अपराधले मानिसलाई नरकतर्फ डोर्‍याउनेछ

मैले तिमीहरूलाई धेरै चेतावनीहरू दिएको छु र तिमीहरूलाई जित्ने मनसाय भएका धेरै सत्यहरू तिमीहरूलाई प्रदान गरेको छु। अहिले सम्ममा, तिमीहरू सबैले तिमीहरू विगतमा भन्दा अत्यन्तै धेरै समृद्ध भएको महसुस गर्छौ, तिमीहरूले व्यक्ति कस्तो हुनुपर्छ भन्‍ने बारेका धेरै सिद्धान्तहरू बुझेका छौ, र तिमीहरूले धेरै हदसम्म विश्‍वसनीय मानिसहरूसँग हुनुपर्ने सामान्य सुझबुझ प्राप्त गरेका छौ। यी सबै ती कटनी हुन् जुन तिमीहरूले धेरै वर्षको अन्तरालमा जम्मा गरेका हौ। म तिमीहरूका उपलब्धिहरूलाई इन्कार गर्दिन, तर मैले खुलस्त रूपमा यो पनि भन्नुपर्छ कि यी धेरै वर्षहरूको अन्तरालमा तिमीहरूले म विरुद्ध गरेका असंख्य विद्रोह र विश्वासघातहरूलाई पनि म नकार्दिनँ, किनभने तिमीहरू माझमा एक जना पनि सन्त छैन। तिमीहरू शैतानले भ्रष्ट पारेका मानिसहरू हौ भन्‍नेमा कुनै अपवाद छैन; तिमीहरू ख्रीष्टका शत्रुहरू हौ। आजको मितिसम्ममा तिमीहरूका अपराध र विद्रोह अनगिन्ती भएका छन्, त्यसैले मैले तिमीहरूलाई निरन्तर सताइरहेको छु भन्‍ने कुरालाई विरलै मात्र अनौठो मान्न सकिन्छ। म यस्तो तरिकाले तिमीहरूसँग सह-अस्तित्वमा रहन सक्दिन—तर तिमीहरूको भविष्यको निम्ति, तिमीहरूको गन्तव्यहरूको निम्ति, म, यहाँ र अहिले, फेरि एक पटक म तिमीहरूलाई झिज्याउँछु। मलाई आशा छ, तिमीहरूले मलाई अझ धेरै बुझाइ देखाउन सक्छौ, र त्यसबाहेक, तिमीहरूले मेरा हरेक वाणीहरूमा विश्‍वास गर्न र मेरा वचनहरूको गहन अर्थ बोध गर्न सक्‍नेछौ। म जे भन्छु त्यसमा शङ्का नगर, झन् मेरा वचनहरूलाई त्यतिकै टिप्नु अनि त्यसपछि मनलागी पन्छ्याउनु त परको कुरा हो; म यस कार्यलाई सहन सक्दिन। मेरा वचनहरूलाई जाँच नगर, र तिनीहरूलाई हल्का रूपले लिने वा मैले सधैँ तिमीहरूको परीक्षा लिँदैछु भन्‍ने कुरा गर्दै-नगर, वा त्योभन्दा खराब रूपमा, मैले तिमीहरूलाई जे भने त्यसलाई गलत छ भनेर त झन् भन्दै नभन। यी कुराहरूलाई पनि म सहन सक्दिन। तिमीहरू सधैँ मबारे र मैले भन्ने कुराबारेका सन्देहहरूले भरिन्छौ, मलाई सधैँ उपेक्षा गर्छौ र मेरा वचनहरूलाई बेवास्ता गर्छौ, त्यसैले म तिमीहरू प्रत्येकलाई पूर्ण गम्भीरताका साथ भन्छु: म जे भन्छु त्यसलाई दर्शनसँग नजोड; मेरा वचनहरूलाई छलीहरूको झूटसँग नजोड। झन् अवहेलनाका साथ मेरा वचनहरूप्रति झारा टारुवा हुनु त परको कुरा हो। शायद भविष्यमा कसैले पनि तिमीहरूलाई मैले जे भन्दैछु त्यो भन्न सक्नेछैन वा तिमीहरूसँग यति उदारताका साथ बोल्न सक्नेछैन, अर्थात् यी बुँदाहरूमा यति धैर्यताका साथ तिमीहरूलाई डोर्याउने कुरा त परै जाओस्। तिमीहरूले राम्रो समयको सम्झना गर्दै आउने ती दिनहरू बिताउनेछौ, वा घ्वाँ-घ्वाँ जोडले रुँदै वा पीडामा अइयाअइया भन्दै बस्नेछौ, वा तिमीहरू सत्य वा जीवनको एक त्यान्द्रो समेत बन्दोबस्त नभइकनै अन्धकार रातमा बाँचिरहेका हुनेछौ वा केवल निराशाका साथ प्रतीक्षा गरिरहेका हुनेछौ, वा तिमीहरूले सम्पूर्ण विवेक गुमाएकोमा अत्यन्तै नमीठो अफसोस मान्दै बसिरहेका हुनेछौ…। वास्तवमा तिमीहरूमध्ये कोही पनि यी सम्भावनाहरूबाट उम्कन सक्दैनौ। किनभने तिमीहरूमध्ये कसैले पनि परमेश्‍वरलाई साँचो रूपले आराधना गर्ने स्थान ओगट्दैनौ बरु तिमीहरूका विश्‍वास, तिमीहरूका आत्मा, प्राण, र शरीरमा जीवन र सत्यतासँग कुनै सम्बन्ध नै नभएका र वास्तवमा तिनका विपरीत हुने धेरै कुराहरू मिसाउँदै आफैलाई दुराचार र दुष्टताको संसारमा डुबाउँछौ। त्यसकारण तिमीहरूको लागि म एउटा मार्ग आशा गर्दछु जसबाट तिमीहरूले ज्योति प्राप्त गर्नेछौ। मेरो एकमात्र आशा भनेको तिमीहरू आफ्नो बन्दोबस्ती, आफ्नो हेरविचार आफैले गर्न सक्षम होऊ अनि तिमीहरूले तिमीहरूका व्यवहार र अपराधहरूप्रति उदासीनता प्रकट गर्दै तिमीहरूको गन्तव्यमा मात्र धेरै जोड नेदेऊ भन्‍ने हो।

लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्‍वरका विश्‍वासीहरू सबैले नै अचानक तिनीहरूको भाग्य चम्कनेछ भनी आशा गर्छन्। तिनीहरू सबैले तिनीहरूलाई थाहा हुनुअघि नै शान्तिपूर्वक स्वर्गको एउटा वा अर्को स्थानमा तिनीहरू बसिसकेको पाउनेछन् भनी आशा गर्छन्। तर म भन्छु कि सुन्दर विचारहरू भएका ती मानिसहरूले तिनीहरू स्वर्गबाट झरी आउने त्यस्तो सौभाग्य प्राप्त गर्नको लागि वा त्यहाँको कुनै स्थानमा बस्नको लागि योग्य छन् कि छैनन् भनेर कहिल्यै पनि जानेका छैनन्। तिमीहरूसँग वर्तमान समयमा आफ्नो बारेमा राम्रो ज्ञान छ, तैपनि तिमीहरूले अझै पनि आखिरी दिनहरूका विपत्तिहरूबाट र उहाँले दुष्टहरूलाई सजाय दिँदै गर्दा सर्वशक्तिमानका हातहरूबाट उ‍म्कने आशा गर्छौ। यस्तो देखिन्छ कि मीठा सपना देख्नु र आफूले चाहेको जस्तै कुराहरू पाउने इच्छा गर्नु शैतानद्वारा भ्रष्ट पारिएका सबै मानिसहरूको एक साझा विशेषता हो अनि त्यो कुरा कोही एक्लो व्यक्तिको कुनै निपुर्ण चाल होइन। त्यति हुँदाहुँदै पनि, म अझै पनि तिमीहरूका यी अनावश्यक इच्छाहरूका साथसाथै आशीर्वादहरू प्राप्त गर्ने तिमीहरूको उत्सुकताको अन्त्य गर्न चाहन्छु। तिमीहरूका अपराधहरू अनगिन्ती छ र तिमीहरूको विद्रोहीपन सधैँ बढिरहन्छ भन्‍ने कुरालाई ध्यानमा राख्दा, यी कुराहरू कसरी भविष्यको लागि तिमीहरूको सुन्दर योजनाहरूसँग मेल खान सक्छन्? यदि तैँले मनोमानी ढङ्गले कुनै कुरा बाँकी नराखी गल्ती गरिरहन्छस्, तर त्यति नै बेला आफ्नो सपना पनि अझै पूरा होस् भन्‍ने चाहन्छस् भने, म तँलाई तेरो अचेतपनलाई जारी राख्न अनि कहिल्यै पनि नब्युँझन आग्रह गर्छु—किनभने त्यो तेरो खोक्रो सपना हो र धर्मी परमेश्‍वरको उपस्थितिमा उहाँले तेरो लागि कुनै अपवाद सृजना गर्नुहुनेछैन। यदि तैँले केवल तेरो सपना पूरा होस् भन्‍ने चाहन्छस् भने, कहिल्यै पनि सपना नदेख्; बरु सधैँ सत्य र तथ्यको सामना गर्। तँलाई मुक्ति दिन सकिने एउटै मात्र तरिका यही मात्रै हो। ठोस शब्दहरूमा भन्दा, यो तरिकाका चरणहरू के-के हुन्?

