क. मानिसप्रति परमेश्‍वरका आवश्यक मापदण्डहरू

६०५. अब, तिमीहरूले परमेश्‍वरका मानिसहरू बन्‍ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सहि बाटोमा सुरु गर्नुपर्छ। परमेश्‍वरका मानिसहरू बन्‍नु भनेको राज्यको युगमा प्रवेश गर्नु हो। आज, तिमीहरू आधिकारिक रूपमा राज्यको तालिममा प्रवेश गर्नथालनी गर्छौ, र तिमीहरूको भविष्यको जीवन पहिलेको जस्तो सुस्त र मन्द बन्‍न छोड्नेछ; त्यसरी जिएर, परमेश्‍वरले माग गर्नुभएका मापदण्डहरूलाई पूरा गर्नु असम्‍भव हुन्छ। यदि तैँले कुनै आतुरीको अनुभूति गर्दैनस् भने, तँसँग आफैलाई सुधार गर्ने इच्‍छा छैन, तेरो प्रयास अन्योल र दोधारमा छ, र तैँले परमेश्‍वरको इच्‍छा पूरा गर्न सक्दैनस् भन्‍ने यसले देखाउँछ। राज्यको तालिममा प्रवेश गर्नु भनेको परमेश्‍वरका मानिसहरूको जीवन सुरु गर्नु हो—के तँ त्यस्तो तालिम स्वीकार गर्न इच्‍छुक छस्? के तँ आतुरीको आभास अनुभूति गर्न इच्‍छुक छस्? के तँ परमेश्‍वरको अनुशासनमा जिउन इच्‍छुक छस्? के तँ परमेश्‍वरको सजायमा जिउन इच्‍छुक छस्? जब परमेश्‍वरको वचन तँकहाँ आउँछ र तँलाई जाँच गर्छ, तैँले कसरी व्यवहार गर्नेछस्? र तैँले सबै किसिमका तथ्यहरूको सामना गर्दा के गर्नेछस्? विगतमा, तेरो ध्यान जीवनमा केन्द्रित थिएन; आज, तँ जीवनको वास्तविकतामा प्रवेश गर्नैपर्छ, र तैँले तेरो जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूले यसलाई हासिल गर्नैपर्छ। जो परमेश्‍वरका मानिसहरू हुन् उनीहरूमा जीवन हुनैपर्छ, उनीहरूले राज्यको तालिम स्वीकार गर्नैपर्छ, र आफ्‍नो जीवनको स्वभावलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूबाट परमेश्‍वरले चाहनुहुने कुरा यही नै हो।

राज्यका मानिसहरूका लागि परमेश्‍वरका मापदण्डहरू निम्‍नानुसार छन्:

१) तिनीहरूले परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्नैपर्छ। भन्‍नुको अर्थ, तिनीहरूले आखिरी दिनहरूका परमेश्‍वरको कार्यमा बोलिएका सबै वचनहरूलाई स्वीकार गर्नैपर्छ।

२) तिनीहरू राज्यको तालिममा प्रवेश गर्नैपर्छ।

३) तिनीहरूले परमेश्‍वरद्वारा आफ्‍नो हृदयलाई छुवाउने प्रयास गर्नैपर्छ। जब तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरमा फर्किएको हुन्छ, र तँसँग सामान्य आत्मिक जीवन हुन्छ, तँ स्वतन्त्रताको क्षेत्रमा जिउनेछस्, जसको अर्थ तँ परमेश्‍वरको प्रेमको वास्ता र सुरक्षामा जिउनेछस् भन्ने हुन्छ। तँ परमेश्‍वरको वास्ता र सुरक्षामा जिउँदा मात्र तँ परमेश्‍वरको स्वामित्वमा हुनेछस्।

४) तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनैपर्छ।

५) तिनीहरू पृथ्वीमा परमेश्‍वरको महिमाको प्रकटीकरण बन्‍नैपर्छ।

यी चार बुँदाहरू तिमीहरूको लागि मेरा आज्ञाहरू हुन्। मेरा वचनहरू परमेश्‍वरका मानिसहरूका अघि बोलिन्छन्, र यदि तँ यी आज्ञाहरूलाई स्वीकार गर्न अनिच्‍छुक छस् भने, म तँलाई जबरजस्ती गर्नेछैन—तर यदि तैँले तिनलाई साँचो रूपमा स्वीकार गरिस् भने, तिमीहरूले परमेश्‍वरको इच्‍छालाई पूरा गर्न सक्‍नेछौ। आज, तिमीहरूले परमेश्‍वरका आज्ञाहरू स्वीकार गर्न, र राज्यका मानिसहरू बन्‍ने प्रयास गर्न र राज्यका मानिसहरू बन्‍नका लागि पूरा गर्नुपर्ने मापदण्डहरू पूरा गर्नका लागि सुरु गर्छौ। प्रवेशको पहिलो चरण यही नै हो। यदि तँ पूर्ण रूपमा परमेश्‍वरको इच्‍छालाई पूरा गर्न चाहन्छस् भने, तैँले यी पाँच आज्ञालाई स्वीकार गर्नैपर्छ, र यदि तैँले तिनलाई हासिल गर्न सकिस् भने, तँ परमेश्‍वरको हृदय अनुसारको हुनेछस् र परमेश्‍वरले अवश्य नै तँलाई बृहत् रूपमा प्रयोग गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

६०६. तिमीहरूले आज जे प्राप्त गरेका छौ त्यो प्रेरितहरू र युगौँदेखिका अगमवक्ताहरूको भन्दा ठूलो छ अनि मोशा र पत्रुसभन्दा पनि धेरै नै ठूलो छ। आशिष एक-दुई दिनमा नै प्राप्त गर्न सकिँदैन, तर अत्यन्तै ठूलो त्यागद्वारा त्यसलाई प्राप्त गर्नुपर्छ। यसको अर्थ, तिमीहरूसित शोधन गरिएको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो विश्‍वास हुनैपर्छ, अनि तिमीहरूले प्राप्त गरेकै होस् भनी परमेश्‍वरले चाहनुभएका विभिन्‍न सत्यताहरू तिमीहरूमा हुनैपर्छ; अझ भन्नुपर्दा, तिमीहरू धम्की दिने अथवा विश्‍वासघाती नबनी न्यायतर्फ फर्कनैपर्छ, अनि तिमीहरूमा परमेश्‍वरको निम्ति एउटा स्थिर अनि निरन्तरताको प्रेम हुनैपर्छ। तिमीसित अठोट हुनैपर्छ, तिमीहरूको जीवन स्वभावमा परिवर्तनहरू हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्‍वरका सबै योजनाहरू स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्‍मै आज्ञाकारी रहनैपर्छ। तिमीहरूले प्राप्त गर्नुपर्ने कुरा यही नै हो, परमेश्‍वरको कार्यको अन्तिम लक्ष्य यही नै हो, अनि परमेश्‍वरले मानिसहरूको यस समूहलाई गर्न लगाउनुहुने कुरा पनि यही नै हो। उहाँले नै तिमीहरूलाई दिनुहुने भएकोले, उहाँले तिमीहरूबाट फिर्ता पनि माग्नु नै हुनेछ, अनि निश्चय नै तिमीहरूबाट उचित मागहरू पनि गर्नु नै हुनेछ। यसैकारण, परमेश्‍वरले गर्नुहुने सबै कार्यको कारण छ, जसले समय समयमा परमेश्‍वरले अत्यन्तै कठोर र कार्य किन गर्नुहुन्छ त्यो देखाउँछ। यसैकारण, तिमीहरू परमेश्‍वरमा भएको विश्‍वासले भरिनैपर्छ। संक्षिप्तमा, परमेश्‍वरले सबै कार्य तिमीहरूकै खातिर गर्नुहुन्छ, ताकि तिमीहरू उहाँको उत्तराधिकार प्राप्त गर्ने योग्यको बन्न सक। यो परमेश्‍वरको आफ्नै महिमाको खातिर नभएर तिमीहरूको उद्धार अनि त्यो अशुद्ध देशमा अत्यन्तै पीडित भएका मानिसहरूको यस समूहलाई सिद्ध बनाउनुको खातिर हो। तिमीहरूले परमेश्‍वरको इच्छा बुझ्नैपर्छ। यसर्थ, म धेरै यस्ता अज्ञानी मानिसहरूलाई सल्लाह दिन चाहन्छु जोसमा कुनै पनि ज्ञान अथवा चेतना छैन: परमेश्‍वरको परीक्षा नगर, अनि अब उसो उहाँको विरोध पनि नगर। परमेश्‍वर पहिले नै यस्तो कष्टमा भएर गइसक्नुभएको छ जो कुनै पनि मान्छेले अहिलेसम्म सहेकै छैन, अनि धेरै अघि मानिसको खातिर धेरै ठूलो अपमान पनि सहिसक्नुभएको छ। तिमीहरू अब अझै अरू के-के त्याग्न सक्दैनौ? परमेश्‍वरको इच्छाभन्दा धेरै महत्त्वपूर्ण अरू के हुनसक्छ? परमेश्‍वरको प्रेमभन्दा उच्च के हुनसक्छ? यस अशुद्ध देशमा आफ्नो कार्यलाई निरन्तरता दिनु नै परमेश्‍वरको निम्ति कठिन कुरा हो; यदि, यसै माथि, मान्छेले थाहा हुँदाहुँदै अनि जानी-जानी पाप गर्छ भने, परमेश्‍वरको कार्य त लम्बिने नै छ। संक्षिप्तमा, यो कसैको फाइदाको निम्ति होइन, यसले कसैलाई पनि लाभ दिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

