मार्ग … (३)

मेरो जीवनमा, म सधैँ खुशीसाथ आफ्नो मन र शरीर सम्पूर्ण रूपमा परमेश्‍वरलाई दिन्छु। तब मात्र मेरो विवेक दोषरहित र केही हदसम्म शान्तिमा हुन्छ। जसले जीवनको खोजी गर्छन् तिनीहरूले पहिले आफ्नो सारा हृदय परमेश्‍वरलाई दिनुपर्छ; यो एउटा पूर्वसर्त हो। म मेरा भाइ-बहिनीहरूले मेरो साथमा परमेश्‍वरसँग यसरी प्रार्थना गरून् भन्‍ने चाहन्छु: “हे परमेश्‍वर! तपाईंको स्वर्गका आत्माले पृथ्वीका मानिसहरूलाई अनुग्रह प्रदान गरून्, यसैले कि मेरो हृदय पूर्ण रूपले तपाईंकहाँ फर्कोस्, यसरी मेरो आत्मा तपाईंद्वारा उत्प्रेरित होस्, यसरी म मेरो हृदय र मेरो आत्मामा तपाईंको प्रेमिलोपन देख्न सकूँ, अनि यसरी पृथ्वीमा हुनेहरू तपाईंको सुन्दरता देखेर धन्यका होऊन्। हे परमेश्‍वर! तपाईंका आत्माले फेरि एकपल्ट हाम्रा आत्मालाई उत्प्रेरित गरून्, यसरी हाम्रो प्रेम अनन्त र अपरिवर्तनीय होस्!” हामी सबैमा, परमेश्‍वरले पहिले हाम्रो हृदय जाँच्नुहुन्छ—र हामीले उहाँमा हाम्रो हृदय पूर्ण रूपमा सुम्पेपछि, उहाँले हाम्रा आत्मालाई उत्प्रेरित गर्न थाल्नुहुन्छ। हाम्रा आत्मामा मात्र हामीले परमेश्‍वरको प्रेमिलोपन, सर्वोच्चता र महान्‌तालाई देख्न सक्छौं। यो मानवलाई पवित्र आत्माले दिनुहुने मार्ग हो। के तँसँग यस प्रकारको जीवन छ? के तैंले पवित्र आत्माको जीवन अनुभव गरेको छस्? के तेरो आत्मा परमेश्‍वरद्वारा उत्प्रेरित भएको छ? के तैंले पवित्र आत्माले मानिसमा कसरी काम गर्नुहुन्छ भन्‍ने देखेको छस्? के तैंले आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरलाई समर्पण गरेको छस्? जब तैँले आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरमा अर्पण गर्छस्, तैँले पवित्र आत्माको जीवन सीधै अनुभव गर्न सक्छस्, र तँलाई उहाँको काम निरन्तर प्रकट गरिनेछ। त्यस बेला, तँ पवित्र आत्माद्वारा प्रयोग गरिएको व्यक्ति बन्नेछस्। के तँ त्यस्तो व्यक्ति बन्ने इच्छा गर्छस्? मलाई सम्झना छ, जब म पवित्र आत्माद्वारा उत्प्रेरित भएर पहिलोपल्ट मेरो हृदय परमेश्‍वरलाई दिएको थिएँ त्यस बेला म उहाँको सामु घोप्टो परेको थिएँ र मैले यसरी पुकारा गरेको थिएँ “हे परमेश्‍वर! तपाईंले मेरो आँखा खोलिदिनुभयो र मलाई तपाईंको मुक्ति जान्न दिनुभयो। म आफ्नो सम्पूर्ण हृदय तपाईंलाई दिन चाहन्छु, र म बिन्ती गर्छु, कि तपाईंको इच्छा मात्र पूरा होस्, मेरो इच्छा छ कि मेरो हृदयले तपाईंको