तीन अर्तीहरू

परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा तैँले सबै कुरामा उहाँ बाहेक अरू कसैप्रति बफादार रहनु हुँदैन र हरेक कुरामा उहाँका अभिप्रायसँग मिल्न सक्नुपर्छ। तथापि, सबैले यो सन्देश बुझे पनि, मानिसका विविध कठिनाइहरूको कारण—उदाहरणको लागि, उसको अज्ञानता, निरर्थकता र भ्रष्टताको कारण—यी सत्यहरू उसमा सम्पूर्ण रूपले स्पष्ट देखिँदैनन्, जुन सबैभन्दा स्पष्ट र आधारभूत कुराहरू हुन्, त्यसैले तिमीहरूको अन्त्य अपरिवर्तनीय हुनुभन्दा अगाडि, म पहिले तिमीहरूलाई तिमीहरूको लागि अत्याधिक महत्त्वका केही कुराहरू बताउन चाहन्छु। म अघि बढ्नुभन्दा पहिले, तिमीहरूले यो बुझ्‍नुपर्छ: मैले बोल्ने वचनहरू सम्पूर्ण मानवजातिप्रति लक्षित सत्यताहरू हुन्; तिनीहरू केवल निश्‍चित व्यक्ति वा निश्‍चित प्रकारको व्यक्तिको लागि मात्र सम्बोधन गरिएका होइनन्। त्यसकारण, तिमीहरूले मेरा वचनहरू सत्यताको दृष्टिकोणबाट बुझ्न ध्यान केन्द्रित गर्नुपर्छ र तिमीहरूसँग अविभाजित ध्यान र इमानदारीताको मनोवृत्ति हुनुपर्छ; मैले बोलेका कुनै पनि वचन वा सत्यतालाई बेवास्ता नगर्नू र मैले बोलेका सबै वचनहरूलाई हल्का रूपमा नलिनू। तिमीहरूले तिमीहरूको जीवनमा सत्यतासँग सान्दर्भिक नहुने धेरै कुराहरू गरेका छौ भन्‍ने मैले देखेको छु र त्यसैले म तिमीहरूलाई विशेष अनुरोध गर्दछु, कि तिमीहरू सत्यताका सेवकहरू बन, तिमीहरू दुष्टता र कुरूपताको दास नबन र तिमीहरूले सत्यतालाई नकुल्चिओ वा परमेश्‍वरको घरको कुनै पनि भागलाई अपवित्र नतुल्याओ। तिमीहरूलाई मेरो अर्ती यही हो। अब म हालको विषयमा कुरा गर्नेछु।

पहिलो, तिमीहरूको नियतिको लागि, तिमीहरूले परमेश्‍वरको स्वीकृति खोजी गर्नुपर्छ। भन्नुको मतलब, तिमीहरूले आफू परमेश्‍वरको घरानाको एक सदस्य भएको कुरा स्वीकार गरेको हुनाले तिमीहरूले परमेश्‍वरकहाँ मनको शान्ति ल्याउनुपर्छ र सबै कुराहरूमा उहाँलाई सन्तुष्ट पार्नुपर्छ। अर्को शब्दमा भन्‍ने हो भने, तँ आफ्ना सबै कार्यहरूमा अनुशासित हुनुपर्छ र तिनीहरूमा सत्यता बमोजिम चल्नुपर्छ। यदि यो कुरा तिमीहरूको वशभन्दा बाहिर छ भने परमेश्‍वरले तिमीहरूलाई तिरस्कार गर्नुहुनेछ र हरेक मानिसले घृणा गर्नेछ। तिमीहरू यस्तो बन्धनमा फसिसकेपछि, तिमीहरूलाई परमेश्‍वरको घरानाको सदस्यको रूपमा गणना गर्न सकिँदैन, र परमेश्‍वरले स्वीकृति नदिनु भन्नुको मतलब ठ्याक्कै यही हो।

