सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

दाजुभाइ-दिदीबहिनीहरूमाझ सधैँ आफ्नो नकारात्मकता पोखाउनेहरू शैतानका नोकर हुन्, र तिनीहरू मण्डलीमा बाधा दिनेहरू हुन्। त्यस्ता मानिसहरूलाई एक दिन निष्कासित गर्नैपर्छ र हटाइनैपर्छ। यदि मानिसहरूमा परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा परमेश्‍वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्‍वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू उहाँका निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, बरु त्यसको विपरीत, तिनीहरू उहाँको काममा बाधा दिने र उहाँको प्रतिरोध गर्नेहरू बन्नेछन्। परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँप्रति समर्पित नहुनु वा उहाँको डर नमान्नु, बरु उहाँको प्रतिरोध गर्नु भनेको एक विश्‍वासीका निम्ति सबैभन्दा ठूलो लज्जाको विषय हो। यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरविश्वासीहरू जतिकै लापरवाह र असंयमित छन् भने, तिनीहरू गैरविश्‍वासीहरूभन्दा पनि दुष्ट छन्; दुष्ट पिशाचका असली नमुना हुन्। जो मण्डलीमा आफ्ना विषाक्त, दुर्भावपूर्ण कुराहरू पोखाउँछन्, जो आधारहीन अफवाहहरू फैलाउँछन्, बेमेल खडा गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिनुपर्थ्यो। तैपनि अहिले परमेश्‍वरको कामको फरक युग भएकाले, यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। तर, कतिपयमा भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू चाहिँ फरक हुन्छन्: उनीहरूमा शैतानी भ्रष्ट स्वभावहरू हुने मात्र होइन, तिनीहरूको प्रकृति पनि अत्यन्तै दुर्भावपूर्ण हुन्छ। यी मानिसहरूका बोलीवचन र व्यवहारहरू केवल शैतानी भ्रष्ट स्वभावहरूको प्रकटीकरणभन्दा बढी नै हुन्छन्; तिनीहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरू परमेश्‍वरको काममा अवरोध र बाधा पुऱ्याउनु बाहेक केही गर्दैनन्, त्यसले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले सामान्य मण्डली जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई पखालिनेछ; शैतानका यी नोकरहरूप्रति कठोर मनोवृत्ति, इन्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानसँगै हिलोमा लडीबुडी गर्दैछन्। परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले सधैँ परमेश्‍वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरू आफूभित्र सधैँ परमेश्‍वरको डर मान्ने हृदय, परमेश्‍वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरका मागहरूअनुरूप हुनुपर्छ र ती उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्छ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन। मानिसहरू परमेश्‍वरको झन्डा फहराउँदै, अनि साथसाथै फूर्ति लगाउँदै र सबैतिर ठगी गर्दै जथाभावी गर्दै दौडनु हुँदैन; यो सबैभन्दा विद्रोही प्रकारको आचरण हो। परिवारहरूका आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका आफ्नै कानुनहरू हुन्छन्—अनि परमेश्‍वरको घरमा यस्तो अझ बढी हुँदैन र? के यसका झन् कडा मानकहरू छैनन् र? के त्यसका प्रशासनिक आदेशहरू झनै हुँदैनन् र? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्न मिल्दैन। परमेश्‍वर मानिसहरूबाट कुनै उल्लङ्घन नसहने परमेश्‍वर हुनुहुन्छ; उहाँ मानिसहरूलाई ढाल्ने परमेश्‍वर हुनुहुन्छ। के वास्तवमा मानिसहरूले यो कुरा थाहा पाइसकेका छैनन् र?

हरेक मण्डलीमा बाधा दिने वा परमेश्‍वरको काममा अवरोध पुऱ्याउने मानिसहरू हुन्छन्। तिनीहरू सबै भेष बदलेर परमेश्‍वरको घरमा घुसपैठ गरेका शैतान हुन्। त्यस्ता मानिसहरू अभिनय गर्नमा विशेष रूपले सिपालु हुन्छन्: तिनीहरू ठूलो श्रद्धाका साथ मेरो अघि आउँछन्, झुक्छन् र चिप्लो घस्छन्, तिनीहरू लुतो लागेका कुकुरहरूकै प्रतिरूप हुन् र आफ्ना उद्देश्यहरू हासिल गर्न आफ्नो “सबथोक” अर्पण गर्छन्—तर दाजुभाइ-दिदीबहिनीहरूसामु, तिनीहरू आफ्नो कुरूप पक्ष देखाउँछन्। जब तिनीहरू सत्यता अभ्यास गर्ने मानिसहरूलाई देख्छन्, तब तिनीहरू उनीहरूलाई प्रहार गर्छन् र पाखा लगाउँछन्; जब तिनीहरूले आफूभन्दा शक्तिशाली मानिसहरूलाई देख्छन्, तब तिनीहरू उनीहरूको चापलुसी र चाकरी गर्छन्। तिनीहरू मण्डलीमा मनपरी गर्छन्। त्यस्ता “स्थानीय गुन्डाहरू,” त्यस्ता “चाकरीबाजहरू” धेरैजसो मण्डलीमा हुन्छन् भनेर भन्न सकिन्छ। तिनीहरू एकसाथ गोप्य रूपमा काम गर्छन्, एकअर्कालाई आँखा झिम्काएर गोप्य सङ्केतहरू पठाउँछन् अनि तिनीहरूमध्ये कसैले पनि सत्यता अभ्यास गर्दैन। सबैभन्दा धेरै विष हुने जोकोही “मुख्य पिशाच” हो र सबैभन्दा उच्च प्रतिष्ठा हुने जोकोहीले तिनीहरूको झन्डा बोक्दै, तिनीहरूको अगुवाइ गर्छ। यी मानिसहरू मण्डलीमा उपद्रव मच्चाउँछन्, नकारात्मकता फैलाउँछन्, मृत्यु ओकल्छन्, आफूखुसी गर्छन्, आफूखुसी भन्छन् र कसैले पनि तिनीहरूलाई रोक्ने आँट गर्दैन। तिनीहरू शैतानी स्वभावहरूले भरिपूर्ण हुन्छन्। तिनीहरूले यसरी बाधा दिँदा, मण्डलीमा मृत्युको हावा प्रवेश गर्छ। मण्डलीभित्र सत्यता अभ्यास गर्नेहरूलाई इन्कार गरिन्छ, तिनीहरू आफूले सक्ने सबै कुरा गर्न असक्षम हुन्छन्, जबकि मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू भित्रभित्र मनपरी गर्दै हिँड्छन्—र, त्यति मात्र होइन, धेरैजसो मानिस तिनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरू वास्तवमा शैतानद्वारा शासित हुन्छ, दियाबलस तिनीहरूको राजा हुन्छ। यदि त्यस्ता मण्डलीहरूका मानिसहरू खडा हुँदैनन् र मुख्य पिशाचहरूलाई इन्कार गर्दैनन् भने, तिनीहरू पनि ढिलो-चाँडो विनाशमा पुग्नेछन्। अबदेखि, त्यस्ता मण्डलीहरूविरुद्ध कदमहरू चाल्नैपर्छ। यदि थोरै सत्यता अभ्यास गर्न सक्नेहरूले खोजी गर्दैनन् भने, त्यस मण्डलीलाई समाप्त गरिनेछ। यदि कुनै मण्डलीमा सत्यता अभ्यास गर्न इच्छुक कोही छैन र परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा दृढ रहन सक्ने कोही छैन भने, त्यस मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्छ र अन्य मण्डलीहरूसँगको त्यसको सम्बन्ध काट्नुपर्छ। यसलाई “मृत्युलाई गाड्नु” भनिन्छ; शैतानलाई इन्कार गर्नुको अर्थ यही हो। यदि कुनै मण्डलीमा धेरै स्थानीय गुन्डा छन् र खुट्ट्याउने क्षमता पूर्ण रूपमा नभएका “साना झिँगाहरू” ले तिनीहरूलाई पछ्याउँछन् भने र यदि यस मण्डलीका मानिसहरू सत्यता देखिसकेपछि पनि, यी गुन्डाहरूको बन्धन र चालबाजीलाई इन्कार गर्न अझै असक्षम छन् भने, ती अन्योलमा परेकाहरू सबैलाई अन्त्यमा हटाइनेछ। यी साना झिँगाहरूले कुनै ठूलो दुष्टता नगरेका हुन सक्छन्, तर तिनीहरू अझ बढी छली, अझ बढी