मार्ग … (४)

आजको युगमा मानिसहरूले परमेश्‍वरको प्रेमिलोपन थाहा पाउन, र परमेश्‍वरलाई प्रेम गर्ने तरिकाको खोजी गर्न सक्छन् र तिनीहरू आजको राज्यको तालिमलाई स्वीकार गर्न इच्छुक छन्—यी सबै परमेश्‍वरको अनुग्रह हो, र यसबाहेक यो उहाँले मानवजातिलाई उचाल्नुभएको हो। जब-जब म यसबारे सोच्छु, ममा परमेश्‍वरको प्रेमिलोपनको सशक्त बोध हुन्छ। परमेश्‍वरले हामीलाई साँच्चै प्रेम गर्नुहुन्छ; यदि उहाँले प्रेम नगर्नुभएको भए कसले उहाँको प्रेमिलोपनलाई पत्ता लगाउन सक्थ्यो? यसरी मात्र म यी सबै काम परमेश्‍वरले व्यक्तिगत रूपमा आफैले गर्नुभएको हो, र मानिसहरू परमेश्‍वरद्वारा डोऱ्याइएका र निर्देशित छन् भन्‍ने देख्छु। म यसका लागि परमेश्‍वरलाई धन्यवाद दिन्छु, र म मेरा भाइ-बहिनीहरू मसँगै परमेश्‍वरको प्रशंसामा सामेल होऊन् भन्ने चाहन्छु: “सारा महिमा तपाईं सर्वोच्च परमेश्‍वरलाई होस्! तपाईंको महिमा गुणात्मक रूपमा वृद्धि होस् र त्यो तपाईंद्वारा चुनिएका र प्राप्त गरिएका हामीमा प्रकट होस्।” परमेश्‍वरले मलाई अन्तर्दृष्टि दिनुभयो: हामी युगौं अघि नै पूर्वनियुक्त भइसकेका छौं र आखिरी दिनहरूमा उहाँले हामीलाई प्राप्त गर्न चाहनुहुन्छ, यसरी हामीद्वारा ब्रह्माण्ड र सबै थोकलाई परमेश्‍वरको महिमा सम्पूर्ण रूपमा देखाउनुहुन्छ भन्‍ने कुरा उहाँले मलाई देखाउनुभयो। त्यसैले हामी परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापन योजनाको ठोस रूप हौं; हामी सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको कार्यका नमुनाहरू, आदर्शहरू हौं। अहिले मात्र मैले परमेश्‍वरले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ, र उहाँले हामीमा गर्नुहुने काम र उहाँले भन्नुहुने कुराहरू बितेका युगहरूको भन्दा दस लाख गुणा बढी छन् भन्‍ने कुरा बुझेँ। परमेश्‍वरले इस्राएलमा वा पत्रुसमा पनि व्यक्तिगत रूपमा परमेश्‍वरले त्यति धेरै काम गर्नुभएन वा त्यत्ति धेरै वचन बोल्नुभएन—जसले के देखाउँदछ भने हामी, यो समूहका मानिसहरू, विगतका सन्तहरूभन्दा अतुलनीय रूपमा आशिषित छौं। यही कारणले गर्दा परमेश्‍वरले अन्तिम युगका मानिसहरू सबैभन्दा आशिषित छन् भनेर भन्‍नुभएको हो। अरूले जेसुकै भने पनि, म विश्‍वास गर्दछु, कि हामी परमेश्‍वरद्वारा सबैभन्दा बढी आशिष्‌ पाएका मानिसहरू हौं। परमेश्‍वरले हामीलाई दिनुभएका आशिष्‌हरू हामीले स्विकार्नुपर्छ; परमेश्‍वरसँग गुनासो गर्ने कतिपय मानिसहरू हुनसक्छन्, तर म के विश्‍वास गर्छु भने, यदि यी आशिषहरू परमेश्‍वरबाट आएका हुन् भने, हामी त्यसका निम्ति योग्यका छौं भन्‍ने कुरा यसले प्रमाणित गर्छ। अरूले गुनासो गरे पनि वा हामीसँग असन्तुष्ट भए पनि, म अझै पनि विश्‍वास गर्दछु, कि परमेश्‍वरले हामीलाई दिनुभएका आशिषहरूलाई कसैले हामीबाट लिन वा हटाउन सक्दैन। परमेश्‍वरको काम हामीमा पूरा हुने भएकोले र उहाँ अरूसँग होइन तर हामीसँग आमने-सामने बोल्नुहुने भएकोले, परमेश्‍वरले जस्तो चाहनुहुन्छ त्यसरी नै यो काम गर्नुहुन्छ। अनि यदि मानिसहरू विश्‍वस्त छैनन् भने, के तिनीहरूले आफैमा समस्या निम्त्याइरहेका हुँदैनन् र? के त्यसो गरेर तिनीहरूले आफैमाथि तिरस्कार ल्याउँदैनन् र? म किन त्यस्ता कुरा भन्छु? किनकि मैले यो गहिरो रूपमा बुझेको