६२७  सृष्टिकर्ताको अख्तियार अपरिवर्तनीय छ

परमेश्‍वरसँग अख्‍तियार र शक्ति भए पनि, उहाँका कार्यमा उहाँ अत्यन्तै कठोर र सिद्धान्तनिष्ठ हुनुहुन्छ, र आफ्‍नो वचनमा प्रतिबद्ध रहनुहुन्छ। उहाँको कठोरता, र उहाँका कार्यका सिद्धान्तले सृष्टिकर्ताको चिढ्याउन नसकिने गुण र सृष्टिकर्ताको अख्‍तियारको अजेयतालाई देखाउँछन्। उहाँसँग सर्वोच्‍च अख्‍तियार भए तापनि, र यावत् थोक उहाँकै प्रभुत्वमुनि भए तापनि, र उहाँसँग यावत् थोकमाथि सार्वभौम हुने शक्ति भए तापनि, परमेश्‍वरले आफ्‍नै योजनालाई कहिल्यै हानि वा अस्तव्यस्त गर्नुभएको छैन, र उहाँले हरेक पटक आफ्‍नो अख्तियार कार्यान्वयन गर्नुहुँदा, यो कडा रूपमा उहाँका आफ्‍नै सिद्धान्त अनुसार हुन्छ, र यसले उहाँको मुखबाट बोलिएको कुरालाई ठ्याक्कै पछ्याउँछ, र उहाँको योजनाका कदम र उद्देश्यलाई नै पछ्याउँछ। स्पष्ट छ, परमेश्‍वरको सार्वभौमिकता अन्तर्गतका यावत् थोकले पनि परमेश्‍वरको अख्तियार कार्यान्वयन गरिने सिद्धान्तलाई नै पालन गर्छन्, र उहाँको अख्‍तियारका योजनाबद्ध कार्यहरूबाट कुनै पनि मानिस वा वस्तु उम्कन सक्दैन, न त तिनीहरूले उहाँको अख्तियार कार्यान्वयन हुने सिद्धान्तलाई नै परिवर्तन गर्न सक्छन्।

परमेश्‍वरका नजरमा, जो आशिषित छन् तिनीहरूले उहाँको अख्तियारका कारण आशिष्‌हरू प्राप्त गर्छन्, र जो श्रापित छन् तिनीहरूले परमेश्‍वरकै अख्‍तियारका कारण आफ्‍ना दण्ड प्राप्त गर्छन्। परमेश्‍वरको अख्तियारको सार्वभौमिकताअन्तर्गत, उहाँको अख्‍तियारको कार्यान्वयनबाट कुनै पनि मानिस वा कामकुरा उम्कन सक्दैन, न त तिनीहरूले उहाँको अख्‍तियार कार्यान्वयन गरिने सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। सृष्टिकर्ताको अख्‍तियारलाई कुनै पनि तत्त्वमा आउने परिवर्तनले परिवर्तन गर्न सक्दैन, त्यसरी नै, उहाँको अख्तियार कार्यान्वयन गरिने सिद्धान्तहरू कुनै पनि कारणले परिवर्तन हुँदैनन्। स्वर्ग र पृथ्वीले ठूला-ठूला परिवर्तनहरू भोग्लान्, तर सृष्टिकर्ताको अख्‍तियार परिवर्तन हुनेछैन; यावत् थोक बितेर जालान्, तर सृष्टिकर्ताको अख्‍तियार कहिल्यै बितेर जानेछैन। सृष्टिकर्ताको अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने अख्‍तियारको सार यही हो, र सृष्टिकर्ताको अद्वितीयपन ठ्याक्कै यही हो!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

अघिल्लो: ६२१  मानिसलाई परमेश्‍वरका तीन सल्लाह

अर्को: ६२८  परमेश्‍वरको अख्तियारलाई कसैले प्रतिस्थापन गर्न सक्तैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्