धूर्त हुन्छन् र यस्ता सबैलाई हटाइनेछ। एक जना पनि बाँकी रहनेछैन! शैतानकाहरूलाई शैतानकहाँ नै फर्काइनेछ, जबकि परमेश्‍वरद्वारा चुनिएकाहरूले निश्चय नै सत्यता खोज्नेछन्; यो तिनीहरूको प्रकृतिद्वारा निर्णय गरिन्छ। शैतानलाई पछ्याउनेहरू सबै नाश होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यता खोज्नेहरूलाई भरणपोषण गरियोस् र तिनीहरूले परमेश्‍वरको वचनमा आफ्नो हृदय सन्तुष्ट हुनेगरी आनन्द लिऊन्। परमेश्‍वर धर्मी हुनुहुन्छ; उहाँ कसैप्रति पक्षपात देखाउनुहुन्न। यदि तँ दियाबलस होस् भने, तँ सत्यता अभ्यास गर्न असक्षम हुन्छस्; यदि तँ सत्यता खोज्ने व्यक्ति होस् भने, तँलाई शैतानले कैदी बनाउनेछैन भन्‍ने कुरा निश्चित छ। यसमा कुनै शङ्का छैन।

प्रगतिका लागि प्रयास नगर्ने मानिसहरू सधैँ अरू पनि आफूजस्तै नकारात्मक र अल्छी होऊन् भन्‍ने चाहन्छन्। सत्यता अभ्यास नगर्नेहरू सत्यता अभ्यास गर्नेहरूको डाहा गर्छन् अनि अन्योलमा परेका र खुट्ट्याउने क्षमता नभएकाहरूलाई सधैँ भ्रमित पार्ने प्रयास गर्छन्। यी मानिसहरूले दिने कुराहरूले तँलाई पतित हुन, अधोगतितिर लाग्न, असामान्य अवस्थामा पर्न र अन्धकारले भरिन लगाउन सक्छन्। तिनले तँलाई परमेश्‍वरबाट टाढा हुन र देहलाई प्रेम गर्न अनि आफूलाई छुट दिन लगाउन सक्छन्। सत्यतालाई प्रेम नगर्ने र परमेश्‍वरप्रति सधैँ झाराटारुवा हुने मानिसहरूमा कुनै आत्म-सचेतना हुँदैन र त्यस्ता मानिसहरूको स्वभावले अरूलाई पाप गर्न र परमेश्‍वरको प्रतिरोध गर्न लोभ्याउँछ। तिनीहरू सत्यता अभ्यास गर्दैनन्, न त अरूलाई यो अभ्यास गर्न नै दिन्छन्। तिनीहरू पापलाई प्रेम गर्छन् र आफूलाई घृणा गर्दैनन्। तिनीहरू आफूलाई चिन्दैनन् र अरूलाई आफूलाई चिन्नबाट रोक्छन्; तिनीहरू अरूलाई सत्यताको तृष्णा गर्नबाट पनि रोक्छन्। तिनीहरूद्वारा भ्रमित हुनेहरूले ज्योति देख्न सक्दैनन्—तिनीहरू अन्धकारमा पर्छन्, आफूलाई चिन्दैनन्, सत्यताबारे अस्पष्ट हुन्छन् र परमेश्‍वरबाट झन्-झन् टाढा हुन्छन्। तिनीहरू सत्यता अभ्यास गर्दैनन् र अरूलाई सत्यता अभ्यास गर्नबाट रोक्छन्, ती अन्योलमा परेका सबैलाई आफूसामु ल्याउँछन्। तिनीहरूले परमेश्‍वरमा विश्वास गर्छन् भनेर भन्नुभन्दा, तिनीहरू आफ्ना पुर्खाहरूमा विश्वास गर्छन् वा तिनीहरूले विश्वास गर्ने कुरा तिनीहरूको हृदयका मूर्तिहरू हुन् भनेर भन्नु अझ राम्रो हुनेछ। परमेश्‍वरलाई पछ्याउने दाबी गर्ने ती मानिसहरूले आफ्ना आँखा खोलेर तिनीहरू ठ्याक्कै कसलाई विश्वास गर्छन् भनेर राम्ररी हेर्नु सबैभन्दा राम्रो हुनेछ: तँ साँच्चै परमेश्‍वरमा विश्वास गर्छस् कि शैतानमा? यदि तँलाई आफूले विश्वास गर्ने कुरा परमेश्‍वर होइन, बरु आफ्नै मूर्तिहरू हुन् भनी थाहा छ भने, तैँले आफू विश्‍वासी भएको दाबी नगर्नु नै सबैभन्दा राम्रो हुनेछ। यदि तँलाई आफूले कसलाई विश्वास गर्छु भन्‍ने साँच्चै थाहा छैन भने, फेरि पनि, तैँले आफू विश्‍वासी भएको दाबी नगर्नु नै सबैभन्दा राम्रो हुनेछ। त्यसो भन्नु ईश्वरनिन्दा हुनेछ! तँलाई परमेश्‍वरमा विश्वास गर्न कसैले बाध्य पारिरहेको छैन। तिमीहरू ममा विश्वास गर्छौ भनेर नभन; मैले यस्ता कुराहरू पर्याप्त सुनिसकेको छु र म त्यो फेरि सुन्न चाहन्नँ, किनभने तिमीहरूले विश्वास गर्ने कुरा तिमीहरूको हृदयका मूर्तिहरू र तिमीहरूमाझका स्थानीय गुन्डाहरू हुन्। सत्यता सुन्दा टाउको हल्लाउनेहरू, मृत्युका शब्दहरू सुन्दा मुस्कुराउनेहरू शैतानको सन्तान हुन् र तिनीहरू नै हटाइने व्यक्ति हुन्। मण्डलीमा धेरै जनासँग खुट्ट्याउने क्षमता हुँदैन। जब कसैले अरूलाई भ्रमित पार्ने प्रयास गर्छ, तब तिनीहरू उल्टै शैतानको पक्षमा उभिन्छन्; तिनीहरू आफूलाई शैतानका नोकरहरू भनिँदा अत्यन्तै अन्याय भएको समेत महसुस गर्छन्। मानिसहरूले आफूसँग खुट्ट्याउने क्षमता छैन भनेर भन्न सक्ने भए पनि, तिनीहरू सधैँ असत्यको पक्षमा उभिन्छन्, तिनीहरू सङ्कटको समयमा कहिल्यै सत्यताको पक्षमा उभिँदैनन्, तिनीहरू कहिल्यै खडा हुँदैनन् र सत्यताका लागि तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै खुट्ट्याउने क्षमताको कमी हुन्छ? तिनीहरू किन उल्टै शैतानको पक्ष लिन्छन्? तिनीहरू किन सत्यताका खातिर निष्पक्ष र उचित हुने एउटा शब्द कहिल्यै बोल्दैनन्? के यो परिस्थिति साँच्चै तिनीहरूको क्षणिक अन्योलको परिणाम स्वरूप उत्पन्न भएको हो? मानिसहरूसँग जति कम खुट्ट्याउने क्षमता हुन्छ, तिनीहरू सत्यताको पक्षमा उभिन त्यति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले खुट्ट्याउने क्षमता नभएका मानिसहरू पापलाई प्रेम गर्छन् भन्‍ने देखाउँदैन र? के यसले तिनीहरू शैतानको बफादार सन्तान हुन् भन्‍ने देखाउँदैन र? तिनीहरू किन सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूको हरेक बोली र कार्य, तिनीहरूको अनुहारका हाउभाउहरू सबै तिनीहरू कुनै पनि प्रकारले सत्यतालाई प्रेम गर्नेहरू होइनन् भनी प्रमाणित गर्न पर्याप्त छन्; बरु, तिनीहरू सत्यतालाई घृणा गर्ने मानिस हुन्। तिनीहरू शैतानको पक्षमा उभिन सक्नुले शैतानको खातिर लड्न आफ्नो जीवन बिताउने यी साना दियाबलसहरूलाई शैतान साँच्चै प्रेम गर्छ भनी पर्याप्त रूपमा प्रमाणित गर्छ। के यी सबै तथ्य अत्यन्तै स्पष्ट छैनन् र? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तँमा किन सत्यता अभ्यास गर्नेहरूका लागि सम्मान छैन र किन तँ सत्यता अभ्यास नगर्नेहरूले पुलुक्कै हेर्नेबित्तिकै तुरुन्तै तिनीहरूलाई पछ्याउँछस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग खुट्ट्याउने क्षमता छ कि छैन भन्‍ने कुराको मलाई वास्ता छैन। तैँले जति नै ठूलो मूल्य चुकाएको भए पनि त्यसको मलाई वास्ता छैन। तेरा शक्तिहरू जति नै ठूला भए पनि त्यसको मलाई वास्ता छैन र तँ स्थानीय गुन्डा भए पनि वा झन्डा बोक्ने अगुवा भए पनि मलाई त्यसको वास्ता छैन। यदि तेरा शक्तिहरू ठूला छन् भने, त्यो शैतानको शक्तिको मद्दतले मात्रै हो। यदि तेरो प्रतिष्ठा उच्च छ भने, त्यो तेरो वरिपरि सत्यता अभ्यास नगर्नेहरू धेरै भएकाले मात्रै हो। यदि तँलाई निष्कासित गरिएको छैन भने, त्यो अहिले निष्कासित गर्ने कामको समय नभएकाले हो; बरु, यो हटाउने कामको समय हो। अहिले तँलाई निष्कासित गर्नु कुनै हतार छैन। म तँलाई हटाइसकेपछि दण्ड दिने दिनको केवल प्रतीक्षा गरिरहेको छु। सत्यता अभ्यास नगर्ने जोकोहीलाई हटाइनेछ!

परमेश्‍वरमा सच्चा रूपले विश्‍वास गर्ने मानिसहरू परमेश्‍वरको वचन अभ्यास गर्न इच्छुक हुने र सत्यता अभ्यास गर्न इच्छुक हुनेहरू हुन्। परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा साँच्चै दृढ रहन सक्ने मानिसहरू पनि उहाँको वचन अभ्यास गर्न इच्छुक हुन सक्ने र सच्चा रूपमा सत्यताको पक्षमा उभिन सक्नेहरू हुन्। कुटिल र अधर्मी अभ्यासहरूमा संलग्न हुने मानिसहरू सबै सत्यताबाट वञ्चित हुन्छन् र तिनीहरू सबैले परमेश्‍वरलाई लज्जित पार्छन्। मण्डलीमा विवाद खडा गर्नेहरू शैतानको नोकर हुन्, तिनीहरू शैतानको मूर्तरूप हुन्। त्यस्ता मानिसहरू अत्यन्तै दुर्भावपूर्ण हुन्छन्। अझै पनि खुट्ट्याउने क्षमता नहुनेहरू सत्यताको पक्षमा उभिन असक्षम हुन्छन्, तिनीहरू सबै दुष्ट अभिप्रायहरू पाल्ने र सत्यतालाई कलङ्कित पार्ने मानिस हुन्। तिनीहरू शैतानको अझ खाँटी प्रतिनिधि हुन्। तिनीहरूको छुटकारा असम्भव छ र तिनीहरू स्वाभाविक रूपमा हटाइनेछन्। परमेश्‍वरको घरले सत्यता अभ्यास नगर्नेहरूलाई रहन दिँदैन, न त यसले जानाजानी मण्डली भत्काउनेहरूलाई नै रहन दिन्छ। तर, अहिले निष्कासनको काम गर्ने समय होइन; त्यस्ता मानिसहरूलाई अन्त्यमा केवल प्रकट गरिनेछ र हटाइनेछ। यी मानिसहरूमाथि अब कुनै व्यर्थको काम गरिनेछैन; जो शैतानहरू हुन् तिनीहरू सत्यताको पक्षमा उभिन सक्दैनन्, जबकि सत्यता खोज्नेहरू उभिन सक्छन्। सत्यता अभ्यास नगर्ने मानिसहरू सत्यताको मार्ग सुन्न र सत्यताको गवाही दिन अयोग्य हुन्छन्। सत्यता तिनीहरूले सुन्नका लागि नै होइन; बरु, यो सत्यता अभ्यास गर्नेहरूप्रति लक्षित हुन्छ। हरेक व्यक्तिको परिणाम प्रकट हुनुअघि, मण्डलीलाई बाधा दिने र काममा अवरोध पुऱ्याउनेहरूलाई पहिले पन्छाइनेछ अनि अहिलेका लागि एक्लै छोडिनेछ। काम पूरा भएपछि, यी मानिसहरू हरेकलाई प्रकट गरिनेछ र त्यसपछि तिनीहरूलाई हटाइनेछ। अहिलेका लागि, सत्यता प्रदान गरिँदै गर्दा, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब सम्पूर्ण सत्यता मानवजातिलाई प्रकट गरिन्छ, तब मानिसहरूलाई हटाउन सुरु गरिनेछ; त्यो सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने समय हुनेछ। खुट्ट्याउने क्षमता नभएकाहरूका सानातिना चालहरूले तिनीहरूलाई दुष्टहरूको हातबाट विनाश हुन डोऱ्याउनेछन्, तिनीहरूलाई उनीहरूले लोभ्याउनेछन् र तिनीहरू कहिल्यै फर्कनेछैनन्। अनि तिनीहरू यस्तो व्यवहारका योग्य हुन्छन्, किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, किनभने तिनीहरू सत्यताको पक्षमा उभिन असक्षम हुन्छन् र किनभने तिनीहरू दुष्ट मानिसहरूलाई पछ्याउँछन्, दुष्ट मानिसहरूको पक्षमा उभिन्छन् अनि परमेश्‍वरको प्रतिरोध गर्न दुष्ट मानिसहरूसँग मिलेमतो गर्छन्। तिनीहरूलाई ती दुष्ट मानिसहरूले प्रकट गर्ने कुरा दुष्टता हो भन्‍ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू दुस्साहस गर्छन् र तिनीहरूलाई पछ्याउन सत्यतालाई पिठ्युँ फर्काउँछन्। के सत्यता अभ्यास नगर्ने तर विनाशकारी र घृणित कुराहरू गर्ने यी मानिसहरू सबैले दुष्टता गरिरहेका छैनन् र? तिनीहरूमध्ये “राजाहरू” का रूपमा कार्य गर्नेहरू र तिनीहरूलाई पछ्याउने अरूहरू भए पनि, के परमेश्‍वरको प्रतिरोध गर्ने तिनीहरूको प्रकृति उस्तै छैन र? परमेश्‍वर तिनीहरूलाई मुक्ति दिनुहुन्न भनी दाबी गर्न तिनीहरूसँग के बहाना हुन सक्छ? परमेश्‍वर धर्मी हुनुहुन्न भनी दाबी गर्न तिनीहरूसँग के बहाना हुन सक्छ? के तिनीहरूलाई तिनीहरूकै दुष्टताले नष्ट गरिहेको छैन र? के तिनीहरूलाई तिनीहरूको आफ्नै विद्रोहीपनले नरकमा तानिरहेको छैन र? सत्यता अभ्यास गर्ने मानिसहरूले अन्त्यमा सत्यताको कारण मुक्ति पाउनेछन् र तिनीहरू सिद्ध पारिनेछन्। सत्यता अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यताको कारण आफूमाथि विनाश ल्याउनेछन्। सत्यता अभ्यास गर्ने र अभ्यास नगर्नेहरूको पर्खाइमा हुने परिणामहरू यिनै हुन्। म सत्यता अभ्यास गर्ने योजना नबनाइरहेकाहरूलाई अझ धेरै पाप गर्नबाट जोगिन जतिसक्दो चाँडो मण्डली छोडिहाल्न सल्लाह दिन्छु। जब समय आउँछ, तब पछुतो गर्न धेरै ढिला भइसकेको हुनेछ। विशेष गरी, गुटबन्दी गर्ने र फूट पैदा गर्नेहरू अनि मण्डलीभित्रका ती स्थानीय गुन्डाहरूले अझै चाँडो छोडेर गइहाल्नुपर्छ। दुष्ट ब्वाँसाहरूको प्रकृति भएका त्यस्ता मानिसहरू परिवर्तन हुन असक्षम हुन्छन्। तिनीहरूले परमेश्‍वरद्वारा दण्ड नपाऊन् भनेर जतिसक्दो चाँडो मण्डली छोड्नु र फेरि कहिल्यै दाजुभाइ-दिदीबहिनीहरूको सामान्य जीवनमा बाधा नदिनु राम्रो हुनेछ। तिमीहरूमध्ये तिनीहरूसँगै लागेकाहरूले आत्मचिन्तन गर्न यस अवसरको सदुपयोग गर्नु राम्रो हुनेछ। के तिमीहरू दुष्ट जनहरूसँगै मण्डली छोड्नेछौ कि यहीँ रहेर आज्ञाकारी भई पछ्याउनेछौ? तिमीहरूले यस मामिलालाई ध्यानपूर्वक विचार गर्नैपर्छ। म तिमीहरूलाई छनौट गर्ने यो एउटा थप अवसर दिन्छु, र म तिमीहरूको जवाफको प्रतीक्षा गर्छु।

अघिल्लो: पवित्र आत्माको काम र शैतानको काम

अर्को: तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्