ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्

सबै मानिस येशूको साँचो मुहार हेर्ने इच्छा गर्छन्, र सबै जना उहाँसँगै हुने चाहना राख्छन्। मलाई लाग्दैन कि कुनै पनि दाजुभाइ वा दिदीबहिनीले येशूलाई हेर्न वा उहाँसँगै हुन चाहँदिनँ भनेर भन्‍नेछन्। तिमीहरूले येशूलाई देख्नुअघि—तिमीहरूले देहधारी परमेश्‍वरलाई देख्नुअघि—तिमीहरू, उदाहरणका लागि, येशूको रूप, उहाँको बोल्ने तरिका, उहाँको जिउने तरिका, आदिका बारेमा, मनमा अनेक प्रकारका विचारहरू खेलाउँछौ। तर तिमीहरूले उहाँलाई साँच्चै देखेपछि, तिमीहरूका विचारहरू झट्टै परिवर्तन हुनेछन्। यस्तो किन हुन्छ? के तिमीहरू जान्न चाहन्छौ? मानिसको सोचाइलाई बेवास्ता गर्न सकिँदैन, जुन साँचो हो—तर त्योभन्दा बढी, ख्रीष्टको सारले मानिसद्वारा गरिने परिवर्तनलाई सहँदैन। तिमीहरू ख्रीष्टलाई अमर वा सन्त ठान्छौ, तर कसैले पनि उहाँलाई ईश्‍वरीय सार भएको सामान्य व्यक्ति ठान्दैन। यसरी, परमेश्‍वरलाई हेर्न दिनरात लालसा गर्नेहरूमध्ये धेरै जना वास्तवमा परमेश्‍वरसँग शत्रुता राख्छन्, र उहाँसँग मिल्दैनन्। के यो मानिसको गल्ती होइन र? तिमीहरू अहिले पनि ख्रीष्टको मुहार हेर्न योग्य हुन तिमीहरूको विश्वास र बफादारी पर्याप्त छ भन्ने सोच्छौ, तर म तिमीहरूलाई अझ धेरै व्यावहारिक कुराहरूले आफूलाई सुसज्जित गर्न अर्ती दिन्छु! किनभने विगत, वर्तमान, र भविष्यमा, ख्रीष्टको सम्पर्कमा आउने धेरै जना असफल भएका छन् वा असफल हुनेछन्; तिनीहरू सबैले फरिसीहरूको भूमिका खेल्छन्। तिमीहरूको असफलताको कारण के हो? तिमीहरू हरेकको धारणामा एउटा उच्च र प्रशंसाको योग्य ईश्वर भएकै कारणले यस्तो भएको हो। तर सत्य कुरा मानिसले चाहेजस्तो हुँदैन। ख्रीष्ट उच्च त हुनुहुन्न नै, उहाँ अत्यन्तै सानो पनि हुनुहुन्छ; उहाँ एक व्यक्ति मात्र होइन, उहाँ एक साधारण व्यक्ति हुनुहुन्छ; उहाँ स्वर्गमा उक्लन नसक्ने मात्र होइन, उहाँ पृथ्वीमा स्वतन्त्र रूपमा यताउति घुम्न पनि सक्नुहुन्न। यसो हुनाले, मानिसहरू उहाँलाई साधारण व्यक्तिलाई जस्तै व्यवहार गर्छन्; उहाँसँग हुँदा तिनीहरू उहाँलाई हल्का रूपमा लिन्छन्, र उहाँसँग जथाभावी रूपमा बोल्छन्, र सँगसँगै “साँचो ख्रीष्ट” को आगमनको प्रतीक्षा पनि गरिरहेका हुन्छन्। तिमीहरू आइसक्नुभएका ख्रीष्टलाई एक साधारण व्यक्तिका रूपमा लिन्छौ, र उहाँका वचनहरूलाई एक साधारण व्यक्तिका वचनहरूका रूपमा लिन्छौ। यस कारणले गर्दा, तिमीहरूले ख्रीष्टबाट केही पनि प्राप्त गरेका छैनौ, बरु यसको सट्टा आफ्नै कुरूपतालाई पूर्ण रूपमा खुलासा गरेर छर्लङ्ग पारेका छौ।

