अध्याय १

के मेरा वचनहरू देख्‍नेहरूले ती साँचो रूपमा स्वीकार गर्छन्? के तिमीहरू मलाई साँच्‍चै चिन्छौ? के तिमीहरूले साँच्‍चै नै समर्पित हुन सिकेका छौ? के तिमीहरूले इमानदारीपूर्वक आफूलाई मेरो निम्ति समर्पित गर्छौ? के तिमीहरूले ठूलो रातो अजिङ्गरको सामुन्ने मेरो लागि साँच्‍चै नै दह्रिलो र दृढ गवाही दिएका छौ? के तिमीहरूको भक्तिले साँच्‍चै नै ठूलो रातो अजिङ्गरलाई सरममा पार्छ? म आफ्ना वचनहरूको परीक्षाद्वारा मात्रै मण्डलीलाई शुद्ध पार्ने र मलाई साँचो प्रेम गर्नेहरूलाई छनौट गर्ने मेरो उद्देश्य हासिल गर्न सक्छु। यदि मैले यसरी काम नगरेको भए, के कसैले मलाई चिन्‍न सक्‍नेथियो? मेरा वचनहरूमार्फत कसले मेरो प्रताप, क्रोध, र बुद्धिलाई जान्‍न सक्थ्यो? मैले मेरो कार्य सुरु गरिसकेको हुनाले, म यसलाई अवश्य नै पूरा गर्नेछु, तर मानिसको हृदयलाई गहिराइसम्‍म नाप्‍ने अझै पनि म नै हुँ। साँचो कुरा भन्‍ने हो भने, मानिसहरूको बीचमा मलाई साँचो रूपमा चिन्‍ने कोही पनि छैन, त्यसकारण सबै मानिसलाई अगुवाइ गर्न, तिनीहरू सबैलाई नयाँ युगमा डोर्‍याइल्याउन म वचनहरूको प्रयोग गर्छु। अन्त्यमा, म मेरा सबै कार्य पूरा गर्न वचनहरूको प्रयोग गर्नेछु, र यसरी मलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई समर्पित गराएर मेरो राज्यमा फर्काउनेछु, मेरो सिंहासनको अघि जिउन लगाउनेछु। अहिलेको परिस्थिति पहिलेको जस्तो छैन, र मेरो काम नयाँ सुरुवातको बिन्दुमा प्रवेश गरेको छ। त्यसो भएको हुनाले, शैली पनि नयाँ नै हुनेछ: जस-जसले मेरो वचन देख्छन् र त्यसलाई आफ्नै जीवनको रूपमा स्वीकार गर्छन्, तिनीहरू मेरो राज्यका मानिस हुन्, र मेरो राज्यमा भएकाले तिनीहरू मेरो राज्यका मानिस हुन्। तिनीहरूले मेरा वचनको मार्गदर्शनलाई स्वीकार गर्ने हुनाले, तिनीहरूलाई मेरा मानिस भनी सम्बोधन गरिए पनि, यो उपाधि मेरा “छोराहरू” कहलिनुभन्दा कम महत्त्वको होइन। परमेश्‍वरका मानिसहरू बनाइएपछि सबैले मेरो राज्यमा पूर्ण भक्तिका साथ सेवा गर्नुपर्नेछ र मेरो राज्यमा आफ्ना कर्तव्यहरू निर्वाह गर्नुपर्नेछ। यदि कसैले मेरो प्रशासनिक आदेशविरुद्ध अपराध गर्दछ भने, उसले मेरो दण्ड पाउनैपर्छ। सबैलाई मेरो सल्लाह यही हो।

