अध्याय ३९

आफ्ना आँखा खोलेर हेर, अनि तिमीहरूले मेरो महान् शक्ति जताततै देख्‍न सक्छौ! म जताततै छु भन्‍ने कुरामा तिमीहरू निश्‍चित हुनसक्छौ। आकाशमण्डल र वायुमण्डलले मेरो महान् शक्तिलाई फैलाइरहेका छन्। मैले बोलेका वचनहरू मौसम तातिने क्रममा, जलवायु परिवर्तन हुने क्रममा, मानिसहरूका बीचमा भएका असामान्य कुराहरूमा, सामाजिक गतिशीलतामा रहेका अराजकता, र मानिसहरूको हृदयभित्रका छलमा सत्य साबित भएका छन्। सूर्य चम्किलो हुन्छ र चन्द्रमा रातो हुन्छ; यो सबै सन्तुलनभन्दा बाहिर छन्। के तिमीहरू अझै पनि यी कुराहरूलाई देख्दैनौ?

यहाँ परमेश्‍वरको महान् शक्ति प्रकट हुन्छ। कुनै शङ्कै छैन, उहाँ नै एउटै साँचो परमेश्‍वर—सर्वशक्तिमान्‌—हुनुहुन्छ, जसलाई मानिसहरूले धेरै वर्षदेखि पछ्याएका छन्! शब्‍दहरू उच्‍चारण गरेर मात्र कसले थोकहरूलाई अस्तित्वमा ल्याउन सक्छ? हाम्रो सर्वशक्तिमान्‌ परमेश्‍वरले मात्र। उहाँले बोल्‍नुहुने बित्तिकै, सत्यता देखा पर्छ। उहाँ साँचो परमेश्‍वर हुनुहुन्छ भनेर तिमीहरूले कसरी भन्‍न सक्दैनौ?

मलाई, भित्रैबाट थाहा छ, कि तिमीहरू सबै मसँग सहकार्य गर्न इच्‍छुक छौ, र मलाई विश्‍वास छ, कि मेरा चुनिएका जनहरू, मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू सबैसँग यस किसिमको आकाङ्क्षा छ, तर प्रवेश गर्न वा वास्तविक रूपमा अभ्यास गर्न सक्दैनन्, र वास्तविकताहरू देखा पर्दा नरिसाइ बस्‍न र शान्त रहन सक्दैनन्। तिमीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई कुनै ध्यान दिँदैनौ, र तिमीहरूले तिमीहरूका आफ्‍नै व्यक्तिगत चासोहरूलाई पहिलो प्राथमिकता दिन्छौ र प्रतीक्षा नगरी आफै काम गर्छौ। म तिमीहरूलाई भन्छु, यो तरिकाले कहिल्यै पनि मेरा अभिप्रायहरूलाई सन्तुष्ट तुल्याउनेछैन! ए बालक! मलाई तेरो हृदय पूर्ण रूपमा दे। स्पष्ट बन्! मलाई तेरो पैसा चाहिँदैन, न त तेरो सम्पत्ति नै, अनि न त तँ मेरो अघि सेवा गर्न जोशिलो, छलपूर्वक वा कुण्ठित भएर आइज भन्‍ने नै चाहन्छु। शान्त र शुद्ध हृदयको बन्, समस्याहरू पैदा हुँदा प्रतीक्षा र खोजी गर्, र म तँलाई उत्तर दिनेछु। शङ्‍कामा नबस्! किन तैँले मेरा वचनहरू सत्यता हुन् भनेर कहिल्यै विश्‍वास गर्दैनस्? तैँले किन मेरा वचनहरूमा विश्‍वास गर्न सक्दैनस्? तँ यति चरम हदसम्‍म जिद्दी छस्, र यस्तो बेला पनि तँ यस्तै हुन्छस्; तँ अत्यन्तै अज्ञानी छस्, र तैँले अन्तर्दृष्टि पाएकै छैनस्! तिमीहरूले कति धेरै महत्त्वपूर्ण सत्यतालाई सम्झन्छौ? के तिमीहरूले साँच्‍चै नै यसको अनुभव गरेका छौ? तिमीहरू समस्याहरूको सामना गर्दा अन्योलमा पर्छौ र लापरवाही र हतारमा काम गर्छौ! तिमीहरूको आफ्‍नो हृदयले प्रश्‍नहरूमा जसरी मनन गर्छ त्यसरी नै तिमीहरू आत्मामा र मसँगको सङ्गतिमा अझै बढी प्रवेश गर्नु नै आजको मुख्य कुरा हो। के तिमीहरूले बुझ्यौ? मुख्य कुरा यही हो! अभ्यासलाई थाती राख्‍नु साँच्‍चै नै समस्या हो। छिटो गर, र ढिलाइ नगर! मेरा वचनहरू सुनेर ढिलाइ नगर्ने तर तिनलाई तुरुन्तै अभ्यास गरिहाल्‍ने मानिसहरू अत्यन्तै आशिषित् हुनेछन्! म तिमीहरूलाई दुई गुणा बढी दिनेछु! चिन्ता नगर! एक सेकेन्ड समेत ढिलाइ नगरी, मैले भनेजस्तै गर! तिमीहरूको मानव धारणाहरू प्रायजसो यस्तै हुन्छन्, र आज गर्नुपर्ने कुरा भोलिलाई साँच्दै तिमीहरू कामकुराहरूलाई थाती राख्‍ने गर्छौ। कति अल्छी अनि कति लोसो। यसलाई शब्‍दले व्याख्या गर्न सकिँदैन! मैले बढाइ-चढाइ गरेर भनिरहेको छैन—तथ्य यही नै हो। यदि तँलाई विश्‍वास लाग्दैन भने, आफैलाई होसियारसाथ जाँच् र आफ्‍नो परिस्थितिलाई नियाल्, अनि तैँले अवस्था यस्तै छ भन्‍ने कुरा पत्ता लगाउनेछस्!

अघिल्लो: अध्याय ३८

अर्को: अध्याय ४०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्