मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व

यी दुईदेखि तीन वर्षको काममा, तिमीहरूमाथिको न्यायको काममा जे हासिल गरिनुपर्ने थियो, त्यो आधारभूत रूपमा हासिल गरिएको छ। अधिकांश मानिसहरूले तिनीहरूका भविष्यका केही सम्भावनाहरू र नियतिलाई छोडिदिएका छन्। तथापि, जब तिमीहरू मोआबका सन्तानहरू हौ भनी उल्लेख गरिन्छ, तिमीहरूमध्ये धेरैले यसलाई सहन सक्दैनौं—तिमीहरूको रूप बिग्रन्छ, तिमीहरूको मुख बाङ्गिन्छ, अनि तिम्रा आँखाहरू अचल हुन्छन्। तिमीहरू मोआबका सन्तानहरू हौ भनी तिमीहरू विश्‍वास गर्न सक्दै-सक्‍दैनौ। मोआबलाई श्राप दिइएपछि यस भूमिमा निर्वासित गरिएको थियो। उनको वंशजलाई आजको दिनसम्‍मै उनका सन्तानहरूमा हस्तान्तरण गरिएको छ, अनि तिमीहरू सबै तिनका सन्तान हौ। यसमा मैले गर्न सक्ने केही पनि छैन—कसले तँलाई मोआबको घरानामा जन्मिनु भन्यो? म तँलाई टिठ्याउँछु र तँमाथि त्यस्तो भएको चाहँदिन, तर कसैले यस तथ्यलाई बदल्न सक्दैन। तँ मोआबको सन्तान होस्, अनि तँ दाऊदको सन्तान होस् भनी म भन्न सक्दिनँ। तँ जसको सन्तान भए तापनि तँ अझै पनि सृजिएको प्राणी होस्, यद्यपि तँ तल्लो दर्जाको प्राणी होस्, निम्न स्तरमा जन्‍मेको एउटा प्राणी। सृजिएका सबै प्राणीहरूले परमेश्‍वरको सबै काम अनुभव गर्नैपर्छ; तिनीहरू सबै उहाँको जीतका पात्रहरू हुन्, अनि ती सबैले उहाँको धार्मिक स्वभावलाई देख्नैपर्छ अनि उहाँको बुद्धि तथा सर्वशक्तिलाई अनुभव गर्नैपर्छ। आज, तँ मोआबको सन्तान होस्, अनि तैँले यो न्याय तथा सजायलाई स्वीकार गर्नैपर्छ; यदि तँ मोआबको सन्तान नभएको भए, के तैँले यो न्याय तथा सजायलाई पनि स्वीकार गर्नुपर्ने थिएन र? यसलाई पहिचान गर्! वास्तवमा, आज मोआबका सन्तानहरूमाथि काम गर्नु सबैभन्दा बहुमूल्य र सबैभन्दा महत्त्वपूर्ण छ। तिमीहरूमाथि काम गरिने हुनाले, यसको विशाल महत्त्व छ। यदि हामका सन्तानहरूमाथि काम गरिएको भए, यो त्यति महत्त्वपूर्ण हुने थिएन, किनकि मोआबको विपरीत, तिनीहरूको जन्म निम्न स्तरको थिएन। नोआका दोस्रो छोरा हामको सन्तानलाई श्राप मात्रै दिइएको थियो—तिनीहरू व्यभिचारबाट आएनन्। नोआले तिनीहरूलाई दासहरूको दास हुनू भनी श्राप दिएका हुनाले मात्रै तिनीहरू तल्‍लो दर्जाका हुन्। तिनीहरू तल्लो दर्जाका हुन्, तर तिनीहरूको मौलिक मूल्य निम्न स्तरको थिएन। मोआबको कुरा गर्दा, मानिसहरूले उसको मौलिक दर्जा नीच स्तरको थियो भनी जान्दछन् किनकि ऊ व्यभिचारबाट जन्मेको थियो। लोतको दर्जा धेरै उच्च भएको भए तापनि, मोआब लोत र उसकी छोरीबाट जन्मे। लोतलाई धार्मिक भनियो, तर मोआब श्रापित नै थिए। मोआब तल्लो स्तरका थिए र तिनको दर्जा तल्लो थियो, अनि यदि ऊ श्रापित नभएको भए पनि, ऊ अझै पनि फोहोरी हुन्थ्यो, अनि त्यसैले ऊ हामभन्दा फरक थियो। तिनले यहोवालाई स्वीकार गरेनन्, तर त्यसको साटो यहोवाको विरुद्धमा प्रतिरोध गरे र विद्रोह गरे—यसैले ऊ सबैभन्दा अँध्यारो ठाउँमा खस्यो। अहिले मोआबका सन्तानहरूमाथि काम गर्नु भनेको सबैभन्दा ठूलो अन्धकारमा खसेकाहरूलाई मुक्ति दिनु हो। तिनीहरूलाई श्राप दिइएको भए तापनि, परमेश्‍वर तिनीहरूबाट महिमा प्राप्त गर्न इच्छुक हुनुहुन्छ, किनकि तिनीहरू पहिले त्यस्ता मानिसहरू थिए जसको हृदयमा परमेश्‍वर हुनुहुन्‍नथियो; हृदयमा परमेश्‍वर नभएका मानिसहरूलाई उहाँको आज्ञापालन गर्ने र प्रेम गर्ने तुल्याउनु नै साँचो विजय हो, अनि त्यस्तो कामको फल धेरै मूल्यवान् र धेरै विश्‍वसनीय हुन्छ। महिमा प्राप्त गर्नु भनेको यो मात्रै हो—आखिरी दिनहरूमा परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको महिमा यही नै हो। यी मानिसहरू तल्लो दर्जाका भए तापनि, तिनीहरूले अहिले त्यस्तो ठूलो मुक्ति पाउन सकेको तथ्य साँच्चिकै परमेश्‍वरद्वारा गरिएको एउटा उत्थान हो। यो काम अत्यन्त महत्त्वपूर्ण छ, अनि न्यायद्वारा नै उहाँले यी मानिसहरूलाई प्राप्त गर्नुहुन्छ। यी मानिसहरूलाई दण्ड दिनु होइन तर तिनीहरूलाई मुक्ति दिनु उहाँको अभिप्राय हो। यदि आखिरी दिनहरूको अवधिमा, उहाँले अझै पनि इस्राएलमा विजयको काम गरिरहनुभएको भए, यो मूल्यहीन हुनेथियो; यसले फल फलाएको भए पनि, यसको मूल्य वा कुनै ठूलो महत्त्व हुने थिएन, अनि उहाँले सबै महिमा हासिल गर्न सक्नुहुने थिएन। उहाँले तिमीहरूमाथि काम गरिरहनुभएको छ, जो सबैभन्दा अन्धकारपूर्ण ठाउँमा खसेका छन्, जो सबैभन्दा पिछडिएका छन्। यी मानिसहरूले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्दैनन् र परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै जानेका छैनन्। यी प्राणीहरू शैतानद्वारा यति भ्रष्ट भएका छन् कि तिनीहरूले परमेश्‍वरलाई बिर्सेका छन्। तिनीहरू शैतानद्वारा अन्धा तुल्याइएका छन् अनि स्वर्गमा परमेश्‍वर हुनुहुन्छ भनी तिनीहरू बिलकुल जान्दैनन्। तिमीहरूको हृदयमा, तिमीहरू सबैले मूर्तिहरूलाई पूजा गर्छौ र शैतानको आराधना गर्छौ—के तिमीहरू सबैभन्दा तल्लो, सबैभन्दा पिछडिएका मानिसहरू होइनौ र? तिमीहरू कुनै व्यक्तिगत स्वतन्त्रता नभएका, सबैभन्दा तल्लो स्तरका देह हौ अनि तिमीहरूले कठिनाइहरू पनि भोग्छौ। तिमीहरू, विश्‍वासको स्वतन्त्रता समेत नभएका, यस समाजको सबैभन्दा तल्लो तहका मानिसहरू पनि हौ। यसैमा तिमीहरूमाथि काम गर्नुको महत्त्व छ। तिमीहरू, अर्थात् मोआबको सन्तानमाथि काम गर्नु, तिमीहरूलाई अपमानित गर्नको निम्ति होइन तर कामको महत्त्व प्रकट गर्नको निम्ति हो। तिमीहरूका निम्ति यो ठूलो उत्थान हो। यदि कुनै व्यक्तिसित तर्क र अन्तर्दृष्टि छ भने, तिनीहरूले यसो भन्नेछन्: “म मोआबको सन्तान हुँ, आज परमेश्‍वरद्वारा दिइएको यति ठूलो उचाइ वा यति ठूलो आशिष प्राप्त गर्न म साँच्चिकै अयोग्य छु। मैले गर्ने र भन्ने सबै कुरामा, अनि मेरो हैसियत र मूल्यअनुसार म परमेश्‍वरको यति ठूलो आशिषको बिलकुल योग्य छैनँ। परमेश्‍वरको निम्ति इस्राएलीहरूसित ठूलो प्रेम थियो, अनि