अध्याय ४७

मानवजातिको जीवनलाई परिपक्‍व बनाउनको लागि, र साझे लक्ष्य बोकेर मानवजाति र मैले परिणामहरू प्राप्त गर्न सकौं भनेर मैले मानवलाई मेरो वचनको खुराक र भरणपोषण प्राप्त गर्न र मेरा सबै प्रशस्‍तता प्राप्त गर्न दिँदै तिनीहरूको निम्ति सधैँ क्षमा र स्वीकार प्रदान गरेको छु। मैले मानवजातिलाई कहिल्यै पनि लाजको कारण दिएको छैनँ, तैपनि मानवले मेरा भावनाहरूलाई कहिल्यै पनि विचार गर्दैनन्। किनभने मानव असंवेदनशील छन् र मबाहेकका सबै कुरालाई “घृणा गर्छन्।” तिनीहरूका कमीकमजोरीहरूका कारण, म तिनीहरूलाई धेरै नै सहानुभूति देखाउँछु; त्यसकारण मैले मानवमा अलिक बढी प्रयास लगाएको छु, ताकि तिनीहरूले संसारमा समय बिताउँदाको अवधिमा पृथ्वीका सबै प्रशस्‍तताबाट आफ्‍नो हृदय सन्तुष्ट हुने गरी आनन्द लिन सकून्। म मानिसहरूलाई अनुचित व्यवहार गर्दिनँ, र तिनीहरूले मलाई धेरै वर्षसम्‍म पछ्याएको कुरालाई विचार गर्दै, मेरो हृदय तिनीहरूको निम्ति कोमल बनेको छ। यो यस्तो छ मानौं म यी मानिसहरूमा मेरो कामलाई पूरा गर्न सक्दिनँ। तसर्थ, मलाई आफूलाई जस्तै प्रेम गर्ने यी कमजोर मानिसहरूलाई देखेर, मेरो हृदयमा सधैँ नै अवर्णनीय पीडा हुन्छ। तर यसले गर्दा कसले प्रचलनलाई तोड्न सक्छ र? यसले गर्दा कसले आफूलाई वाधा दिनेछ र? तैपनि, मैले मेरा सारा इनाम मानवजातिलाई दिएको छु, ताकि तिनीहरूले यसको पूर्ण रूपमा आनन्द उठाउन्, र मैले यस विषयमा मानवलाई दुर्व्यवहार गरेको छैनँ। यही कारणले मानवजातिले अझै पनि मेरो करुणामय र दयालु अनुहारलाई देख्छ। म सधैँ नै धीर हुँदै आएको छु, र म सधैँ नै प्रतीक्षामा छु। जब मानव पर्याप्त रूपमा आनन्द लिएर दिक्‍क हुन्छन्, त्यसबेला म तिनीहरूका अनुरोधहरूलाई “पूरा गर्न” थाल्छु र सबै मानवलाई आफ्‍नो रित्तो जीवनबाट उम्कन दिन्छु, र मानवजातिसँग उप्रान्त कुनै व्यवहार गर्दिनँ। पृथ्वीमा, मैले मानवजातिलाई निल्‍नको लागि समुद्री जल प्रयोग गरेको छु, तिनीहरूलाई अनिकालद्वारा नियन्त्रण गरेको छु, तिनीहरूलाई कीरा-फट्याङ्ग्राका महामारीद्वारा चेतावनी दिएको छु, र तिनीहरूलाई “पानी दिन” भारी वर्षको प्रयोग गरेको छु, तैपनि तिनीहरूले जीवनको रिक्ततालाई कहिल्यै अनुभव गरेका छैनन्। अहिलेसमेत, मानिसहरूले पृथ्वीमा जिउनुको महत्त्वलाई बुझ्दैनन्। के मेरो उपस्थितिमा जिउनु नै मानव जीवनको सबैभन्दा गहन महत्त्व हुन सक्छ? के मभित्र जिएर व्यक्ति विपत्तिको खतराबाट उम्कन सक्छ? पृथ्वीमा देहका कतिवटा शरीरहरूले आत्म-आनन्दको स्वतन्त्रता स्थितिमा जिएका छन्? देहमा जिउनुको रिक्तताबाट को उम्केको छ? तैपनि यसलाई कसले पहिचान गर्न सक्छ? मैले मानवजातिको सृष्टि गरेपछि, पृथ्वीमा कसैले पनि सबैभन्दा महत्त्वपूर्ण जीवन जिउन सकेको छैन, त्यसकारण मानवजातिले सधैँ सबैभन्दा महत्त्वहीन जीवन फोकटमा बिताएको छ। तैपनि, यस प्रकारको दुःखद अवस्थाबाट कोही पनि उम्कन इच्‍छुक छैन, र यो रित्तो र थकित जीवनबाट टाढा बस्‍न कोही पनि इच्‍छुक छैन। मानवजातिको अनुभवमा, ममा रमाउने कुराबाट फाइदा उठाए पनि, देहमा जिउने कोही पनि मानव संसारका प्रचलनहरूबाट उम्कन सकेको छैन। बरु, तिनीहरूले सधैँ प्रकृतिलाई यसको गति लिन मात्र दिएका छन् र आफैलाई निरन्तर धोका दिएका छन्।

