तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

जीवनमा तिमीहरूको प्रत्येक कार्य र व्यवहारले यो देखाउँछ, कि तिमीहरूलाई परिपूर्ण पार्न हरेक दिन मेरो वचनको खण्ड दिनुपर्छ, किनकि तिमीहरूमा धेरै कुराको अभाव छ, अनि ग्रहण गर्ने तिमीहरूको ज्ञान र क्षमता अति थोरै छ। तिमीहरूको दैनिक जीवनमा तिमीहरू यस्तो माहोल र वातावरणमा बस्छौ जुन सत्य वा असल चेतना विनाको छ। जिउनका निम्ति तिमीहरूसँग पुँजीको कमी छ र मलाई वा सत्यतालाई जान्ने कुनै आधार छैन। तिमीहरूको विश्‍वास अस्पष्ट र अमूर्त विश्‍वासमा, वा अति कट्टर ज्ञान र धार्मिक विधिविधानहरूमा निर्माण भएको छ। तिमीहरूका अभिप्रायहरू र खराब फलहरूलाई जाँच्दै म प्रत्येक दिन तिमीहरूको गतिविधिहरू हेर्छु, अनि सदा अटल रहने मेरो वेदीमा तिनीहरूको हृदय र आत्मालाई साँचो रूपमा अर्पण गर्ने मैले एकै जना पनि भेट्टाएको छैनँ। यसैले यस्तो मानव जातिलाई मैले व्यक्त गर्न चाहेका सबै वचनहरू खन्याएर मेरो समय नष्ट गर्ने मेरो इच्छा छैन, मेरो हृदयमा भएका योजनाहरूचाँहि अधुरो रहेको मेरो काम र मैले अझै मुक्ति दिनुपर्ने मानव जातिका निम्ति हुन्। तापनि, मेरो पछि लाग्नेहरू सबैले मेरो मुक्ति र मेरो वचनले मानव जातिलाई दिने सत्यता प्राप्त गरून् भन्‍ने म इच्छा गर्दछु। म आशा गर्दछु, एक दिन जब तैँले आफ्ना आँखा बन्द गर्छस्, त्यसबेला एउटा यस्तो राज्य देख्नेछस् जहाँको बतास सुगन्धले भरिएको हुन्छ र जहाँ जिउँदो पानीका प्रवाहहरू बग्छन्—एउटा उजाड, चिसो संसार होइन, जहाँ कालो बादलको धब्बाले आकाश ढाक्छ र स्याल रुवाई झैँ आउने चर्को आवाज कहिल्यै रोकिँदैन।

