मार्ग … (७)

हाम्रा व्यावहारिक अनुभवहरूमा, हामी के देख्छौं भने परमेश्‍वरले धेरै पटक व्यक्तिगत रूपमा हाम्रो लागि मार्ग खोलिदिनुभएको छ, यसैले कि हाम्रो खुट्टामुनिको मार्ग अझ सुदृढ, र अझ वास्तविक होस्। किनकि परमेश्‍वरले हाम्रा लागि अनादिदेखि खोलिदिनुभएको मार्ग यही हो, जुन हजारौं वर्षपछि हाम्रो पुस्तालाई सुम्पिएको छ। यसरी हामीले आफूभन्दा पहिलेका मानिसहरूका मार्गलाई अनुसरण गरेका छौं, जो यसमा आखिरसम्म हिँडेनन्। त्यसको अन्तिम चरणमा हिँड्नका निम्ति परमेश्‍वरले हामीलाई चुन्नुभएको छ। यसैले यो मार्ग परमेश्‍वरले विशेष गरी हाम्रो लागि तयार गर्नुभएको हो, र हामी आशिषित् छौं वा दुर्भाग्यमा परेका छौं, अरू कोही पनि यस मार्गमा हिँड्न सक्दैन। म यसमा मेरो आफ्नै अन्तर्दृष्टि थप्छु: अन्त कतै भाग्ने कोसिस नगर्, वा अर्को मार्ग पत्ता लगाउने कोसिस नगर्, र पदको लोभ नगर्, वा आफ्नै राज्य स्थापना गर्ने प्रयास नगर्—यी सबै कल्पनाहरू हुन्। मेरा वचनहरूको बारेमा तँसित पहिलेदेखि नै केही पूर्वधारणाहरू हुन सक्छन्, यस्तो अवस्थामा म सुझाव दिन्छु कि तँ मूर्ख बन्न छोड। तैँले यसको बारेमा थप विचार गर्नु नै राम्रो हुन्छ; चतुर हुने कोसिस नगर्, अनि राम्रो र नराम्रो के हो भनेर भ्रमित नबन्। परमेश्‍वरको योजना पूरा भएपछि तँलाई अफसोस हुनेछ। मैले के भनिरहेको छु भने, जब परमेश्‍वरको राज्य आउँछ, पृथ्वीका सबै राष्ट्रहरू टुक्रा-टुक्रा पारिनेछन्। त्यस समयमा तैँले तेरा आफ्नै योजनाहरू पनि समाप्त भएको पाउनेछस्, र जसलाई सजाय दिइन्छ तिनीहरूलाई भस्म पारिनेछ, र यसमा, परमेश्‍वरले आफ्नो स्वभाव पूर्ण रूपमा प्रकट गर्नुहुनेछ। मलाई लाग्छ यी कुराहरू मेरा लागि स्पष्ट भएको हुनाले, मैले ती कुराहरू तँलाई पनि भन्नैपर्छ, यसैले कि पछिबाट तैँले मलाई दोष नदे। आजको दिनसम्‍म हामी यो मार्गमा हिँड्न सक्‍नुलाई परमेश्‍वरले नै नियुक्त गर्नुभएको हो, त्यसैले तँ कुनै विशेष व्यक्ति होस् भनेर नसोच्, न त तैँले तँ अभागी होस् भनेर नै सोच्‍नु ठीक हो—कसैले पनि परमेश्‍वरको वर्तमान कामको बारेमा कसैले पनि दृढ विचारहरू राख्‍न सक्दैन नत्र तँ टुक्रा-टुक्रा पारिनेछस्। मैले परमेश्‍वरको कामबाट ज्योति पाएको छु: चाहे जे भए पनि, परमेश्‍वरले