ख. मानिसप्रति परमेश्‍वरका अर्ती र सान्त्वनाहरू

६२३. आज परमेश्‍वर तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले के थाहा पाउनुपर्छ भने, तँलाई दोषी ठहराउनुको उद्देश्य तैँले आफैलाई चिन्नु हो। उहाँ तँलाई दोषी ठहराउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, ताकि तँ आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, र यसभन्दा पनि बढी, ताकि तँ आफ्‍नो मूल्य जान्‍न सक्, र परमेश्‍वरका सबै कार्य धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरूअनुसार छन्, र उहाँ मानिसको मुक्तिसम्बन्धी आफ्नो योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने र मुक्ति दिनुहुने, अनि न्याय गर्नुहुने र सजाय पनि दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न हैसियतको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्‍ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि जुन न्याय र सजाय गर्नुहुन्छ त्यसमार्फत उहाँले आफ्नो मुक्ति प्रकट गर्ने अभिप्राय राख्नुहुन्छ भन्‍ने थाहा छैन भने, तैँले कामकुरा अनुभव गर्न सम्भव छैन, अनि तँ अघि बढिरहन त झनै सक्षम छैनस्। परमेश्‍वर मानिसहरूलाई ढाल्न वा नष्ट गर्न आउनुभएको होइन, बरु तिनीहरूलाई न्याय गर्न, श्राप दिन, सजाय दिन, र मुक्ति दिन आउनुभएको हो। उहाँको ६ हजार वर्षे व्यवस्थापनको योजना समाप्त नभएसम्म—उहाँले प्रत्येक वर्गको मानिसको परिणाम प्रकट गर्नुअघि—पृथ्वीमा परमेश्‍वरको काम पूर्ण रूपमा मुक्तिका खातिर हुन्छ; यसको उद्देश्य उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण रूपमा सिद्ध पार्नु र तिनीहरूलाई उहाँको प्रभुत्वअन्तर्गत समर्पण गर्न लगाउनु मात्रै हो। परमेश्‍वरले मानिसहरूलाई जसरी मुक्ति दिनुभए पनि, यो सबै तिनीहरूलाई तिनीहरूको पुरानो शैतानी प्रकृतिबाट अलग गराएर गरिन्छ; अर्थात्, उहाँ तिनीहरूलाई जीवन पछ्याउन लगाएर मुक्ति दिनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूले परमेश्‍वरको मुक्ति स्वीकार गर्न सम्भव हुनेछैन। मुक्ति परमेश्‍वर स्वयम्‌को काम हो, र मुक्ति स्वीकार गर्नका निम्ति मानिसले जीवन पछ्याउनैपर्छ। मानिसको नजरमा, मुक्ति भनेको परमेश्‍वरको प्रेम हो, र परमेश्‍वरको प्रेम सजाय, न्याय, र श्राप हुन सक्दैन; मुक्तिमा कृपा, दयाधर्म, र, यतिमात्र नभएर, सान्त्वनाका वचनहरू, साथै परमेश्‍वरले प्रदान गर्नुभएका असीमित आशिष्‌हरू समावेश हुनैपर्छ। मानिसहरू के विश्‍वास गर्छन् भने, परमेश्‍वरले मानिसलाई मुक्ति दिँदा उसलाई उहाँका आशिष्‌ र अनुग्रहले प्रेरित गरेर त्यसो गर्नुहुन्छ, ताकि उसले आफ्नो हृदय परमेश्‍वरलाई दिन सकोस्। भन्नुको मतलब, उहाँले मानिसलाई छुनु नै उहाँले उसलाई मुक्ति दिनु हो। यस प्रकारको मुक्ति लेनदेन हो। परमेश्‍वरले मानिसलाई सय गुणा दिँदा मात्र ऊ परमेश्‍वरको नाउँसमक्ष आफूलाई समर्पण गर्न आउनेछ, र यसरी परमेश्‍वरलाई गर्व गराउनेछ र उहाँलाई महिमित पार्नेछ। मानवजातिप्रति परमेश्‍वरको अभिप्राय यो होइन। परमेश्‍वर भ्रष्ट मानवजातिलाई मुक्ति दिनका निम्ति पृथ्वीमा काम गर्न आउनुभएको हो; यसमा कुनै झूट छैन। यदि यस्तो नभएको भए, उहाँ पक्कै पनि आफ्नो काम गर्न व्यक्तिगत रूपमा आउनुभएको हुनेथिएन। विगतमा, उहाँले मुक्ति दिने विधिमा सबैभन्दा धेरै कृपा र दयाधर्म देखाउनुहुन्थ्यो, यतिसम्म कि उहाँले सम्पूर्ण मानवजातिको बदलामा शैतानलाई आफ्नो सर्वस्व दिनुभयो। वर्तमान भनेको विगतजस्तो छँदै छैन: आज तिमीहरूको मुक्ति आखिरी दिनहरूमा हुन्छ, जब हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिन्छ; तिमीहरूको मुक्तिको माध्यम कृपा वा दयाधर्म होइन, बरु सजाय र न्याय हो, ताकि मानिसलाई अझ पूर्ण रूपमा मुक्ति दिन सकियोस्। तसर्थ, तिमीहरूले सजाय, न्याय, र निर्दयी प्रहार मात्र प्राप्त गर्छौ, तर यो कुरा जानिराख: यस निर्दयी प्रहारमा अलिकति पनि दण्ड हुँदैन। मेरा वचनहरू जतिसुकै कठोर भए पनि, तिमीहरूमाथि केही त्यस्ता वचन मात्रै आइपर्छन् जुन तिमीहरूलाई पूर्ण रूपमा निर्दयी लाग्न सक्छन्, र म जतिसुकै रिसाएको भए पनि, तिमीहरूमाथि अझै पनि हप्काइका वचनहरू नै आइपर्छन्, र मेरो उद्देश्य तिमीहरूलाई हानि गर्नु वा मृत्युदण्ड दिनु होइन। के यी सबै तथ्य होइनन् र? आजकाल, चाहे त्यो धर्मी न्याय होस् वा निर्दयी शोधन र सजाय होस्, सबै कुरा मुक्तिका खातिर हो भन्ने जानिराख। आज हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने भए पनि वा सबै प्रकारका मानिस प्रकट गरिने भए पनि, परमेश्‍वरका सबै वचन र कामको उद्देश्य परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरूलाई मुक्ति दिनु हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्न ल्याइन्छ, र निर्दयी शोधन उसलाई स्वच्छ पार्न गरिन्छ; कठोर वचनहरू वा ताडना दुवै शुद्ध गर्नका लागि गरिन्छन् र ती मुक्तिका खातिर हुन्। तसर्थ, आज मुक्ति दिने विधि विगतको जस्तो छैन। आज, धर्मी न्यायले तिमीहरूको मुक्तिका रूपमा, र तिमीहरू हरेकलाई तिमीहरूको प्रकारअनुसार वर्गीकरण गर्ने असल साधनका रूपमा काम गर्छ, र निर्दयी सजायले तिमीहरूको सर्वोच्च मुक्तिका रूपमा काम गर्छ। यस्तो सजाय र न्यायको सामना गर्नुपर्दा तिमीहरूसँग भन्नुपर्ने कुरा के छ? के तिमीहरू सुरुदेखि अन्त्यसम्म सधैँ मुक्तिमा रमाएका छैनौ र? तिमीहरूले देहधारी परमेश्‍वरलाई देखेका छौ र उहाँको सर्वशक्तिमान्‌ता र बुद्धिलाई महसुस गरेका छौ; यसका साथै, तिमीहरूले बारम्बारको प्रहार र ताडनाको अनुभव गरेका छौ। तर, के तिमीहरूले सर्वोच्च अनुग्रह पनि प्राप्त गरेका छैनौ र? के तिमीहरूका आशिष्‌हरू अरू कसैका भन्दा ठूला छैनन् र? तिमीहरूका अनुग्रहहरू सोलोमनले प्राप्त गरेका महिमा र सम्पत्तिभन्दा पनि बढी प्रचुर छन्! यसबारे सोच: यदि मेरो आउनुको अभिप्राय तिमीहरूलाई मुक्ति दिनुको साटो तिमीहरूलाई दोषी ठहराउनु र दण्ड दिनु भएको भए, के तिमीहरू यतिका दिनसम्म टिक्न सक्थ्यौ र? के मासु र रगतले बनेका तिमी पापी प्राणीहरू आजसम्म जीवित रहन सक्थ्यौ र? यदि मेरो लक्ष्य तिमीहरूलाई दण्ड दिनु मात्रै भएको भए, म किन देह बन्नेथिएँ र यति ठूलो उद्यममा लाग्नेथिएँ? के तिमी तुच्छ मानिसहरूलाई एउटै वचन बोलेर दण्ड दिन सकिँदैनथियो र? के मैले तिमीहरूलाई जानीजानी दोषी ठहराएपछि पनि तिमीहरूलाई नष्ट गर्नुपर्थ्यो र? के तिमीहरूलाई अझै पनि मेरा यी वचनहरूको विश्‍वास लाग्दैन? के म मानिसलाई कृपा र दयाधर्मद्वारा मात्रै मुक्ति दिन सक्थेँ र? वा, के म क्रुसीकरण मात्रै प्रयोग गरेर मानिसलाई मुक्ति दिन सक्थेँ र? के मेरो धर्मी स्वभाव मानिसलाई पूर्ण रूपमा समर्पित बनाउनका लागि अझ बढी अनुकूल छैन र? के यो मानिसलाई पूर्ण रूपमा मुक्ति दिन अझ बढी सक्षम छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्‌हरू त्याग्नुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ

