५७१ परमेश्वरले उहाँलाई सुन्ने र उहाँमा समर्पित हुनेहरूलाई मूल्यवान् ठान्नुहुन्छ
परमेश्वरका नजरमा, चाहे कुनै व्यक्ति महान् होस् वा नगण्य होस्, उसले उहाँलाई सुन्न, उहाँका निर्देशनहरू र उहाँले सुम्पनुहुने कुराहरूप्रति समर्पित हुन, र उहाँको काम, उहाँको इच्छा, र उहाँको योजनामा सहकार्य गर्न सकेसम्म, यसरी उहाँको इच्छा र योजना सहज रूपमा पूरा हुने तुल्याएमा, त्यो आचरण उहाँको सम्झना र उहाँको आशिष् प्राप्त गर्न योग्य हुन्छ। परमेश्वरले त्यस्ता मानिसहरूलाई मूल्यवान् ठान्नुहुन्छ; उहाँ तिनीहरूका कार्यलाई कदर गर्नुहुन्छ, र उहाँ तिनीहरूले उहाँप्रति देखाउने यो निष्कपटता र हृदयलाई कदर गर्नुहुन्छ। यो परमेश्वरको मनोवृत्ति हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १