स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्वरसँग शत्रुतामा हुनु हो
केही हजार वर्षको भ्रष्टताको क्रममा, सबै मानिसहरू संवेदनहीन र मन्द बुद्धिका बनेका छन्; तिनीहरू सबै परमेश्वरको विरोध गर्ने दुष्ट पिशाच बनेका छन्, यतिसम्म कि परमेश्वरविरुद्ध तिनीहरूको विद्रोहीपन ऐतिहासिक अभिलेखहरूमा उल्लेख गरिएको छ, र मानिसहरू स्वयम पनि आफ्नो विद्रोही व्यवहारको पूर्ण विवरण दिन असक्षम छन्—किनकि तिनीहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन्, र शैतानद्वारा बहकाइएका छन्, यतिसम्म कि कतातिर फर्कने भनेर तिनीहरूलाई थाहै छैन। आज पनि, मानिसहरू अझै परमेश्वरलाई धोका दिन्छन्। जब तिनीहरूले परमेश्वरलाई देख्छन्, तब तिनीहरूले उहाँलाई धोका दिन्छन्, र जब तिनीहरूले परमेश्वरलाई देख्न सक्दैनन्, तब पनि तिनीहरूले उहाँलाई धोका दिन्छन्। त्यस्ता पनि छन् जसले परमेश्वरका श्रापहरू र परमेश्वरको क्रोध देखेपछि पनि उहाँलाई धोका दिन्छन्। त्यसैले म भन्छु कि मानिसको समझले आफ्नो मौलिक काम गर्न छोडेको छ, र मानिसको विवेकले पनि आफ्नो मौलिक काम गर्न छोडेको छ। मेरो नजरमा, सबै मानिसहरू मानव भेषमा रहेका पशु र विषालु सर्प हुन्। तिनीहरूले मेरो नजरमा जतिसुकै दयनीय देखिन खोजे पनि, म तिनीहरूप्रति कहिल्यै कृपालु बन्नेछैन, किनकि तिनीहरूले कालो र सेतो बीचको फरक बिलकुलै बुझेका छैनन्, र तिनीहरूमध्ये कसैले पनि सत्य र असत्य बीचको फरक बुझ्दैनन्। तिनीहरूको समझ अत्यन्तै संवेदनहीन भएको छ, तैपनि तिनीहरू अझै आशिष्हरू प्राप्त गर्न चाहन्छन्; तिनीहरूको मानवता यति उपेक्षित छ, तैपनि तिनीहरू अझै राजाका रूपमा शासन गर्न र शक्ति हातमा राख्न चाहन्छन्। त्यस्तो समझ बोकेर तिनीहरू कसका राजा बन्न सक्छन्? त्यस्तो मानवता बोकेर तिनीहरू कसरी सिंहासनमा बस्न सक्छन्? मानिसहरू साँच्चिकै निर्लज्ज छन्! तिनीहरू आफूलाई बढी आँक्ने नीच हुन्! म आशिष्हरू प्राप्त गर्न चाहने तिमीहरूलाई पहिला एउटा ऐना लिएर आफ्नो कुरूप प्रतिविम्ब हेर्न सुझाव दिन्छु। के तँसँग राजा हुनलाई चाहिने कुरा छ? के तँसँग आशिष्हरू प्राप्त गर्ने व्यक्तिको जस्तो अनुहारको बनोट छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई व्यवहारमा लागू गर्न सकेको छैनस्, तैपनि तँ अझै सुन्दर भविष्यको कामना गर्छस्। यो पूर्ण रूपमा भ्रम हो! यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले “उच्च शिक्षालयहरूको” शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्ट नैतिकता, पतित जीवनदृष्टि, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुराहरू मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्याउँदै र आक्रमण गर्दै आएको