प्रत्येक दिन प्रत्येक व्यक्तिको काम र विचारहरू एक जना व्यक्तिका आँखाले हेर्छन्, त्यसको साथसाथै तिनीहरूका आफ्नै भोलिका दिनको निम्ति ती तयारीमा छन्। सबै जीवित मानिस हिँड्ने बाटो यही हो; मैले सबैका निम्ति अघिबाटै ठहराएको बाटो यही नै हो, कोही पनि यसबाट उम्कन सक्दैन वा कसैलाई छुट दिन सकिँदैन। मैले बोलेका वचनहरू अनगन्ती छन्, त्यसबाहेक मैले गरेका कार्यहरू असीम छन्। अन्तर्निहित प्रकृति र तिनीहरूका प्रकृतिको घटनाक्रमहरू अनुसार पुकार्छ कि पुकार्दैन भनी मैले हरेक दिन हरेक व्यक्तिलाई हेर्छु। अन्जानमा, धेरै जना पहिलेबाटै “सही बाटो” मा लागिसकेका छन्, जुन मैले फरक किसिमका मानिसहरूलाई प्रकट गर्न राखेको छु। यी फरक किसिमका मानिसहरूलाई मैले धेरै समयदेखि नै विभिन्न वातावरणहरूमा र तिनीहरूको आफ्‍नै स्थानमा राखेको छु, अनि हरेकले तिनीहरूमा अन्तर्निहित गुणहरू व्यक्त गरेका छन्। तिनीहरूलाई बाँध्ने कोही छैन, तिनीहरूलाई कसैले बहकाउँदैन। तिनीहरू सम्पूर्ण रूपमा स्वतन्त्र छन् र तिनीहरूले व्यक्त गर्ने कुरा स्वाभाविक रूपले निस्कन्छन्। केवल एउटा कुराले मात्र तिनीहरूलाई रोक्छ: मेरा वचनहरूले। यसैले केही मानिसहरू अनिच्छा पूर्वक मेरा वचनहरू पढ्छन्, र कहिल्यै अभ्यास गर्दैनन्, तिनीहरूले मृत्युबाट बच्नका निम्ति मात्र यसो गर्छन्; यसैबीच अरूहरूलाईचाहिँ मेरो वचनको मार्गदर्शन र आपूर्ति विना दिन काट्न नै कठिन हुन्छ, यसैले तिनीहरूले स्वाभाविक रूपमा हरसमय मेरो वचन समाती राख्छन्। समय बित्दैजाँदा तिनीहरूले मानव जीवनका रहस्य, मानवजातिको गन्तव्य र मानव हुनुको मूल्य पत्ता लगाउँछन्। यसरी मानवजाति मेरा वचनहरूको उपस्थितिमा हुन्छ, अनि म केवल कामकुराहरूलाई तिनीहरूको मार्ग लिन दिन्छु। म मानिसहरूलाई मेरो वचन तिनीहरूका अस्तित्वको जग बनाउन करमा पार्ने कुनै काम गर्दिनँ। जुन मानिसहरूसँग विवेक थिएन, जसको अस्तित्वको कुनै मूल्य थिएन, तिनीहरूले मेरो वचनलाई साहस पूर्वक बेकारको ठाने अनि कामकुरो कसरी हुन्छ भन्‍ने चूपचाप हेरेर तिनीहरू आफूले चाहेअनुसार गर्छन्। तिनीहरू सत्यता र मबाट आउने सबै कुरासित दिक्क हुन्छन्। यसबाहेक, तिनीहरू