ख्रीष्टसँग सम्पर्क हुनुअघि, तँलाई तेरो स्वभाव पूर्ण रूपमा परिवर्तन भएको छ, तँ ख्रीष्टको बफादार अनुयायी होस्, र ख्रीष्टको आशिष् प्राप्त गर्न तँभन्दा योग्य अरू कोही छैन भन्‍ने लाग्न सक्छ, किनभने तैँले धेरै बाटोमा यात्रा गरेको छस्, धेरै काम गरेको छस्, र धेरै फल फलाएको छस्, र त्यसैले तँ सोच्छस् कि अन्तमा तँ पक्कै पनि मुकुट प्राप्त गर्नेहरूमध्ये एक हुनेछस्। तर के तँलाई मानिसले ख्रीष्टलाई देख्दा उसको भ्रष्ट स्वभाव अनि उसको विद्रोहीपन र प्रतिरोध प्रकट हुन्छन्, र यस समयमा उसको विद्रोहीपन र प्रतिरोध अरू कुनै पनि समयभन्दा बढी निस्सन्देह र पूर्ण रूपमा खुलासा हुन्छन् भन्ने तथ्य थाहा छ? ख्रीष्ट मानिसको पुत्र—सामान्य मानवता भएको मानिसको पुत्र—हुनुभएकाले नै मानिसले उहाँलाई न त सम्मान गर्छ न त आदर गर्छ। परमेश्‍वर देहमा जिउनुहुने भएकाले नै मानिसको विद्रोहीपन यति पूर्ण र यति जीवन्त रूपमा प्रकाशमा आउँछ। त्यसैले म भन्छु, ख्रीष्टको आगमनले मानवजातिको सबै विद्रोहीपनलाई उजागर गरेको छ र मानवजातिको प्रकृतिलाई छर्लङ्ग पारेको छ। यसलाई “बाघलाई पहाडबाट तल ल्याउनु” र “ब्वाँसोलाई त्यसको ओडारबाट बाहिर निकाल्नु” भनिन्छ। तँ कसरी परमेश्‍वरप्रति बफादार छु भनेर भन्‍ने दुस्साहस गर्छस्? तँ कसरी परमेश्‍वरप्रति पूर्ण समर्पण देखाउँछु भनेर भन्‍ने दुस्साहस गर्छस्? तँ कसरी आफू विद्रोही नभएको भनेर भन्‍ने दुस्साहस गर्छस्? कतिपयले भन्‍नेछन्: “हरेक पटक परमेश्‍वरले मेरो लागि कुनै वातावरण योजनाबद्ध गर्दा, म कहिल्यै गुनासो गर्दिनँ र सधैँ समर्पित हुन सक्छु, र यसबाहेक म परमेश्‍वरका बारेमा मनमा कुनै पनि धारणा खेलाउँदिनँ।” कतिपयले भन्‍नेछन्: “परमेश्‍वरले मलाई जे काम गराउनुहुन्छ म मेरो क्षमताले भ्याएसम्म पूरा गर्छु र कहिल्यै झारा टार्दिनँ।” त्यसोभए, म तिमीहरूलाई यो सोध्छु: के तिमीहरू ख्रीष्टको साथमा जिउँदा उहाँसँग मिल्न सक्छौ? अनि तिमीहरू उहाँसँग कति लामो समयसम्म मिल्नेछौ? एक दिन? दुई दिन? एक घण्टा? दुई घण्टा? तिमीहरूको विश्‍वास सराहनीय होला, तर तिमीहरूमा खासै लगनशीलता छैन। जब तँ साँच्चै ख्रीष्टसँग जिइरहेको हुन्छस्, तब तेरो आत्म-धार्मिकता र अहम्‌ता तेरा शब्द र कार्यहरूमार्फत अलि-अलि गर्दै प्रकट हुनेछन्, र त्यसैगरी तेरा अधिक चाहनाहरू, तेरो अनाज्ञाकारी मानसिकता र असन्तुष्टि पनि स्वाभाविक रूपमा प्रकट हुनेछन्। अन्तमा, तेरो अहङ्कार झन्-झन् बढ्दै जानेछ, यहाँसम्म कि तँ ख्रीष्टसँग आगो र पानीजस्तै बेमेलमा हुनेछस्, र त्यसपछि तेरो प्रकृति पूर्ण रूपमा खुलासा हुनेछ। त्यस समयमा, तेरा धारणाहरूलाई अब ढाकछोप गर्न सकिँदैन, तेरा गुनासाहरू पनि स्वाभाविक रूपमा बाहिर आउनेछन्, र तेरो घृणास्पद मानवता पूर्ण रूपमा खुलासा हुनेछ। तर त्यसबेला पनि, तँ अझै आफ्नो विद्रोहीपनलाई स्वीकार गर्न मान्दैनस्, बरु मानिसले यस्तो ख्रीष्टलाई सजिलै स्वीकार गर्न