मानिसहरूको यस समूहलाई पूर्ण बनाउनुहुनेछ, उहाँको काम फेरि कहिल्यै परिवर्तन हुनेछैन, र उहाँले यो समूहका मानिसहरूलाई मार्गको अन्त्यसम्म लैजानुहुनेछ, र पृथ्वीमा उहाँले आफ्नो कामको अन्त्य गर्नुहुनेछ। हामी सबैले यो बुझ्नुपर्छ। धेरै मानिसहरू “अगाडि हेर्न” मन पराउँछन्, र तिनीहरूको भोकको कुनै अन्त्य छैन। तिनीहरूमध्ये कसैले पनि आजको निम्ति परमेश्‍वरको जरुरी इच्छालाई बुझ्दैनन्, त्यसैले तिनीहरू सबै उम्कने विचार गर्छन्। तिनीहरू भागेका घोडाहरूजस्ता हुन् जो केवल मरुभूमिमा घुम्न चाहन्छन्। थोरै मानिसहरू मात्र मानव जीवनको मार्ग पत्ता लगाउनका निम्ति कनानको राम्रो भूमिमा बसोबास गर्न चाहन्छन्। दूध र मह बगिरहेको भूमिमा प्रवेश गरेपछि, यदि मानिसहरूले यसलाई उपभोग गर्दैनन् भने उनीहरू अझ अरू के चाहन्छन्? सत्य कुरा भन्‍ने हो भने, कनानको असल भूमिदेखि उता उजाड स्थान मात्र छ। मानिसहरूले विश्रामको ठाउँमा प्रवेश गरिसकेपछि पनि, तिनीहरू आफ्नो कर्तव्यको निम्ति खडा हुन सक्दैनन्; के तिनीहरू वेश्याहरू मात्र होइनन् र? यदि तैँले यहाँ परमेश्‍वरद्वारा सिद्ध बनाइने अवसरलाई गुमाउँछस् भने, तैँले आफ्ना बाँकी दिनहरूमा पछुतो गर्नेछस्, तेरो पछुतो असीमित हुनेछ। तँ मोशाजस्तै हुनेछस्, जसले कनानको भूमिलाई देखे तर त्यो उपभोग गर्न सकेनन्, तिनको मुठ्ठी कसियो, तिनको मृत्यु पछितोले भरिएको थियो—के तँलाई यो लाजमर्दो लाग्दैन? के अरूले खिसी गर्दा के तँलाई लाज लाग्दैन र? के तँ अरूद्वारा अपमानित हुन तयार छस्? के तँ आफ्‍नो लागि राम्रो गर्न चाहन्छस्? के तँ परमेश्‍वरले सिद्ध बनाउनुभएको एक आदरणीय र उच्च व्यक्ति हुन चाहँदैनस्? के तँ साँच्चै केही गर्न चाहन्छस्? तँ अन्य मार्गहरू लिन इच्छुक छैनस्; के तँ परमेश्‍वरले तेरो निम्ति तोक्नुभएको मार्ग पनि पछ्याउन चाहन्छस्? के तँ स्वर्गको इच्छाको विरुद्धमा जाने हिम्मत गर्छस्? तेरो “सीप” जति नै महान् भए पनि, के तँ साँच्चै स्वर्गलाई दुःखी बनाउन सक्छस्? म विश्‍वास गर्दछु कि हामीले आफैलाई राम्ररी चिन्ने प्रयास गर्नु नै राम्रो हुन्छ। परमेश्‍वरबाट आएको एउटा वचनले स्वर्ग र पृथ्वीलाई परिवर्तन गर्न सक्दछ, यसैले परमेश्‍वरको नजरमा दुब्लो-पातलो सानो मानिस के हो र?

