अध्याय ३९

हरेक दिन म मेरो हातले सृष्टि गरेका सबै थोकलाई अवलोकन गर्दै ब्रह्माण्डको माथि हिँडडुल गर्छु। स्वर्गहरूभन्दा माथि मेरो विश्राम स्थल छ, र मुनि म हिँडडुल गर्ने भूमि छ। म अस्तित्वमा भएका सबैको बीचमा रहेका सबै कुरालाई शासन गर्छु, म सबै थोकका बीचमा रहेका सबै कुरामाथि हुकुम चलाउँछु, त्यसरी अस्तित्वमा भएका सबै कुराले प्रकृतिको मार्गलाई पछ्याउने र प्रकृतिको आज्ञालाई मान्‍ने तुल्याउँछु। अनाज्ञाकारीहरूलाई म घृणा गर्ने हुनाले, र मलाई विरोध गर्ने र तिनीहरूका आफ्‍नै वर्गमा नपर्नेहरूलाई घृणा गर्ने हुनाले, म हरेकलाई कुनै प्रतिरोध नगरिकन मेरा बन्दोबस्तहरूमा समर्पित हुने तुल्याउनेछु, म ब्रह्माण्डमाथि र त्यसभित्रका सबैलाई सुव्यवस्थित तुल्याउनेछु। कसले मलाई अझै पनि स्वेच्‍छाचारी रूपमा विरोध गर्ने आँट गर्नेछ? कसले मेरा हातको बन्दोबस्तहरूको आज्ञापालन नगर्ने आँट गर्नेछ? कसरी मानिससँग मेरो विरुद्धमा विद्रोह गर्नमा कुनै “रुचि” हुनसक्छ? म मानिसहरूलाई तिनीहरूका “पुर्खाहरू” को अघि ल्याउनेछु, तिनीहरूका पुर्खाहरूद्वारा तिनीहरूलाई तिनीहरूको परिवारमा फर्काउन लगाउनेछु, र तिनीहरूलाई तिनीहरूका पुर्खाहरूको विरुद्ध विद्रोह गरेर मेरो पक्षमा आउन दिनेछैन। मेरो योजना यही हो। आज, मेरो आत्मा सबै प्रकारका मानिसहरूलाई अङ्क प्रदान गर्दै, हरेक प्रकारको व्यक्तिमा फरक-फरक चिन्‍ह लगाउँदै पृथ्वीभरि चहलपहल गर्नुहुन्छ, ताकि तिनीहरूका पुर्खाहरूले तिनीहरूलाई तिनीहरूका परिवारहरूतर्फ डोर्‍याएर सफलतापूर्वक फर्काउन सकून् र मैले तिनीहरूको बारेमा निरन्तर “चिन्ता” गरिरहनु पर्दैन, जुन कार्य अत्यन्तै झमेलामय छ; तसर्थ, म श्रम पनि विभाजन गर्छु, र प्रयासहरू वितरण गर्छु। यो मेरो योजनाको भाग हो, र यसमा कुनै पनि मानिसले बाधा दिन सक्दैन। म अस्तित्वमा रहेका सबैबाट सबै थोकको व्यवस्थापन गर्नको लागि उचित प्रतिनिधिहरू छान्‍नेछु, यसरी मेरो सामने सबैको सुव्यवस्थित समर्पणता ल्याउनेछु। म बारम्‍बार स्वर्गहरूभन्दा माथि यता-उता गर्छु, र धेरै पटक तिनको मुनि हिँडडुल गर्छु। ठूलो संसार, जसमा मानिसहरू आउँछन् र जान्छन्, त्यसलाई हेर्दै, पृथ्वीमा खचाखच भएर बसेको मानवजातिलाई अवलोकन गर्दै, अनि पृथ्वीमा जिउने चराचुरुङ्गी र पशुप्राणीहरूलाई हेर्दै, म मेरो हृदयमा भावुक नभई रहन सक्दिनँ। किनभने, सृष्टिको