तेह्र पत्रहरूमा तँ कहाँ खडा हुन्छस्?

बाइबलको नयाँ करारमा पावलका तेह्र पत्रहरू छन्। पावलले आफूले काम गरेको अवधिमा येशू ख्रीष्टमा विश्‍वास गर्ने मण्डलीहरूलाई यी तेह्र पत्रहरू लेखे। यसको अर्थ, येशूको स्वर्ग-आरोहण भएपछि पावललाई खडा गरियो र तिनले यी पत्रहरू लेखे। यी पत्रहरू प्रभु येशूको मृत्युपछि भएको उहाँको पुनरुत्थान र स्वर्ग-आरोहणका गवाहीहरू हुन्, र तिनले पश्‍चाताप र क्रूस बहन गर्ने मार्गको प्रचार गर्छन्। अवश्य नै, यी सबै सन्देश र गवाहीहरू तत्कालीन यहूदिया वरपरका विविध स्थानका दाजुभाइ र दिदीबहिनीहरूलाई सिकाउने उद्देश्यका लागि थिए, किनभने त्यति बेला पावल प्रभु येशूका सेवक थिए र तिनलाई प्रभु येशूको गवाही दिन खडा गरिएको थियो। पवित्र आत्माको कामको हरेक अवधिमा, उहाँका विविध काम गर्न अर्थात् परमेश्‍वर स्वयम्‌ले पूरा गर्नुहुने कामलाई जारी राख्‍न प्रेरितहरूको काम गर्नका लागि धेरै मानिसहरू खडा गरिएका थिए। यदि पवित्र आत्माले प्रत्यक्ष रूपमा आफैले यो काम गर्नुभएको भए, र मानिसहरू कसैलाई पनि खडा नगरिएको भए, यो काम पूरा गर्न एकदमै मुस्किल हुनेथ्यो। यसरी, पावल त्यस्तो व्यक्ति बने जसलाई दमस्कसतर्फ जाने बाटोमा प्रहार गरियो, र जसलाई त्यसपछि प्रभु येशूको गवाही दिनको लागि खडा गरियो। तिनी येशूका बाह्र चेलाहरू बाहेकका एक प्रेरित थिए। सुसमाचार फैलाउनका अलावा, तिनले विविध स्थानका मण्डलीहरूको गोठालो गर्ने काम गरे, जसमा मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूको हेरविचार गर्ने कार्य पर्थ्यो—अर्को शब्दमा भन्दा, दाजुभाइ र दिदीबहिनीहरूलाई प्रभुमा डोर्‍याउने कार्य पर्थ्यो। पावलका गवाही भनेको प्रभु येशूको पुनरुत्थान र स्वर्ग-आरोहणको तथ्यलाई सर्वविदित तुल्याउनु र मानिसहरूलाई पश्‍चाताप गर्न, स्वीकार गर्न र क्रूसको मार्गमा हिँड्न सिकाउनु थियो। तिनी येशू ख्रीष्टका त्यति बेलाका एक गवाही थिए।

पावलका तेह्र पत्रलाई बाइबलमा प्रयोग गर्नको लागि छनौट गरिएको थियो। तिनले ती सबै तेह्र पत्रहरू विविध स्थानका मानिसहरूको विभिन्‍न स्थितिहरूलाई सम्बोधन गर्नको लागि लेखे। तिनले ती पत्रहरू लेख्‍नको लागि पवित्र आत्माद्वारा प्रेरणा पाए र तिनले सबैतिरका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेरितको स्थानबाट (अर्थात् प्रभु येशूको सेवकको दृष्टिकोणबाट) सिकाए। तसर्थ, पावलका पत्रहरू अगमवाणीहरू वा सोझै दर्शनहरूबाट आएका थिएनन्, बरु तिनले गरेका कामबाट आएका थिए। ती पत्रहरू त्यति अनौठा छैनन्, न त ती अगमवाणीहरू जति बुझ्न नै अप्ठ्यारा छन्। तिनलाई केवल पत्रहरूको रूपमा लेखिएको छ, र तिनमा न त अगमवाणीहरू न त रहस्यहरू नै समावेश गरिएका छन्; तिनमा निर्देशनका सामान्य शब्‍दहरू मात्रै समावेश छन्। तिनका धेरै शब्दहरू मानिसहरूले टिप्‍न