मैले मानवजातिको अस्तित्वलाई पूर्ण रूपमा समाप्त गरेपछि, पृथ्वीको “सतावट” भोग्‍नको लागि त्यहाँ कोही पनि बाँकी रहनेछैन; त्यसपछि मात्रै मेरो महान् काम पूर्ण रूपमा पूरा भएको छ भन्‍न सम्‍भव हुन्छ। आखिरी दिनहरूमा जब म देहधारी हुन्छु, त्यसबेला मैले पूरा गर्न चाहने काम भनेको मानिसहरूलाई देहमा जिउनुको रिक्तताबारे बुझाउनु हो, र म देहलाई नष्ट गर्न यो अवसर लिनेछु। त्यसपछि, पृथ्वीमा कुनै मानिस अस्तित्वमा हुनेछैन, पृथ्वीको रिक्तताबारे फेरि कहिल्यै पनि कुनै व्यक्ति चिच्याउनेछैन, देहका कठिनाइहरूबारे फेरि कसैले कहिल्यै कुरा गर्नेछैन, म अनुचित छु भनेर फेरि कसैले कहिल्यै पनि गुनासो गर्नेछैन, र सबै मानिस र कुराहरू विश्राममा प्रवेश गर्नेछन्। त्यसपछि उसो, मानव दौडधूप गर्ने, अटुट रूपमा व्यस्त हुने गर्नेछैनन्, न त तिनीहरू पृथ्वीमा घरी यता र घरी उता खोजी नै गर्नेछन्, किनभने तिनीहरूले आफ्‍नो लागि उचित गन्तव्य प्राप्त गरिसकेका हुनेछन्। त्यो बेला, तिनीहरू सबैको अनुहारमा मुस्कान देखा पर्नेछ। त्यसपछि म मानवजातिदेखि उप्रान्त केही कुरा माग्‍नेछैन, र उप्रान्त तिनीहरूसँग मेरो कुनै विवाद हुनेछैन; हाम्रो बीचमा उप्रान्त कुनै पनि शान्ति सम्झौता हुनेछैन। म पृथ्वीमा अस्तित्वमा हुन्छु र मानव पृथ्वीमा जिउँछन्; म तिनीहरूसँगै जिउँछु र बसोबास गर्छु। तिनीहरू सबैले मेरो उपस्थितिको आनन्द अनुभूति गर्छन्, त्यसकारण तिनीहरूले कुनै कारणविना छोडेर जाने इच्‍छा गर्दैनन्, बरु, म अझै बढी बसूँ भन्‍ने चाहन्छन्। म सहयोगको लागि औँलो समेत नउठाई कसरी पृथ्वीको बरबादीलाई हेर्न सक्छु र? म पृथ्वीबाटको होइन; मैले धैर्यताद्वारा मात्रै आफूलाई आजको दिनसम्‍म यहाँ जबरजस्ती राखेको छु। मानवजातिले अटुट निवेदन नगरेका भए, म धेरै पहिले नै गइसकेको हुनेथिएँ। आजभोली मानिसहरूले आफ्‍नो हेरचाह आफै गर्न सक्छन्, र तिनीहरू परिपक्‍व भएका हुनाले तिनीहरूलाई मेरो सहयोगको खाँचो हुँदैन र मैले तिनीहरूलाई खुवाएको तिनीहरू चाहँदैनन्। त्यसकारण, म मानवजातिसँग “विजय उत्सव” मनाउने योजना बनाउँदैछु, जुन उत्सवपछि म तिनीहरूबाट बिदा भएर जानेछु, ताकि तिनीहरू अनभिज्ञ नहोऊन्। अवश्य नै, नराम्रो भएर बिदा हुनु राम्रो कुरा