६२४. तिमीहरू सबै पाप र व्यभिचारको भूमिमा जिउँछौ, र तिमीहरू सबै व्यभिचारी र पापी छौ। आज तिमीहरू परमेश्‍वरलाई देख्‍न मात्रै सक्षम भएका छैनौ, अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय प्राप्त गरेका छौ, तिमीहरूले यो सबैभन्दा गहिरो मुक्ति प्राप्त गरेका छौ, यसको मतलब, तिमीहरूले परमेश्‍वरको सबैभन्दा ठूलो प्रेम प्राप्त गरेका छौ। परमेश्‍वर जे गर्नुहुन्छ त्यो सबै तिमीहरूप्रतिको साँचो प्रेम हो। उहाँको कुनै खराब अभिप्राय छैन। तिमीहरूका पापहरूका कारण नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ, ताकि तिमीहरूले आत्मचिन्तन गर्न सक र यो ठूलो मुक्ति प्राप्त गर। यो सबै काम मानिसलाई पूर्ण पार्ने उद्देश्यका लागि गरिएको हो। सुरुदेखि अन्त्यसम्म, परमेश्‍वरले मानिसलाई मुक्ति दिन आफ्नो सक्दो प्रयास गर्दै आउनुभएको छ, र उहाँले आफ्नै हातले सृष्टि गर्नुभएको मानिसलाई पूर्ण रूपमा नष्ट गर्ने उहाँको चाहना छँदै छैन। आज, उहाँ काम गर्न तिमीहरूमाझ आउनुभएको छ; के यो अझ बढी मुक्ति होइन र? यदि उहाँ तिमीहरूलाई घृणा गर्नुहुन्थ्यो भने, के उहाँले अझै पनि तिमीहरूलाई व्यक्तिगत रूपमा मार्गदर्शन गर्न यति ठूलो काम गर्नुहुन्थ्यो होला र? उहाँले किन यसरी दुःख भोग्नुपर्थ्यो र? परमेश्‍वर तिमीहरूलाई घृणा गर्ने वा तिमीहरूप्रति कुनै खराब अभिप्राय राख्ने गर्नुहुन्न। तिमीहरूले परमेश्‍वरको प्रेम सबैभन्दा वास्तविक छ भन्‍ने कुरा जान्‍नुपर्छ। मानिस विद्रोही भएको हुनाले मात्रै परमेश्‍वरले उसलाई न्यायमार्फत मुक्ति दिनुपरेको हो; नत्र, उसलाई मुक्ति दिन अझै पनि असम्भव हुनेथ्यो। तिमीहरूलाई आफ्नो जीवन कसरी जिउने भन्‍ने थाहा नभएको र कसरी जिउने भन्‍नेबारे तिमीहरू सचेत नभएको हुनाले, साथै तिमीहरू यो व्यभिचारी र पापी भूमिमा जिउने र तिमीहरू आफै व्यभिचारी र फोहोर पिशाच भएका हुनाले, उहाँ तिमीहरू अझै तल डुबेको सहन सक्नुहुन्न, उहाँ तिमीहरू अहिले जस्तै यो फोहोर भूमिमा जिएको, शैतानद्वारा जथाभावी कुल्चिएको हेर्न सक्नुहुन्न, र उहाँ तिमीहरूलाई पातालभित्र खसेको सहन सक्नुहुन्न। उहाँ मानिसहरूको यो समूहलाई प्राप्त गर्न र तिमीहरूलाई पूर्ण रूपमा मुक्ति दिन मात्र चाहनुहुन्छ। तिमीहरूमाथि विजयको काम गर्नुको मुख्य उद्देश्य यही हो—यो मुक्तिका लागि हो। यदि तँ आफूमाथि गरिएका सबै कुरा प्रेम र मुक्ति भएको भनी देख्न सक्दैनस् भने, यदि तँ यो मानिसलाई सास्ती दिने एउटा तरिका, एउटा उपाय मात्र हो, र विश्‍वास गर्न नसकिने कुरा हो भन्‍ने सोच्छस् भने, तँ पीडा र कष्ट भोग्न तेरो आफ्नै संसारमा फर्केर गए पनि हुन्छ! यदि तँ, यही प्रवाहभित्र, यो न्याय र यो विशाल मुक्तिको अनुग्रह, मानव संसारमा कतै पनि नभेटिने यी सबै आशिष्‌, र यो प्रेम अनुभव गर्न इच्छुक छस् भने, असल बन्: सिद्ध पारिनका लागि विजयको कामलाई स्वीकार गर्न यही प्रवाहमा बसिराख्। आज, परमेश्‍वरको न्यायका कारण तैँले अलिकति पीडा र शोधन भोग्छस्, तर यो पीडा भोग्नुको मूल्य र अर्थ रहेको छ। मानिसका लागि, परमेश्‍वरको सजाय र न्याय भनेको शोधन, निर्मम खुलासा, र उसले गरेका पापहरूका लागि उसलाई दण्ड दिने र उसको देहलाई दण्ड दिने उद्देश्यले गरिएका कामकुरा भए पनि, यीमध्ये कुनै पनि कामको अभिप्राय उसको देहलाई दोषी ठहराउनु र नष्ट गर्नु होइन। वचनको कठोर खुलासा तँलाई सही मार्गमा डोर्‍याउने उद्देश्यका लागि मात्रै हो। तिमीहरूले व्यक्तिगत रूपमा यो काम यति धेरै अनुभव गरेका छौ र, स्पष्ट रूपमा, यसले तिमीहरूलाई दुष्ट मार्गमा डोर्‍याएको छैन! यो सबै तँलाई सामान्य मानवता जिउने बनाउनका लागि हो, र यो सबै तेरो सामान्य मानवताद्वारा हासिल गर्न सकिने कुरा हो। परमेश्‍वरको कामको हरेक चरण तेरा आवश्यकताहरूमा आधारित हुन्छ, तेरा कमजोरीहरूअनुसार, र तेरो खास कदअनुसार हुन्छ, र तिमीहरूमाथि सहन नसकिने कुनै पनि बोझ जबरजस्ती लादिँदैन। आज तँलाई यो कुरा प्रस्ट भएको छैन, र तँलाई मैले तँमाथि कठोर व्यवहार गरिरहेको छु भन्ने लाग्छ, अनि तँ सधैँ मैले तँलाई घृणा गर्ने भएकाले नै म हरेक दिन तँलाई सजाय दिने, न्याय गर्ने, र हप्काउने गर्छु भन्ने विश्‍वास गर्छस्। तर तैँले सजाय र न्याय प्राप्त गरे पनि, यो वास्तवमा तँप्रतिको प्रेम हो, र यो सबैभन्दा ठूलो सुरक्षा हो। यदि तँ यस कामको अझ गहिरो अर्थ बुझ्न सक्दैनस् भने, अनुभव गरिरहन तेरा लागि असम्भव हुनेछ। तैँले यस मुक्तिबाट सान्त्वना प्राप्त गर्नुपर्छ। होसमा आउन इन्कार नगर्। यति टाढासम्म आइसकेपछि, विजयको कामको महत्त्व तँलाई स्पष्ट भइसकेको हुनुपर्छ, र अब तैँले यसबारे कुनै पनि प्रकारको राय बोकिहिँड्नु हुँदैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (४)

६२५. परमेश्‍वरका वचनहरूको कारण सबै मानिसहरू शोधनमा परेका छन्। यदि परमेश्‍वरले देहधारण नगर्नुभएको भए निश्‍चय नै मानवजातिले यस शोधनद्वारा कष्टको आशिष् पाउनेथिएन। अर्को प्रकारले भन्‍नुपर्दा, परमेश्‍वरका वचनहरूको परीक्षा स्वीकार गर्न सक्‍नेहरू सबै धन्यका हुन्। मानिसहरूको अन्तर्निहित क्षमता, तिनीहरूको व्यवहार र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृतिको आधारमा, तिनीहरू यस प्रकारको शोधन पाउन योग्यका छैनन्। तिनीहरू परमेश्‍वरद्वारा माथि उठाइएकोले गर्दा नै तिनीहरूले यो आशिष् उपभोग गरेका छन्। मानिसहरूले तिनीहरू परमेश्‍वरको अनुहार हेर्न वा उहाँका वचनहरू सुन्‍न लायक छैनन् भन्‍ने गर्थे। आज, परमेश्‍वरले उठाउनुभएकोले र उहाँको कृपाका कारण नै मानिसहरूले उहाँका वचनहरूको शोधन प्राप्त गरेका छन्। यो आखिरी दिनहरूमा जन्मने प्रत्येक व्यक्तिले पाउने आशिष् हो—के तैँले व्यक्तिगत रूपमा यो अनुभव गरेको छस्? मानिसहरूले कुन पक्षमा दुःख र प्रतिरोधहरू भोग्‍नुपर्छ भन्‍ने कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ—यो कुरा मानिसहरूका आफ्नै आवश्यकताहरूमा आधारित छैन। यो स्पष्ट सत्य हो। प्रत्येक विश्‍वासीसँग परमेश्‍वरका वचनहरूको परीक्षा स्विकार्न र उहाँका वचनहरूभित्र दुःख भोग्‍न सक्‍ने क्षमता हुनुपर्छ। के यो तिमीहरूले स्पष्ट रूपमा बुझ्यौ? यसैले तैँले आफूले भोगेका दुःखकष्टको बदलामा आजका आशिष्‌हरू पाएको छस्; परमेश्‍वरका लागि दुःख भोग्दैनस् भने, तैँले उहाँको स्याबासी प्राप्त गर्न सक्दैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ

६२६. तैँले परमेश्‍वरका वचनहरूको न्याय, सजाय, प्रहार, र शोधनलाई स्वीकार गर्न सक्छस्, यसको साथै तँ परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्न सक्छस् भन्‍ने कुरा युगौंयुग पहिले नै परमेश्‍वरले पूर्वनिर्धारित गरिसक्‍नुभएको थियो, तसर्थ तँलाई सजाय दिइँदा तँ हैरान हुनु हुँदैन। तिमीहरूमा गरिएको काम, र तिमीहरूलाई दिइएका आशिष्‌हरू कसैले पनि खोस्‍न सक्दैन, अनि तिमीहरूलाई दिइएका सबै कुराहरू कसैले पनि खोसेर लैजान सक्दैन। धर्मका मानिसहरूलाई तिमीहरूसँग तुलना गर्न सकिँदैन। तिमीहरूमा बाइबलसम्‍बन्धी विशेषज्ञता छैन, र तिमीहरू धार्मिक धर्मसिद्धान्तहरूद्वारा सुसज्‍जित छैनौ, तर परमेश्‍वरले तिमीहरूभित्र काम गर्नुभएको हुनाले, तिमीहरूले युगौंयुगको अवधिमा अरू कसैले भन्दा बढी प्राप्त गरेका छौ—त्यसकारण, यो तिमीहरूको सबैभन्दा ठूलो आशिष्‌ हो। यही कारणले गर्दा, तिमीहरू परमेश्‍वरप्रति अझै समर्पित हुनुपर्छ, र परमेश्‍वरप्रति अझै निष्ठावान हुनुपर्छ। परमेश्‍वरले तँलाई माथि उठाउनुहुने भएकोले, तैँले आफ्‍नो प्रयासहरूलाई सुदृढ पार्नुपर्छ, र परमेश्‍वरको आज्ञालाई स्वीकार गर्नको लागि तेरो कदलाई तयार गर्नुपर्छ। परमेश्‍वरले तँलाई दिनुभएको स्थानमा तँ दह्रिलो गरी खडा हुनैपर्छ, परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍न तँ लागिपर्नुपर्छ, राज्यको तालिमलाई स्वीकार गर्नुपर्छ, परमेश्‍वरद्वारा प्राप्त गरिनुपर्छ र आखिरमा परमेश्‍वरको महिमावान् गवाही बन्‍नुपर्छ। के तँमा यी संकल्‍पहरू छन्? यदि तँमा यस्ता संकल्‍पहरू छन् भने, आखिरमा तँलाई अवश्य नै परमेश्‍वरले प्राप्त गर्नुहुनेछ, र तँ परमेश्‍वरको महिमावान् गवाही बन्‍नेछस्। मुख्य आज्ञा भनेको नै परमेश्‍वरद्वारा प्राप्त गरिनु र परमेश्‍वरको महिमावान् गवाही बन्‍नु हो भन्‍ने कुरालाई तैँले बुझ्‍नुपर्छ। परमेश्‍वरको अभिप्राय नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