वा बुझ्न गाह्रो हुन सक्छ, तापनि ती केवल पावलका आफ्नै व्याख्या र पवित्र आत्माको अन्तर्दृष्टिबाट आएका हुन्। पावल एक प्रेरित मात्र थिए; तिनी प्रभु येशूद्वारा प्रयोग गरिएका सेवक थिए, अगमवक्ता थिएनन्। विभिन्‍न ठाउँहरूमा जाने क्रममा तिनले मण्डलीका दाजुभाइ र दिदीबहिनीहरूलाई यी पत्रहरू लेखे, वा तिनी बिरामी परेको बेला, तिनले खास रूपमा जाने भनी सोचेका तर जान नसकेका मण्डलीहरूलाई यी पत्रहरू लेखे। यसरी नै, तिनका पत्रहरूलाई मानिसहरूले राखे र पछि भावी पुस्ताले तिनलाई सङ्कलित गरे, व्यवस्थित पारे र बाइबलमा चार सुसमचारको पछाडि राखे। अवश्य नै, तिनले लेखेका सबै सर्वोत्कृष्ट पत्रहरू छनौट गरी तिनीहरूले एक संगालो तयार पारे। यी पत्रहरू मण्डलीहरूका दाजुभाइ र दिदीबहिनीहरूको जीवनको लागि लाभदायक थिए र खास गरी ती तिनको जीवनकालमा अत्यन्तै प्रसिद्ध थिए। जब पावलले ती पत्रहरू लेखे, तिनको उद्देश्य दाजुभाइ र दिदीबहिनीहरूलाई अभ्यासको मार्ग पत्ता लगाउन सक्षम तुल्याउने आत्मिक कृति लेख्‍नु वा आफ्ना अनुभवहरू व्यक्त गर्नको लागि आत्मिक जीवनी लेख्‍नु थिएन; तिनले लेखक बन्‍नको लागि पुस्तक लेख्‍न चाहेका थिएनन्। तिनले त केवल प्रभु येशूका मण्डलीहरूका दाजुभाइ र दिदीबहिनीहरूलाई पत्रहरू लेखेका थिए। तिनले एक सेवकको हैसियतबाट आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई सिकाउन, आफ्ना बोझहरू, प्रभु येशूका अभिप्रायहरू र भविष्यको लागि उहाँले मानिसहरूलाई सुम्पनुभएका यावत् कार्यहरूको बारेमा बताउनको लागि लेखे। पावलले गरेको काम यही थियो। तिनका वचनहरू भविष्यका सबै दाजुभाइ र दिदीबहिनीहरूको लागि ज्ञानवर्धक थिए। तिनले यी धेरै पत्रहरूमा बताएका सत्यताहरू अनुग्रहको युगमा मानिसहरूले अभ्यास गर्नुपर्ने सत्यताहरू थिए, त्यसैले यी पत्रहरूलाई पछिल्ला पुस्ताहरूले नयाँ करारमा राखे। पावलका परिणामहरू अन्त्यमा जे-जस्तो हुनगए पनि, तिनी आफ्नो समयमा प्रयोग गरिएका व्यक्ति थिए जसले मण्डलीहरूका आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई भरणपोषण गरे। तिनको परिणाम तिनको सारका साथै तिनलाई सुरुमा प्रहार गरिएको घटनाद्वारा निर्धारित भयो। तिनले त्यो समयमा ती वचनहरू बोल्न सके किनभने तिनको साथमा पवित्र आत्माको काम थियो र यही कामको कारण पावलले मण्डलीहरूको लागि बोझ बोकेका थिए। यसरी, तिनले आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई भरणपोषण प्रदान गर्न सके। तथापि, केही निश्‍चित विशेष परिस्थितिहरूको कारण, पावल व्यक्तिगत रूपमा मण्डलीहरूमा काम गर्न जान सक्दैनथे, त्यसैले तिनले प्रभुमा रहेका आफ्ना दाजुभाइ र दिदी बहिनीहरूलाई अर्ती दिनको लागि पत्रहरू लेखे। सुरुमा, पावलले प्रभु येशूका चेलाहरूलाई दुःख दिए, तर येशूको स्वर्ग-आरोहण भएपछि, अर्थात् पावलले “ज्योति देखे” पछि, तिनले येशूका चेलाहरूलाई दुःख दिन छाडे, त्यसपछि प्रभुको मार्गको खातिर सुसमाचार प्रचार गर्ने सन्तहरूलाई कहिल्यै दुःख दिएनन्। पावलले येशूलाई उज्यालो ज्योतिको रूपमा आफूकहाँ देखा पर्नुभएको देखेपछि, तिनले प्रभुको आज्ञा स्वीकार गरे र यसरी तिनी पवित्र आत्माले सुसमाचार फैलाउन प्रयोग गर्नुभएको एक व्यक्ति बने।