सक्दैन, उहाँ मानिसलाई धेरै कडिकडाउ गर्नुहुन्छ, र यदि उहाँ अझ राम्रो ख्रीष्ट हुनुभएको भए तँ पूर्ण रूपमा समर्पित हुनेथिइस् भन्‍ने विश्‍वास गर्छस्। तिमीहरू आफ्नो विद्रोहीपन न्यायोचित भएको, र उहाँले तिमीहरूमाथि ज्यादती गर्नुभयो भने मात्र तिमीहरूले उहाँविरुद्ध विद्रोह गर्ने गरेको ठान्छौ। तिमीहरू ख्रीष्टलाई परमेश्‍वरका रूपमा हेर्दैनौ, र तिमीहरूमा उहाँप्रति समर्पित हुने मनसायको कमी छ भनेर तिमीहरूले एक पटक पनि विचार गरेका छैनौ। बरु, तँ जिद्दीपूर्वक ख्रीष्टले तेरा आफ्नै इच्छाहरूअनुसार काम गर्नुपर्ने भनेर जोड दिन्छस्, र उहाँले तेरो आफ्नै सोचाइसँग नमिल्ने एउटा मात्र काम गर्नेबित्तिकै, तँ उहाँ परमेश्‍वर नभएर एउटा व्यक्ति हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छस्। के तिमीहरूमध्ये धेरैले यसरी उहाँसँग जोरी खोजेका छैनौ र? आखिर तिमीहरू कसमा विश्‍वास गर्छौ? अनि तिमीहरू कुन तरिकाले पछ्याउँछौ?

तिमीहरू सधैँ ख्रीष्टलाई देख्न चाहन्छौ, तर म तिमीहरूलाई आफूलाई त्यति उच्च नठान्न भन्छु; ख्रीष्टलाई जोकोहीले देख्न सक्ला, तर म त भन्छु कि कोही पनि ख्रीष्टलाई देख्न योग्य छैन। मानिसको प्रकृति दुष्टता, अहङ्कार, र विद्रोहीपनले भरिभराउ हुने हुनाले, तैँले ख्रीष्टलाई देख्नेबित्तिकै, तेरो प्रकृतिले तँलाई नष्ट गर्नेछ र तँलाई मृत्युदण्ड दिनेछ। कुनै दाजुभाइ (वा दिदीबहिनी) सँगको तेरो सङ्गतले तेरो बारेमा धेरै कुरा नदेखाउन सक्छ, तर तैँले ख्रीष्टसँग सङ्गत गर्नु त्यति सामान्य कुरा होइन। कुनै पनि समय, तेरा धारणाहरूले जरा गाड्न सक्छन्, तेरो अहङ्कार टुसाउन थाल्न सक्छ, र तेरो विद्रोहीपनले अन्जिर फलाउन सक्छ। यस्तो मानवता भएको तँ ख्रीष्टसँग सङ्गत गर्न कसरी योग्य हुन सक्छस्? के तँ साँच्चै हरेक दिनको हरेक पल उहाँलाई परमेश्‍वरका रूपमा व्यवहार गर्न सक्षम छस्? के तँसँग साँच्चै परमेश्‍वरप्रति समर्पणको वास्तविकता छ? तिमीहरू सबै जना आफ्नो हृदयभित्रको उच्च ईश्वरलाई यहोवाका रूपमा आराधना गर्छौ जबकि देखिने ख्रीष्टलाई एक व्यक्तिका रूपमा लिन्छौ। तिमीहरूको समझ अत्यन्तै कमजोर छ र तिमीहरूको मानवता धेरै तल्लो स्तरको छ! तिमीहरू ख्रीष्टलाई सधैँ परमेश्‍वरका रूपमा हेर्न असक्षम छौ; तिमीहरू राम्रो मुडमा हुँदा, कहिलेकाहीँ मात्र तिमीहरू उहाँलाई पक्रन्छौ र उहाँलाई परमेश्‍वरका रूपमा आराधना गर्छौ। यसैकारण म भन्छु कि तिमीहरू परमेश्‍वरका विश्‍वासी होइनौ, बरु ख्रीष्टको विरोध गर्ने मतियारहरूको एउटा जमात हौ। अरूलाई दया देखाउने मानिसहरूले समेत त्यसको प्रतिदान पाउँछन्, तर तिमीहरूका बीचमा यस्तो काम गर्ने ख्रीष्टले मानिसको प्रेम वा ऊबाट इनाम र समर्पण केही पनि प्राप्त गर्नुभएको छैन। के यो हृदयविदारक कुरा होइन र?

परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षमा, तैँले कहिल्यै कसैलाई नसरापेको वा कुनै खराब काम नगरेको होला, तैपनि ख्रीष्टसँग सङ्गत गर्दा, तँ साँचो बोल्न, इमानदारीपूर्वक काम गर्न, वा ख्रीष्टको वचनप्रति समर्पित हुन सक्दैनस्; त्यसो हो भने, म भन्छु कि तँ संसारकै सबैभन्दा कपटी र दुर्भावपूर्ण व्यक्ति होस्। तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (वा पति), छोरा-छोरीहरू, र आमाबुबाप्रति असाधारण रूपमा मिलनसार र अर्पित होलास् र कहिल्यै पनि अरूको फाइदा नउठाउलास्, तर यदि तँ ख्रीष्टसँग मिल्न सक्दैनस्, यदि तँ उहाँसँग सद्भावमा अन्तरक्रिया गर्न सक्दैनस् भने, तैँले आफ्‍ना छिमेकीहरूको राहतका निम्ति आफ्‍नो सब थोक खर्चिन्छस् या आफ्नो बुबा, आमा, र आफ्नो घरपरिवारका सदस्यहरूलाई मिहिन रूपमा हेरचाह नै गर्छस् भने पनि, म त भन्छु, तँ अझै पनि दुष्ट व्यक्ति होस्, अनि त्यसमाथि तँ धूर्त छलहरूले भरिएको व्यक्ति होस्। तँ अरूसँग मिल्छस् वा केही असल कामहरू गर्छस् भन्दैमा आफूलाई ख्रीष्टसँग मिल्ने नठान्। के तँलाई परोपकारी मनसायद्वारा तैँले स्वर्गका आशिष्‌हरू ठगेर लिन सक्छस् भन्‍ने लाग्छ? के तँलाई केही असल कामहरू गर्नु तेरो समर्पणको विकल्प हो भन्‍ने लाग्छ? तिमीहरूमध्ये कोही पनि काटछाँट गरिनुलाई स्वीकार गर्न सक्दैनौ, तिमीहरू सबैलाई ख्रीष्टको सामान्य मानवतालाई अपनाउन गाह्रो लाग्छ, र त्यसमाथि, तिमीहरू निरन्तर परमेश्‍वरप्रति आफ्नो समर्पणको ढोल पिटिरहेका हुन्छौ। तिमीहरूको जस्तो विश्‍वासले उचित दण्ड निम्त्याउनेछ। काल्पनिक भ्रमहरूमा लिप्त हुन र ख्रीष्टलाई देख्ने चाहना गर्न छोड, किनभने तिमीहरूको कद धेरै सानो छ, यतिसम्म कि तिमीहरू उहाँलाई देख्न योग्य समेत छैनौ। जब तैँले आफ्नो विद्रोहीपनलाई पूर्ण रूपमा फालेको हुन्छस्, र तँ ख्रीष्टसँग सद्भावपूर्ण रूपमा अन्तरक्रिया गर्न सक्षम हुन्छस्, त्यस क्षणमा परमेश्‍वर प्राकृतिक रूपमा तँसमक्ष देखा पर्नुहुनेछ। यदि तँ काटछाँट वा न्याय नभोगी परमेश्‍वरलाई हेर्न जान्छस् भने, तँ अवश्यै परमेश्‍वरको विरोधी बन्‍नेछस् र अवश्यै विनाशको निसाना बन्‍नेछस्। मानिसको प्रकृति अन्तर्निहित रूपमै परमेश्‍वरप्रति शत्रुवत् हुन्छ, किनभने सबै मानिस शैतानको सबैभन्दा गहिरो भ्रष्टताको सिकार भएका छन्। यदि मानिसले आफ्नै भ्रष्टतामा रहेर परमेश्‍वरसँग अन्तरक्रिया गर्ने प्रयास गर्छ भने, यसबाट कुनै राम्रो नतिजा नआउने निश्चित छ; उसका कार्य र शब्दहरूले हरेक मोडमा अवश्यै उसको भ्रष्टतालाई प्रकट गर्नेछन्, र परमेश्‍वरसँग सङ्गत गर्दा उसको विद्रोहीपन हरेक मोडमा प्रकट हुनेछ। अन्जानमै, मानिस ख्रीष्टको विरोध गर्न, ख्रीष्टलाई धोका दिन, र ख्रीष्टलाई इन्कार गर्न पुग्छ; जब यस्तो हुन्छ, तब मानिस अझ बढी खतरनाक अवस्थामा हुनेछ र, यदि यो जारी रह्यो भने, ऊ दण्डको निसाना बन्‍नेछ।

