अध्याय ३९

आफ्ना आँखा खोल र हेर—तिमीहरू चारैतिर मेरो महान् शक्ति देख्‍न सक्छौ! तिमीहरू चारैतिर मेरा बारेमा निश्चितता प्राप्त गर्न सक्छौ। ब्रह्माण्ड र आकाशमण्डलले मेरो महान् शक्ति घोषणा गरिरहेका छन्। मौसम न्यानो हुनु, जलवायु परिवर्तन, मानव असामान्यताहरू, सामाजिक गतिशीलताको अव्यवस्था र मानिसहरूको हृदयभित्रको छलले मैले बोलेका वचनहरू पूरा गर्नेछन्। सूर्य सेतो हुन्छ र चन्द्रमा रातो हुन्छ; यो सब असन्तुलित छ। के तिमीहरू साँच्चै अझै पनि यी कुराहरू देख्दैनौ र?

यहाँ परमेश्‍वरको महान् शक्ति प्रकट हुन्छ। कुनै शङ्कै छैन, उहाँ नै एउटै साँचो परमेश्‍वर—सर्वशक्तिमान्‌—हुनुहुन्छ, जसलाई मानिसहरूले धेरै वर्षदेखि पछ्याएका छन्! शब्‍दहरू उच्‍चारण गरेर मात्र कसले थोकहरूलाई अस्तित्वमा ल्याउन सक्छ? हाम्रो सर्वशक्तिमान्‌ परमेश्‍वरले मात्र। उहाँले बोल्‍नुहुने बित्तिकै, सत्यता देखा पर्छ। उहाँ साँचो परमेश्‍वर हुनुहुन्छ भनेर तिमीहरूले कसरी भन्‍न सक्दैनौ?

मलाई, भित्रैबाट थाहा छ, कि तिमीहरू सबै मसँग सहकार्य गर्न इच्‍छुक छौ, र मलाई विश्‍वास छ, कि मेरा चुनिएका जनहरू, मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू सबैसँग यस किसिमको आकाङ्क्षा छ, तर प्रवेश गर्न वा वास्तविक रूपमा अभ्यास गर्न सक्दैनन्, र वास्तविकताहरू देखा पर्दा नरिसाइ बस्‍न र शान्त रहन सक्दैनन्। तिमीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई कुनै ध्यान दिँदैनौ, र तिमीहरूले तिमीहरूका आफ्‍नै व्यक्तिगत चासोहरूलाई पहिलो प्राथमिकता दिन्छौ र प्रतीक्षा नगरी आफै काम गर्छौ। म तिमीहरूलाई भन्छु, यो तरिकाले कहिल्यै पनि मेरा अभिप्रायहरू पूरा गर्नेछैन! ए बालक! मलाई तेरो हृदय पूर्ण रूपमा दे। स्पष्ट बन्! मलाई तेरो पैसा चाहिँदैन, न त तेरो सम्पत्ति नै, अनि न त तँ मेरो अघि सेवा गर्न जोशिलो, छलपूर्वक वा कुण्ठित भएर आइज भन्‍ने नै चाहन्छु। शान्त र शुद्ध हृदयको बन्, समस्याहरू पैदा हुँदा प्रतीक्षा र खोजी गर्, र म तँलाई उत्तर दिनेछु। शङ्‍कामा नबस्! किन तैँले मेरा वचनहरू सत्यता हुन् भनेर कहिल्यै विश्‍वास गर्दैनस्? तैँले किन मेरा वचनहरूमा विश्‍वास गर्न सक्दैनस्? तँ यति चरम हदसम्‍म जिद्दी छस्, र यस्तो बेला पनि तँ यस्तै हुन्छस्; तँ अत्यन्तै अज्ञानी छस्, र तैँले अन्तर्दृष्टि पाएकै छैनस्! तिमीहरूले कति धेरै महत्त्वपूर्ण सत्यतालाई सम्झन्छौ? के तिमीहरूले साँच्‍चै नै यसको अनुभव गरेका छौ? तिमीहरू समस्याहरूको सामना गर्दा अन्योलमा पर्छौ र लापरवाही र हतारमा काम गर्छौ! तिमीहरूको आफ्‍नो हृदयले प्रश्‍नहरूमा जसरी मनन गर्छ त्यसरी नै तिमीहरू आत्मामा र मसँगको सङ्गतिमा अझै बढी प्रवेश गर्नु नै आजको मुख्य कुरा हो। के तिमीहरूले बुझ्यौ? मुख्य कुरा यही हो! अभ्यासलाई थाती राख्‍नु साँच्‍चै नै समस्या हो। छिटो गर, र ढिलाइ नगर! मेरा वचनहरू सुनेर ढिलाइ नगर्ने तर तिनलाई तुरुन्तै अभ्यास गरिहाल्‍ने मानिसहरू अत्यन्तै आशिषित् हुनेछन्! म तिमीहरूलाई दुई गुणा बढी दिनेछु! चिन्ता नगर! एक सेकेन्ड समेत ढिलाइ नगरी, मैले भनेजस्तै गर! तिमीहरूको मानव धारणाहरू प्रायजसो यस्तै हुन्छन्, र आज गर्नुपर्ने कुरा भोलिलाई साँच्दै तिमीहरू कामकुराहरूलाई थाती राख्‍ने गर्छौ। कति अल्छी अनि कति लोसो। यसलाई शब्‍दले व्याख्या गर्न सकिँदैन! मैले बढाइ-चढाइ गरेर भनिरहेको छैन—तथ्य यही नै हो। यदि तँलाई विश्‍वास लाग्दैन भने, आफैलाई होसियारसाथ जाँच् र आफ्‍नो परिस्थितिलाई नियाल्, अनि तैँले अवस्था यस्तै छ भन्‍ने कुरा पत्ता लगाउनेछस्!

अघिल्लो: अध्याय ३८

अर्को: अध्याय ४०

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्