अध्याय ३४

एक पटक मैले मानिसलाई मेरो घरको पाहुनाको रूपमा बोलाएँ, तैपनि मेरो बोलावटको कारण ऊ जताततै दगुर्यो—यो त यस्तो लाग्थ्यो, मानौं मैले उसलाई पाहुनाको रूपमा बोलाउनुको सट्टा, मैले उसलाई मृत्युदण्ड दिने स्थानमा ल्याएको छु। यसर्थ, मेरो घर रित्तो नै रह्यो, किनभने मानिस सधैँ मबाट टाढा बस्यो, र सधैँ मप्रति सचेत रहन्थ्यो। यसले गर्दा मेरो कार्यको भागलाई अघि बढाउने कुनै माध्यम रहेन, भन्‍नुको अर्थ, यस्तो भयो कि मैले उसको लागि तयार गरेको भोज फिर्ता लिएँ, किनभने मानिस यो भोज खान अनिच्‍छुक थियो, त्यसकारण मैले उसलाई जबरजस्ती त्यसो गर्न लगाइन। तैपनि मानिस अचानक भोकले पिरोलिन्छ, त्यसकारण ऊ मेरो सहयोग माग्दै मेरो ढोका ढकढक्याउन आउँछ—उसलाई त्यस्तो भयानक अवस्थामा देखेर, मैले उसलाई कसरी मुक्ति नदिन सक्छु र? तसर्थ, म फेरि पनि मानिसको लागि भोज तयार गर्छु, ताकि उसले यसको आनन्द लिन सकोस्, त्यसपछि मात्रै म कति सराहनीय छु भन्‍ने कुरा उसले अनुभूति गर्छ, र यसरी उसले मलाई भरोसा गर्न थाल्छ। क्रमिक रूपमा, ऊप्रतिको मेरो मनोवृत्तिको कारण, उसले “बिना कुनै सन्देह” मलाई प्रेम गर्छ, र मैले उसलाई “घाट” भूमिमा पठाउनेछु भनेर उसले अबउप्रान्त शङ्का गर्न छोड्छ, किनभने यो मेरो अभिप्राय होइन। त्यसकारण, मेरो हृदयलाई देखेपछि मात्रै मानिसले पूर्ण रूपमा ममाथि भरोसा गर्छ, जसले ऊ कति “सतर्क” रहेको छ भन्‍ने कुरालाई देखाउँछ। म मानिसको छलको कारण उप्रति सतर्क छैन, बरु म मेरो न्यानो अङ्गालोले मानिसहरूको हृदय छुन्छु। के अहिले मैले यही गरिरहेको छैन र? के वर्तमान चरणमा मानिसहरूमा यही कुरा प्रकट हुँदैन र? किन तिनीहरू यस्ता कुराहरू गर्न समर्थ छन्? किन तिनीहरूमा यस्तो भावना छ? के तिनीहरूले मलाई साँचो रूपमा चिनेको कारण यस्तो भएको हो? के तिनीहरूसँग मप्रति असीमित प्रेम भएकै कारण यस्तो भएको हो? म कसैलाई पनि मलाई प्रेम गर्न जबरजस्ती गर्दिनँ, बरु तिनीहरूलाई आफ्‍नै निर्णय गर्नको लागि स्वतन्त्र इच्‍छा मात्रै दिन्छु; यसमा, म हस्तक्षेप गर्दिन, न त म तिनीहरूलाई आफ्नो भवितव्यको बारेमा निर्णय गर्न नै सहयोग गर्छु। मानिसहरूले मेरो अघि सङ्कल्प गरेका छन्, मैले तिनीहरूको सङ्कल्पलाई निरीक्षण गरूँ भनेर तिनीहरूले त्यसलाई मेरो सामुन्ने ल्याएका छन्, र जब मैले “मानिसको सङ्कल्प” ले भरिएको झोला खोलेँ, तब मैले भित्रका कुराहरू देखेँ, जुन मिसमास भएको सरसामग्रीको थुप्रोजस्तो भए पनि, निकै “प्रशस्‍त” थियो। मैले तिनीहरूको सङ्कल्पलाई निकालेर फालिदिन्छ भन्‍ने डर मान्दै, मानिसहरूले मलाई ठूला-ठूला आँखाले हेर्छन्। तर मानिसको कमजोरीको कारण, मैले सुरुमा नै कुनै निर्णय लिइनँ, बरु झोला बन्द गरेँ र मैले गर्नुपर्ने कामलाई जारी राखेँ। तैपनि, मेरो कामको सुरुवातपछि मानिस मेरो मार्गनिर्देशनमा प्रवेश गर्दैन, बरु उसको सङ्कल्पलाई मैले प्रशंसा गरेको छु कि छैन भन्‍ने कुरामा नै उसले चिन्ता लिइरहन्छ। मैले धेरै काम गरेको छु र धेरै वचन बोलेको छु, तर आजको दिनसम्‍म, मानिस मेरा अभिप्रायहरूलाई बुझ्‍न असक्षम रहेको छ, तसर्थ उसको हरेक आश्‍चर्यजनक कार्यले मेरो दिमाग घुमाउँछ। किन ऊ सधैँ मेरा अभिप्रायहरूलाई बुझ्‍न असमर्थ हुन्छ, र उसले आफ्नो खुशीले हतारमा काम गर्छ? के उसलाई मष्तिष्कघात भएको छ? के मैले बोल्‍ने वचनहरू उसले नबुझेको हुन सक्छ? उसले किन सधैँ सीधा अगाडि मात्र हेर्दै काम गर्छ तर भविष्यका मानिसहरूको निम्ति मार्ग तयार गर्न र उदाहरण निर्माण गर्न सक्दैन? के पत्रुसभन्दा पहिले कसैले उदाहरण निर्माण गरेको छ? के मेरै मार्गनिर्देशनमा रहेर पत्रुस बचेका थिएनन् र? किन आजका मानिसहरू यो काम गर्न असमर्थ छन्? पछ्याउने उदाहरण पाएपछि पनि किन तिनीहरूले मेरा अभिप्रायहरूलाई पूरा गर्न सक्दैनन्? यसले के देखाउँछ भने मानिसलाई अझै पनि मप्रति भरोसा छैन, र यसले आजको दयनीय परिस्‍थितिहरू पैदा गरेको छ।

म आकाशमा उड्ने स-साना चराचुरुङ्गीलाई हेर्नका लागि रमाइलो दृश्य मान्छु। तिनीहरूले मेरो अघि आफ्‍नो सङ्कल्प नगरेका भए पनि र तिनीहरूसँग मलाई “प्रदान गर्ने” कुनै वचनहरू नभए पनि, मैले तिनीहरूलाई दिएको संसारमा तिनीहरू आनन्द पाउँछन्। तर, मानिस यसो गर्न सक्दैन, र उसको अनुहार उराठले भरिएको छ—के मैले उसलाई तिर्न नसकिने ऋण तिर्न बाँकी हुन सक्छ? किन उसको अनुहार सधैँ आँसुले भिजेको हुन्छ? म पहाडमा फुल्‍ने लिली फूललाई प्रशंसा गरिनुपर्ने वस्तु ठान्छु; भिरालो भूमिभरि फूलहरू र घाँस फैलिएका