५४४ व्यावहारिक परमेश्वरमाथिको विश्वासले अपार लाभ हुन्छ
१
मानिसको पुत्र हामीसँग बोल्न र हामीलाई मार्गदर्शन गर्न जारी राख्नुहुन्छ। हामीले थाहै नपाई, यी नगण्य मानिसले हामीलाई परमेश्वरको कामका कदममा एक पछि अर्को गर्दै अगुवाइ गर्नुभएको छ। हामी असङ्ख्य परीक्षा भोग्छौँ, असङ्ख्य ताडनाहरू भोग्छौँ, र मृत्युद्वारा जाँच गरिन्छौँ। हामी परमेश्वरको धर्मी र प्रतापी स्वभावबारे जान्छौँ, उहाँको प्रेमिलो-दयालुपन र कृपामा आनन्द पनि मनाउँछौँ, परमेश्वरको महान् शक्ति र बुद्धि अनुभूत गर्छौँ, परमेश्वरको प्रेमिलो स्वभाव देख्छौँ, र मानवलाई मुक्ति दिने परमेश्वरको उत्कट अभिप्रायलाई देख्छौँ। यस साधारण व्यक्तिका वचनहरूमा, हामीले परमेश्वरको स्वभाव र सारलाई जान्न, परमेश्वरका अभिप्राय बुझ्न, मानवको प्रकृति सार जान्न, र मुक्ति र सिद्धताको बाटो देख्न पाउँछौँ।
२
उहाँका वचनले हामीलाई "मर्ने" अनि "पुनर्जन्म लिने" तुल्याउँछन्; उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्, तैपनि हामीलाई पछुतो र ऋणी भावको वेदनामा पार्छन्; उहाँका वचनहरूले हामीमा हर्ष र शान्ति ल्याउँछन्, तर असीमित पीडा पनि ल्याउँछन्। कहिलेकहीँ हामी उहाँका हातहरूमा राखिएर काटिने थुमाहरूजस्तै हुन्छौँ; कहिलेकहीँ हामी उहाँको आँखाका नानी जस्तै हुन्छौँ, र उहाँको कोमल प्रेमको आनन्द लिन्छौँ। कहिलेकहीँ हामी उहाँका शत्रु जस्तै हुन्छौँ, र उहाँका हेराइमा उहाँको क्रोधद्वारा खरानीमा परिणत हुन्छौँ। हामी उहाँद्वारा मुक्ति दिइएका मानवजाति हौँ, हामी उहाँका नजरमा किरा हौँ, अनि हामी हराएका भेडाहरू हौँ, जसलाई भेट्टाउन उहाँ दिन र रात लागी पर्नुहुन्छ।
३
उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, उहाँ हामीलाई घृणा गर्नुहुन्छ, उहाँले हामीलाई उठाउनुहुन्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ र हामीलाई अर्ती दिनुहुन्छ, उहाँले हामीलाई अगुवाइ गर्नुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले हामीलाई ताडना दिनुहुन्छ र अनुशासनमा राख्नुहुन्छ, श्राप पनि दिनुहुन्छ। रात र दिन, उहाँ हाम्रा बारेमा फिक्री गर्न कहिल्यै छोड्नुहुन्न, र रात र दिन, हाम्रो सुरक्षा र हेरचाह गर्नुहुन्छ, हाम्रो साथ कहिल्यै छोड्नुहुन्न, तर हाम्रो खातिर आफ्नो रगत-पसिना बगाउनुहुन्छ र हाम्रा निम्ति कुनै पनि मूल्य चुकाउनुहुन्छ। यो सानो र साधारण मासुले बनेको शरीरका वाणीहरूभित्र, हामीले परमेश्वरको सम्पूर्णताको आनन्द लिएका छौँ र परमेश्वरले हामीलाई दिनुभएको गन्तव्यलाई देखेका छौँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु