काम र प्रवेश (४)

यदि मानिस पवित्र आत्माको कार्यअनुसार साँचो रूपमा प्रवेश गर्न सक्छ भने, उसको जीवनले वसन्तको वर्षापछि तामा उम्रिएजस्तै तुरुन्तै मुना हाल्‍नेछ। अधिकांश मानिसहरूको वर्तमान कदको आधारमा मूल्याङ्कन गर्दा के देखिन्छ भने, मानिसहरूले जीवनलाई महत्त्वपूर्ण ठान्दैनन्, बरु कुनै परिणाम नल्याउनेजस्तो देखिने निश्‍चित विषयहरूलाई महत्त्व दिन्छन्। नत्र तिनीहरू विनाउद्देश्य र जथाभाबी र ध्यान केन्द्रित नगरी काम गर्दै, तिनीहरू कसको लागि जानुपर्छ भन्‍ने कुरा जान्‍नु त कता हो कता कुन दिशामा जानुपर्छ भन्‍ने समेत नजानी घरी यता घरी उता गर्छन्। तिनीहरूले “आफैलाई नम्रतापूर्वक ढाक-छोप” गर्ने बाहेक केही गरिरहेका हुँदैनन्। साँचो कुरा त के हो भने, तिमीहरूमध्ये थोरैलाई मात्रै आखिरी दिनहरू सम्‍बन्धी परमेश्‍वरका अभिप्रायहरूको बारेमा कुनै कुरा थाहा छ। तिमीहरूमध्ये मुस्किलले मात्रै कसैलाई परमेश्‍वरको पाइलाको बारेमा थाहा छ, तर त्योभन्दा पनि खराब कुरा त, परमेश्‍वरको अन्तिम उपलब्धि के हुनेछ भनेर कसैलाई पनि थाहा छैन। तैपनि साहस र धैर्यताद्वारा हरेक व्यक्ति अरूको अनुशासन र निराकरणबाट गुज्रिरहेको छ, मानौं तिनीहरू आफ्नो विजय अनुभूतिको घडीको अपेक्षामा आफ्‍नो हात सुर्काउँदै लड्न तयार भइरहेका[१] छन्। म मानवजातिको बीचमा रहेका यी “अनौठा तमासाहरू” को बारेमा कुनै टिप्‍पणी दिनेछैन, तर तिमीहरू सबैले बुझ्‍नुपर्ने एउटा बुँदा छ। अहिले धेरैजसो मानिसहरू अस्वाभाविकतातर्फ[२] विकसित हुँदै गइरहेका छन्, र प्रवेशतर्फको तिनीहरूका चरणहरूमा तिनीहरू बन्द बाटो[३] तर्फ अघि बढिरहेका छन्। धेरै मानिसहरू यस्ता हुन सक्छन्, जसले त्यो मानिसले उत्कट चाहना गर्ने मानव संसारभन्दा बाहिरको एउटा सपनाको देश हो भन्‍ने सोच्छन्, र त्यसलाई स्वतन्त्रताको क्षेत्र हो भन्‍ने विश्‍वास गर्छन् तर वास्तवमा त्यो त्यस्तो छैन। अथवा, सायद मानिसहरू पहिले नै बाटो बिराइसकेका छन् भनेर भन्‍न सकिन्छ। तर मानिसहरूले जे गरिरहेको भए तापनि, मानिस केमा प्रवेश गर्नुपर्छ त्यसको बारेमा म अझै कुरा गर्न चाहन्छु। धेरै मानिसहरूको फाइदा र कमजोरीहरू यो छलफलको मुख्य विषय होइन। मलाई आशा छ, दाजुभाइ-दिदीबहिनीहरू तिमीहरू सबैले मेरा वचन सही तरिकाले ग्रहण गर्न सक्‍नेछौ र मेरो अभिप्रायलाई गलत रूपमा बुझ्‍नेछैनौ।