मेरा आफ्नै अनुभवहरूमा, मैले के देखेको छु भने, तँ जति धेरै आफूलाई परमेश्‍वर विरुद्ध खडा गर्छस्, त्यति नै परमेश्‍वरले उहाँको महान् स्वभाव देखाउनुहुनेछ र उहाँले तँलाई “दिनुहुने” सजाय त्यति नै बढी गम्भीर हुनेछ; तैँले जति धेरै उहाँको आज्ञापालन गर्छस्, त्यति नै उहाँले तँलाई प्रेम गर्नुहुनेछ र तँलाई सुरक्षा दिनुहुनेछ। परमेश्‍वरको स्वभाव दण्डको औजार जस्तै हो: यदि तँ आज्ञाकारी भइस् भने तँ सुरक्षित र स्वस्थ हुनेछस्; जब तैँले आज्ञा पालन गर्दैनस्—जब तँ धाक देखाउने प्रयास गर्छस्, र जहिले पनि झुक्याउँछस्—परमेश्‍वरको स्वभाव तत्कालै परिवर्तन हुन्छ। उहाँ बादल लागेको दिनको घाम जस्तै हुनुहुन्छ, उहाँ तँबाट लुक्नुहुनेछ र तँलाई उहाँको आफ्नो क्रोध देखाउनुहुनेछ। त्यसरी नै उहाँको स्वभाव जून महिनाको मौसम जस्तो पनि हो, जब आकाश धेरै माइलसम्म सफा हुन्छ र छालहरू पानीको सतहमा तरङ्ग झैं हुन्छन्, तर प्रवाह अचानक द्रुत बन्छ, र पानीका छालहरू उर्लिएर आउँछ। के तँ परमेश्‍वरको यस्तो स्वभावको अगि लापर्बाह बन्ने साहस गर्छस्? तिमीहरूका अनुभवहरूमा धेरै भाइ-बहिनीले के देखेका छौ भने, जब पवित्र आत्मा दिनको उज्यालोमा काम गर्नुहुन्छ, तँ विश्‍वासले भरिपूर्ण हुन्छस्—तर त्यसपछि, नचिताएको बेला, परमेश्‍वरका आत्माले तँलाई अचानक छोड्नुहुन्छ, र तैँले यति धेरै यातना पाउँछस् कि उहाँको आत्मा आलाप भएको दिशातिर हेर्दै रातमा तँलाई निद्रा लाग्दैन। तैँले जे गरे पनि, उहाँको आत्मा कहाँ जानुभयो भन्ने कुरा तँलाई थाहा हुन सक्दैन—तर अचानक, उहाँ फेरि तँकहाँ देखा पर्नुहुन्छ, र तँ त्यति नै उत्साहित बन्छस् जब पत्रुसले अचानक आफ्ना प्रभु येशूलाई फेरि एक पटक देख्दा भएका थिए, यति उत्साहित कि तँ चिच्याउनेछस्। तैँले धेरै चोटि यसलाई अनुभव गरेपछि पनि के तैँले साँच्चै यसलाई बिर्सेको छस्? प्रभु येशू ख्रीष्ट जो देह बन्नुभयो, जो क्रूसमा टाँगिनुभयो, र त्यसपछि पुनरुत्थान हुनुभयो र स्वर्गमा उक्लिनुभयो, एक समयमा उहाँ सधैँ तँबाट लुक्नुहुन्छ र त्यसपछि केही समय उहाँ तँकहाँ देखा पर्नुहुन्छ। तेरो धार्मिकताको कारण उहाँले आफैलाई तँकहाँ प्रकट गर्नुहुन्छ, र तेरा पापहरूको कारण उहाँ रिसाउनुहुन्छ र तँबाट जानुहुन्छ, यसैले तँ किन उहाँसित धेरै प्रार्थना गर्दैनस्? पेन्तिकोसपछि प्रभु येशू ख्रीष्टले पृथ्वीमा अर्को काम सुरु गर्नुभयो भनेर के तँलाई थाहा छैन? तँ प्रभु येशू ख्रीष्ट देह बन्नुभयो, पृथ्वीमा आउनुभयो र क्रूसमा टाँगिनुभयो भन्ने कुरा मात्र जान्दछस्। तैँले विश्‍वास गरेको येशूले धेरै अघि नै उहाँको काम कसैलाई सुम्पिनुभएको छ, र त्यो काम धेरै अघि पूरा भइसकेको छ, यसैले प्रभु येशू ख्रीष्टका आत्मा उहाँको अर्को भागको काम गर्न फेरि देहको स्वरूपमा पृथ्वीमा आउनुभएको छ भन्‍ने बारेमा तँलाई कहिल्यै थाहा भएन। म यहाँ केही थप्न चाहन्छु—तिमीहरू अहिले यो प्रवाहमा भए पनि, म यो कुरा भन्न हिम्मत गर्दछु कि यो व्यक्ति प्रभु येशू ख्रीष्टद्वारा तिमीहरूलाई प्रदान गरिएको व्यक्ति हो भनेर तिमीहरूमध्ये केहीले मात्र विश्‍वास गर्दछौ। तिमीहरू केवल उहाँमा आनन्द गर्न मात्र जान्दछौ; तिमीहरू परमेश्‍वरका आत्मा फेरि एक पटक पृथ्वीमा आउनुभएको छ भनेर स्वीकार गर्दैनौ, र तिमीहरू आजका परमेश्‍वर हजारौं वर्ष पहिलेका येशू ख्रीष्ट हुनुहुन्छ भनेर स्वीकार गर्दैनौ। र यसैले म भन्छु कि तिमीहरू सबै आफ्ना आँखाहरू बन्द गरेर हिँड्दैछौ—तिमीहरू जहाँ पुग्छौ त्यसैलाई स्वीकार गर्दछौ—र तिमीहरू यस कुरामा पटक्कै गम्भीर छैनौ। यसैले तिमीहरू शब्‍दले मात्र येशूमा विश्‍वास गर्दछौ तर आज परमेश्‍वरले जसको साक्षी दिनुहुन्छ उहाँको चाहिँ निर्लज्जतापूर्वक विरोध गर्ने हिम्मत गर्छौ। के तँ मूर्ख छैनस् र? आजका परमेश्‍वरले तेरा गल्तीहरूको वास्ता राख्नुहुन्न, उहाँले तँलाई दोष लाउनुहुन्न। तँ येशूमा विश्‍वास गर्छु भनी भन्छस्, त्यसोभए के तेरा प्रभु येशू ख्रीष्टले तँलाई छोडिदिन सक्नुहुन्छ? के तँ परमेश्‍वरचाहिँ तँलाई सान्त्वना दिने, झूटो बोल्ने र धोका दिने ठाउँमा हुनुहुन्छ भनी सोच्छस्? जब तेरा प्रभु येशू ख्रीष्टले आफैलाई फेरि एक पटक प्रकट गर्नुहुन्छ, त्यसबेला उहाँले तँलाई अहिले तैँले गर्ने व्यवहारको आधारमा धर्मी छस् कि दुष्ट छस् भनी निर्धारण गर्नुहुनेछ। मैले “मेरा भाइ-बहिनीहरू” भनी सम्बोधन गरेको विषयमा धेरैजसो मानिसहरूले धारणाहरू बनाउँछन् र परमेश्‍वरको काम गर्ने माध्यम बदलिनेछ भनी विश्‍वास गर्दछन्। के त्यस्ता व्यक्तिहरूले मृत्युको खोजी गरिरहेका हुँदैनन् र? के परमेश्‍वर आफैले शैतानको गवाही परमेश्‍वरको रूपमा दिन सक्नुहुन्छ? यसमा, के तैँले परमेश्‍वरको निन्दा गरिरहेको हुँदैनस् र? के तँ जो कोही पनि परमेश्‍वर स्वयम्‌ बन्न सक्छ भनी विश्‍वास गर्छस्? यदि तैँले साँच्चै जानेको भए, तँमा कुनै धारणा हुनेथिएन। बाइबलमा निम्न खण्ड छ: सबै कुरा उहाँकै लागि हुन् र सबै कुरा उहाँबाटै आएका हुन्छन्। उहाँले धेरै जना पुत्रहरूलाई महिमामा ल्याउनुहुनेछ र उहाँ हाम्रो कप्तान हुनुहुन्छ…। त्यसैले हामीलाई भाइहरू भन्‍न उहाँ शर्माउनुहुन्‍न। तैँले यी वचनहरूलाई सजिलैसँग कण्ठ गर्न सक्छस्, तर तिनको वास्तविक अर्थ के हो भन्‍ने तैँले बुझ्दैनस्। के तैँले आफ्ना आँखाहरू बन्द गरेर परमेश्‍वरमा विश्‍वास गरिरहेको छैनस् र?