अब एउटा नयाँ मार्गमा प्रवेश गरिएको छ र विगतलाई फेरि उल्लेख गर्नु उप्रान्त उपयुक्त छैन। तर मैले पहिले यो कुरा भनेको छु: म जे भन्छु त्यही गर्छु र जे भन्छु त्यो गरिनेछ अनि कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन—यो निरपेक्ष छ। चाहे ती मैले विगतमा भनेका वचनहरू होऊन् वा भविष्यमा भन्ने वचनहरू होऊन्, ती सबै एक-एक गरी सत्य साबित हुनेछन् र म सम्पूर्ण मानवजातिलाई यो कुरा देख्न दिनेछु। यो नै मेरा वचन र कामपछाडिको सिद्धान्त हो। मण्डलीको निर्माण सम्पन्न भइसकेको हुनाले, अब यो मण्डली निर्माणको समय होइन, बरु राज्य सफलतापूर्वक निर्माण हुने समय हो। तर, तिमीहरू अझै पनि पृथ्वीमै भएको हुनाले, पृथ्वीमा भएका मानिसहरूका सभाहरूलाई अझै पनि “मण्डली” भनेर नै चिनिनेछ। तैपनि, मण्डलीको सार पहिलेको जस्तो छैन—यो सफलतापूर्वक निर्माण भइसकेको मण्डली हो। त्यसकारण, म मेरो राज्य पृथ्वीमा ओर्लिसकेको छ भनेर भन्छु। कसैले पनि मेरा वचनहरूको जड बुझ्न सक्दैन, न त तिनीहरूलाई ती बोल्नुमा मेरो उद्देश्य नै थाहा हुन्छ। आज मैले तिमीहरूसँग बोलिसकेपछि, तिमीहरूले अचानक बोध अनुभव गर्नेछौ। कतिपय त ठूलो स्वरमा र विलाप गर्दै रुन सक्छन्; कसैलाई मेरो बोल्ने तरिका यही हो भनेर डर लाग्न सक्छ; कतिपय मेरो हरेक चाल हेर्दै आफ्ना पुराना दृष्टिकोणहरूमा टाँसिरहन सक्छन्; कतिपयले त्यसबेला आफ्ना गुनासोहरू व्यक्त गरेकामा वा मेरो प्रतिरोध गरेकामा पछुतो मान्न सक्छन्; कोही मेरो नामबाट कहिल्यै नतर्केको हुनाले आज आफू पुनर्जीवित भएको छु भनी भित्रभित्रै रमाउन सक्छन्। कोही यस्ता पनि हुन सक्छन् जसले अर्धमृत, निरुत्साहित र खिन्न हुने हदसम्म मेरा वचनहरूद्वारा लामो समयदेखि “सास्ती पाएका” छन्, मैले बोल्ने तरिका परिवर्तन गरेको भए पनि, उप्रान्त तिनीहरूसँग मैले बोल्ने वचनहरूमा ध्यान दिने हृदय छैन; वा अरू यस्ता हुन सक्छन् जो एक निश्चित बिन्दुसम्म मप्रति बफादार रहेका, कहिल्यै गुनासो नगरेका, कहिल्यै शङ्का नगरेका हुनाले, आज छुटकारा प्राप्त गर्ने एकदमै भाग्यशाली छन् र आफ्नो हृदयमा मप्रति शब्दमा व्यक्त गर्न नसकिने कृतज्ञता महसुस गर्छन्। माथिका सबै परिस्थितिहरू फरक-फरक हदमा हरेक मानवमा लागू हुन्छन्। तर, आखिर, विगत त विगत नै हो। वर्तमान यहाँ आइसकेको हुनाले, अब हिजोमै टाँसिरहनु वा भविष्यका लागि चिन्ता लिनु आवश्यक छैन। मानव भएकाले, वास्तविकताविरुद्ध जाने र मेरो मार्गदर्शनअनुसार कामकुराहरू नगर्ने जोकोहीको अन्त्य राम्रो हुनेछैन तर उसले आफूमाथि समस्या मात्रै ल्याउनेछ। ब्रह्माण्डका सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन? म कुनै कुरा जसरी गरिनुपर्छ भनेर भन्छु, यो त्यसरी नै गरिन्छ, र मानिसहरूमध्ये कसले मेरो सङ्कल्प परिवर्तन गर्न सक्छ? के यो पृथ्वीमा मैले गरेको करार हुन सक्छ? मेरो योजनालाई अगाडि बढ्नबाट कुनै पनि कुराले बाधा दिन सक्दैन। म सधैँभरि मेरो काम गरिरहेको हुन्छु, र सधैँभरि मेरो व्यवस्थापनको योजना गरिरहेको हुन्छु। मानिसहरूमाझ कसले हस्तक्षेप गर्न आफ्नो हात पसार्न सक्दछ? के व्यक्तिगत रूपमा सबथोक योजनाबद्ध गरेको मैले नै होइन र? आज यस क्षेत्रमा प्रवेश गर्नु अझै पनि मेरो योजना वा मैले पहिले नै देखेको कुराभन्दा बाहिर जाँदैन; यो मैले धेरैअघि नै पूर्वनिर्धारित गरेको थिएँ। तिमीहरूमध्ये कसले यस चरणलाई बुझ्न सक्छ? मेरा मानिसहरूले निश्चय नै मेरो स्वर सुन्नेछन् र मलाई सच्चा रूपमा प्रेम गर्नेहरू हरेक निश्चय नै मेरो सिंहासनसामु फर्कनेछन्।

फेब्रुवरी २०, १९९२

अघिल्लो: परिचय

अर्को: अध्याय २

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्