दोस्रो, परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। सारमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, त्यसैले परमेश्‍वरले उहाँप्रति एकदम इमानदार हुनेलाई मन पराउनुहुन्छ। इमानदारिता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्‍ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। मैले जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूको लागि त्यो दुई गुणा बढी मुस्किल छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्‍ने कुरा त्यत्ति आश्‍चर्यपूर्ण कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्‍ने कुरा म राम्ररी जान्दछु। तिमीहरू सबै यति चलाख भएका छौ र मानिसहरूलाई आफ्नै तुच्छ मापदण्डले मापन गर्न एकदमै सिपालु भएका छौ, त्यसैले, यसले मेरो कार्यलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै विपदमा पार्नेछु ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुन सक्छौ। अन्त्यमा, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्‍ने शब्दहरू खोस्नेछु र त्यसपछि तिमीहरू आफ्ना छाती पिट्दै र “मानिसको हृदय छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति कस्तो होला? मलाई लाग्छ, तिमीहरू अहिलेको जति विजयी हुनेछैनौ र आजभन्दा एकदमै कम “गहन र दुर्बोध” हुनेछौ। परमेश्‍वरको उपस्थितिमा, केही मानिसहरू पूर्ण रूपमा स्वच्छ र सही हुन्छन्, उनीहरू “शिष्ट” हुनको लागि कोसिस गर्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाँतहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको रूपमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म भन्छु कि तिमीहरू सत्यता अभ्यास गर्न अनिच्छुक व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना कठिनाइहरू अरूसामु ल्याउन अत्यन्तै वितृष्ण छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्। यदि तँलाई सत्यताको मार्ग खोजी गर्दा नै धेरै खुसी मिल्छ भने, तँ त्यस्तो व्यक्ति होस् जो सधैँ उज्यालोमा बस्छ। यदि तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुन खुसी छस्, गुमनाम रही लगनशील भई काम गर्छस्, सधैँ दिन्छस्, कहिल्यै लिँदैनस् भने म भन्छु कि तँ बफादार सन्त होस् किनभने तैँले कुनै इनाम खोज्दैनस्, तँ केवल इमानदार हुन खोज्छस्। यदि तँ स्पष्टवादी बन्न इच्छुक छस् भने, यदि तँ आफ्नो सबथोक समर्पण गर्न इच्छुक छस् भने, यदि तँ परमेश्‍वरको लागि आफ्नो जीवन बलिदान दिन सक्षम छस् र आफ्नो गवाहीमा दृढ रहन्छस् भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफ्नोबारे नसोच्ने र आफ्नो लागि केही नलिने हदसम्मको इमानदार छस् भने तब म भन्छु कि त्यस्ता मानिसहरू ज्योतिमा पोषित हुनेहरू हुन् र जो राज्यमा सदासर्वदा जिउनेछन्। तैँले तँमा साँचो विश्‍वास र साँचो बफादारीता छ कि छैन, तँमा परमेश्‍वरको लागि कष्ट भोगेको अभिलेख छ कि छैन र तँ सम्पूर्ण रूपले परमेश्‍वरप्रति समर्पण भएको छस् कि छैनस् भनेर थाहा पाउनुपर्छ। यदि तँसँग यी कुराहरूको कमी छ भने तँभित्र विद्रोहीपन, छल, लोभ र गुनासो छन्। तेरो हृदय इमानदारीदेखि दूर भएकोले तैँले परमेश्‍वरबाट कहिल्यै पनि मान्यता प्राप्त गरेको छैनस् र प्रकाशमा कहिल्यै पनि बसेको छैनस्। आखिरमा व्यक्तिको नियति कसरी तय हुन्छ भन्‍ने कुरा उनीहरूसँग इमानदार र रगत झैं रातो हृदय छ कि छैन र उनीहरूसँग विशुद्ध आत्मा छ कि छैन भन्‍ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो एकदमै बेइमान छ, त्यस्तो व्यक्ति जोसँग कपटी हृदय छ, त्यस्तो व्यक्ति जोसँग अशुद्ध प्राण छ भने तँ त्यो ठाउँमा पुग्ने कुरा निश्चित छ जहाँ तेरो नियतिको विवरणमा लेखिए अनुरूप तँलाई दण्ड दिइन्छ। यदि तँ आफू एकदमै इमानदार छु भनेर दाबी गर्छस् तर कहिल्यै पनि सत्य अनुरूप व्यवहार गर्न सक्दैनस् वा सत्यको वचन बोल्न सक्दैनस् भने के तैँले अझै परमेश्‍वरबाट इनाम पाउन प्रतीक्षा गरिरहेको छस्? के तँ अझै परमेश्‍वरले तँलाई उहाँको आँखाको नानीझैं राख्नुहुन्छ भन्‍ने आशा गर्छस्? के यस्ता सोचहरू निरर्थक छैनन् र? तैँले सबै कुराहरूमा परमेश्‍वरलाई धोका दिन्छस्; अनि अपवित्र हातहरू भएका तँ जस्तालाई परमेश्‍वरको घरले कसरी अटाउन सक्थ्यो?