मेरो भवनमा बस्न विरक्त मान्छन्। तिनीहरूका गन्तव्य स्थानका निम्ति, र दण्डबाट उम्कनका निम्ति यी मानिसहरू सेवा गर्दै भए पनि केही समयसम्म मेरो भवनमा बस्छन्। तापनि, तिनीहरूका नियतहरू र कार्यहरू कहिल्यै पनि परिवर्तन हुँदैनन्। यसले आशिष् पाउने तिनीहरूका चाहना बढाउँछ, अनि एकचोटि त्यो राज्यमा पस्ने त्यसपछि सधैँभरिका निम्ति त्यही रहने—अनन्त स्वर्गमा पस्ने तिनीहरूको चाहना बढाउँछ। तिनीहरूले जति-जति मेरो दिन चाँडो आओस् भन्‍ने इच्छा गर्छन् त्यति नै बढी सत्यता तिनीहरूका बाटोमा एउटा बाधा, ठेस लाग्ने कुरा बनेको महसुस गर्छन्। तिनीहरूले सत्यता अनुसरण नगरीकन वा न्याय वा सजायलाई नस्विकारीकन, र सबैभन्दा मुख्य कुरा, मेरो भवनमा विनम्र नभइकन र मेरो आज्ञाबमोजिम नगरीकन नै तिनीहरू स्वर्ग राज्यका आशिषहरू उपभोग गर्न प्रतीक्षा गर्नै सक्दैनन्। यी मानिसहरू सत्यताको खोजी गर्ने आफ्‍ना चाहना पूरा गर्न वा मेरो व्यवस्थापनमा सहकार्य गर्न मेरो भवनमा प्रवेश गर्दैनन्; तिनीहरूका एक मात्र इच्छा भनेको ती मानिसहरूको साथमा रहने हो, जो आउने युगमा नाश पारिने छैनन्। यसैले तिनीहरूका हृदयले सत्यता के हो वा सत्यतालाई कसरी स्वीकार गर्नुपर्छ भनी कहिल्यै पनि जानेको छैन। यसैकारण त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गरेका छैनन् वा आफ्नो भ्रष्टताको गहिराइ महसुस गरेका छैनन्, तापनि तिनीहरू मेरो भवनमा सर्वत्र “सेवकहरू” को रूपमा बसेका छन्। तिनीहरू मेरो आउने दिनलाई “धैर्यसाथ” प्रतिक्षा गर्छन् र मेरो काम गर्ने तरिकाद्वारा यताउति हुत्तिएर पनि थाक्दैनन्। तर तिनीहरूले जति नै ठूलो कोसिस गरे पनि वा जस्तै मूल्य चुकाए पनि तिनीहरूले सत्यका निम्ति दुःख भोगेका वा मेरो खातिर केही दिएका कसैले पनि देखेको छैन। मैले पुरानो युगलाई अन्त गरेको हेर्नका लागि तिनीहरू आफ्ना हृदयमा आतुरमा छन्, र मेरो शक्ति र अख्तियार कति महान् छन् सो पत्तो लगाउनका निम्ति अरू पर्खन सक्दैनन्। तिनीहरूले आफैलाई बदल्न र सत्यता अनुसरण गर्न कहिल्यै हतार गर्दैनन्। तिनीहरू त्यो कुरा मन पराउँछन्, जुनसँग म दिक्क हुन्छु, र मलाई मन पर्ने कुराहरूसित तिनीहरू