समयमा, मैले सबै थोक सृष्टि गरेँ, र मेरा बन्दोबस्तहरूमा रही सबै थोकले आ-आफ्‍नो कर्तव्य पूरा गर्छन्, म उच्‍च स्थानबाट हाँस्छु, र जब स्वर्गहरूमुनिका सबै थोकले मेरो हाँसो सुन्छन्, तिनीहरू तुरुन्तै उत्प्रेरित हुन्छन्, किनभने यस क्षणमा मेरो महान् कार्य समाप्त हुन्छ। म मानिसलाई स्वर्गको बुद्धि दिएर उसलाई सबै थोकको बीचमा मेरो प्रतिनिधित्व गर्न लगाउँछु, किनभने मैले मानिसलाई मेरो अवज्ञा गरेर होइन तर उसको हृदयको गहिराइबाट मलाई प्रशंसा गर्दै, मेरो प्रतिनिधि बन्‍नको लागि सृष्टि गरेको हुँ। अनि कसले यी सरल वचनहरूलाई हासिल गर्न सक्छ? किन मानिसले सधैँ आफ्‍नो हृदय आफ्‍नै लागि राख्छ? के उसको हृदय मेरो लागि होइन? यस्तो होइन कि मैले मानिसलाई सर्तरहित रूपमा कुराहरू माग्छु, तर ऊ सधैँ मेरो स्वामित्वमा रहेको छ। मेरो स्वामित्वमा रहेका कुराहरू म कसरी अरूलाई लापरवाही रूपमा दिन सक्छु? मैले अरू कसैले लगाओस् भनी बनाएको “वस्‍त्र” म कसरी दिन सक्छु? मानिसहरूको नजरमा, यस्तो लाग्छ मानौं मैले मानसिक रोगबाट पीडित भई मेरो दिमागको होस गुमाएको छु, र मानव मार्गहरूको बारेमा केही पनि बुझ्दिन; मानौं म एक अल्पबुद्धी भएको व्यक्ति हुँ। त्यसकारण मानिसहरूले मलाई सधैँ सीधा-सादा ठान्छन्, तर तिनीहरूले मलाई कहिल्यै पनि साँचो रूपमा प्रेम गर्दैनन्। मानिसले गर्ने सबै कुरा मलाई जानी-जानी मूर्ख बनाउनको लागि नै हुने भएकोले, म क्रोधित भई सबै मानवजातिलाई हटाउँछु। मैले सृष्टि गरेको सबै थोकको बीचमा, मानवजातिले मात्रै मलाई छल गर्नको लागि अनेक उपायहरू रच्‍ने प्रयास गर्छ, र यही कारणले गर्दा मात्रै म मानिस सबै थोकका “शासक” हो भनी भन्छु।

आज, म सबै मानिसहरूलाई शुद्ध हुनको लागि “ठूलो भट्टी” मा फ्याँक्छु। मानिसहरू आगोमा जल्दै गर्दा म उच्‍चमा बसेर हेरिरहेको हुन्छु र, ज्वालाहरूको बाध्यतामा परेर मानिसहरूले तथ्यहरू प्रस्तुत गर्छन्। मैले काम गर्ने माध्यमहरूमध्ये एउटा यही हो। यदि यस्तो नभएको भए, मानिसहरूले आफूलाई “नम्र” भएको दाबी गर्थे, र आफ्‍ना अनुभवहरूको बारेमा बताउनको लागि कोही पनि मुख खोल्‍न इच्‍छुक हुनेथिएनन्, तर सबैले एक-अर्कालाई हेर्ने मात्रै थिए। मेरो बुद्धिको उत्कृष्टता ठीक यही नै हो, किनभने मैले आजका विषयहरूलाई युगौंयुग पहिले नै पूर्वनिर्धारित गरेको थिएँ। तसर्थ, मानिसहरू अनजानमा भट्टीमा प्रवेश गर्छन्, मानौं तिनीहरूलाई डोरीले तानिएको छ, मानौं तिनीहरू अचेत भएका छन्। ज्वालाको आक्रमणबाट कोही पनि उम्कन सक्दैन, तिनीहरूले एक-अर्कालाई “आक्रमण” गर्छन्, तिनीहरू डढेर मर्नेछन् भनेर अत्यन्तै डराउँदै, अझै पनि तिनीहरू भट्टीभित्र पनि आफ्‍नो गन्तव्यको बारेमा चिन्ता गर्दै “आनन्द गर्दै यता-उता दगुर्छन्।” जब म आगो बाल्छु, यो तुरुन्तै आकाशसम्‍म उर्लिँदै तुरुन्तै दन्किन्छ, र ज्वालाहरूले बारम्‍बार मेरा वस्त्रहरूलाई छुन्छन्, मानौं तिनले यसलाई भट्टीमा तान्‍न खोज्दैछन्। मानिसहरूले मलाई ठूला-ठूला आँखाले हेर्छन्। तुरुन्तै, म भट्टीको आगो भएतिर जान्छु, र त्यस क्षणमा, ज्वालाहरू बढ्छन्, र मानिसहरू पुकार्न थाल्छन्। म ज्वालाको बीचमा यताउता गर्छु। ज्वालाहरू बढ्छन्, तर मलाई हानी गर्ने कुनै अभिप्राय तिनको छैन, र म फेरि पनि मेरो शरीरका वस्‍त्रहरूलाई ज्वालाहरूमा हाल्छु—तैपनि तिनले मबाट दूरी कायम राख्छन्। त्यसपछि मात्रै ज्वालाहरूको ज्योतिले गर्दा मानिसहरूले मेरो साँचो अनुहार स्पष्ट रूपमा देख्छन्। तिनीहरू जलाउने भट्टीको बीचमा भएकोले, मेरो अनुहारको कारण तिनीहरू सबै दिशातिर भाग्छन्, र भट्टी तुरुन्तै “उम्‍लन” थाल्छ। ज्वालामा हुनेहरू सबैले मानिसको पुत्रलाई देख्छन्, जो ज्वालामा शोधन हुनुभएको हुन्छ। उहाँको शरीरका वस्‍त्रहरू सामान्य नै भए पनि, तिनमा सबैभन्दा बढी सुन्दर छ; उहाँको खुट्टाका जुत्ताहरू उल्‍लेखनीय नभए पनि, तिनले ठूलो डाहा पैदा गर्छन्; उहाँको अनुहारबाट ज्‍वलन्त शोभा चम्किन्छ, उहाँका आँखाहरू झिलमिल छन्, र उहाँको आँखाका ज्योतिले गर्दा मानिसहरूले उहाँको अनुहारलाई स्पष्ट रूपमा देख्छन् भन्‍ने देखिन्छ। मानिसहरू भयभीत हुन्छन्, र तिनीहरूले उहाँको शरीरको सेतो वस्त्र देख्छन्, र ऊन जस्तै सेतो उहाँको कपाल काँधसम्‍म झुन्डिन्छ। स्पष्ट रूपमा नै, उहाँको छातीको सुनौलो पेटी चहकिलो ज्योतिले चम्किन्छ, जबकि उहाँको खुट्टाको जुत्ता अझै प्रभावशाली छन्। अनि मानिसको पुत्रले लगाउनुभएको जुत्ता आगोको बीचमा रहने हुँदा, मानिसहरूले तिनलाई आश्‍चर्यजनक छन् भन्‍ने ठान्छन्। पीडाको प्रस्फुटनको बेला मात्रै मानिसहरूले मानिसको पुत्रको मुखलाई देख्छन्। तिनीहरू शोधन गर्ने आगोको बीचमा भए पनि, तिनीहरूले मानिसको पुत्रको मुखबाट निस्केको कुनै पनि वचनहरू बुझ्दैनन्, तसर्थ, यस क्षणमा, तिनीहरूले मानिसको पुत्रको कुनै पनि मनोहर आवाज सुन्दैनन्, तर उहाँको मुखमा धारिलो तरवार देख्छन्, अनि उहाँले उप्रान्त बोल्‍नुहुन्‍न, तर उहाँको तरवारले मानिसलाई चोट पुर्‍याउँछ। ज्वालाहरूमा परेर, मानिसहरूले पीडा भोग्छन्। तिनीहरूको उत्सुकताको कारण, तिनीहरूले मानिसको पुत्रको असाधारण स्वरूपलाई हेरिरहन्छन्, यस क्षणमा मात्रै तिनीहरूले उहाँको हातमा भएका सात तारा हराएका छन् भन्‍ने पत्ता लगाउँछन्। मानिसको पुत्र पृथ्वीमा होइन तर भट्टीमा हुनुभएकोले, उहाँको हातका सात तारालाई हटाइएका छन्, किनभने ती रूपक मात्रै हुन्। यस क्षणमा, तिनको बारेमा उप्रान्त उल्‍लेख गरिँदैन, तर तिनलाई मानिसको पुत्रका विभिन्‍न भागमा विभाजित गरिन्छ। मानिसहरूको स्मरणमा, सात ताराको अस्तित्वले तिनीहरूमा पीडा ल्याउँछ। आज, मैले मानिसको लागि अवस्था कठिन बनाउन छोडेको छु, म मानिसको पुत्रबाट सात तारा हटाउँछु, र मानिसको पुत्रको सबै भागलाई एउटै पूर्णतामा जोड्छु। यस क्षणमा मात्रै मानिसले मेरो सम्पूर्ण स्वरूप देख्छ। उप्रान्त मानिसहरूले मेरो आत्मालाई मेरो देहबाट अलग गर्नेछैनन्, किनभने म पृथ्वीबाट उच्‍च स्थानमा उक्‍लेको छु। मानिसहरूले मेरो साँचो अनुहारलाई हेरेका छन्, तिनीहरूले उप्रान्त मलाई तोड्दैनन्, र म उप्रान्त मानिसको तिरस्कार सहँदिन। म मानिससँग ठूलो भट्टीमा हिँड्ने हुनाले, उसले अझै पनि ममाथि भरोसा गर्छ, उसले आफ्‍नो विवेकमा मेरो अस्तित्वको अनुभूति गर्छ। तसर्थ, जो शुद्ध सुन हुन् तिनीहरू सबै मेरो ज्वलन्त आगोको बीचमा एकट्ठा हुन्छन्, र हरेकलाई उसको प्रकार अनुसार वर्गीकरण गर्ने क्षण पनि त्यही नै हो। म हरेक प्रकारको “धातु” लाई तिनीहरूको परिवारमा फर्काउँदै वर्गीकरण गर्छु, र अब मात्रै सबै कुरा नवीकरण हुन थाल्छन् …

मानिस अत्यन्तै कलङ्कित भएको हुनाले म उसलाई जलोस् भनेर भट्टीमा फ्याँकिदिन्छु। तैपनि उसलाई ज्वालाले खतम पार्दैन, तर शोधन गर्छ, ताकि म ऊप्रति प्रसन्‍न हुन सकूँ—किनभने मैले चाहने भनेको शुद्ध सुनले बनेको, अशुद्धता विहीन कुरा हो, फोहोरी, दूषित कुराहरू होइन। मानिसहरूले मेरो मनस्थितिलाई बुझ्दैनन्, त्यसकारण “अप्रेसन टेबल” मा चढ्नुभन्दा पहिले, तिनीहरू चिन्ताले व्याकुल हुन्छन्, मानौं, तिनीहरूलाई चिरफार गरेपछि, तिनीहरू अप्रेसन टेबलमा पल्टिरहेको ठाउँमा नै म