स्थान लिन सक्दैन। उहाँले जुन वचनहरूद्वारा मानिसको पर्दाफास गर्नुहुन्छ ती सटीक छन्, कुनै पनि दर्शनद्वारा तिनको खण्डन गर्न सकिँदैन र तिनले सबै मानिसहरूलाई अधीनतामा ल्याउँछन्। धारिलो तरवारले जस्तै, मानिसको न्याय गर्न परमेश्वरले प्रयोग गर्नुहुने वचनहरूले मानिसहरूका आत्माका गहिराइसम्मै काट्छन्, यति गहिरो काट्छन् कि तिनीहरूका निम्ति लुक्ने ठाउँ रहँदैन। उहाँले मानिसहरूलाई सान्त्वना दिन प्रयोग गर्नुहुने वचनहरूमा कृपा र प्रेममय दया हुन्छन्, ती मायालु आमाको अँगालो झैँ न्याना छन्, अनि तिनले मानिसहरूलाई पहिले कहिले नभएको सुरक्षाको महसुस गराउँछन्। यी अभिव्यक्तिहरूको सबैभन्दा ठूलो गुण भनेको यही हो कि, यस युगमा, परमेश्वरले यहोवा वा येशू ख्रीष्टको पहिचानको प्रयोग गरेर बोल्नुहुन्न न त आखिरी दिनहरूका ख्रीष्टको। बरु, उहाँको अन्तर्निहित पहिचान, अर्थात् सृष्टिकर्ताको प्रयोग गरेर उहाँलाई पछ्याउने र उहाँलाई पछ्याउन बाँकी रहेकाहरूसँग बोल्नुहुन्छ र तिनीहरूलाई सिकाउनुहुन्छ। संसारको सृष्टिपछि परमेश्वरले सारा मानवजातिलाई सम्बोधन गर्नुभएको यो पहिलो पटक हो भन्दा अत्योक्ति नहोला। यसअघि सृष्टि गरिएको मानवजातिसँग परमेश्वरले कहिले पनि यस्तो विस्तृत रूपमा र व्यवस्थित रूपले बोल्नुभएको थिएन। निश्चय नै, उहाँले मानवजातिसँग यति धेरै र यति लामो समयसम्म बोल्नुभएको पनि यो पहिलो पटक नै हो। यो पूर्ण रूपले अभूतपूर्व छ। यति मात्र कहाँ हो र, यी वाणीहरूले परमेश्वरले मानवजाति माझमा व्यक्त गर्नुभएको प्रथम लिखित वचन निर्माण गर्छन्, जसमा उहाँले मानिसहरूको पर्दाफास गर्नुहुन्छ, तिनीहरूलाई मार्गनिर्देशन दिनुहुन्छ, तिनीहरूको न्याय गर्नुहुन्छ र तिनीहरूसँग आत्मीय तरिकाले बोल्नुहुन्छ, ती प्रथम वाणीहरू पनि हुन्, जसमा परमेश्वरले मानिसहरूलाई उहाँका पाइलाहरू, उहाँ ढल्कनुहुने स्थान, परमेश्वरको स्वभाव, परमेश्वरसँग जे छ र उहाँ जो हुनुहुन्छ, परमेश्वरका विचारहरू र मानवजातिप्रति उहाँको चासोको बारेमा जान्न दिनुहुन्छ। यिनीहरूलाई सृष्टिदेखि यता तेस्रो स्वर्गबाट मानवजातिसँग परमेश्वर बोल्नुभएको प्रथम वाणीहरू हुन्, र देखा पर्न र वचनहरूद्वारा मानवजातिकहाँ उहाँका हृदयका आवाज व्यक्त गर्नको निम्ति आफ्नो अन्तर्निहित पहिचानको प्रयोग गर्नुभएको पहिलो पटक हो भनेर भन्न सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, परिचय
जीवनको मार्ग जोसुकै व्यक्तिसँग हुन सक्ने कुरा होइन, न त यो हरेक व्यक्तिले सजिलै प्राप्त गर्न सक्ने कुरा नै हो। किनभने जीवन परमेश्वरबाट मात्रै आउन सक्छ, अर्थात् परमेश्वर स्वयम्सँग मात्रै जीवनको सार रहेको हुन्छ, र परमेश्वर स्वयम्सँग मात्रै जीवनको मार्ग हुन्छ। त्यसैले, परमेश्वर मात्रै जीवनको स्रोत र जीवनको जिउँदो पानीको सदा बगिरहने मूल हुनुहुन्छ। संसारको सृष्टिदेखि नै परमेश्वरले धेरै काम गर्नुभएको छ, जुनमा जीवनको जीवन्तता छ, उहाँले मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र उहाँले मानिसलाई जीवन प्राप्त गर्न सक्षम बनाउने ठूलो मूल्य चुकाउनुभएको छ। किनभने परमेश्वर स्वयम् नै अनन्त जीवन हुनुहुन्छ, र परमेश्वर स्वयम् नै मानिसको पुनरुत्थानको मार्ग हुनुहुन्छ। मानिसको हृदयबाट परमेश्वर कहिल्यै