त्यति बेला पावलको काम आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई सहायता र भरणपोषण प्रदान गर्नु मात्र थियो। तिनी आफ्नो करियर बनाउन वा साहित्यिक कृति लेख्‍न, समस्या समाधानको अन्य बाटो अन्वेषण गर्न वा मण्डलीहरूका मानिसहरूलाई तिनीहरूले नयाँ प्रवेश पाउन सकून् भनी डोर्‍याउनको लागि बाइबल बाहेकका अन्य मार्ग पत्ता लगाउन चाहने मानिसहरूजस्ता थिएनन्। पावल यस्ता व्यक्ति थिए, जसलाई प्रयोग गरिएको थियो; आफूले गरेका कार्यहरूमा तिनले केवल आफ्नो जिम्मेवारी पूरा गरिरहेका थिए। यदि तिनले मण्डलीहरूको लागि बोझ नबोकेका भए, तिनले आफ्नो जिम्मेवारीलाई बेवास्ता गरेको भनेर मानिन्थ्यो। यदि कुनै बाधा पुऱ्याउने घटना घटेको भए वा मण्डलीमा त्यहाँका मानिसहरूमा असामान्य स्थिति पैदा गराउने किसिमको कुनै धोकाको घटना घटेको भए, तिनले आफ्नो काम उचित रूपमा सम्पन्‍न गर्न नसकेको भनेर मान्‍न सकिन्थ्यो। यदि कुनै कामदारले मण्डलीप्रतिको बोझ वहन गर्छ र आफ्नो क्षमताले भ्याएअनुसार सर्वश्रेष्ठ रूपमा पनि काम गर्छ भने, त्यसले उक्त व्यक्ति योग्य अर्थात् प्रयोग गर्न सकिने कामदार हो भन्‍ने प्रमाणित गर्छ। यदि कुनै व्यक्तिले मण्डलीप्रति कुनै बोझको अनुभूति गर्दैन र तिनीहरूको काममा कुनै पनि नतिजा हासिल गर्दैन र तिनीहरूले डोर्‍याएका अधिकांश व्यक्तिहरू कमजोर छन् वा तिनीहरू पतितसमेत हुन्छन् भने, त्यस्तो कामदारले आफ्नो कर्तव्य पूरा गरेको हुँदैन। यस रूपमा, पावल अपवाद थिएनन्, त्यसकारण तिनले मण्डलीहरूको हेरविचार गर्नुपर्थ्यो र तिनका दाजुभाइ र दिदीबहिनीहरूलाई बारम्बार पत्रहरू लेख्‍नुपर्थ्यो; यसरी मात्रै तिनले मण्डलीहरूलाई भरणपोषण गर्न र तिनका दाजुभाइ-दिदीबहिनीहरूलाई हेरचाह गर्न सक्थे; यस तरिकामार्फत मात्र मण्डलीहरूले तिनीबाट भरणपोषण र गोठालोपन प्राप्त गर्न सक्थे। तिनले लेखेका पत्रहरूका वचनहरू एकदमै गहन थिए, तर ती पत्रहरू तिनले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गरिसकेको अवस्थामा तिनका दाजुभाइ र दिदीबहिनीहरूलाई लेखिएका थिए, र ती पत्रहरूमा तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र तिनले अनुभूति गरेको बोझलाई समेटेका थिए। पावल पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्ति मात्रै थिए, र तिनका पत्रहरूको विषयवस्तुभित्र तिनका व्यक्तिगत अनुभवहरू छरिएर रहेका थिए। तिनले गरेको कामले एक प्रेरितको