६८६ मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्राय कहिल्यै परिवर्तन हुँदैन
१
मानिसहरूमा परमेश्वरका स्वभावहरूको हरेक पक्ष, परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छत्यसको हरेक पक्ष र परमेश्वरले गर्नुहुने कामका बारेमा केही बुझाइ भए पनि, यो बुझाइको अधिकांश भाग शब्दको, धर्मसिद्धान्तको र विचारको तहमै सीमित रहन्छ। मानिसहरूमा वास्तविक अनुभवबाट आउने वास्तविक ज्ञान र अन्तर्ज्ञानको सबैभन्दा कमी छ। मानिसहरूको हृदयलाई जगाउनका लागि परमेश्वरले विभिन्न विधिहरू प्रयोग गर्नुहुने भए तापनि, मानिसहरू कुन हदसम्म साँच्चिकै जाग्न सक्छन् भन्ने कुरा तिनीहरूका पछ्याइहरूमा भर पर्छ—संक्षेपमा भन्नुपर्दा, तिमीहरू सबैले अझै धेरै लामो बाटो हिँड्नु छ।
२
म कसैले पनि परमेश्वरले तिनीहरूलाई चिसोमा छोडेर जानुभएको, उहाँले तिनीहरूलाई त्याग्नुभएको वा तिरस्कार गर्नुभएको जस्तो महसुस गरेको हेर्न चाहन्न। म के मात्र हेर्न चाहन्छु भने, सबै जना सत्यता पछ्याउने र परमेश्वरलाई चिन्न खोज्ने मार्गमा लागून्, नहिचकिचाई वा पछाडि नफर्की, कुनै पनि फिक्री वा भारविना नै दृढतापूर्वक अघि बढून्। तैँले जस्तोसुकै गल्तीहरू गरेको भए पनि, तैँले जुनसुकै गलत मोड लिएको भए पनि वा तैँले जसरीसुकै अपराध गरेको भए पनि, परमेश्वर सम्बन्धी ज्ञानको खोजीमा तिनलाई तैँले बोक्नुपर्ने भारी वा भारीमाथि सुपारी बन्न नदे। निरन्तर अघि बढिराख्। हर समयमा, मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्राय कहिल्यै परिवर्तन हुँदैन। परमेश्वरको सारको सबैभन्दा बहुमूल्य पक्ष यही हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६