छु। उदाहरणका लागि, परमेश्‍वरले ममा गर्नुहुने कामलाई लिऊँ: मैले मात्र यो काम गर्न सक्छु—के अरू कसैले यो काम गर्न सक्दछ? मैले परमेश्‍वरबाट यो आज्ञा पाउने सौभाग्य पाएको छु—के अरू कसैले यो आवेगमा आएर गर्न सक्छ? तापनि म आशा गर्दछु, भाइ-बहिनीहरूले मेरो हृदयलाई बुझ्नेछन्। म मेरा योग्यताहरूको बारेमा घमण्ड गरिरहेको छैनँ, तर एउटा समस्या बताउँदैछु। म चाहन्छु, कि सारा महिमा परमेश्‍वरलाई होस्, र परमेश्‍वरले हामी सबैको हृदयलाई हेर्नुभएको होस्, यसैले कि उहाँको सामु हाम्रा हृदय शुद्ध होऊन्। मेरो हृदयमा, म परमेश्‍वरद्वारा पूर्ण रूपले प्राप्त हुन, वेदीमा बलि चढाइने पवित्र कन्या बन्ने इच्छा गर्दछु, र त्यसबाहेक, थुमाको जस्तो आज्ञाकारीता प्राप्त गर्न चाहन्छु, सम्पूर्ण मानवजातिकहाँ पवित्र आत्मिक देहको रूपमा देखा पर्न चाहन्छु। मेरो प्रतिज्ञा यही हो, मैले परमेश्‍वरको सामु खाएको शपथ यही हो। म यो पूरा गर्न चाहन्छु र यसद्वारा परमेश्‍वरको प्रेमको ऋण चुकाउन चाहन्छु। के तँ यो गर्न इच्छुक छस्? म विश्‍वास गर्दछु कि मेरो यो प्रतिज्ञाले स-साना भाइ-बहिनीहरूलाई धेरै उत्साहित बनाउनेछ, र त्यसले धेरै जवानहरूमा आशा जगाउनेछ। मलाई लाग्छ, कि परमेश्‍वरले जवानहरूलाई विशेष महत्त्वका साथ हेर्नुहुन्छ। हुनसक्छ, यो मेरो आफ्नै एकपक्षीय विचार हो, तर मलाई सधैँ जवानहरूसँग सम्भावना र आशा हुन्छ भन्‍ने लाग्छ; यस्तो लाग्छ, कि परमेश्‍वरले जवान मानिसहरूमा अतिरिक्त काम गर्नुहुन्छ। तिनीहरूमा अन्तर्दृष्टि र बुद्धिको कमी हुन सक्छ, र तिनीहरू नवजात बाछो जस्तै उत्साही र उत्ताउला हुन सक्छन्, तापनि म विश्‍वास गर्दछु कि तिनीहरू आफ्ना योग्यताहरू बिनाका छैनन्। तिमीहरूले युवाहरूमा तिनीहरूको निर्दोषता देख्न सक्छौ र तिनीहरू नयाँ थोकहरू स्वीकार गर्न छिटो हुन्छन्। जवानहरूले अहङ्कार गर्ने, कठोर हुने र आवेगमा आउने प्रवृत्ति हुने भए पनि, त्यसले नयाँ ज्योति प्राप्त गर्ने तिनीहरूको क्षमतालाई असर गर्दैन, किनकि जवानहरूले प्राचीन, पुरानो ढङ्गका कुराहरूलाई बिरलै पक्रिराख्छन्। यसैले म जवान मानिसहरूमा असीमित प्रतिज्ञा र उनीहरूको जीवनशक्ति देख्छु; यही कारणले गर्दा तिनीहरूप्रति ममा कोमल भावना छ। म हुर्केका भाइ-बहिनीहरूलाई मन पराउँदिन भन्ने होइन, तर उनीहरूले पनि ममा कुनै चासो राख्दैनन्—जसका लागि म उनीहरूसित साँच्चै क्षमा याचना गर्छु। हुनसक्छ, मैले भनेका कुरा अमिल्दो वा विवेकहीन होला, तर म आशा गर्दछु कि तिमीहरूले मेरो लापरवाहीपनलाई क्षमा गर्न सक्छौ, किनकि म कसरी बोल्छु त्यसमा धेरै ध्यान दिनका निम्ति म सानै छु। तर सत्य कुरा भन्नुपर्दा, हुर्केका भाइ-बहिनीहरूले एउटा कार्य प्रस्तुत गर्छन्—आखिरमा, तिनीहरू पूर्ण रूपमा बेकारका छैनन्। किनकि तिनीहरू परिस्थितिहरूको सामना गर्न अनुभवी हुन्छन्; तिनीहरूले स्थिर रूपमा परिस्थितिहरूको सामना गर्छन्, र तिनीहरूले त्यति धेरै गल्ती गर्दैनन्। के यी तिनीहरूको सामर्थ्य होइनन् र? हामी सबै परमेश्‍वरको सामु यसो भनौं: “हे परमेश्‍वर! हामीले सबैले विभिन्न स्थानहरूमा रही आ-आफ्ना कार्यहरू पूरा गर्न सकौं र हामी सबैले तपाईंको इच्छाका निम्ति सक्दो कोसिस गर्न सकौं!” म विश्‍वास गर्छु, परमेश्‍वरको इच्छा यही हो!

