मार्ग … (१)

आफ्नो जीवनकालमा, कसैले पनि उसले कस्तो प्रकारको झट्काहरू सामना गर्न गइरहेको छ, उसले कस्तो प्रकारको शोधनबाट गुज्रनुपर्छ भनी जान्दैन। कसैको निम्ति त्यो तिनीहरूको काममा हुन्छ, कसैको निम्ति त्यो तिनीहरूको भावी संभाव्यताहरूमा हुन्छ, कसैको लागि त्यो तिनीहरू जन्मेको परिवारमा हुन्छ, अनि कसैको निम्ति त्यो तिनीहरूको विवाहमा हुन्छ। तर तिनीहरू र हाम्रो बीचमा भिन्नता के छ भने आज, हामी, यस झुण्डका मानिसहरू, परमेश्‍वरको वचनको माझमा कष्ट भोगिरहेका छौं। भनाइको अर्थ, परमेश्‍वरको सेवा गर्ने मानिसहरू भएको हुनाले, हामीले उहाँलाई विश्‍वास गर्ने बाटोमा झट्काहरू भोगेका छौं, जुन सबै विश्‍वासीहरूले लिने अनि हाम्रो पाउमुनि रहेको बाटो हो। यस बिन्दुपछाडि हामीले आधिकारिक रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने पथ सुरु गर्छौं, आधिकारिक रूपले मानव जीवन थालनी गर्छौं, अनि जीवनको सही मार्गमा पाइला राख्छौं। अर्को शब्दमा भन्नुपर्दा, यस समयमा हामी मानिसको साथमा बस्नुहुने परमेश्‍वरको सही बाटोमा पाइला राख्छौं, जुन सामान्य मानिसहरूले लिने बाटो हो। परमेश्‍वरको सामु खडा हुने र सेवा गर्ने मानिसको हैसियतले—जसले मन्दिरमा पूजाहारीको वस्त्र पहिरिन्छ, अनि परमेश्‍वरको प्रतिष्ठा, अधिकार तथा प्रताप धारण गर्छ उक्त व्यक्तिको हैसियतले—म विशेष गरी सबै मानिसहरूलाई निम्न कुरा घोषणा गर्छु: परमेश्‍वरको महिमावान् मुहार मेरो महिमा हो, उहाँको व्यवस्थापन योजना मेरो सार हो। म आउने संसारमा सय गुणा हासिल गर्न खोज्दिनँ बरु यस संसारमा केवल परमेश्‍वरको इच्छा मात्र पूरा गर्न खोज्छु, ताकि मैले देहमा सानो प्रयास लगाएको कारणले उहाँलाई पृथ्वीमा उहाँको महिमाको सानो अंशको आनन्द मिलोस्। मेरो इच्छा यही मात्रै हो। मेरो विचारमा, केवल यही मेरो आत्मिक भरणपोषण हुन्। मलाई विश्‍वास छ, जो देहमा जिउँछन् र जो भावनाले भरिपूर्ण छन् ती व्यक्तिहरूका यी “अन्तिम वचनहरू” हुनुपर्छ। आज मेरो पाउमुनि यही बाटो छ। मलाई यो पनि विश्‍वास छ कि मेरो यो दृष्टिकोण देहको रूपमा मेरा अन्तिम वचनहरू हुन्, अनि मलाई आशा छ, मानिसहरूसित मेरो बारेमा धारणाहरू वा अरू विचारहरू छैनन्। मैले मेरा सबै कुरा दिइसके तापनि, मैले अझै स्वर्गमा परमेश्‍वरको इच्छा पूरा गर्न सकेको छैनँ। म असीम रूपले दुःखी छु। किन देहको सार यस्तो हुन्छ? यसरी, मैले विगतमा गरेका कुराहरू र परमेश्‍वरले ममाथि सम्पन्न गर्नुभएको विजयको कामको परिणामस्वरूप मात्र मैले मानवजातिको सारको गहिरो बुझाइ हासिल गरेँ। त्यसपछि मात्रै मैले आफ्नो निम्ति अत्यन्तै आधारभूत मापदण्ड तोकेँ: परमेश्‍वरको इच्छाअनुसार गर्न मात्रै खोज्नु, मेरो सबै थोक यसमा लगाउनु, अनि मेरो विवेकलाई भार पर्ने केही पनि साथमा नराख्नु। परमेश्‍वरको सेवा गर्ने अरूहरूले आफ्नो लागि के मापदण्ड राख्छन्, म त्यसलाई वास्ता गर्दिनँ। छोटकरीमा भन्नुपर्दा, मैले उहाँको इच्छाअनुसार गर्नको निम्ति आफ्नो हृदय लगाएको छु। उहाँको सामु सेवा गर्ने उहाँको सृष्टिको एक वस्तुको हैसियतमा—जो उहाँद्वारा उद्धार गरिएको र प्रिय ठानिएको छ र जसले उहाँका प्रहारहरू सहेको छ, त्यो व्यक्तिको हैसियतमा—यो मेरो स्वीकारोक्ति हो। यो त्यो व्यक्तिको स्वीकारोक्ति हो जसलाई उहाँद्वारा देखरेख गरिएको, सिद्ध तुल्याइएको, प्रेम गरिएको र वृहत् रूपमा प्रयोग गरिएको छ। अबउप्रान्त म परमेश्‍वरद्वारा मलाई सुम्पिइएको महत्वपूर्ण काम मैले पूरा नगरेसम्म यही बाटोमा अघि बढिरहनेछु। तर मेरो विचारमा, बाटोको अन्त्य निकट छ, किनकि उहाँको काम पूरा भएको छ, अनि आजसम्ममा, मानिसहरू जे गर्न सक्षम छन्, तिनीहरूले त्यो सबै गरिसकेका छन्।