उपस्थितिमा तपाईंको स्वीकृति प्राप्त गरोस्, र म बिन्ती गर्छु, कि म तपाईंको इच्छाको पछि लाग्न सकूँ।” म त्यो प्रार्थना कहिल्यै भुल्दिनँ; म अत्यन्तै प्रभावित भएको थिएँ, र परमेश्‍वरको सामु मेरो वेदनाको आँसु रोएँ। मुक्ति पाएको व्यक्तिको रूपमा परमेश्‍वरको उपस्थितिमा गरेको त्यो मेरो पहिलो सफल प्रार्थना थियो, र त्यो मेरो हृदयको पहिलो चाहना थियो। त्यसपछि, म प्रायजसो पवित्र आत्माद्वारा उत्प्रेरित भइरहें। के तैंले यस प्रकारको अनुभव प्राप्त गरेको छस्? पवित्र आत्माले तँभित्र कसरी काम गर्नुभएको छ? मलाई के लाग्छ भने, परमेश्‍वरलाई प्रेम गर्न खोज्नेहरूले धेरै वा थोरै हदसम्म यस्तो अनुभव प्राप्त गरेका हुन्छन्—यति मात्र हो कि तिनीहरूले त्यो भुल्छन्। यदि कसैले आफूले त्यस्तो अनुभव गरेको छैन भनी कुरा गर्छ भने, त्यसले उनीहरूले अझै मुक्ति पाएका छैनन् भन्‍ने, र तिनीहरू शैतानको अधीनमा छन् भन्‍ने प्रमाणित गर्छ। हामी सबैमा आम रूपमा हुने पवित्र आत्माको काम नै परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई खोज्नेहरूका निम्ति पवित्र आत्माको मार्ग हो। पवित्र आत्माले मानिसहरूमा गर्नुहुने कामको पहिलो चरण भनेको तिनीहरूको आत्मालाई उत्प्रेरित गर्नु हो, त्यसपछि उनीहरूले परमेश्‍वरलाई प्रेम गर्न, र जीवनको पछि लाग्न थाल्छन् अनि यस मार्गमा हिँड्ने सबै जना पवित्र आत्माको प्रवाहमा हुन्छन्। यी परमेश्‍वरले चीनको मुख्य भूमिमा गर्नुहुने कामको मात्र होइन, तर उहाँले यो सम्पूर्ण ब्रह्माण्डमा गर्नुहुने कामको गतिशीलता हुन्। उहाँले त्यसरी नै सबै मानिसमा काम गर्नुहुन्छ। यदि कुनै व्यक्ति कहिल्यै पनि प्रभावित भएको छैन भने, यसले तिनीहरू पुनर्स्थापनाको प्रवाहदेखि बाहिर छन् भन्‍ने प्रमाणित गर्छ। उहाँले सबै मानिसलाई उत्प्रेरित गर्नुभएको होस् भनेर बिन्ती गर्दै मेरो हृदयमा, म परमेश्‍वरसँग निरन्तर प्रार्थना गर्दछु, यसरी सूर्यमुनि भएका सबै जना उहाँद्वारा प्रभावित हुन सकून् र यस मार्गमा हिँड्न सकून्। यो मैले परमेश्‍वरलाई गरेको एउटा महत्त्वहीन बिन्ती मात्र हुनसक्छ, तर म विश्‍वास गर्छु, कि उहाँले यो गर्नुहुनेछ। मलाई आशा छ, कि मेरा सबै भाइ-बहिनीहरूले यसका लागि प्रार्थना गर्नेछन्, कि परमेश्‍वरको इच्छा पूरा होस्, र उहाँको काम चाँडै सम्पन्न होस्, यसैले कि स्वर्गमा उहाँको आत्मालाई विश्राम होस्। यो मेरो आफ्नै सानो आशा हो।