म विश्‍वास गर्दछु कि हाम्रो पुस्ताले अघिल्‍ला पुस्ताले हिँडी नसकेका अधुरा मार्गहरू हिँडेर पुरा गर्न, र बितेका हजारौं वर्षहरू पहिलेको परमेश्‍वर देखा पर्नुभएको घटनालाई देख्न पाउनु धन्यको कुरा हो—जो परमेश्‍वर हाम्रो बीचमा हुनुहुन्छ, र सबै कुरामा प्रशस्त हुनुहुन्छ। तैँले यो मार्गमा हिँड्नेछस् भनेर तैँले कहिल्यै पनि कल्पना गर्ने थिइनस्—के यो तैँले गर्न सक्‍ने कुरा हो? यो मार्गलाई सीधै पवित्र आत्माले अगुवाइ गर्नुभएको छ, यो प्रभु येशू ख्रीष्टको सात गुणा तीव्र आत्माद्वारा अगुवाइ गरिएको छ, र यो त्यो मार्ग हो जुन आजका परमेश्‍वरले तेरो निम्ति खोलिदिनुभएको हो। तेरो सबैभन्दा ठूला सपनाहरूमा समेत तैँले हजारौं वर्ष पहिलेका येशू फेरि तेरो सामु देखा पर्नुहुनेछ भनेर कल्‍पना गर्न सक्दैनथिस्। के तँ कृतज्ञ छैनस्? परमेश्‍वरको समक्ष कोही आमनेसामने आउन सक्छ? म प्रायजसो हाम्रो समूहले परमेश्‍वरबाट ठूलो आशिष् पाओस् भनेर प्रार्थना गर्दछु, यसैले कि हामी परमेश्‍वरबाट अनुग्रह पाउन सकौं र उहाँद्वारा प्राप्त गरिन सकौं, तर कयौं पटक मैले परमेश्‍वरले हामीलाई ज्ञान दिनुभएको होस् भनी बिन्ती गर्दै हाम्रा लागि तीतो आँसु बगाएँ, ता कि हामीले अझ महान् प्रकाशहरू देख्न सकौं। जब म ती मानिसहरूलाई देख्छु, जसले निरन्तर परमेश्‍वरलाई मूर्ख बनाउन खोज्छन् र कहिल्यै पनि कुनै कुराको आकांक्षा गर्दैनन्, वा देहको बारेमा मात्र विचार गर्छन्, वा रुचि र प्रतिष्ठाका लागि आफूलाई मुख्य केन्द्र बनाउने कोसिस गर्छन्, म कसरी मेरो हृदयमा ठूलो पीडा महसुस गर्न सक्दिनँ र? मानिसहरू कसरी त्यस्तो संवेदनाहीन हुन सक्छन्? के मेरो कामले साँच्चै कुनै प्रभाव पारेन? यदि तेरा छोराछोरी विद्रोही भए र तँसित छोराछोरीले गर्नुपर्ने व्यवहार गरेनन् भने, यदि तिनीहरूमा विवेकको अभाव भयो भने, यदि तिनीहरूले आफ्नै मात्र वास्ता गरे र, तेरा भावनाहरूको कहिल्यै वास्ता गरेनन् भने, र तिनीहरू ठूला भएपछि तिनीहरूले तँलाई घरबाट निकालिदिए भने त्यस बेला तँलाई कस्तो लाग्नेछ? तैँले तिनीहरूलाई हुर्काउने क्रममा तैँले बगाएको रगत, पसिना र तेरो बलिदानलाई सम्‍झेर तेरो अनुहारबाट आशुका धारा बग्‍ने थिएनन् र? यसरी नै मैले परमेश्‍वरसँग कैयौं पटक प्रार्थना गरेको छु र भनेको छु, “प्रिय परमेश्‍वर! मैले तपाईंको कामको बोझ बोक्छु कि बोक्दिन भन्‍ने तपाईंलाई मात्र थाहा छ। जहाँ मेरो काम तपाईंको इच्छाअनुरूप हुँदैन, तपाईं मलाई अनुशासनमा राख्‍नुहोस्, मलाई सिद्ध र सचेत बनाउनुहोस्। तपाईंसित मेरो एक मात्र बिन्ती छ, कि तपाईंले यी मानिसहरूलाई अझ बढी छुनुहोस्, यसैले