परमेश्‍वर चीनको मूलभूमिमा देहधारी हुनुभएको छ, अथवा हङकङ र ताइवानका देशवासीहरूको शब्‍दमा भन्दा उहाँ “भित्री” भागमा देहधारी हुनुभएको छ। जब परमेश्‍वर माथि स्वर्गबाट पृथ्वीमा आउनुभयो, स्वर्ग वा पृथ्वीको कसैलाई पनि यसको बारेमा थाहा थिएन, किनभने परमेश्‍वर गुप्त रूपमा फर्किनुको साँचो अर्थ यही हो। उहाँले लामो समयदेखि देहमा काम गर्दै र जिउँदै आउनुभएको छ, तैपनि कसैलाई यसको बारेमा थाहा भएको छैन। आजको दिनसम्‍म पनि, यसलाई कसैले पहिचान गरेको छैन। सायद यो अनन्त पहेलीको रूपमा रहनेछ। यस पटक परमेश्‍वर देहमा आउनुभएको घटना कुनै पनि मानिसले थाहा पाउन नसक्‍ने कुरा हो। आत्माको काम जति ठूलो आकारको र त्यसको प्रभाव जति शक्तिशाली भए पनि, परमेश्‍वर सधैँ भावहीन नै रहनुहुन्छ, कहिल्यै कुनै पनि कुरा प्रकट गर्नुहुन्‍न। उहाँको कामको यो चरण स्वर्गीय क्षेत्रमा भइरहेको जस्तै हो भनेर भन्‍न सकिन्छ। देख्‍ने आँखा भएको सबैको लागि यो स्पष्ट भए तापनि, कसैले पनि यसलाई पहिचान गर्दैनन्। जब परमेश्‍वरले उहाँको कार्यको यो चरण समाप्त गर्नुहुन्छ, सारा मानवजातिले आफ्‍नो आम मनोवृत्तिलाई तोड्छन्,[४] र तिनीहरू आफ्नो लामो सपनाबाट बिउँझन्छन्। परमेश्‍वरले एक पटक यसो भन्‍नुभएको मलाई याद छ, “यस पटक देहमा आउनु बाघको ओडारमा खस्‍नुसरह भएको छ।” यसको अर्थ के हो भने, परमेश्‍वरको कार्यको यस चरणमा परमेश्‍वर देहमा आउनुहुन्छ, र यति मात्र होइन, उहाँ ठूलो रातो अजिङ्गरको वासस्थानमा जन्‍मनुहुन्छ, त्यसकारण यस पटक उहाँ पृथ्वीमा आउनुहुँदा उहाँले पहिलेभन्दा निकै चरम खतराको सामना गर्नुहुन्छ। उहाँले छुरा र बन्दुक अनि डन्डा र लाठाहरूको सामना गर्नुहुन्छ; उहाँले परीक्षाको सामना गर्नुहुन्छ; उहाँले प्राणघाती अभिप्रायले भरिएका अनुहार बोक्‍ने भीडहरूको सामना गर्नुहुन्छ। उहाँले कुनै पनि क्षण मारिने खतरा मोल्‍नुहुन्छ। परमेश्‍वर आफूसँग क्रोध लिएर आउनुहुन्छ। तैपनि, उहाँ सिद्धताको काम गर्न आउनुभयो, भन्‍नुको अर्थ उहाँ आफ्‍नो कामको दोस्रो भाग, अर्थात् छुटकाराको कामपछि जारी रहने काम गर्न आउनुभयो। आफ्‍नो कामको यो चरणको खातिर, परमेश्‍वरले सक्दो विचार र वास्ता अर्पण गर्नुभएको छ र आफैलाई नम्रतापूर्वक लुकाउँदै र आफ्‍नो पहिचानलाई कहिल्यै पनि प्रदर्शन नगरी उहाँले परीक्षाका आक्रमणहरूबाट जोगिन उहाँले कल्‍पना गर्न सकिने हरेक माध्यमहरूको प्रयोग गरिरहनुभएको छ। मानिसलाई क्रूसबाट उद्धार गर्ने क्रममा, येशूले उद्धारको काम मात्रै पूरा गर्दै हुनुहुन्थ्यो; उहाँले सिद्धताको काम गरिरहनुभएको थिएन। तसर्थ परमेश्‍वरको कार्यको आधा भाग मात्रै पूरा गरिएको थियो, र छुटकाराको काम पूरा गर्नु भनेको उहाँको सम्पूर्ण योजनाको आधा भाग मात्रै