मलाई विश्‍वास छ, कि परमेश्‍वरले आफ्नो काम भूतात्माहरूको एउटा किल्लामा सुरु गर्न सक्नुभएकोले, उहाँले निश्चय ब्रह्माण्डभरिका अन्य अनगिन्ती ठाउँहरूमा पनि गर्न सक्नुहुन्छ। हामी अन्तिम युगका मानिसहरूले निश्‍चय नै परमेश्‍वरको महिमाको दिन देख्‍छौं, जसरी यो भनिएको छ, कि “आखिरीसम्म पछि लाग्नेले र उद्धार पाउनेछ।” कसैले पनि परमेश्‍वरको कामको यस चरणमा उहाँको स्थान लिन सक्दैन—परमेश्‍वर स्‍वयम्‌ले मात्र यो काम गर्न सक्नुहुन्छ, किनकि कामको यो चरण असाधारण छ, यो विजयको कामको चरण हो, र मानिसहरूले अन्य मानिसहरूलाई जित्न सक्दैनन्। मानिसहरू तब मात्र जितिन्छन् जब परमेश्‍वर उहाँको आफ्नै मुखद्वारा बोल्नुहुन्छ र उहाँको आफ्नै हातले काम गर्नुहुन्छ। सारा ब्रह्माण्डभरिमा, परमेश्‍वरले ठूलो रातो अजिङ्गरको देशलाई परीक्षणको भूमिको रूपमा प्रयोग गर्नुहुन्छ, त्यसपछि उहाँले सारा ब्रह्माण्डभरि यो काम सुरु गर्नुहुनेछ। यसरी उहाँले ब्रह्माण्डभरि अझ ठूला कामहरू गर्नुहुनेछ, र ब्रह्माण्डका सबै मानिसहरूले परमेश्‍वरको विजयको काम प्राप्त गर्नेछन्। प्रत्येक धर्म र प्रत्येक सम्प्रदायका मानिसहरूले कामको यस चरणलाई स्वीकार गर्नुपर्दछ। यो हिँड्नैपर्ने मार्ग हो—कोही पनि यसबाट उम्कन सक्दैन। के तँ परमेश्‍वरले तँलाई सुम्पनुभएको यो कुरालाई स्वीकार गर्न इच्छुक छस्? मैले सधैँ के महसुस गरेको छु भने, पवित्र आत्माको काम स्वीकार्नु गौरवमय कुरा हो। म यसलाई परमेश्‍वरले मानवजातिलाई दिनुभएको सबैभन्दा महान् आज्ञाको रूपमा हेर्छु। म आशा गर्दछु, कि मेरा भाइ-बहिनीहरूले मेरो साथमा कडा परिश्रम गर्नेछन् र परमेश्‍वरबाटको यो आज्ञालाई स्वीकार गर्नेछन्, यसरी परमेश्‍वरले सारा ब्रह्माण्डभरि र माथिको क्षेत्रमा महिमा प्राप्त गर्न सक्‍नुभएको होस्, र हाम्रा जीवन व्यर्थ नहोऊन्। हामीले परमेश्‍वरका लागि केही गर्नुपर्दछ, वा हामीले एउटा शपथ खानुपर्छ। यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा तिनीहरू कुनै लक्ष्यको पछि