६२७. मेरो आवाज सुनेका सबै दाजुभाइ-दिदीबहिनीहरूलाई: तिमीहरूले मेरो कठोर न्यायको आवाज सुनेका छौ र चरम कष्ट भोगेका छौ। तर, तिमीहरूले मेरो कठोर आवाजको पछाडि मेरा अभिप्रायहरू लुकेका छन् भन्‍ने जान्‍नुपर्छ! म तिमीहरूले मुक्ति पाउन सक भनेर तिमीहरूलाई ताडना दिन्छु। तिमीहरूले जान्नुपर्छ, म मेरा सबै प्रिय पुत्र, तिमीहरूलाई निश्‍चय नै ताडना दिनेछु र तिमीहरूलाई काटछाँट गर्नेछु र चाँडै नै तिमीहरूलाई पूर्ण पार्नेछु। मेरो हृदय अत्यन्तै उत्सुक छ, तर तिमीहरू मेरो हृदयलाई बुझ्दैनौ र मेरो वचनअनुसार कार्य गर्दैनौ। मेरा वचनहरू आज तिमीहरूमाथि आइपर्छन्, जसले गर्दा तिमीहरूले परमेश्‍वर एक प्रेमिलो परमेश्‍वर हुनुहुन्छ भनी साँच्चै थाहा पाउँछौ र तिमीहरू सबैले परमेश्‍वरको साँचो प्रेम अनुभव गर्छौ। तर, थोरै सङ्ख्याका मानिसहरू पनि छन्, जो ढोँग गरिरहेका छन्। तिनीहरूले अरू मानिसहरूको दुःख देख्दा उनीहरूको नक्कल गर्छन्, अनि आफ्नो आँखाबाट पनि आँसु झार्छन्। अरू पनि छन्—जसले बाहिरी रूपमा—परमेश्‍वरप्रति ऋणी भएको महसुस गरेजस्तो देखिन्छ र तिनीहरू पछुताएका जस्ता देखिन्छन्, तर भित्री रूपमा, तिनीहरू साँचो रूपमा परमेश्‍वरलाई चिन्दैनन्, न त तिनीहरू उहाँबारे निश्चित नै छन्; बरु, तिनीहरू केवल ढोँग गरिरहेका छन्। म यी मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्छु! ढिलो-चाँडो, यी मानिसहरूलाई मेरो सहरबाट हटाइनेछ। मेरो अभिप्राय यो हो: म ती मानिसहरू चाहन्छु, जो मेरो तीव्र चाहना गर्छन्, र मलाई साँचो हृदयले पछ्याउनेहरूले मात्र मलाई खुसी पार्न सक्छन्। म त्यस्ता मानिसहरूलाई निश्चित रूपले आफ्नै हातले सहारा दिनेछु, र तिनीहरूलाई सबै विपत्‌बाट बचाउनेछु। साँचो रूपमा परमेश्‍वरलाई चाहने मानिसहरू परमेश्‍वरको हृदयलाई ख्याल गर्न र मेरो इच्छा पछ्याउन इच्छुक हुन्छन्। यसैले, तिमीहरू चाँडै वास्तविकतामा प्रवेश गर्नुपर्छ र मेरो वचनलाई तिमीहरूको जीवनका रूपमा स्वीकार गर्नुपर्छ—यही नै मेरो सबैभन्दा ठूलो बोझ हो। यदि मण्डलीहरू र सन्तहरू सबै वास्तविकतामा प्रवेश गर्छन् र सबैले प्रत्यक्ष रूपमा मसँग सङ्गति गर्न, मेरो आमनेसामने हुन र सत्यता र धार्मिकता अभ्यास गर्न सक्छन् भने, तब मात्र तिनीहरू मेरा प्रिय पुत्र हुनेछन्, जसप्रति म प्रसन्न हुन्छु। यिनै मानिसहरूलाई म सबै महान् आशिष्‌हरू प्रदान गर्दछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २३

६२८. आज तँलाई जसरी विजय गरिएको छ त्यसप्रति मात्रै तँ सन्तुष्ट हुन सक्दैनस्, तैँले तेरो अगाडि रहेको मार्गमा कसरी हिँड्नुपर्छ भन्‍ने बारेमा पनि विचार गर्नैपर्छ। तँसँग सिद्ध पारिनका लागि सङ्कल्प र साहस हुनैपर्छ, र तैँले आफूलाई सधैँ असक्षम ठान्‍नु हुँदैन। के सत्यताले पक्षपात गर्छ? के सत्यताले मानिसहरूलाई जानीजानी विरोध गर्न सक्छ? यदि सत्यताको खोजी गरिस्‌ भने, के यसले तँलाई परास्त गर्न सक्छ? यदि तँ इन्साफका लागि दह्रिलो गरी खडा भइस्‌ भने, के यसले तँलाई ढाल्‍नेछ? यदि जीवनको खोजी गर्ने तेरो आकांक्षा साँचो हो भने, के जीवनले तँलाई छल्‍न सक्छ? यदि तँ सत्यताविहीन छस्‌ भने, सत्यताले तँलाई बेवास्ता गरेको कारणले होइन, बरु तँ सत्यताबाट टाढा बस्‍ने हुँदा त्यसो भएको हो; यदि तँ इन्साफका लागि दृढ रूपमा खडा हुन सक्दैनस्‌ भने, इन्साफमा कुनै गल्ती भएको कारणले होइन, बरु यो तथ्यहरूसँग मिल्दैन भनेर तैँले ठानेको कारणले गर्दा यसो भएको हो; धेरै वर्षसम्‍म जीवनको खोजी गरेर पनि तैँले जीवन प्राप्त गरेको छैनस्‌ भने, तँप्रति जीवनको कुनै विवेक नभएर होइन, बरु जीवनप्रति तँसँग कुनै विवेक नभएकोले र तैँले जीवनलाई धपाएको हुनाले यसो भएको हो; यदि तँ ज्योतिमा जिउँछस्‌ र पनि ज्योति प्राप्त गर्न असमर्थ भएको छस्‌ भने, ज्योतिले तँलाई प्रकाश दिन नसकेकोले होइन, बरु ज्योतिको अस्तित्वलाई तैँले कुनै पनि ध्यान नदिएकोले र यही कारण ज्योति तँबाट चुपचाप टाढा गएकोले यसो भएको हो। यदि तैँले खोजी गर्दैनस्‌ भने, तँ मूल्यहीन रद्दी होस्, तेरो जीवनमा कुनै साहस छैन र अन्धकारका शक्तिहरूको प्रतिरोध गर्ने इच्छाशक्ति तँमा छैन भनेर मात्रै भन्‍न सकिन्छ। तँ अत्यन्तै कमजोर छस्! तँलाई घेरेर राखेको शैतानका शक्तिहरूबाट तँ उम्कन सक्दैनस्‌ र यस प्रकारको सुरक्षित र निश्‍चिन्त जीवन जिउन र अज्ञानतामा मर्न मात्रै तँ इच्‍छुक छस्‌। तैँले हासिल गर्नुपर्ने कुरा भनेको आफूलाई विजय गरिने तेरो खोजी हो; यो तैँले पूरा गर्नैपर्ने कर्तव्य हो। यदि तँ आफूलाई विजय गरिनुमा नै सन्तुष्ट छस्‌ भने, तैँले ज्योतिको अस्तित्वलाई धपाउँछस्‌। तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्‌, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्‍नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्‍नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्‍नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

६२९. परमेश्‍वरलाई पछ्याउनु त्यस्तो सजिलो कुरा हो भन्‍ने नठान्। मुख्य कुरा भनेको तैँले उहाँलाई चिन्‍नैपर्छ, तैँले उहाँको काम चिन्‍नैपर्छ, र तँसित उहाँका खातिर कष्ट सहने, उहाँका निम्ति आफ्नो जीवनको बलिदान दिने र उहाँद्वारा सिद्ध पारिने सङ्कल्प हुनैपर्छ। तँमा हुनुपर्ने दर्शन यही हो। यदि तेरा सोचहरू अनुग्रहको आनन्द लिने कुरामा मात्र सधैँ झुक्छन् भने त्यसलाई बदल्नुपर्छ। परमेश्‍वर मानिसहरूको आनन्दको निम्ति मात्र वा तिनीहरूमाथि अनुग्रह प्रदान गर्नको निम्ति मात्र यहाँ हुनुहुन्छ भन्‍ने नठान्। तँ गलत हुनेछस्! यदि कसैले आफ्नो जीवनलाई जोखिममा पारेर उहाँलाई पछ्याउन सक्दैन भने, र यदि कसैले हरेक बाहिरी कुरा त्यागेर पछ्याउन सक्दैन भने, उसले उहाँलाई अन्तिमसम्म पछ्याइरहन निश्‍चय पनि सक्‍नेछैन। तेरो जगको रूपमा तँसँग दर्शनहरू हुनैपर्छ। यदि कुनै दिन तँमाथि प्रकोप आइपर्‍यो भने, तैँले के गर्नुपर्छ? के तैँले अझ पनि उहाँलाई पछ्याउन सक्छस्? तैँले अन्तिमसम्म उहाँलाई पछ्याउन सक्षम हुनेछस् कि हुनेछैनस् भनेर हलुका रूपमा कुरा नगर्। अहिले कति बेला भयो भनेर हेर्न तैँले आफ्ना आँखा खोलेको नै राम्रो। तिमीहरू अहिले मन्दिरको स्तम्भहरू जस्तै हुनसक्‍ने भए तापनि, एउटा यस्तो बेला आउनेछ जुन बेला त्यस्ता सबै स्तम्भहरू कीराहरूले खानेछन्, जसको कारण मन्दिर ढल्नेछ, किनकि वर्तमान समयमा तिमीहरूमा धेरै दर्शनहरूको अभाव छ। तिमीहरू आफ्नै साना संसारहरूलाई मात्र ध्यान दिन्छौ, र पछ्याउनका लागि सबैभन्दा भरपर्दो र उचित तरिका के हो भन्ने कुरा तिमीहरूलाई थाहा छैन। तिमीहरूले आजको कामको दर्शनलाई ध्यान दिँदैनौ, न त यी कुराहरूलाई आफ्ना हृदयमा नै राख्छौ। एक दिन तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सबैभन्दा अपरिचित ठाउँमा राख्‍नुहुनेछ भन्‍ने कुरालाई तिमीहरूले ध्यान दिएका छौ? एक दिन मैले तिमीहरूबाट सबै थोक खोसेँ भने तिमीहरूको के हालत हुनेछ के त्यसबारे तिमीहरूले कल्पना गर्न सक्छौ? के तिमीहरूको त्यस दिनको हुटहुटी अहिलेको जस्तै हुनेछ? के तिमीहरूको विश्‍वास पुनः देखा पर्नेछ? परमेश्‍वरलाई पछ्याउँदा तिमीहरूले यस महान् दर्शनलाई जान्‍नै पर्छ जो “परमेश्‍वर” हुनुहुन्छ: यो सबैभन्दा महत्त्वपूर्ण विषय हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले कामलाई बुझ्नै पर्छ—अन्योलमा नपछ्याओ!

६३०. कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई चिन्दछ: यो नै अन्तिम लक्ष्य हो, र मानिसको खोजको लक्ष्य हो। तैँले परमेश्‍वरको वचन अनुसार जिउन प्रयत्‍न गर्नैपर्छ, ताकि तेरो अभ्यासमा ती वचन फलदायी हुन सकून्। यदि तँसँग सैद्धान्तिक ज्ञान मात्र छ भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास शून्य हुनेछ। यदि तैँले उहाँको वचन अभ्यास गरिस् र त्यसमा जिइस् भने मात्रै तेरो विश्‍वास पूर्ण भएको र परमेश्‍वरका अभिप्रायहरू अनुसार भएको मान्‍न सकिन्छ। यस मार्गमा, धेरै मानिस थुप्रै ज्ञानका कुरा बोल्न सक्छन्, तर तिनीहरूको मृत्युको समयमा, तिनीहरूका आँखा आँसुले भरिन्छन्, र तिनीहरू व्यर्थमा एउटा जीवनकाल खेर फालेकोमा र बुढेसकालसम्म जिएकोमा आफैलाई घृणा गर्छन्। तिनीहरू धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यता अभ्यास गर्न सक्दैनन् वा परमेश्‍वरको गवाही दिन सक्दैनन्; तिनीहरू केवल यता-उता दौडिन्छन्, काममा घाँटीसम्म डुबेका हुन्छन्, अनि मृत्युको मुखमा पुगेपछि मात्र तिनीहरूले आफूमा साँचो गवाही नभएको र तिनीहरूले परमेश्‍वरलाई बिलकुल नचिनेको कुरा अन्ततः देख्छन्। अनि के यो धेरै ढिलो हुँदैन र? तँ किन आजको सदुपयोग गरेर आफूले प्रेम गर्ने सत्यता पछ्याउँदैनस्? किन भोलिसम्म कुर्छस्? यदि तँ जीवनमा सत्यताका लागि कष्ट भोग्दैनस् वा त्यो प्राप्‍त गर्न खोज्दैनस् भने, के तैँले मृत्युको घडीमा पछुतो महसुस गर्न चाहेको हुन सक्छ? यदि त्यसो हो भने, किन परमेश्‍वरमा विश्‍वास गर्नु? वास्तवमा, मानिसहरूले यदि अलिकति मात्र परिश्रम गरे भने, तिनीहरूले सत्यता अभ्यास गर्न सक्‍ने र परमेश्‍वरलाई सन्‍तुष्‍ट पार्न सक्ने थुप्रै मामलाहरू छन्। मानिसहरूका मन सधैँ धुमिल हुने हुनाले मात्रै तिनीहरूले परमेश्‍वरका खातिर काम गर्न सक्दैनन्, र निरन्तर तिनीहरूको देहका खातिर दौडधुप गर्छन्, अन्त्यमा केही प्राप्‍त गर्दैनन्। यसकारण, मानिसहरू निरन्तर चिन्ता र कठिनाइहरूद्वारा पीडित हुन्छन्। के यी शैतानका यातनाहरू होइनन्? के यो देहको भ्रष्‍टता होइन? तैँले आफ्नो ओठ चलाएर परमेश्‍वरलाई मूर्ख बनाउने कोसिस गर्नु हुँदैन। बरु, तैँले वास्तविक कार्य गर्नुपर्छ। आफैलाई छल नगर्—त्यसको अर्थ के हुन सक्छ? आफ्नो देहका खातिर जिएर अनि ख्याति र प्राप्तिका लागि सङ्घर्ष गरेर तैँले के प्राप्‍त गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

६३१. जीवन नपछ्याउनेहरू रूपान्तरित हुन सक्दैनन् र सत्यताका निम्ति नतिर्खाउनेहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेश पछ्याउनमा ध्यान दिँदैनस्, बरु परमेश्‍वरलाई प्रेम गर्न र उहाँको नजिक हुनबाट तँलाई बाँध्ने अत्यधिक चाहना र चीजहरूमा सधैँ ध्यान दिन्छस्। के ती कुराहरूले तँलाई रूपान्तरण गर्न सक्छन्? के तिनले तँलाई राज्यभित्र ल्याउन सक्छन्? यदि सत्यताको खोजी गर्नु तेरो पछ्याइको लक्ष्य होइन भने, तैँले यस मौकाको फाइदा उठाएर यसमा सफल हुनका निम्ति संसारतिर फर्केकै राम्रो हो। तेरो समय यसरी फाल्‍नु उचित हुँदैन—तैँले आफैलाई किन कष्ट दिने? तैँले सुन्दर संसारमा भएका सबै किसिमका चीजहरूको आनन्द लिन सक्थिस् भन्‍ने कुरा सत्य होइन? पैसा, सुन्दर स्त्रीहरू, हैसियत, अभिमान, परिवार, बालबच्चाहरू र अन्य—के संसारका यी उत्पादनहरू तैँले आनन्द मनाउन सक्‍ने सर्वोत्तम कुराहरू होइनन् र? यहाँ सहज ठाउँको खोजीमा भौँतारिएर हिँड्नुको के फाइदा? मानिसको पुत्रको शिर राख्‍ने ठाउँ कहीँ छैन, यसैले तैँले आरामको ठाउँ कसरी पाउन सक्थिस्? उहाँले तेरो निम्ति आराम गर्ने एउटा सुन्दर ठाउँ कसरी सृजना गर्न सक्‍नुहुन्थ्यो र? के त्यो सम्भव छ? मेरो न्याय बाहेक, आज तैँले सत्यताका सिकाइहरू मात्र प्राप्त गर्न सक्छस्। तँ मबाट सान्त्वना प्राप्त गर्न सक्दैनस् र तँ मबाट आफूले दिनरात तृष्णा गर्ने सुखैसुखको जीवन पनि प्राप्त गर्न सक्दैनस्। म तँलाई संसारको धनसम्पत्ति र महिमा प्रदान गर्नेछैनँ। यदि तँ साँचो रूपमा पछ्याउँछस् भने, म तँलाई सम्पूर्ण रूपमा जीवनको मार्ग प्रदान गर्न, तँलाई पानीमा फर्किएको माछा जस्तो बनाउन इच्छुक छु। यदि तँ साँचो रूपमा पछ्याउँदैनस् भने, म त्यो सबै फिर्ता लिनेछु। म मेरो मुखका वचनहरू आरामको लोभ गर्ने, ठ्याक्कै सुँगुर र कुकुरजस्ता मानिसहरूलाई प्रदान गर्न इच्छुक छैनँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?

६३२. आज, आस्थाले नै तँलाई विजय गरिन सक्षम बनाउँछ, र विजय गरिनुले नै तँलाई यहोवाको हरेक कार्यमा विश्वास गर्न सक्षम बनाउँछ। आस्थाका कारण मात्रै तैँले यस्तो सजाय र न्याय प्राप्त गर्छस्। यो सजाय र न्यायमार्फत, तँ विजय गरिन्छस् र सिद्ध पारिन्छस्। यदि आजको सजाय र न्याय नभएको भए, तेरो आस्था व्यर्थ हुनेथ्यो, किनभने तैँले परमेश्‍वरलाई चिन्नेथिइनस्; तैँले उहाँमा जतिसुकै विश्वास गरे पनि, तेरो आस्था केवल खोक्रो शब्द हुनेथ्यो र त्यसमा कुनै वास्तविकता हुनेथिएन। तैँले तँलाई पूर्ण रूपमा समर्पित बनाउने विजयको यो काम प्राप्त गरेपछि मात्रै, तेरो आस्था साँचो, र भरपर्दो बन्छ, र तेरो हृदय परमेश्‍वरतर्फ फर्कन्छ। यो शब्द, “आस्था” का कारण तैँले धेरै न्याय वा धेरै सराप अनुभव गर्नुपरे पनि, तँसँग साँचो आस्था हुन्छ र तैँले सबैभन्दा साँचो, सबैभन्दा वास्तविक, र सबैभन्दा बहुमूल्य कुरा प्राप्त गरेको हुन्छस्। किनभने न्यायको क्रममा मात्रै तैँले सृजित प्राणीहरूको गन्तव्य देख्छस्; यस न्यायमा नै तैँले सृष्टिकर्ताको प्रेमिलो स्वभाव देख्छस्; यस्तो विजयको काममा नै तैँले परमेश्‍वरको बाहुली देख्छस्; यस विजयमा नै तैँले मानव जीवन पूर्ण रूपमा बुझ्छस्; यस विजयमा नै तैँले जीवनको सही मार्ग प्राप्त गर्छस् र “मानिस” को साँचो अर्थ बुझ्छस्; यस विजयमा मात्रै तैँले सर्वशक्तिमान्‌को धर्मी स्वभाव र उहाँको सुन्दर, महिमामयी मुहार देख्छस्; यस विजयको काममा नै तैँले मानिसको उत्पत्तिबारे थाहा पाउँछस् र सम्पूर्ण मानवजातिको “अमर इतिहास” बुझ्छस्; यस विजयमा नै तैँले मानवजातिका पुर्खाहरू र मानवजातिको भ्रष्टताको उत्पत्तिबारे थाहा पाउँछस्; यस विजयमा नै तैँले आनन्द र सान्त्वनाका साथै अनन्त ताडना, अनुशासन, र सृष्टिकर्ताद्वारा सृष्टि गरिएको मानवजातिलाई उहाँले दिनुभएका हप्कीका वचनहरू प्राप्त गर्छस्; यस विजयको काममा नै तैँले आशिष्‌हरू, साथै मानिसले भोग्नुपर्ने सङ्कष्टहरू प्राप्त गर्छस्...। के यो सबै तेरो अलिकति आस्थाका कारण होइन र? अनि के यी कुराहरू प्राप्त गर्दा तेरो आस्था बढ्दैन र? के तैँले असाध्यै धेरै प्राप्त गरेको छैनस् र? तैँले परमेश्‍वरको वचन सुनेको र परमेश्‍वरको बुद्धि देखेको मात्रै छैनस्, तैँले व्यक्तिगत रूपमा उहाँको कामको हरेक चरण अनुभव पनि गरेको छस्। सायद तँ भन्लास्, तँसँग आस्था नभएको भए, तैँले यस प्रकारको सजाय वा यस प्रकारको न्याय भोग्नेथिइनस्। तर तैँले बुझ्नुपर्छ कि आस्थाबिना, तँ यस प्रकारको सजाय प्राप्त गर्न वा सर्वशक्तिमान्‌बाट यस प्रकारको हेरचाह प्राप्त गर्न असक्षम हुने मात्रै हुनेछैनस्, तैँले सृष्टिकर्तालाई भेट्ने अवसर पनि सधैँका लागि गुमाउनेछस्। तैँले मानवजातिको उत्पत्ति कहिल्यै थाहा पाउनेथिइनस् र मानव जीवनको महत्त्व कहिल्यै बुझ्नेथिइनस्। तेरो देह नष्ट भए पनि र तेरो प्राण बिदा भए पनि, तैँले अझै पनि सृष्टिकर्ताका सबै कार्य बुझ्नेथिइनस्, र सृष्टिकर्ताले मानवजातिलाई सृष्टि गर्नुभएपछि पृथ्वीमा यति ठूलो काम गर्नुभयो भन्‍ने कुरा त झनै जान्नेथिइनस्। उहाँले सृष्टि गर्नुभएको यस मानवजातिको एक सदस्यका रूपमा, के तँ यसरी अनजानमै अन्धकारमा पर्न, र अनन्त दण्ड भोग्न इच्छुक छस्? यदि तैँले आजको सजाय र न्यायबाट आफूलाई अलग गरिस् भने, तैँले केको सामना गर्नेछस्? के तँलाई वर्तमान न्यायबाट अलग भएपछि, तँ यो कष्टको जीवनबाट उम्कन सक्षम हुनेछस् भन्‍ने लाग्छ? यदि तैँले “यो ठाउँ” छोडिस् भने, तैँले दियाबलसहरूले दिने पीडादायी सास्ती वा पुर्‍याउने गम्भीर हानि सामना गर्नेछस् भन्ने कुरा साँचो होइन र? के तैँले सहन नसकिने दिन र रातहरू सामना गर्नुपर्ला? के तँलाई आज यस न्यायबाट उम्केर, तँ भविष्यको त्यो वेदनाबाट सधैँका लागि बच्न सक्छस् भन्‍ने लाग्छ? तेरो सामु के आउनेछ? के यो तैँले आशा गरेको शाङ्ग्रिला हुनेछ? के तँलाई अहिले जस्तै वास्तविकताबाट भागेर तँ भविष्यको त्यो अनन्त सजायबाट उम्कन सक्छस् भन्‍ने लाग्छ? आजपछि, के तैँले फेरि कहिल्यै यस प्रकारको अवसर र यस्तो प्रकारको आशिष् पाउन सक्नेछस्? के तैँले आफूमाथि प्रकोप आइपर्दा ती पाउन सक्नेछस्? के तैँले सम्पूर्ण मानवजाति विश्राममा प्रवेश गर्दा ती पाउन सक्नेछस्? तेरो वर्तमान सुखी जीवन र तेरो त्यो मिलेको सानो परिवार—के तिनले तेरो भविष्यको अनन्त गन्तव्यलाई प्रतिस्थापन गर्न सक्छन्? यदि तँसँग साँचो आस्था छ, र यदि तँ आफ्नो आस्थाका कारण धेरै कुरा प्राप्त गर्छस् भने, त्यो सबै तैँले—एक सृजित प्राणीले—प्राप्त गर्नुपर्ने कुरा हो र तँसँग सुरुदेखि नै हुनुपर्ने कुरा पनि हो। तेरो आस्था र जीवनका लागि यस्तो विजयभन्दा अरू कुनै कुरा लाभदायक हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)

६३३. जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्‍वासको कारणले भएको थियो। जब दाऊदले म, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्‍ने वस्तुभाउ र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले म, यहोवाको आवाज सुन्‍न र म, यहोवाको महिमा देख्‍न सक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्‍नुको कारण उसको विश्‍वास नै थियो। उसले मेरो खातिर क्रूसमा टाँगिन र महिमामयी गवाही दिन सक्‍नु उसकै विश्‍वासको कारणले भएको थियो। जब यूहन्‍नाले मानिसको पुत्रको महिमामयी प्रतिरूप देख्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले आखिरी दिनहरूको दर्शन पायो, त्यो सबै उसकै विश्‍वासको कारणले भएको थियो। अन्यजाति भनाउँदा भीडहरूले मेरो प्रकाश प्राप्त गर्नु र मानिसहरूमाझ मेरो काम गर्नको निम्ति म देहमा फर्केको छु भन्‍ने कुरा थाहा पाउनुको कारण पनि तिनीहरूको विश्‍वासकै कारणले गर्दा भएको हो। मेरा कठोर वचनहरूद्वारा प्रहार गरिएका र ती वनहरूद्वारा नै सान्त्वना र मुक्ति पाएका सबैले यो कुरा तिनीहरूको आफ्नै विश्‍वासले गरेका होइनन् र? ममाथि विश्‍वास गरे तापनि कठिनाइ भोग्‍नेहरू संसारदेखि पनि अस्वीकृत भएका छैनन् र? मेरा वचनबाहिर जिउनेहरू, परीक्षाको संकष्टदेखि भाग्‍नेहरू, के तिनीहरू सबै संसारमा यता-उता बरालिरहँदैनन् र? तिनीहरू शरद्का पातहरूझैँ एक ठाउँमा नबसी घरी यता, घरी उता सलबलाउँछन्, मेरा सान्त्वनाका वचनहरूको त कुरै नगरौं। मेरो सजाय र शोधनले तिनीहरूलाई नपछ्याए तापनि के तिनीहरू एक ठाउँदेखि अर्को ठाउँमा, स्वर्गको राज्य बाहिरका सडकहरूमा भौतारिने भिखारीहरू होइनन् र? के संसार साँच्चै तेरो विश्राम स्थल हो त? के तैँले मेरो सजायलाई पन्छाएर साँच्चै नै यस संसारबाट सन्तुष्टिको सबैभन्दा मन्द मुस्कान प्राप्त गर्न सक्छस्? के तैँले तेरो क्षणिक आनन्दलाई तेरो हृदयको लुकाउन नमिल्ने रिक्ततालाई ढाक्नको निम्ति प्रयोग गर्न सक्छस्? तैँले तेरो परिवारका सबैलाई मूर्ख बनाउन सक्लास्, तर तैँले मलाई कहिल्यै पनि मूर्ख बनाउन सक्दैनस्। तेरो विश्‍वास अत्यन्तै थोरै भएको कारण आजको दिनसम्म पनि तँमा जिन्दगीले दिने आनन्द पत्ता लगाउने शक्ति छैन। म तँलाई आग्रह गर्छु: मानिसले सहन नसक्‍ने दुःख सहेर सम्पूर्ण जीवन मामुली र देहको निम्ति व्यस्त रहनुभन्दा मेरो निम्ति इमान्दारीपूर्वक आधा जीवन जिउनु तेरो लागि असल हुन्छ। मेरो सजायबाट भागेर आफैलाई जोगाउनुको उद्देश्य के छ र? मेरो क्षणिक सजायबाट लुकेर अनन्तको लज्जा, अनन्तको सजायको कटनी गर्नुको के अर्थ छ र? वास्तवमा म कसैमाथि पनि मेरा मागहरू जबरजस्ती थोपर्दिनँ। यदि कोही मेरा सबै योजनाहरूप्रति साँचो रूपमा समर्पित हुने इच्छा गर्छ भने, तिनीहरूसँग म तुच्छ व्यवहार गर्नेछैन। तर सबै मानिसहरूले ममाथि विश्‍वास गर्नुपर्छ, जसरी अय्यूबले म, यहोवामाथि विश्‍वास गरे। यदि तिमीहरूको विश्‍वासले थोमाको विश्‍वासलाई जित्छ भने तिमीहरूको विश्‍वासले मेरो प्रशंसा प्राप्त गर्नेछ, तिमीहरूको निष्ठामा तिमीहरूले मेरो परमानन्द पाउनेछौ र तिमीहरूका दिनमा तिमीहरूले मेरो महिमा पक्कै पाउनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति हुनुको अर्थ के हो

६३४. यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरू पैसा त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्छौ, जबकि दोधारेहरू एउटा हातले पैसा थुत्छन् र अर्को हातले सत्यता समात्छन्। के तिमीहरूको साँचो रूप त्यसपछि आफै प्रस्ट हुनेथिएन र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरी हल्लेका छौ, छैनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने दृढता समेत राखेनौ;[क] विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मबीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले, अनपेक्षित रूपमा, मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो पारिएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक दिनेछौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेछ? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेछौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ? तिमीहरू मेरा वचनहरूप्रति समर्पित हुन्छौ कि वितृष्ण हुन्छौ? मेरो दिन तिमीहरूकै आँखाअगाडि राखिएको छ र तिमीहरूले सामना गर्ने कुरा नयाँ जीवन र एक नयाँ सुरुवाती विन्दु हो। तर, मैले तिमीहरूलाई के भन्‍नैपर्छ भने, यो सुरुवाती विन्दु विगतको जस्तै नयाँ कामको आरम्भ होइन, बरु पुरानो कामको समापन हो। अर्थात्, अन्तिम कार्य यही नै हो। मलाई यस सुरुवाती विन्दुबारे के असामान्य छ भन्ने कुरा तिमीहरू सबैले बुझ्‍न सक्छौ भन्‍ने लाग्छ। तर, एक दिन चाँडै तिमीहरूले यस सुरुवाती विन्दुको साँचो अर्थ बुझ्नेछौ, त्यसकारण हामी एकसाथ त्यसभन्दा अघि बढौँ र आउने समापनलाई स्वागत गरौँ। तर, मलाई तिमीहरूको के कुराबारे निरन्तर चिन्ता लाग्छ भने, अन्याय र न्यायको सामना गर्दा, तिमीहरू सधैँ अघिल्लोलाई छनौट गर्छौ। तथापि, त्यो सबै तिमीहरूको अतीतमा छ। म तिमीहरूको अतीतको सबै कुरा बिर्सने आशा गर्दछु, यद्यपि यो गर्न धेरै कठिन छ। तैपनि, मसँग यसो गर्ने निकै राम्रो तरिका छ: भविष्यले अतीतलाई प्रतिस्थापन गरोस्, र तिमीहरूको अतीतको छायालाई हटाएर आजको तिमीहरूको साँचो रूप अगाडि आउन देओस्। यसरी, मैले तिमीहरूलाई फेरि पनि छनौट गर्न कष्ट दिनैपर्छ: तिमीहरू ठ्याक्कै कोप्रति बफादार छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?

फूटनोटहरू:

क. किनारामा फर्किने: एक चिनियाँ उखान, जसको अर्थ “आफ्नै दुष्ट मार्गहरूबाट फर्कनु” भन्‍ने हुन्छ।


६३५. जवान मानिसहरू आकाङ्क्षा, र प्रगति गर्ने जीवन्त मिजासरहित हुनुहुँदैन। तिनीहरू आफ्नो भविष्यबारे निराश बन्‍नु हुँदैन, न त तिनीहरूले जीवनप्रतिको आशा वा भविष्यप्रतिको विश्‍वास नै गुमाउनु हुन्छ। तिनीहरूसँग तिनीहरूको सम्पूर्ण जीवन मप्रति समर्पित गर्ने तिनीहरूको चाहनालाई साकार गर्न—तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने दृढता हुनुपर्छ। तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले पाखण्ड र अधार्मिकतालाई ढाकछोप गर्न नै हुन्छ—तिनीहरू आफ्नो उचित अडानमा दृढ रहनुपर्छ; तिनीहरू लहरसँगै बग्नु हुँदैन, बरु तिनीहरूमा इन्साफ र सत्यताका निम्ति त्याग गर्न र सङ्घर्ष गर्न साहस गर्ने भावना हुनुपर्छ। तिनीहरूमा अन्धकारका शक्तिहरूको दमनमा नझुक्ने र आफ्नो अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस हुनुपर्छ। तिनीहरू कामकुरालाई चुपचाप सहेर बस्नु हुँदैन, बरु अझ बढी, तिनीहरूसँग निष्कपटता र खुलस्तताको भावना हुनुपर्छ, र तिनीहरूका दाजुभाइ दिदीबहिनीहरूप्रति क्षमाको भावना हुनुपर्छ। अवश्य, यी हरेकप्रतिका मेरा मागहरू र हरेकका निम्ति मेरा अर्तीहरू हुन्। तर यसका अतिरिक्त, सबै जवान मानिसहरूका निम्ति यी मेरा सुखदायक वचनहरू हुन्। तिमीहरूले मेरा वचनअनुसार अभ्यास गर्नुपर्छ। विशेष रूपमा, युवाहरू कामकुरा के-कस्ता छन् भन्ने कुरा प्रस्ट रूपमा खुट्ट्याउने र इन्साफ तथा सत्यताको खोजी गर्ने सङ्कल्परहित हुनुहुँदैन। तिमीहरूले सबै सुन्दर र असल कुराहरू पछ्याउनुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। यसबाहेक, तिमीहरू आफ्नै जीवनका निम्ति जिम्मेवार हुनुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन। मानिस पृथ्वीमा आएपछि मसँग जम्काभेट हुनु दुर्लभ कुरा हो, अनि सत्यता खोज्ने र प्राप्त गर्ने मौका पाउनु पनि दुर्लभ कुरा हो। यस सुन्दर समयलाई तिमीहरू यस जीवनमा पछ्याउनुपर्ने सही मार्गका रूपमा किन कदर गर्दैनौ? अनि सत्यता र इन्साफलाई तिमीहरू किन सधैँ यति धेरै तिरस्कार गर्छौ? मानिसहरूसँग खेलबाड गर्ने त्यस अधर्म र त्यस घिनलाग्दो कुराको निम्ति किन तिमीहरू आफैलाई कुल्चँदैछौ र नष्ट गर्दैछौ? अनि तिमीहरू किन अधर्मीहरूले गर्ने काममा संलग्‍न हुने वृद्ध मानिसहरू जस्तो अभिनय गर्छौ? तिमीहरू किन पुराना कुराहरूका पुराना तरिकाहरूको नक्कल गर्छौ? तिमीहरूका जीवन इन्साफ, सत्यता र पवित्रताले भरिपूर्ण हुनुपर्छ; तिमीहरू कहिल्यै यति चाँडै पतित भएर पातालमा खस्नु हुँदैनथ्यो। के तिमीहरूलाई यो भयानक दुर्भाग्य हुन्छ भन्‍ने महसुस हुँदैन? के तिमीहरूलाई यो अत्यन्तै अन्यायपूर्ण हुन्छ भन्‍ने महसुस हुँदैन?

तिमीहरू सबैले आफ्ना सर्वथा सिद्ध काम गर्नुपर्छ र तिमीहरूले मलाई सुम्पन परम, अद्वितीय बलिदान बनाएर त्यसलाई मेरो वेदीमा बलिदान गर्नुपर्छ। तिमीहरू सबै आफ्ना दृष्टिकोणमा बलियो गरी खडा हुनुपर्छ र आकाशका बादलहरू जस्तै हरेक मन्द हावासँगै उड्ने हुनु हुँदैन। तिमीहरूले आफ्नो आधा जीवनसम्म कठिन परिश्रम गर्छौ, यसैले तिमीहरूले किन आफूले पाउनुपर्ने लक्ष्यको खोजी नगर्ने? तिमीहरू आधा जीवनसम्म परिश्रम गर्छौ, तथापि तिमीहरू सुँगुर र कुकुर जस्ता तिमीहरूका अभिभावकहरूलाई सत्यता र तिमीहरूको महत्त्वपूर्ण व्यक्तिगत अस्तित्वलाई चिहानमा तान्‍न दिन्छौ। यो तेरा विरुद्धको ठूलो अन्याय हो भन्‍ने तँलाई लाग्दैन? के तँलाई यस तरिकाले जीवन जिउनु अत्यन्तै व्यर्थ हो भन्‍ने महसुस हुँदैन? यस तरिकाले सत्यता र सही मार्गको खोजी गर्नाले समस्याहरू पैदा हुन्छन् जसको कारण छिमेकीहरूले असहज महसुस गर्छन् र सम्पूर्ण परिवार दुःखी हुन्छ अनि यसले घातक प्रकोपहरूतर्फ डोर्‍याउँछ। यदि तँ यसरी जिउँछस् भने, के यो सबैभन्दा व्यर्थ जीवन होइन र? कसको जीवन तेरोभन्दा भाग्यशाली हुन सक्छ र कसको जीवन तेरोभन्दा हास्यास्पद हुन सक्छ? के तँ मेरो आनन्द र तेरो निम्ति सान्त्वनाका वचनहरू प्राप्त गर्न नै मेरो खोजी गर्दैनस् र? तर तँ आधा जीवन यताउता दौडेपछि, म रिसले चूर नहोउञ्‍जेलसम्‍म र तेरो वास्ता नराखुञ्‍जेल वा तेरो प्रशंसा नगरुञ्‍जेलसम्‍म मलाई क्रोधित तुल्याउँछस्—के यसको अर्थ तेरो सम्पूर्ण जीवन व्यर्थमा गएको छ भन्‍ने हुँदैन र? शुद्ध हुने स्थानबाट मुक्त पारिएका युगौं-युगका ती सन्तहरूका आत्माहरूलाई हेर्न जाने धृष्टता तैँले कसरी गर्न सक्छस्? तँ मप्रति उदासीन छस् र अन्तमा तैँले घातक विपत्ति पैदा गर्छस्—यस मौकाको फाइदा लिनु र विशाल समुद्र वारपार आनन्दमय यात्रा गर्नु र त्यसपछि मेरो “सुम्पिएको कार्य” पालन गर्नु नै असल हुने थियो। मैले तँलाई धेरै पहिले भनेको थिएँ, तँ जस्तो उदासीन तापनि अलग हुन अनिच्छुक व्यक्तिलाई, मैले सृजना गरेका छालहरूले विलय गर्नेछ र निल्‍नेछ। के तिमीहरूले साँच्चै आफैलाई सुरक्षा दिन सक्छौ? तेरो अहिलेको खोजले तँ सिद्ध छस् भन्‍ने कुरालाई सुनिश्‍चित गर्नेछ भन्‍ने कुरामा तँ साँच्‍चै पक्‍का छस्? के तेरो हृदय धेरै कठोर छैन र? यस किसिमको पछ्याइ, यस किसिमको खोज, यस किसिमको जीवन र यस किसिमको चरित्र—यसले कसरी मेरो अनुमोदन प्राप्त गर्न सक्थ्यो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धलाई वचनहरू

६३६. परमेश्‍वरले मानिसहरूलाई सजाय दिएर जित्न चाहनुहुन्न, उहाँले मानिसहरूलाई वशमा राखेर सधैँ डोऱ्याउन चाहनुहुन्न। मानिसहरू उहाँको वचनमा समर्पित होऊन् र अनुशासित ढङ्गले काम गरून्, अनि त्यसरी उहाँका अभिप्रायहरू पूरा गरून् भन्‍ने उहाँ चाहनुहुन्छ। तर मानिसहरूलाई कुनै लाज छैन र निरन्तर उहाँको विरुद्धमा विद्रोह गर्छन्। हामीले उहाँलाई सन्तुष्ट पार्ने सबैभन्दा सजिलो उपाय पत्ता लगाउनु, अर्थात्, उहाँका सबै प्रबन्धहरूमा समर्पित हुनु नै हाम्रो लागि सबैभन्दा उत्तम हुन्छ भन्‍ने मलाई लाग्छ। यदि तैँले यसलाई साँचो रूपमा हासिल गर्न सक्छस् भने, तँ सिद्ध हुनेछस्। के यो सजिलो, रमाइलो कुरा होइन र? तैँले हिँड्नुपर्ने बाटो हिँड्; अरूले के भन्छन् त्यसमा ध्यान नदे, र धेरै नसोच्। के तेरो भविष्य र तेरो भाग्य तेरो आफ्नै हातमा छन् र? तँ सधैँ सांसारिक मार्गतिर लाग्ने इच्छा गर्दै उम्कने प्रयास गर्छस्—तर तँ किन बाहिर निस्कन सक्दैनस्? तँ किन धेरै वर्षसम्म चौबाटोहरूमा डगमगाउँछस् र अन्त्यमा फेरि यही मार्ग चुन्‍न पुग्छस्? धेरै वर्ष भौँतारिएपछि, तँ किन नचाहेर पनि यस घरमा फर्केको छस्? के यो तँमा निर्भर छ? तिमीहरू जो यस प्रवाहमा छौ, यदि तिमीहरूलाई मेरो विश्‍वास लाग्दैन भने यो सुन: यदि तेरो छोडेर जाने योजना छ भने, परमेश्‍वरले तँलाई त्यसो गर्न दिनुहुन्छ कि दिनुहुन्‍न सो हेर्, पवित्र आत्माले तँलाई कसरी चलाउनुहुन्छ सो हेर्—तैँले त्यो आफै अनुभव गर्। स्पष्ट रूपमा भन्नुपर्दा, यदि तैँले विपत्ति भोग्नुपऱ्यो भने पनि, तैँले यो प्रवाहमा नै दुःख भोग्नुपर्छ, र यदि दुःख छ भने तैँले आज यहीँ नै दुःख भोग्नुपर्छ; तँ अरू कतै जान सक्दैनस्। के यो कुरा स्पष्ट भयो? तँ अरू कहाँ जानेछस्? यो परमेश्‍वरको प्रशासनिक आदेश हो। के परमेश्‍वरले मानिसहरूको यस समूहलाई चुन्नुको कुनै अर्थ छैन भन्‍ने तँलाई लाग्छ? आज उहाँको काममा, परमेश्‍वर सजिलै रिसाउनुहुन्न—तर यदि मानिसहरूले उहाँको योजनालाई खलबल्याउन खोजे भने, उहाँको अनुहार तुरुन्तै बदलिन्छ र उज्यालोबाट अन्धकारमा परिणत हुन्छ। त्यसैले म तँलाई चुपचाप बस्‍न र, तँलाई योजनाबद्ध गर्न र पूर्ण बनाउनका लागि परमेश्‍वरलाई मौका दिन सल्लाह दिन्छु। यसो गर्ने मानिसहरू मात्र बाठो हुन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (७)

६३७. तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूका निम्ति धेरै महत्त्वपूर्ण छन्—ती तँसँग गम्भीर रूपमा सम्बन्धित कुरा हुन्। तिमीहरू के विश्‍वास गर्छौ भने, यदि तिमीहरूले ठूलो सावधानीका साथ कामकुराहरू गरेनौ भने, यसको अर्थ तिमीहरूसित उप्रान्त गन्तव्य हुनेछैन, तिमीहरूले आफ्नै भाग्यलाई नष्ट गरेका हुन्छौ भन्‍ने हुनेछ। तर आफ्नो गन्तव्यका खातिर मात्र मेहनत लगाउने मानिसहरूले व्यर्थमा परिश्रम गरिरहेका छन् भन्‍ने कुरा के तिमीहरूले कहिल्यै सोचेका छौ? त्यस्ता मेहनतहरू साँचो हुँदैनन्, ती झुटो आवरण र छल मात्र हुन्। यदि त्यसो हो भने, जसले केवल आफ्नो गन्तव्यका खातिर मेहनत लगाउँछन्, तिनीहरू आफ्नो अन्तिम पराजयको सँघारमा हुन्छन्, किनभने परमेश्‍वरप्रतिको विश्‍वासमा असफलताको कारण भनेको छल नै हो। मैले पहिले के भनेको छु भने, मलाई चापलुसी वा लोलोपोतो गरेको, वा उत्सुकतासाथ व्यवहार गरेको मन पर्दैन। मलाई इमानदार मानिसहरूले मेरो सत्यता र मेरा अपेक्षाहरूको सामना गरेको मन पर्छ। अझ त्योभन्दा बढी, जब मानिसहरूले मेरो हृदयका लागि सबैभन्दा बढी ख्याल देखाउन सक्छन्, अनि मेरा खातिर सबै कुरा समर्पित गर्न समेत सक्षम हुन्छन्, मलाई त्यो कुरा मन पर्छ। यसरी मात्रै मेरो हृदयले सान्त्वना पाउन सक्छ। अहिले तिमीहरूका विषयमा मैले मन नपराउने कति धेरै कुराहरू छन्? मैले तिमीहरूका बारेमा मन पराउने कुराहरू कति छन्? के तिमीहरूले आफ्‍नो गन्तव्यको लागि तिमीहरूले देखाएको कुरूपताका विभिन्न प्रकटीकरणहरूलाई तिमीहरूमध्ये कसैले महसुस गरेका छैनौ भन्‍ने हुन सक्ला र?

मेरो हृदयमा, म सकारात्मक र माथितिर उठ्ने आकाङ्क्षा राख्ने कुनै पनि हृदयलाई चोट पुर्‍याउन चाहन्न, र आफ्नो कर्तव्य बफादारीपूर्वक पूरा गर्ने कसैको हुटहुटीलाई निरुत्साहित गर्न त म झनै चाहन्न। तथापि, मैले तिमीहरूमध्ये हरेकलाई तिमीहरूका अपर्याप्तताहरू र हृदयका गहनतम कुनाहरूमा रहेका फोहोर प्राणबारे स्मरण गराउनैपर्छ। मेरा वचनहरूको सम्मुख आउँदा तिमीहरूले आफ्नो साँचो हृदय अर्पण गर्न सक्नेछौ भन्ने आशामा म यसो गर्छु, किनभने मैले सबैभन्दा बढी घृणा गर्ने भनेको मानिसहरूको मप्रतिको छल हो। म केवल के आशा गर्छु भने, मेरो कामको अन्तिम चरणमा, तिमीहरूले आफ्नो सर्वोत्कृष्ट प्रदर्शन प्रस्तुत गर्न सक्षम हुनेछौ, अनि तिमीहरूले आफ्नो सम्पूर्ण हृदयले आफूलाई अर्पित गर्नेछौ, उप्रान्त आधा हृदयले होइन। अवश्य नै, म के पनि आशा गर्छु भने तिमीहरू सबैले एउटा असल गन्तव्य पाउन सक्नेछौ। तथापि, मसित अझै मेरो माग छ, जुन तिमीहरूले मलाई तिमीहरूको एउटै र अन्तिम बफादारी अर्पण गरेर सर्वोत्कृष्ट निर्णय गर भन्‍ने हो। यदि कसैसित यो एक मात्र भक्ति छैन भने, ऊ निश्चय नै शैतानको बहुमूल्य सम्पत्ति हो अनि म उसलाई मेरो प्रयोगको निम्ति राख्नेछैन तर उसको आमाबुबाद्वारा हेरचाह गरिनको निम्ति उसलाई घर पठाइदिनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा

६३८. भविष्यमा, आशिष् पाउँछस् कि दुर्भाग्य भोग्छस् भन्‍ने कुरा तिमीहरूको आजको कार्य र व्यवहारको आधारमा नै निर्णय गरिनेछ। यदि तिमीहरू परमेश्‍वरबाट सिद्ध पारिन चाहन्छौ भने, यो अहिलेकै यस युगमा हुनुपर्दछ; भविष्यमा अर्को अवसर हुनेछैन। परमेश्‍वरले तिमीहरूलाई अहिले सिद्ध पार्ने साँचो चाहना गर्नुहुन्छ, र यो बोल्ने तौर-तरिका होइन। भविष्यमा, तिमीहरूका अगाडि जस्तोसुकै परीक्षाहरू आइपरे पनि, जे घटनाहरू घटे पनि वा तिमीहरूले जुन विपत्तिहरूको सामना गर्नुपरे पनि, परमेश्‍वरले तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ; यो एक निश्चित र निर्विवाद तथ्य हो। यो कहाँ देख्न सकिन्छ? यो परमेश्‍वरको वचनले युगौँयुग र पुस्तौँपुस्तासम्म यत्तिको उचाइ प्राप्त गरेको छैन र यो आजको जस्तो सबैभन्दा उच्च क्षेत्रमा प्रवेश गरेको छैन भन्‍ने तथ्यमा देख्‍न सकिन्छ। सबै मानिसहरूमाथि पवित्र आत्माको आजको काम अभूतपूर्व छ। विगतका पुस्ताका कुनै पनि मानिसहरूले सायदै यस्तो अनुभव गरेका थिए; येशूको युगमा पनि, आजको प्रकाशहरू अस्तित्वमा थिएनन्। तिमीहरूका निम्ति बोलिएका वचनहरू, तिमीहरूले बुझेका कुराहरू, र तिमीहरूको अनुभव सबै आफ्नो सर्वोच्च स्थानमा पुगेका छन्। परीक्षा र सजायहरूमाझ पनि, तिमीहरूले छोडेर जाँदैनौ, र परमेश्‍वरको कामले अभूतपूर्व महिमा प्राप्त गरेको पर्याप्त प्रमाण यही नै हो। यो मानिसले गर्न सक्ने काम होइन। यो मानिसले कायम गर्ने कुरा होइन; बरु, यो त परमेश्‍वर स्वयम्‌को काम हो। तसर्थ, परमेश्‍वरको कामका धेरै तथ्यहरूबाट, यो देख्न सकिन्छ कि परमेश्‍वर मानिसलाई सिद्ध पार्न चाहनुहुन्छ, र उहाँ पक्कै पनि तिमीहरूलाई पूर्ण पार्न सक्षम हुनुहुन्छ। यदि तिमीहरूसँग यो अन्तर्दृष्टि छ, र तिमीहरू यो नयाँ खोजी गर्छौ भने, तिमीहरूले येशूको दोस्रो आगमनको लागि पर्खनेछैनौ; यसको सट्टामा, अहिलेको युगमा तिमीहरूलाई पूर्ण बनाउनको लागि परमेश्‍वरलाई अनुमति दिनेछौ। त्यसकारण, तिमीहरू प्रत्येकले कुनै मेहनत नछोडी अथक प्रयास गर्नु पर्छ ताकि तिमीहरू परमेश्‍वरबाट सिद्ध हुन सक।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा

६३९. परमेश्‍वरको चाहना हरेक व्यक्ति सिद्ध पारिओस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्‍ने छ। मैले तिमीहरू पिछडिएका छौ वा कम क्षमताका छौ भने पनि—यी सब तथ्य हुन्। तर, मैले यसो भन्नुले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा गुमाएको छु भन्‍ने प्रमाणित गर्दैन, अनि म तिमीहरूलाई मुक्ति दिन अनिच्छुक छु भन्‍ने त झनै प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध पारिने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एक जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर क्षमताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँप्रतिका मेरा मागहरू यसअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्‍ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्षम छस् भने, तँप्रति मेरा मागहरू यही बमोजिम हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्दिनँ, निश्‍चित प्रकारका प्रकार्य मात्र गर्न सक्छु भन्छस् भने, चाहे त्यो सुसमाचार प्रचार गर्ने होस् वा मण्डलीको रेखदेख गर्ने होस्, वा अन्य सामान्य कुराहरूमा सहभागी हुने होस्, मैले तँलाई सिद्ध पार्ने काम तैँले गर्ने प्रकार्यअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्‍वरलाई सक्दो प्रेम गर्न खोज्नु—यी तैँले पूरा गर्नैपर्ने कुरा हुन्, केवल यी तीन कुरा, र यी सबैभन्दा राम्रा अभ्यासहरू हुन्। अन्त्यमा, मानिसहरूले यी तीन कुरा हासिल गर्नु आवश्यक हुन्छ, र ती प्राप्त गर्न सक्नेहरूलाई सिद्ध पारिनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले निष्कपट रूपमा पछ्याउनुपर्छ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र यस मामिलामा निष्क्रिय हुनुहुँदैन। मैले भनेको छु, प्रत्येक व्यक्तिसँग सिद्ध पारिने मौका हुन्छ र प्रत्येक व्यक्ति सिद्ध पारिनका लागि सक्षम हुन्छ, र यो सत्य हो, तर तँ उँभो लाग्न प्रयास गर्दैनस्। यी तीन मापदण्ड पूरा नगर्नेहरूलाई अझै पनि अन्त्यमा हटाइनेछ। सबैले यो गतिलाई पछ्याउन सकून् भन्‍ने म चाहन्छु, म सबैले पवित्र आत्माको काम र अन्तर्दृष्टि प्राप्त गरोस् र अन्त्यसम्म समर्पित हुन सकोस् भन्‍ने चाहन्छु, किनकि तिमीहरू प्रत्येकले गर्नुपर्ने कर्तव्य यही हो। जब तिमीहरू सबैले आफ्नो कर्तव्य पूरा गर्छौ तब तिमीहरू सबै सिद्ध बनाइएका हुनेछौ, तिमीहरूका गवाही पनि धेरै शानदार हुन्छ। गवाही हुनेहरू सबै शैतानमाथि विजय बनेका र परमेश्‍वरका प्रतिज्ञा प्राप्त गरेका हुन्छन् अनि तिनीहरू ती व्यक्तिहरू हुन् जो त्यस सुन्दर गन्तव्यमा बस्नको लागि रहिरहनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

६४०. सर्वशक्तिमान्‌को जीवन आपूर्ति छोडेर गएको हुनाले, मानवजाति आफ्नो अस्तित्वको उद्देश्यबारे अनभिज्ञ छ, तर ऊ मृत्युसँग डराउँछ। तिनीहरू सहयोग वा सहारारहित छन्‌, अझै पनि आफ्ना आँखा चिम्लन अनिच्छुक हुन्छन्‌, र तिनीहरू भावना नभएको आत्मा बोकेर आफ्नो देहलाई थाम्नका लागि आफैलाई दह्रिलो बनाउँछन्, र यस संसारमा जसोतोसो एक तुच्छ अस्तित्व लतार्छन्। तँ यसरी आशाबिना जिउँछस्, त्यसै गरी अन्य चाहिँ लक्ष्यबिना जिउँछन्। केवल किंवदन्तीका पवित्र उहाँले मात्र ती मानिसहरूलाई मुक्ति दिनुहुनेछ, जो आफ्नो कष्टमाझ विलाप गर्दै उहाँको आगमनको व्यग्र तृष्णा गर्छन्‌। त्यस्तो विश्‍वास चेतनाको कमी हुनेहरूमा लामो समयदेखि साकार नभएर नै रहेको छ। तथापि, तिनीहरू अझै पनि यसको यसरी तृष्णा गर्छन्। सर्वशक्तिमान्‌ले यी गहन कष्ट भोगेका मानिसहरूमाथि कृपा गर्नुहुन्छ; साथसाथै, बिलकुलै चेतना नभएका यी मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानिसहरूबाट उत्तर प्राप्त गर्नुअघि उहाँले निकै लामो समय पर्खनुपर्छ। उहाँ खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, र तेरा लागि पानी र खाना ल्याउन चाहनुहुन्छ, ताकि तँ ब्युँझेस् र तैँले उप्रान्त तिर्खाउने र भोकाउने नगरेस्। जब तँ थाक्छस् र जब तैँले यस संसारको केही उजाडता महसुस गर्छस्, तब हराएको महसुस नगर्, नरो। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ। उहाँ तेरो छेउमै रखवाली गर्दै हुनुहुन्छ, उहाँ तँ पछाडि फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ, तैँले तेरो स्मृति अचानक पुनः प्राप्त गर्ने दिन कुर्दै हुनुहुन्छ: जब तैँले तँ परमेश्‍वरबाट आइस्, अनि तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा तैँले एक “पिता” पाइस् भन्‍ने कुरा थाहा पाउँछस्; यसका अतिरिक्त, जब तैँले सर्वशक्तिमान्‌ले सदा तेरो रखवाली गर्दै, अत्यन्तै लामो समयदेखि त्यहाँ तेरो फिर्ती पर्खँदै आउनुभएको छ भन्‍ने कुरा थाहा पाउँछस्। उहाँले व्यग्र रूपमा तृष्णा गर्दै, र उत्तररहित प्रतिक्रिया पर्खँदै आउनुभएको छ। उहाँले बाटो हेर्दै बस्नु अमूल्य कुरा हो, र त्यो मानव हृदय र मानव आत्माका खातिर हो। सायद उहाँ अनिश्चित कालसम्म बाटो हेर्नुहुन्छ, वा सायद त्यो समाप्त भएको छ। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्‍ने कुरा तैँले जान्नुपर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा

६४१. परमेश्‍वरको प्रेम र कृपाले उहाँको व्यवस्थापनको कार्यको प्रत्येक र हरेक विवरणमा व्याप्त हुन्छ, र मानिसहरूले परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू बुझ्‍न सके पनि वा नसके पनि, उहाँ आफूले पूरा गर्ने अभिप्राय राखेको काम निरन्तरको दृढताका साथ गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापनबारे मानिसहरूले जति बुझे पनि, परमेश्‍वरको कामले मानिसलाई दिने सहयोग र लाभहरू हरेकले अनुभव गर्न सक्छन्। सायद, आजको दिनमा, तैँले परमेश्‍वरबाट कुनै प्रेम वा जीवनको भरणपोषण महसुस गरेको छैनस्, तर यदि तँ परमेश्‍वरलाई छोड्दैनस् र सत्यता पछ्याउने तेरो सङ्कल्पलाई त्याग्दैनस् भने, परमेश्‍वरको मुस्कुराउँदो मुहार तेरो सामु देखापर्ने दिन आउनेछ। किनभने परमेश्‍वरको व्यवस्थापनको कार्यको उद्देश्य भनेको शैतानको शक्तिअन्तर्गत रहेका मानिसहरूलाई पुनः प्राप्त गर्नु हो, शैतानद्वारा भ्रष्ट तुल्याइएका र परमेश्‍वरको विरोध गर्ने मानिसहरूलाई त्याग्‍नु होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ

६४२. आफ्नो मुक्तिको काम गर्दा, परमेश्‍वरले मुक्ति दिन सकिने हरेक व्यक्तिलाई भरसक मुक्ति दिनुहुन्छ, र तिनीहरूमध्ये कसैलाई पनि त्याग्नुहुन्न, किनभने परमेश्‍वरको कामको उद्देश्य मानिसलाई मुक्ति दिनु हो। परमेश्‍वरले मानिसलाई मुक्ति दिने समयमा, ज-जसले आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्दैनन्—साथै जो-जो परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्दैनन्—तिनीहरू सबै दण्डका पात्र बन्नेछन्। कामको यो चरण—वचनहरूको काम—ले मानिसहरूलाई तिनीहरूले नबुझ्ने सबै वचन, साथै तिनीहरूले नबुझेका सबै रहस्य खोलिदिन्छ। यसले तिनीहरूलाई परमेश्‍वरका अभिप्रायहरू र तिनीहरूप्रति परमेश्‍वरका मागहरू बुझ्न, साथै परमेश्‍वरका वचनहरू व्यवहारमा लागू गर्न र तिनीहरूको स्वभावमा परिवर्तनहरू हासिल गर्न आवश्यक पूर्वसर्तहरू प्राप्त गर्न सम्भव तुल्याउँछ। परमेश्‍वरले आफ्नो काम गर्न वचनहरू मात्रै प्रयोग गर्नुहुन्छ र मानिसहरू अलिकति विद्रोही भएकोमा तिनीहरूलाई दण्ड दिनुहुन्न। किनभने अहिले भनेको मुक्तिको कामको समय हो, र यदि मानिसहरू विद्रोही हुनेबित्तिकै तिनीहरूलाई दण्ड दिइन्थ्यो भने, कसैले पनि मुक्ति प्राप्त गर्ने अवसर पाउनेथिएन, र सबै जना दण्डित हुनेथिए र पातालमा खस्नेथिए। मानिसको न्याय गर्न वचनहरू प्रयोग गर्नुको उद्देश्य उसलाई आफूलाई चिन्न र परमेश्‍वरसामु समर्पित हुन सम्भव तुल्याउनु हो; यसको उद्देश्य यस्तो न्यायद्वारा उसलाई दण्ड दिनु होइन। वचनहरूको कामको समयमा, धेरै मानिसले आफ्नो विद्रोहीपन र प्रतिरोध, साथै देहधारी परमेश्‍वरप्रति तिनीहरूको समर्पणको कमीको खुलासा गर्नेछन्। तैपनि, उहाँले यसको परिणामस्वरूप यी सबै मानिसलाई दण्ड दिनुहुनेछैन, बरु यसको साटो जो भित्रैसम्म भ्रष्ट छन् र जसलाई मुक्ति दिन सकिँदैन तिनीहरूलाई मात्र पाखा लगाउनुहुनेछ। उहाँले तिनीहरूको देह शैतानलाई दिनुहुनेछ, र, केही अवस्थामा, तिनीहरूको देहको अन्त्य गर्नुहुनेछ। बाँकी रहेकाहरूले भने पछ्याइरहनेछन् र काटछाँटको अनुभव गरिरहनेछन्। पछ्याउने क्रममा, यदि यी मानिसहरू अझै पनि काटछाँट गरिने कुरा स्वीकार गर्न सक्दैनन्, र झन्-झन् पतित बन्दै जान्छन् भने, तिनीहरूले मुक्तिको मौका गुमाएका हुनेछन्। परमेश्‍वरका वचनहरूद्वारा विजय गरिने कार्यलाई स्वीकार गर्ने प्रत्येक व्यक्तिले मुक्ति पाउने केही अवसरहरू पाउनेछ; परमेश्‍वरले प्रत्येक व्यक्तिलाई मुक्ति प्रदान गर्दा तिनीहरूलाई सम्भव भएसम्म फुक्का छोड्नुहुनेछ। अर्को शब्दमा भन्दा, तिनीहरूलाई अत्यधिक उदारता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्‍वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने अवसरहरू दिनुहुनेछ। मानिसहरूले सुरुमा परमेश्‍वरविरुद्ध विद्रोह गर्दा, उहाँलाई तिनीहरूलाई ढाल्ने कुनै चाहना हुँदैन; बरु, तिनीहरूलाई मुक्ति दिन उहाँले सकेजति सबै गर्नुहुन्छ। यदि कसैले मुक्ति पाउने साँच्चै कुनै गुन्जायस छैन भने, परमेश्‍वरले उसलाई त्याग्नुहुनेछ। परमेश्‍वरले कसैलाई दण्ड दिन ढिला गर्नुको कारण भनेको उहाँ मुक्ति दिन सकिने सबैलाई मुक्ति दिन चाहनुहुन्छ। उहाँ मानिसहरूलाई न्याय गर्न, अन्तर्दृष्टि दिन, र मार्गदर्शन गर्न वचनहरू मात्रै प्रयोग गर्नुहुन्छ; उहाँ लौरो प्रयोग गरेर तिनीहरूलाई ढाल्नुहुन्न। कामको अन्तिम चरणको उद्देश्य र महत्त्व भनेकै वचनहरू प्रयोग गरेर मानिसहरूलाई मुक्ति दिलाउनु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्‌हरू त्याग्नुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ

६४३. संसारको व्यापक फैलावटमा, महासागरहरू भरिएर मैदानमा परिणत हुन्छन्, र जमिनहरू बगेर महासागरहरूमा परिवर्तन हुन्छन् र यो प्रक्रिया अनगिन्ती पटक दोहोरिन्छ। यावत् थोकमाझ, सबै कुरामाथि सार्वभौमिकता राख्नुहुने उहाँबाहेक, अरू कोही पनि यस मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशन गर्न सक्षम छैन। मानवजातिका निम्ति परिश्रम गर्ने वा तयारी गर्ने “शक्तिशाली जन” कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगाडि बढ्न र मानिसको संसारका अन्यायहरूबाट मुक्त हुन अगुवाइ गर्न सक्‍ने जन त झनै छैन। मानवजातिको भविष्यप्रति परमेश्‍वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस पाइला दर पाइला क्षय र फर्कन नसक्‍ने मार्गतिर हिँडिरहेको कुराले उहाँलाई पीडा दिन्छ। यो कुरा कसैले कहिल्यै विचार गरेको छैन: परमेश्‍वरको हृदयलाई पूर्ण रूपमा छियाछिया बनाएको र दुष्‍टलाई खोज्न उहाँलाई छोडेको त्यस्तो मानवजाति कतातिर लागेको हुन सक्छ? यसैकारणले गर्दा नै कसैले पनि परमेश्‍वरको रिस महसुस गर्ने प्रयास गर्दैन, कसैले पनि परमेश्‍वरलाई प्रसन्न पार्ने मार्ग खोज्दैन वा परमेश्‍वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, कसैले पनि परमेश्‍वरको शोक र पीडा बुझ्ने प्रयास गर्दैन। परमेश्‍वरको आवाज सुनेपछि पनि, मानिस आफ्नै मार्गमा हिँड्न जारी राख्छ, परमेश्‍वरबाट टाढा जान जिद कस्छ, परमेश्‍वरको अनुग्रह र हेरचाहबाट तर्कन्छ, उहाँको सत्यताबाट अलग बस्छ, परमेश्‍वरको शत्रु शैतानका हातमा आफूलाई बेच्न रुचाउँछ। र कसले सोचेको छ कि, यदि मानिस आफ्नो जिदमा लागिरह्यो भने, परमेश्‍वरलाई अत्यन्तै अवहेलना गर्ने यस मानवजातिप्रति उहाँले कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्‍वरले मानिसलाई बारम्बार चेतावनी र अर्ती दिने कारण के हो भने, उहाँले आफ्नो हातमा अभूतपूर्व विपत्तिहरू तयार पार्नुभएको छ, जो मानिसको देह र आत्मालाई असह्य हुनेछ, जो देहका निम्ति दण्ड मात्र हुँदैनन्, बरु आत्माप्रति लक्षित हुन्छन् भन्ने कुरा कसैलाई थाहा छैन। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्‍वरको योजना विफल हुन्छ, र उहाँका चेतावनी र अर्तीहरूको कुनै प्रतिक्रिया दिइँदैन, तब उहाँले कस्तो रिस पोखाउनुहुनेछ? यो कुनै पनि सृजित प्राणीले कहिल्यै अनुभव नगरेको र थाहा नपाएको किसिमको हुनेछ। त्यसैले म भन्छु, यी विपत्तिहरू अभूतपूर्व छन्, र कहिल्यै दोहोरिनेछैनन्। किनकि परमेश्‍वरको योजना भनेको, मानवजातिलाई यो एक पटक मात्रै सृष्‍टि गर्नु र मानवजातिलाई यो एक पटक मात्रै मुक्ति दिनु हो। यो पहिलो पटक र अन्तिम पटक पनि हो। त्यसकारण, परमेश्‍वरले मानवजातिलाई यस पटक मुक्ति दिनुपछाडिका श्रमसाध्य अभिप्रायहरू र उत्कट प्रत्याशालाई कसैले बुझ्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

अघिल्लो: क. मानिसप्रति परमेश्‍वरका आवश्यक मापदण्डहरू

अर्को: ग. मानिसप्रति परमेश्‍वरका चेतावनीहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्