प्रारम्भमा ख्रीष्टका वाणीहरू—अध्याय १
सियोनमा प्रशंसा आएको छ र परमेश्वरको वासस्थान देखा परेको छ। परमेश्वरका चुनिएका असङ्ख्य मानिस महिमित पवित्र नामको गुणगान गर्छन् र त्यो फैलिरहेको छ। ओह, सर्वशक्तिमान् परमेश्वर! ब्रह्माण्डका प्रमुख, आखिरी दिनहरूका ख्रीष्ट—उहाँ सारा ब्रह्माण्डभित्र, प्रतापी र भव्य सियोन पर्वतमाथि उदाउनुभएको चम्किलो सूर्य हुनुहुन्छ …
सर्वशक्तिमान् परमेश्वर! हामी हर्षोल्लासका साथ तपाईँलाई पुकार्छौँ; हामी नाच्छौँ र गाउँछौँ। तपाईँ साँच्चै हाम्रा उद्धारक हुनुहुन्छ, ब्रह्माण्डका महान् राजा! तपाईँले विजेताहरूको एउटा समूह बनाउनुभएको छ र परमेश्वरको व्यवस्थापनको योजना पूरा गर्नुभएको छ। परमेश्वरका चुनिएका असङ्ख्य मानिस यस पर्वतमा ओइरिएर आउनेछन्। तिनीहरूले सिंहासनसामु घुँडा टेक्नेछन्! तपाईँ एक मात्र साँचो परमेश्वर हुनुहुन्छ र तपाईँ महिमा र आदरको हकदार हुनुहुन्छ। सारा महिमा, प्रशंसा र अख्तियार सिंहासनलाई होस्! सिंहासनबाट जीवनको मुहान बग्दछ, त्यसले परमेश्वरका सबै मानिसलाई मलजल गर्छ र खुवाउँछ। हाम्रो जीवन प्रत्येक दिन परिवर्तन हुन्छ; नयाँ ज्योति र नयाँ प्रकाशले हामीलाई पछ्याउँछन्, र निरन्तर परमेश्वरबारे नयाँ अन्तर्ज्ञानहरू दिन्छन्। अनुभवहरूका बीचमा, हामी परमेश्वरबारे पूर्ण निश्चयतामा पुग्छौँ। उहाँका वचनहरू निरन्तर देखा पर्छन्, सही मानिसहरूमा देखा पर्छन्। हामी वास्तवमै अत्यन्तै आशिषित छौँ! हामी प्रत्येक दिन परमेश्वरसित आमने-सामने हुन्छौँ, सबै कुरामा परमेश्वरसित सङ्गति गर्छौँ, र सबै कुरामाथि परमेश्वरलाई नियन्त्रण लिन दिन्छौँ। हामी होसियारीसाथ परमेश्वरको वचन मनन गर्छौँ, हाम्रो हृदय परमेश्वरमा शान्त भई विश्राम गर्छ, अनि यसरी हामी परमेश्वरसामु आउँछौँ, जहाँ हामी उहाँको ज्योति पाउँछौँ। हामी प्रत्येक दिन हाम्रा जीवन, कार्य, शब्द, सोच र विचारहरूमा परमेश्वरको वचनभित्र जिउँछौँ, र हामी हरसमय कामकुरा खुट्ट्याउन सक्छौँ। परमेश्वरको वचनले धागोलाई सियोको दुलोभित्र छिराउँछ; अप्रत्याशित रूपमा, हामीभित्र लुकेका कुराहरू एकपछि अर्को गर्दै ज्योतिमा आउँछन्। परमेश्वरसितको सङ्गतिले ढिलाइ सहन गर्दैन; हाम्रा सोच र विचारहरू परमेश्वरद्वारा उदाङ्गो पारिन्छन्। हामी प्रत्येक क्षण ख्रीष्टको आसनअघि जिइरहेका हुन्छौँ, जहाँ हामी न्याय भोग्छौँ। हाम्रो शरीरभित्रका प्रत्येक ठाउँ शैतानद्वारा अझै ओगटिएको छ। आज, परमेश्वरको राजकीय शासन पुनःस्थापित गर्नका निम्ति उहाँको मन्दिर शुद्ध पारिनैपर्छ। हामीले पूर्ण रूपमा परमेश्वरद्वारा ओगटिनका लागि जीवन र मृत्युको सङ्घर्ष पार गर्नैपर्छ। हाम्रो पुरानो स्वरूप क्रूसमा टाँगिएपछि मात्र ख्रीष्टको पुनरुत्थान भएको जीवनले सर्वोच्च रूपमा शासन गर्न सक्छ।
अब पवित्र आत्मा हामीलाई पुनः प्राप्त गर्नका निम्ति लडाइँ गर्न हाम्रो हरेक कुनामा आक्रमण गर्नुहुन्छ! यदि हामी आफैलाई इन्कार गर्न र परमेश्वरसित सहकार्य गर्न इच्छुक हुन्छौँ भने, परमेश्वरले निश्चय नै हरसमय हामीलाई भित्रैबाट ज्योति दिनुहुनेछ र शुद्ध पार्नुहुनेछ, अनि शैतानले कब्जा गरेको कुरा फेरि नयाँ गरी पुनः प्राप्त गर्नुहुनेछ, ताकि हामी चाँडोभन्दा चाँडो परमेश्वरद्वारा पूर्ण पारिन सकौँ। समय खेर नफाल—प्रत्येक क्षण परमेश्वरको वचनभित्र जिओ। सन्तहरूसितै वृद्धि हुँदै जाओ, राज्यभित्र तानिएर आओ, अनि परमेश्वरसँगै महिमामा प्रवेश गर।