अलग हुनुहुन्न, र उहाँ सधैँ मानिसहरूकै माझमा जिउनुहुन्छ। उहाँ नै मानिसको जियाइको प्रेरक शक्ति, मानिसको अस्तित्वको जड, र मानिसको जन्मपछि उसको अस्तित्वका लागि सम्पन्न संसाधन हुनुहुन्छ। उहाँले मानिसहरूलाई पुनर्जन्म लिन सक्षम तुल्याउनुहुन्छ, र उहाँले तिनीहरूलाई तिनीहरूको आफ्नै भूमिकामा दृढताका साथ जिउन सक्षम तुल्याउनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्ने जीवनशक्तिमा निर्भर हुँदै, मानिस पुस्तौँपुस्तासम्म जिएको छ, यस समयमा परमेश्वरको जीवनको शक्तिले मानिसमाझ एकनासले सहारा प्रदान गर्दै आएको छ, र परमेश्वरले कुनै पनि साधारण मानिसले कहिल्यै नतिरेको मूल्य तिर्नुभएको छ। परमेश्वरको जीवनशक्तिले कुनै पनि शक्तिमाथि विजय गर्न सक्छ; त्यसभन्दा पनि बढी, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त छ, उहाँको शक्ति असाधारण छ, र उहाँको जीवन शक्ति कुनै पनि सृजित प्राणी वा शत्रु शक्तिद्वारा पराजित हुन सक्दैन। समय वा स्थान जे-जस्तो भए पनि, परमेश्वरको जीवनशक्ति अस्तित्वमै रहन्छ र यसको चम्किलो चमकसाथ चम्कन्छ। स्वर्ग र पृथ्वीमा ठूलो परिवर्तन हुन सक्ला, तर परमेश्वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुरा बितेर जान सक्छन्, तर परमेश्वरको जीवनको अस्तित्व रहिरहनेछ। किनभने यावत् थोकको उत्तरजीविताको स्रोत, र उत्तरजीविताका लागि यावत् थोक निर्भर हुने जड परमेश्वर नै हुनुहुन्छ। मानिसको जीवनको उत्पत्ति परमेश्वरबाटै हुन्छ, परमेश्वरकै कारण स्वर्ग अस्तित्वमा रहन्छ, र परमेश्वरको जीवनको शक्तिबाटै पृथ्वीको उत्तरजीविता पनि उत्पन्न हुन्छ। कुनै पनि जीवित कुराले परमेश्वरको सार्वभौमिकता नाघ्न सक्दैन, र जीवनशक्ति भएको कुनै पनि कुरा परमेश्वरको अख्तियारको दायराबाट उम्कन सक्दैन। यसरी, चाहे तिनीहरू जोसुकै हुन्, सबै मानिसले परमेश्वरको प्रभुत्वमा आफूलाई समर्पण गर्नैपर्छ, सबै मानिस परमेश्वरको शासनअन्तर्गत जिउनैपर्छ, र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र ऊ परमेश्वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरू सिंहासनबाट बग्ने जीवनको पानी नभई धमिलो पानी मात्रै प्राप्त गर्छन्, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै अत्यन्तै प्रभावशाली र शक्तिशाली छन्—तैपनि तँ पुरानो कुरामा टाँसिदै र कुराहरू आफ्नो काखमा झर्लान् भनी पर्खँदै, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बस्ने परमेश्वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर यसले कसरी देखाउन सक्छ? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्वरको कामका कदमहरू खोज्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन्; ती मानव जीवनबारे जान्न तँलाई सहयोग गर्न सक्ने बुद्धिमत्ताका शब्दहरू होइनन्, ती तँलाई सिद्धतामा डोर्याउने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई चिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूबारे अन्तर्ज्ञान दिँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, म तँलाई सपना देख्न छोड्न अनि अहिले जसले काम गरिरहनुभएको छ, उहाँलाई हेर्न अर्ती दिन्छु—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