अध्याय ७

सबै पश्चिमी शाखाले मेरो आवाज सुन्नुपर्छ:

के तिमीहरू विगतमा मप्रति विश्‍वासयोग्य थियौ? के तिमीहरूले मेरा उत्कृष्ट सल्लाहका वचनहरू सुन्यौ? के तिमीहरूका आशा यथार्थवादी छन्, अस्पष्ट र अनिश्चित छैनन्? मानवजातिको बफादारीता, मानवजातिको प्रेम, मानवजातिको विश्‍वास—यी केही नभएर मबाट आउने कुरा हो, मद्वारा प्रदान गरिने कुरा हो। मेरा मानिसहरू, जब तिमीहरू मेरो वचन सुन्छौ, तब के तिमीहरू मेरो इच्छा बुझ्छौ? के तिमीहरू मेरो हृदयलाई देख्छौ? विगतमा, सेवाको मार्गमा हुँदा तिमीहरूले थुप्रै उतावचडाव, प्रगति र असफलताको सामना गर्‍यौ, र पतन हुने र मलाई धोका दिने खतरामा पनि पुग्यौ, त्यसको बाबजुत पनि त्यस्ता हरेक क्षण मैले तिमीहरूलाई निरन्तर बचाइरहेको थिएँ भन्‍ने के तिमीहरूलाई थाह छ? त्यस्ता हरेक क्षणमा म तिमीहरूलाई बोलाउन र उद्धार गर्न निरन्तर मेरो आवाज निकाली रहेको थिएँ भन्‍ने थाह छ? तिमीहरू धेरै पटक शैतानको जालमा पर्‍यौ; तिमीहरू धेरै पटक मानवताको पासोमा फस्यौ; तिमीहरू धेरै पटक आफूलाई त्याग्‍न नसकेर अर्कासँग अन्त्यहीन कलहमा हरायौ। धेरै पटक, तिमीहरूको शरीर मेरो घरभित्र थियो जबकी तिमीहरूको हृदय कहीँ भेट्टाउन सकिएन। यद्यपि, तिमीहरूलाई सहारा दिएर उठाउन धेरै पटक मैले मेरा बचाउने हातहरू तिमीहरूसम्म पुर्‍याएको छु, मैले धेरै पटक तिमीहरूका बीचमा कृपाको टुक्रा छरेको छु। मैले धेरै पटक कष्टपछिको तिमीहरूको हैरानीलाई हेर्न सकेको छैन; धेरै पटक…। के तिमीहरूलाई यो थाहा छ?

तैपनि, आज मेरो बन्दोबस्तमा, तिमीहरूले अन्ततः सबै कठिनाइ पार गरेका छौ, र म तिमीहरूको साथमा रमाएको छु; यो मेरो बुद्धिको मणिभ हो। जे होस्, यो राम्रोसँग सम्झ! तिमीहरू आफै बलियो हुँदा को पतन भएको छ? कहिल्यै एकै क्षण कमजोरी नभइकन को बलियो भएको छ? मानिसहरूमध्ये, कसले त्यस्तो आशीर्वाद पाएको छ जुन मबाट आएको होइन? के कसैले कुनै दुर्भाग्य भोगेको छ जुन मबाट आएको होइन? मलाई प्रेम गर्ने सबैले केवल आशीर्वाद मात्र पाउने हुनसक्छ? के अय्यूबलाई आइपरेको दुर्भाग्यको कारण उसले मलाई प्रेम गर्न असफल भयो, त मेरो विरोध गर्ने बाटो रोजेको हुनसक्छ? के पावलले मलाई साँच्चिकै प्रेम गर्न सकेकोले उसले मलाई मेरो उपस्थितिमा वफादारीसाथ सेवा गर्न सकेको थियो भन्‍ने हुनसक्छ? तिमीहरू मेरो गवाहीलाई दृढ विश्‍वास गर्छौ भने पनि, के तिमीहरू बीच कोही हुन सक्छ, जसको गवाही विशुद्ध सुन झैँ छ? के मानिसहरूले साँचो बफादारीता दिन सक्छन्? तिमीहरूको गवाहीले मलाई आनन्द दिन्छ भन्‍ने कुरा तिमीहरूको “बफादारीता” सँग विरोधाभास युक्त छैन, किनकि मैले कहिल्यै कसैबाट धेरै कुरा माग गरेको छैन। मेरो योजना पछाडिको मूल अभिप्रायमा जाँदा, तिमीहरू सबै “दोषपूर्ण सामान” हुनेछौ—अपेक्षित स्तर नभएका। मैले तिमीहरूलाई “कृपाको दाना छर्ने” बारे जे भनेको थिएँ के यो त्यसको एउटा उदाहरण होइन? के तिमीहरूले देख्ने यो मेरो मुक्ति होइन?