मैले तिमीहरूलाई भन्न चाहेको तेस्रो कुरा हो: प्रत्येक व्यक्तिले परमेश्‍वरप्रतिको विश्‍वासमा आफ्नो जीवन जिउने क्रममा परमेश्‍वरलाई धोका दिने र प्रतिरोध गर्ने खालका कामहरू गरेको छ। केही दुष्कर्महरूलाई कसूरको रूपमा उल्लेख गरिरहनु आवश्यक छैन, तर केही भने अक्षम्य छन्; किनभने त्यसमा धेरै कर्महरू छन् जसले प्रशासनिक विधि उल्लंघन गर्छन् जसले परमेश्‍वरको स्वभावलाई नै अपमान गर्छन्। आफ्नै अन्तको गतिबारेमा चिन्ता गर्ने धेरै व्यक्तिहरूले यी कर्महरू के-के हुन् भनी सोध्न सक्छन्। तिमीहरू स्वभावैले घमण्डी र अहङ्कारी छौ र तथ्यहरूमा समर्पित हुन अनिच्छुक छौ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। यसकारण, तिमीहरूले आफ्नै बारेमा चिन्तन गरेपछि अलिअलि गरेर म तिमीहरूलाई बताउनेछु। म तिमीहरूलाई प्रशासनिक आदेशका विषयवस्तुहरूको बारेमा अझ राम्रो बुझाइ हासिल गर्न र परमेश्‍वरको स्वभावको बारेमा जान्ने प्रयास गर्न आग्रह गर्दछु। होइन भने, तिमीहरूले आफ्ना ओठहरू बन्द राख्न गाह्रो महसुस गर्नेछौ र तिमीहरूका जिब्राहरू ठूलठूला लाग्ने कुराहरूसँगै स्वतन्त्र रूपले चल्न थाल्नेछ र तिमीहरूले अविवेकपूर्ण तवरले परमेश्‍वरको स्वभावलाई अपमान गर्नेछौ र अँध्यारोमा खस्नेछौ, र पवित्र आत्मा र प्रकाशको उपस्थिति गुमाउनेछौ। तिमीहरू आफ्ना कार्यहरूमा सिद्धान्तहीन भएको कारण, तिमीहरूले आफूले गर्न र भन्न नहुने कुराहरू गर्ने र भन्‍ने गरेको कारण, तिमीहरूले सुहाउँदो दण्ड पाउनेछौ। तँ वचन र कर्ममा सिद्धान्तहीन छस् तर पनि परमेश्‍वर यी दुवै कुरामा सिद्धान्तयुक्त हुनुहुन्छ भन्‍ने कुरा तैँले बुझ्नुपर्छ। तैँले दण्ड पाउने भनेको तैँले परमेश्‍वरको अपमान गरेको कारण हो, मानिसको अपमान गरेको कारण होइन। यदि तैँले तेरो जीवनमा परमेश्‍वरको स्वभाव विरुद्ध धेरै कसूरहरू गर्छस् भने तँ नर्कको सन्तान बन्ने पक्का छ। मानिसलाई तैँले सत्यसँग मेल नखाने केही कार्यहरू मात्र गरेको छस् र त्योभन्दा अरू कुनै कुरा गरेको छैनस् जस्तो लाग्न सक्छ। के तँलाई थाहा छ, परमेश्‍वरको आँखामा तँ यस्तो व्यक्ति होस् जसका निम्ति अब कुनै पापबलि छैन? तैँले परमेश्‍वरको प्रशासनिक आदेशहरू धेरै पल्ट उल्लंघन गरिसकेको हुनाले, र तैँले पश्चात्तापको कुनै पनि सङ्केत नदेखाएको हुनाले, तेरो लागि नर्कभन्दा अन्य कुनै पनि सहारा छैन जहाँ परमेश्‍वरले मानिसलाई दण्डित गर्नुहुन्छ। केही मानिसहरूले परमेश्‍वरको अनुसरण गर्ने क्रममा केही यस्ता कार्यहरू गरे जसले सिद्धान्तहरू उल्लंघन गर्‍यो, तर काँटछाँट गरिएपछि र मार्गदर्शन दिइएपछि, उनीहरूले क्रमशः आफ्नो भ्रष्ट आचरणहरू पत्ता लगाए र त्यसपछि वास्तविकताको सही बाटोमा प्रवेश गरे र उनीहरू आज व्यावहारिक भएका छन्। यस्ता मानिसहरू नै ती व्यक्तिहरू हुन् जो अन्त्यसम्म रहन्छन्। तथापि, मैले खोज्ने भनेका इमानदार व्यक्तिहरू हुन्; यदि तँ इमानदार व्यक्ति होस् र नियमहरू अनुरूप कार्य गर्ने व्यक्ति होस् भने तँ परमेश्‍वरमा दृढ हुन सक्छस्। यदि आफ्ना कार्यहरूमा तैँले परमेश्‍वरको स्वभावलाई अपमान गर्दैनस्, र परमेश्‍वरका अभिप्राय खोज्छस्, र तँमा परमेश्‍वरको डर मान्ने हृदय छ भने तेरो विश्‍वास मापदण्ड अनुरूप छ। जसले परमेश्‍वरको डर मान्दैन र जोसँग त्रासमा काँप्ने हृदय छैन, उनीहरूले परमेश्‍वरको प्रशासनिक विधि उल्लंघन गर्ने सम्भावना धेरै हुन्छ। धेरैले आफ्नो जोशको दममा परमेश्‍वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्‍वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्‍वरको व्यवस्थापनमा बाधा पुऱ्याउने कुराहरू गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई बाहिर फ्याँकिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्‍वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरूले आफ्नो अनभिज्ञ असल नियतको दममा परमेश्‍वरको भवनमा काम गर्छन् र अन्त्यमा परमेश्‍वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्‍वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्‍वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्‍वरसँग पहिलोपल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्‍वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्‍वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्‍वरसँगको निकट निश्‍चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्‍ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने तेरो आवेगपूर्ण सेवाले परमेश्‍वरको घृणा र द्वेष मात्र निम्त्याउँछ। अहिलेसम्ममा तैँले परमेश्‍वरमाथिको विश्‍वास ईश्‍वर शास्‍त्रको अध्ययन मात्र होइन भन्‍ने कुरा बुझिसकेको हुनुपर्छ।

