अध्याय ६६

मेरो काम यो अवस्थासम्म जारी रहेको छ, अनि यी सबैले मेरा हातको बुद्धिमानी बन्दोबस्तहरूलाई पछ्याएको छ, र यो सबै मेरो ठूलो सफलताको रूपमा रहेको छ। मानिसजातिमाझ कसले त्यस्तो कुरा गर्न सक्थ्यो? बरु मानिसहरूले मेरो व्यवस्थापनमा अवरोध पुऱ्याउँछन् भन्‍ने कुरा साँचो होइन र? तथापि, तैँले के जान्नुपर्छ भने, मेरो साटोमा कसैले मेरो काम गर्न सक्दैन, यसलाई बाधा दिने त परको कुरा हो, किनकि मैले भन्‍ने र गर्ने कुराहरू गर्न सक्ने एउटै व्यक्ति पनि छैन। कुरा यो भए तापनि, मानिसहरूले अझै मलाई, म बुद्धिमान सर्वशक्तिमान् परमेश्‍वरलाई चिन्दैनन्! बाहिरी रूपले, तिमीहरूले मलाई खुल्लमखुल्ला विरोध गर्ने साहस नगरे तापनि, तिमीहरूको हृदय र तिमीहरूको मनमा, तिमीहरूले आफैलाई मेरो विरुद्धमा खडा गर्छौ। मूर्खहरू! म परमेश्‍वर मानिसको अन्तस्करणलाई नियाल्‍ने परमेश्‍वर हुँ भन्‍ने के तिमीहरूलाई थाहा छैन? के तेरो हरेक वचन र कामलाई म ध्यानपूर्वक हेर्छु भन्‍ने तँलाई थाहा छैन? म तँलाई यो भन्छु: मेरो ओठहरूबाट फेरि अन्यजातिका शब्दहरू उच्चारण गरिनेछैन। त्यसको साटोमा, मेरा सबै वचनहरू कठोर न्यायका वचनहरू हुन्, अनि तिमीहरूले त्यसलाई सहन सक्छौ कि सक्दैनौ भनी म हेर्नेछु। अबदेखि, जसको हृदय मेरो नजिक छैन—अर्थात्, जोसित मप्रति साँचो प्रेम छैन—तिनीहरू मलाई खुल्लमखुल्ला विरोध गर्नेहरू हुन्।

आज, पवित्र आत्माको काम यस्तो बिन्दुमा आएको छ कि जसमा पहिलेको विधि उपरान्त प्रयोग गरिनेछैन; त्यसको साटोमा, एउटा नयाँ विधि कार्यान्वयन गरिँदैछ। जसले मसित सकारात्मक र सक्रिय रूपले सहकार्य गर्दैनन्, तिनीहरू अधोलोकमा, मृत्युको अतल कुण्डमा खस्नेछन् (अनि यी मानिसहरूले सदाको निम्ति विनाश सहनेछन्)। नयाँ विधि यसप्रकार छ: यदि तेरो हृदय र मन ठीक छैन भने, तँमाथि तुरुन्तै मेरो न्याय आइपर्नेछ। यसमा संसार, धन, आफ्नो परिवार, श्रीमान्, श्रीमती, खानेकुरा, कपडा अनि त्यस्तै कुराहरूमा लिप्त हुने कार्य सम्मिलित हुन्छ, जुन आत्मिक क्षेत्रको भाग होइनन्। सन्तहरूको अन्तर्दृष्टि बढ्दो रूपमा प्रष्ट हुनेछ; भनाइको अर्थ, जीवनका भावनाहरू झन्-झन् बढी प्रस्ट हुनेछन्, अनि निरन्तर गतिमा रहनेछन्। जसले अलिकति मात्रै अवरोध गर्नेछ, त्यसले विनाशकारी ठक्कर खानेछ अनि जीवनको दौड-मैदानमा धेरै पछाडि पर्नेछ। जो उदासीन छन्, जसले भक्तिको साथ खोजी गर्दैनन्, म तिनीहरूलाई पूरै त्यागिदिनेछु, अनि म तिनीहरूलाई विनाअपवाद बेवास्ता गर्नेछु। तिनीहरूलाई हजार वर्षहरूसम्म विपत्तिहरूमा रहन बाध्य बनाइनेछन्। जोशिलो भएर खोजी गर्नेहरूलाई चाहिँ—भनाइको अर्थ, जसले सधैँ अवरोधहरू गरिरहन्छन्—म तिनीहरूको अज्ञानतालाई फ्याँकिदिनेछु र मप्रति वफादार बनाउनेछु। त्यसको अतिरिक्त, तिनीहरूसित बुद्धि र समझ हुनेछ, अनि त्यसद्वारा तिनीहरूले झन् ठूलो विश्‍वाससहित खोजी गर्नेछ। म मेरा सबै ज्येष्ठ पुत्रहरूलाई दोबर आशिष दिन्छु, अनि मेरो प्रेम सधैँ तिमीहरूमाथि आउँछ। म सधैँ तिमीहरूलाई देखरेख गरिरहन्छु र सुरक्षा गरिरहन्छु, अनि म तिमीहरूलाई शैतानको जालमा पर्न दिनेछैन। मैले मेरो काम सबै मानिसहरूको माझमा थाल्‍न गर्न सुरु गरेको छु; अर्थात्, मैले मेरो अर्को परियोजना थपेको छु। यिनीहरू हजार वर्षसम्म ख्रीष्टलाई सेवा प्रदान गर्ने मानिसहरू हुन्, अनि धेरै संख्यामा मानिसहरू मेरो राज्यभित्र भीड लाग्नेछन्।

मेरा छोराहरू, तिमीहरूले आफ्नो तालीमलाई तीव्र बनाउनुपर्छ। तिमीहरूलाई धेरै कामले पर्खिरहेको छ, जुन तिमीहरूले गर्नुपर्छ र पूरा गर्नुपर्छ। म तिमीहरूले हतार गरेर परिपक्व भएको मात्र चाहना गर्छु, ताकि मैले तिमीहरूलाई सुम्पेको काम तिमीहरूले सिध्याउन सक। यो तिमीहरूको पवित्र उत्तरदायित्व हो, अनि यो तिमीहरू, अर्थात्, मेरा ज्येष्ठ पुत्रहरूले गर्नुपर्ने काम हो। तिमीहरू बाटोको अन्त्यसम्म नपुगेसम्म म तिमीहरूलाई रक्षा गर्नेछु, अनि म तिमीहरूलाई सुरक्षित राख्नेछु ताकि तिमीहरू मेरो साथ-साथ सदा परमानन्दमा रमाउन सक! तिमीहरूमध्ये हरेकसित यो तथ्यको अन्तर्ज्ञान हुनुपर्छ कि तिमीहरूलाई सिद्ध तुल्याउन मैले धेरै बलिदानहरू र धेरै वातावरणहरू व्यवस्थित गरेको छु। यी सबै मेरा आशिषहरू हुन् भनेर तिमीहरूलाई थाहा छ नि, छैन र? तिमीहरू सबै मेरा प्रिय छोराहरू हौ। जहिलेसम्म तिमीहरूले मलाई इमानदारीता पूर्वक प्रेम गर्छौ, म तिमीहरूमध्ये एउटैलाई पनि त्याग्नेछैन—यद्यपि यो तिमीहरूले मसित सामञ्जस्यतापूर्वक सहकार्य गर्न सक्छौ कि सक्दैनौ भन्‍ने कुरामा भर पर्छ।

अघिल्लो: अध्याय ६५

अर्को: अध्याय ६७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

खोजी गर्ने बाकसमा खोजी गर्ने विषय प्रविष्ट गर्नुहोस्।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्
विषयवस्तु
सेटिङ्ग
पुस्तकहरू
खोजी
भिडियोहरू