थियो। नयाँ युगको सुरुवात र पुरानो युगको अवसान हुन लागेको थियो, त्यसैले परमेश्‍वर पिताले आफ्‍नो कामको नयाँ भागको बारेमा विचार गर्न र यसको लागि तयारी गर्न थाल्‍नुभयो। आखिरी दिनहरूको यो देहधारणको बारेमा विगतमा स्पष्ट रूपमा भविष्यवाणी गरिएको थिएन, त्यसले गर्दा यस पटक परमेश्‍वर देहमा आउनुहुने घटनाको बारेमा बढ्दो रहस्यहरूको जग निर्माण हुनगयो। मिरमिरे उषासँगै, मानवजातिका भीडहरूलाई थाहै नभई, परमेश्‍वर पृथ्वीमा आउनुभयो र आफ्नो जीवन देहमा सुरु गर्नुभयो। यस क्षणको आगमनको बारेमा मानिसहरू अनभिज्ञ थिए। शायद तिनीहरू गहिरो निद्रामा थिए; शायद सजग रहेर जागा रहेका धेरैले पर्खिरहेका थिए र शायद धेरैले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई चुपचाप प्रार्थना गरिरहेका थिए। तैपनि, यति धेरै मानिसहरूमाझ, एक जनालाई पनि परमेश्‍वर पहिले नै पृथ्वीमा आइसक्नुभयो भन्‍ने कुरा थाहै भएन। आफ्‍नो कार्यलाई अझै सहज रूपमा अघि बढाउन र अझै उत्तम परिणामहरू हासिल गर्न, साथै अझै बढी परीक्षाहरूलाई रोक्‍नको लागि परमेश्‍वरले यसरी काम गर्नुभयो। जब मानिसको वसन्तको निन्द्रा हट्छ, परमेश्‍वरको कार्य समाप्त भइसकेको धेरै भइसकेको हुनेछ र पृथ्वीमा घुमफिर गर्ने र बसोबास गर्ने आफ्नो जीवनलाई समाप्त गर्दै उहाँ बिदा हुनुहुनेछ। परमेश्‍वरको कार्यको लागि परमेश्‍वरले व्यक्तिगत रूपमा नै काम गर्नुपर्ने र बोल्‍नुपर्ने भएकोले, र मानिसले हस्तक्षेप गर्ने कुनै उपाय नभएको हुनाले, आफू स्वयम्‌ काम गर्न पृथ्वीमा आउनको लागि परमेश्‍वरले चरम कष्ट भोग्‍नुभयो। मानिस परमेश्‍वरको कार्यको खातिर उभिन सक्दैन। यही कारणले गर्दा अनुग्रहको युगमा भन्दा हजारौं गुणा बढी साहस गरेर परमेश्‍वर आफ्‍नो सारा वास्ता र फिक्री समर्पित गर्दै, विपन्‍न मानिसहरूको यो समूह, गोबरको थुप्रोमा फसेका मानिसहरूको यो समूहलाई छुटकारा दिने आफ्‍नो काम गर्नको लागि ठूलो रातो अजिङ्गर बास गर्ने भूमिमा आउनुभयो। परमेश्‍वरको अस्तित्वको बारेमा कसैलाई थाहा नभए पनि, परमेश्‍वर बेचैन हुनुहुन्‍न, किनभने यसले उहाँको कार्यलाई धेरै फाइदा गर्छ। हरेक व्यक्ति चरम रूपमा अत्यन्तै घृणित र दुष्ट भएको हुनाले, तिनीहरूले कसरी परमेश्‍वरको अस्तित्वलाई सहन सक्‍नेथिए र? यही कारणले गर्दा, पृथ्वीमा आएपछि, परमेश्‍वर मौन रहनुहुन्छ। मानिस सबैभन्दा खराब क्रूरतामा डुबे पनि, परमेश्‍वरले यसमध्ये कुनैलाई पनि मनमा लिनुहुन्न, तर स्वर्गमा हुनुहुने पिताले उहाँलाई सुम्‍पिनुभएको ठूलो आज्ञाको कार्यभार पूरा गर्न आफूले गर्नुपर्ने काम मात्रै उहाँ गरिरहनुहुन्छ। तिमीहरूमध्ये कसले परमेश्‍वरको प्रेमिलोपनलाई पहिचान गरेका छौ? परमेश्‍वर पिताको बोझको बारेमा उहाँको पुत्रले भन्दा धेरै