अध्याय ८
जब मेरा प्रकाशहरू उत्कर्षमा पुग्छन्, र जब मेरो न्याय अन्त्यतिर आइपुग्छ, त्यो बेला मेरा सबै मानिसहरू प्रकट हुने र पूर्ण बनाइने समय हुनेछ। म मेरो आशयसँग मेल खाने र मेरो प्रयोगको लागि योग्य मानिसहरूको निरन्तर खोजीमा ब्रह्माण्डका सबै कुनाहरूमा यात्रा गर्छु। को माथि उठ्न र मसँग सहकार्य गर्न सक्छ? मानिसहरूले मलाई गर्ने प्रेम सूक्ष्म छ, र ममाथिको तिनीहरूको विश्वास पनि दयालाग्दो रूपमा सानो छ। यदि मैले मानिसहरूका कमजोरीहरूमा मेरा वचनहरूको प्रहार निर्देशित गरिनँ भने, तिनीहरूले घमन्ड र बढाइचढाइ गर्छन्, धाक लगाउँछन् र आडम्बरी सिद्धान्तहरू सिर्जना गर्छन्, मानौं तिनीहरू नै सांसारिक मामिलाहरूको सवालमा सर्वज्ञानी र सर्वज्ञाता हुन्। विगतमा मप्रति “निष्ठावान्” हुनेहरूमध्येमा, र आज मेरो सामुन्ने “स्थिर रूपमा खडा” हुनेहरूमध्येमा, को अझै फूर्ति लगाएर बोल्ने आँट गर्छ? को आफ्ना भावी सम्भाव्यताहरूमा चुपचाप खुसी हुँदैन? जब मैले मानिसहरूलाई सीधै पर्दाफास गरिँन, तब तिनीहरू लुक्ने कुनै ठाउँ भएन र सर्मद्वारा उत्पीडित भए। यदि मैले फरक तरिकामा बोलेँ भने, यो अझ कति धेरै भयङ्कर हुन्थ्यो? मानिसहरूसँग अझ अधिक कृतज्ञताको भाव हुन्थ्यो, कुनै पनि कुराले तिनीहरूलाई निको पार्न सक्दैन भन्ने कुरामा तिनीहरूले विश्वास गर्थे, र सबै जना आफ्नै निष्क्रियताद्वारा कसिएर बाँधिएका हुन्थे। जब मानिसहरूले आशा गुमाउँछन्, तब राज्यको सलामी औपचारिक रूपमा गुञ्जन्छ, जुन मानिसहरूले भनेझैँ “त्यस्तो समय हो जब सात गुणा तीव्र आत्माले काम गर्न थाल्छन्।” अर्को शब्दमा, यो तब हुन्छ जब राज्यको यो जीवन आधिकारिक रूपमा यस पृथ्वीमा सुरु हुन्छ; यो तब हुन्छ जब मेरो ईश्वरत्व सीधै (कुनै मानसिक “प्रक्रिया” बिना) काम गर्न निस्कन्छ। सबै मानिसहरू व्यस्त रूपमा हतार गर्दै यताउता गर्छन्, मानौं तिनीहरूलाई कुनै सपनाबाट बिउँताइएको वा उठाइएको छ, र उठ्दै गर्दा तिनीहरू यस्ता परिस्थितिहरूमा आफूलाई पाएर चकित छन्। विगतमा, मैले मण्डली निर्माणको बारेमा धेरै भनेँ; मैले धेरै रहस्यहरू प्रकट गरेँ, तर चरमबिन्दुमा पुगेपछि त्यो काम आकस्मिक रूपमा अन्त्य हुनपुग्यो। तथापि, राज्यको निर्माण फरक कुरा हो। जब आत्मिक क्षेत्रको युद्ध अन्तिम चरणमा पुग्छ, तब मात्र म मेरो काम यस पृथ्वीमा नवीन प्रकारले गर्न सुरु गर्छु। भन्नुको मतलब, सबै मानिसहरू पछि हट्ने अवस्थाको सङ्घारमा आइपुग्दा मात्र म औपचारिक रूपमा मेरो नयाँ कार्य थाल्छु र खडा गर्छु। राज्य निर्माण र मण्डली निर्माणबीचको भिन्नता यो हो कि मण्डली निर्माणमा मैले ईश्वरत्वद्वारा शासित मानवतामार्फत काम गरेँ; मैले तिनीहरूका विकृत अवस्थाहरू सीधै प्रकट गर्दै र तिनीहरूको सार पर्दाफास गर्दै मानिसको पुरानो प्रकृतिलाई प्रत्यक्ष रूपमा निराकरण गरेँ। परिणामस्वरूप, यही आधारमा तिनीहरूले आफैलाई