कि तपाईंले चाँडै महिमा प्राप्त गर्नुभएको होस् र तिनीहरू तपाईंद्वारा प्राप्त हुन सकून्, यसैले कि तपाईंको कामले तपाईंको इच्छा हासिल गर्न सकोस्, र तपाईंको योजना चाँडै पूरा हुन सकोस्।” परमेश्‍वरले मानिसहरूलाई सजाय दिएर जित्न चाहनुहुन्न, उहाँले मानिसहरूलाई वशमा राखेर सधैँ डोऱ्याउन चाहनुहुन्न। मानिसहरूले उहाँको वचन पालन गरून् र अनुशासित ढङ्गले काम गरून्, अनि त्यसरी उहाँको इच्छा पूरा गरून् भन्‍ने उहाँ चाहनुहुन्छ। तर मानिसहरूलाई कुनै लाज छैन र निरन्तर उहाँको विरुद्धमा विद्रोह गर्छन्। हामीले उहाँलाई सन्तुष्ट पार्ने सबैभन्दा सजिलो उपाय पत्ता लगाउनु, अर्थात्, उहाँका सबै प्रबन्धहरू पालन गर्नु नै हाम्रो लागि सबैभन्दा उत्तम हुन्छ भन्‍ने मलाई लाग्छ। यदि तैँले यसलाई साँचो रूपमा हासिल गर्न सक्छस् भने, तँ सिद्ध हुनेछस्। के यो सजिलो, रमाइलो कुरा होइन र? तैँले हिँड्नुपर्ने बाटो हिँड्; अरूले के भन्छन् त्यसमा ध्यान नदे, र धेरै नसोच्। के तेरो भविष्य र तेरो भाग्य तेरो आफ्नै हातमा छन् र? तँ सधैँ सांसारिक मार्गतिर लाग्ने इच्छा गर्दै उम्कने प्रयास गर्छस्—तर तँ किन बाहिर निस्कन सक्दैनस्? तँ किन धेरै वर्षसम्म चौबाटोहरूमा डगमगाउँछस् र अन्त्यमा फेरि यही मार्ग चुन्‍न पुग्छस्? धेरै वर्ष भौँतारिएपछि, तँ किन नचाहेर पनि यस घरमा फर्केको छस्? के यो तँमा निर्भर छ? तिमीहरू जो यस प्रवाहमा छौ, यदि तिमीहरूलाई मेरो विश्‍वास लाग्दैन भने यो सुन: यदि तेरो छोडेर जाने योजना छ भने, परमेश्‍वरले तँलाई त्यसो गर्न दिनुहुन्छ कि दिनुहुन्‍न सो हेर्, पवित्र आत्माले तँलाई कसरी चलाउनुहुन्छ सो हेर्—तैँले त्यो आफै अनुभव गर्। स्पष्ट रूपमा भन्नुपर्दा, यदि तैँले दुर्भाग्य भोग्नुपऱ्यो भने पनि, यो प्रवाहमा तैँले दुःख भोग्नुपर्छ, र यदि दुःख छ भने तैँले आज यहीँ नै दुःख भोग्नुपर्छ; तँ अरू कतै जान सक्दैनस्। के यो कुरा स्पष्ट भयो? तँ अरू कहाँ जानेछस्? यो परमेश्‍वरको प्रशासनिक आदेश हो। के परमेश्‍वरले मानिसहरूको यस समूहलाई चुन्नुको कुनै अर्थ छैन भन्‍ने तँलाई लाग्छ? आज उहाँको काममा, परमेश्‍वर सजिलै रिसाउनुहुन्न—तर यदि मानिसहरूले उहाँको योजनालाई खलबल्याउन खोजे भने, उहाँको अनुहार तुरुन्तै बदलिन्छ र उज्यालोबाट अन्धकारमा परिणत हुन्छ। त्यसैले म तँलाई चुपचाप बस्‍न र परमेश्‍वरका योजनाहरूमा समर्पित हुन, अनि तँलाई पूर्ण बनाउनका लागि उहाँलाई मौका दिन सल्लाह दिन्छु। यसो गर्ने मानिसहरू मात्र बाठो हुन्छन्।

अघिल्लो: मार्ग … (६)

अर्को: मार्ग … (८)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्