कामलाई मात्र प्रतिनिधित्व गर्छ, पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामलाई प्रतिनिधित्व गर्दैन र यो ख्रीष्टको कामभन्दा भिन्‍न पनि छ। पावलले आफ्नो कर्तव्य मात्र गरिरहेका थिए, त्यसकारण तिनले प्रभुमा आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई आफ्नो जिम्मेवारीका साथसाथै आफ्ना व्यक्तिगत अनुभवहरू र अन्तर्दृष्टिद्वारा भरणपोषण गरे। पावलले आफ्ना व्यक्तिगत अन्तर्दृष्टि र बुझाइ प्रदान गरेर केवल परमेश्‍वरको आज्ञाको कामलाई अघि बढाइरहेका थिए; यो पक्‍कै पनि परमेश्‍वर स्वयम्‌ले प्रत्यक्ष रूपमा गर्नुभएको काम थिएन। यसरी, पावलको काममा मण्डलीहरूको कामप्रतिको मानव अनुभव अनि मानव दृष्टिकोण र बुझाइको मिश्रण थियो। तैपनि, यी मानव दृष्टिकोण र बुझाइलाई दुष्ट आत्माको काम वा देह र रगतको काम भनेर भन्‍न सकिँदैन; ती कामलाई पवित्र आत्माद्वारा अन्तर्दृष्टि प्राप्त गरेको व्यक्तिका ज्ञान र अनुभवहरू भनेर मात्र भन्‍न सकिन्छ। यसबाट मैले के भन्‍न खोजेको हुँ भने पावलका पत्रहरू स्वर्गबाट आएका होइनन्। ती पवित्र छैनन्, र पवित्र आत्माद्वारा बोलिएका वा व्यक्त गरिएका हुँदै होइनन्; ती केवल मण्डलीहरूप्रति पावलको बोझको अभिव्यक्ति मात्र हुन्। यसो भन्‍नुको मेरो उद्देश्य तिमीहरूलाई परमेश्‍वरको काम र मानिसको कामबीचको भिन्‍नता बुझाउनु हो: परमेश्‍वरको कामले परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्छ जबकि मानिसको कामले मानिसका कर्तव्य र अनुभवहरूलाई प्रतिनिधित्व गर्छ। कसैले पनि परमेश्‍वरको सामान्य कामलाई मानिसको अभिप्रायको रूपमा र उहाँको अलौकिक कामलाई परमेश्‍वरको अभिप्रायको रूपमा लिनु हुँदैन; यसअलावा, कसैले पनि मानिसको उच्‍च प्रवचनलाई परमेश्‍वरका वाणीहरू वा स्वर्गबाट आएका पुस्तकहरूको रूपमा लिनु हुँदैन। यस्ता सबै दृष्टिकोणहरू नीतिपरक हुँदैनन्। पावलका तेह्र पत्रहरूको चिरफार गरेको सुनेपछि, धेरै मानिसहरूले पावलका पत्रहरू पढ्नु हुँदैन र पावल भयानक रूपमा पापी मान्छे थिए भनी विश्‍वास गर्छन्। धेरै मानिसहरू यस्ता पनि छन् जो सोच्छन् कि मेरा वचनहरू संवेदनाहीन छन्, पावलका पत्रहरूसम्‍बन्धी मेरो लेखाजोखा सही छैनन् र ती पत्रहरूलाई मानिसका अनुभव र बोझहरूको अभिव्यक्तिको रूपमा लिन सकिँदैन। तिनीहरू विश्‍वास गर्छन् कि तिनलाई परमेश्‍वरका वचनहरूको रूपमा लिइनुपर्छ, ती यूहन्‍नाको प्रकाशको पुस्तकजस्तै महत्त्वपूर्ण छन्, तिनलाई छोट्याउन वा तिनमा थपथाप गर्न सकिँदैन र यसअलावा, तिनलाई हल्का रूपमा व्याख्या गरिनु हुँदैन। के यी सबै मानव दाबीहरू गलत छैनन् र? के त्यो पूर्णतया मानिसहरूमा कुनै विवेक नभएको तथ्यले गर्दा भएको होइन र? पावलका पत्रहरूले मानिसहरूलाई धेरै फाइदा गर्छन्, र तिनको इतिहास २,००० वर्षभन्दा पुरानो छ। तथापि, आजको