लाग्दैनन् भने, तब तिनीहरूका जीवन व्यर्थ हुन्छ, र जब तिनीहरू मर्ने समय आउँछ, तब तिनीहरूले केवल नीलो आकाश र धुलै-धुलोले भरिएको पृथ्वी मात्र देख्नेछन्। के यो सार्थक जीवन हो? यदि तैँले जीवित हुँदै परमेश्‍वरका मागहरू पूरा गर्न सक्छस् भने, के त्यो एउटा सुन्दर कुरा होइन र? किन तँ सधैँ आफैमाथि यस्तो समस्या ल्याउँछस् र तँ जहिले पनि किन यति निराश हुन्छस्? के त्यस्तो व्यवहार गरेर तैंले परमेश्‍वरबाट केही प्राप्त गरेको छस्? र के परमेश्‍वरले तँबाट केही प्राप्त गर्न सक्नुहुन्छ? मैले परमेश्‍वरको अगि खाएको मेरो शपथमा मेरो हृदयको प्रतिज्ञा मात्र थियो; मैले शब्‍दहरूले उहाँलाई मूर्ख बनाउने कोसिस गरेको थिइनँ। म त्यस्तो कार्य कदापि गर्दिनँ—म मेरो हृदयले प्रेम गरेको परमेश्‍वरलाई सान्त्वना मात्र दिन चाहन्छु, यसैले कि स्वर्गमा उहाँको आत्मालाई सान्त्वना प्राप्त होस्। हृदय मूल्यवान् हुन सक्छ, तर प्रेम अझ बढी अनमोल छ। म मेरो हृदयको सबैभन्दा अनमोल प्रेम परमेश्‍वरलाई दिन्छु, यसैले कि उहाँले मसँग भएको सबैभन्दा सुन्दर थोकको आनन्द लिन सक्‍नुभएको होस् र यसरी मैले उहाँलाई दिएको प्रेमद्वारा उहाँ पूर्ण सन्तुष्ट हुनुभएको होस्। के तँ परमेश्‍वरलाई आनन्द दिनका लागि तेरो प्रेम उहाँलाई दिन इच्छुक छस्? के तँ यसलाई आफ्नो अस्तित्वको पूँजी बनाउन इच्छुक छस्? मेरा अनुभवहरूमा मैले यो बुझेको छु, कि म परमेश्‍वरलाई जति धेरै प्रेम गर्छु, त्यति नै बढी मैले जिउनुमा आनन्द पाउँछु; यसबाहेक, मेरो शक्तिको कुनै सीमा छैन, र म खुसीसाथ मेरो सम्पूर्ण शरीर र मन अर्पण गर्दछु, र मलाई बारम्बार यो महसुस हुन्छ कि म परमेश्‍वरलाई पर्याप्त प्रेम गर्न सक्दिनँ। यसैले के तेरो प्रेम नगण्य छ, कि यो असीम, अथाह छ? यदि तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न चाहन्छस् भने तँसँग सधैँ उहाँलाई फिर्ता दिने धेरै प्रेम हुनेछ—र यदि त्यस्तो अवस्था छ भने, कुन व्यक्ति वा थोक परमेश्‍वरप्रतिको तेरो प्रेमको बाटोमा खडा हुन सक्छ?