तिनीहरूले पाएको अनुग्रह परमेश्‍वरले नै तिनीहरूलाई प्रदान गर्नुभएको हो तर तिनीहरूको हैसियत हाम्रो भन्दा ज्यादै उच्च छ। अब्राहाम यहोवाप्रति धेरै भक्त थिए, अनि पत्रुस पनि येशूप्रति धेरै भक्त थिए—तिनीहरूको भक्ति हाम्रो भन्दा सय गुणा बढी थियो। हाम्रो कार्यहरूका आधारमा, हामी परमेश्‍वरको अनुग्रहमा आनन्दित हुन पूर्ण रूपले अयोग्य छौँ।” चीनका यी मानिसहरूको सेवालाई परमेश्‍वरको अघि ल्याउन सकिँदैन। यो पूर्ण रूपमा गोलमालमय अवस्थामा छ; तिमीहरूले अहिले परमेश्‍वरको यति धेरै अनुग्रहको आनन्द लिनु भनेको विशुद्ध रूपमा परमेश्‍वरले गर्नुभएको उत्थान हो! कहिले तिमीहरूले परमेश्‍वरको कामको खोजी गरेका छौ? कहिले तिमीहरूले आफ्नो काम उहाँको निम्ति बलिदान गरेका छौ? कहिले तिमीहरूले आफ्नो परिवार, आफ्नो बाबुआमा अनि आफ्ना छोराछोरीहरूलाई इच्छा पूर्वक त्यागेका छौ? तिमीहरूमध्ये कसैले पनि ठूलो मूल्य चुकाएका छैनौ! यदि पवित्र आत्माले तिमीहरूलाई बाहिर ननिकाल्नुभएको भए, तिमीहरूमध्ये कति जना सबै कुरा बलिदान गर्न सक्षम हुनेथियौ? दबाब र बाध्यतामा परेर मात्रै तिमीहरूले आजसम्म पछ्याएका छौ। तिमीहरूको भक्ति कहाँ छ? तिमीहरूको आज्ञाकारीता कहाँ छ? तिमीहरूको कार्यहरूका आधारमा त, तिमीहरू धेरै लामो समय अघि नै नष्ट भइसक्नु पर्नेथियो—तिमीहरू सबै मेटाइसक्नु पर्नेथियो। कुन कुराले तिमीहरूलाई त्यस्तो ठूलो आशिषहरूको आनन्द लिने योग्यको बनाउँछ? तिमीहरू अलिकति पनि योग्यका छैनौ! तिमीहरूमध्ये कसले आफ्नै बाटो बनाएका छौ? तिमीहरूमध्ये कसले आफै साँचो बाटो भेट्टाएको छ? तिमीहरू सबै अल्छी, घिचुवा, आराम खोज्ने बेकामेहरू हौ! के तिमीहरू महान् छौ भन्‍ने तिमीहरूलाई लाग्छ? तिमीहरूसँग घमन्ड गर्ने के कुरा छ? तिमीहरू मोआबका सन्तान हौ भन्ने कुरालाई बेवास्ता गर्दा पनि, के तिमीहरूको स्वभाव वा तिमीहरूको जन्मस्थान उच्चतम प्रकारको छ? तिमीहरू उसका सन्तान हौ भन्ने कुरालाई बेवास्ता गर्दा पनि, के तिमीहरू सबै हरेक पक्षबाट मोआबका सन्तानहरू होइनौ र? के तथ्यहरूको सत्यता बद्लिन सक्छ र? तिमीहरूको स्वभावलाई अहिले उजागर गर्दा के यसले तथ्यहरूको सत्यतालाई गलत प्रकारले प्रतिनिधित्व गर्दछ र? तिमीहरूको गुलामी, तिमीहरूको जीवन, अनि तिमीहरूको चरित्रलाई हेर—तिमीहरू मानवजातिमध्ये सबैभन्दा नीचहरूमध्ये पनि तिमीहरू नीच हौ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरूसँग घमन्ड गर्नको लागि के छ र? समाजमा तिमीहरूको दर्जालाई हेर। के तिमीहरू यसको सबैभन्दा तल्लो तहमा छैनौ र? के मैले गल्ती बोलेको भन्‍ने तिमीहरूलाई लाग्छ? अब्राहामले इसहाकलाई अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? अय्यूबले सबै थोक अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? कति धेरै मानिसहरूले सत्य बाटो खोज्नका निम्ति आफ्नो जीवन दिएका छन्, आफ्नो शिर अर्पण गरेका छन्, आफ्नो रगत बगाएका छन्। के तिमीहरूले त्यो मूल्य चुकाएका छौ? तुलना गर्दा, त्यस्तो महान् अनुग्रहको आनन्द लिन तिमीहरू बिलकुल योग्यका छैनौ। आज तिमीहरू मोआबका सन्तान हौ भनेर भन्दा के यसले तिमीहरूलाई अन्याय हुन्छ? तिमीहरू आफैलाई ज्यादै ठूलो नसोच। तिमीहरूसित घमन्ड गर्ने कुरा केही छैन। तिमीहरूलाई त्यस्तो ठूलो मुक्ति, त्यस्तो ठूलो अनुग्रह सित्तैँमा दिइएको छ। तिमीहरूले केही बलिदान दिएका छैनौ, तापनि तिमीहरूले सित्तैँमा अनुग्रहको आनन्द लिन्छौ। के तिमीहरू लाज लाग्दैन? के यो साँचो बाटो तिमीहरू आफैले खोजेको र भेट्टाएको कुरा हो र? के पवित्र आत्माले तिमीहरूलाई यो स्वीकार गर्न विवश गर्नुभएको होइन र? तिमीहरूसित कहिल्यै खोजी गर्ने हृदय थिएन, सत्यताको निम्ति खोजी गर्ने र तिर्सना गर्ने हृदय त परको कुरा हो। तिमीहरू पछाडि बसेर यसको आनन्द मात्र लिइरहेका छौ; तिमीहरूले यो सत्यतालाई सबैभन्दा सानो प्रयास नै नगरीकन प्राप्त गरेका छौ। तिमीहरूसित गुनासो गर्ने के अधिकार छ? के तिमीहरू सबैभन्दा ठूलो मूल्यका छौ भनी तिमीहरू सोच्छौ? ती आफ्नो जीवन बलिदान गर्ने र रगत बगाउने मानिसहरूसित तुलना गर्दा तिमीहरूसित गुनासो गर्नको निम्ति के छ र? अहिले नै तिमीहरूलाई नष्ट गर्नु नै ठीक र स्वभाविक हुन्थ्यो! तिमीहरूसित आज्ञापालन गर्ने र पछ्याउने बाहेक अर्को कुनै विकल्प छैन। तिमीहरू पटक्कै योग्यका छैनौ! तिमीहरूमध्ये धेरैलाई बोलाइएको थियो, तर यदि तिमीहरूको वातावरणले तिमीहरूलाई बाध्य नतुल्याएको भए वा तिमीहरूलाई नबोलाइएको भए, तिमीहरू बाहिर निस्कन पूर्ण रूपले अनिच्छुक हुनेथियौ। त्यस्तो परित्यागलाई आत्मसात् गर्न को इच्छुक हुन्छ? देहका लालसाहरूलाई त्याग्न को इच्छुक हुन्छ? तिमीहरू सबै त्यस्ता मानिसहरू हौ जसले लोभले आराम गर्दै मोज-मस्ती गर्छौ र विलासी जीवनको खोजी गर्छौ! तिमीहरूले त्यस्तो ठूला आशिषहरू पाएका छौ—तिमीहरूले अरू के भन्‍नु छ र? तिमीहरूसित के गुनासाहरू छन् र? तिमीहरूलाई स्वर्गमा सबैभन्दा ठूलो आशिषहरू र सबैभन्दा ठूलो अनुग्रहको आनन्द लिन दिइएको छ, अनि पृथ्वीमा पहिले कहिल्यै नगरिएको काम आज तिमीहरूलाई प्रकट गरिएको छ। के यो आशिष होइन र? तिमीहरूलाई आज त्यसरी सजाय दिइएको छ किनकि तिमीहरूले परमेश्‍वरको प्रतिरोध गरेका छौ र उहाँको विरुद्धमा विद्रोह गरेका छौ। उहाँको यो सजायको कारणले गर्दा, तिमीहरूले परमेश्‍वरको कृपा र प्रेम देखेका छौ, अनि अझ बढी, तिमीहरूले उहाँको धार्मिकता र पवित्रता देखेका छौ। यो सजायको कारणले अनि मानवजातिको फोहोरीपनको कारणले, तिमीहरूले परमेश्‍वरको ठूलो शक्ति देखेका छौ, अनि तिमीहरूले उहाँको पवित्रता र महानता देखेका छौ। के यो अत्यन्त दुर्लभ सत्यता होइन र? के यो अर्थपूर्ण जीवन होइन र? परमेश्‍वरले गर्नुहुने काम अर्थले भरिपूर्ण हुन्छ! यसरी, तिमीहरूको दर्जा जति तल्लो हुन्छ, तिमीहरू परमेश्‍वरद्वारा उचालिएका हौ भनेर त्यति नै बढी प्रमाणित हुन्छ, अनि तिमीहरूमाथि आज उहाँले गर्नुभएको कामको ठूलो मूल्य त्यति नै बढी प्रमाणित हुन्छ। यो स्पष्ट रूपमा एउटा अमूल्य सम्पत्ति हो, जसलाई अरू कतै पनि पाउन सकिँदैन! युगौं-युगदेखि कसैले यस्तो ठूलो मुक्तिको आनन्द लिएका छैनन्। तिमीहरूको दर्जा तल्लो छ भन्ने तथ्यले, परमेश्‍वरको मुक्ति कति ठूलो छ भन्‍ने देखाउँछ, अनि यसले परमेश्‍वर मानवजातिप्रति विश्‍वासयोग्य हुनुहुन्छ भन्ने कुरा देखाउँछ—उहाँले मुक्ति दिनुहुन्छ, उहाँले नष्ट गर्नुहुन्न।

चिनियाँ मानिसहरूले कहिल्यै परमेश्‍वरमाथि विश्‍वास गरेका छैनन्; तिनीहरूले कहिल्यै यहोवाको सेवा गरेका छैनन्, अनि कहिल्यै येशूको सेवा गरेका छैनन्। तिनीहरूले केवल प्रणाम गर्छन्, धूप बाल्छन्, आत्मा-पत्ती बाल्छन् अनि बुद्धको पूजा गर्छन्। तिनीहरूले मूर्तिहरूको मात्र आराधना गर्छन्—तिनीहरू सबै हदैसम्मको विद्रोही हुन्छन्। त्यसैले, मानिसहरूको दर्जा जति तल्लो हुन्छ, त्यति नै बढी तिमीहरूबाट परमेश्‍वरले झन् बढी महिमा हासिल गर्नुहुन्छ भन्‍ने यसले देखाउँछ। कसैले आफ्नो दृष्टिकोणबाट भन्न सक्ला: “परमेश्‍वर, तपाईंले गर्ने काम के हो?” तपाईं त्यस्तो उच्च परमेश्‍वर, त्यस्तो पवित्र परमेश्‍वर फोहोरी देशमा आउनुहुन्छ? के तपाईं आफैलाई यति सानो सोच्नुहुन्छ? हामी यति फोहोरी छौँ, तर तपाईं हामीसित रहन इच्छुक हुनुहुन्छ? तपाईं हाम्रो माझमा बस्न इच्छुक हुनुहुन्छ? हामी यति तल्लो दर्जाका हौँ, तर तपाईं हामीलाई पूर्ण बनाउन इच्छुक हुनुहुन्छ? अनि तपाईंले हामीलाई नमूना र आदर्शको रूपमा प्रयोग गर्न चाहनुहुन्छ? म भन्छु: तैँले मेरो इच्छालाई बुझ्दैनस्। म जुन काम गर्न चाहन्छु, सो तैँले बुझ्दैनस्, न त तैँले मेरो स्वभावलाई नै बुझ्छस्। मैले गर्न गइरहेको कामको महत्त्व तेरा क्षमताले भ्याउनेभन्दा पर छ। के मेरो काम तेरो मानव धारणाहरू अनुरूप हुन्छ र? मानव धारणाहरू अनुसार त, म उच्च हैसियतको हुँ भनेर देखाउन, म ठूलो मूल्यको हुँ भनेर देखाउन, मेरो आदर, पवित्रता र महानता देखाउन म एउटा राम्रो देशमा जन्मिनु पर्ने थियो। यदि म मलाई पहिचान गराउने स्थानमा, एउटा कुलीन परिवारमा जन्‍मिएको भए, अनि यदि म उच्च दर्जाको र हैसियतको भएको भए, मसँग अत्यन्तै राम्रो व्यवहार गरिन्थ्यो। त्यसले मेरो कामलाई लाभ पुर्‍याउने थिएन, अनि त्यस्तो ठूलो मुक्ति अझै प्रकट गरिन सकिन्थ्यो र? ती जसले मलाई देख्छन्, तिनीहरू सबैले मेरो आज्ञा मान्थे, अनि तिनीहरू फोहोरले प्रदूषित हुँदैनथे। म त्यस्तो प्रकारको ठाउँमा जन्मिनुपर्थ्यो। तिमीहरूले विश्‍वास गर्ने यही नै हो। तर यसको बारेमा सोच: परमेश्‍वर पृथ्वीमा आनन्दको निम्ति आउनुभयो कि कामको निम्ति? यदि मैले त्यस्तो प्रकारको सजिलो, आरामदायी ठाउँमा काम गरेको भए, के मैले मेरो पूरा महिमा प्राप्त गर्न सक्थेँ र? के म मेरो सारा सृष्टिलाई जित्न सक्षम हुन्थें र? जब परमेश्‍वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्‍नथियो, र उहाँ संसारको आनन्द लिन मानिस बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यो उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो एक पवित्र देश होस् वा फोहोर देश होस्, र उहाँले जहाँ-सुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यो सबै शैतानद्वारा भ्रष्ट पारिएका छन्। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्‍नो पवित्रतालाई प्रकट गर्नको लागि एउटा फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर देशका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्‍ने हो। यो सबै मानव जातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्‍वरको धार्मिकता देखाउँदछ, र यसले राम्ररी परमेश्‍वरको सर्वोच्चता प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर देशमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भन्ने प्रमाणित गर्दैन; यसले केवल सबै सृष्टिलाई मानव जातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै बढी उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको निष्खोट प्रेम प्रकट हुन्छ। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ। उहाँ फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, के उहाँको कामको प्रत्येक भाग सबै मानव जातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यो सबै मानव जातिले महान् मुक्ति पाऊन् भनेर होइन गरिएको र? दुई हजार वर्ष अघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइन र? यदि मानव जातिलाई बचाउनु पर्दैनथ्यो भने एउटा डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूको माझमा जिउनु र दुःख भोग्‍नुपर्थ्यो र? र यदि मानव जातिलाई बचाउनु पर्दैनथ्यो भने, उहाँ किन दोस्रो पटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्‍नुपर्थ्यो र? के परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानव जातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्‍वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा अप्रदूषित हुनुहुन्छ, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको अर्थ केवल यो हुन सक्छ कि मानव जातिप्रति परमेश्‍वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ! तिमीहरू सबै र तिमीहरूका गन्तव्यका निम्ति उहाँले भोग्नुहुने अपमान कति ठूलो छ भनी के तिमीहरूलाई थाहा छैन? उहाँले महान् व्यक्तिहरू वा धनी र शक्तिशाली परिवारका छोराहरूलाई बचाउनुको साटो, उहाँले नम्रहरूलाई र तुच्छ ठानिएकाहरूलाई बचाउनुहुन्छ। के यो सबै उहाँको पवित्रता होइन र? के यो सबै उहाँको धार्मिकता होइन र? सबै मानव जाति बाँचून् भनेर उहाँ बरु फोहोर देशमा जन्‍मनुहुनेथियो र हरप्रकारको अपमान सहनुहुनेथियो। परमेश्‍वर साँच्‍चै वास्तविक हुनुहुन्छ—उहाँले कुनै झूटो काम गर्नुहुन्न। के कामको प्रत्येक चरण त्यस्तो व्यावहारिक तरिकाले नै गरिएको छैन र? सबै मानिसले उहाँको निन्दा गर्ने र उहाँ पापीहरूसँग टेबुलमा बस्नुहुन्छ भनी भन्‍ने भए पनि, सबै मानिसहरूले उहाँको खिल्‍ली उडाउने भए पनि र उहाँ फोहोरका छोराहरूसँग बस्नुहुन्छ, उहाँ सबैभन्दा तुच्छ मानिसहरूसँग बस्नुहुन्छ भन्‍ने भए पनि, उहाँले आफैलाई निःस्वार्थ रूपमा दिनुहुन्छ, र उहाँलाई अझै पनि यसरी मानव जातिको बीचमा इन्कार गरिन्छ। के उहाँले भोग्नुहुने कष्टहरू तिमीहरूको भन्दा बढी छैन र? के उहाँले गर्नुहुने काम तिमीहरूले चुकाएका मूल्यभन्दा बढी छैन र? तिमीहरू भूतात्माहरू भेला हुने ठाउँमा जन्‍मियौ, तापनि तिमीहरूले ठूलो सुरक्षा पाएका छौ। तिमीहरूसित के विकल्‍प छ र? तिमीहरूसित के गुनासा छन्? के उहाँले भोग्नुभएको कष्ट तिमीहरूले भोगेको कष्टभन्दा ठूलो छैन र? उहाँ पृथ्वीमा आउनुभएको छ र कहिल्यै मानव संसारको खुसीयालीहरूमा आनन्दित हुनुभएको छैन। उहाँले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ। मानिसहरूले उहाँलाई भौतिक कुराहरू उपलब्ध गराऊन् भनेर परमेश्‍वर पृथ्वीमा आउनुभएन, न त उहाँ खाना, कपडा, अनि गरगहनाको आनन्द लिन नै आउनुभयो। उहाँले यी कुराहरूलाई कुनै ध्यान दिनुहुन्न। उहाँ पृथ्वीमा मानिसको निम्ति कष्ट उठाउन आउनुभयो, भौतिक सम्पत्तिको आनन्द लिन होइन। उहाँ कष्ट भोग्न, काम गर्न, र उहाँको व्यवस्थापन योजनाको काम पूरा गर्न आउनुभयो। उहाँले एउटा राजदूतावास वा एउटा भव्य होटेलमा बस्न एउटा राम्रो ठाउँ रोज्नुभएन, न त उहाँसित उहाँलाई पर्खने नोकरहरूको झुण्ड नै छ। तिमीहरूले जे देखेका छौ, त्यसको आधारमा, के तिमीहरूलाई उहाँ काम गर्न आउनुभयो कि आनन्दको निम्ति भन्‍ने थाहा छैन? के तिमीहरूका आँखाले देख्दैनन्? उहाँले तिमीहरूलाई कति धेरै दिनुभएको छ? यदि उहाँ एउटा आरामदायी ठाउँमा जन्मिनुभएको भए, के उहाँले महिमा प्राप्त गर्न सक्नुहुन्थ्यो? के उहाँले काम गर्न सक्नुहुन्थ्यो? के उहाँले त्यसो गर्नुको कुनै महत्त्व हुन्थ्यो? के उहाँले मानवजातिलाई पूर्ण रीतिले विजय गर्न सक्‍नुहुन्थ्यो? के उहाँले मानिसहरूलाई फोहोरको देशबाट उद्धार गर्न सक्नुहुन्थ्यो? मानिसहरूले आफ्नो धारणाहरू अनुसार सोध्छन्: “परमेश्‍वर पवित्र हुनुहुन्छ भने किन उहाँ हाम्रो यस फोहोर ठाउँमा जन्मिनुभयो? तपाईंले हामी फोहोरी मानिसहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ; तपाईंले हाम्रो प्रतिरोध र हाम्रो विद्रोहीपनलाई घृणा गर्नुहुन्छ, त्यसैले, किन तपाईं हामीसित बस्नुहुन्छ? तपाईं एउटा सर्वोच्च परमेश्‍वर हुनुहुन्छ। तपाईं कहीँ पनि जन्मिन सक्नुहुन्थ्यो, तब किन तपाईं यस फोहोरी देशमा जन्मिनु पर्‍यो? तपाईंले हामीलाई हरेक दिन सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, अनि तपाईं स्पष्ट रूपले जान्नुहुन्छ कि हामी मोआबका सन्तानहरू हौँ, तैपनि किन तपाईं अझै हाम्रो माझ बस्नुहुन्छ? किन तपाईं मोआबका सन्तानहरूको परिवारमा जन्मिनुभयो? तपाईंले किन त्यसो गर्नुभयो?” तिमीहरूका त्यस्ता विचारहरू पूर्ण रूपले तर्करहित छन्! केवल त्यस्तो कामले मात्रै मानिसहरूलाई उहाँको महानता, उहाँको नम्रता र गुप्तता देखाउँछ। उहाँ आफ्नो कामको खातिर सबै कुरा बलिदान गर्न इच्छुक हुनुहुन्छ, अनि उहाँले आफ्नो कामको खातिर सबै कष्ट सहनुभएको छ। उहाँले मानवजातिको खातिर, अनि त्यसभन्दा बढी, शैतानलाई जित्नको लागि कार्य गर्नुहुन्छ, ताकि सबै सृष्टि उहाँको अधीनतामा सुम्पिन सकेका होऊन्। अर्थपूर्ण, मूल्यवान् काम यही मात्रै हो। यदि याकूबका सन्तानहरू चीनमा, यो भूमिको टुक्रामा जन्मेका भए, अनि तिनीहरू तिमीहरू सबै भएका भए, तिमीहरूमाथि गरिने कामको महत्त्व के हुनेथियो? शैतानले के भन्नेथियो? शैतानले यसो भन्नेथियो: “तिनीहरूले पहिले तपाईंको डर माने, तिनीहरूले सुरुदेखि नै तपाईंको आज्ञा माने, अनि तपाईंलाई धोका दिएको तिनीहरूसित कुनै इतिहास छैन। तिनीहरू मानवजातिमध्ये सबैभन्दा अन्धकारपूर्ण, नीच वा सबैभन्दा पिछडिएका होइनन्।” यदि वास्तवमा काम यस प्रकारले गरिएको भए, यसबाट को विश्‍वस्त हुनेथियो? सारा ब्रम्‍हाण्डमा, चिनियाँ मानिसहरू नै सबैभन्दा पिछडिएका मानिसहरू हुन्। तिनीहरू निम्न स्तरको भइ, नीच नैतिकता सहित जन्मिन्छन्; तिनीहरू मन्दबुद्धिका र सुस्त छन्, अनि तिनीहरू अशिष्ट र पतनोन्मुख छन्। तिनीहरू शैतानी स्वभावहरूले भिजेका, फोहोरी तथा छाडा छन्। तिमीहरूमा यी सबै शैतानी स्वभाव छन्। यो काम सिद्धिएपछि, मानिसहरूले यी भ्रष्ट स्वभावहरूलाई त्यागिदिनेछन् र पूर्ण रूपले आज्ञापालन गर्न र सिद्ध तुल्याइन सक्नेछन्। केवल त्यस्ता फलहरू मात्र सृष्टिभित्रका गवाही हुन्! गवाही के हो भन्‍ने के तिमीहरू बुझ्दछौ? वास्तवमा गवाही कसरी वहन गरिनुपर्छ? यस प्रकारको कामले तिमीहरूलाई प्रतिभार, साथै सेवा दिने वस्तुहरू बनाएको छ; योभन्दा पनि बढी, यसले तिमीहरूलाई मुक्तिका पात्रहरू बनाएको छ। आज, तिमीहरू परमेश्‍वरका जनहरू हौ; पछि तिमीहरू नमूना तथा आदर्शहरू हुनेछौ। यस काममा, तिमीहरूले विभिन्न प्रकारका भूमिकाहरू खेल्छौ, अनि, अन्त्यमा, तिमीहरू मुक्तिका पात्रहरू हुनेछौ। यसको कारणले धेरै मानिसहरू नकारात्मक छन्; के तिनीहरू पूर्ण रूपले अन्धा छैनन् र? तैँले केही पनि स्पष्ट देख्दैनस्! तँलाई केवल त्यसरी बोलाउँदा तँ व्याकुल हुन्छस्? के तँ परमेश्‍वरको धार्मिक स्वभाव के हो भन्‍ने बुझ्छस्? के तँ परमेश्‍वरको मुक्ति के हो भन्‍ने बुझ्छस्? के तँ परमेश्‍वरको प्रेम के हो भन्‍ने बुझ्छस्? तँसित सत्यनिष्ठा छैन! जब राम्रोसित उल्‍लेख गरिन्छ, तँ खुशी हुन्छस्। जब नराम्रोसित उल्‍लेख गरिन्छ, तँ अनिच्छुक हुन्छस् र पछि हट्छस्। तँ के होस्? तैँले साँचो बाटोको खोजी गरिरहेको छैनस्! तुरुन्तै खोजी गर्न बन्द गर्—यो लाजमर्दो छ! के यति सानो कुराले पनि तँलाई व्याकुल बनाउँछ भन्‍ने कुरा लाजको सङ्केत होइन र?