दिनसम्म, धेरै मानिसहरूले त्यति बेला तिनले के भनेका थिए भनी बुझ्न सक्दैनन्। मानिसहरूले पावलका पत्रहरू ईसाइजगतकै सर्वोत्कृष्ट कृति हुन्, अनि कसैले पनि तिनको व्याख्या गर्न सक्दैन र तिनलाई पूर्ण रूपमा बुझ्न सक्दैन भन्‍ने ठान्छन्। वास्तवमा, यी पत्रहरू कुनै आत्मिक व्यक्तिको जीवनीजस्तै छन् र तिनीहरूलाई येशूका वचनहरू वा यूहन्‍नाका महान्‌ दर्शनहरूसँग तुलना गर्न सकिँदैन। यसको तुलनामा, यूहन्‍नाले जे देखेका थिए त्यो स्वर्गबाट आएका महान् दर्शनहरू, अर्थात् परमेश्‍वर स्वयम्‌को कामका अगमवाणीहरू थिए, जुन मानिसहरूद्वारा प्राप्त गर्न नसकिने थिए जबकि पावलका पत्रहरू मानिसले जे देख्यो र अनुभव गर्‍यो त्यसको वृतान्त मात्रै थियो। तिनीहरू मानिसहरूले गर्न सक्‍ने कुराहरू हुन् तर अगमवाणीहरू वा दर्शनहरू होइनन्; तिनीहरू केवल विभिन्‍न स्थानहरूमा पठाइएका पत्रहरू हुन्। तथापि, त्यति बेलाका मानिसहरूको लागि पावल एक कामदार थिए र त्यसैले तिनका वचनहरूको महत्त्व थियो किनभने तिनी यस्ता व्यक्ति थिए जसले आफूलाई सुम्पिइएको काम स्वीकार गरेका थिए। यसर्थ, तिनका पत्रहरू ख्रीष्टको खोजी गर्ने व्यक्तिहरू सबैको लागि फाइदाजनक थिए। ख्रीष्टले व्यक्तिगत रूपमा ती वचनहरू नबोल्‍नुभएको भए तापनि, त्यो समयको लागि आखिर ती अत्यावश्यक थिए। यसैले, पावलपश्‍चात आएका मानिसहरूले तिनका पत्रहरूलाई बाइबलमा राखे र आजका दिनसम्म हस्तान्तरण हुँदै आउने तुल्याए। के तिमीहरूले मेरो अर्थ बुझ्दै छौ? म तिमीहरूलाई यी पत्रहरूको सही विवरण प्रदान गर्दै छु र मानिसहरूको लागि सन्दर्भ सामग्रीको रूपमा तिनीहरूको फाइदा र महत्त्वलाई इन्कार नगरी तिनलाई चिरफार गर्दै छु। मेरा वचनहरू पढिसकेपछि, यदि तिमीहरूले पावलका पत्रहरूलाई इन्कार गर्ने मात्र नगरी तिनीहरूलाई विधर्मी वा महत्वहीनसमेत निर्धारण गर्छौ भने, के मात्रै भन्‍न सकिन्छ भने तिमीहरूको बुझ्ने क्षमता एकदमै कमजोर छ र विभिन्‍न कुराहरूप्रतिको तिमीहरूको अन्तर्दृष्टि र मूल्याङ्कन क्षमता पनि त्यस्तै नै छ; अवश्य पनि मेरा वचनहरूलाई अत्यन्तै एकतर्फी छन् भनेर भन्‍ने सकिँदैन। के तिमीहरूले अहिले बुझ्यौ? तिमीहरूले बुझ्नुपर्ने महत्वपूर्ण कुराहरू भनेका पावलले काम गर्दाको त्यो समयको वास्तविक अवस्था र ती पत्रहरू लेखिनुपछाडिको पृष्ठभूमि हुन्। यदि तिमीहरूमा यी परिस्थितिहरूको सही दृष्टिकोण छ भने तिमीहरूमा पावलका पत्रहरूको बारेमा पनि सही दृष्टिकोण हुनेछ। यसको साथै, तैँले यी पत्रहरूको सार बुझेपछि बाइबलसम्‍बन्धी तेरो विश्‍लेषण पनि सही हुनेछ, र तैँले पछिल्ला पुस्ताका मानिसहरूले किन वर्षौंसम्म पावलका पत्रहरूको आराधना गरे, साथै पावललाई किन धेरै मानिसहरूले परमेश्‍वरको रूपमा लिए भन्‍ने कुरा बुझ्नेछस्। यदि तिमीहरूले नबुझेको भए, तिमीहरूले पनि यस्तै सोच्दैनथ्यौ र?