चिन्न पाए, र त्यसैले आफ्ना हृदयहरूमा र आफ्ना वचनहरूमा सुनिश्चित भए। राज्य निर्माणमा, म सीधै मेरो ईश्वरत्वमार्फत काम गर्छु, र मेरा वचनहरूको बारेमा मानिसहरूको ज्ञानको जगमा तिनीहरू सबैलाई मसँग के छ र म को हुँ भन्ने कुरा बुझ्ने मौका प्रदान गर्छु र अन्ततः म देहधारी हुन आएको सन्दर्भमा मेरो बारेमा ज्ञान प्राप्त गर्ने मौका दिन्छु। यसरी सबै मानवजातिले गरेको अस्पष्ट परमेश्वरको खोजी समाप्त हुन्छ, र यसरी तिनीहरूले स्वर्गमा हुनुहुने परमेश्वरको लागि आफ्नो हृदयमा ठाउँ राख्न छोड्छन्; भन्नुको मतलब, म देहधारी हुँदा मैले गर्ने कार्यको बारेमा मानवजातिलाई बुझ्न दिन्छु, र यसरी पृथ्वीमा मेरो समयलाई टुङ्ग्याउँछु।
राज्यको निर्माण सीधै आत्मिक क्षेत्रमा लक्षित छ। भन्नुको मतलब, आत्मिक क्षेत्रको युद्धको अवस्थालाई मेरा सबै मानिसहरूको माझमा प्रष्ट गरिएको छ, र यो कुरा मण्डलीभित्र मात्र होइन, राज्यको युगमा पनि अझ धेरै रूपमा हरेक व्यक्ति नै निरन्तर युद्धमा छ भन्ने कुरा देखाउन पर्याप्त छ। तिनीहरूका भौतिक शरीरहरूको बाबजुत पनि, यो आत्मिक क्षेत्र सीधै प्रकट गरिन्छ, र तिनीहरू यस आत्मिक क्षेत्रको जीवनसँगको सम्पर्कमा आउँछन्। यसरी, जब तिमीहरू विश्वासयोग्य हुन सुरु गर्छौं, तब तिमीहरूले मेरो कामको अर्को भागको निम्ति ठीक प्रकारले तयारी गर्नुपर्छ। तिमीहरूले आफ्नो हृदयको सम्पूर्णता नै त्याग्नुपर्छ; अनि मात्र तिमीहरूले मेरो हृदयलाई सन्तुष्ट पार्न सक्छौ। मण्डलीमा पहिले के भयो भन्नेबारे म केही मतलब राख्दिनँ; आज, यो यही राज्यमा छ। मेरो योजनामा, शैतानले अहिलेसम्म नै पाइलैपिच्छे पछ्याउँदै आएको छ र यसले मेरो बुद्धिको प्रतिभारको रूपमा, मेरो मौलिक योजनालाई अवरोध गर्ने शैली र माध्यमहरू पत्ता लगाउने कोसिस गर्दै आएको छ। तर के म त्यसका छली युक्तिहरूमा फस्न सकुँला र? स्वर्ग र पृथ्वीको हरेक कुराले मेरो सेवा गर्छ; के शैतानका छली युक्तिहरू फरक हुन सक्लान् र? ठीक यहीँनेर नै मेरो बुद्धिले प्रतिच्छेदन गर्छ; मेरा कार्यहरूको बारेमा भएको आश्चर्य नै ठीक यही हो, र मेरो सम्पूर्ण व्यवस्थापन योजनाको सञ्चालन सिद्धान्त नै यही हो। राज्य निर्माणको युगमा, अझै पनि म शैतानको छली युक्तिहरूलाई पन्छाउँदिन, बरु मैले गर्नैपर्ने कार्यलाई जारी राख्छु। ब्रह्माण्ड र यावत् थोकहरूको माझमा, मैले शैतानका कार्यहरूलाई मेरो प्रतिभारको रूपमा छानेको छु। के यो मेरो बुद्धिको प्रदर्शन होइन र? मेरो कार्यको बारेमा रहेको आश्चर्य नै ठीक यही होइन र? राज्यको युगभित्र प्रवेश गर्ने समयमा, स्वर्ग र पृथ्वीका सबै थोक पूर्ण रूपमा रूपान्तरित हुन्छन्, र तिनले उत्सव र आनन्द मनाउँछन्। के तिमीहरू फरक छौ र? कसको हृदयमा महको मिठास छैन र? को आनन्दले भरिएर छताछुल्ल भएको छैन र? को उल्लासले नाच्दैन र? कसले प्रशंसाका शब्दहरू उच्चारण गर्दैन र?
