अध्याय ४३
सायद मेरा प्रशासनिक आदेशहरूका कारण मात्रै मानिसहरूले मेरा वचनहरूमा “ठूलो चासो” लिएका छन्। यदि तिनीहरू मेरा प्रशासनिक आदेशहरूद्वारा शासित नभएका भए, तिनीहरू सबै भर्खरै बाधा दिइएका बाघहरू जस्तै गर्जिरहेका हुनेथिए। दैनिक रूपमा, म बादलहरूका बीचमा घुम्छु, पृथ्वीलाई ढाक्ने मानवजातिलाई हेर्छु, जो यताउता दौडधुप गर्दै हुन्छन्, मेरा प्रशासनिक आदेशहरूमार्फत मेरो नियन्त्रणको अधीनमा रहन्छन्। यसरी, मानवजातिलाई व्यवस्थित राखिन्छ, र म मेरा प्रशासनिक आदेशहरूलाई निरन्तरता दिन्छु। यस समयदेखि उप्रान्त, पृथ्वीमा हुनेहरूले मेरा प्रशासनिक आदेशहरूका कारण सबै प्रकारको सजाय प्राप्त गर्छन्, र जब यो सजाय तिनीहरूमाथि आइपर्छ, सम्पूर्ण मानवजाति ठूलो स्वरमा कोलाहल गर्छन् र हरेक दिशामा भाग्छन्। यस क्षणमा, पृथ्वीका राष्ट्रहरू तुरुन्तै नाश हुन्छन्, राष्ट्रहरूबीचका सीमाहरू अस्तित्वमा रहन छोड्छन्, जमिन उप्रान्त जमिनबाट विभाजित हुँदैन, र मानिसहरूबीच उप्रान्त कुनै मनमुटाव हुँदैन। म तिनीहरूका बीचमा “मानिसहरूका विचारहरूमा काम गर्न” सुरु गर्छु, ताकि मानिसहरू एक-अर्कासँग शान्तिपूर्वक मिलजुल गर्न सकून्, उप्रान्त नलडून्, र, मैले मानवजातिको बीचमा पुलहरू निर्माण र सम्बन्धहरू स्थापित गर्दै गर्दा, मानिसहरू एकताबद्ध हुन्छन्। म आकाशमण्डललाई मेरा कार्यहरूका प्रकटीकरणहरूले भर्नेछु र पृथ्वीका सबै कुरालाई मेरो शक्तिमुनि ढाल्नेछु, यसरी “विश्वलाई एकताबद्ध गर्ने” मेरो योजना साकार पार्नेछु र मेरो यो एउटा इच्छालाई फलदायी बनाउनेछु, ताकि मानवजाति उप्रान्त पृथ्वीको सतहमा “यताउता नघुमून्”, बरु चाँडै नै एउटा उपयुक्त गन्तव्य प्राप्त गरून्। म मानवजातिका लागि हरेक तरिकाले विचार गर्छु, सम्पूर्ण मानवजाति चाँडै नै शान्ति र खुसीको भूमिमा जिउन आउने, तिनीहरूको जीवनका दिनहरू उप्रान्त उजाड नहुने, र पृथ्वीमा मेरो योजना व्यर्थ नहुने तुल्याउनेछु। मानिसको अस्तित्वका कारण, म पृथ्वीमा मेरो राज्य निर्माण गर्नेछु, किनभने मेरो महिमाको प्रकटीकरणको एउटा भाग पृथ्वीमा छ। माथि स्वर्गमा, म मेरो सहरलाई ठीक गर्नेछु र यसरी माथि र तल सबै कुरा नयाँ बनाउनेछु। म स्वर्गको माथि र तल अस्तित्वमा रहेका सबै कुरालाई एकीकृत गर्नेछु, ताकि पृथ्वीका सबै कुरा स्वर्गमा भएका सबै कुरासँग एकताबद्ध होऊन्। यो मेरो योजना हो; मैले अन्तिम युगमा पूरा गर्ने कुरा यही नै हो—कसैले पनि मेरो कामको यस भागमा हस्तक्षेप नगरोस्! अन्यजाति राष्ट्रहरूका बीचमा मेरो काम फैलाउनु पृथ्वीमा मेरो कामको अन्तिम भाग हो। मैले गर्ने काम कसैले पनि बुझ्न सक्दैन, र यसैकारण, मानिसहरू निकै अलमल्लमा परेका छन्। अनि म पृथ्वीमा मेरो काममा व्यस्त भएको हुनाले, मानिसहरूले “यताउता