९८६  मानिसको गन्तव्य र परिणाम सृष्टिकर्ताले नै प्रबन्ध गर्नुहुन्छ र ती उहाँकै सार्वभौमिकताअन्तर्गत हुन्छन्

व्यक्तिको परिणाम वा गन्तव्य उसको आफ्नै इच्छाद्वारा निर्धारित हुँदैन, न त उसको आफ्नै प्राथमिकता वा कल्पनाहरूद्वारा नै निर्धारित हुन्छ। अन्तिम निर्णय सृष्टिकर्ता, परमेश्‍वरको हुन्छ। यस्ता मामिलाहरूमा, मानिसहरूले चुन्न सक्ने एउटा मात्र मार्ग छ: यदि तिनीहरू सत्यताको खोजी गर्छन्, सत्यता बुझ्छन्, परमेश्‍वरका वचन पालन गर्छन्, परमेश्‍वरप्रतिको समर्पणता हासिल गर्छन्, र मुक्ति प्राप्त गर्छन् भने मात्र तिनीहरूले अन्ततः असल अन्त्य र असल भाग्य प्राप्त गर्नेछन्। यदि मानिसहरूले त्यसको विपरीत गर्छन् भने तिनीहरूको सम्भाव्यता र भाग्य के हुनेछ भनेर कल्पना गर्न कठिन छैन।

परमेश्‍वरले मानिससित जे प्रतिज्ञा गर्नुभएको छ, मानवजातिको परिणामबारे परमेश्‍वरले जे भन्नुहुन्छ, परमेश्‍वरले मानवजातिका लागि जे तयार पार्नुभएको छ त्यसमा ध्यान केन्द्रित नगर्। यी कुराको तँसित कुनै सम्बन्ध छैन, ती परमेश्‍वरका मामला हुन्, तैँले ती खोस्न, तिनको भीक माग्न, वा साटफेर गर्न सक्दैनस्। सृजित प्राणीका रूपमा, तैँले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, आफूले जे गर्नुपर्ने हो त्यो तैँले आफ्नो सम्पूर्ण हृदय, मन र सामर्थ्यले पूरा गर्नुपर्छ। बाँकी—सम्भाव्यता र नियति, अनि मानवजातिको भविष्यको गन्तव्यसित सम्बन्धित कुराहरू—यी तैँले निर्णय गर्न सक्ने कुराहरू होइनन्, ती परमेश्‍वरका हातमा छन्; यो सबै सृष्टिकर्ताको सार्वभौमिकता अन्तर्गत पर्छ, उहाँद्वारा प्रबन्ध गरिएको हुन्छ, र कुनै पनि सृजित प्राणीसँग यसको कुनै सम्बन्ध हुँदैन।

तैँले एउटा तथ्य मान्नैपर्छ: त्यो प्रतिज्ञा चाहे जस्तो प्रकारको भए पनि, असल वा साधारण, मानिसहरूलाई मन पर्ने वा त्यत्ति रुची नलाग्ने कुरा भए पनि, ती सबै सृष्टिकर्ताका सार्वभौमिकता, प्रबन्ध, र निर्धारणहरूमुनि हुन्छन्। केवल सृष्टिकर्ताद्वारा सङ्केत गरिएको सही दिशा र मार्गअनुसार पछि लाग्नु र पछ्याइमा संलग्न हुनु नै सृजित प्राणीको कर्तव्य र दायित्व हो। तैँले अन्ततः के प्राप्त गर्छस्, र परमेश्‍वरका कुन प्रतिज्ञाहरूको भागीदार हुन्छस् भन्ने कुरा आउँदा, त्यो सबै कुरा तेरो पछ्याइमा, तैँले लिने मार्गमा, र सृष्टिकर्ताको सार्वभौमिकतामा आधारित हुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग नौ)

अघिल्लो: ९६३  सत्यता पछ्याउनेहरू मात्र कुलीन हुन्छन्

अर्को: १०२१  सत्यता अभ्यास गरेर मात्र व्यक्तिले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्