कतिपयले यो विश्‍वास गर्न सक्छन् कि, यदि परमेश्‍वरसँगको सङ्गत यति खतरनाक हुन्छ भने, परमेश्‍वरलाई टाढै राख्नु बुद्धिमानी हुन सक्छ। यस्ता मानिसहरूले के नै प्राप्त गर्न सक्छन् र? के तिनीहरू परमेश्‍वरप्रति बफादार हुन सक्छन्? निश्‍चय नै, परमेश्‍वरसँग सङ्गत गर्न धेरै गाह्रो छ—तर त्यो मानिस भ्रष्ट तुल्याइएकाले गर्दा हो, परमेश्‍वर ऊसँग सङ्गत गर्न असक्षम हुनुभएकाले होइन। आफैलाई चिन्नुको सत्यतामा केही प्रयास लगाउनु नै तिमीहरूका लागि उत्तम हुनेथ्यो। परमेश्‍वर किन तिमीहरूको सराहना गर्नुहुन्न? किन तिमीहरूको स्वभाव उहाँका लागि घृणास्पद छ? किन तिमीहरूको बोलीले उहाँको घृणा जगाउँछ? तिमीहरू अलिकति बफादारी प्रदर्शन गरेपछि आफ्नै प्रशंसा गाउँछौ; तिमीहरू एउटा सानो योगदान दिएपछि इनामको माग गर्छौ; तिमीहरू थोरै समर्पणता देखाएपछि अरूलाई हेयको नजरले हेर्छौ, र केही मामुली कार्य पूरा गरेपछि परमेश्‍वरप्रति तिरस्कारपूर्ण बन्छौ। परमेश्‍वरको अतिथि सत्कार गर्ने सन्दर्भमा, तिमीहरू पैसा, भौतिक वस्तुहरू, र प्रशंसाहरू माग्छौ। दुई वटा सिक्का दिन तिमीहरूको हृदय पोल्छ; जब तिमीहरू दस सिक्‍का दिन्छौ, तिमीहरू आशिष् माग्छौ र अरूभन्दा अलग हुन चाहन्छौ। तिमीहरूको जस्तो मानवता भन्न या सुन्नका लागि अत्यन्तै अपमानजनक छ। के तिमीहरूका शब्दहरू र कार्यहरूमा कुनै कुरा प्रशंसा गर्न योग्यको छ? आफ्नो कर्तव्य पूरा गर्ने र नगर्नेहरू; अगुवाइ गर्नेहरू र पछ्याउनेहरू; परमेश्‍वरको अतिथिसत्कार गर्नेहरू र नगर्नेहरू; भेटी चढाउनेहरू र नचढाउनेहरू; प्रचार गर्नेहरू र वचन प्राप्त गर्नेहरू, र त्यस्तै अरू: त्यस्ता सबै मानिसले आफ्नै प्रशंसा गर्छन्। के तिमीहरूलाई यो हास्यास्पद लाग्दैन? परमेश्‍वरमा विश्‍वास गरेको पूर्ण रूपमा राम्ररी जान्दा जान्दै पनि तिमीहरू परमेश्‍वरसँग मिल्ने हुन सक्दैनौ। तिमीहरू पूर्ण रूपमा योग्यता बिनाका छौ भन्‍ने राम्रोसँग जान्दा जान्दै पनि तिमीहरू घमण्ड गरिरहन्छौ। के तिमीहरूलाई तिमीहरूको समझ नियन्त्रणभन्दा बाहिर हुने बिन्दुसम्म पुगिसक्यो भन्‍ने लाग्दैन? यस्तो समझ लिएर, तिमीहरू परमेश्‍वरको सम्पर्कमा आउन कसरी योग्य हुन्छौ? के तिमीहरू यस समयमा आफ्ना बारेमा चिन्तित छैनौ? तिमीहरूको स्वभाव बिग्रिएर यस्तो बिन्दुमा पुगिसकेको छ जहाँ तिमीहरू परमेश्‍वरसँग मिल्नै सक्दैनौ। यसो हुनाले, के तिमीहरूको विश्‍वास हाँसउठ्दो छैन र? के तिमीहरूको विश्‍वास समझहीन छैन र? तँ आफ्नो भविष्यलाई कसरी सामना गर्नेछस्? तँ आफू हिँड्ने मार्ग कसरी रोज्नेछस्?

अघिल्लो: तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

अर्को: धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्