पुनर्प्राप्ति को यस धारभित्र मूलभूमि चीनको प्रवेशले बिस्तारै पवित्र आत्माको कामको वरिपरि केन्द्रित भएका स्थानीय मण्डलीहरूको उदय गराएको छ। परमेश्‍वरले यी स्थानीय मण्डलीहरूमा अटुट रूपमा काम गर्नुभएको छ, किनकि यस समयमा जन्मेका मण्डलीहरू पतित साम्राज्यवादी परिवारमा परमेश्‍वरको मुटु बनेका छन्। भन्नै पर्दैन, त्यस्तो परिवारमा स्थानीय मण्डलीहरू स्थापना गर्न पाउँदा परमेश्‍वर अत्याधिक खुशी हुनुहुन्थ्यो—उहाँको खुशीलाई बयान गर्नै असम्भव छ। चीनमा स्थानीय मण्डलीहरू स्थापना गर्नुभएपछि अनि संसारभरिका अन्य स्थानीय मण्डलीहरूमा भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो असल खबर फैलाउनुभएपछि, परमेश्‍वर धेरै नै उत्साहित हुनुभयो—यो उहाँले मूलभूमि चीनमा गर्न चाहनुभएको कामको पहिलो कदम थियो। यो उहाँको पहिलो काम थियो भनेर पनि भन्न सकिन्छ। अनि, कुनै पनि मानिस वा चीजले भेद गर्न नसक्ने भूतहरूको यस्तो किल्लामा उहाँको कामको पहिलो कदम सुरु गर्ने उहाँको क्षमता के परमेश्‍वरको महान् शक्ति होइन र? यो कामको पुनर्प्राप्तिको निम्ति, असंख्य दाजुभाइ तथा दिदीबहिनीहरू दियाबलसहरूको निर्दयी चक्कुमुनि शहीद भएका छन्। यो विषयलाई अहिले उठाउँदा यसले मलाई पीडा दिन्छ र क्रोधित तुल्याउँछ, तर अधिकांश रूपमा कष्टका दिनहरू बितिसकेका छन्। परमेश्‍वरको निम्ति म काम गर्न सक्षम हुनु र म आज जहाँ छु, त्यहाँसम्म आइपुग्न सक्षम हुनु पूर्ण रूपले परमेश्‍वरको पराक्रमी शक्तिको कारण भएको हो। म तिनीहरूको निम्ति ठूलो आदर अनुभूति गर्छु जसलाई परमेश्‍वरले शहादतको निम्ति छनौट गर्नुभयो; तिनीहरू परमेश्‍वरको इच्छाअनुसार कार्य गर्न र परमेश्‍वरको निम्ति आफैलाई बलिदान गर्न सक्षम भए। इमान्दार भएर भन्नुपर्दा, यदि परमेश्‍वरको अनुग्रह र कृपा नहुँदो हो त, म धेरै समयअघि नै दलदलमा भास्सिसक्थेँ। परमेश्‍वरलाई धन्यवाद होस्! म परमेश्‍वरलाई सारा महिमा दिन चाहन्छु ताकि उहाँ विश्राममा रहन सक्नुहोस्। कोही मानिसहरू मलाई सोध्छन्: “तपाईंको पदको कारणले, तपाईंले मर्नु हुँदैन। परमेश्‍वरले मृत्यु उल्लेख गर्नुहुँदा तपाईं खुशी हुनुभएको कारण के हो?” प्रत्यक्ष उत्तर दिनुको सट्टामा म केवल अलिकति मुस्कुराउँछु र