छन्, तर वसन्त आउनुभन्दा पहिले लिली फूलहरूले पृथ्वीमा मेरो महिमामा शोभा थप्छन्—के मानिसले यो हासिल गर्न सक्छ? के ऊ मेरो पुनरागमनभन्दा पहिले पृथ्वीमा मेरा लागि गवाही दिन सक्छ? के ऊ ठूलो रातो अजिङ्गरको देशमा मेरो नामका खातिर आफूलाई समर्पित गर्न सक्छ? यस्तो लाग्छ मानौं मेरा वाणीहरू मानिसप्रतिका मेरा सर्तहरूले भरिएका छन्—यी सर्तहरूको परिणामस्वरूप उसले मलाई घृणा गर्छ; उसले मेरा वचनहरूको डर मान्छ किनभने उसको शरीर अत्यन्तै कमजोर छ, र मैले मागेको कुरा प्राप्त गर्न ऊ आधारभूत रूपमा नै असमर्थ छ। जब म मेरो मुख खोल्छु, म पृथ्वीका मानिसहरू सबै दिशामा भागिरहेको देख्छु, मानौं तिनीहरू अनिकालबाट भाग्‍ने प्रयास गर्दैछन्। जब म मेरो अनुहार छोप्छु र मेरो शरीरलाई फर्काउँछु, मानिसहरू तुरुन्तै आत्तिन्छन्। के गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, किनभने मेरो प्रस्थानप्रति तिनीहरू डराउँछन्; तिनीहरूका धारणाहरूअनुसार, म बिदा भएर जाने दिन नै स्वर्गबाट विपत्तिहरू झर्ने दिन, तिनीहरूको दण्डको सुरु हुने दिन हुनेछ। तैपनि मैले जे गर्छु त्यो मानिसका धारणाहरूभन्दा पूर्ण विपरीत हुन्छ; मैले कहिल्यै पनि मानिसका धारणाहरूअनुसार काम गरेको छैन, र मैले आफूलाई उसका धारणाहरूअनुरूप हुने कहिल्यै तुल्याएको छैन। मैले काम गर्ने समय नै मानिसलाई उदाङ्गो पारिने समय हो। अर्को शब्‍दमा भन्दा, मेरा कार्यहरूलाई मानव धारणाहरूद्वारा मापन गर्न सकिँदैन। सृष्टि भएको समयदेखि आजको दिनसम्‍म, मैले गर्ने कुराहरूमा कसैले पनि “नयाँ महाद्वीप” पत्ता लगाएको छैन; मैले काम गर्ने नियमहरूलाई कहिल्यै कसैले बुझेको छैन, र कसैले कहिल्यै पनि नयाँ मार्ग खोलेको छैन। तसर्थ, आजका मानिसहरू सही मार्गमा प्रवेश गर्न असमर्थ रहेका छन्—तिनीहरूमा ठीक यही कुराको कमी छ, र तिनीहरूले प्रवेश गर्नुपर्ने कुरा यही हो। सृष्टि भएको समयदेखि आजको दिनसम्‍म, मैले पहिले कहिल्यै पनि त्यस्तो काम गरेको छैन। मैले आखिरी दिनहरूको मेरो काममा धेरै वटा नयाँ खण्डहरू मात्रै थपेको छु। यस्तो स्पष्ट परिस्‍थितिहरूमा पनि, मानिसहरूले अझै पनि मेरा अभिप्रायहरूलाई बुझ्‍न सक्दैनन्—के तिनीहरूमा ठीक यही कुराको कमी छ, होइन र?