खेल्ने” अवसर लिन्छन्। तिनीहरूलाई जथाभावी काम गर्नबाट रोक्नका लागि, मैले पहिले तिनीहरूलाई आगोको कुण्डको “तालिम” प्राप्त गर्न मेरो सजायमुनि राखेको छु। यो मेरो कामको एउटा चरण हो, र म मेरो कामको यो चरण पूरा गर्न आगोको कुण्डको शक्ति प्रयोग गर्नेछु; अन्यथा, मेरो काम गर्न गाह्रो हुनेछ। म सम्पूर्ण ब्रह्माण्डका मानवजातिलाई मेरो सिंहासनको अगाडि आफूलाई समर्पण गर्न लगाउनेछु, मेरो न्यायका कारण विभिन्न वर्गमा विभाजित गर्नेछु, यी वर्गहरूका कारण तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नेछु, र यसरी तिनीहरूका परिवारहरूमा समूहीकृत गर्नेछु, ताकि सम्पूर्ण मानवजातिले मेरो विरुद्ध विद्रोह गर्न छोडून्, बरु मैले नाम दिएका वर्गहरूअनुसार सफा र व्यवस्थित प्रबन्धमा परून्—कसैले पनि आफ्नो इच्छाअनुसार यताउता नगरोस्! ब्रह्माण्डभरि र यसको माथि, मैले नयाँ काम गरेको छु; ब्रह्माण्डका सबै मानिस मेरो अचानकको देखापराइबाट अवाक् भएका छन्, खुला रूपमा भएको मेरो देखापराइले तिनीहरूको क्षितिज निकै फराकिलो बनाएको छ। के आज त्यस्तै होइन र?
मैले सबै राष्ट्र र सबै मानिसहरूका बीचमा पहिलो छलाङ्ग मारेको छु, र मैले मेरो कामको पहिलो भागको सुरुवात गरेको छु। म नयाँ सुरुवात गर्नको लागि मेरो योजनालाई भङ्ग गर्नेछैन: अन्य जातिका राष्ट्रहरूका बीचमा हुने श्रेणीबद्ध कार्य मैले स्वर्गमा गर्ने मेरो कामको पद्धतिहरूमा आधारित छ। जब सारा मानवजातिले मेरा हरेक हाउभाउ र कार्यहरू हेर्नको लागि आफ्ना आँखा उठाउँछ, त्यही बेला म पृथ्वीमा कुहिरो पठाउँछु। मानिसहरूका आँखाहरू तुरुन्तै धमिलिन्छ, र मरुभूमिमा अलमलिएका भेडाहरूले जस्तै तिनीहरूले कुनै दिशा निर्क्योल गर्न सक्दैनन्, र जब तुफानको गर्जन सुनिन थाल्छ, तिनीहरूको चिच्याहटलाई बतासको गर्जनले ढाकिदिन्छ। हावाका झोक्काहरूको बीचमा, मानव आकृतिहरूलाई अलिअलि देख्न सकिन्छ, तर कुनै पनि मानव आवाज सुन्न सकिँदैन, र मानिसहरूले सक्दो बल लगाई चिच्याए पनि, तिनीहरूको प्रयास व्यर्थ हुन्छ। यसपटक, तिनीहरूलाई सीमाहीन मरुभूमिबाट डोर्याएर लैजानको लागि मुक्तिदाता अचानक आकाशबाट ओर्लनुहुन्छ कि भन्ने आशा गर्दै मानवजाति डाँको छोडी रुन्छ र विलाप गर्छ। तर, तिनीहरूको विश्वास जति नै ठूलो भए पनि, मुक्तिदाता हल्लिनु समेत हुनेछैन, र मानिसको आशामा तुषारापात हुनेछ: बालिएको विश्वासको बत्तीलाई मरुभूमिको तुफानले निभाइदिएको छ, र बलिरहेको राँको फेरि कहिल्यै नउठाउने गरी, मानिस बाँझो र निर्जन स्थानमा घोप्टो पर्छ, अनि अचेत हुन्छ…। त्यस क्षणलाई प्रयोग गर्दै, म मानिसको आँखैअघि मरुद्यान देखा पर्न लगाउँछु। तर, त्यो मानिसको हृदय उल्लसित भएको हुनसक्ने भए पनि, उसको शरीर अत्यन्तै कमजोर, हातखुट्टा कमजोर