अध्याय ३३

मेरो राज्यलाई त्यस्ता मानिसहरू चाहिन्छन्, जो इमानदार छन्, र जो पाखण्डी वा छली छैनन्। के निष्कपट र दयालु हृदयका मानिसहरू संसारमा अलोकप्रिय छैनन् र? म ठीक उल्टो छु। इमानदार मानिसहरू मकहाँ आऊन्; म यस किसिमको व्यक्तिसँग खुसी हुन्छु, र मलाई यस किसिमको व्यक्ति चाहिएको पनि छ। मेरो धार्मिकता ठ्याक्कै यही हो। कतिपय मानिस मूर्ख हुन्छन्; तिनीहरू पवित्र आत्माको काम वा मेरा अभिप्रायहरू बोध गर्न सक्दैनन्। तिनीहरूको परिवार र तिनीहरूको आसपासका कुराहरू कुन वातावरणमा अस्तित्वमा छन् भनेर तिनीहरू स्पष्ट रूपमा देख्‍न सक्दैनन्, र तिनीहरू अन्धाधुन्ध रूपमा कामकुराहरू गर्छन् र अनुग्रह प्राप्त गर्ने धेरै अवसर गुमाउँछन्। बारम्‍बार तिनीहरू आफ्ना कार्यहरूमा पछुतो मान्छन् र तिनीहरूलाई कुनै मामला आइपर्दा तिनीहरू फेरि त्यसलाई स्पष्ट रूपमा बुझ्न सक्दैनन्। कहिलेकाहीँ तिनीहरू परमेश्‍वरमा भरोसा गरेर मुस्किलले विजय प्राप्त गर्न सक्छन्, तर जब तिनीहरूलाई पछि त्यस्तै प्रकारको मामला आइपर्छ, तब पुरानो बिमार बल्झिन्छ, र तिनीहरूले मेरा अभिप्रायहरू बोध गर्नै सक्दैनन्। तर म यी कुराहरूलाई हेर्दिनँ, र म तिमीहरूका अपराधहरू याद गर्दिनँ। बरु, म तिमीहरूलाई यो व्यभिचारी भूमिबाट मुक्ति दिन र तिमीहरूलाई फेरि जिउन दिन चाहन्छु। मैले तिमीहरूलाई पटक-पटक माफी दिएको छु। तर, अहिलेको नै सबैभन्दा महत्त्वपूर्ण कदम हो। अबदेखि तिमीहरू अन्योलमा पर्नु हुँदैन र त्यसरी रोकिँदै-हिँड्दै अघि बढ्नु हुँदैन। तिमीहरू कहिले गन्तव्यमा पुग्‍न सक्‍नेछौ? तिमीहरूले नरोकिकन अन्तिम रेखातर्फ दौडन सक्दो प्रयास गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण समयमा ढिलासुस्ती नगर, साहसका साथ अघि बढ, अनि एउटा प्रचुर भोज तिमीहरूको प्रतीक्षामा छ। तुरुन्तै आफ्‍नो विवाह वस्‍त्र र धार्मिकताको वस्‍त्र लगाऊ, र ख्रीष्‍टको विवाह-भोजमा सहभागी बन; अनन्तसम्‍म पारिवारिक परमानन्द लिऊ! तँ अब पहिलेजस्तो अवसादी, दुःखित र सुस्केरा हालिरहेको हुनेछैनस्। त्यो बेलाको सबै कुरा धुवाँसरी हराउनेछ र तँभित्र ख्रीष्‍टको पुनरुत्थान भएको जीवनको मात्र शक्ति चल्नेछ। तँभित्र, शुद्धीकरण र धुवाइले शुद्ध पारिएको मन्दिर हुनेछ, र तैँले प्राप्त गरेको पुनरुत्थानको जीवनले सदासर्वदा तँभित्र बास गर्नेछ!

अघिल्लो: अध्याय ३२

अर्को: अध्याय ३४

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्