मेरो अनुभवमा, यस धाराको खुल्लमखुल्ला विरोध गर्नेहरू, अर्थात् प्रत्यक्ष रूपमा परमेश्‍वरका आत्माको विरोध गर्नेहरूमध्ये धेरैजसो मानिसहरू बूढाबाका हुन्। यी मानिसहरूमा धेरै बलियो धार्मिक धारणाहरू हुन्छन्; प्रत्येक कुरामा, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई अप्रचलित थोकहरूसँग तुलना गर्छन्, र विगतमा स्वीकार गरिएका कुराहरूलाई परमेश्‍वरका वचनहरूसँग मिलाउने कोसिस गर्छन्। के तिनीहरू हास्यास्पद छैनन् र? के त्यस्ता मानिसहरूले परमेश्‍वरले उनीहरूलाई सुम्पनुभएको काम पूरा गर्न सक्छन्? के परमेश्‍वरले त्यस्ता मानिसहरूलाई आफ्नो काममा प्रयोग गर्न सक्नुहुन्छ? पवित्र आत्मासँग कुनै पनि दिनको उहाँको कामको लागि एउटा तरिका हुन्छ; यदि मानिसहरू पुरानो जमानाको कुराहरूमा अल्झेर बस्छन् भने, त्यस्तो दिन आउनेछ जब तिनीहरूलाई इतिहासको चरणबाट हटाइनेछ। परमेश्‍वरले आफ्‍नो कामको प्रत्येक चरणमा नयाँ मानिसहरूलाई प्रयोग गर्नुहुन्छ। के अरूलाई अप्रचलित कुराहरूको विषयमा भाषण दिनेहरूले मानिसहरूमाथि विनाश ल्याउँदैनन् र? र के तिनीहरूले परमेश्‍वरको काममा ढिलाइ गरिरहेका हुँदैनन् र? अनि यदि यस्तो भयो भने, परमेश्‍वरको काम कहिले पूरा हुनेछ? मैले भर्खरै भनेका कुराहरूका बारेमा केही धारणाहरू बोकेर हिँड्ने मानिसहरू पनि हुन सक्छन्। हुनसक्छ, तिनीहरू विश्‍वस्त छैनन्। तर म तैंले चिन्ता नगर् भन्‍ने चाहन्छु: धेरै समय नबित्दै यस्ता धेरै कुराहरू हुनेछन्, र तिनलाई तथ्यहरूद्वारा मात्र वर्णन गर्न सकिन्छ। हामी केही महत्वपूर्ण मानिसहरू, केही प्रतिष्ठित पाष्टरहरू वा बाइबलका व्याख्याकारहरूलाई हेरौं र उनीहरूलाई यो मार्गको बारेमा प्रचार गरौं। तिनीहरूले सुरुमा खुल्लमखुल्ला यसको विरोध गर्दैनन्, त्यो निश्चित हो—तर उनीहरूले तँलाई चुनौती दिन बाइबल निकाल्नेछन्। उनीहरूले तँलाई यशैयाको पुस्तक र दानिएलको पुस्तक फेरि भन्न लगाउनेछन्, र उनीहरूले तँलाई प्रकाशको पुस्तकको व्याख्या गर्न समेत लगाउनेछन्। र यदि तैंले त्यो गर्न सकिनस् भने, उनीहरूले तँलाई अस्वीकार गर्नेछन् र तँलाई झूटा ख्रीष्ट भन्‍नेछन् र तैंले हास्यास्पद मार्ग फैलाउँदैनस् भनेर भन्छन्। एक घण्टापछि उनीहरूले तेरो विरुद्ध