म नयाँ काममा प्रवेश गरेपछि, मानिसहरूसँग मेरा नयाँ मागहरू रहन्छन्। मानिसलाई विगतका मागहरूले कुनै प्रभाव पारेको छैन जस्तो लाग्छ, त्यसैकारण ऊ तिनलाई बिर्सन्छ। मैले काम गर्ने नयाँ माध्यम कुन हो? म मानिससँग के माग्छु? मानिसहरूले विगतमा गरेका कामकुराहरू मेरा अभिप्रायहरूअनुरूप थिए कि थिएनन्, र तिनीहरूका कार्यहरू मैले मागेका कुराहरूको दायराभित्र थिए कि थिएनन् भनेर मापन गर्न तिनीहरू आफै सक्षम छन्। मैले हरेक कुरा एक-एक गरी निरीक्षण गर्न आवश्यक छैन; तिनीहरूलाई आफ्नै कदको बोध छ, र त्यसैले मनमा तिनीहरू आफूले कतिसम्म काम गर्न सकिन्छ भन्‍ने बारेमा स्पष्ट छन्, र मैले तिनीहरूलाई स्पष्ट रूपमा बताउन आवश्यक छैन। मैले बोल्दा, सायद कतिपय मानिसले ठेस खानेछन्; तसर्थ, मैले मेरा वचनहरूको यो पाटो बोलेको छैन ताकि यसको परिणामस्वरूप मानिसहरू कमजोर नबनून्। के यसले मानिसको पछ्याइमा अझ ठूलो फाइदा पुर्‍याउँदैन र? के यसले मानिसको प्रगतिमा अझ ठूलो फाइदा पुर्‍याउँदैन र? कसलाई चाहिँ आफ्नो विगतलाई बिर्सेर अगाडि बढ्ने इच्छा हुँदैन? मेरो “विचारहीनता” को कारणले गर्दा, मानिसहरू मैले बोल्ने माध्यम नयाँ क्षेत्रमा प्रवेश गरिसकेको छ भन्‍ने कुरा बुझ्छन् कि बुझ्दैनन् भन्‍नेबारे म अनजान छु। यसका साथै, मेरो कामले मलाई यति धेरै “व्यस्त” राख्ने हुनाले, मैले बोल्ने लवज मानिसहरूले बुझ्छन् कि बुझ्दैनन् भनी सोधपुछ गर्नलाई मैले समय पाएको छैन। तसर्थ, म मानिसहरू मप्रति अझ बढी “समझदार” होऊन् भन्‍ने मात्रै माग गर्छु। मेरो कामले मलाई यति धेरै “व्यस्त” राख्ने हुनाले, म मानिसहरूलाई निर्देशन दिनका लागि व्यक्तिगत रूपमा मेरो कामका आधारहरूमा भ्रमण गर्न असमर्थ छु, त्यसैले मसँग तिनीहरूबारे “थोरै बुझाइ” छ। समग्रमा, अरू कुरा जेसुकै होस्, मैले अब मानिसलाई औपचारिक रूपमा नयाँ सुरुवात र नयाँ विधिमा प्रवेश गर्न अगुवाइ गर्न थालेको छु। मेरा सबै वाणीमा, मानिसहरूले मैले भन्ने कुरामा ठट्टा, हास्य, र अत्यन्तै कडा गिल्लाको भाव भएको देखेका छन्। तसर्थ, म र मानिसबीचको सामञ्जस्य थाहै नपाई भङ्ग हुन्छ, जसले गर्दा मानिसहरूको अनुहारमा बादलको बाक्लो आवरण छाउँछ। तर, म यसद्वारा बाँधिएको छैन, बरु आफ्नो काम जारी राख्छु, किनभने मैले भन्ने र गर्ने सबै कुरा मेरो योजनाकै जरुरी पाटो हो; मेरो मुखबाट बोलिने सबै कुराले मानिसलाई मद्दत गर्छ, र मैले गर्ने कुनै पनि कुरा महत्त्वहीन हुँदैन; मैले गर्ने सबै कुराले सबै मानिसलाई उत्थान गर्छ। मानिसमा कमी भएकै कारण म खुला रूपमा कामहरू गर्छु र बोलिरहन्छु। सायद, कतिपय मानिस मैले तिनीहरूसँग नयाँ मागहरू गरूँ भनी व्यग्रताका साथ पर्खिरहेका हुन्छन्। यदि त्यसो हो भने, म तिनीहरूका आवश्यकताहरू पूरा गरिदिन्छु। तर मैले तिमीहरूलाई एउटा कुरा सम्झाउनैपर्छ: मैले बोल्दा, म मानिसहरूले अझ बढी अन्तर्दृष्टि प्राप्त गरून् र तिनीहरू अझ बढी खुट्ट्याउन सक्ने बनून् भन्‍ने आशा गर्छु, ताकि तिनीहरूले मेरा वचनहरूबाट अझ बढी प्राप्त गर्न सकून् र यसरी मेरा मागहरू पूरा गर्न सकून्। यसअघि, मण्डलीहरूमा, मानिसहरू काटछाँट गरिनु र तोडिनुलाई स्वीकार गर्नमा ध्यान दिन्थे। मेरा वचनहरू खाने र पिउने काम तिनका लक्ष्य र स्रोतहरू बुझ्ने आधारमा गरिन्थ्यो—तर आज विगतजस्तो छैन, र मानिसहरू मेरा वाणीहरूको स्रोत बुझ्न पूर्ण रूपमा असक्षम छन्, तसर्थ तिनीहरूले मद्वारा काटछाँट गरिने र तोडिने कुनै मौका पाउँदैनन्, किनभने तिनीहरूले आफ्नो सम्पूर्ण ऊर्जा केवल मेरा वचनहरू खान र पिउनमा खर्च गरेका छन्। तर यी परिस्थितिहरूमा पनि, तिनीहरू मेरा मागहरू पूरा गर्न असक्षम नै रहन्छन्, त्यसैले म तिनीहरूसँग नयाँ मागहरू राख्छु: म तिनीहरू मसँगै परीक्षाहरूमा प्रवेश गरून्, अर्थात्, तिनीहरू सजायमा प्रवेश गरून् भनी माग गर्छु। तैपनि म तिमीहरूलाई एउटा कुरा सम्झाउँछु: यो मानिसलाई मार्नु होइन, बरु यो त मेरो कामले माग गरेको कुरा हो, किनभने वर्तमान चरणमा मेरा वचनहरू मानिसका लागि अत्यन्तै बुझ्न नसकिने छन्, र मानिसलाई मसँग कसरी सहकार्य गर्ने भन्‍ने थाहा छैन—गरिनुपर्ने केही पनि छैन! म मानिसलाई मसँगै नयाँ विधिमा प्रवेश गराउन मात्र सक्छु। अरू के नै गर्न सकिन्छ र? मानिसका कमीकमजोरीहरूका कारण, मानिस प्रवेश गर्ने प्रवाहमा म पनि प्रवेश गर्नैपर्छ—के मैले नै मानिसहरूलाई पूर्ण पार्ने होइन र? के यो योजना बनाउने म नै होइन र? अर्को माग गाह्रो नभए पनि, यो पहिलोभन्दा कम महत्त्वपूर्ण छैन। आखिरी दिनहरूका मानिसहरूको समूहमाथिको मेरो काम एक अभूतपूर्व उद्यम हो, तसर्थ, मेरो महिमाले आकाशमण्डल भरोस् भनेर, सबै मानिसले मेरा लागि अन्तिम कष्ट भोग्नैपर्छ। के तिमीहरू मेरो अभिप्राय बुझ्छौ? मानिससँग मैले गर्ने अन्तिम माग यही हो, भन्नुको मतलब, म सबै मानिसले ठूलो रातो अजिङ्गरको अगाडि मेरो बलियो, जोरदार साक्षी दिन सकून्, तिनीहरूले अन्तिम पटक मेरा लागि आफूलाई अर्पण गर्न सकून्, र अन्तिम पटक मेरा मागहरू पूरा गर्न सकून् भन्‍ने आशा गर्छु। के तिमीहरू साँच्चै यसो गर्न सक्छौ? तिमीहरू विगतमा मेरो हृदयलाई सन्तुष्ट पार्न असक्षम थियौ—के तिमीहरू अन्तिम पटक यो ढाँचा तोड्न सक्छौ? म मानिसहरूलाई यस विषयमा विचार गर्ने मौका दिन्छु; म तिनीहरूलाई अन्तिममा मलाई जवाफ दिनुअघि ध्यानपूर्वक मनन गर्न दिन्छु—के यसो गर्नु खराब हो र? म मानिसको प्रतिक्रियाको प्रतीक्षा गर्छु, म उसको “जवाफी पत्र” को प्रतीक्षा गर्छु—के तिमीहरूमा मेरा मागहरू पूरा गर्ने विश्‍वास छ?

अप्रिल २०, १९९२

अघिल्लो: अध्याय ३३

अर्को: अध्याय ३५

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्