तिमीहरू सबैले विगतलाई स्मरण गर्न र सोच्‍नुपर्छ: मेरो घर फर्केदेखि, के तिमीहरूमध्ये कसैले मलाई पत्रुसले जस्तै फाइदा वा नोक्सान विचार नगरिकन चिन्न सकेका छौ? तिमीहरूले सतही रूपमा बाइबल कण्ठ गरेका छौ, तर के तिमीहरूले यसको मर्मलाई आत्मसाथ गरेका छौ? जस्तो कि, तिमीहरू अझै पनि आफ्नो “पुँजी” त्यागेर आफूलाई साँचो रूपमा छोड्न अस्वीकार गर्छौ। जब म उच्चारण गर्छु, जब म तिमीहरूसँग आमनेसामने कुरा गर्छु, तिमीहरूमध्ये कसले मैले खुलासा गर्ने जीवनको वचन प्राप्त गर्न कहिल्यै आफ्ना बन्द बहीखाता त्यागेका छौ? तिमीहरूमा मेरा वचनप्रति कुनै सम्मान छैन, न त तिमीहरू तिनलाई माया नै गर्छौ। बरु, तिमीहरू आफ्नो स्थान कायम राख्न मेरा वचनलाई मेसिनगन जस्तै आफ्ना दुस्मनमाथि प्रहार गर्न प्रयोग गर्छौ; मलाई चिन्‍नका लागि थोरै मात्रामा पनि तिमीहरू मेरो न्याय स्वीकार्ने प्रयास गर्दैनौ। तिमीहरू हरेक नै अरू कसैमाथि हतियार ताकिरहेका छौ; तिमीहरू सबै “निःस्वार्थ” छौ र हरेक परिस्थितिमा “अरूको हितको खातिर सोच्छौ”। तिमीहरूले हिजो गरिरहेको कुरा ठ्याक्कै यही होइन र? र आज? तिमीहरूको “बफादारीता” केही अङ्कले माथि गएको छ र तिमीहरू अलिकति बढी अनुभवी र अलिकति बढी परिपक्व भएका छौ; यसकारणले गर्दा, मप्रतिको तिमीहरूको “भय” केही बढेको छ र कोही पनि “हल्का रूपले काम” गर्दैन। तिमीहरू किन सदा निष्क्रियताको यो अवस्थामा रहन्छौ? किन तिमीहरूभित्र कतै पनि सकारात्मक पक्ष कहिल्यै फेला पर्दैन? हे मेरा मानिसहरू हो! विगत त धेरै अघि नै सकिसक्यो; तिमीहरू त्यसमा अझै पनि टाँसिएर बस्नु हुँदैन। हिजो तिमीहरू दृढ बसेकाले आज मलाई तिमीहरूले निष्कपट बफादारीता प्रदान गर्नुपर्छ; यसबाहेक, भोलि तिमीहरूले मेरा लागि राम्रो गवाही वहन गर्नुपर्छ र तिमीहरू भविष्यमा मेरो आशीर्वादको उत्तराधिकारी हुनेछौ। यो तिमीहरूले बुझ्नुपर्छ।

म तिमीहरू समक्ष उपस्थित नभए तापनि मेरो आत्माले तिमीहरूलाई निश्‍चय नै अनुग्रह प्रदान गर्नेछ। म आशा गर्दछु कि तिमीहरूले मेरो आशीर्वादलाई महत्त्वपूर्ण ठान्‍नेछौ र त्यसैमा भर पर्दै आफूलाई जान्न सक्षम हुनेछौ। तिमीहरूले त्यसलाई आफ्नो पुँजीको रूपमा लिनु हुँदैन, बरु तिमीहरूले मेरा वचन तिमीहरूमा भएको अभाव पुरा गर्न प्रयोग गर्नुपर्छ र यसले तिमीहरूका सकारात्मक तत्व निकाल्छ। म तिमीहरूलाई यही सन्देश दिन्छु!

फेब्रुवरी २८, १९९२

अघिल्लो: अध्याय ६

अर्को: अध्याय ८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्