भन्छु, “मैले खोजी गर्नुपर्ने, मैले पूर्ण रूपले पछ्याउनुपर्ने बाटो नै यही हो।” मेरो प्रत्युत्तरद्वारा मानिसहरू चकित हुन्छन्। तिनीहरूले आश्चर्यचकित हुँदै, मलाई अलि शङ्का गर्दै, मलाई हेर्न मात्र सक्छन्। तथापि, म के विश्‍वास गर्छु भने यो बाटो मैले रोजेको बाटो भएकोले र परमेश्‍वरको अघि यो मेरो अठोट पनि भएकोले, कठिनाइहरू जतिसुकै ठूला भए पनि, मैले संघर्ष गर्दै अघि बढ्नुपर्छ। मलाई लाग्छ, परमेश्‍वरको सेवा गर्ने जतिले यो प्रतिज्ञामा अडिग रहिरहनुपर्छ—तिनीहरू आफ्नो वचनबाट अलिकति पनि पछि हट्नु हुँदैन। यो पनि एउटा नियम हो, लामो समयअघि व्यवस्थाको युगमा स्थापित एउटा विधि जुन परमेश्‍वरमा विश्‍वास गर्ने हरेकले बुझ्नुपर्छ। मेरो अनुभवमा, परमेश्‍वरको मेरो ज्ञान ठूलो नभए तापनि अनि मैले वास्तवमा जे अनुभव गरेको छु, त्यो नगण्य र उल्लेख गर्न लायक नभएको भए तापनि—यस्तो कि जसको बारेमा बोल्न मसित कुनै चलाखीपूर्ण अन्तर्दृष्टिहरू छैनन्—परमेश्‍वरका वचनहरूलाई पालना गरिनुपर्छ, अनि यिनलाई विरोध गर्न सकिँदैन। पूर्ण इमानदारीताका साथ भन्नुपर्दा, मेरा आफ्नै अनुभवहरू नगण्य छन् तर परमेश्‍वरले मेरो गवाही दिनुहुने भएकोले अनि मानिसहरूले म व्यक्तिको रूपमा जस्तो छु त्यसमा सधैँ अन्धो भएर विश्‍वास गर्ने भएकोले म के गर्न सक्छु र? तापनि, म अझै आशा गर्छु कि मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने विषयमा आफ्ना विचारहरूलाई सुधार्नेछन्। म व्यक्तिको रूपमा जस्तो छु, त्यसले कुनै प्रभाव पार्दैन; किनकि म पनि परमेश्‍वरमाथिको विश्‍वासको बाटोलाई खोजी गर्छु, अनि मैले हिँड्ने बाटो पनि परमेश्‍वरमा विश्‍वास गर्ने बाटोभन्दा अरू केही होइन। एउटा व्यक्ति राम्रो हुन सक्ला, तर ऊ आराधनाको वस्तु हुनुहुँदैन—तिनीहरू पछ्याउनका निम्ति एउटा नमूना मात्र हुन सक्छन्। म अरूले के गर्छन्, त्यसको वास्ता गर्दिनँ तर म मानिसहरूसामु घोषणा गर्छु कि म पनि परमेश्‍वरलाई महिमा दिन्छु; म देहलाई आत्माको महिमा दिँदिनँ। मलाई आशा छ, यस विषयमा हरेकले मेरा भावनाहरू बुझ्न सक्छन्। यो मैले मेरो जिम्मेवारी छलेको होइनँ, यो त पूरा कथा हो। यो घामजस्तै छर्लङ्ग हुनुपर्छ, त्यसैले यसको बारेमा फेरि बोलिनेछैनँ।

