विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ

मानिसले परमेश्‍वरलाई विश्‍वास गर्न थालेदेखि के उपलब्धि प्राप्त गरेको छ? तैँले परमेश्‍वरबारे के कुरा जानेको छस्? परमेश्‍वरमा विश्‍वास गरेको कारण तँ कति हदसम्म परिवर्तन भएको छस्? आज, तिमीहरू सबैलाई के कुरा थाहा छ भने, मानिसले प्राणको मुक्तिका लागि र देहको हितका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्दैन, न त प्रेमिलो परमेश्‍वरद्वारा आफ्नो जीवन समृद्ध पार्न र त्यस्तै इत्यादि कुरा प्राप्त गर्नका लागि मात्रै नै विश्‍वास गर्छ। यसैले, यदि तैँले देहको हितका लागि वा क्षणिक सुख-चैनको लागि परमेश्‍वरलाई प्रेम गरिस् र अन्त्यमा परमेश्‍वरप्रति तेरो प्रेम चरम अवस्थामा पुग्यो अनि तैँले उप्रान्त केही मागेनस् भने पनि, तैँले खोज्ने यो प्रेम कलङ्कित र परमेश्‍वरलाई प्रसन्‍न नपार्ने किसिमको प्रेम हुनेछ। आफ्नो सुस्त किसिमको अस्तित्वलाई समृद्ध बनाउन र आफ्नो हृदयको रिक्ततालाई भर्नको लागि परमेश्‍वरको प्रेमलाई प्रयोग गर्ने मानिसहरू जीवनको सहजताका लागि लालच गर्नेहरू हुन्, परमेश्‍वरको प्रेमलाई साँचो रूपमा खोज्नेहरू होइनन्। यस किसिमको प्रेम जबरजस्ती गरिने प्रेम हो, यो मानसिक आनन्दको खोजी मात्रै हो र परमेश्‍वरलाई यसको कुनै आवश्यकता पर्दैन। त्यसोभए, तेरो प्रेम कस्तो किसिमको प्रेम हो? के कुराको लागि तँ परमेश्‍वरलाई प्रेम गर्छस्? तँभित्र अहिले परमेश्‍वरप्रतिको साँचो प्रेम कति छ? तिमीहरूमध्ये धेरैको प्रेम यसभन्दा पहिले उल्लेख गरिएको किसिमको प्रेम नै हो। त्यस किसिमको प्रेमले वर्तमान स्थितिलाई मात्रै कायम राख्‍न सक्छ; यसले कुनै पनि स्थायित्व प्राप्त गर्न सक्दैन, न त यसले मानिसमा जरा नै गाड्न सक्छ। यस किसिमको प्रेम फुलेर पनि फल नफलाई ओइलाएर जाने फूल जस्तो हो। अर्को शब्दमा भन्नुपर्दा, तैँले परमेश्‍वरलाई यस किसिमले प्रेम गरिसकेको छस्, र तँलाई अगाडि बाटोमा डोर्‍याउने कोही पनि छैन भने, तँ पतन भएर जानेछस्। यदि तैँले परमेश्‍वर प्रेमिलो हुनुभएको समयमा मात्रै परमेश्‍वरलाई प्रेम गर्छस् तर त्यसपछि तेरो जीवन स्वभाव परिवर्तन हुँदैन भने, तँ अन्धकारको प्रभावको कफनबाट बाहिर निस्केर आउने अवस्थामा रहनेछैनस्, तँ शैतानको बन्धन र यसका चलाकीहरूलाई तोड्न नसक्‍ने अवस्थामा रहनेछस्। यस किसिमको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन; आखिरमा तिनीहरूको आत्मा, प्राण, र शरीर शैतानको हातमा पर्नेछ। यसबारे कुनै शङ्का हुन सक्दैन। परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गर्न नसक्‍ने मानिसहरू तिनीहरूको सुरुको अवस्थामा नै फर्कनेछन्, अर्थात् शैतानको हातमा फर्कनेछन्, र परमेश्‍वरको अर्को चरणको दण्ड भोग्‍नका लागि आगो र गन्धकको खाडलमा पर्नेछन्। परमेश्‍वरले प्राप्त गरेका मानिसहरू तिनीहरू नै हुन् जसले शैतानलाई त्यागेका छन् र त्यसको सत्ताबाट उम्केका छन्। तिनीहरूलाई आधिकारिक रूपमा नै परमेश्‍वरको राज्यका मानिसहरूमाझ थपिन्छ। यसरी राज्यका मानिसहरूको निर्माण हुन्छ। के तँ यस किसिमको व्यक्ति बन्‍न इच्छुक छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिन चाहन्छस्? के तँ शैतानको सत्ताबाट निस्केर परमेश्‍वरकहाँ फर्केर आउन चाहन्छस्? तँ अहिले शैतानको स्वामित्वमा छस् कि राज्यका मानिसहरूमध्ये एक होस्? यस्ता कुराहरू पहिले नै स्पष्ट हुनुपर्छ, र यसको लागि कुनै थप व्याख्याको आवश्यकता पर्दैन।