६०७. मैले बोल्ने वचनहरू सम्पूर्ण मानवजातिप्रति लक्षित सत्यहरू हुन्; तिनीहरू केवल विशिष्ट व्यक्ति वा व्यक्तिको प्रकारको लागि मात्र सम्बोधन गरिएका होइनन्। त्यसकारण, तिमीहरूले मेरा वचनहरूलाई सत्यको दृष्टिकोणबाट बुझ्नको लागि ध्यान केन्द्रित गर्नुपर्छ र तिमीहरूसँग अविभाजित ध्यान र इमानदारीताको आचरण हुनुपर्छ; मैले बोलेका कुनै पनि वचन वा सत्यलाई बेवास्ता नगर्नू र मैले बोलेका सबै वचनहरूलाई हल्का रूपमा नलिनू। तिमीहरूले तिमीहरूको जीवनमा सत्यसँग सान्दर्भिक नहुने धेरै कुराहरू गरेका छौ भन्ने मैले देखेको छु र त्यसैले म तिमीहरूलाई विशेष अनुरोध गर्दछु, कि तिमीहरू सत्यताका सेवकहरू बन, तिमीहरू दुष्टता र कुरूपताको दास नबन र तिमीहरूले सत्यलाई नकुल्चिओ वा परमेश्‍वरको घरको कुनै पनि भागलाई अपवित्र नतुल्याओ। यो तिमीहरूलाई मेरो अर्ती हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

६०८. मैले भोगेका कष्टहरूलाई तिमीहरूले खेर जान दिँदैनौ र त्योभन्दा बढी, मैले लिएको विचारशील वास्तालाई तिमीहरूले बुझ्‍न सक्छौ र तिमीहरूले मेरा वचनहरूलाई मानवजातिको रूपमा गर्नुपर्ने व्यवहारको जगको रूपमा लिन्छौ भन्‍ने मात्रै म आशा गर्छु। ती तिमीहरूले सुन्‍न इच्छा गरेका वचनहरू भए पनि नभए पनि, ती तिमीहरूले आनन्दसाथ स्वीकार गर्ने भए पनि नगर्ने भए पनि, वा तिमीहरूले तिनलाई असजिलो मानेर मात्रै स्वीकार गर्न सके पनि, तिमीहरूले तिनीहरूलाई गम्भीर रूपमा लिनैपर्छ। अन्यथा, तिमीहरूको सतही र बेपर्बाह स्वभाव र आचरणहरूले मलाई गम्भीर रूपमा दुःखी बनाउने र अवश्य नै, ममा घृणा पैदा गर्नेछ। तिमीहरू सबैले मेरा वचनहरू घरीघरी—हजारौँ पटक—पढ्न सक्छौ र तिनलाई हृदयबाटै जान्‍न पुग्‍नेछौ भन्‍ने मलाई धेरै आशा छ। यसरी मात्र मैले तिमीहरूमाथि राखेका अपेक्षाहरूमा तिमीहरू असफल हुन सक्‍नेछैनौ। तथापि, अहिले तिमीहरूमध्ये कोही पनि यसरी जिएका छैनौ। यसको विपरीत, तिमीहरू सबै लम्पटताको जीवनमा, तिमीहरूका हृदय खुसी हुनेगरि खाने र पिउने कुरामा डुबेका छौ र तिमीहरूमध्ये कसैले पनि मेरा वचनहरूलाई तिमीहरूका हृदय र आत्मालाई समृद्ध गराउनको निम्ति प्रयोग गर्दैनौ। यस कारणले गर्दा, मानवजातिको साँचो चेहराको बारेमा म एउटा निष्कर्षमा पुगेको छु: मानिसले मलाई जुनै समयमा विश्‍वासघात गर्न सक्छ र कोही पनि मेरा वचनहरूप्रति पूर्ण रूपमा विश्‍वासयोग्‍य हुन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