तैँले आफैलाई अलिकति जान्नु उत्तम हुनेथियो। आफैलाई ज्यादै ठूलो नसम्झी, अनि स्वर्गमा जाने सपना नदेख्—केवल पृथ्वीमा कर्तव्य पूर्वक विजय हुन खोज्। ती अवास्तविक सपनाहरूको बारेमा नसोच् जुन अस्तित्वमा छैनन्! यदि कसैले तलको जस्तो केही कुरा भन्छ भने, यी अठोट र दृढता भएको व्यक्तिका शब्दहरू हुन्: “म मोआबको सन्तान भए तापनि, म परमेश्‍वरको निम्ति संघर्ष गर्न इच्छुक छु। म मेरो पुरानो पुर्खातर्फ आफ्नो पिठ्यूँ फर्काउनेछु! उसले मलाई जन्म दियो र मलाई कुल्चियो, अनि म अहिलेसम्म अन्धकारमा बस्दै आइरहेको छु। आज, परमेश्‍वरले मलाई छुटकारा दिनुभएको छ, अनि मैले अन्ततः स्वर्गसूर्यलाई देखेको छु। परमेश्‍वरद्वारा खुलासा गरिएको कारण मैले अन्ततः म मोआबको सन्तान हुँ भन्‍ने देखेको छु। पहिले, मेरो आँखामा पट्टीहरू थिए, अनि परमेश्‍वरले यति धेरै काम गर्नुभएको छ भनी मैले जानिनँ, किनकि म पुरानो शैतानद्वारा अन्धा तुल्याइएको थिएँ। म त्यसतर्फ आफ्नो पिठ्यूँ फर्काउनेछु र पूर्ण रूपले त्यसलाई होच्याउनेछु!” त्यसैले, के तिमीहरूसित त्यस्तो अठोट छ? तिमीहरूमध्ये हरेक व्‍यक्ति मानव जस्तै देखिन्छौ भन्ने तथ्यको बाबजुद पनि, तिमीहरू कुनै व्यक्तिभन्दा चाँडो टुक्रा-टुक्रा हुन्छौ, अनि यस विषयमा तिमीहरू सबैभन्दा बढी संवेदनशील छौ। तिमीहरू मोआबका सन्तानहरू हौ भनी उल्लेख गर्ने बित्तिकै, तिमीहरू ओठ लेब्य्राएर मुख बँझ्याउँछौ। के यो सुँगुरको स्वभाव होइन र? तिमीहरू व्यर्थका छौ। तिमीहरू ख्याति र सम्पत्तिको खातिर आफ्नो जीवन बलिदान गर्छौ! तँ मोआबको सन्तान नहुने इच्छा गर्दछस् होला, तर के तँ त्यही होइनस् र? तँ मोआबकै सन्तान होस् भनी म आज भन्दैछु, अनि तैँले त्यसलाई स्वीकार गर्नैपर्छ। म तथ्यको विपरीत बोल्दिनँ। कोही मानिसहरू यसको कारणले नकारात्मक हुन्छन्, तर यसमा नकारात्मक हुनुपर्ने के कुरा छ र? के तँ ठूलो रातो अजिङ्गरको सन्तान पनि होइनस् र? तँ मोआबको सन्तान होस् भन्नु के अन्यायपूर्ण हुन्छ र? तैँले भित्र र बाहिर कुन कुरामा जीवन बिताइरहेको छस्, विचार गर्। तेरो शिरदेखि पाउसम्म कुनै कुरा प्रशंसायोग्य कुरा छैन। कामुकता, फोहोरीपन, अन्धोपन, प्रतिरोध, विद्रोहीपन—के तेरो स्वभावका सबै भागहरू यिनै होइनन् र? तँ सधैँ कामुकताको भूमिमा रहन्छस्, अनि तँ कुनै खराबी गर्न बाँकी राख्दैनस्। तँ सोच्छस् कि तँ अद्भुत रीतिले पवित्र छस्। तैँले गरेका कामहरूलाई हेर्, अनि अझै पनि तँ आफैसित यति प्रसन्न छस्। तैँले प्रशंसाको योग्य के गरेको छस्? तँ पशुहरू जस्तै छस्। तँसित कुनै मानवता छैन! तँ जनावरहरूसित मिलेर बस्छस् अनि खराब, कामुक विचारहरूको बीचमा बस्छस्। तिमीहरूका कमी-कमजोरी कति धेरै छन्? तिमीहरू ठूलो रातो अजिङ्गरका सन्तानहरू हौ भनी तिमीहरू सहमत हुन्छौ, अनि तिमीहरू सेवा गर्न इच्छुक हुन्छौ, तर पछि जब तँ मोआबको सन्तान होस् भनेर भनिन्छ, तब तिमीहरू नकारात्मक हुन्छौ। के सत्यता यही होइन र? यो त तँ तेरा बाबुआमाबाट जन्मेको जस्तो हो—तिनीहरू जतिसुकै भयानक होऊन्, तँ उहाँहरूबाट नै जन्मेको होस्। यदि तैँले तँलाई धर्मपुत्र बनाउने आमा भेट्टाइस् र आफ्नो घर छोडिस् भने पनि, के तँ अझै पनि तेरा वास्तविक आमाबाबुका सन्तान हुँदैनस् र? के त्यो तथ्यलाई परिवर्तन गर्न सकिन्छ र? के मैले तँलाई विना कारण मोआबको सन्तान होस् भनेर उपनाम दिएको छु र? कतिपय मानिसहरू भन्छन्: “के तपार्इंले मलाई अरू केही भनेर बोलाउन सक्‍नुहुन्‍नथियो र?” म भन्छु: “मैले तँलाई प्रतिभार भनेर बोलाएँ भने नि?” तिनीहरू प्रतिभार हुन पनि इच्छुक छैनन्। अतः तिमीहरू के हुन इच्छुक छौ त? प्रतिभार, सेवाकर्ताहरू—के तिमीहरू त्यही होइनौ र? तैँले अरू के छान्थिस् र? के तँ ठूलो रातो अजिङ्गरको देशमा जन्मेको व्यक्ति होइनस् र? तैँले आफूलाई दाऊदको सन्तान हुँ भनेर जसरी भने पनि, यो तथ्यहरूसित मेल खाँदैन। के यो तैँले आफ्नै निम्ति छान्ने कुरा हो र? के तँलाई मनपर्ने कुनै राम्रो नाउँ तैँले आफ्नो निम्ति छान्न सक्छस्? उल्लेख गरिएको ठूलो रातो अजिङ्गरका सन्तानहरू के तिमी भ्रष्ट मानिसहरू नै होइनौ र? सेवाकर्ताहरूको सम्बन्धमा चाहिँ—के तिनीहरू पनि तिमी भ्रष्ट मानिसहरू नै होइनौ र? उल्‍लेखित विजय गरिएका आदर्श तथा नमुनाहरू—के तिमीहरू तिनै मानिसहरू होइनौ र? के सिद्ध तुल्याइने बाटोको बारेमा तिमीहरूलाई बताइएको छैन र? सजाय दिइएका र न्याय गरिएका ती मानिसहरू तिमीहरू नै हौ; ती जो पछि सिद्ध तुल्याइन्छन्, के तिनीहरूमध्ये केही तिमीहरूको माझमा हुनेछैनन् र? के यो शीर्षक अझै महत्त्वपूर्ण छ? तिमीहरू यति चेतनाशून्य छौ; के तिमीहरू यति सानो कुरालाई पनि स्पष्टसित देख्न सक्दैनौ? कसको वंश को हो भन्‍ने तँ जान्दैनस् तर मेरो निम्ति यो स्पष्ट छ, अनि म तिमीहरूलाई भन्दैछु। आज यसको पहिचान गर्न सक्नु ठीकै हो। सधैँ आफैलाई तुच्छ भएको महसुस नगर्। तँ जति बढी नकारात्मक हुन्छस् र पछि हट्छस्, त्यति नै बढी तँ शैतानको सन्तान होस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दछ। तैँले तिनीहरूलाई भजनहरू सुन्न लगाउँदा कोही-कोही यसो भन्नेहरू छन्: “के मोआबका सन्तानले भजनहरू सुन्न सक्छन् र? म त सुन्नेछैन; म योग्य छैनँ!” यदि तैँले तिनीहरूलाई गाउन लगाइस् भने, तिनीहरू भन्छन्: “यदि मोआबका सन्तानले गीत गाउँछन् भने, के परमेश्‍वर सुन्न इच्छुक हुनुहुन्छ त? परमेश्‍वरले मलाई घृणा गर्नुहुन्छ। म परमेश्‍वरको अघि जान अति लज्जित छु र म उहाँको निम्ति गवाही दिन सक्दिनँ। म गीत गाउनेछैन, नत्र भने जब परमेश्‍वरले यसलाई सुन्नुहुन्छ, उहाँले दिक्क मान्नुहुनेछ।” के यसलाई सामना गर्ने यो नकारात्मक तरिका होइन र? सृजिएको प्राणीको हैसियतले, तँ कामुकताको भूमिमा जन्मेको सन्तान होस्, अनि तँ ठूलो रातो अजिङ्गरको सन्तान; मोआबको सन्तान होस्; तैँले आफ्नो पुरानो पुर्खालाई आफ्नो पिठ्यूँ फर्काउनुपर्छ र पुरानो शैतानलाई आफ्नो पिठ्यूँ फर्काउनुपर्छ। केवल जसले यस्तो गर्छ, त्यो परमेश्‍वरलाई साँचो रीतिले चाहने व्यक्ति हो।