अरू कसले सोच्छ र? परमेश्‍वर पिताको इच्‍छालाई कसले बुझ्‍न सक्‍छ र? स्वर्गमा हुनुहुने परमेश्‍वर पिताको आत्मा सधैँ बेचैन बन्‍नुहुन्छ, र पृथ्वीमा हुनुहुने उहाँको पुत्रले आफ्‍नो हृदय टुक्रा-टुक्रा हुने गरी चिन्ता गर्दै परमेश्‍वर पिताको लागि निरन्तर प्रार्थना गर्नुहुन्छ। के आफ्‍नो पुत्रको निम्ति परमेश्‍वर पिताको प्रेम कति छ सो जान्‍ने कोही छ? प्रिय पुत्रले परमेश्‍वर पितालाई जुन हृदयले याद गर्नुहुन्छ त्यसको बारेमा जान्‍ने कोही छ? स्वर्ग र पृथ्वीको बीचमा छुट्टिएर, आत्मामा एक-अर्कालाई पछ्याउँदै उहाँहरूले टाढैबाट एक-अर्कालाई नियाल्‍नुहुन्छ। ए मानवजाति! तिमीहरूले कहिले परमेश्‍वरको हृदयलाई बुझ्‍नेछौ? कहिले तिमीहरूले परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नेछौ? पिता र पुत्र सधैँ एक-अर्कामा निर्भर हुनुभएको छ। त्यसो भए, किन उहाँहरू एक जना माथि स्वर्गमा र अर्कोचाहिँ तल पृथ्वीमा हुने गरी छुट्नुपर्छ त? पुत्रले पितालाई प्रेम गर्नुभएजस्तै पिताले आफ्‍नो पुत्रलाई प्रेम गर्नुहुन्छ। त्यसो भए, किन पिताले त्यति गहन र पीडादायी रूपमा तड्पिएर पुत्रको प्रतीक्षा गर्नुपर्छ? उहाँहरू अलग हुनुभएको त्यति लामो समय नभएको हुन सक्छ, तैपनि पिताले कति दिन र कति रात पीडादायी रूपमा तड्पिएर तृष्णा गर्नुभएको छ, र आफ्‍नो प्रिय पुत्रको शीघ्र फिर्तीको लागि उहाँले कति लामो समयदेखि चाहना गरिरहनुभएको छ, त्यो कसलाई थाहा छ र? उहाँले अवलोकन गर्नुहुन्छ, उहाँ चुपचाप बस्‍नुहुन्छ, र उहाँ प्रतीक्षा गर्नुहुन्छ; उहाँले आफ्‍नो पुत्रको शीघ्र फिर्तीको लागि नगर्नुहुने केही पनि छैन। पृथ्वीको पल्‍लो छेउसम्‍म भौँतारिनुभएको पुत्र: उहाँहरूको मिलन कहिले हुनेछ? उहाँहरूको मिलन भएपछि उहाँहरू अनन्तसम्‍मै सँगै हुनुहुनेछ, तैपनि उहाँले एक जना माथि स्वर्गमा र अर्कोचाहिँ तल पृथ्वीमा भएर बिछोडको हजारौं दिन र हजारौं रातलाई कसरी सहन सक्‍नुहुन्छ? पृथ्वीका दशकहरू स्वर्गको लागि सहस्‍त्राब्दी जस्तै लाग्छ। परमेश्‍वर पिता चिन्ता नगरी कसरी बस्‍न सक्‍नुहुन्थ्यो र? जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले पनि मानिसले जस्तै मानव संसारका अनगिन्ती घटनाहरूको अनुभव गर्नुहुन्छ। परमेश्‍वर निर्दोष हुनुहुन्छ, तब किन उहाँलाई पनि मानिसले जस्तै कष्ट भोग्‍न लगाउने? परमेश्‍वर पिताले आफ्‍नो पुत्रको लागि विलाप गर्नु स्वाभाविकै हो; परमेश्‍वरको हृदयलाई कसले बुझ्‍न सक्छ र? परमेश्‍वरले मानिसलाई अति नै धेरै दिनुहुन्छ; मानिसले कसरी उहाँको हृदयको ऋण पर्याप्त रूपमा तिर्न सक्छ र? तैपनि, मानिसले परमेश्‍वरलाई अति नै थोरै दिन्छ; त्यस कुरालाई देखेर, परमेश्‍वर कसरी चिन्ता नगरी बस्‍न सक्‍नुहुन्थ्यो र?