र लल्याकलुलुक भएको कारण उसले प्रतिक्रिया दिन सक्दैन; अनि उसले मरुद्यानमा सुन्दर फलफूल फलिरहेको देखे पनि, ऊसँग ती फल टिप्ने सामर्थ्य हुँदैन, किनभने मानिसको “आन्तरिक स्रोत-साधन” पूर्ण रूपमा रित्तिएको हुन्छ। म मानिसलाई चाहिने कुराहरू टिप्छु र उसलाई दिन्छु, तर उसले क्षणिक मुस्कान मात्रै छोड्छ, उसको अनुहार पूर्ण रूपमा हर्षरहित छ: मानवजातिको हरेक सामर्थ्य नामनिसानविना नै चलिरहेको बतासमा विलय भएको छ। यसकारण, मानिसको अनुहार पूर्ण रूपमा अभिव्यक्ति विहीन हुन्छ, र उसको रक्ताम्मे आँखाहरूबाट, आफ्नो बच्चालाई नियालिरहेकी आमाको जस्तै कोमल दयासहित स्नेहको एउटै मात्र किरण चम्किन्छ। समय-समयमा, मानिसको सुकेको, फुटेका ओठहरू चल्छन्, मानौं उसले बोल्न लागेको छ तर उसँग बोल्ने सामर्थ्य छैन। म मानिसलाई अलिकति पानी दिन्छु, तर उसले होइन भन्ने भावमा आफ्नो शिर मात्रै हल्लाउँछ। यी अनिश्चित र अप्रत्याशित कार्यहरूबाट, म मानिसले पहिले नै आफूप्रतिको सबै आशा गुमाइसकेको छ, र उसले मलाई आफ्नो प्रार्थी नजर ममाथि लगाइरहन्छ, मानौं उसले अर्को कुनै कुराको लागि अनुरोध गरिरहेको छ। तर, मानवजातिको रीतिरिवाज र चलनप्रति अनजान रहेको कारण, म मानवजातिको अनुहारको हाउभाउ र व्यवहारप्रति छक्क पर्छु। यस क्षणमा मात्रै मलाई मानिसको अस्तित्वका दिनहरू चाँडै अन्त्य हुँदै छन् भन्ने अचानक थाहा हुन्छ, अनि म उसमा सहानुभूतिपूर्ण नजर लगाउँछु। अनि यस क्षणमा मात्रै मानिसले खुशीको मुस्कान देखाउँछ, र मप्रति हो भावमा शिर हल्लाउँछ, मानौं उसको चाहना पूरा भएको छ। मानवजाति अबउप्रान्त दुःखित हुँदैन; पृथ्वीमा, मानिसहरूले अबउप्रान्त जीवनको रिक्तताको बारेमा गुनासो गर्दैनन्, र “जीवन” का सबै कामकाजहरू छोड्छन्। त्यसपछि, पृथ्वीमा थप कुनै सुस्केराहरू हुँदैनन्, र मानवजातिको जीवनका दिनहरू प्रसन्नताले भरिनेछन् …
मेरो आफ्नै कामलाई अघि बढाउनुभन्दा पहिले मैले मानिसका मामलाहरूको उचित व्यवस्थापन गर्नेछु, नत्र मानवजातिले निरन्तर मेरो काममा बाधा पुऱ्याउनेछन्। मेरो लागि, मानिसका मामलाहरू मुख्य समस्या होइनन्; मानवजातिका मामलाहरू महत्त्वहीन छन्। मानिसको आत्मा अत्यन्तै सानो भएको हुनाले—मानिस कमिलालाई समेत कृपा गर्न अनिच्छुक देखिन्छ, वा कमिलाहरू मानिसका शत्रुहरू हुन् भन्ने देखिन्छ—मानिसको बीचमा सधैँ कलह हुन्छ। मानिसहरूका कलह सुनेर, म फेरि पनि बिदा भएर जान्छु अनि तिनीहरूका कथा सुन्न छोडिदिन्छु। मानवजातिको नजरमा, म “निवासीहरूको समिति” हुँ, “निवासीहरूका” बीचमा हुने “पारिवारिक विवादहरू” लाई समाधान गर्ने विशेषज्ञ हुँ। जब मानिसहरू मेरो सामुन्ने आउँछन्, तिनीहरू अपरिहार्य रूपमा नै तिनीहरूका आफ्नै तर्कहरू लिएर आउँछन् र भारी आतुरीको साथ “असामान्य