सुरुमा, जब मैले तिमीहरूलाई परमेश्‍वरका मानिसहरूको दर्जा थिएँ, तब तिमीहरू अरूको भन्दा ठूलो आनन्दले तल माथि उफ्रियौ। तापनि, तिमीहरू मोआबका सन्तान हौ भनी मैले भन्नेबित्तिकै तिमीहरू कस्तो भयौ? तिमीहरू सबै चकनाचूर भयौ! तिमीहरूको कद कहाँ छ? दर्जा सम्‍बन्धी तिमीहरूको अवधारणा अति मजबुत छ! धेरैजसो मानिसहरूले आफैलाई माथिलाई उठाउन सक्दैनन्। कोही व्यापार गर्न जान्छन्, अनि कोही काम गर्न जान्छन्। मैले तिमीहरू मोआबका सन्तानहरू हौ भन्नेबित्तिकै, तिमीहरू सबै भाग्न चाहन्छौ। के परमेश्‍वरको निम्ति तिमीहरूले बोक्ने गवाही यही हो, जसको बारेमा तिमीहरू दिनभरि चिच्याउँछौ? के यस प्रकारले शैतान विश्‍वस्त हुनेछ र? के यो लाजको प्रतीक होइन र? तिमीहरूलाई प्राप्त गर्नुमा के अर्थ भयो र? तिमीहरू सबै फोहोर कसिङ्गर हौ! तिमीहरूले कस्तो प्रकारको कष्ट सहेका छौ र तिमीहरूले यति अन्यायको महसुस गर्छौ? तिमीहरू सोच्छौ कि परमेश्‍वरले तिमीहरूलाई एउटा हदसम्म यातना दिनुभएपछि, उहाँ खुशी हुनुहुनेछ, मानौं उहाँ तिमीहरूलाई दोषी ठहर्‍याउने उद्देश्यले नै आउनुभएको हो, अनि तिमीहरूलाई दोषी ठहर्‍याएपछि र नष्ट पार्नुभएपछि उहाँको काम सिद्धिन्छ। के मैले भनेको त्यही हो त? के तिमीहरूको अन्धोपनको कारणले तिमीहरूले त्यसरी सोच्दैनौ र? के यो तिमीहरू आफैले राम्रो गर्न प्रयत्न नगरेको हो वा मैले जानी-जानी तिमीहरूलाई दोषी ठहर्‍याएको हो? मैले त्यस्तो कहिल्यै गरेको छैनँ—यो तिमीहरू आफैले सोचेका हौ। त्यो मैले काम गर्ने तरिका कदापि होइन, न त मसित त्यस्तो अभिप्राय नै छ। यदि मैले साँच्चि नै तिमीहरूलाई नष्ट गर्न चाहेको भए, मैले त्यस्तो कष्ट भएर जान आवश्यक हुन्थ्यो र? यदि मैले तिमीहरूलाई साँच्चिकै नष्ट गर्न चाहेको भए, मैले तिमीहरूसित यति गम्भीरता पूर्वक बोल्न आवश्यक हुन्थ्यो र? मेरो इच्छा यो हो: जब मैले तिमीहरूलाई मुक्ति दिएको हुन्छु, तब नै मैले विश्राम गर्न सक्‍नेछु। कुनै व्यक्ति जति नीच छ, तिनीहरू त्यति नै बढी मेरो मुक्तिका पात्र हुन्छन्। जति बढी अग्रसरका साथ तिमीहरू भित्र प्रवेश गर्न सक्छौ, म त्यति नै बढी खुशी हुनेछु। तिमीहरू जति चकनाचूर हुन्छौ, म त्यति नै बढी खिन्न हुन्छु। तिमीहरू सधैँ गम्केर हिँड्न चाहन्छौ र सिंहासन हत्याउन चाहन्छौ—म तिमीहरूलाई भन्छु, त्यो तिमीहरूलाई फोहोरबाट बचाउने मार्ग होइन। सिंहासनमा बस्ने भ्रमपूर्ण कल्पनाले तिमीहरूलाई सिद्ध पार्न सक्दैन; त्यो यथार्थपूर्ण हुँदैन। तँ मोआबको सन्तान होस् भनी म भन्छु, अनि तँ बेखुशी हुन्छस्। तँ भन्छस्: “यदि तपार्इंले मलाई अतल कुण्डमा जान लगाउनुहुन्छ भने, म तपाईंको गवाही हुनेछैनँ वा तपाईंको लागि कष्ट भोग्नेछैनँ।” तेरो त्यस्तो कार्य मेरो विरोधमा हुनेथिएन र? त्यसो गर्दा के त्यसले तँलाई फाइदा गर्थ्यो र? मैले तँलाई कति धेरै अनुग्रह दिएको छु—तैँले बिर्सिस्? तिमीहरूले परमेश्‍वरको हृदयलाई तिरस्कार गरेका छौ र तुच्छ ठानेका छौ, जुन एउटा आमाको हृदय जस्तो छ; तिमीहरूको निम्ति परिणाम के हुनेछ? यदि तँ मेरो गवाही भइनस् भने म तँलाई दबाब दिनेछैन—तर तँ अन्त्यमा मेरो विनाशको निशाना हुनेछस्। यदि मैले तँमा गवाही प्राप्त गर्न सकिनँ भने, म अरू मानिसहरूमा त्यो प्राप्त गर्नेछु। त्यसले मलाई फरक पार्दैन, तर अन्त्यमा, तैँले अफसोस गर्नेछस्, अनि त्यस समयमा, तँ लामो समयदेखि अन्धकारमा खसिसकेको हुनेछस्। तब, तँलाई कसले बचाउन सक्नेछ? तँविना काम हुन सक्नेछैन भनेर नसोच्—तँलाई प्राप्त गर्नु धेरै कुरा प्राप्त गर्नु होइन, अनि तेरो कमी हुनु धेरै कुराको कमी हुनु होइन। तैँले आफैलाई यति धेरै आदरसहित ठूलो नसम्झि। यदि तँ मलाई पछ्याउन इच्छुक छैनस् भने यसले तँ विद्रोही छस्, अनि तँमा कुनै चाहनायोग्य कुरा छैन भन्‍ने प्रमाणित गर्छ। यदि तँ राम्ररी कुरा गर्ने व्यक्ति होस् भने के यो मैले मेरो कामद्वारा ल्याएका शब्दहरूद्वारा तैँले आफैलाई सुसज्जित गरेकोले होइन र? तँमा प्रशंसायोग्य के छ र? तेरो कल्पनालाई तँसित भाग्न नदे! यदि मैले तिमी मोआबका सन्तानहरूबाट महिमा प्राप्त गर्न सकिनँ भने मैले महिमा प्राप्त नगरेसम्म मेरो कामको निम्ति म मोआबका सन्तानहरूका दोस्रो र तेस्रो समूहलाई छान्नेछु। यदि तँ मेरो निम्ति गवाही हुन इच्छुक छैनस् भने, बाहिर निस्किहाल्! म तँलाई कर लगाउनेछैनँ! म तँविना एक कदम पनि अघि बढाउन सक्दिनँ भनी नठान्। चीनको यस भूमिमा मेरो कामको निम्ति सुहाउँदो पात्रहरू भेट्टाउनु सहज छ। यस भूमिमा अरू केही पनि भेट्टाउन सकिँदैन—फोहोर, भ्रष्ट मानिसहरू जताततै व्याप्त छन्, अनि मेरो काम कहीँ पनि गर्न सकिन्छ। धेरै घमन्डी नहो! तँ जति नै घमन्डी भए पनि, के तँ अझै व्यभिचारबाट जन्मेको होइनस् र? तेरो मूल्यलाई हेर्—तँसित अरू के विकल्‍प छ र? तँलाई जिउन दिनु मात्र प नि एउटा ठूलो उत्थान हो, त्यसैले, तँ अझै केको बारेमा शेखी गर्छस्? यदि युगलाई अन्त्य गर्ने मेरो काम नभएको भए, के तँ धेरै लामो समयअघि नै प्राकृतिक र मानवनिर्मित विपत्तिहरूको बीचमा खसिसक्ने थिइनस् र? के तँ अझै आरामदायी रूपले जिउन सक्छस् र? तँ यस विषयमा अझै निरन्तर रूपमा बहस गर्छन्। मैले तँ मोआबको सन्तान होस् भनेकोले तैँले हरसमय तेरो ओठ लेब्य्राइरहेको छस्। तैँले आफैलाई शिक्षित तुल्याउँदैनस्, तैँले परमेश्‍वरका वचनहरू पढ्दैनस् अनि तँ यस वा त्यस व्यक्तिलाई सहन सक्दैनस्। जब तँ अन्य मानिसहरू शिक्षित भइरहेको देख्छस्, तँ तिनीहरूलाई बिथोल्छस् र निरुत्साहजनक कुराहरू भन्छस्। तँसित केही हिम्मत छ! तँ भन्छस्: “मोआबको सन्तानले के शिक्षा हासिल गर्न सक्ला र? म झमेला लिनेछैन।” के यो एउटा पशुले भन्ने कुरा होइन र? के तँ मानिसको रूपमा समेत गन्ती हुन्छस्? मैले धेरै कुरा भनेको छु, तर यसले तँमा केही पनि हासिल गरेको छैन। के मैले यो सबै काम व्यर्थमा गरेको छु? के मैले यी सबै शब्‍दहरू व्यर्थमा बोलेको छु? कुकुरले पनि आफ्नो पुच्छर हल्लाउँछ; त्यस्तो व्यक्ति एउटा कुकुर जतिको पनि असल हुँदैन! के तिमीहरू मानिस कहलाइन योग्यका छौ? जब मैले मोआबका सन्तानको बारेमा कुरा गर्छु, कतिपय मानिसहरूले जानीबुझीकन आफैलाई हीन गर्छन्। तिनीहरूले पहिलेभन्दा भिन्दै किसिमले वस्‍त्र लगाउँछन् अनि यति अस्तव्यस्त हुन्छन् कि तिनीहरू मानिसहरू जस्ता पनि देखिँदैनन्, अनि तिनीहरू यसो भन्दै बडबडाउन थाल्छन्: “म मोआबको सन्तान हुँ। म असल छैन। मैले कुनै आशिष पाउँछु भनेर सोच्नु दिउँसै सपना देख्नु हो। के मोआबका सन्तानहरू सिद्ध तुल्याइन सक्छन्?” मैले मोआबका सन्तानहरूको बारेमा बोल्नेबित्तिकै, धेरै मानिसहरूसित उप्रान्त आशा हुँदैन; तिनीहरू भन्छन्: “परमेश्‍वर भन्नुहुन्छ हामी मोआबका सन्तान हौं—त्यसले के जनाउँछ? उहाँले अपनाउनुभएको आवाजलाई हेर—यो अटल छ! उहाँका वचनहरूमा कुनै प्रेम छैन। के हामी विनाशका शिकार होइनौं र?” के तैँले पहिले के भनिएको थियो सो बिर्सेको छस्? तँ अहिले “मोआबका सन्तानहरू” भन्ने शब्दहरू मात्र सम्झिन्छन्? वास्तवमा, धेरै शब्दहरूको उद्देश्य प्रभाव हासिल गर्नु हो, तर तिनले तथ्यहरूको सत्यतालाई पनि प्रकट गर्छन्। धेरैजसो मानिसहरूले यसलाई विश्‍वास गर्दैनन्। तँ मेरो निम्ति त्यसरी कष्ट भोग्न इच्छुक छैनस्। तँ मृत्युदेखि डराउँछस् र सधैँ भाग्न चाहन्छन्। यदि तँ जान चाहन्छस् भने, म तँलाई बस्‍न कर गर्दिनँ, तर मैले तँलाई यो कुरा स्पष्टसित बताउनुपर्छ: तेरो सम्पूर्ण जीवन व्यर्थतामा नजी, अनि मैले तँलाई विगतमा बताएका कुराहरूलाई नबिर्सी। सृजिएको प्राणी भएको हुनाले, तैँले सृजिएको प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। तेरो विवेकको विरुद्धमा काम नगर्; तैँले गर्नुपर्ने कुरा भनेको आफैलाई सृष्टिका प्रभुमा समर्पण गर्नु हो। मोआबका सन्तानहरू पनि सृजिएका प्राणीहरू नै हुन्, कुरा यति मात्र हो कि तिनीहरू प्रतिभारहरू हुन् अनि तिनीहरू श्रापित हुन्। जे सुकै भए पनि, तँ एउटा सृजिएको प्राणी नै होस्। तैँले यसो भन्दा अतिशयोक्ति हुँदैन: “म मोआबको सन्तान भए पनि, मैले यति धेरै परमेश्‍वरको अनुग्रहको आनन्द लिएको छु कि मसित केही विवेक हुनैपर्छ। म केवल यसलाई स्वीकार गर्नेछु तर म यसैमा रहिरहँदिन। यदि म यही प्रवाहभित्र रहेर कष्ट भोग्छु भने पनि, म अन्त्यसम्म कष्ट भोग्नेछु, अनि यदि म मोआबको सन्तान हुँ भने पनि, यस्तै होस्। म अझै अन्त्यसम्म पछ्याउनेछु!” तैँले अन्त्यसम्म पछ्याउनुपर्छ। यदि तँ भागिस् भने, तेरो साँच्चि नै कुनै सम्भावना हुनेछैन—तैँले विनाशको बाटोमा पाइला टेकेको हुनेछस्।

तिमीहरूलाई आफ्नो आरम्भ बुझाउनु, अनि तिमीहरूलाई तथ्यपूर्ण सत्यताले कामलाई लाभ पुर्‍याउँछ भनी बुझाउनु राम्रो हुन्छ। त्यसो नगरीकन चाहेको परिणाम हासिल गर्न सकिँदैन। यो विजयको कामको एउटा भाग हो, अनि काममा यो एउटा आवश्यक चरण हो। त्यो एउटा तथ्य हो। यो काम मानिसहरूको आत्माहरूलाई जगाउनको निम्ति, तिनीहरूको विवेकको चेतना जगाउनको निम्ति र तिनीहरूलाई यो महान् मुक्ति हासिल गर्न दिनको निम्ति हो। यदि कोहीसित विवेक छ भने, तिनीहरूले जब आफू तल्लो दर्जाको भएको देख्छन्, तब तिनीहरूले परमेश्‍वरलाई झन् बढी धन्यवाद चढाउनुपर्छ। तिनीहरूले आफ्नो हातमा उहाँका वचनहरूलाई पक्रनुपर्छ, उहाँले तिनीहरूलाई दिनुभएको अनुग्रहलाई कसेर पक्रनुपर्छ अनि जोडले बिलौना गर्नुपर्छ र भन्नुपर्छ: “हाम्रो दर्जा नीच छ अनि हामीले यस संसारमा केही पनि हासिल गरेका छैनौं। कसैले तल्लो दर्जाका मानिसहरूलाई नजर लगाउँदैन। हामीलाई आफ्नो घरको वातावरणमा सताइन्छ, हाम्रा पतिले हामीलाई तिरस्कार गर्दछन्, हाम्रा पत्नीले हामीलाई गाली गर्छन्, हाम्रा बाल-बच्चाले हामीलाई होच्याउँछन्, अनि हामी वृद्ध-वृद्धा भएपछि, हाम्रा बुहारीहरूले पनि हामीलाई दुर्व्यवहार गर्छन्। हामीले साँच्चि नै थोरै परिमाणमा कष्ट भोगेका छैनौं, अनि हामीले अहिले परमेश्‍वरको आनन्द लिनु कस्तो राम्रो सौभाग्यको कुरा हो! यदि परमेश्‍वरले हामीलाई मुक्ति नदिनुभएको भए, हामीले मानव कष्टलाई कसरी स्पष्ट प्रकारले देख्न सक्थ्यौं? के हामी पापमा अझै पतित हुँदै गइरहेका हुनेथिएनौं र? के यो परमेश्‍वरबाटको हाम्रो उत्थान होइन र? म सबैभन्दा तल्लो मानिसहरूमध्येको एक हुँ, अनि परमेश्‍वरले मलाई यति उच्चमा उठाउनुभएको छ। यदि म नष्ट हुन्छु नै भने पनि, मैले अझै उहाँको प्रेमको कर्जा तिर्नुपर्छ। परमेश्‍वरले हाम्रो बारेमा राम्रो विचार राख्नुहुन्छ, अनि हामी त्यस्तो तल्लो मानिसहरूसित आमने-सामने बोल्नुहुन्छ। उहाँले मलाई सिकाउन मेरो हात समात्नुहुन्छ। उहाँको मुखले मलाई खुवाउनुहुन्छ। उहाँ मसँग जिउनुहुन्छ र मसँग कष्ट भोग्‍नुहुन्छ। यदि उहाँले मलाई सजाय नै दिनुहुन्छ भने पनि—म के भन्न सक्छु र? के सजाय दिइनु परमेश्‍वरबाट उठाइनु पनि होइन र? मलाई सजाय दिइएको भए तापनि म उहाँको धार्मिकतालाई देख्न सक्छु। म विवेकरहित हुन सक्दिनँ—मैले परमेश्‍वरको प्रेमको कर्जा चुकाउनैपर्छ। मैले अबदेखि परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नु हुँदैन।” परमेश्‍वरको हैसियत र स्तर मानिसहरूका जस्तै होइनन्—उहाँको कष्ट उस्तै हो, अनि उहाँको खाना र वस्‍त्र उस्तै हुन्, तर सबै मानिसहरूले उहाँलाई आदर गर्छन्, अनि भिन्नता यही मात्र हो। के उहाँले आनन्द लिनुहुने अरू सबै कुरा मानिसको जस्तै होइन र? त्यसैले कुन कुराले तँलाई एउटा निश्चित प्रकारले व्यवहार गर्नको निम्ति परमेश्‍वरसित आग्रह गर्ने हकदार तिमीहरूलाई बनाउँछ? परमेश्‍वरले त्यस्तो ठूलो कष्ट सहनुभएको छ अनि त्यस्तो ठूलो काम गर्नुभएको छ, अनि तिमीहरू—कमिलाहरूभन्दा साना, उडुसभन्दा साना—आज कति उच्चमा उठाइएका छौ। यदि तैँले परमेश्‍वरको प्रेमको कर्जा चुकाउन सक्दैनस् भने, तेरो विवेक कहाँ छ? कतिपय मानिसहरूले आफ्नो हृदयबाट भन्छन्: “जब-जब म परमेश्‍वरलाई छोड्ने बारेमा सोच्छु, तब-तब मेरा आँखाहरू आँसुले भरिन्छन् अनि मेरो विवेक घोचिन्छ। म परमेश्‍वरप्रति ऋणी छु। म यो गर्न सक्दिनँ। म उहाँलाई त्यसरी व्यवहार गर्न सक्दिनँ। यदि म मर्नुपर्ने भयो अनि मरेर उहाँको कामलाई महिमा दिनुपर्ने भयो भने, मेरो सन्तुष्टिको सीमा नै हुने थिएन। नत्रभने, म बाचेँ भने पनि, मैले कुनै शान्तिको अनुभूति गर्नेछैन।” यी शब्दहरूलाई सुन—त्यसले सृजिएको प्राणीले गर्नुपर्ने कर्तव्यलाई बयान गर्दछ। यदि कुनै व्यक्तिभित्र सधैँ यो दर्शन छ भने, तिनीहरू स्पष्ट हुनेछन् र भित्री रूपमा चैनमा हुनेछन्; तिनीहरू यी कुराहरूको बारेमा निश्‍चित हुनेछन्। तैँले यसो भन्‍नेछस्: “परमेश्‍वरले मलाई हानि गरिरहनुभएको छैन, अनि उहाँले जानी-जानी मेरो हाँसो उडाइरहनुभएको वा मलाई लज्‍जित तुल्याइरहनुभएको छैन। उहाँले अलि कठोरताको साथ बोल्नुभए पनि र यसले हृदयमा प्रहार गर्ने भए पनि, यो त मेरो आफ्‍नै लागि हो। उहाँ यति कठोरताको साथ बोल्‍नुहुने भए तापनि, उहाँले मलाई अझै मुक्ति दिइरहनुभएको छ, अनि उहाँले अझै मेरा कमजोरीहरूलाई बुझ्‍नुहुन्छ। उहाँले मलाई दण्ड दिन तथ्यहरूको प्रयोग गरिरहनुभएको छैन। म विश्‍वास गर्छु कि परमेश्‍वर नै मेरो मुक्ति हुनुहुन्छ।” यदि तँसित साँच्चै यो दर्शन छ भने, तँ भाग्ने सम्‍भावना कम हुनेछ। तेरो विवेकले तँलाई जान दिनेछैन, अनि यसको दोषले तँलाई तैँले परमेश्‍वरलाई त्यस प्रकारले व्यवहार गर्नुहुँदैन भनी भन्नेछ। तैँले हासिल गरेको सबै अनुग्रहको बारेमा तैँले सोच्छस्। तैँले मेरा धेरै वचनहरू सुनेको छस्—के तैँले ती व्यर्थमा सुनेको थिइस् र? जोसुकै भागे तापनि, तँ भाग्‍न सक्दैनस्। अरू मानिसहरूले विश्‍वास गर्दैनन्, तर तैँले विश्‍वास गर्नैपर्छ। अरू मानिसहरूले परमेश्‍वरलाई त्याग्छन्, तर तैँले परमेश्‍वरलाई विश्‍वास गरिरहनुपर्छ र उहाँको गवाही हुनुपर्छ। अरूले परमेश्‍वरको निन्दा गर्छन्, तर तैँले त्यसो गर्न सक्दैनस्। परमेश्‍वर तँप्रति जति नै कठोर हुनुभए तापनि, तैँले अझै उहाँद्वारा ठीक कुरा गर्नैपर्छ। तैँले उहाँको प्रेमको कर्जा चुकाउनैपर्छ, अनि तँसित विवेक हुनैपर्छ किनकि परमेश्‍वर निर्दोष हुनुहुन्छ। मानवजातिको माझमा काम गर्न स्वर्गबाट पृथ्वीमा आउनुभएर उहाँले पहिल्यै ठूलो कष्ट भोगिसक्नुभएको छ। उहाँ अलिकति पनि फोहोर नभएको पवित्र हुनुहुन्छ। फोहोरको भूमिमा आएर, उहाँले कति अपमान सहनुभएको छ? उहाँले तिमीहरूकै खातिर तिमीहरूमा काम गर्नुहुन्छ। यदि तिमीहरूले विनाविवेक उहाँसित व्यवहार गर्छौ भने, चाँडो मर्नु नै राम्रो हुनेछ!

हाल, धेरै मानिसहरूमा दर्शनको यस पक्षको कमी छ; तिनीहरूले यस कार्यलाई बिलकुल बुझ्न सक्दैनन् अनि परमेश्‍वरले अन्त्यमा यसद्वारा के हासिल गर्न चाहनुहुन्छ भन्‍ने तिनीहरू जान्दैनन्। विशेष गरी ती भ्रमित हुनेहरू—यस्तो लाग्छ मानौँ तिनीहरू भूलभूलैयाभित्र प्रवेश गरेका छन् र केही मोडहरूपछि तिनीहरूले आफ्नो बाटो हराएका छन्। यदि तैँले तिनीहरूलाई परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्यको बारेमा पूर्ण रूपले बयान गर्छस् भने, तिनीहरू भ्रमित हुनेछैनन्। धेरै मानिसहरूले यसलाई बुझ्न सक्दैनन्, अनि परमेश्‍वरको काम त मानिसहरूलाई यातना दिनु हो भनी विश्‍वास गर्छन्। तिनीहरूले उहाँको कामको बुद्धि तथा आश्चर्यलाई बुझ्दैनन्, अनि उहाँको काम उहाँको महान् शक्तिलाई प्रकट गर्नु अनि त्यसभन्दा बढी, मानवजातिलाई मुक्ति दिनु हो भनी तिनीहरूले बुझ्दैनन्। तिनीहरूले त्यो सबै देख्दैनन्; तिनीहरूले केवल आफ्नो केही सम्भावना छ कि, तिनीहरू स्वर्गमा प्रवेश गर्न सक्नेछन् कि भनी हेर्छन्। तिनीहरू भन्छन्: “परमेश्‍वरको काम सधैँ यति घुमाउरो हुन्छ; हामीलाई तपाईंको बुद्धि प्रत्यक्ष रूपमा देख्न दिनु नै राम्रो हुन्थ्यो। तपाईंले हामीलाई यस प्रकारले यातना दिनु हुँदैन। हामीमा पनि क्षमताको कमी छ, अनि हामी तपाईंको इच्छालाई बुझ्दैनौं। यदि तपाईंले हामीसित प्रत्यक्ष रूपमा बोल्नुभयो र काम गर्नुभयो भने राम्रो हुन्थ्यो। हामीले अनुमान गरेको तपाईं चाहनुहुन्छ, तर हामी यसो गर्न सक्दैनौं। यदि तपाईंले हतार गर्नुभयो र हामीलाई तपाईंको महिमा देख्न दिनुभयो भने राम्रो हुन्थ्यो। त्यस्तो घुमाउरो प्रकारले कामहरू गर्नुको आवश्यकता के छ र?” तिमीहरूसित अहिले सबैभन्दा बढी विवेकको कमी छ। अझ बढी विवेक राख। वास्तवमा कसले यस कामका चरणहरूलाई गरिराख्नुभएको छ भनी हेर्न तिमीहरूका आँखा राम्ररी खोलेर हेर। त्यत्तिकै निष्कर्षमा नपुग। अहिले, बढीमा, तैँले अनुभव गर्नुपर्ने जीवनको मार्गको सतही पक्षको केही कुरा तैँले बुझेको छस्। तैँले अनुभव गर्नुपर्ने सत्यता अझै धेरै छ, अनि जब तैंले यसलाई पूर्ण रूपले बुझ्न सक्ने दिन आउँछ, तब तैँले यस प्रकारले उप्रान्त बोल्नेछैनस्, न त तैँले गुनासो नै गर्नेछस्। न त काम-कुराहरूलाई परिभाषित गर्न तँ यति छिटो नै हुनेछस्। तैँले भन्‍नेछस्: “परमेश्‍वर कति बुद्धिमान हुनुहुन्छ, परमेश्‍वर कति पवित्र हुनुहुन्छ, परमेश्‍वर कति शक्तिशाली हुनुहुन्छ!”

अघिल्लो: क्षमता बढाउनु परमेश्‍वरको मुक्ति पाउनका खातिर हो

अर्को: पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्‍वरका...

परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरको पवित्रता (२)भाइ-बहिनीहरू, आज हामी एउटा भजन गाऔं। तिमीहरूलाई मन पर्ने र तिमीहरूले नियमित रूपमा गाउने गरेको भजन निकाल। (हामी...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्