६०९. परमेश्वरले चाहनुभएको कुरा मानिसबाटको अद्वितीय प्रेम हो; उहाँले चाहना गर्नुभएको कुरा मानिस उहाँका वचनहरूद्वारा र उहाँप्रतिको प्रेमले पूर्ण भएको हृदयद्वारा भरपूर भएको होस् भन्ने नै हो। परमेश्वरका वचनहरूमा जिउन, तिनीहरूले खोजतलास गर्नुपर्ने उहाँका वचनहरूमा खोज्न, उहाँका वचनहरूका निम्ति परमेश्वरलाई प्रेम गर्न, उहाँका वचनहरूका निम्ति दौडन, उहाँका वचनहरूका निम्ति जिउन—मानिसले हासिल गर्न प्रयास गर्नुपर्ने लक्ष्यहरू यिनै हुन्। हरेक कुरा परमेश्वरका वचनहरूमाथि निर्माण हुनुपर्छ; तब मात्रै मानिसले परमेश्वरका मागहरूलाई पूरा गर्न सक्नेछ। यदि मानिस परमेश्वरका वचनहरूले सुसज्जित छैन भने, ऊ केही होइन, केवल शैतानको कब्जामा परेको भुसुना हो! यसलाई तौल्: परमेश्वरको वचनले कतिसम्म तँभित्र जरा गाडेको छ? कुन कुराहरूमा तँ उहाँको वचनहरू अनुसार जिइरहेकोछस्? कुन कुराहरूमा तँ उहाँको वचनहरू अनुसार जिइरहेको छैनस? यदि परमेश्वरका वचनहरूले तँलाई पूर्ण रूपले पक्रेका छैनन् भने, कुन कुराले यथार्थमा तेरो हृदयलाई ओगटेको छ? तेरो दिनदिनको जीवनमा, तँ शैतानद्वारा नियन्त्रित भइरहेको छस् कि परमेश्वरको वचनहरूद्वारा ओगटिएकोछस्? के उहाँको वचनहरूको जगमाथि तेरा प्रार्थनाहरू आधारित भएका छन्? के परमेश्वरका वचनहरूद्वारा अन्तर्दृष्टि पाएर तँ आफ्नो नकारात्मक अवस्थादेखि बाहिर आएको छस्? परमेश्वरको वचनहरूलाई तेरो अस्तित्वको जगको रुपमा लिनु—यही नै हरेकजना प्रवेश गर्नुपर्ने कुरा हो। यदि उहाँका वचनहरू तेरो जीवनमा उपस्थित छैनन् भने, तँ अन्धकारको प्रभावमुनि जिइरहेको छस्, तैँले परमेश्वरको विरुद्धमा विद्रोह गरिरहेको छस्, तैँले उहाँको प्रतिरोध गरिरहेको छस् र तैँले उहाँको नाउँलाई अनादर गरिरहेको छस्। परमेश्वरप्रतिको त्यस्ता मानिसहरूको विश्वास पूर्ण रूपमा हानि र खल्बली मात्रै हो। तेरो जीवनको कति भाग उहाँको वचनहरूअनुसार जिइएको छ? तेरो जीवनको कति भाग उहाँको वचनहरूअनुसार जिइएको छैन? परमेश्वरको वचनले तँबाट माग गरेको कति जति तँमा पूरा भएको छ? कति जति तँमा हराएको छ? के तैँले त्यस्ता कुराहरूलाई नजिकबाट नियालेको छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्

६१०. के तिमीहरू पृथ्वीमा मेरा आशिषहरू उपभोग गर्न इच्छुक छौ, ती आशिषहरू जुन स्वर्गका आशिषहरू जस्ता छन्? के मसम्बन्धी बुझाइलाई, मेरा वचनहरूको आनन्द, र मेरो विषयको ज्ञान तिमीहरूको जीवनको सबैभन्दा मूल्यवान् र अर्थपूर्ण थोकको रूपमा सम्हालेर राख्न इच्छुक छौ? के तिमीहरू आफ्नै सम्भावनाहरूलाई विचार नगरी साँच्चै पूर्ण रूपमा आफैलाई ममा समर्पण गर्न इच्छुक छौ? के तिमीहरू साँच्चै आफैलाई मद्वारा मारिन, भेडाझैं मद्वारा डोऱ्याइनका लागि सुम्पन सक्छौ? के तिमीहरूको माझमा कोही यस्तो छ जसले यी कुराहरू प्राप्त गर्न सक्छ? के मैले स्वीकार गरेका र मेरा प्रतिज्ञाहरू प्राप्त गर्नेहरू सबै मेरा आशिषहरू प्राप्त गर्नेहरू हुन् भन्‍ने हुनसक्छ? के तिमीहरूले यी वचनहरूबाट केही बुझेका छौ? यदि मैले तिमीहरूलाई जाँच गरें भने, के तिमीहरू आफैलाई मेरो कृपामा छोड्न सक्छौ, र यी परीक्षाहरूको बीचमा, के मेरा अभिप्रायहरूको खोजी गर्न र मेरो हृदयलाई बुझ्न सक्छौ? तँ हृदयस्पर्शी वचनहरू बोल्न, वा धेरै वटा रोमाञ्चक कथाहरू भन्न सक्षम भएको म चाहन्नँ; बरु, तँ मेरो राम्रो गवाही बन्न सक्, र तँ पूर्ण र गहन रूपमा वास्तविकतामा प्रवेश गर्न सक् भनेर म तँलाई अह्राउँछु। यदि म सिधा बोल्दिनँ थिएँ भने के तैंले आफ्नो वरिपरिका सबै थोकहरू त्याग्न सक्थिस् र आफैलाई मद्वारा प्रयोग हुन दिन सक्थिस्? के मैले चाहेको वास्तविकता यही होइन र? मेरा वचनहरूमा भएको अर्थ कसले बुझ्न सक्दछ? तापनि म तिमीहरूलाई भन्छु कि अब उप्रान्त शङ्काको भारले नथिचिनू, तिमीहरू आफ्नो प्रवेशमा सक्रिय हुनू र मेरा वचनहरूको सार बुझ्‍नू। यसले तिमीहरूलाई मेरा वचनहरू गलत प्रकारले बुझ्नबाट, र मेरो अर्थमा अस्पष्ट भएर मेरो प्रशासनिक आदेशहरूको उल्लङ्घन गर्नबाट बचाउँछ। म आशा गर्दछु, मेरो वचनमा तिमीहरूका निम्ति दिइएका मेरा उद्देश्यहरूलाई तिमीहरूले बुझ्नेछौ। तिमीहरूका आफ्नै सम्भावनाहरूलाई नसोच र परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनको लागि तिमीहरूले गरेका सङ्कल्‍पहरू अनुसार सबै कुरामा व्यवहार गर। मेरो परिवारभित्र उभिने सबै जनाले आफूले सक्‍ने जति गर्नुपर्दछ; तैंले पृथ्वीमा मेरो कामको अन्तिम भागका निम्ति आफ्नो सबैभन्दा उत्तम थोक चढाउनुपर्छ। के तँ साँच्चै यी कुरालाई अभ्यास गर्न इच्छुक छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ४

६११. मेरा मानिसहरू मेरो निम्ति मेरो घरको ढोकाको सुरक्षा गर्दै हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ गर्नुपर्छ; तिनीहरूले एक-अर्कालाई सहयोग गर्नुपर्छ र एक-अर्काको लागि प्रबन्ध गर्न सक्नुपर्छ, ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ। म किन तिमीहरूलाई यति जरुरीको साथ तालिम दिँदैछु? किन म तिमीहरूलाई आत्मिक संसारको तथ्यहरू बताउँछु? किन म तिमीहरूलाई बारम्‍बार सम्झाउँछु र सल्लाह दिन्छु? के तिमीहरूले यसमाथि कहिल्यै विचार गरेका छौ? के तिमीहरूका सोच विचारले कहिल्यै स्पष्टता ल्याएको छ? यसरी, तिमीहरूले केवल विगतको जगमाथि निर्माण गरेर आफैलाई उपयोगी बनाउन मात्र सक्‍ने होइन, तर, त्योभन्दा पनि बढी, मेरो प्रत्येक वचनलाई तिमीहरूका आत्माभित्र जरा हाल्न अनि फक्रन दिँदै, र त्योभन्दा अझ महत्त्वपूर्ण धेरै फल फलाउनका निम्ति आजका वचनहरूको मार्गदर्शनमा रहेर तिमीहरू भित्रको अशुद्धतालाई हटाउनुपर्छ। किनकि मैले चहकिला, लहलहाउँदा फूलहरू मागेको होइनँ, तर प्रशस्त फल मागेको हुँ, त्यस्तो फल जसले आफ्नो पाकेको रूप हराउँदैन। के तैँले मेरा वचनहरूको वास्तविक अर्थ बुझ्छस्? हरित गृहका फूलहरू ताराहरू जत्तिकै असङ्ख्य छन्, र तिनको तारिफ गर्ने भीडहरूलाई खिँच्छन्, तैपनि तिनीहरू ओइलाएपछि, तिनीहरू शैतानका छलपूर्ण युक्तिहरू जस्तै नष्ट हुन्छन्, र कसैले पनि तिनमा कुनै चासो देखाउँदैनन्। तर ती सबै जसले हावाको झोक्का र सूर्यको तापमा डढेर मेरो गवाही दिन्छन् ती फक्रेर सुन्दर नभए पनि तिनका फूलहरू ओइलाएपछि तिनले फल फलाउँछन्, किनकि म तिनीहरू त्यस्तै होस् भन्ने चाहन्छु। जब म यी वचनहरू बोल्छु, तिमीहरूले कतिसम्म बुझ्दछौ? फूलहरू ओइलिए फल फलेपछि, र यी सबै फल मेरो आनन्दका लागि उपलब्ध गराउन सकिएपछि, म पृथ्वीमा मेरा सबै काम समाप्त गर्नेछु, र मेरो बुद्धिलाई यथार्थमा बदलेकोमा आनन्द लिन थाल्‍नेछु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ३