मानिसको बीचमा कसैले परमेश्‍वरको मनस्थितिको आतुरीलाई विरलै बुझ्‍न सक्छ, किनभने मानव-प्राणीको क्षमता अत्यन्तै न्यून छ र तिनीहरूको आत्मा निकै बोधो छ, त्यसकारण परमेश्‍वरले के गर्दै हुनुहुन्छ त्यसलाई तिनीहरूले न त ध्यान नै दिन्छन् न त वास्ता नै गर्छन्। यही कारणले गर्दा, मानिसको बारेमा परमेश्‍वर सधैँ व्याकुल हुनुहुन्छ, मानौं मानिसको पाशविक प्रकृति कुनै पनि क्षणमा प्रकट हुन सक्छ। यसबाट के कुरालाई अझै स्पष्ट रूपमा देख्‍न सकिन्छ भने पृथ्वीमा परमेश्‍वरको आगमनको साथमा अत्यन्तै ठूला परीक्षाहरू पनि समावेश छन्। तर मानिसहरूको एउटा समूहलाई पूर्ण बनाउनका खातिर, महिमाले भरिपूर्ण परमेश्‍वरले मानिसलाई कुनै पनि कुरा नलुकाई आफ्‍नो हरेक अभिप्राय बताउनुभयो। उहाँले मानिसहरूको यो समूहलाई पूर्ण बनाउने दृढ सङ्कल्प गर्नुभएको छ, त्यसकारण जस्तोसुकै कठिनाइ वा परीक्षा आए पनि उहाँले त्यसबाट नजर हटाउनुहुन्छ र यो सबैलाई बेवास्ता गर्नुहुन्छ। एक दिन परमेश्‍वरले आफ्‍नो महिमा पाउनुभएपछि, मानिसले उहाँलाई चिन्‍नेछ भन्‍ने दृढ विश्‍वास गर्दै, र परमेश्‍वरले मानिसलाई पूर्ण तुल्याउनुभएपछि, उसले परमेश्‍वरको हृदयलाई पूर्ण रूपमा बुझ्नेछ भन्‍ने विश्‍वास गर्दै उहाँले चुपचाप आफ्‍नो काम गर्नुहुन्छ। अहिले त्यस्ता मानिसहरू पनि हुन सक्छन्, जसले परमेश्‍वरलाई परीक्षा गरिरहेका छन्, वा परमेश्‍वरलाई गलत रूपमा बुझिरहेका छन्, वा परमेश्‍वरलाई दोष दिइरहेका छन्; परमेश्‍वरले यीमध्ये कुनैलाई पनि मनमा राख्‍नुहुन्‍न। जब परमेश्‍वर महिमामा ओर्लनुहुन्छ, तब परमेश्‍वरले गर्नुहुने सबै कुरा मानवजातिको खुशीको लागि हो भनी मानिसहरू सबैले बुझ्‍नेछन्, र परमेश्‍वरले गर्नुहुने सबै कुरा मानवजाति राम्ररी अस्तित्वमा रहन सकोस् भनेर नै हो भन्‍ने कुरा तिनीहरू सबैले बुझ्‍नेछन्। परमेश्‍वर परीक्षा लिएर आउनुहुन्छ, र उहाँ प्रताप र क्रोध पनि लिएर आउनुहुन्छ। परमेश्‍वरले मानिसलाई छोड्नुहुने समयमा, उहाँले आफ्‍नो महिमा प्राप्त गर्नुभएको धेरै समय भइसकेको हुनेछ, र उहाँ महिमा र फर्केर जानुको आनन्दले भरिएर जानुहुनेछ। पृथ्वीमा काम गर्नुहुने परमेश्‍वरलाई मानिसहरूले जसरी इन्कार गरे पनि, उहाँले कहिल्यै पनि ती कुराहरूलाई मनमा राख्‍नुहुन्‍न। उहाँले आफ्‍नो काम मात्रै गरिरहनुहुन्छ। परमेश्‍वरले संसार सृष्टि गर्नुभएको हजारौं वर्ष भइसक्यो। उहाँ अतुलनीय मात्रामा काम गर्नको लागि पृथ्वीमा आउनुभएको छ र उहाँले मानव संसारको इन्कार र निन्दालाई पूर्ण रूपमा अनुभव गर्नुभएको छ। कसैले पनि परमेश्‍वरको आगमनलाई स्वागत गर्दैन; उहाँलाई रूखो अभिवादन गरिएको छ। यी हजारौं वर्षको कठोर हिँडाइको अवधिमा, मानिसको चाल-चलनले परमेश्‍वरलाई गहिरो चोट पुर्‍याएको धेरै भइसकेको छ। उहाँले मानिसहरूको विद्रोहलाई ध्यान दिन छोड्नुभएको छ, बरु मानिसलाई रूपान्तरण गर्ने र शुद्ध पार्ने अर्को योजना बनाउनुभएको छ। उपहास, निन्दा, सतावट, संकष्ट, क्रूसीकरणको कष्ट, मानिसले गरेको बहिष्कार, आदि इत्यादि कुरा जसलाई परमेश्‍वरले देहमा आउनुभएदेखि सामना गर्नुभएको छ: परमेश्‍वरले यी कुराहरूलाई पर्याप्त मात्रामा चाखिसक्‍नुभएको छ, र मानव संसारको कठिनाइहरूको हकमा भन्दा, देहमा आउनुभएका परमेश्‍वरले यी सबै कुरालाई पूर्ण रूपमा भोगिसक्‍नुभएको छ। स्वर्गमा हुनुहुने परमेश्‍वर पिताका आत्माले यस्ता दृश्यहरूलाई असहनीय पाउनुभएको धेरै भइसक्यो र, आफ्‍नो शिर पछाडि ढल्काएर आँखा बन्द गरी आफ्‍नो प्रिय पुत्र फर्किने प्रतीक्षा गर्नुहुन्छ। मानवजातिले कुरा सुनोस् र पालना गरोस्, र उहाँको देहको सामुन्ने अत्यन्तै लाजको अनुभूति गरेर, उहाँको विरुद्धमा विद्रोह गर्न छोड्न सकोस् भन्‍ने मात्रै उहाँ चाहनुहुन्छ। मानवजातिले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्न सकोस् भन्‍ने मात्रै उहाँ चाहनुहुन्छ। उहाँले मानिसबाट ठूला-ठूला कुराहरू पूरा हुनुपर्छ भनी भन्न छोड्नुभएको धेरै भइसकेको छ, किनभने परमेश्‍वरले अत्यन्तै धेरै मूल्य चुकाउनुभएको छ, तैपनि मानिस सहजताको साथ आराम गरिरहेको छ[५] र उसले परमेश्‍वरको कार्यलाई अलिकति पनि ध्यान दिँदैन।