विगतमा, धेरैले ठूला-ठूला अभिलाषा र धारणाहरूको खोजी गरे, आफ्नै आशाको परिणामस्वरूप ती कुराको खोजी गरे। केही क्षणको लागि हामी त्यस किसिमका कुराहरूलाई पन्छ्याएर राखौं; अहिले हाम्रो लागि प्रमुख महत्त्वको विषय भनेको परमेश्‍वरको अघि सामान्य अवस्था कायम गर्नु र शैतानको प्रभावका बन्धनहरूबाट बिस्तारै स्वतन्त्र हुँदै जान तिमीहरू प्रत्येकलाई सक्षम पार्ने किसिमको अभ्यास पत्ता लगाउनु हो, ताकि तँलाई परमेश्‍वरले प्राप्त गर्न सकून्, र उहाँले तँलाई आज्ञा गर्नुभएअनुसारको जीवन तैँले जिउन सकोस्। यसरी मात्रै तैँले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न सक्‍नेछस्। धेरैले परमेश्‍वरमा विश्‍वास गर्छन्, तैपनि तिनीहरूलाई न त परमेश्‍वरले के चाहनुहुन्छ भन्‍नेबारे थाहा हुन्छ, न त शैतानले के चाहन्छ भन्‍ने नै थाहा हुन्छ। तिनीहरूले जे पर्छ त्यही टर्छ भन्दै बेवकुफ मार्गमा विश्‍वास गर्छन्, जसले गर्दा तिनीहरूले कहिल्यै पनि सामान्य इसाई जीवन जिएका हुँदैनन्; यति मात्र होइन, तिनीहरूका व्यक्तिगत सम्बन्धहरू कहिल्यै पनि सामान्य रहेका हुँदैनन्, परमेश्‍वरसँगको सामान्य सम्बन्धको त कुरै छोडौं। यसबाट हामी के कुरा देख्‍न सक्छौं भने, मानिसका कठिनाइ र कमजोरीहरू, अनि परमेश्‍वरको इच्छालाई वाधा दिन सक्‍ने अन्य तत्वहरू धेरै नै छन्। मानिस परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा आइपुगेको छैन, न त ऊ मानव जीवनको वास्तविक अनुभवमा नै प्रवेश गरेको छ भन्‍ने कुरालाई प्रमाणित गर्न यो नै पर्याप्त छ। त्यसोभए परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा आउनु भनेको के हो? सही मार्गमा आउनु भनेको मानिसमा जे कुराको कमी छ, त्यसलाई बिस्तारै बुझ्दै र परमेश्‍वरसम्बन्धी गहन ज्ञानलाई बिस्तारै प्राप्त गर्दै परमेश्‍वरसामु सँधै आफ्नो हृदयलाई शान्त राख्‍नु र उहाँसँग सामान्य कुराकानी गर्नु हो। यसद्वारा, तेरो आत्माले दैनिक रूपमा नयाँ ज्ञान र नयाँ अन्तर्दृष्टि प्राप्त गर्दै जानेछ; तेरो तृष्णा बढ्दै जान्छ, तँ सत्यतामा प्रवेश गर्ने प्रयास गर्छस्, र हरेक दिन नयाँ ज्योति र नयाँ ज्ञान प्राप्त हुनेछ। यो मार्गद्वारा तँ शैतानको प्रभावबाट बिस्तारै स्वतन्त्र हुँदै जानेछस् र आफ्नो जीवनमा वृद्धि हुँदै जानेछस्। त्यस किसिमका मानिसहरू सही मार्गमा प्रवेश गरेका हुन्छन्। आफ्ना अनुभवहरूको मूल्याङ्कन गर् अनि आफ्नो विश्‍वासमा तैँले खोजेको मार्गलाई जाँच्। जब तैँले आफूलाई माथि उल्‍लेखित कुराहरूसँग दाँज्छस्, के तैँले आफूलाई सही मार्गमा भेट्टाउँछस्? के-कस्ता कुराहरूमा तैँले शैतानका बन्धनहरू र शैतानको प्रभावबाट आफूलाई स्वतन्त्र पारेको छस्? यदि तँ सही मार्गमा आउन बाँकी नै छ भने, शैतानसँगको तेरो बन्धन तोडिएको छैन। यसो हो भने, के परमेश्‍वरलाई प्रेम गर्ने तेरो प्रयासले तँलाई प्रामाणिक, एकचित्त, र शुद्ध प्रेमतर्फ लैजानेछ? परमेश्‍वरप्रतिको तेरो प्रेम अटल किसिमको र हृदयबाट निस्केको प्रेम हो भनेर तैँले भन्छस्, तैपनि शैतानको बन्धनबाट तैँले छुटकारा भने पाएको छैनस्। के तैँले परमेश्‍वरलाई मूर्ख बनाउने प्रयास गरिरहेको छैनस् र? यदि तँ त्यस्तो अवस्थामा पुग्‍न चाहन्छस् जहाँ परमेश्‍वरप्रतिको तेरो प्रेम निष्कलङ्क हुन्छ, यदि तँ पूर्ण रूपमा परमेश्‍वरद्वारा प्राप्त गरिन चाहन्छस् र राज्यका मानिसहरूमध्ये पर्न चाहन्छस् भने, पहिला तैँले आफूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा लैजानैपर्छ।

अघिल्लो: सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरू—अध्याय २९

अर्को: भ्रष्ट मानिसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्