तिनीहरूको हत्या गर्नेछु। म मानिसहरूको मनस्थिति बुझ्छु, त्यसकारण म मानवजातिको सदस्य हुँ भन्‍ने देखिन्छ। मानिसको “दुर्भाग्य” प्रति मसँग ठूलो दया छ, र मानिस किन “बिरामी परेको” छ सो मलाई थाहा छैन। यदि ऊ स्वस्थ, र अपाङ्गता विहीन भए त, मूल्य चुकाउनुको, र अप्रेसन टेबलमा समय बिताउनुको के खाँचो हुन्थ्यो र? तर तथ्यहरूलाई रद्द गर्न सकिँदैन—कसले मानिसलाई “खानेकुराको सरसफाइ” मा ध्यान नदिनु भन्यो? कसले उसलाई स्वस्थ रहने कुरामा ध्यान नदिनु भनेर भन्यो? आज, मसँग अरू के-कस्ता उपायहरू छन्? मानिसप्रतिको मेरो करुणालाई देखाउनको लागि, म ऊसँगै “अप्रेसन कोठा” मा प्रवेश गर्छु—र कसले मलाई मानिसलाई प्रेम गर्नु भनी भन्यो? तसर्थ, म आफै “सर्जनको चक्‍कु” लिन्छु र कुनै पनि नतिजालाई रोक्‍नको लागि म मानिसलाई “अप्रेसन” गर्न थाल्छु। मानिसप्रतिको मेरो वफादारीताको कारण, मानिसहरूले मप्रतिको आफ्‍नो कृतज्ञता व्यक्त गर्नको लागि पीडाको बीचमा आँसु बगाउँछन्। मानिसहरूले के विश्‍वास गर्छन् भने, म धार्मिकतालाई बहुमूल्य ठान्छु, मेरा “मित्रहरू” कठिनाइमा हुँदा मैले मेरो हात बढाउनुपर्छ, र मेरो दयाप्रति मानिसहरू अझै कृतज्ञ छन्, र तिनीहरूको रोग निको भएपछि तिनीहरूले मलाई “उपहारहरू” पठाउनेछन् भनी तिनीहरू भन्छन्—तर अभिप्रायको त्यस्तो अभिव्यक्तिलाई म कुनै ध्यान दिँदिन, बरु मानिसलाई अप्रेसन गर्ने कार्यमा ध्यान केन्द्रित गर्छु। मानिसको शारीरिक कमजोरीको कारण, अप्रेसनको छुरी चलाउँदा, ऊ आफ्‍नो आँखा चिम्लेर अप्रेसन टेबलमा चकित भई पल्टिरहन्छ—तैपनि म कुनै ध्यान दिँदिन, म मेरो हातको कामलाई जारी मात्रै राखिरहन्छु। जब अप्रेसन पूरा भएको हुन्छ, मानिसहरू “बाघको मुख” बाट उम्केका हुन्छन् र म तिनीहरूलाई पोषणयुक्त कुरा खुवाउँछु, र तिनीहरूलाई यो कुरा थाहा नभए पनि, तिनीहरूभित्रको पोषण तत्व क्रमिक रूपमा बढिरहेको हुन्छ। त्यसपछि म तिनीहरूप्रति मुस्कुराउँछु, र तिनीहरूले आफ्‍नो स्वास्थ्य पुनः प्राप्त गरेपछि मात्रै तिनीहरूले मेरो अनुहारलाई स्पष्ट रूपमा देख्छन्, त्यसले गर्दा तिनीहरूले मलाई अझै बढी प्रेम गर्छन्, तिनीहरूले मलाई आफ्‍नो पिताको रूपमा लिन्छन्—के स्वर्ग र पृथ्वी बीचको सम्‍बन्ध यही होइन र?

मे ४, १९९२

अघिल्लो: अध्याय ३८

अर्को: अध्याय ४०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्