परमेश्‍वरले हरेक मानिसको प्रेमको कदर गर्नुहुन्छ। उहाँलाई प्रेम गर्ने सबैप्रति उहाँका आशिषहरू दोबर हुन्छन्, किनकि मानिसको प्रेम प्राप्त गर्नु धेरै गाह्रो हुन्छ, र यो यति थोरै मात्र छ कि यसलाई लगभग देख्न नै सकिँदैन। सारा ब्रह्माण्डभरि, परमेश्‍वरले मानिसहरूलाई फेरि उहाँलाई प्रेम गर्न लगाउने कोसिस गर्नुभएको छ, तर युगौँ युगदेखि अहिलेसम्म, थोरै, अर्थात् मुठ्ठीभर मानिसले मात्र उहाँलाई साँचो प्रेम फिर्ता दिएका छन्। जहाँसम्म मलाई थाहा छ, पत्रुस यस्तै एक व्यक्ति थिए, तर तिनी येशूद्वारा व्यक्तिगत तवरले डोऱ्याइएका थिए र तिनको मृत्युको क्षणमा मात्र तिनले परमेश्‍वरलाई आफ्नो सम्पूर्ण प्रेम दिए, त्यसपछि तिनको जीवन समाप्त भयो। यसैकारण यस्तो घिनलाग्दा अवस्थाहरूमा परमेश्‍वरले ब्रह्माण्डको आफ्नो कामको दायरा साँघुरो पार्नुभयो, र ठूलो रातो अजिङ्गरको देशलाई प्रदर्शन क्षेत्रको रूपमा प्रयोग गर्नुभयो, उहाँको कामलाई अझ बढी प्रभावकारी बनाउन र उहाँको गवाहीमा अझ ठूलो फाइदा होस् भनेर उहाँको आफ्नो सम्पूर्ण शक्ति र उहाँका कोसिसहरू एउटै ठाउँमा केन्द्रित गर्नुभयो। यी दुई प्रावधान अन्तर्गत परमेश्‍वरले उहाँको सम्पूर्ण ब्रह्माण्डको आफ्नो काम चीनको मुख्य भूमिमा बस्ने मानिसहरूलाई हस्तान्तरण गर्नुभयो, जसमा सबैभन्दा कम क्षमता थियो, र उहाँले आफ्नो प्रेमिलो विजयको काम सुरु गर्नुभयो। उहाँले तिनीहरू सबैलाई उहाँलाई प्रेम गर्ने बनाइसक्नुभएपछि, उहाँले आफ्नो कामको अर्को चरणलाई अघि बढाउनुहुनेछ, जुन परमेश्‍वरको योजना हो। यसरी उहाँको कामले सबैभन्दा ठूलो प्रभाव हासिल गर्दछ। उहाँको कामको दायराको केन्द्र र सीमाहरू, दुवै छन्। हाम्रो दिन आओस् भनी परमेश्‍वरले हामीमा काम गर्नका निम्ति कति ठूलो मूल्य चुकाउनुभएको छ र उहाँले कति ठूलो मेहनत खर्चनुभएको छ भन्‍ने कुरा स्पष्टै छ। यही नै हाम्रो आशिष् हो। त्यसकारण जुन कुराले मानिसहरूका धारणाहरूलाई अचम्मित पार्छ, त्‍योचाहिँ यो हो कि पश्चिमीहरूले हामी असल ठाउँमा जन्मिएकोमा ईर्ष्या गर्छन्, तर सबै हामीचाहिँ आफूलाई तुच्छ र नीच देख्छौं। के यो परमेश्‍वरले हामीलाई माथि उठाउनुभएको होइन र? ठूलो रातो अजिङ्गरको सन्तानहरू, जो सधैँ कुल्चिएका छन्, तिनीहरूलाई पश्चिमीहरूले उच्‍च नजरले हेरिरहेका छन्—यो साँच्चै हाम्रो आशिष् हो। जब म यसको बारेमा सोच्छु, म परमेश्‍वरको दया र उहाँको प्रेम र निकटताले भरिन्छु। यसले के देखाउँदछ भने, परमेश्‍वरले गर्नुहुने सबै कुरा मानव धारणासँग अमिल्दो हुन्छ। यी सबै मानिसहरू श्रापित भए पनि, उहाँ व्यवस्थाको कठोर नियमद्वारा बाध्य हुनुहुन्न र उहाँले उद्देश्यसहित आफ्नो कामको केन्द्र पृथ्वीको यस भागमा सार्नुभयो। यसैकारण म रमाउँछु, यसैले मलाई अत्यन्तै खुसी लाग्छ। इस्राएलीहरूका बीचमा मुख्य पूजाहारीहरूले गरेजस्तै कामको अग्रणी भूमिका लिने व्यक्तिको रूपमा, म आत्माको काम सीधै पूरा गर्न र परमेश्‍वरका आत्माको सिधा सेवा गर्न सक्षम छु; यही नै मेरो आशिष् हो। यस्तो कुरा कल्पना गर्ने आँट कसले गर्न सक्ला र? तर आज, यो अप्रत्याशित रूपमा हामीमाथि आइपुगेको छ। यो साँच्चै ठूलो आनन्द हो जसका निम्ति रमाहट गर्नुपर्छ। म आशा गर्छु कि परमेश्‍वरले हामीलाई निरन्तर आशिष्‌ दिनुहुन्छ, र हामीलाई माथि उठाउनुहुन्छ, यसैले कि हामी गोबरको थुप्रोमा बस्नेहरूलाई परमेश्‍वरले महान् रूपमा प्रयोग गर्न सक्‍नुभएको होस्, र यसरी हामीले उहाँको प्रेमको मूल्य चुकाउन सकौं।