आज मैले परमेश्‍वरको कार्यको बारेमा भनिरहेको कुराहरूमा “आधारहीन मूर्खता”[६] का धेरै कुराहरू समावेश हुनसक्‍ने भए तापनि, मानिसको प्रवेशको लागि यसको गहन प्रासङ्गिकता छ। म केवल कामको बारेमा केही कुरा गरिरहेको छु र त्यसपछि प्रवेशको बारेमा केही कुरा गरिरहेको छु, तर यी दुवै पक्ष उत्तिकै अपरिहार्य छन्, र दुवैलाई जोड्दा, ती मानिसको जीवनको लागि अझै बढी लाभदायक छन्। यी दुई पक्ष एक-अर्काका पूरक हुन्[७] र अत्यन्तै फाइदाजनक छन्, जसले मानिसहरूलाई परमेश्‍वरको इच्‍छाको बारेमा अझै राम्ररी बुझ्न मद्दत गर्छन् र मानिसहरू र परमेश्‍वरको बीचमा सञ्‍चार सम्भव गराउँछन्। कामसम्‍बन्धी आजको कुराकानीद्वारा, परमेश्‍वरसँगको मानवजातिको सम्‍बन्धमा थप सुधार भएको छ, पारस्‍परिक बुझाइ गहन भएको छ, र मानिस परमेश्‍वरको बोझको बारेमा अझै बढी सोचविचार र वास्ता गर्न सक्‍ने भएको छ; मानिसलाई परमेश्‍वरले जे अनुभूति गर्नुहुन्छ त्यही अनुभूति गर्ने, परमेश्‍वरले उसलाई परिवर्तन गर्नुहुनेछ भन्‍ने बारेमा थप आत्मविश्‍वास गर्ने, र परमेश्‍वरको देखा पराइलाई प्रतीक्षा गर्ने तुल्याइएको छ। आज मानिसबाट पूरा हुनैपर्छ भनी परमेश्‍वरले तोक्नुभएको एक मात्र सर्त यही हो—परमेश्‍वरलाई प्रेम गर्ने व्यक्तिको रूपमा जिउनु, यस्तो गर्नु ताकि परमेश्‍वरको बुद्धिको उत्कृष्टताको ज्योति अन्धकारको युगमा चम्किरहोस् र मानिसको जियाइले परमेश्‍वरको कार्यमा उज्यालो पृष्ठ छोडोस्, जुन उज्यालो संसारको पूर्वमा सदासर्वदा चम्किरहोस्, संसारको ध्यान र सबैको कृतज्ञता प्राप्त गरोस्। अवश्य नै, वर्तमान युगमा परमेश्‍वरलाई प्रेम गर्नेहरूको लागि यो अझै उत्तम प्रवेश हो।

फूटनोटहरू:

१. “आफ्‍नो हात सुर्काउँदै लड्न तयार भइरहेका” भन्‍ने वाक्यांशलाई निन्दात्मक रूपमा प्रयोग गरिएको छ।

२. “अस्वाभाविकता” ले मानिसहरूको प्रवेश पथबाट बाहिर छ र तिनीहरूको अनुभव एकतर्फी छ भन्‍ने अर्थ दिन्छ।

३. “बन्द बाटो” को अर्थ मानिसहरूले लिइरहेको मार्ग परमेश्‍वरको इच्‍छा विपरीत छ भन्‍ने हुन्छ।

४. “आफ्‍नो आम मनोवृत्तिलाई तोड्छन्” ले मानिसहरूले परमेश्‍वरलाई चिनेपछि, कसरी परमेश्‍वरसम्‍बन्धी तिनीहरूको धारणा र दृष्टिकोणहरू परिवर्तन हुन्छन् भन्‍ने कुरालाई जनाउँछ।

५. “सहजताको साथ आराम गरिरहेको छ” भन्‍ने वाक्यांशले मानिसहरू परमेश्‍वरको कार्यप्रति उदासीन छन् र तिनीहरूले यसलाई महत्त्वपूर्ण ठान्दैनन् भन्‍ने अर्थ दिन्छ।

६. “आधारहीन मूर्खता” को अर्थ मानिसहरू परमेश्‍वरले बोल्‍नुहुने वचनहरूको आधारभूत कुरा बुझ्‍न आधारभूत रूपमा नै असमर्थ छन् र उहाँले केको बारेमा कुरा गर्दैहुनुहुन्छ त्यस बारेमा उनीहरूलाई केही पनि थाहा हुँदैन भन्‍ने हुन्छ। यो वाक्यलाई व्यंग्यात्मक रूपमा प्रयोग गरिएको छ।

७. “एक-अर्काका पूरक हुन्” भन्‍नुको अर्थ सङ्गतिमा “कार्य” र “प्रवेश” दुवैलाई एकट्ठा गर्नु परमेश्‍वरसम्‍बन्धी हाम्रो ज्ञानको लागि अझै लाभदायक हुनेछ भन्‍ने हुन्छ।

अघिल्लो: काम र प्रवेश (३)

अर्को: काम र प्रवेश (५)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरको धर्मी स्वभावतिमीहरूले परमेश्‍वरको अख्तियारको बारेमा रहेको अघिल्‍लो सङ्गति सुनिसकेका हुनाले, म आश्‍वस्त छु कि तिमीहरू यस विषयमा...

अध्याय ४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति...

परिशिष्ट: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

प्रभु येशू ख्रीष्टलाई पछ्याउने अरूहरू करोडौँले जस्तै, हामी बाइबलका नियमहरू र आज्ञाहरूलाई पालन गर्छौं, प्रभु येशू ख्रीष्टको प्रशस्त...

शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तिमीहरूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधन अनुभव गरेपछि मानिसहरूले परमेश्‍वरलाई...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्