दिक्क मान्छन्। तिनीहरू त्यो कुराको उत्कट इच्छा गर्छन्, जसलाई म घृणा गर्दछु, तर मैले घृणा गर्ने कुरा गुम्छ कि भनी डराउँछन्। तिनीहरू कहिल्यै घृणा नै नगरी यो दुष्ट संसारमा जिउँछन्, तापनि म त्यसलाई नाश गरिदिन्छु कि भनी धेरै डराउँछन्। तिनीहरूका विरोधाभासपूर्ण चाहनाहरूको बीचमा, मैले घृणा गरेको यो संसारलाई नै तिनीहरू प्रेम गर्छन्, तर मैले यसलाई चाँडै नाश पारूँ भन्‍ने इच्छा पनि गर्छन्, ताकि तिनीहरू साँचो मार्गबाट भड्किएर जानुभन्दा अघि नै विनाशको कष्टबाट बचाइयोस् र अर्को युगका शासक बनाइयोस्। तिनीहरूले सत्यलाई प्रेम नगरेकाले र मबाट आउने सबै कुराहरूले दिक्क हुने भएकोले यस्तो भएको हो। तिनीहरू आशिष् नगुमाउनको निम्ति केही समय “आज्ञाकारी मानिसहरू” हुन सक्छन्, तर आशिषित बन्ने तिनीहरूको चिन्ता र नाश हुने डर अनि आगोको कुण्डमा फालिने कुरालाई कहिल्यै पनि लुकाउन सकिँदैन। मेरो दिन जति नजिक आउँछ तिनीहरूका इच्छा उति नै अझ बलियो हुन्छ। अनि जति ठूलो विपत्ति हुन्छ यसले तिनीहरूलाई त्यति नै बढी असहाय तुल्याउँछ, यस क्रममा मलाई आनन्दित बनाउन र तिनीहरूले धेरै समयदेखि चाहेका आशिषहरू गुमाउनबाट बच्न कहाँबाट सुरु गर्ने हो भनी अलमल्लमा पर्छन्। त्यस्ता मानिसहरू मेरा हातले आफ्नो काम थाल्‍नासाथ पहिलो पङ्तिका सेना जस्तो भएर काम गर्न उत्सुक बन्छन्। तिनीहरू मैले तिनीहरूलाई देख्दिनँ भन्‍ने डरले फौजको पहिलो पङ्तिमा जाने बारेमा मात्रै सोच्छन्। तिनीहरू आफूलाई जे सही लागेको छ त्यही गर्छन् र बोल्छन्, तिनीहरूका काम र व्यवहार कहिल्यै पनि सत्यतासँग सम्बद्ध हुँदैन, र तिनीहरूका काम र कार्यहरूले मेरो योजनालाई भङ्ग गर्छ र बाधा दिन्छ भनी कहिल्यै जान्दैनन्। तिनीहरूले धेरै कोसिस गरेका हुन सक्छन्, तिनीहरू कठिनाइहरू सहने आफ्नो इच्छा र उद्देश्यमा सत्य हुन सक्छन्, तर तिनीहरूले गरेका कुनै पनि कुराले मसँग सरोकार राख्दैनन्, किनकि तिनीहरूले असल अभिप्रायले काम गरेको मैले कहिल्यै पनि देखेको छैनँ, तिनीहरूले मेरो वेदीमा कुनै कुरा राखेको देख्‍ने त परै जाओस्। तिनीहरूले मेरो सामु धेरै वर्षदेखि यस्तै कार्यहरू गर्दै आएका छन्।

