५२७ सत्यता स्वीकार गर्नेहरूले मात्र परमेश्वरको आवाज सुन्न सक्छन्
१
परमेश्वर जहाँसुकै देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुनेछ, र त्यहाँ परमेश्वरको आवाज हुनेछ। सत्यता स्वीकार गर्न सक्नेहरूले मात्रै परमेश्वरको आवाज सुन्न सक्नेछन्, र त्यस्ता मानिसहरू मात्रै परमेश्वरको देखा पराइ देख्नका लागि योग्य हुन्छन्। तेरा धारणा त्यागिदे! आफैलाई शान्त पार् र परमेश्वरका वचनहरूलाई होसियारीसाथ पढ्। तँसँग सत्यताको तृष्णा गर्ने हृदय भएसम्म, परमेश्वरले तैँले उहाँका अभिप्राय र वचन बुझ्नेछस् भनेर तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। तिमीहरूका “असम्भवता”का तर्कलाई त्यागिदेओ! मानिसहरूले कुनै कुरा असम्भव छ भन्ने विश्वास जति धेरै गर्छन्, त्यो हुने सम्भावना त्यति नै धेरै हुन्छ, किनकि परमेश्वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्वरका सोचहरू मानिसका सोचहरूभन्दा उच्च छन्, र परमेश्वरले मानिसका सोच र धारणाका सीमाभन्दा बाहिर आफ्नो काम गर्नुहुन्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसभित्र त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसका धारणाहरूद्वारा जति कल्पना गर्न सकिँदैन, त्यसमा त्यति नै धेरै परमेश्वरका अभिप्रायहरू समावेश हुन्छन्।
२
किनकि, उहाँ जहाँ देखा पर्नुभए नि, परमेश्वर अझै परमेश्वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने स्थान वा शैलीका कारण उहाँको सार बिलकुलै परिवर्तन हुनेछैन। परमेश्वरका पाइलाहरू चाहे जहाँ भए पनि परमेश्वरको स्वभाव परिवर्तन हुनेछैन, र उहाँका पाइलाहरू चाहे जहाँ भए पनि, उहाँ सबै मानवजातिका परमेश्वर हुनुहुन्छ, जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्वर नभई, एसिया, युरोप, अमेरिकाका सबै मानिसका परमेश्वर हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ सम्पूर्ण ब्रह्माण्डका एक मात्र परमेश्वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्वरका वाणी र वचनमा उहाँका अभिप्रायको खोजी गरौँ र उहाँको देखा पराइ पत्ता लगाऔँ, र उहाँका पाइलासँग पाइला मिलाऔँ! परमेश्वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचन र उहाँको देखा पराइ एकैसाथ अस्तित्वमा हुन्छन्, उहाँको स्वभाव र उहाँका पाइला मानवजातिलाई सदैव सार्वजनिक रूपमा देखाइन्छन्। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, म आशा गर्छु कि तिमीहरू सबैले यी वचनहरूमा परमेश्वरको देखा पराइ देख्न सक्छौ, तिमीहरूले उहाँका पाइलाहरूसँग गति मिलाउन थाल्नेछौ र नयाँ युगतर्फ लम्कनेछौ, र परमेश्वरको देखा पराइ कुर्नेहरूका लागि उहाँले तयार पार्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्नेछौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