६१२. लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्‍वरका विश्‍वासीहरू सबैले नै अचानक तिनीहरूको भाग्य चम्कनेछ भनी आशा गर्छन्। तिनीहरू सबैले तिनीहरूलाई थाहा हुनुअघि नै शान्तिपूर्वक स्वर्गको एउटा वा अर्को स्थानमा तिनीहरू बसिसकेको पाउनेछन् भनी आशा गर्छन्। तर म भन्छु कि सुन्दर विचारहरू भएका ती मानिसहरूले तिनीहरू स्वर्गबाट झरी आउने त्यस्तो सौभाग्य प्राप्त गर्नको लागि वा त्यहाँको कुनै स्थानमा बस्नको लागि योग्य छन् कि छैनन् भनेर कहिल्यै पनि जानेका छैनन्। तिमीहरूसँग वर्तमान समयमा आफ्नो बारेमा राम्रो ज्ञान छ, तैपनि तिमीहरूले अझै पनि आखिरी दिनहरूका विपत्तिहरूबाट र उहाँले दुष्टहरूलाई सजाय दिँदै गर्दा सर्वशक्तिमानका हातहरूबाट उ‍म्कने आशा गर्छौ। यस्तो देखिन्छ कि मीठा सपना देख्नु र आफूले चाहेको जस्तै कुराहरू पाउने इच्छा गर्नु शैतानद्वारा भ्रष्ट पारिएका सबै मानिसहरूको एक साझा विशेषता हो अनि त्यो कुरा कोही एक्लो व्यक्तिको कुनै निपुर्ण चाल होइन। त्यति हुँदाहुँदै पनि, म अझै पनि तिमीहरूका यी अनावश्यक इच्छाहरूका साथसाथै आशीर्वादहरू प्राप्त गर्ने तिमीहरूको उत्सुकताको अन्त्य गर्न चाहन्छु। तिमीहरूका अपराधहरू अनगिन्ती छ र तिमीहरूको विद्रोहीपन सधैँ बढिरहन्छ भन्‍ने कुरालाई ध्यानमा राख्दा, यी कुराहरू कसरी भविष्यको लागि तिमीहरूको सुन्दर योजनाहरूसँग मेल खान सक्छन्? यदि तैँले, तँलाई रोक्ने केही नभएको गलत पक्षमा रहँदै, मनलागी गरिरहन चाहन्छस्, तर त्यति नै बेला आफ्नो सपना पनि अझै पूरा होस् भन्ने चाहन्छस् भने, म तँलाई तेरो अचेतपनलाई जारी राख्न अनि कहिल्यै पनि नब्युँझन आग्रह गर्छु—किनभने त्यो तेरो खोक्रो सपना हो र धर्मी परमेश्‍वरको उपस्थितिमा उहाँले तेरो लागि कुनै अपवाद सृजना गर्नुहुनेछैन। यदि तैँले केवल तेरो सपना पूरा होस् भन्ने चाहन्छस् भने, कहिल्यै पनि सपना नदेख्; बरु सधैँ सत्य र तथ्यको सामना गर्। तँलाई मुक्ति दिन सकिने एउटै मात्र तरिका यही मात्रै हो। ठोस शब्दहरूमा भन्दा, यो तरिकाका चरणहरू के-के हुन्?

पहिलो, तेरा सबै अपराधहरूलाई एकपल्ट हेर् र सत्यतासँग मेल नखाने तेरा जुनसुकै व्यवहार र तँमा भएका जुनसुकै सोचहरूको जाँच गर्।

यो तैँले सजिलैसँग गर्न सक्‍ने एउटा कुरा हो, र म सबै बुद्धिमान मानिसहरूले यो कुरा गर्न सक्छन् भन्ने विश्‍वास गर्छु। तथापि, जसलाई अपराध र सत्यता के हुन् भन्ने नै थाहा छैन तिनीहरू अपवाद हुन्, किनभने आधारभूत तहमा तिनीहरू बुद्धिमान मानिसहरू होइनन्। म ती मानिसहरूसँग कुरा गरिरहेको छु जसलाई परमेश्‍वरले स्वीकार गर्नुभएको छ, जो इमान्दार छन्, अनि जसले गम्भीर रूपमा प्रशासनिक आदेशहरू उल्लंघन गरेका छैनन् र आफ्ना अपराधहरू सजिलैसित देख्न सक्छन्। मैले तिमीहरूलाई पूरा गर्न लगाएको एउटा कुरा यही भए तापनि, र तिमीहरूलाई त्यो कुरा पूरा गर्न सजिलो भए तापनि, मैले तिमीहरूले पूरा गर्न अनिवार्य गरेको कुरा यही मात्रै होइन। जे-जस्तो कुरा भए पनि, तिमीहरू यी आवश्यकताप्रति एक्लै हाँस्नेछैनौ अनि विशेष गरी तिमीहरूले यसलाई तुच्छ नजरले हेर्नेछैनौ वा यसलाई हल्का रूपले लिनेछैनौ भन्ने म आशा गर्छु। तिमीहरूले यसलाई गम्भीर रूपमा लिनुपर्छ, र बेवास्ता गर्नुहुँदैन।

दोस्रो, तेरा हरेक अपराधहरू र अवज्ञाहरूको लागि तैँले सम्बन्धित सत्यतालाई खोज्नुपर्छ, त्यसपछि ती सत्यताहरूलाई ती समस्याहरू समाधान गर्नको लागि प्रयोग गर्नुपर्छ। त्यसपछि, तेरा ती अपराधी कार्यहरू र अवज्ञाकारी विचार र कार्यहरूलाई सत्यताको अभ्यासद्वारा प्रतिस्थापन गर्नुपर्छ।

तेस्रो, तैँले आफू इमान्दार मानिस बन्नुपर्छ, सँधै बाठो बनिरहने र निरन्तर छली रहिरहने व्यक्ति होइन। (यहाँ मैले तिमीहरूलाई फेरि पनि एक इमान्दार व्यक्ति बन्नू भनी अनुरोध गरिरहेको छु।)