छ। फलस्वरूप, मानिस परमेश्वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र स्वेच्छाले परमेश्वरका निम्ति कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, स्वेच्छाले परमेश्वरप्रति समर्पित हुने व्यक्ति एक जना पनि छैन, र स्वेच्छाले परमेश्वरको देखापराइलाई खोज्ने व्यक्ति त झनै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्द पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?
मानिसको स्वभाव परिवर्तन गर्ने कुरा उसको सारको ज्ञानबाट र उसको सोचविचार, प्रवृत्ति, र मानसिक दृष्टिकोणको परिवर्तन, अर्थात् आधारभूत परिवर्तनहरूबाट सुरु हुन्छ। यस किसिमले मात्र मानिसको स्वभावमा साँचो परिवर्तनहरू प्राप्त हुनेछन्। मानिसमा प्रकट हुने भ्रष्ट स्वभावको मूल कारण शैतानको बहकाइ, भ्रष्टता, र विष हो। मानिसलाई शैतानले बन्धन र नियन्त्रणमा राखेको छ, र शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्ज्ञान र तर्कशक्तिमा चोट पुर्याएको असाधारण हानि उसले भोग्छ। मानिसका आधारभूत कुराहरू शैतानद्वारा भ्रष्ट बनाइएको कारण नै र तिनीहरू परमेश्वरले तिनीहरूलाई मौलिक रूपमा सृष्टि गर्नुभएको जस्तो अवस्थामा पटक्कै नभएकाले गर्दा नै, मानिसले परमेश्वरको विरोध गर्छ र सत्यतालाई स्वीकार गर्न सक्दैन। यसैले, मानिसको स्वभावमा परिवर्तनहरू आउनका निम्ति, सुरुमा उसको सोचाइ, अन्तर्ज्ञान, र समझको हिसाबले परमेश्वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गरिनुपर्छ। जो सबैभन्दा गहिरो रूपमा भ्रष्ट भूमिमा जन्मिए तिनीहरू परमेश्वर के हुनुहुन्छ, वा परमेश्वरमा विश्वास गर्नु भनेको के हो भन्ने कुरामा अनभिज्ञ हुन्छन्। मानिसहरू जति बढी भ्रष्ट हुन्छन्, तिनीहरूलाई परमेश्वरको अस्तित्वको बारेमा त्यति नै थोरै थाहा हुन्छ, र तिनीहरूको समझ र अन्तर्ज्ञान त्यति नै कमजोर हुन्छ। परमेश्वरको विरुद्धमा मानिसको विरोध र विद्रोहको मूल कारण भनेको उसलाई शैतानद्वारा भ्रष्ट तुल्याइनु हो। शैतानले भ्रष्ट तुल्याएका कारण मानिसको विवेक संवेदनहीन बनेको छ, ऊ नैतिक रूपमा भ्रष्ट छ, उसका सोचहरू पतित छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा भ्रष्ट तुल्याइनुभन्दा अगाडि, मानिस सुरुमा परमेश्वरप्रति समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तीप्रति समर्पित हुन्थ्यो। सुरुमा उसको समझ र विवेक राम्रो थियो र उसको मानवता सामान्य थियो। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, मानिसको सुरुको समझ, विवेक, र मानवता सबै संवेदनहीन बने र शैतानद्वारा बिगारिए। यसरी, उसले परमेश्वरप्रति आफ्नो समर्पण र प्रेम गुमाएको छ। मानिसको समझ असामान्य बनेको छ, उसको स्वभाव एउटा पशुको जस्तै बनेको छ, र परमेश्वरका विरुद्ध उसको विद्रोहीपन निरन्तर बढिरहेको छ र झनै घोर बनिरहेको छ। तैपनि मानिसले यो कुरा अझै पनि न त थाहा पाएको छ न त बुझेको नै छ, र लगातार विरोध र विद्रोह मात्र गर्छ। मानिसको स्वभावका प्रकटीकरणहरू उसको समझ, अन्तर्ज्ञान, र विवेकका अभिव्यक्तिहरू हुन्। उसको समझ र अन्तर्ज्ञान राम्रो नभएको, र उसको विवेक उच्च रूपमा संवेदनहीन बनेको हुनाले, उसको स्वभाव परमेश्वरको विरुद्धमा विद्रोही छ। यदि मानिसको समझ र अन्तर्ज्ञान परिवर्तन हुन सक्दैनन् भने, उसको स्वभाव परिवर्तन हुने कुरै भएन, र यो परमेश्वरका अभिप्रायहरू अनुरूप हुने पनि कुरै भएन। यदि मानिसको समझ राम्रो छैन भने, उसले परमेश्वरको सेवा गर्न सक्दैन र ऊ परमेश्वरद्वारा प्रयोग गरिन अयोग्य हुन्छ। “सामान्य समझ” ले परमेश्वरप्रति समर्पित हुने र उहाँप्रति बफादार हुने, परमेश्वरको अभिलाषा राख्ने, पूर्ण रूपमा परमेश्वरको हुने, र परमेश्वरप्रति विवेक राख्ने कुरालाई जनाउँछ। यसले परमेश्वरप्रति एउटै हृदय र मन हुने, र जानाजानी परमेश्वरको विरोध नगर्ने कुरालाई जनाउँछ। असामान्य समझ हुनु भनेको यस्तो होइन। मानिस शैतानद्वारा भ्रष्ट तुल्याइएको कारण उसले परमेश्वरबारे धारणाहरू बनाएको छ, र ऊसँग परमेश्वरप्रति बफादारी छैन वा उहाँप्रति अभिलाषा छैन, परमेश्वरप्रति विवेक हुने त कुरै नगरौँ। मानिसले जानीजानी परमेश्वरको विरोध गर्छ, र उहाँको आलोचना गर्छ, त्यसबाहेक उहाँको पिठ्यूँपछाडि उहाँमाथि गाली बर्साउँछ। उहाँ परमेश्वर हुनुहुन्छ भनेर राम्रोसँग थाहा हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँपछाडि उहाँको आलोचना गर्छ; मानिससँग परमेश्वरप्रति समर्पित हुने अभिप्राय बिलकुलै छैन, बरु उहाँसँग माग र अनुरोधहरू मात्र गरिरहन्छ। त्यस्ता मानिसहरू—असामान्य समझ भएका मानिसहरू—ले आफ्नै घृणास्पद व्यवहार चिन्न वा आफ्नो विद्रोही क्रियाकलापमा पछुताउन सक्दैनन्। यदि मानिसहरू आफैलाई चिन्न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो समझ पुनः प्राप्त गरेका हुन्छन्; मानिसहरू परमेश्वरविरुद्ध जति विद्रोही छन् र तैपनि आफूलाई चिन्दैनन्, तिनीहरूको समझ त्यति नै कम राम्रो हुन्छ।
मानिसको भ्रष्ट स्वभावको प्रकटीकरणको जड मानिसको बोधो विवेक, उसको दुर्भावपूर्ण प्रकृति, र उसको त्रुटिपूर्ण समझमा भन्दा बढी अरू कहीँ छैन; यदि मानिसको विवेक र समझ फेरि सामान्य बन्न सक्यो भने, त्यसपछि ऊ परमेश्वरको अघि प्रयोगयोग्य व्यक्ति बन्नेछ। मानिसको विवेक सधैँ बोधो भएको कारण, र मानिसको समझ कहिल्यै पनि स्वस्थ नरहेको र अझ बढी बोधो हुँदै गइरहेको कारण, परमेश्वरप्रति मानिसका विद्रोहीपनका गतिविधिहरू बढिरहेका छन्, यहाँसम्म कि उसले