अहिले मैले हिँड्ने मार्ग परमेश्‍वरको प्रेमको मूल्य चुकाउने मार्ग हो, तापनि मलाई निरन्तर के लाग्छ भने, यो परमेश्‍वरको इच्छा होइन, न त यो म हिँड्नुपर्ने बाटो नै हो। परमेश्‍वरद्वारा महान् रूपमा प्रयोग हुनु—यही नै परमेश्‍वरको इच्छा हो, र यो पवित्र आत्माको मार्ग हो। सायद म गलत छु, तर मलाई लाग्छ यो मेरो मार्ग हो, किनकि धेरै अघि मैले परमेश्‍वरसँग बिन्ती गर्दै उहाँले मलाई डोऱ्याऊनुभएको होस् र म जुन मार्गमा हिँड्नुपर्छ त्यसमा हतार-हतार खुट्टा टेक्न सकूँ, र हरसम्भव चाँडै परमेश्‍वरको इच्छा पूरा गरूँ भनी शपथ खाएको थिएँ। अरूले जे सोचे पनि, म विश्‍वास गर्दछु, कि परमेश्‍वरको इच्छाको पछि लाग्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मेरो जीवनमा अरू केही पनि महत्त्वपूर्ण छैन, र कसैले पनि मलाई यो अधिकारबाट वञ्चित गर्न सक्दैन। यो मेरो व्यक्तिगत विचार हो, र हुन सक्छ केही मानिसहरूले यो कुरा बुझ्न सक्दैनन्, तर मैले यसबारे कसैलाई न्यायसंगत हो भनी बताइरहनुपर्छ जस्तो मलाई लाग्दैन। मैले लिनुपर्ने मार्ग म लिनेछु—मैले मार्ग चिनेपछि म त्यो बाटोमा लाग्‍नेछु र म पछाडि हट्नेछैन। यसैले म यी वचनहरूमा फर्कन्छु: मैले आफ्नो हृदय परमेश्‍वरको इच्छा पूरा गर्नमा लगाएको छु। म निश्चय छु, कि मेरा भाइ-बहिनीहरूले मेरो आलोचना गर्नेछैनन्! समग्रमा, मलाई व्यक्तिगत रूपमा के लाग्छ भने, अरू मानिसहरूले उनीहरूलाई मन लागेका कुरा भन्न सक्छन्, तर मलाई लाग्छ, परमेश्‍वरको इच्छा पालन गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यसमा कुनै पनि कुराले मलाई रोक्नु हुँदैन। परमेश्‍वरको इच्छालाई पछ्याउनु कहिल्यै पनि गलत हुन सक्दैन! र यसो गर्नु भनेको आफ्नै चासो अनुसार काम गर्नु होइन! म विश्‍वास गर्छु, कि परमेश्‍वरले मेरो हृदयभित्र देख्नुभएको छ! त्यसैले तैंले यसलाई कसरी बुझ्नुपर्छ? के तँ आफैलाई परमेश्‍वरको लागि अर्पण गर्न इच्छुक छस्? के तँ परमेश्‍वरद्वारा प्रयोग हुनु तयार छस्? के तँ परमेश्‍वरको इच्छाको पछि लाग्ने शपथ खान्छस्? मलाई आशा छ, कि मेरा वचनहरू मेरा भाइ-बहिनीहरूका लागि केही सहायता हुन सक्छन्। मेरा अन्तर्दृष्टिहरूमा खास कुनै गहनता नभए पनि, म अझै पनि तिमीहरूलाई यसको बारेमा भन्छु, यसरी हामीबीच कुनै बाधा कायम नराखी हामीले हाम्रा भित्री भावनाहरू बाँडचुँड गर्न सकौं, र परमेश्‍वर सधैँभरि हाम्रो बीचमा रहनुहुनेछ। यी मेरो हृदयबाट निस्केका वचनहरू हुन्। ठीक छ! आज मैले मेरो हृदयबाट बोल्नुपर्ने कुराहरू यति मात्र हुन्। मलाई आशा छ, कि मेरा भाइ-बहिनीहरूले निरन्तर कडा परिश्रम गरिरहनेछन्, र म आशा गर्दछु, कि परमेश्‍वरका आत्माले सधैँ हाम्रो हेरचाह गर्नुहुनेछ!

अघिल्लो: मार्ग … (२)

अर्को: मार्ग … (४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अध्याय १५

परमेश्‍वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ,...

विजयको कामको भित्री सत्यता (३)

विजयको कामको लक्षित प्रभाव, सबैभन्दा बढी, मानिसको देहले अबउप्रान्त विद्रोह नगरोस्; अर्थात्, मानिसको दिमागले परमेश्‍वरबारे नयाँ ज्ञान...

परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

व्यावहारिकताको ज्ञान र परमेश्‍वरको कामको पूर्ण बुझाइ प्राप्त गर्नु—यी दुवै उहाँका वचनहरूमा देखिन्छन्, र यी वाणीहरूमार्फत मात्र तैँले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्