सर्वप्रथम, तेरा सबै अपराध जाँच् र सत्यतासँग मेल नखाने तेरा जुनसुकै व्यवहार र सोचहरूको जाँच गर्।

यो तैँले सजिलैसँग गर्न सक्‍ने एउटा कुरा हो, र मलाई सबै बुद्धिमान मानिस यो कुरा गर्न सक्छन् भन्‍ने लाग्छ। तर, अपराध र सत्यता के हुन् भन्‍ने नै थाहा नभएकाहरू अपवाद हुन्, किनभने तिनीहरू आधारभूत तहमा बुद्धिमान मानिस होइनन्। म ती मानिसहरूसँग कुरा गरिरहेको छु, जसलाई परमेश्‍वरले अनुमोदन गर्नुभएको छ, जो इमानदार छन्, अनि जसले गम्भीर रूपमा प्रशासनिक आदेशहरू उल्लङ्घन गरेका छैनन्, र जो आफ्ना अपराधहरू सजिलैसित खुट्ट्याउन सक्छन्। मैले तिमीहरूसँग माग गर्ने यो कुरा हासिल गर्न सजिलो भए तापनि, यो मैले तिमीहरूसँग माग गरेको एक मात्र कुरा होइन। जे भए पनि, म तिमीहरू यस मागप्रति भित्रभित्रै हाँस्नेछैनौ, अनि विशेष गरी तिमीहरू यसलाई तुच्छ ठान्नेछैनौ वा यसलाई हल्का रूपले लिनेछैनौ भन्‍ने आशा गर्छु। तिमीहरूले यसलाई गम्भीर रूपमा लिनुपर्छ, र उदासीन हुनु हुँदैन।

दोस्रो कुरा, तैँले आफूले गरेका हरेक अपराध र विद्रोहका हकमा, ती समाधान गर्न सम्बन्धित सत्यता भेट्टाउनुपर्छ, अनि त्यसपछि तेरा ती अपराधी कार्यहरू र विद्रोही विचार र कार्यहरूलाई सत्यताको अभ्यासद्वारा प्रतिस्थापन गर्नुपर्छ।