जो परमेश्‍वर स्वयम्‌ होइन उसले परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्न सक्दैन। पावलको कामलाई मानव दृष्टिकोणको एक हिस्सा र पवित्र आत्माको अन्तर्दृष्टिको एक हिस्सा भनेर मात्र भन्‍न सकिन्छ। पावलले यी पत्रहरू मानव दृष्टिकोणबाट, पवित्र आत्माको अन्तर्दृष्टिद्वारा लेखे। यो दुर्लभ कुरा होइन। त्यसकारण, तिनका वचनहरूमा केही मानव अनुभवहरू मिश्रित हुनु अपरिहार्य थियो र तिनले पछि गएर आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई भरणपोषण र साथ प्रदान गर्न आफ्नै व्यक्तिगत अनुभवहरूको प्रयोग गरे। तिनले लेखेका यी पत्रहरूलाई जीवन अध्ययनको रूपमा वर्गीकरण गर्न सकिँदैन, न त तीनलाई जीवनी वा सन्देशको रूपमा वर्गीकरण नै गर्न सकिन्छ। यसअलावा, ती पत्रहरू न त मण्डलीहरूद्वारा अभ्यास गरिने सत्यताहरू थिए न त मण्डलीका प्रशासनिक विधिहरू नै थिए। बोझ बोकेको एक व्यक्तिको रूपमा अर्थात पवित्र आत्माले काम सुम्पिनुभएको व्यक्तिको रूपमा, यो तिनीहरूले गर्नैपर्ने काम मात्र हो। यदि पवित्र आत्माले मानिसहरूलाई खडा गर्नुभएर तिनीहरूलाई बोझ बोक्‍न लगाउनुहुन्छ तर तिनीहरूले मण्डलीको कामको जिम्मा लिँदैनन् र यसको काम-कारबाही राम्रोसँग सञ्‍चालन गर्न सक्दैनन् वा यसका यावत् समस्याहरूलाई चित्तबुझ्दो रूपमा सुल्झाउन सक्दैनन् भने, यसले ती मानिसहरूले आफ्नो कर्तव्य उचित रूपले पूरा गरेनन् भन्‍ने प्रमाणित गर्छ। त्यसकारण, एक प्रेरितले आफ्नो कामको सिलसिलामा पत्रहरू लेख्‍न सक्‍नु त्यति रहस्यमय कुरा होइन। यो त तिनीहरूको कामको हिस्सा हो; तिनीहरू यसो गर्नु बाध्य थिए। पत्रहरू लेख्‍नुको तिनीहरूको उद्देश्य जीवन अध्ययन वा आत्मिक जीवनी लेख्‍नु थिएन र निश्‍चय पनि यो कुरा सन्तहरूको लागि अप्ठ्यारोबाट बाहिर निस्कने अर्को मार्ग खुला गर्नको लागि थिएन। बरु, तिनीहरूले त आफ्नो कार्यभार पूरा गर्न र परमेश्‍वरको बफादार सेवक हुनको लागि यसो गरेका थिए, ताकि परमेश्‍वरले तिनीहरूलाई सुम्पिनुभएको कामको सन्दर्भमा तिनीहरूले उहाँलाई लेखा दिन सकून्। तिनीहरूले आफैले आफ्नो लागि र आफ्ना दाजुभाइ र दिदीबहिनीहरूको लागि जिम्मेवारी लिनुपर्थ्यो र तिनीहरूले आफ्नो काम राम्ररी गर्नुपर्थ्यो र मण्डलीको काम-कारबाहीलाई हृदयभित्र राख्‍नुपर्थ्यो: यी सबै कुरा तिनीहरूको कामको हिस्सा मात्र थिए।

