अध्याय २९

समय झन्-झन् छोट्टिँदैछ भन्‍ने के तँलाई थाहा छ? त्यसकारण, छोटो अवधिमा, तैँले ममा भरोसा गर्नुपर्छ र मेरो स्वभावसँग नमिल्‍ने सबै कुरालाई तँबाट पन्छ्याउनुपर्छ: अज्ञानता, प्रतिक्रिया दिनमा ढिलाइ गर्ने बानी, अस्पष्ट विचारहरू, कोमल-हृदय, कमजोर इच्‍छा, मूर्खता, अतिरंजित भावनाहरू, अन्योलता, र भेदशक्तिको कमी। यी कुराहरूलाई जति सक्दो चाँडो हटाउनुपर्छ। म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ! जबसम्‍म तँ मसँग सहकार्य गर्न इच्‍छुक हुन्छस्, तबसम्‍म म तँलाई समस्यामा पार्ने सबै कुरालाई समाधान गर्न सक्छु। म मानिसहरूको हृदयको गहिराइ देख्‍न सक्‍ने परमेश्‍वर हुँ; मलाई तिमीहरूका सबै रोगहरू र तिमीहरूका खराबीहरू कहाँ छन् भन्‍ने सबै थाहा छ। यी कुराहरू तिमीहरूलाई जीवनमा अघि बढ्नबाट रोक्‍ने कुराहरू हुन्, र तिनलाई तुरुन्तै हटाइनुपर्छ। नत्र भने, तँमा मेरो इच्‍छालाई अघि बढाउन सकिनेछैन। मैले प्रकाशित गर्ने तँमा भएको सबै कुरालाई त्याग्‍नको लागि ममाथि भरोसा गर्, सधैँ मद्वारा जिऊ, मेरो नजिक बस्, र मेरै अनुरूपमा सबै काम र बानीबेहोरालाई अघि बढा। तैँले नबुझ्ने कुराको बारेमा मसँग धेरैजसो बारम्‍बार सङ्गति गर्, अनि तँ अगाडि बढ्न सक्‍ने गरी म तँलाई अगुवाइ गर्नेछु। यदि तँ अनिश्‍चित छस् भने, हतारमा काम नगर्, तर मेरो समयको प्रतीक्षा गर्। आफ्‍नो स्वभावलाई स्थिर राख् र तेरो जोसलाई घरी तातो र घरी चिसो हुन नदे; तँमा सधैँ मेरो डर मान्ने हृदय हुनुपर्छ। तैँले मेरो अघि र मेरो नजरभन्दा बाहिर जे गर्छस् त्यो सधैँ मेरै इच्‍छा अनुरूप हुनुपर्छ। मेरो खातिर कसैसँग पनि उदार नबन्, चाहे त्यो तेरो पति होस् वा तेरो परिवार; तिनीहरू जति नै असल भए पनि यस्तो कुरा स्वीकार्य हुँदैन। तैँले सत्यता अनुरूप नै काम गर्नुपर्छ। यदि तँ मलाई प्रेम गर्छस् भने, म तँलाई महान् आशिषहरू दिनेछु। विरोध गर्ने कसैलाई पनि म सहनेछैन। मैले प्रेम गर्नेहरूलाई प्रेम गर्, र मैले घृणा गर्नेहरूलाई घृणा गर्। कुनै पनि मानिस, घटना, वा कुरालाई ध्यान नदे। तेरो आत्माद्वारा हेर् अनि मैले प्रयोग गर्ने मानिसहरूलाई स्पष्ट रूपमा देख्; आत्मिक मानिसहरूसँग अझै बारम्‍बार सम्पर्कमा बस्। अज्ञानी नबन्—तैँले कुराहरू छुट्याउनैपर्छ। गहूँ सधैँ गहूँ नै हुनेछ, अनि सामा कहिल्यै पनि गहूँ भई हुर्कनेछैन—तैँले फरक-फरक प्रकारका मानिसहरूलाई पहिचान गर्नैपर्छ। तँ आफ्‍नो बोली-वचनमा विशेष होशियार हुनुपर्छ र तैँले आफ्‍नो पाइलालाई मैले चाहेको मार्गमा नै राख्‍नुपर्छ। यी सबै वचनहरूलाई ध्यान दिएर विचार गर्। तैँले तेरो विद्रोहीपनलाई तुरुन्तै त्याग्‍नुपर्छ र मेरो प्रयोगयोग्य बन्‍नुपर्छ, ताकि तैँले मेरो हृदयलाई सन्तुष्ट तुल्याउन सक्।

अघिल्लो: अध्याय २८

अर्को: अध्याय ३०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्