तेस्रो कुरा, तँ निष्कपट व्यक्ति हुनुपर्छ; धूर्त व्यवहार गर्ने कोसिस नगर्, र छली व्यक्ति नहो। (यहाँ म तिमीहरू फेरि पनि इमानदार व्यक्ति बन्नुपर्ने माग गरिरहेको छु।)

यदि तँ यी तीन वटै कुरा पूरा गर्न सक्छस् भने, तँ भाग्यमानी होस्—तँ यस्तो व्यक्ति होस्, जसको सपना पूरा हुन्छ र जसले राम्रो भाग्य पाउँछ। सायद तिमीहरूले यी तीन साधारण मागलाई गम्भीर रूपमा लिनेछौ, वा सायद तिमीहरूले गैरजिम्मेवारपूर्ण तरिकाले तीमाथि तिनलाई सरसर्ती हेर्नेछौ। जे भए पनि, मेरो उद्देश्य भनेको तिमीहरूको सपना पूरा गर्नु र तिमीहरूका आकाङ्क्षाहरू साकार पार्नु हो, तिमीहरूको खिल्ली उडाउनु वा तिमीहरूसँग खेलबाड गर्नु होइन।

मेरा मागहरू सरल हुन सक्छन्, तर मैले तिमीहरूलाई भनिरहेको कुरा एकमा एक जोड्दा दुई हुन्छ भन्‍ने जत्तिको सरल छैन। यदि तिमीहरू यसबारे ख्यालख्यालमा कुरा मात्रै गर्छौ, वा खोक्रा, आडम्बरी भनाइहरू भट्याउने मात्रै गर्छौ भने, तिमीहरूका खाकाहरू र तिमीहरूका इच्छाहरू सधैँभरि खाली पाना मात्र रहनेछन्। ममा तिमीहरूमध्येका त्यस्ता व्यक्तिहरूप्रति कुनै पनि दयाभाव हुनेछैन जो वर्षौँसम्म कष्ट सहन्छन् र कडा मेहनत गर्छन् तैपनि तिनीहरूसँग देखाउने कुनै कुरा नै हुँदैन। यसको विपरीत, म मेरा मागहरू पूरा नगरेकाहरूलाई सजाय दिन्छु, इनाम दिन्नँ, सहानुभूति दिनु त परै जाओस्। तिमीहरूलाई वर्षौँसम्‍म अनुयायी भएर आफूले जे भए पनि कडा मेहनत गरेको, र जस्तोसुकै अवस्थामा पनि पनि श्रमिक हुन र परमेश्‍वरको घरमा फाइदा सकिन्छ भन्ने लाग्ला। म त भन्छु, तिमीहरूमध्ये अधिकांशले यसरी नै सोच्छन्, किनभने तिमीहरूले सधैँ कसरी कामकुराहरूबाट फाइदा लिने र आफूबाट फाइदा लिन नदिने सिद्धान्त पछ्याएका छौ। यसरी, अब म तिमीहरूलाई पूर्ण गम्भीरताका साथ भन्दैछु: म तैँले एकदमै मेहनत गरेको छस् कि छैनस् र ठूला योगदानहरू दिएको छस् कि छैनस्, तँ वरिष्ठ होस् कि होइनस्, तँ मलाई निकट रूपमा पछ्याउँछस् कि पछ्याउँदैनस्, तँ निकै प्रख्यात छस् कि छैनस्, वा तेरो मनोवृत्तिमा सुधार आएको छ कि छैन भन्ने कुराको मतलब गर्दिनँ; यदि तैँले मेरा मागहरूअनुसार कार्य गरेको छैनस् भने, तँ मेरो अनुमोदन कहिल्यै प्राप्त गर्न सक्नेछैनस्। तिमीहरूले जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचार र योजनाहरू त्याग्नु र मेरा मागहरूलाई गम्भीरताका साथ लिनु राम्रो हुन्छ। अन्यथा, म सबैलाई खरानी पारिदिनेछु र यसरी मेरो काम समाप्त गरिदिनेछु; बढीमा, मेरो वर्षौँको काम र कष्ट व्यर्थ जानेछ—किनभने म मेरा शत्रुहरूलाई अनि दुष्टताको गन्ध आउने र त्यही पुरानो शैतानी रूप भएकाहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को युगमा लैजान सक्दिनँ।

मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु, तिमीहरू उचित र शिष्ट तवरले आफूलाई आचरणमा ढाल्न, अर्पित भएर आफ्ना कर्तव्यहरू निर्वाह गर्न, सत्यता र मानवता बोक्न, परमेश्‍वरका लागि आफ्नो जीवनलगायत सबै कुरा त्याग्न सक्ने मानिस हुन, इत्यादि गर्न सक्छौ। यी सबै आशा तिमीहरूका अपर्याप्तताहरू अनि तिमीहरूका भ्रष्टता र विद्रोहीपनसँग सम्बन्धित हुन्छन्। यदि मैले तिमीहरूसँग गरेका कुनै पनि संवादहरूले तिमीहरूको ध्यान खिच्न अपर्याप्त रहेका छन् भने, सम्भवतः मैले अब गर्न सक्ने सबै कुरा भनेको थप केही नबोल्नु मात्र हो। तथापि, त्यसको परिणाम के हुन्छ भनेर तिमीहरू बुझ्छौ। म त्यति धेरै पटक थकाइ मार्दिनँ, त्यसैले यदि म बोल्दिन भने मानिसहरूले हेर्नको लागि म केही गर्नेछु। म कसैको जिब्रो कुहाउन सक्छु, वा कसैलाई अङ्गभङ्ग भई मर्ने बनाउन सक्छु, वा मानिसहरूलाई स्नायु अपाङ्गता दिलाउन सक्छु अनि तिनीहरूलाई धेरै तवरमा कुरूप देखिने बनाउन सक्छु। त्यसपछि पनि फेरि, म मानिसहरूलाई पीडा सहन लगाउन सक्छु जुन मैले विशेष गरी तिनीहरूकै लागि भनेर तयार गरेको छु। यसरी म खुशी हुन्थें, धेरै खुशी हुन्थें, र एकदमै धेरै सन्तुष्ट हुन्थें। सधैँ भनिएको छ कि “राम्रोलाई राम्रैले अनि दुष्टतालाई दुष्टताले नै तिरिन्छ”, त्यसो भए अहिले किन त्यसो नगर्ने? यदि तैँले मलाई विरोध गर्न चाहन्छस् र मलाई केही न्याय गर्छस् भने म तेरो मुख कुहाइदिनेछु, र त्यसले मलाई अत्याधिक खुशी दिलाउनेछ। यस्तो किन हो भने अन्ततः तैँले जे गरेको छस् त्यो सत्यता हुँदै-होइन, जीवनसँग यसको कुनै सम्बन्ध हुने कुरा त परै जाओस्, जबकी मैले गर्ने हरेक कुराहरू सत्यता हुन्; मेरा सबै कार्यहरू मेरो काम र मैले तयार गरेको प्रशासनिक नियमहरूको सिद्धान्तहरूसँग सम्बन्धित छन्। त्यसकारण, म तिमीहरू प्रत्येकलाई केही सद्गुण एकत्रित गर्न, त्यति धेरै दुष्टताको कार्य नगर्न र फुर्सदको समयमा मेरा मागहरूको बारेमा ध्यान दिन आग्रह गर्छु। त्यसपछि म आनन्दित महसुस गर्नेछु। यदि तिमीहरूले देहमा लगाउने प्रयत्नको एक हजारको एक भाग मात्र सत्यताको लागि योगदान (वा दान) गर्थ्यौ भने, म त भन्छु, तिमीहरूले बारम्बार अपराधहरू गर्दैनथ्यौ र तिमीहरूका मुखहरू कुहिएका हुँदैनथे। के यो स्पष्ट छैन र?