मैले तिमीहरूलाई अर्ती दिएका शब्दहरू संक्षिप्त भए तापनि मैले बताएका ती सबै कुराहरू तिमीहरूमा निकै कमी छ। मैले अहिले बताएका कुराहरू मानिसहरू माझ मेरो अन्तिम कार्यको लागि र मानिसहरूको अन्त्य निर्धारण गर्नको लागि हो भनी तिमीहरूले बुझ्नुपर्छ। म कुनै उद्देश्य नै पूरा नगर्ने अत्याधिक धेरै कार्य गर्न चाहन्न, न त कुहेका काठ जस्तै विवश भई तिमीहरूलाई मार्गदर्शन नै गरिरहन चाहन्छु, झनै गुप्‍तमा गलत नियत थुपारिरहनेहरूलाई अगुवाइ गर्नु त परै जाओस्। शायद एक दिन तिमीहरूले मेरा वचनहरू पछाडिका अभिप्रायहरू र मैले मानवजातिको लागि गरेका योगदानहरूलाई बुझ्‍नेछौ। सायद एक दिन तिमीहरूले त्यो सन्देश बोध गर्नेछौ जसले तिमीहरूलाई आफ्नो अन्त्यबारे निर्णय गर्न सक्षम तुल्याउनेछ।

अघिल्लो: गन्तव्यको सम्‍बन्धमा

अर्को: अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

खोजी गर्ने बाकसमा खोजी गर्ने विषय प्रविष्ट गर्नुहोस्।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्
विषयवस्तु
सेटिङ्ग
पुस्तकहरू
खोजी
भिडियोहरू