येशूलाई समेत क्रूसमा टाँगेको छ र आखिरी दिनहरूमा परमेश्वरको देहधारणलाई आफ्नो ढोका बन्द गरिदिन्छ, र परमेश्वरको शरीरलाई दोषी ठहराउँछ, र परमेश्वरको शरीरलाई नीच रूपले हेर्छ। यदि मानिससँग अलिकति मात्र मानवता भएको भए, उसले देहधारी परमेश्वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र समझ भएको भए, उसले परमेश्वरको देहधारणलाई यति निर्मम व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र विवेक भएको भए, उसले देहधारी परमेश्वरलाई यस किसिमले “धन्यवाद दिने” थिएन। मानिस परमेश्वर देह बन्नुभएको युगमा जिउँछ, तैपनि उसलाई यति राम्रो मौका दिएकोमा उसले परमेश्वरलाई धन्यवाद दिँदैन, बरु परमेश्वरको आगमनलाई सराप्छ, वा परमेश्वरको देहधारणको यथार्थलाई पूर्ण रूपमा बेवास्ता गर्छ, र ऊ त्यसको विरुद्धमा र त्यसप्रति वितृष्ण भएको देखिन्छ। मानिसले परमेश्वरको आगमनलाई जसरी व्यवहार गरे तापनि, परमेश्वरले सधैँ आफ्नो काम गर्दै आउनुभएको छ र उहाँ त्यसबाट कहिल्यै थाक्नुभएको छैन—यद्यपि मानिसले उहाँलाई अलिकति पनि स्वागत गरेको छैन, र उहाँलाई अनुरोध मात्र गरिरहन्छ। मानिसको स्वभाव अत्यन्तै दुर्भावपूर्ण बनेको छ, र उसको समझ अत्यन्तै बोधो बनेको छ, र उसको विवेकलाई दुष्टले पूर्ण रूपमा कुल्चीमिल्ची गरेको छ र धेरै समय अगाडि नै मानिसको मौलिक विवेक हराएको छ। मानवजातिलाई यति धेरै जीवन र अनुग्रह दिनुभएकोमा देहधारी परमेश्वरप्रति मानिस कृतघ्न मात्र बनेको छैन, उसलाई सत्यता दिनुभएकोमा परमेश्वरप्रति उसले घृणा पनि पालेको छ; किनकि मानिसलाई सत्यतामा रुचि हुँदैन, उसले परमेश्वरप्रति घृणा पालेको हुन्छ। मानिस देहधारी परमेश्वरको निम्ति आफ्नो जीवन बलिदान दिन असक्षम मात्र छैन, तर उसले उहाँबाट कृपा पनि हासिल गर्ने प्रयत्न गर्छ, र मानिसले परमेश्वरलाई दिएको भन्दा दर्जनौ गुणा बढी फिर्ता माग्छ। मानिसको विवेक र समझ यस्तै हुन्छ, तैपनि उसले अझै यो ठूलो कुरा होइन भन्ठान्छ, यहाँसम्म कि उसले परमेश्वरका निम्ति धेरै समर्पित गरेको छ, र परमेश्वरले उसलाई अति थोरै दिनुभएको छ भनी विश्वास गर्छ। मलाई एक कचौरा पानी दिएर मसँग दुई कचौरा दूधको रकम माग्न आफ्नो हात फैलाउने, वा मलाई एक रातको निम्ति कोठा दिएर मसँग धेरै गुणा बढी शुल्क माग्नेहरू पनि छन्। यस्तो मानवता र यस्तो विवेक बोकेर तिमीहरू कसरी अझै पनि जीवन प्राप्त गर्ने इच्छा राख्छौ? तँ कस्तो घिनलाग्दो नीच छस्! मानिसमा हुने यस किसिमको मानवता र मानिसमा हुने यस किसिमको विवेकले देहधारी परमेश्वरलाई भूमिमा भौँतारिन लगाउँछ, उहाँले कुनै ठाउँमा बास पाउनुहुन्न। साँच्चिकै विवेक र मानवता भएका व्यक्तिहरूले उहाँले कति धेरै काम गर्नुभएको छ भन्ने आधारमा होइन, तर