यदि तिमीहरूले पावलका पत्रहरूबारे बुझाइ प्राप्त गरेका छौ भने, तिमीहरूले पत्रुस र यूहन्‍ना दुवैका पत्रहरूका सम्बन्धमा पनि सही बुझाइ राख्नेछौ र सही मूल्याङ्कन गर्नेछौ। तिमीहरूले यी पत्रहरूलाई फेरि कहिल्यै स्वर्गका पुस्तकहरू वा पवित्र र अनुल्लङ्घनीय कुराका रूपमा हेर्नेछैनौ, पावललाई परमेश्‍वरका रूपमा लिनु त झनै परको कुरा हो। जे भए पनि, परमेश्‍वरको काम मानिसको कामभन्दा फरक हुन्छ, त्यसैले उहाँका अभिव्यक्तिहरू कसरी चाहिँ मानिसका अभिव्यक्तिहरू जस्तै हुन सक्छन्? परमेश्‍वरको आफ्नै विशेष स्वभाव हुन्छ, जबकि मानिससँग उसले निर्वाह गर्नुपर्ने कर्तव्यहरू हुन्छन्। परमेश्‍वरको स्वभाव उहाँको काममा व्यक्त हुन्छ, जबकि मानिसको कर्तव्यले मानिसका अनुभवहरूमा मूर्त रूप लिन्छ र त्यो मानिसका पछ्याइहरूमा प्रकट हुन्छ। त्यसकारण, कुनै कुरा परमेश्‍वरको अभिव्यक्ति हो कि मानिसको अभिव्यक्ति हो भन्‍ने कुरा गरिएको काममार्फत स्पष्ट हुन्छ। यसलाई परमेश्‍वर स्वयम्‌द्वारा व्याख्या गरिनु पर्दैन, न त यसका लागि मानिसले गवाही दिन कडा प्रयास गर्नु नै आवश्यक हुन्छ, यसका लागि परमेश्‍वर स्वयम्‌ले कुनै व्यक्तिलाई दबाउनु त झनै आवश्यक छैन। यो सबै एउटा स्वाभाविक प्रकटीकरणको रूपमा आउँछ; यो न त जबरजस्ती गरिन्छ न त मानिसले हस्तक्षेप गर्न सक्ने कुरा नै हो। मानिसको कर्तव्य उसका अनुभवहरूमार्फत जान्न सकिन्छ, र यसका लागि उसले कुनै अतिरिक्त अनुभवात्मक काम गर्नु आवश्यक हुँदैन। मानिसको सम्पूर्ण सार उसले आफ्नो कर्तव्य निर्वाह गर्दा प्रकट हुन सक्छ, जबकि परमेश्‍वर आफ्नो काम गर्दा उहाँको अन्तर्निहित स्वभाव व्यक्त गर्न सक्नुहुन्छ। यदि यो मानिसको काम हो भने यसलाई ढाकछोप गर्न सकिँदैन। यदि यो परमेश्‍वरको काम हो भने, परमेश्‍वरको स्वभावलाई कसैद्वारा लुकाइन झनै असम्भव हुन्छ, मानिसद्वारा नियन्त्रण गर्न त झनै सकिँदैन। कुनै पनि मानिसलाई परमेश्‍वर भन्न सकिँदैन, उसका काम र वचनहरूलाई पवित्र मानेर हेरिन वा अपरिवर्तनीय ठानिन त झनै सकिँदैन। परमेश्‍वरलाई मानव भन्न सकिन्छ किनभने उहाँले देह धारण गर्नुभयो, तर उहाँको कामलाई मानिसको काम वा मानिसको कर्तव्य मान्न सकिँदैन। अझै बढी, परमेश्‍वरका वाणीहरू र पावलका पत्रहरूलाई बराबर मान्न सकिँदैन, न त परमेश्‍वरको न्याय र सजाय अनि मानिसका निर्देशनका शब्दहरूलाई नै समान दर्जामा राखेर कुरा गर्न सकिन्छ। त्यसकारण, परमेश्‍वरको कामलाई मानिसको कामबाट छुट्याउने सिद्धान्तहरू रहेका छन्। यी कुराहरू तिनका सारहरूका आधारमा छुट्याइन्छन्, कामको क्षेत्र वा यसको अस्थायी प्रभावकारिताद्वारा होइन। यस विषयमा, धेरैजसो मानिस सिद्धान्तसम्बन्धी गल्तीहरू गर्छन्। यसको कारण के हो भने मानिस बाहिरी रूपलाई हेर्छ, जुन उसले हासिल गर्न सक्छ, जबकि परमेश्‍वर सारलाई हेर्नुहुन्छ, जसलाई मानिसको भौतिक आँखाद्वारा अवलोकन गर्न सकिँदैन। यदि तँ परमेश्‍वरका वचनहरू र कामलाई एक औसत मानिसको कर्तव्यका रूपमा लिन्छस्, र मानिसको ठूलो स्तरको कामलाई मानिसले निर्वाह गर्ने कर्तव्यको सट्टा देहधारी परमेश्‍वरको कामका रूपमा हेर्छस् भने, के तेरो सिद्धान्त