यदि तैँले यी तीन वटै कुराहरू पूरा गर्न सक्छस् भने, तँ भाग्यमानीहरू मध्येको एक होस्—एक यस्तो व्यक्ति जसको सपना पूरा हुन्छ र जसको भाग्य चम्कन्छ। शायद तिमीहरूले यी तीन अनाकर्षक आवश्यकताहरूलाई गम्भीर रूपमा लिनेछौ होला, वा शायद तिमीहरूले तिनलाई गैर-जिम्मेवारपूर्वक लिनेछौ होला। जेसुकै गरे तापनि, मेरो उद्देश्य भनेको तिमीहरूको सपना पूरा गर्नु र तिमीहरूको आदर्शलाई व्यवहारमा उतार्नु हो, तिमीहरूको खिल्ली उडाउनु वा तिमीहरूलाई मूर्ख बनाउनु होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

६१३. मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु कि तिमीहरूले उचित र शिष्ट तवरले व्यवहार गर्छौ, विश्‍वसनीय रूपले आफ्नो कर्तव्य पूरा गर्छौ, सत्यता र मानवता हासिल गर्छौ, यस्ता मानिस बन्छौ जसले परमेश्‍वरको लागि आफूसँग भएका सबै कुरा र ज्यानै पनि त्याग्नसक्छ, र यस्तै-यस्तै अन्य कुराहरू गर्नेछौ। यी सबै आशाहरू तिमीहरूका अपर्याप्तताहरू अनि तिमीहरूका भ्रष्टता र अवज्ञाबाट आएका हुन्। यदि मैले तिमीहरूसँग गरेका कुनै पनि संवादहरूले तिमीहरूको ध्यान खिच्न अपर्याप्त रहेका छन् भने, सम्भवतः मैले अब गर्न सक्ने सबै कुरा भनेको थप केही नबोल्नु मात्र हो। तथापि, त्यसको परिणाम के हुन्छ भनेर तिमीहरू बुझ्छौ। म कहिले पनि थकाइ मार्दिन, त्यसैले यदि म बोल्दिन भने मानिसहरूले हेर्नको लागि म केही गर्नेछु। म कसैको जिब्रो कुहाउन सक्छु, वा कसैलाई अङ्गभङ्ग भई मर्ने बनाउन सक्छु, वा मानिसहरूलाई स्नायु अपाङ्गता दिलाउन सक्छु अनि तिनीहरूलाई धेरै तवरमा कुरूप देखिने बनाउन सक्छु। त्यसपछि पनि फेरि, म मानिसहरूलाई पीडा सहन लगाउन सक्छु जुन मैले विशेष गरी तिनीहरूकै लागि भनेर तयार गरेको छु। यसरी म खुशी हुन्थें, धेरै खुशी हुन्थें, र एकदमै धेरै सन्तुष्ट हुन्थें। सधैँ भनिएको छ कि “राम्रोलाई राम्रैले अनि दुष्टतालाई दुष्टताले नै तिरिन्छ”, त्यसो भए अहिले किन त्यसो नगर्ने? यदि तैँले मलाई विरोध गर्न चाहन्छस् र मलाई केही न्याय गर्छस् भने म तेरो मुख कुहाइदिनेछु, र त्यसले मलाई अत्याधिक खुशी दिलाउनेछ। यस्तो किन हो भने अन्ततः तैँले जे गरेको छस् त्यो सत्यता हुँदै-होइन, जीवनसँग यसको कुनै सम्बन्ध हुने कुरा त परै जाओस्, जबकी मैले गर्ने हरेक कराहरू सत्यता हुन्; मेरा सबै कार्यहरू मेरो काम र मैले तयार गरेको प्रशासनिक नियमहरूको सिद्धान्तहरूसँग सम्बन्धित छन्। त्यसकारण, म तिमीहरू प्रत्येकलाई केही सद्गुण एकत्रित गर्न, त्यति धेरै दुष्टताको कार्य नगर्न र फुर्सदको समयमा मेरा मागहरूको बारेमा ध्यान दिन आग्रह गर्छु। त्यसपछि म आनन्दित महसुस गर्नेछु। यदि तिमीहरूले देहमा लगाउने प्रयत्नको एक हजारको एक भाग मात्र सत्यताको लागि योगदान (वा दान) गर्नुपर्थ्यो भने म त भन्छु, तैँले बारम्बार अपराधहरू गर्ने थिइनस् र तेरा मुखहरू कुहिएका हुने थिएनन्। के यो स्पष्ट छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

६१४. प्राणीहरूमध्येकै एक भएकोले, मानिसले आफ्‍नो हैसियतलाई कायम राख्‍नुपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठा भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्‍ने, वा महामानव बन्‍ने, वा अरूभन्दा ठूलो हुन खोज्‍ने, वा परमेश्‍वर बन्‍ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। तारिफयोग्य कुरा, र प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो प्राणीबन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

६१५. तिमीहरू हरेकले आफ्नो कर्तव्य आफ्नो क्षमताले भ्याएसम्म खुला र इमान्दार हृदयसहित गर्नुपर्छ र जस्तोसुकै मूल्य पनि चुकाउनुपर्छ। जसरी तिमीहरूले भनेका छौ, जब त्यो दिन आउँछ, उहाँको निम्ति कष्ट भोग्ने र मूल्य चुकाउने कसैलाई पनि परमेश्‍वरले बेवास्ता गर्नुहुन्न। यस्तो प्रकारको दृढ निश्‍चयता पक्रिरहन लायकको छ, अनि तिमीहरूले यो कहिल्यै बिर्सनु हुँदैन भन्ने कुरा सही छ। यसरी मात्रै म तिमीहरूको निम्ति मेरो मनलाई सहजता दिन सक्छु। नत्रभने, तिमीहरू सधैँभरि यस्ता मानिसहरू हुनेछौ जसको बारेमा मेरो मन निश्चिन्त रहन सक्दैन अनि तिमीहरू मेरो अरुचिका पात्रहरू हुनेछौ। यदि तिमीहरू सबै आफ्नो विवेकलाई पछ्याउन सक्छौ र मेरो कामको निम्ति केही प्रयास बाँकी नराखी अनि मेरो सुसमाचारको निम्ति जीवनभरिको शक्ति अर्पण गरेर मेरो निम्ति आफ्नो सबै दिन सक्छौ भने के मेरो हृदय तिमीहरूको पक्षमा खुशीले उफ्रिने छैन र? यसद्वारा म मेरो मनलाई तिमीहरूको सम्बन्धमा पूर्ण रूपले निश्चिन्त तुल्याउन सक्छु, सक्नेछैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा

६१६. के तँ हरेक युगमा परमेश्‍वरले व्यक्त गर्नुभएको स्वभावलाई युगको महत्त्व उचित रूपमा संप्रेषितगर्ने भाषामा ठोस तरिकाले संचार गर्नसक्छस्? के आखिरी दिनहरूका परमेश्‍वरको कार्यलाई अनुभव गर्ने तँ, परमेश्‍वरको धर्मी स्वभावलाई विस्तृत रूपमा व्याख्या गर्न सक्छस्? के परमेश्‍वरको स्वभावको बारेमा तैँले स्पष्ट र सटीक रूपमा गवाही दिन सक्छस्? धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने अनि तैँले तिनीहरूको गोठाला गरोस् भनी तँलाई प्रतीक्षा गरिरहेका दयनीय, गरिब, र भक्त धार्मिक विश्‍वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरू हस्तान्तरण गर्नेछस्? तैँले तिनीहरूको गोठालो गरोस् भनी कस्तो प्रकारका मानिसहरूले तँलाई प्रतीक्षा गरिरहेका छन्? के तँ कल्‍पना गर्न सक्छस्? के तेरा काँधहरू, तेरो कार्यभार, अनि तेरो जिम्‍मेवारीको बोझको बारेमा तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगमा मालिकको रूपमा तैँले कसरी पर्याप्त रूपमा सेवा गर्नेछस्? के तँमा मालिकपनको बलियो आभास छ? यावत् थोकका मालिकको बारेमा तैँले कसरी व्याख्या गर्नेछस्? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूका गोठालो हुनका लागि प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू अन्धकारमा बिलौना गरिरहेका गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू नोक्‍सानीमा छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्का झैँ अचानकज्योति तल झरेर हटाओस्भनी तिनीहरू कति तड्पिन्छन्। तिनीहरूले यसको लागि उत्सुकताका साथ जुन हदसम्‍म आशा गर्छन्, र दिन-रात यसको लागि जसरी विलाप गर्छन् त्यो कसले जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? कसले तिनीहरूलाई तिनीहरूको दयनीय अवस्थामा हेरेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्‍ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्‍ने तैँले बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमको खातिर, यी बाँचेकाहरूलाई मुक्तगर्ने प्रयास गर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासुर रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरको ऋण तिर्न आफ्‍नो सारा ऊर्जा अर्पण गर्न इच्‍छुक छैनस्? जब सबै कुरा भनिन्छ र गरिन्छ, तब तेरो असाधारण जीवन जिउनको लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तैँले कसरी अर्थ लगाउँछस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आत्मविश्‍वास साँच्‍चै छ त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ तेरो भविष्यको मिसनमा कसरी संलग्‍न हुनुपर्छ?

६१७. तँ एक सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर तेरो आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ एक मानिस भएकोले तैँले आफैलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःखहरू भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र दृढतासाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो एक अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले शैतानको वस्त्र लगाउँछ, शैतानबाट लिएर खान्छ, र शैतानकै फोहोरमा कुल्चीमिल्ची भई त्यसकै हुकुममा रही काम र सेवा गर्दछ। यदि तैँले जीवनको अर्थ बुझ्दैनस् वा साँचो मार्ग प्राप्त गर्दैनस् भने, यस्तो प्रकारले जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्गलाई पछ्याउँछन्, जसले सुधारका खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूला रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२)

६१८. तिमीहरूले यो शान्तिपूर्ण वातावरणमा परमेश्‍वरलाई प्रेम गर्ने सक्दो प्रयास गर्नुपर्दछ। भविष्यमा तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने कुनै मौकाहरू पाउनेछैनौ, किनकि मानिसहरूसित परमेश्‍वरलाई प्रेम गर्ने मौका देहमा मात्र हुन्छ; जब तिनीहरू अर्कै संसारमा जिउँछन्, कसैले पनि परमेश्‍वरलाई प्रेम गर्ने कुरा गर्ने छैनन्। के यो सृष्टि गरिएको प्राणीको जिम्मेवारी होइन र? यसैले तिमीहरूले आफ्नो जीवनकालमा परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्दछ? के तैँले यसबारे कहिल्यै विचार गरेको छस्? के तँ मरेपछि मात्र परमेश्‍वरलाई प्रेम गरुँला भनी पर्खिरहेको छस्? के यो खोक्रो कुरा होइन र? आज, तँ किन परमेश्‍वरलाई प्रेम गर्ने कुराको पछि लाग्दैनस्? के व्यस्त रहेर परमेश्‍वरलाई प्रेम गर्नु साँचो प्रेम हुन सक्छ? परमेश्‍वरको कामको यो चरण चाँडै नै अन्त्य हुनेछ भन्‍नुको कारण के हो भने परमेश्‍वरले शैतानको अगाडि पहिलेबाटै गवाही दिइसक्‍नुभएको छ। यसैले मानिसले केही पनि गर्नु आवश्यक छैन; मानिसलाई केवल ऊ जीवित रहेका वर्षहरूमा परमेश्‍वरलाई प्रेम गर्न मात्र आग्रह गरिएको छ—मुख्य कुरा यही हो। परमेश्‍वरका मागहरू उच्च छैनन्, र यसबाहेक, उहाँको हृदयमा एक तीव्र चिन्ता भएकोले, उहाँले कामको यो चरण समाप्त हुनु अघि नै अर्को चरणको कामको सारांश प्रकट गर्नुभएको छ, जसले अब कति समय छ भन्ने कुरालाई स्पष्ट पार्दछ; यदि परमेश्‍वर उहाँको हृदयमा चिन्तित हुनुहुन्नथ्यो भने, के उहाँले यति चाँडै यी वचनहरू बोल्‍नुहुनेथियो? समय थोरै भएकोले परमेश्‍वरले यस तरिकाले काम गर्नुहुन्छ। आशा गरिन्छ, कि तिमीहरूले जसरी आफ्नो शरीरलाई माया गर्छौ त्यसरी नै आफ्नो सारा हृदयले, आफ्‍ना सारा समझले र आफ्‍ना सारा शक्तिले परमेश्‍वरलाई प्रेम गर्न सक्नेछौ। के अति ठूलो अर्थ बोकेको जीवन यही होइन र? तैँले अन्यत्र कहाँ जीवनको अर्थ भेट्टाउन सक्‍छस्? के तँ धेरै नै अन्धो भइरहेको छैनस् र? के तँ परमेश्‍वरलाई प्रेम गर्न इच्छुक छस्? के परमेश्‍वर मानिसको प्रेम पाउन योग्य हुनुहुन्छ? के मानिसहरू मानिसको आराधना पाउन योग्य छन्? त्यसो भए, तैँले के गर्नुपर्छ? कुनै सङ्कोच नमानी साहस पूर्वक परमेश्‍वरलाई प्रेम गर्, र परमेश्‍वरले तँलाई के गर्नुहुनेछ सो हेर्। कतै उहाँले तँलाई मार्नुहुन्छ कि, हेर्। सारांशमा भन्नुपर्दा, परमेश्‍वरलाई प्रेम गर्ने काम परमेश्‍वरका निम्ति प्रतिलिपिहरू बनाउनु र लेख्‍नुभन्दा महत्त्वपूर्ण छ। तैँले सबैभन्दा महत्त्वपूर्ण कुरालाई पहिलो स्थान दिनुपर्दछ, यसैले कि तेरो जीवनको मूल्य अझै बढी होस् र यो खुसीले पूर्ण होस्, र त्यसपछि तैँले तेरो निम्ति परमेश्‍वरको “फैसला” पर्खनुपर्छ। तेरो योजनामा ​​परमेश्‍वरलाई प्रेम गर्ने कुरा समावेश छ कि छैन म त्यो जान्‍न उत्सुक छु। सबैका योजनाहरू परमेश्‍वरद्वारा पूरा गरिएको होस्, र ती सबै वास्तविकता बनून् भन्‍ने मेरो कामना छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ४२