झूटो आरोप लगाउनेछन् जसले तँलाई आश्चर्यचकित बनाउँछ। के यो खुला विरोध होइन? तर त्यो सुरुआत मात्र हो। उनीहरूले परमेश्‍वरको कामको अर्को चरणमा बाधा ल्याउन सक्दैनन्, र धेरै समय नबिती पवित्र आत्माले उनीहरूलाई यो स्वीकार्न बाध्य पार्नुहुनेछ। यो एक दृढ प्रवृत्ति हो; यो मानिसले गर्न नसक्‍ने र कसैले कल्पना गर्न नसक्‍ने कुरा हो। मलाई विश्‍वास छ, परमेश्‍वरको काम सारा ब्रह्माण्डभरि विनाबाधा फैलिनेछ। यो परमेश्‍वरको इच्छा हो, र कसैले यसलाई रोक्न सक्दैन। परमेश्‍वरले हामीलाई अन्तर्दृष्टि दिनुभएको होस् र हामीलाई थप नयाँ ज्योति स्वीकार्न दिनुभएको होस्, र यस विषयमा परमेश्‍वरको व्यवस्थापनमा बाधा नहोस्। परमेश्‍वरले हामीमाथि कृपा गर्नुभएको होस्, यसैले कि हामी सबैले उहाँको महिमाको दिनको आगमन देख्न सकौं। परमेश्‍वर सारा ब्रह्माण्डमा महिमामा बास गर्नुहुने समय नै हामीले उहाँसँगै महिमा प्राप्त गर्ने समय हुनेछ। यस्तो लाग्छ, त्यो समय म मेरो साथमा हिँड्नेहरूलाई अलग हुने समय पनि हुनेछ। मलाई आशा छ कि मेरा भाइ-बहिनीहरूले मेरो साथमा आवाज निकाल्दै परमेश्‍वरसित यसो भन्दै पुकारा गर्नेछन्: परमेश्‍वरको महान् काम चाँडै सम्पन्न होस्, यसैले कि हामीले आफ्नो जीवनकालमा नै उहाँको महिमाको दिन देख्न सकौं। म अझै पनि मेरो जीवनकालमा परमेश्‍वरको इच्छा प्राप्त गर्ने आशा गर्दछु, र परमेश्‍वरले हामीमा आफ्नो काम गरिरहन सक्‍नुभएको होस्, र त्यसमा कहिल्यै कुनै बाधा नभएको होस् भन्‍ने म आशा गर्दछु। यो मेरो अनन्त आकांक्षा हो। परमेश्‍वर सधैँ हाम्रो बीचमा रहनुभएको होस्, र उहाँको प्रेमले हामीबीच पुलहरू निर्माण गरोस् जसले गर्दा हामी बीचको मित्रता झन् मूल्यवान् बनोस्। मलाई आशा छ, कि प्रेमले हामीबीच थप समझदारी उत्पन्न गरोस् र त्यो प्रेमले हामीलाई गहिरो घनिष्ठतामा ल्याउन सकोस्, हामी बीचको कुनै दूरी हटाउन सकोस्, र हामी बीचको त्यो प्रेम झन् गहिरो, फराकिलो र मीठो हुन सकोस्। म विश्‍वास गर्दछु, कि मेरा परमेश्‍वरको इच्छा यही हो। मेरा भाइ-बहिनीहरू मेरो नजिक आउन सकून्, र हामी सबैले एकसाथ बिताएका छोटा दिनहरू सम्हालेर राख्‍न सकौं, ती हाम्रा निम्ति मीठा सम्झनाहरू भएर रहून् भन्‍ने मेरो आशा छ।

चीनको मुख्य भूमिमा परमेश्‍वरको कामका अझ अरू चरणहरू हुन सक्छन्, तर ती जटिल छैनन्। यसको बारेमा सोच्दा, उहाँको कामको हरेक चरणको अर्थ छ भन्‍ने भाव छ; प्रत्येक नै परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुभएको छ, र यो काममा सबैले कुनै न कुनै भूमिका खेलेका छन्। प्रत्येक “दृश्य” साँच्चिकै हास्यास्पद छ, र यी मानिसहरूले यस्तो नाटक देखाउनेछन्, प्रत्येक परीक्षाको बीचमा जीवनप्रति तिनीहरूको प्रदर्शन यति सत्य हुन्छ, परमेश्‍वरको कलमले सबै किसिमका व्यक्तिको अति सजीव र पूर्ण रूपमा चित्रण गर्छ, प्रत्येकले दिनको ज्योतिमा धेरै कुरा प्रकट गर्दछ भनी कसले कल्पना गरेको थियो र? तर मैले यसो भन्नुको अर्थ परमेश्‍वरले उहाँको कामद्वारा मानिसहरूलाई मूर्ख बनाउँदैहुनुहुन्छ भन्ने हुँदैन। त्यसको कुनै अर्थ हुनेथिएन; परमेश्‍वरको कामको एक उद्देश्य हुन्छ, र उहाँले कहिल्यै पनि कुनै अर्थहीन र मूल्यहीन काम गर्नुहुन्न। उहाँले जे गर्नुहुन्छ ती सबै काम मानिसलाई सिद्ध बनाउन, प्राप्त गर्नका लागि गरिन्छ। यसबाट म साँच्चै देख्छु कि परमेश्‍वरको हृदय पूर्णतया मानिसको हितका लागि छ। मैले यसलाई नाटक भनेको हुन सक्छु, तर यो पनि भन्न सकिन्छ कि यो नाटक वास्तविक जीवनबाट लिइएको हो। यति मात्र हो कि मानिसहरू नाटकका महानिर्देशक परमेश्‍वरसँग यो काम पूरा गर्न सहकार्य गर्छन्। तापनि, तर अर्को अर्थमा, परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर्न, तिनीहरूलाई अझ बढी उहाँलाई प्रेम गर्ने बनाउन यसको प्रयोग गर्नुहुन्छ। के यो परमेश्‍वरको इच्छा होइन र? त्यसैले मलाई आशा छ कि कसैलाई कुनै चिन्ता छैन। के तँ परमेश्‍वरको इच्छाको बारेमा पूर्ण रूपमा अनजान छस्? मैले धेरै कुरा भनेको छु—मलाई आशा छ कि भाइ-बहिनीहरूले यी सबै कुरा बुझेका छन् र मेरो हृदयको गलत अर्थ लगाएका छैनन्। कि तिमीहरू सबै परमेश्‍वरद्वारा प्राप्त गरिनेछौ भन्‍ने कुरामा मलाई कुनै शङ्का छैन। सबै जना फरक-फरक बाटोमा हिँड्छन्। जो तिमीहरूको खुट्टामुनि छ त्यसलाई परमेश्‍वरले खोलिदिनुभएको होस्, र तिमीहरूले उहाँसँग प्रार्थना गर्दै यसो भन्‍न सक: हे परमेश्‍वर! तपाईंले मलाई प्राप्त गर्नुहोस् भन्‍ने मेरो चाहना छ, ता कि मेरो आत्मा तपाईंकहाँ फर्कियोस्। के तँ आफ्नो आत्माको गहिराइमा परमेश्‍वरको अगुवाइ खोज्न तयार छस्?

अघिल्लो: मार्ग … (३)

अर्को: मार्ग … (५)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

सारा ब्रह्माण्डमा आफ्नो कामको सुरुवातदेखि नै, परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँको सेवा गर्न अघिबाटै नियुक्त गरिसक्‍नु भएको छ, जसमा जीवनका...

गन्तव्यको सम्‍बन्धमा

जब-जब गन्तव्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष...

परमेश्‍वर स्वयम् अद्वितीय ९

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (३)यस समयावधिमा हामीले परमेश्‍वरलाई पहिचान गर्ने सम्बन्धमा धेरै चीजका बारेमा कुरा...

सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्