गलत छैन र? मानिसका पत्र र जीवनीहरू सजिलै लेख्न सकिन्छ, तर ती पवित्र आत्माको काममा आधारित हुनैपर्छ। तर, परमेश्‍वरका वाणीहरू र कामलाई सजिलै मानिसद्वारा सम्पन्न गर्न वा मानव बुद्धि र सोचाइद्वारा हासिल गर्न सकिँदैन, मानिसहरूले तिनको अन्वेषण गरेपछि तिनलाई पूर्ण रूपमा व्याख्या गर्न सक्नु त झनै परको कुरा हो। यदि सिद्धान्तका यी मामलाहरूले तिमीहरूमा कुनै प्रतिक्रिया जगाउँदैनन् भने, यसले तिमीहरूको विश्‍वास खासै साँचो वा सूक्ष्म छैन भन्‍ने प्रमाणित गर्छ। यति मात्र भन्न सकिन्छ कि तिमीहरूको विश्‍वास काल्पनिकताले भरिएको छ, र यो अन्योलपूर्ण पनि छ र सिद्धान्तविहीन पनि छ। परमेश्‍वर र मानिसबीचका सबैभन्दा आधारभूत सारगत समस्याहरू समेत नबुझीकन, के यस्तो प्रकारको विश्‍वास सबैभन्दा अबुझकी विश्‍वास होइन र? पावल कसरी युगौँयुगभरि प्रयोग गरिएको एक मात्र व्यक्ति हुन सक्छन्? उनी कसरी मण्डलीका लागि काम गर्ने एक मात्र व्यक्ति हुन सक्छन्? उनी कसरी मण्डलीहरूलाई सहायता गर्न पत्र लेख्ने एक मात्र व्यक्ति हुन सक्छन्? यी मानिसहरूको कामको स्तर वा प्रभाव, वा तिनीहरूको कामका नतिजाहरू जेजस्ता भए पनि, के त्यस्तो कामका सिद्धान्तहरू र सार सबै उस्तै हुँदैनन् र? के यी मानिसहरूको काम परमेश्‍वरको कामभन्दा पूर्ण रूपमा फरक होइन र? परमेश्‍वरको कामको हरेक चरणका बीचमा स्पष्ट भिन्‍नताहरू भए पनि, र उहाँका धेरै वटा कामका विधि पूर्ण रूपमा उस्तै नभए पनि, के ती सबैको एउटै मात्र सार र स्रोत हुँदैन र? त्यसकारण, यदि कुनै व्यक्ति अझै पनि यी कुराहरूबारे अस्पष्ट छ भने, उसमा समझको ज्यादै कमी छ। यदि यी वचनहरू पढेपछि पनि कुनै व्यक्तिले पावलका पत्रहरू पवित्र र अनुल्लङ्घनीय छन् र कुनै पनि आत्मिक व्यक्तिको जीवनीभन्दा फरक छन् भनेर भन्छ भने, यस व्यक्तिको समझ अत्यन्तै असामान्य छ, र यस्तो व्यक्ति निस्सन्देह धर्मसिद्धान्तको विशेषज्ञ हो जो पूर्णतया समझविहीन हुन्छ। तैँले पावललाई पुजे पनि, तैँले उनीप्रतिका न्याना भावनाहरूलाई प्रयोग गरेर तथ्यहरूको सत्यतालाई बङ्ग्याउन वा सत्यताको अस्तित्वलाई खण्डन गर्न सक्दैनस्। अझ भन्नुपर्दा, मैले भनेको कुराले पावलको सबै काम र पत्रलाई जलाउने वा सन्दर्भका रूपमा तिनको मूल्यलाई पूर्ण रूपमा नकार्ने त हुँदै हुँदैन। यी वचनहरू बोल्नुमा मेरो अभिप्राय भनेको कुनै पनि हालतमा तिमीहरूले सबै कुरा र मानिसबारे उचित बुझाइ प्राप्त गर र तिनको उचित मूल्याङ्कन गर भन्‍ने हो: यो मात्रै सामान्य समझ हो; सत्यता भएका न्यायवान् मानिसहरूले आफूलाई यही कुराले मात्रै सुसज्जित गर्नुपर्छ।

अघिल्लो: परमेश्‍वर सबै सृजित प्राणीका प्रभु हुनुहुन्छ

अर्को: सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्