५३१ भ्रष्ट मानवजातिलाई परमेश्वरको मुक्तिको आवश्यकता छ
१
मानव हृदयमा परमेश्वरका लागि स्थान नहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ। परमेश्वरको मार्गदर्शनविना, शासक र समाजशास्त्रीहरूले मानव सभ्यता कायम राख्न आफ्नो दिमाग खियाए पनि, यसले कुनै पनि फाइदा गर्दैन। मानिसको हृदयमा भएको खालीपनलाई कुनै व्यक्तिले पनि भर्न सक्दैन, किनकि कुनै पनि व्यक्ति मानिसको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानिसलाई खालीपनका समस्याहरूबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, आनन्द, र सहजताले मानिसलाई अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुरा हुँदा पनि, मानिसले अनिवार्य रूपमा पाप गर्छ र समाजको अन्यायबारे गुनासो गर्छ। यी कुरा हुनुले मानिसको अन्वेषण गर्ने तृष्णा र कामना रोक्न सक्दैनन्।
२
यो हुनुको कारण चाहिँ के हो भने, मानिसलाई परमेश्वरले सृष्टि गर्नुभयो, तिनीहरूका अर्थहीन बलिदान र अन्वेषणहरूले झन्झन् तिनीहरूमाथि हैरानी ल्याउन मात्र सक्छन्, र मानिसलाई लगातार बेचैनीको अवस्थामा हुने तुल्याउँछ, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्ने उसलाई थाहा हुँदैन, यहाँसम्म कि ऊ विज्ञान र ज्ञानसँग पनि डराउँछ, र ऊ खालीपनको अनुभूतिसँग झन् बढी डराउँछ। यस संसारमा, तँ चाहे स्वतन्त्र देशमा जिउने भए पनि वा मानवअधिकार नभएको देशमा जिउने भए पनि, मानवजातिको भवितव्यबाट उम्कन तँ पूर्णतः असक्षम हुन्छस्। तँ शासक वा शासित, जे भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो कामनाबाट उम्कन पूर्ण रूपमा असक्षम हुन्छस्, खालीपनको अवर्णनीय भावनाबाट उम्कन त अझै बढी असक्षम हुन्छस्।
३
सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनालाई, समाजशास्त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तैपनि यस्ता समस्याहरू समाधान गर्न कुनै पनि महान् व्यक्ति अगाडि आउन सक्दैन। आखिर, मानिस मानिस नै हो, अनि परमेश्वरको हैसियत र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापित गर्न सक्दैन। मानवजातिलाई चाहिने भनेको सबैलाई राम्रोसँग खुवाइने, सबै समान र स्वतन्त्र हुने निष्पक्ष समाज मात्र होइन; मानवजातिलाई चाहिने त परमेश्वरको मुक्ति र मानवजातिका लागि उहाँको जीवनको आपूर्ति हो। मानिसले परमेश्वरको जीवनको आपूर्ति र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उनीहरूका आवश्यकताहरू, उनीहरूको अन्वेषण गर्ने कामना, र उनीहरूको हृदयको खालीपन समाधान हुन्छ। यदि एक देश वा जातिका मानिसहरूले परमेश्वरको मुक्ति र हेरचाह पाउन सक्दैनन् भने, त्यस्तो देश वा जाति पतन, अन्धकारतर्फ बढ्नेछ, र फलस्वरूप परमेश्वरद्वारा नष्ट गरिनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