उहाँले कुनै पनि काम नगर्नु भएको भए तापनि, देहधारी परमेश्वरको आराधना गर्नुपर्छ र पूर्ण हृदयले सेवा गर्नुपर्छ। राम्रो समझ भएका मानिसहरूले यही नै गर्नुपर्छ, र यही नै मानिसको कर्तव्य हो। अधिकांश मानिसहरूले परमेश्वरको लागि आफूले गर्ने सेवामा आफ्नो सर्त समेत राख्छन्: तिनीहरूले उहाँ परमेश्वर हुनुहुन्छ कि मानिस हुनुहुन्छ भन्ने कुनै परवाह गर्दैनन्, तिनीहरू केवल आफ्नो सर्तहरूका बारेमा मात्र बोल्छन्, र तिनीहरूका आफ्नै चाहनाहरूलाई सन्तुष्ट पार्न खोज्छन्। जब तिमीहरूले मेरो निम्ति खाना पकाउँछौ, तिमीहरू सेवा शुल्क माग गर्छौ, जब तिमीहरू मेरो लागि दौडिन्छौ, तिमीहरू दौड शुल्क माग गर्छौ, जब तिमीहरू मेरो निम्ति काम गर्छौ, तिमीहरू मसँग कामको ज्याला माग्छौ, जब तिमीहरू मेरो लुगा धोइदिन्छौ, तिमीहरू लुगा धुने शुल्क माग्छौ, जब तिमीहरूले मण्डलीको निम्ति दिन्छौ तिमीहरू स्वास्थ्य लाभ शुल्क माग्छौ, जब तिमीहरू वक्ता बनेर बोल्छौ, तिमीहरू वक्ताको शुल्क माग्छौ, जब तिमीहरूले पुस्तकहरू वितरण गर्छौ, तिमीहरू पुस्तक वितरण शुल्क माग्छौ, जब तिमीहरू लेख्छौ, तिमीहरू लेखन शुल्क माग्छौ। मैले काटछाँट गरेकाहरूले समेत प्रतिफलको माग गर्छन्, जबकि घरमा पठाइएका व्यक्तिहरूले आफ्नो नाम खराब बनाएको भन्दै क्षतिपूर्ति माग गर्छन्; विवाह नभएकाहरूले दाइजो माग्छन्, वा आफ्नो यौवन गुमाएको क्षतिपूर्ति माग्छन्; कुखुरा काट्नेहरूले पनि कसाई शुल्क माग्छन्, खाना पकाउनेहरूले त्यसको शुल्क माग्छन्, र सुप पकाउनेहरूले पनि त्यसको शुल्क माग्छन्…। यही नै तिमीहरूको उच्च र शक्तिशाली मानवता हो, तिमीहरूको न्यानो विवेकले आदेश गर्ने कार्यहरू यिनै हुन्। तिमीहरूको समझ कहाँ छ? तिमीहरूको मानवता कहाँ छ? तिमीहरूलाई म यो कुरा बताउँछु! यदि तिमीहरू यसरी नै अगाडि बढ्छौ भने म तिमीहरूमाझ काम गर्न छोड्नेछु। म मानव भेषमा रहेका पशुहरूको समूहमा काम गर्नेछैन, सुन्दर अनुहारमा जङ्गली हृदय लुकेका यस्ता समूहका मानिसहरूका निम्ति म कुनै दुःख भोग्नेछैन, यस किसिमका पशुहरूका समूहका निम्ति म धैर्यशील हुनेछैन, जसका निम्ति मुक्तिको अलिकति पनि सम्भाव्यता छैन। मैले तिमीहरूलाई पिठ्यूँ फर्काएको दिन तिमीहरूको मर्ने दिन हुन्छ, त्यो दिन तिमीहरूमाथि अन्धकार आउँछ, र त्यो दिन ज्योतिले तिमीहरूलाई त्यागेको दिन हुन्छ। म तिमीहरूलाई भन्छु! तिमीहरूको जस्तो समूहप्रति म कहिल्यै पनि हितकारी हुनेछैन, जुन समूह पशुभन्दा तल झरेको छ! मेरा वचन र कार्यहरूका हद छन्, तिमीहरूका मानवता र विवेक जस्तो छ, त्यसको कारण म कुनै थप कार्य गर्नेछैन, किनकि तिमीहरूमा विवेकको अभाव छ, तिमीहरूले मलाई धेरै पीडा दिएका छौ, तिमीहरूको घृणित व्यवहार देखेर मलाई ज्यादै घिन लाग्छ। मानवता र विवेकको कमी भएका मानिसहरूलाई कहिल्यै पनि मुक्तिको अवसर हुनेछैन; म हृदयहीन र अकृतज्ञ मानिसहरूलाई कहिल्यै मुक्त गर्नेछैन। जब मेरो दिन आउँछ, तब म मेरो डरलाग्दो क्रोधलाई उक्साउने विद्रोहका छोराहरूमाथि सदासर्वदाको लागि मेरो दन्किएको आगो बर्साउनेछु, मेरो विरुद्ध कुवाच्य बकिँहिँड्ने र मलाई त्याग्ने पशुहरूजस्ता मानिसहरूमाथि मेरो अनन्त दण्ड ल्याउनेछु, म विद्रोहका छोराहरूलाई मेरो रिसको आगोले सदाको लागि जलाउनेछु, जसले कुनै समय मसँगै खाएका र पिएका थिए तर तिनीहरूले ममाथि विश्वास गरेका थिएनन्, जसले मेरो बेइज्जत गरे र मलाई धोका दिए। मेरो रिसलाई उक्साउनेहरू सबैलाई म दण्ड दिनेछु, म ती पशुहरूमा मेरो सारा रिस बर्साउनेछु, जसले एक पटक मेरो बराबरी भए जस्तै गरी मसँगै उभिने चाहना गरेका थिए, तैपनि मेरो आराधना गरेनन् वा ममा समर्पित भएनन्; एक पटक मेरो वास्तामा आनन्दित भएका र मैले बोलेका रहस्यमय वाणीमा आनन्दित भएका र एक पटक मबाट भौतिक आनन्दमा रमाएका ती पशुहरूमाथि मेरो लट्ठी प्रहार गर्नेछु। मेरो स्थान लिन प्रयत्न गर्ने कुनै पनि व्यक्तिलाई म क्षमा गर्नेछैन; मबाट खाना र कपडा प्राप्त गर्नको लागि मसँग कुस्ती खेल्न प्रयत्न गर्नेहरूलाई म त्यतिकै छोड्नेछैन। अहिले, तिमीहरू हानिबाट मुक्त छौ र निरन्तर मबाट थुप्रै कुराहरू माग गरिरहेका छौ। जब क्रोधको दिन आउँछ, त्यसबेला मबाट अरू कुनै कुरा माग गर्नेछैनौ; त्यसबेला, म तिमीहरूलाई आफ्नो हृदयको सन्तुष्टतामा “आनन्द” मनाउन दिनेछु, म तिमीहरूको मुहार भुइँमा बजार्नेछु, र तिमीहरू फेरि कहिल्यै खडा हुन सक्नेछैनौ! ढिलो वा चाँडो, म तिमीहरूको यो ऋण “चुक्ता” गर्न जाँदैछु—र म आशा गर्छु कि तिमीहरू धैर्यतापूर्वक यो दिनको प्रतीक्षा गर्छौ।
यदि यी तिरस्कारयोग्य मानिसहरू आफ्ना विलासी चाहनाहरू साँच्चिकै त्याग्न र परमेश्वरतिर फर्कन सक्छन् भने, तिनीहरूसँग अझै पनि मुक्ति प्राप्त गर्ने मौका हुन्छ; यदि मानिससँग साँच्चै परमेश्वरको तृष्णा गर्ने हृदय छ भने, ऊ परमेश्वरद्वारा त्यागिनेछैन। परमेश्वरसँग दैहिक भावना भएकाले, वा परमेश्वर मानिसद्वारा प्राप्त गरिन इच्छुक नहुनुभएकाले, मानिस परमेश्वरलाई प्राप्त गर्न असफल हुने होइन, बरु मानिसले नै परमेश्वरलाई प्राप्त गर्न नचाहेकाले, र ऊसँग परमेश्वरलाई आतुरीसाथ खोजी गर्ने हृदय नभएका कारण त्यस्तो हुन्छ। परमेश्वरको साँच्चै खोजी गर्नेहरूमध्येको व्यक्तिलाई कसरी परमेश्वरद्वारा श्राप दिइन सक्छ? स्वस्थ समझ र संवेदनशील विवेक भएकोमध्ये कसैलाई कसरी परमेश्वरद्वारा श्राप दिइन सक्छ? परमेश्वरको साँचो आराधना गर्ने र उहाँको सेवा गर्ने व्यक्तिलाई कसरी उहाँको क्रोधको आगोद्वारा भस्म गरिन सक्छ? परमेश्वरमा समर्पित हुन इच्छुक व्यक्ति कसरी परमेश्वरको घरबाट निकालिन सक्छ? परमेश्वरलाई कहिल्यै पर्याप्त प्रेम गर्न सक्दिनँ भनी महसुस गर्ने व्यक्ति कसरी परमेश्वरको दण्डमा जिउन सक्छ? परमेश्वरका निम्ति सबै थोक त्याग्न इच्छुक व्यक्तिसँग कसरी अन्तमा केही पनि नहुन सक्छ? मानिस परमेश्वरलाई पछ्याउन अनिच्छुक छ, परमेश्वरका निम्ति आफ्नो सम्पत्ति खर्च गर्न अनिच्छुक छ, परमेश्वरलाई जीवनभरको मेहनत अर्पण गर्न अनिच्छुक छ; बरु, ऊ के भन्छ भने, परमेश्वरले अति गर्नुभएको छ, परमेश्वरबारे धेरै कुरा मानिसका धारणाअनुरूप छैनन्। यस्तो मानवताका साथ, तिमीहरूले आफ्नो सारा मेहनत लगाए पनि, तिमीहरूले परमेश्वरको स्वीकृति प्राप्त गर्न सक्नेथिएनौ, तिमीहरूले परमेश्वरको खोजी नगर्ने तथ्यबारे त कुरै नगरौँ। तिमीहरू मानवजातिको त्रुटिपूर्ण सामान हौ भनी के तिमीहरूलाई थाहा छैन? कुनै पनि मानवता तिमीहरूको भन्दा कम छैन भनी के तिमीहरूलाई थाहा छैन? अरू व्यक्तिहरूले तिमीहरूलाई आदर गर्न के भन्छन् भनी के तिमीहरूलाई थाहा छैन? परमेश्वरलाई साँचो प्रेम गर्ने व्यक्तिहरूले तिमीहरूलाई ब्वाँसोको पिता, ब्वाँसोकी आमा, ब्वाँसोको छोरो, ब्वाँसोको नाति भन्छन्; तिमीहरू ब्वाँसोको सन्तान, ब्वाँसोको मानिसहरू हौ, र तिमीहरूलाई आफ्नो परिचय थाहा हुनुपर्छ र त्यसलाई कहिल्यै पनि बिर्सनु हुँदैन। तिमीहरू कुनै उत्कृष्ट व्यक्तित्वहरू हौ भनी विचार नगर: तिमीहरू मानवजातिका बीचमा सबैभन्दा अमानवीय क्रूर समूहको सदस्यहरू हौ। के तिमीहरूलाई यसको विषयमा केही पनि थाहा छैन? मैले तिमीहरूका बीचमा काम गरेर कति धेरै जोखिम उठाएको छु भनी के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूको चेतना फेरि सामान्य बन्न सक्दैन भने, र तिमीहरूको विवेकले सामान्य रूपमा काम गर्न सक्दैन भने, तिमीहरूले “ब्वाँसो” भन्ने नामबाट कहिल्यै छुटकारा पाउनेछैनौ, तिमीहरू श्रापको दिनबाट उम्किने छैनौ र तिमीहरू आफ्नो दण्डको दिनबाट उम्किने छैनौ। तिमीहरू निम्न स्तरमा जन्मियौ, कुनै पनि मूल्य नभएको थोकको रूपमा जन्मियौ। तिमीहरू प्रकृतिगत रूपमा नै भोका ब्वाँसाहरूको झुण्ड, टुटे-फुटेका टुक्राहरू र रद्दीको थुप्रो हौ, म तिमीहरूले गरे जस्तो, व्यक्तिगत प्राप्तिका खातिर तिमीहरूमाथि काम गर्दिनँ, बरु कामको खाँचोका कारण गर्छु। यदि तिमीहरू यसरी विद्रोही हुन जारी राख्छौ भने, म आफ्नो काम रोक्नेछु, र तिमीहरूमा फेरि कहिल्यै काम गर्नेछैनँ; यस विपरीत, मलाई मन पर्ने समूहमाथि म मेरो काम सार्नेछु, र यसरी तिमीहरूलाई सदाका लागि छोडिदिनेछु, किनकि मप्रति शत्रुता राख्नेहरूलाई हेर्न म अनिच्छुक छु। त्यसैले, के तिमीहरू मसँग मिल्ने हुन चाहन्छौ, कि मप्रति शत्रुता राख्न चाहन्छौ?