६१९. मानिसले अर्थपूर्ण जीवन जिउने प्रयास गर्नुपर्छ, र आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति ऊ सन्तुष्ट हुनुहुँदैन। पत्रुसको स्वरूपमा जिउनको लागि, उसले पत्रुसको ज्ञान र अनुभवहरूलाई प्राप्त गर्नैपर्छ। मानिसले अझै उच्‍च र अझै प्रगाढ कुराहरूको खोजी गर्नुपर्छ। मानिसले अझै गहन, अझै शुद्ध परमेश्‍वरप्रतिको प्रेम, र मूल्य र अर्थ सहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्रै जीवन हो; तब मात्र मानिस पत्रुसजस्तै हुनेछ। तैँले सकरात्मक पक्षमा आफ्‍नो प्रवेशप्रति कर्मठ हुनमा ध्यान दिनुपर्छ, र अझै प्रगाढ, अझै निर्दिष्ट र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्दै क्षणिक सुखको खातिर आफूलाई विवश रूपमा विश्‍वासत्याग गर्न दिनु हुँदैन। तेरो प्रेम व्यवहारिक हुनुपर्छ, र तैँले पशुको भन्दा फरक नभएको यो भ्रष्ट, लापरवाही जीवनबाट आफूलाई स्वतन्त्र पार्ने उपायहरू पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्य भएको जीवन जिउनुपर्छ, र तैँले आफैलाई मूर्ख तुल्याउने वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नुहुँदैन। परमेश्‍वरलाई प्रेम गर्न इच्‍छा गर्ने हरेकको लागि, प्राप्त गर्न नसक्‍ने सत्यताहरू छैनन्‌ र तिनीहरू दह्रिलो गरी खडा हुन नसक्‍ने त्यस्तो कुनै न्याय छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ, र उहाँको इच्‍छालाई पूरा गर्नको लागि कसरी यो प्रेमको प्रयोग गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय अरू कुनै छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमका आकांक्षाहरू र दृढता हुनैपर्छ, र मेरुदण्ड नभएकाहरू, दुर्बल व्यक्तिहरू जस्ता तँ बन्‍नु हुँदैन। अर्थपूर्ण जीवनको अनुभव र अर्थपूर्ण सत्यताहरूको अनुभव कसरी गर्ने त्यो तैँले सिक्‍नैपर्छ, र आफैलाई त्यसरी आलटाल गर्ने व्यवहार गर्नु हुँदैन। तैँले महसुस नै गर्न नपाइ, तेरो जीवनले तँलाई छोडेर जानेछ; त्यसपछि, के तैँले परमेश्‍वरलाई प्रेम गर्ने अर्को मौका पाउनेछस्‌? के मरेपछि मानिसले परमेश्‍वरलाई प्रेम गर्न सक्छ र? तँसँग पनि पत्रुसको जस्तै आकांक्षाहरू र विवेक हुनुपर्छ; तेरो जीवन अर्थपूर्ण हुनैपर्छ, र तैँले आफैसँग खेलबाड गर्नु हुँदैन। एक मानव भएको हुनाले, र परमेश्‍वरको खोजी गर्ने एक व्यक्ति भएको हुनाले, तैँले आफ्‍नो जीवनलाई कस्तो व्यवहार गर्छस्‌, तैँले आफैलाई परमेश्‍वरमा कसरी समर्पण गर्नुपर्छ, परमेश्‍वरमा तैँले कसरी अझै अर्थपूर्ण विश्‍वास राख्नुपर्छ, र परमेश्‍वरलाई तैँले प्रेम गर्ने हुनाले, तैँले उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले कसरी प्रेम गर्नुपर्छ सो बारेमा होसियारीसाथ विचार गर्न सक्षम हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

६२०. मानवजाति र परमेश्‍वरलाई पछ्याउनेहरूका लागि परमेश्‍वरका सही आवश्यक मापदण्डहरू यसप्रकार छन्। उहाँलाई पछ्याउनेहरूको लागि उहाँले पाँच वटा मापदण्डहरू आवश्यक गर्नुभएको छ: साँचो विश्‍वास, निष्ठावान बफादारितापूर्ण अनुसरण, पूर्ण समर्पणता, सच्‍चा ज्ञान, र हृदयस्पर्शी श्रद्धाभाव।

परमेश्‍वरले, यी पाँच वटा कुराहरूमा, मानिसहरूले अब उप्रान्त आफ्ना कल्‍पनाहरू वा अस्पष्ट र अमूर्त दृष्टिकोणहरूको प्रयोग गरी उहाँलाई प्रश्‍न नगरून् वा उहाँलाई नपछ्याऊन् भन्ने मापदण्ड आवश्यक गर्नुभएको छ; तिनीहरूले परमेश्‍वरलाई कुनै पनि कल्‍पनाहरू वा धारणाहरूका आधारमा पछ्याउनु हुँदैन। उहाँलाई पछ्याउने हरेकले उहाँलाई आधा मनले वा प्रतिबद्धताविना होइन बरु बफादार भई पछ्याऊन् भन्‍ने मापदण्ड आवश्यक गर्नुभएको छ। जब परमेश्‍वरले तैँले कुनै मापदण्डहरू पूरा गर्न आवश्यक गर्नुहुन्छ, तँलाई जाँच्‍नुहुन्छ, तेरो न्याय गर्नुहुन्छ, तँसँग कुराकानी गर्नुहुन्छ र तँलाई छिँवल्‍नुहुन्छ, वा तँलाई अनुशासनमा राख्‍ने र प्रहार गर्ने गर्नुहुन्छ, तब तँ उहाँमा पूर्ण रूपमा समर्पित हुनुपर्छ। तैँले अभिप्राय सोध्‍ने वा सर्तहरू अघि सार्ने गर्नु हुँदैन, तैँले कारणहरूको बारेमा त झन कुरा नगरेकै बेश। तेरो आज्ञापालन निरपेक्ष हुनुपर्छ। परमेश्‍वरसम्‍बन्धी ज्ञान नै मानिसहरू सबैभन्दा पछि पर्ने क्षेत्र हो। तिनीहरूले परमेश्‍वरमा प्रायजसो उहाँसँग सम्‍बन्धित नरहेका भनाइहरू, वाणीहरू, र वचनहरू लाद्छन्, तिनीहरू त्यस्ता वचनहरू परमेश्‍वरसम्‍बन्धी ज्ञानको सबैभन्दा सटीक परिभाषा हुन् भन्‍ने विश्‍वास गर्छन्। मानव कल्‍पनाहरू, तिनीहरूका आफ्‍नै तर्क, र तिनीहरूका आफ्‍नै ज्ञानबाट आएका यी भनाइहरू परमेश्‍वरको सारसँग कहीँकतै सम्‍बन्धित छैनन् भन्‍नेबारे तिनीहरूलाई अलिकति पनि थाहा हुँदैन। यसैले, जब परमेश्‍वरले मानिसहरूमा होस् भनी चाहनुभएको ज्ञानको बारेमा कुरा आउँछ, उहाँले तँलाई उहाँ र उहाँका वचनहरूलाई मात्रै चिन् भनेर भन्‍नुहुन्‍न, बरु उहाँको बारेमा रहेको तेरो ज्ञान पनि सही हुनुपर्छ भनेर भन्‍नुहुन्छ। तैँले एउटै वाक्य मात्रै भन्‍न सक्छस्, वा तँलाई थोरै मात्रै थाहा छ भने पनि, यो थोरै ज्ञान सही र साँचो हुन्छ, र परमेश्‍वर स्वयम्‌को सारअनुरूप हुन्छ। किनभने परमेश्‍वरले उहाँमाथि गरिएको कुनै पनि अवास्तविक वा अनुचित प्रशंसा वा तारिफलाई तिरस्कार गर्नुहुन्छ। त्योभन्दा पनि बढी, उहाँले आफूसित मानिसहरूले हावाजस्तो व्यवहार गरेको घृणा गर्नुहुन्छ। मानिसहरूले परमेश्‍वरको विषयमा छलफल गर्दा, तथ्यहरूको बारेमा विचारै नगरीकन मनोमानी ढंगले अनि कुनै पनि हिचकिचाहटविना आफूलाई उचित लागेको कुरा बोलेको देख्दा उहाँले घृणा गर्नुहुन्छ; यसको साथै, उहाँले परमेश्‍वरलाई चिन्छु भनी विश्‍वास गर्ने र उहाँसँग सम्‍बन्धित विषयहरूमा छलफल गर्दा कुनै नियन्त्र्रण अनि कुनै सीमा नराखीकन छलफल गर्दै उहाँसम्‍बन्धी आफ्‍नो ज्ञानको सेखी गर्नेहरूलाई उहाँले घृणा गर्नुहुन्छ। यसभन्दा अघि उल्‍लेख गरिएका पाँच मापदण्डहरूमध्ये अन्तिम हृदयस्पर्शी श्रद्धाभाव थियो: उहाँलाई पछ्याउनेहरू सबैप्रतिको परमेश्‍वरको अन्तिम मापदण्ड यही हो। जब कसैसँग परमेश्‍वरसम्‍बन्धी सही र साँचो ज्ञान हुन्छ, तब तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा श्रद्धा गर्न र दुष्टबाट अलग बस्‍न सक्षम हुन्छन्। यो श्रद्धाभाव तिनीहरूको हृदयको अन्तस्करणबाट आउँछ; यो श्रद्धाभाव स्वेच्छाले दिइन्छ, र यो परमेश्‍वरको दबाबको परिणाम होइन। परमेश्‍वरले उहाँप्रति तैँले कुनै राम्रो आचरण, चालचलन, वा बाहिरी बानीबेहोराको उपहार दिनुपर्छ भनेर माग गर्नुहुन्‍न; उहाँले बरु तैँले तेरो हृदयको अन्तस्करणबाट उहाँलाई श्रद्धा गर् र उहाँको डर मान् भनेर भन्‍नुहुन्छ। त्यस्तो श्रद्धाभाव तेरो जीवनको स्वभावका परिवर्तनहरू, परमेश्‍वरबारे ज्ञान प्राप्ति र परमेश्‍वरका कार्यहरूको बुझाइ, परमेश्‍वरको सारको बुझाइ, अनि तँ परमेश्‍वरका सृष्टिहरूमध्ये एक होस् भन्‍ने तेरो स्वीकारको परिणामस्वरूप प्राप्त हुन्छ। त्यसकारण, यहाँ श्रद्धाभावलाई परिभाषित गर्नको लागि मैले “हृदयस्पर्शी” भन्‍ने शब्‍द प्रयोग गर्नुको उद्देश्य मानिसहरूले परमेश्‍वरप्रतिको आफ्नो श्रद्धाभाव आफ्नै हृदयको अन्तस्करणबाट आउनुपर्छ भनी बुझून् भन्‍ने हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