मैले माथि चर्चा र छलफल गरेका सबै कुराहरूका लक्ष्यहरू र उत्पत्ति तिमीहरू बुझ्छौ कि बुझ्दैनौ? यदि मैले यो नसोधेको भए, अधिकांश मानिसहरूले मैले केवल बकबक गर्दै थिएँ भनेर विश्वास गर्थे होलान्, र मेरा वचनहरूको स्रोतलाई बुझ्न असक्षम हुन्थे होलान्। यदि तिनलाई ध्यान दिएर विचार गर्यौ भने, तिमीहरूले तिनको महत्त्व बुझ्नेछौ। तैँले तिनलाई नजिकबाट पढ्नु बेस हुन्थ्यो: मेरा वचनहरूमध्ये कुनचाहिँ तेरो लागि लाभदायक छैन? कुनचाहिँले तेरो जीवन वृद्धि गर्ने आशय राख्दैन? कुनचाहिँले आत्मिक क्षेत्रको यथार्थको बारेमा बोल्दैन? मेरा वचनहरूमा अनुप्रास वा तर्क छैन, तिनमा व्याख्या र अर्थ-अनुवादको अभाव छ भनी अधिकांश मानिसहरू विश्वास गर्छन्। के मेरा वचनहरू साँच्चै यति अमूर्त र अस्पष्ट छन्? के तिमीहरू साँच्चै मेरा वचनहरूप्रति समर्पित हुन्छौ? के तिमीहरू साँच्चै मेरा वचनहरू स्वीकार गर्छौ? के तिमीहरूले तिनलाई खेलौनाको रूपमा व्यवहार गर्दैनौ? के तैँले तिनलाई आफ्नो कुरूपता ढाक्ने कपडाको रूपमा प्रयोग गर्दैनस्? यस विशाल संसारमा, को मद्वारा व्यक्तिगत रूपमा जाँच गरिएको छ? कसले व्यक्तिगत रूपमा मेरो आत्माका वचनहरू सुनेको छ? धेरै मानिसहरूले अन्धकारमा छामछुम र खोजी गर्छन्; धेरैले प्रतिकूल परिस्थितिमाझ प्रार्थना गर्छन्; भोका र कठ्याङ्ग्रिएका धेरैले आशाका साथ हेर्छन्; र धेरै जना शैतानद्वारा बन्धित छन्; तैपनि धेरैलाई कतातिर फर्कने थाहा छैन, धेरैले आफ्नो खुसी माझमा मलाई त्याग्छन्, धेरै जना अकृतज्ञ छन्, र धेरै जना शैतानका छली युक्तिहरूप्रति निष्ठावान् छन्। तिमीहरूमध्येमा अय्यूब को हो? पत्रुस को हो? किन मैले अय्यूबलाई बारम्बार उल्लेख गरेको छु? किन मैले पत्रुसलाई यति धेरैपटक उल्लेख गरेको छु? के तिमीहरूले तिमीहरूको लागि मेरा आशाहरू के हुन् भनी कहिल्यै निश्चित गरेका छौ? तिमीहरूले यस्ता कुराहरूमा मनन गर्न अधिक समय खर्च गर्नुपर्छ।
पत्रुस धेरै वर्षसम्म मप्रति विश्वासयोग्य थियो, तापनि उसले कहिल्यै गनगन गरेन न त उसले कुनै गुनासो नै गर्यो; अय्यूब पनि उसको बराबरी थिएन, र युगौँयुगसम्म सन्तहरू समेत पत्रुसको तहसम्म पुग्न चुकेका छन्। शैतानले आफ्ना छली युक्तिहरू मञ्चन गर्दै गरेको समयमा उसले मेरो बारेमा जान्न मात्र खोजेन, मेरो बारेमा जान्न समेत सक्यो। यसले पत्रुसलाई सदैव मेरो इच्छाको धारमा रहेर धेरै वर्षसम्म मेरो सेवा गर्न अभिप्रेरित गर्यो र यही कारणले गर्दा, ऊ शैतानद्वारा कहिल्यै शोषित भएन। पत्रुसले अय्यूबको विश्वासबाट पाठ सिक्यो, तर अय्यूबका कमजोरीहरूलाई पनि प्रस्टै देख्यो। अय्यूबसँग ठूलो विश्वास भएको भए पनि, ऊसँग आत्मिक क्षेत्रका कुराहरूको बारेमा ज्ञानको अभाव थियो, त्यसैले उसले वास्तविकतासँग मेल नखाने धेरै कुराहरू भन्यो; यसले अय्यूबको ज्ञान सतही र सिद्धताको निम्ति असक्षम रहेको देखाउँछ। त्यसैले, पत्रुसले सदैव आत्माको बुझाइ हासिल गर्ने कुरामा ध्यान केन्द्रित गर्यो, र सदैव आत्मिक क्षेत्रका विविध पक्षहरूको अवलोकन गर्ने कार्यमा ध्यान दियो। परिणामस्वरूप, ऊ मेरो चाहनाका कुराहरू पत्ता लगाउन मात्र सक्षम भएन, उसले त शैतानका छली युक्तिहरूको बारेमा पनि थोरै ज्ञान हासिल गर्यो। यही कारणले गर्दा, मेरो बारेमा उसको ज्ञान युगौँयुगभरिका जोसुकैको भन्दा पनि ठूलो हुनपुग्यो।
पत्रुसले गरेको अनुभवबाट, यो देख्न कठिन छैन कि यदि मानिसहरूले मलाई जान्न चाहन्छन् भने, तिनीहरूले आफ्नो आत्माभित्र नै सचेत भएर हेक्का राख्ने कुरामाथि जोड दिनुपर्छ। तैँले आफ्नो निश्चित मात्रा मलाई बाह्य रूपमा “समर्पण” गर् भनेर म भन्दिनँ; यो त गौण सरोकारको विषय हो। यदि तैँले मलाई चिन्दैनस् भने, तैँले कुरा गर्ने विश्वास, प्रेम र निष्ठा सबै नै भ्रमहरू मात्र हुन्छन्; ती व्यर्थका बकबक हुन्छन्, र तँ मेरो सामुन्ने निकै ठूलो गर्व गर्ने तर आफैलाई नचिन्ने व्यक्ति बन्ने निश्चित हुन्छ। यसको मतलब, तँलाई फेरि एकपटक शैतानले पासोमा पार्नेछ र तँ आफैलाई मुक्त गर्न असमर्थ हुनेछस्; तँ अनन्त विनाशको पुत्र र विध्वंसको पात्र हुनेछस्। तापनि, यदि तँ मेरा वचनहरूप्रति मन्द र लापरवाही हुन्छस् भने, तैँले निःसन्देह मेरो विरोध गर्छस्। यो वास्तविकता हो, र तैँले मबाट सजाय प्राप्त गरेका धेरै र विविध आत्माहरूलाई आत्मिक क्षेत्रको द्वारबाट चियाएर हेर्नु बेस होला। मेरा वचनहरूको सामना गर्दा, तिनीहरूमध्ये कोचाहिँ निष्क्रिय, लापरवाही, र स्वीकार नगर्ने खालको थिएन र? तिनीहरूमध्ये कोचाहीँ मेरा वचनहरूको निन्दा गर्ने व्यक्ति थिएन र? तिनीहरूमध्ये कसले चाहिँ मेरा वचनहरूमा खोट पत्ता लगाउने कोसिस गरेन र? तिनीहरूमध्ये कसले चाहिँ आफैलाई “रक्षा” गर्न मेरा वचनहरूलाई “प्रतिरक्षात्मक शस्त्र” को रूपमा प्रयोग गरेन र? तिनीहरूले मेरो बारेमा जान्ने माध्यमको रूपमा मेरा वचनहरूमा भएका विषयवस्तुहरूलाई प्रयोग गरेनन्, तर तिनलाई केवल खेल्ने खेलौनाहरूको रूपमा प्रयोग गरे। यसमा, के तिनीहरूले मलाई सीधै विरोध गर्दै थिएनन् र? मेरा वचनहरू को हुन्? मेरो आत्मा को हो? मैले तिमीहरूलाई यस्ता प्रश्नहरू धेरैपटक सोधेको छु, तर के तिमीहरूले तीबारे कहिल्यै कुनै अझ उच्चतम र स्पष्ट अन्तर्दृष्टि पाएका छौ? के तिमीहरूले कहिल्यै तिनलाई साँच्चै अनुभव गरेका छौ? म तिमीहरूलाई फेरि एकपटक स्मरण गराउँछु: यदि तिमीहरूले मेरा वचनहरूको बारेमा जान्दैनौ, वा तिनलाई स्वीकार गर्दैनौ, वा तिनलाई अभ्यासमा लगाउँदैनौ भने, तिमीहरू पक्कै पनि मेरो सजायका पात्रहरू बन्नेछौ! तिमीहरू पक्कै पनि शैतानका सिकारहरू बन्नेछौ!
फेब्रुवरी २९, १९९२