होइन, किनभने हाम्रो बीचमा कुनै शत्रुता छैन। तसर्थ, हामीबीचको मित्रता अनन्‍त हुनुपर्छ। मलाई आशा छ, हामी बिदा भएपछि, मानवले मेरो “उत्तराधिकार” लाई अघि बढाइरहन सक्‍नेछन्, र मेरो जीवनकालमा मैले प्रदान गरेका शिक्षाहरूलाई बिर्सनेछैनन्। मलाई आशा छ, तिनीहरूले मेरो बदनाम गर्ने कुनै कुरा गर्नेछैनन्, र मेरो वचनलाई ध्यान दिनेछन्। मलाई आशा छ, मैले छोडेर गइसकेपछि तिनीहरूले मलाई सन्तुष्ट पार्नको लागि सक्दो प्रयास गर्नेछन्; मलाई आशा छ, तिनीहरूले मेरो वचनलाई आफ्‍नो जीवनको जगको रूपमा प्रयोग गर्छन्, र तिनीहरू मेरा आशाहरूअनुरूप जिउन असफल हुँदैनन्, किनभने मानवको लागि मेरो हृदय सधैँ चिन्तित रहेको छ, र म तिनीहरूसँग जहिल्यै पनि घनिष्ठ रहेको छु। मानवजाति र म एक पटक भेला भएका थियौं, अनि हामीले स्वर्गमा पाइने उही आशिषहरूको पृथ्वीमा आनन्द लिएका थियौं। म मानवसँग एकसाथ जिएँ र बसोबास गरेँ; मानवले मलाई सधैँ प्रेम गरेका छन्, र मैले तिनीहरूलाई सधैँ प्रेम गरेको छु। एकअर्कासँग हाम्रो आत्मीयता थियो। मानवसँग बिताएको मेरो समयलाई फर्केर हेर्दा, मलाई हाम्रा दिनहरू हाँसो र खुशीले भरिएका थिए, अनि झगडा पनि हुन्थे भन्‍ने याद आउँछ। तैपनि, यही आधारमा हामीबीचको प्रेम स्थापना भएको थियो, र एकअर्कासँगको हाम्रो व्यवहार कहिल्यै टुटेन। हाम्रो धेरै वर्षको सम्पर्कमा, मानवजातिले मलाई ठूलो प्रभाव पारेको छ, र मैले पनि मानवलाई आनन्द गर्नको लागि धेरैभन्दा धेरै कुरा दिएको छु, जुन कुराहरूका निम्ति तिनीहरू सधैँ नै अत्यन्तै कृतज्ञ भएका छन्। अब, हाम्रा भेटघाटहरू कहिल्यै पनि पहिलेको जस्ता हुँदैनन्; हाम्रो बिछोडको यस घडीबाट को भागेर जान सक्छ र? मप्रति मानवले गहन स्नेह राख्छन्, र तिनीहरूप्रति मसँग अटुट प्रेम छ—तर त्यसबारे के नै गर्न सकिन्छ र? स्वर्गमा हुनुहुने पिताका मागहरूलाई कसले उल्‍लङ्घन गर्ने आँट गर्छ र? म मेरो वासस्थानमा फर्कनेछु, जहाँ म मेरो कामको अर्को भाग पूरा गर्नेछु। सायद हामीले फेरि भेट्ने मौका पाउनेछौं। मेरो आशा के छ भने, मानिसहरूलाई अत्यन्तै विरह लाग्‍नेछैन, र तिनीहरूले पृथ्वीमा मलाई सन्तुष्ट तुल्याउनेछन्; स्वर्गबाट मेरो आत्माले तिनीहरूमाथि प्रायः अनुग्रह वर्षाउनेछ।