६२१. तिमीहरूभित्र मप्रतिको विश्‍वासघात कति रहेको छ भन्‍ने कुरा हेर्नको निम्ति अब तिमीहरू सबैले सकेसम्म छिटो आफैभित्र हेर्नुपर्छ। म अधीर भएर तिमीहरूको जबाफको प्रतीक्षा गरिरहेको छु। मसँग लापरवाही भएर व्यवहार नगर। म मानिसहरूसँग कहिल्यै खेलबाड गर्दिनँ। म केही गर्नेछु भनेर म भन्छु भने म त्यो निश्‍चय नै गर्नेछु। म आशा गर्छु तिमीहरू हरेकले मेरा वचनहरू गम्भीरता पूर्वक लिनेछौ र तिनीहरूलाई विज्ञान उपन्यासको रूपमा सोच्‍नेछैनौ। म तिमीहरूबाट ठोस कार्य भएको चाहन्छु, तिमीहरूका कल्पनाहरू होइन। अब, तिमीहरूले मेरा देहायबमोजिमका प्रश्‍नहरूको जवाफ दिनुपर्छ: १. यदि तँ साँच्चै नै सेवाकर्ता होस् भने के तैँले लापरवाही वा नकारात्मकताको कुनै तत्त्वविना निष्ठावान् भएर मेरो सेवा गर्न सक्छस्? २. मैले तेरो कहिले पनि सराहना नगरेको कुरा यदि तैँले पत्ता लगाइस् भने के तैँले अझ पनि अडिग भएर आजीवन मलाई सेवा पुर्‍याउनेछस्? ३. तैँले धेरै प्रयत्‍नहरू गर्दागर्दै पनि यदि म अझ तँप्रति उदासीन नै छु भने, के तैँले यस अस्पष्टताका बीच मेरो निम्ति निरन्तर काम गरिरहन सक्‍नेछस्? ४. तैँले मेरो लागि खर्च गरेपछि यदि मैले तेरा स-साना मागहरू पूरा गरिनँ भने, के तँ मसँग निरुत्साहित र निराश हुनेछस् वा अझ क्रोधित भएर गाली गर्नेछस्? ५. यदि तँ मप्रति सधैँ निष्ठावान् रहिआएको छस्, तथापि तैँले बिरामी, गरिबी र तेरा मित्र तथा आफन्तहरूबाट त्यागिएको पीडाको कष्ट भोग्छस् वा तैँले जीवनमा अन्य दुर्गतिहरू सहिस् भने, के मप्रतिको तेरो निष्ठा र प्रेम अझ पनि निरन्तर रहनेछ? ६. यदि मैले गरेको कुरा तैँले तेरो हृदयमा कल्पना गरेका कुरासँग मेल खाएन भने, तेरो भावी मार्गमा तँ कसरी हिँड्नेछस्? ७. यदि तैँले प्राप्त गर्ने आशा गरेका थोकहरू प्राप्त गरिनस् भने के तँ निरन्तर रूपमा मेरो अनुयायी हुन सक्छस्? ८. यदि तैँले मेरो कार्यको उद्देश्य र महत्त्वलाई कहिले पनि बुझेको छैनस् भने, के तँ मनोमानी तवरले निर्णयहरू नगर्ने र निष्कर्षहरू ननिकाल्ने आज्ञाकारी व्यक्ति बन्‍न सक्छस्? ९. के तैँले मैले भनेका सबै वचनहरू र मानवजातिसँग रहँदा मैले गरेका सबै कामलाई कदर गर्न सक्छस्। १०. के तँ तैँले केही प्राप्त नगरे तापनि मेरो निम्ति आजीवन पिडा सहन राजी भई मेरो वफादार अनुयायी बन्‍न सक्छस्? ११. के तैँले तेरो भावी अस्तित्वको मार्गको लागि विचार, योजना वा तयारी गर्ने कार्यलाई मेरो खातिर त्याग्‍न सक्छस्? यी प्रश्‍नहरूले तिमीहरूको निम्ति मेरा अन्तिम आवश्यकताहरूलाई प्रतिनिधित्व गर्छन् र तिमीहरू सबैले मलाई जवाफ दिन सक्नेछौ भन्‍ने मेरो आशा छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

६२२. मैले अहिले चाहने भनेको तेरो बफादारीता र आज्ञाकारीता, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तिमीहरूको बफादारीता र आज्ञाकारीता। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारीता र आज्ञाकारीतामा रहन्छ भन्ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै आज्ञाकारी हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र आज्ञाकारी हुनेछस्? के तँ आफ्‍ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र आज्ञाकारी बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्‍ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्‍वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्‍वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्‍ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्‍ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

अघिल्लो: १३. परमेश्‍वरको आवश्यक मापदण्ड, अर्ती, सान्त्वना र चेतावनीहरू सम्बन्धी वचनहरू

अर्को: ख. मानिसप्रति परमेश्‍वरका अर्ती र सान्त्वनाहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्