मूल रूपमा, मैले तिमीहरूलाई अझ अरू सत्यताहरू दिने इच्छा गरेको थिएँ, तर म यसो गर्नबाट पछि हटेँ, किनकि सत्यताप्रति तिमीहरूको मनोवृत्ति ठन्डा र उदासीन छ; म मेरो परिश्रम खेर जाओस् भन्‍ने चाहँदिनँ, नत म मानिसहरूले मेरो वचनलाई धारण गरेर पनि सबै कुरामा मेरो प्रतिरोध गरेको, मेरो बदनाम गरेको र निन्दा गरेको नै देख्न चाहन्छु। तिमीहरूको मनोवृत्ति र तिमीहरूको मानवताको कारण म तिमीहरूलाई मेरो वचनको थोरै, र अति महत्त्वपूर्ण कुरा दिन्छु, जसले मानव जातिको बीचमा मेरो परीक्षण कार्यको रूपमा काम गर्दछ। अहिले मात्र मलाई साँच्चै यो निश्चय भएको छ, कि मैले गरेका निर्णयहरू र बनाएका योजनाहरू तिमीहरूका खाँचोहरू सुहाउँदा छन्, यसबाहेक, मानवजातिप्रति मेरो मनोवृत्ति सही छ। तिमीहरूले धेरै वर्षदेखि मेरो सामु गरेका व्यवहारले मलाई पहिले कहिल्यै नसुनेको उत्तर दिएको छ अनि यो उत्तरको प्रश्नचाँहि यस्तो छ “सत्यता र साँचो परमेश्‍वरको सामने मानिसको प्रवृत्ति कस्तो छ?” मैले मानिसको निम्ति समर्पित गरेको कोसिसहरूले मानिसप्रति भएको मेरो प्रेमको सार प्रमाणित गर्छ, अनि मानिसले मेरो सामु गरेको हरेक कार्यले तिनीहरूले सत्यलाई घृणा गर्छन् र तिनीहरू मेरो विरोधमा छन् भनी प्रमाणित गर्दछ। हरसमय म मलाई पछ्याउनेहरूको सरोकार राख्छु, तापनि तुरुन्तै मेरो पछि लाग्नेहरू मेरो वचन ग्रहण गर्न सक्षम छैनन्, तिनीहरू मेरा सल्लाहहरू स्वीकार गर्न पनि सक्षम छैनन्। यही कुराले मलाई सबैभन्दा धेरै दुःखी बनाउँछ। कसैले पनि मलाई कहिल्यै बुझ्न सकेका छैनन्, अनि त्यसबाहेक, मेरो मनोवृत्ति निष्कपट र मेरा वचनहरू भद्र भए तापनि कोही पनि मलाई ग्रहण गर्न कहिल्यै सक्षम भएको छैन। प्रत्येक व्यक्तिले मैले तिनीहरूलाई दिएको काम तिनीहरूको आफ्नै विचारअनुसार गर्ने कोसिस गर्छ, तिनीहरू मेरा अभिप्रायहरू खोज्दैनन्, मैले तिनीहरूबाट के चाहन्छु भनी सोध्ने कुरा त परै जाओस्। तिनीहरूले निष्ठा पूर्वक मेरो सेवा गरेको दाबी गरे पनि मेरो विरुद्ध विद्रोह गर्छन्। धेरैले आफूले स्वीकार गर्न नसक्‍ने वा अभ्यास गर्न नसक्ने सत्यताहरूलाई सत्यता नै होइनन् भन्‍ने विश्‍वास गर्छन्। त्यस्ता मानिसहरूमा, मेरा सत्यताहरू इन्कार गरिएको र फ्याँकिएको थोक बन्दछ। यसको साथसाथै मानिसहरूले मलाई वचनमा मात्र भएको परमेश्‍वरको रूपमा चिन्छन्, तापनि मलाई परदेशीको रूपमा विश्‍वास गर्छन् जो सत्य, बाटो वा जीवन होइन। यो सत्यता कसैले पनि जान्दैन: मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले मान्यता दिने वा नदिने र स्वीकार गर्ने वा नगर्ने कुराद्वारा निर्धारण गरिँदैन, तर वचनहरूका सार स्वयम्‌ले नै निर्धारण गर्छन्। यस पृथ्वीमा भएका एक जनाले पनि मेरो वचनहरू ग्रहण गर्न नसके तापनि कुनै पनि मानिसलाई गर्ने ती वचनहरूको सहायता अपार छन्। त्यसकारण, मेरो वचनको विरुद्धमा विद्रोह गर्ने, खण्डन गर्ने, अत्यन्तै तिरस्कार गर्नेहरूको सामना गर्दा मेरो विचार यति मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो साक्षी बनून् र मेरो वचन सत्य, बाटो र जीवन हो भनी देखाऊन्। मैले भनेका कुराहरू सही छन्, त्यही कुराले मानिस सुसज्जित हुनुपर्छ, यसको अलाबा जसलाई मानिसले स्वीकार गर्नुपर्छ भनी तिनीहरूले नै देखाऊन्। मलाई पछ्याउने सबैलाई यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास नगर्नेहरू, मेरो वचनमा उद्देश्य नभेट्टाउनेहरू, अनि मेरा वचनहरूको कारण मुक्ति प्राप्त गर्न नसक्‍नेहरू ती मानिसहरू हुन् जो मेरा वचनहरूद्वारा दोषी ठहरिएका छन्, र अझ भन्‍ने हो भने, ती मानिसहरूले मेरो मुक्ति गुमाएका छन्, र मेरो छडी तिनीहरूबाट कहिल्यै हट्नेछैन।

अप्रिल १६, २००३

अघिल्लो: एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

अर्को: परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अभ्यास (६)

आज, पत्रुसको समझ प्राप्त गर्नेबारेमा चिन्ता नगर—धेरै मानिसहरूले पावलको समझ पनि प्राप्त गर्न सक्दैनन्। तिनीहरूसँग पावलको आत्म-सचेतना पनि...

दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा हुनुहुन्थ्यो, र यसपटक...

परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

हरेक व्यक्तिको नजरमा, परमेश्‍वरको व्यवस्थापन अत्यन्तै अपरिचित कुरा हो किनभने उहाँको व्यवस्थापन तिनीहरूबाट पूर्ण रूपमा हटाइएको छ भन्‍ने...

शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तिमीहरूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधन अनुभव गरेपछि मानिसहरूले परमेश्‍वरलाई...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्