सृष्टिको समयमा, मैले आखिरी दिनहरूमा मसँग एकै मन भएका मानिसहरूको एउटा समूह निर्माण गर्नेछु भनेर अगमवाणी गरेको थिएँ। आखिरी दिनहरूमा पृथ्वीमा एक जना उदाहरण स्थापित गरेपछि, म मेरो वासस्थानमा फर्कनेछु भनेर मैले भविष्यवाणी गरेको थिएँ। सारा मानवजातिले मलाई सन्तुष्ट तुल्याइसकेपछि, मैले तिनीहरूबाट माग गरेको कुरा तिनीहरूले हासिल गरेका हुनेछन्, र उप्रान्त म तिनीहरूलाई कुनै पनि काम गर्न लगाउनेछैनँ। बरु, मानव र म हाम्रा पुराना दिनका कथाहरू बाँड्नेछौं, त्यसपछि हामी बिदाइ हुनेछौं। मैले यो काम सुरु गरेको छु, र मानिसहरूलाई मानसिक रूपमा तयारी रहन र मेरा अभिप्रायहरूलाई बुझ्‍न लगाएको छु, नत्र तिनीहरूले मलाई गलत रूपमा बुझेर निर्दयी वा कठोर मनको ठान्‍नेछन्, जुन मेरो अभिप्राय होइन। के मानिसहरूले मलाई प्रेम गर्छन्, तैपनि मलाई उचित विश्रामस्थलमा बस्‍न दिँदैनन्? के तिनीहरू मेरो खातिर स्वर्गमा हुनुहुने पितालाई विन्ती गर्न अनिच्‍छुक छन्? के मानिसहरूले मसँग सहानुभूतिको आँसु बगाएका छैनन्? के तिनीहरूले हामी पिता र पुत्रबीचको प्रारम्भिक मिलाप हासिल गर्न सहायता गरेका छैनन् र? त्यसोभए किन तिनीहरू अहिले यसो गर्न मान्दैनन्? पृथ्वीमा मेरो सेवकाइ पूरा भएको छ, र मानवजातिबाट बिदा भएर गएपछि, म तिनीहरूलाई अझै पनि सहायता गरिरहनेछु; के यो असल कुरा होइन र? मेरो कामले अझै राम्रा परिणामहरू हासिल गर्नको लागि, र यो दुवै पक्षलाई लाभदायक हुनको लागि, पीडादायी हुने भए पनि हामी बिदा हुनैपर्छ। हाम्रा आँसुहरू मौनतामा झरून्; म उप्रान्त मानवजातिलाई तिरस्कार गर्नेछैनँ। विगतमा, मैले मानिसहरूलाई धेरै कुरा भनेको छु, र ती सबै कुराहरूले तिनीहरूको हृदय छेडेका छन्, अनि तिनीहरूले दुःखका आँसु झारेका छन्। त्यसको लागि म अहिले मानवजातिसँग माफी माग्छु र खेद प्रकट गर्छु। तिनीहरूले मलाई घृणा नगरून् भनी म अनुरोध गर्छु, किनभने यी सबै तिनीहरूकै भलाइको लागि हुन्। त्यसकारण, मानिसहरूले मेरो हृदयलाई बुझ्‍नेछन् भन्‍ने मेरो आशा छ। विगतमा हामीबीच विवादहरू भएका थिए, तर फर्केर हेर्दा, हामी दुवै पक्षलाई फाइदा भएको छ। यी विवादहरूका कारण, परमेश्‍वर र मानवजातिले मित्रताको पुल निर्माण गरेका छन्। के यो हाम्रो सहकारी प्रयासहरूको फल होइन र? हामी सबै यसमा रमाउनुपर्छ। मेरा पहिलेका “गल्तीहरू” लाई क्षमा गरिदेओ भनी म मानवलाई अनुरोध गर्छु। तिनीहरूका अपराधहरूलाई पनि क्षमा गरिनेछन्। तिनीहरूले भविष्यमा यसको साटो मलाई तिनीहरूको प्रेम दिन सक्छन् भने, त्यसले स्वर्गमा मेरो आत्मालाई सान्त्वना दिनेछ। यस विषयमा मानवजातिको सङ्कल्प के छ—मानिसहरू मेरो अन्तिम अनुरोधलाई पूरा गर्न इच्‍छुक छन् कि छैनन् सो मलाई थाहा छैन। मैले तिनीहरूबाट अरू केही पनि मागिरहेको छैनँ, तिनीहरूले मलाई प्रेम गरून् भन्‍ने मात्रै म चाहन्छु। त्यही नै पर्याप्त छ। के यो कुरा हासिल गर्न सकिन्छ? हामीबीच भएका अप्रिय सबै कुरालाई विगतमा नै छोडिदिऔं; हामीबीच सधैँ प्रेम होस्। मैले मानवलाई धेरै प्रेम दिएको छु, र तिनीहरूले मलाई प्रेम गर्न त्यस्तो ठूलो मूल्य चुकाएका छन्। तसर्थ, मानवजातिले हामीबीचको अमिश्रित र विशुद्ध प्रेमलाई बहुमूल्य ठानेर राख्छन् भन्‍ने मलाई आशा छ, ताकि हाम्रो प्रेम सारा मानव संसारभरि फैलियोस् र यसलाई सदासर्वदा हस्तान्तरण गरिँदै लगियोस्। जब हामी फेरि भेट्छौ, हामी प्रेममा जोडिऔँ, ताकि हाम्रो प्रेम अनन्तसम्‍म रहिरहोस् र सबै मानिसहरूले यसको प्रशंसा र प्रचार-प्रसार गरून्। मलाई यसले सन्तुष्ट तुल्याउनेछ, र म मेरो हँसिलो अनुहार मानवजातिलाई देखाउनेछु। मलाई आशा छ, मानवले मेरा अर्तीहरूलाई स्मरण गर्नेछन्।

जुन १, १९९२

अघिल्लो: अध्याय ४६

अर्को: अध्याय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, सत्यतालाई व्यवहारमा देखाउनुपर्छ र तेरा सबै कर्तव्यहरू पूरा...

आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

जीवनको बाटो जोसुकैसँग हुने कुरा होइन, न त यो जोकोहीले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यस्तो किन हुन्छ भने जीवन परमेश्‍वरबाट मात्रै आउन...

अध्याय ८८

मेरा कदमहरू कति तेज गतिमा चल्छन् भनेर मानिसहरूले कल्पना गर्न सक्दैनन्: यो घटेको एउटा अचम्‍मको काम हो जुन मानिसले बुझ्नै नसक्ने छ। मेरो गति...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्