तैँले जति धेरै अपराधहरू गर्छस् त्यति नै थोरै राम्रो गन्तव्य प्राप्त गर्ने अवसरहरू पाउनेछस्। यसको विपरीत, तैँले जति थोरै अपराधहरू गर्छस् त्यति नै धेरै परमेश्‍वरबाट तेरो प्रशंसा हुने सम्भावना हुन्छ। यदि तेरा अपराधहरू मैले तँलाई क्षमा दिनै नसक्ने हदसम्म बढ्दै जान्छ भने तैँले क्षमा हुने आफ्‍नो मौका पूर्ण रूपमा गुमाइसकेको हुनेछस्। यसै गरी, तेरो गन्तव्य पनि माथि हुँदैन, तल हुन्छ। यदि तैँले मलाई विश्‍वास गर्दैनस् भने तँ साहसी बन् र गलत काम गर्, अनि हेर् तैँले त्यसबाट के पाउँछस्। यदि तँ सत्यताको अभ्यास गर्ने निष्कपट व्यक्ति होस् भने तैँले निश्चय पनि तेरा अपराधहरूको लागि क्षमा पाउने अवसर प्राप्त गर्नेछस्, र तैँले झनझन कम मात्रामा विद्रोह गर्नेछस्। यदि तँ सत्यताको अभ्यास गर्न अनिच्‍छुक व्यक्ति होस् भने, अवश्य पनि परमेश्‍वरसामु तेरा अपराधहरूको संख्या बढ्नेछ र तैँले तबसम्‍म झन्-झन् बढी विद्रोह गर्दै जानेछस् जबसम्‍म तँ तेरो सीमिततामा पुग्छस्, जुन तेरो पूर्ण विनाशको समय हुनेछ। यो त्यही समय हुनेछ जब आशिष्‌हरू प्राप्त गर्ने तेरो मीठो सपना चकनाचूर हुनेछ। आफ्ना अपराधहरूलाई केवल अपरिपक्व वा मूर्ख व्यक्तिले गरेका गल्तीहरूको रूपमा मात्रै नमान्; तैँले आफ्नो कमजोर क्षमताले यसो गर्न असम्भव बनाएकोले गर्दा आफूले सत्यताको अभ्यास गरिन भन्‍ने बहानाबाजी नगर्। यसबाहेक, तैँले गरेका अपराधहरूलाई केवल त्योभन्दा राम्रो केही थाहा नभएको व्यक्तिले गरेका कार्यहरूको रूपमा नमान्। यदि तँ आफूलाई क्षमा गर्न र आफूलाई उदारताका साथ व्यवहार गर्नमा खप्पिस छस् भने म त भन्छु तँ एक काँतर होस् जसले कहिल्यै पनि सत्यता हासिल गर्नेछैन, न त कहिल्यै तेरा अपराधहरूले तेरो पिछा गर्न नै छाड्नेछन्; तिनीहरूले तँलाई सधैँ सत्यताका मागहरू पूरा गर्नबाट रोक्नेछन्, र तँलाई सधैँको लागि शैतानको बफादार रहने बनाउनेछन्। अझै पनि तेरो लागि यो मेरो सुझाव हो: आफ्ना लुकेका अपराधहरूलाई देख्न नसकी आफ्नो गन्तव्यमा मात्र ध्यान नदे; अपराधहरूलाई गम्भीर रूपमा हेर्, र तीमध्ये कुनै पनि अपराधलाई आफ्नो गन्तव्यको सरोकारको कारण बेवास्ता नगर्।

अघिल्लो: तीन अर्तीहरू

अर्को: परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्त्वपूर्ण हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्