आज, मैले परमेश्‍वरको सामु अन्तर्दृष्टि प्राप्त गरेँ। यस पृथ्वीमा परमेश्‍वरको काम मुक्तिको काम हो। यो कुनै पनि कुराद्वारा कलङ्कित हुँदैन। कोही मानिसहरूले अन्यथा सोच्न सक्छन्, तर मैले सधैँ के महसुस गरेको छु भने पवित्र आत्माले केवल कामको एउटा चरण मात्र—मुक्तिको काम मात्र—गरिरहनुभएको छ, र उहाँले अरू कुनै पनि काम गरिरहनुभएको छैन। यो कुरा स्पष्ट हुनुपर्छ। अहिले मात्र मूलभूमि चीनमा पवित्र आत्माको काम स्पष्ट भएको छ। अनि किन परमेश्‍वरले जताततै भूतहरू व्याप्त रहेको यस्तो ठाउँमा सबै बाटोहरू खोल्न र काम गर्न चाहनुहुन्छ त? यसले सबै कुराहरूभन्दा पहिले, परमेश्‍वरले मुक्तिको काम गरिरहनुभएको छ भन्ने देखाउँछ। अझ सही रूपमा भन्नुपर्दा, यो मुख्यतः विजयको काम हो। येशूको नाउँ सुरुदेखि नै पुकारिएको छ। (सायद केहीले यसलाई अनुभव गरेका छैनन् होला, तर म यसलाई पवित्र आत्माको कामको एउटा कदम थियो भनेर भन्छु)। यो कुरा अनुग्रहको युगको येशूबाट अलग हुनको निम्ति थियो, त्यसैले केही मानिसहरू पहिलेदेखि नै चुनिएका थिए, अनि त्यसपछि त्यो छनौटलाई अझ साँघुरो बनाइयो। त्यसपछि, विट्नेस लीको नाउँ चीनमा पुकारियो जुन चीनमा पुनर्प्राप्तिको कामसम्बन्धी पवित्र आत्माको दोस्रो भाग हो। कामको यो पहिलो कदम थियो जसमा पवित्र आत्माले मानिसहरूलाई छनौट गर्न सुरु गर्नुभयो, जुन पहिले मानिसहरूलाई एकत्रित गर्नु र तिनीहरूलाई देखरेख गर्न गोठालाको प्रतीक्षा गर्नु थियो; “विट्नेस ली” नाउँ त्यो सेवा सञ्चालन गर्न प्रयोग गरियो। परमेश्‍वरले व्यक्तिगत रूपले “शक्तिशाली” नाउँको गवाही दिने कार्यमा आफ्नो काम गर्नुभयो र त्यसभन्दा अघि, यो एउटा तयारी चरणमा थियो। त्यसैले त्यो सही वा गलत थियो भन्ने कुरा महत्वपूर्ण छैन, र त्यो कुरा परमेश्‍वरको योजनाभित्र मुख्य मामिला पनि होइन। “शक्तिशाली” नाउँको गवाहीपछि, परमेश्‍वरले व्यक्तिगत तवरमा आधिकारिक रूपले नै उहाँको आफ्नै काम सुरु गर्नुभयो र त्यसपछि, देहका रूपमा परमेश्‍वरका कार्यहरू आधिकारिक रूपमा सुरु भए। “शक्तिशाली प्रभु” को नाउँद्वारा उहाँले ती सबैलाई नियन्त्रण गर्नुभयो जो विद्रोही र अनाज्ञाकारी थिए। तिनीहरूमा मानवजातिसँगको समानता देखा पर्न थाले, त्यसरी नै जसरी मानिसहरू तेइस-चौबीस वर्षको उमेर पुग्दा प्रौढ देखिन थाल्छन्; अर्थात् मानिसहरूले सामान्य मानवजातिको जीवन जिउन भर्खरै सुरु गरेका थिए। सेवाकर्ताहरूको परीक्षामार्फत परमेश्‍वरको काम प्राकृतिक रूपले ईश्‍वरीय काम गर्ने चरणमा परिवर्तन भयो। यसो भन्न सकिन्छ कि कामको केवल यही कदमले मात्र उहाँको अधिकांश कामको मूल तत्व निर्माण हुन्छ अनि उहाँको काममा यही नै प्राथमिक कदम हो। मानिसहरूले आफैलाई जान्दछन् र आफैलाई घृणा गर्छन्। तिनीहरू एउटा बिन्दुमा पुगेका हुन्छन् जहाँ तिनीहरूले आफैलाई श्राप दिन सक्छन्, तिनीहरू आफ्नै जीवन परित्याग गर्नुमा खुशी हुन्छन्, अनि तिनीहरूसित परमेश्‍वरको प्रेमिलोपनको हल्का चेतना हुन्छ जसको जगमाथि तिनीहरूले मानव अस्तित्वको साँचो अर्थ जान्न पुग्छन्—र यसरी परमेश्‍वरको इच्छालाई हासिल गर्छन्। मूलभूमि चीनमा परमेश्‍वरको काम समाप्तिमा आइपुगिरहेको छ। परमेश्‍वरले यस फोहोर भूमिमा धेरै वर्षदेखि आफ्नो तयारीहरू गर्दै आउनुभएको छ, तापनि मानिसहरू आज जुन बिन्दुमा पुगेका छन् त्यो तिनीहरूले पहिले कहिल्यै हासिल गरेका थिएनन्, जसको अर्थ केवल आज मात्र परमेश्‍वरले औपचारिक रूपले काम सुरु गर्नुहुन्छ। यसको लागि कुनै अरू विवरण वा स्पष्टता जुटाउन आवश्यक छैन। यो काम प्रत्यक्ष रूपमा परमेश्‍वरको ईश्‍वरत्वद्वारा गरिन्छ तर यो मानिसमार्फत सम्पन्न हुन्छन् भन्नु पूर्णतया सही हुन्छ। यसलाई कसैले इन्कार गर्न सक्दैन। निश्चय नै पृथ्वीमा परमेश्‍वरको महान् शक्तिको कारणले नै व्यभिचारको यो भूमिमा उहाँको काम हालको हदसम्म मानिसहरूसम्म पुग्न सक्यो। मानिसहरूलाई विश्‍वस्त पार्नको लागि यो कामको फललाई कुनै पनि ठाउँमा लैजान सकिन्छ। कसैले पनि यसलाई हल्का रूपले मूल्याङ्कन वा अलोचना गर्ने र इन्कार गर्ने साहस गर्न सक्दैन।

अघिल्लो: परिचय

अर्को: मार्ग … (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

परमेश्‍वरका आत्माले पृथ्वीमा काम गर्नुहुँदा, उहाँले धेरै वर्षदेखि खोजिरहनुभएको छ, र युगौँदेखि उहाँको काम गर्नका लागि परमेश्‍वरले धेरै...

परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश

१. मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।२....

परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरको अख्तियार (१)मेरा विगतका धेरै सङ्गतिहरू परमेश्‍वरको कार्य, परमेश्‍वरको स्वभाव, र परमेश्‍वर स्वयम्‌सँग सम्‍बन्धित थिए। यी...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्