६३४ परमेश्वरको अख्तियार शैतानले नाघ्न नसक्ने स्वर्गीय अध्यादेश हो
१
शैतानले परमेश्वरको अख्तियार नाघ्ने आँट कहिल्यै गरेको छैन, यति मात्र होइन, परमेश्वरका आदेशहरू र निश्चित आज्ञाहरूलाई सधैँ ध्यान दिएर सुनेको र पालन गरेको छ, र तिनलाई उल्लङ्घन गर्ने कहिल्यै आँट गरेको छैन, र अवश्य नै, परमेश्वरका कुनै पनि आदेशहरूलाई स्वतन्त्र रूपमा परिवर्तन गर्ने आँट गरेको छैन। परमेश्वरले शैतानका लागि तय गर्नुभएका सीमितता यिनै थिए, त्यसकारण शैतानले यी सीमितताहरूलाई नाघ्ने आँट कहिल्यै गरेन। आत्मिक क्षेत्रमा, शैतानले परमेश्वरको हैसियत र अख्तियारलाई स्पष्ट रूपमा देख्छ, र त्यसमा परमेश्वरको अख्तियारको सामर्थ्य र उहाँको अख्तियार प्रयोगको पछाडि रहेका सिद्धान्तहरूका बारेमा गहन बोध गर्छ। यसले तिनलाई बेवास्ता गर्ने आँट बिलकुलै गर्दैन, न त तिनलाई कुनै पनि हालतमा उल्लङ्घन गर्ने, वा परमेश्वरको अख्तियारलाई नाघ्ने कुनै काम गर्ने आँट नै गर्छ, र त्यसले कुनै पनि हालतमा परमेश्वरको क्रोधलाई चुनौती दिने आँट गर्दैन। त्यो प्रकृतिमा दुष्ट र अहङ्कारी भए तापनि, परमेश्वरले त्यसको लागि तय गर्नुभएका परिधि र सीमाहरूलाई नाघ्ने आँट शैतानले कहिल्यै गरेको छैन।
२
करोडौँ वर्षसम्म, यसले यी परिधिहरूलाई कडाइको साथ पालन गरेको छ, परमेश्वरले त्यसलाई दिनुभएको हरेक आज्ञा र आदेशलाई पालन गरेको छ, र घेरालाई नाघ्ने आँट कहिल्यै गरेको छैन। यो दुर्भावनापूर्ण भए तापनि, शैतान भ्रष्ट मानवजातिभन्दा निकै बुद्धिमान् छ; त्यसलाई सृष्टिकर्ताको पहिचान थाहा छ, र त्यसका आफ्नै सीमाहरू थाहा छ। शैतानको “समर्पित” कार्यहरूबाट के देख्न सकिन्छ भने, परमेश्वरको अख्तियार र शक्ति स्वर्गीय अध्यादेशहरू हुन् जसलाई शैतानले नाघ्न सक्दैन, र परमेश्वरको अद्वितीयपन र अख्तियारकै कारणले सबै थोक सुव्यवस्थित रूपमा परिवर्तन हुन्छन् र वृद्धि हुन्छन्, परमेश्वरले स्थापना गर्नुभएको मार्गभित्र रही मानवजाति जिउन र प्रजनन गर्न सक्छ, यस व्यवस्थालाई भङ्ग गर्न सक्ने कुनै व्यक्ति वा वस्तु छैन, र यो नियमलाई परिवर्तन गर्न सक्ने कुनै व्यक्ति वा वस्तु छैन—किनभने तिनीहरू सबै सृष्टिकर्ताको हातबाट, र सृष्टिकर्ताको पूर्वनिर्धारण र अख्तियारबाट आउँछन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १