६१२  जब तिमी आफ्नो हृदय परमेश्‍वरप्रति खोल्छौ

जब मानिसहरूले परमेश्‍वरलाई बुझ्दैनन् अनि उहाँको स्वभावलाई जान्दैनन्, तब तिनीहरूको हृदय उहाँप्रति कहिल्यै साँचो रूपमा खुल्न सक्दैन। जब तिनीहरूले परमेश्‍वरलाई बुझेका हुन्छन्, तब तिनीहरूले उहाँको हृदयभित्र जे छ, त्यसलाई अभिरुचि र विश्‍वासका साथ ख्याल गर्न अनि त्यसलाई महसुस गर्न थाल्नेछन्। जब तैँले परमेश्‍वरको हृदयमा जे छ, त्यसलाई ख्याल र महसुस गर्न थाल्छस्, तब तेरो हृदय बिस्तारै अलि-अलि गर्दै उहाँप्रति खुल्दै जानेछ। जब तेरो हृदय उहाँप्रति खुल्नेछ, तब परमेश्‍वरसितको तेरा लेनदेनहरू, परमेश्‍वरसितको तेरा मागहरू, अनि तेरा आफ्नै विलासी चाहनाहरू कति लज्जास्पद र नीच रहेछन् भनी तैँले महसुस गर्नेछस्।

जब तेरो हृदय परमेश्‍वरप्रति साँचो रूपमा खुल्दछ, तब उहाँको हृदय असीम संसार रहेछ भनी देख्‍नेछस्, अनि तँ आफूले पहिले कहिल्यै अनुभव नगरेको राज्यभित्र प्रवेश गर्नेछस्। यस राज्यमा कुनै धोका हुँदैन, कुनै छल हुँदैन, कुनै अन्धकार अनि कुनै खराबी हुँदैन। त्यहाँ केवल निष्कपटता र विश्‍वासयोग्यता मात्रै हुन्छ; केवल ज्योति, सीधापन, धार्मिकता र दया हुन्छ। यो प्रेम र वास्ताले भरिपूर्ण हुन्छ, कृपा र सहिष्णुताले भरिपूर्ण हुन्छ, अनि यसद्वारा तैँले जीवित हुनुको खुशी र आनन्दलाई अनुभव गर्छस्। जब तैँले परमेश्‍वरप्रति आफ्‍नो हृदय खोल्छस्, परमेश्‍वरले यिनै कुरा तँलाई प्रकट गरिदिनुहुनेछ। यो अनन्त संसार परमेश्‍वरको बुद्धि तथा सर्वशक्तिमान्‌ताले भरिपूर्ण छ; यो उहाँको प्रेम तथा अख्तियारले पनि भरिपूर्ण छ। यहाँ तैँले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, कुन कुराले उहाँलाई आनन्द ल्याउँछ, किन उहाँ चिन्ता गर्नुहुन्छ अनि उहाँ किन दुःखी बन्‍नुहुन्छ, उहाँ किन रिसाउनुहुन्छ त्यसको हरेक पक्षलाई देख्‍न सक्छस्…। आफ्नो हृदय परमेश्‍वरको निम्ति खोल्ने र उहाँलाई भित्र आउन दिने हरेक व्यक्तिले यो कुरा देख्न सक्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

अघिल्लो: ६११  परमेश्‍वरले मानवजातिलाई कसरी देख्नुहुन्छ

अर्को: ६१४  केवल सत्यताले मानिसको हृदयमा विश्राम ल्याउन सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्