अनुभवहरू” वर्णन गर्छन्, र त्यस क्रममा तिनीहरूका आफ्नै टिप्पणी प्रदान गर्छन्। म मानवजातिको असाधारण व्यवहारलाई हेर्छु: तिनीहरूका अनुहारहरू धूलोले ढाकेका छन्—पसिनाको “सिँचाइ” पाएको धूलो, जसले पसिनासँग मिसिएपछि आफ्नो “स्वाधीनता” गुमाउँछ, र मानिसको अनुहार समुद्र किनारको बलौटे सतहजस्तै थप “समृद्ध” बन्छ, जहाँ कहिलेकहीँ पाइलाका डोबहरू देख्न सकिन्छ। तिनीहरूका कपाल ग्लोबमा टाँसिएको पराल झैँ चमकविहीन, ठाडा-ठाडा, मृतकको कालो छायाजस्तो छन्। उसको रिस अत्यन्तै उत्तेजित भएको छ, यहाँसम्म कि उसका कपालहरू समेत ठाडा-ठाडा भएका छन्, त्यसैले उसको अनुहारले घरी-घरी “तातो बाफ” फ्याँक्छ, मानौं उसका पसिना “उम्लिरहेका” छन्। उसलाई नजिकबाट नियालेर हेर्दा, म मानिसको अनुहार जलिरहेको सूर्यजस्तै “ज्वालाहरू” मा ढाकिएको देख्छु, त्यही कारणले त्यसबाट तातो ग्याँस निस्कँदो रहेछ, अनि उसको रिसले उसको अनुहार नै जलाउँछ कि भनेर म साँच्चै चिन्ता गर्छु, यद्यपि उसले भने यसबारेमा कुनै ध्यान दिँदैन। यस विन्दुमा, म मानिसलाई उसको रिस अलिक सेलाउन आग्रह गर्छु, किनभने यसले के नै फाइदा गर्छ र? आफैलाई किन यसरी यातना दिने? रिसको लागि, यो “ग्लोब” को सतहमा टाँसिएका परालहरूलाई व्यवहारिक रूपमै सूर्यका ज्वालाहरूले डढाउँछन्; यस्ता परिस्थितिहरूमा, “चन्द्रमा” समेत रातो हुन्छ। म मानिसलाई उसको रिसलाई काबुमा राख्न आग्रह गर्छु—किनभने उसको स्वास्थ्य स्थितिलाई रक्षा गर्नु महत्त्वपूर्ण कुरा हो। तर मानिसले मेरो सल्लाह सुन्दैन; बरु, उसले मसँग “गुनासोहरू राख्ने” कार्यलाई जारी राख्छ। यसको के काम छ र? के मेरो उदारता मानिसले आनन्द गर्नको लागि पर्याप्त छैन र? कि मैले दिने कुरालाई मानिसले इन्कार गर्छ? रिसको झोकमा म टेबल पल्टाउँछु, र मानिसले त्यसउप्रान्त आफ्नो कथाका रोचक भागहरू सुनाउने आँट गर्दैन; मैले उसलाई केही दिन पर्खाउनको लागि “थुना केन्द्र” मा लैजान्छु भनेर ऊ डरले थरथर काम्छ, र मेरो रिसले दिएको अवसरलाई खुस्काई पठाउँछ। अन्यथा, मानिस त्यस्ता कुराहरूलाई खुस्काउन कहिल्यै इच्छुक हुँदैन, बरु आफ्नै चासोका विषयहरूका बारेमा बकबक गरिरहन्छ। यसको आवाजले समेत मलाई चिढ्याउँछ। किन मानवजातिको हृदयको केन्द्र त्यति जटिल छ? के मैले मानिसभित्र धेरै “भागहरू” समावेश गरेको हुन सक्छ? उसले किन मेरो अघि सधैँ तमासा देखाउँछ? अवश्य नै, म “नागरिक विवाद” को समाधान गर्ने “परामर्शदाता” होइन? के मैले मानिसलाई मकहाँ आउन अनुरोध गरेको थिएँ? अवश्य नै, म प्रान्त प्रशासक होइन? किन मानिसहरूका मामलाहरू सधैँ मेरो अघि ल्याइन्छ? मलाई आशा छ, मानिसले आफूले आफैलाई सम्हाल्न उचित देख्नेछ र मलाई बाधा दिनेछैन, किनभने मैले गर्नुपर्ने काम धेरै छ।
मे १८, १९९२