४८९ परमेश्वर मानिस उहाँका वचनप्रति निष्कपट होऊन् भन्ने आशा गर्नुहुन्छ
१
तिमीहरूको गन्तव्य र भाग्य तिमीहरूलाई धेरै महत्त्वपूर्ण छन्—तिनीहरूको तिमीहरूसँग ठूलो सम्बन्ध छ। तिमीहरू विश्वास गर्छौ कि, तिमीहरूले ठूलो सावधानीका साथ कामकुरा गरेनौ भने, यसको अर्थ तिमीहरूसित उप्रान्त गन्तव्य हुनेछैन, आफ्नै भाग्यलाई नष्ट गरेका हुन्छौ भन्ने हुनेछ। तर आफ्नो गन्तव्यका खातिर मात्र मेहनत लगाउने मानिसहरूले व्यर्थमा परिश्रम गरिरहेका छन् भन्ने कुरा के तिमीहरूले कहिल्यै सोचेका छौ? त्यस्ता मेहनत साँचो हुँदैनन्, ती झुटो आवरण र छल मात्र हुन्। यदि त्यसो हो भने, जसले केवल आफ्नो गन्तव्यका खातिर मेहनत लगाउँछन्, तिनीहरू आफ्नो अन्तिम पराजयको सँघारमा हुन्छन्, किनभने परमेश्वरप्रतिको विश्वासमा असफलताको कारण छल नै हो।
२
मलाई चापलुसी र लोलोपोतो गरेको, वा उत्सुकतासाथ व्यवहार गरेको मन पर्दैन। मलाई इमानदार मानिसहरूले मेरो सत्यता र मेरा अपेक्षाहरूको सामना गरेको मन पर्छ। अझ त्योभन्दा बढी, जब मानिसहरूले मेरो हृदयका लागि सबैभन्दा बढी ख्याल देखाउन सक्छन्, अनि मेरा खातिर सबै कुरा समर्पित गर्न समेत सक्षम हुन्छन्, मलाई त्यो कुरा मन पर्छ। यसरी मात्रै मेरो हृदयले सान्त्वना पाउन सक्छ।
३
मेरो हृदयमा, म सकारात्मक र माथितिर उठ्ने आकाङ्क्षा राख्ने कुनै पनि हृदयलाई चोट पुर्याउन चाहन्न, र कर्तव्य बफादारीपूर्वक पूरा गर्ने कसैको हुटहुटीलाई निरुत्साहित गर्न त म झनै चाहन्न। तथापि, मैले तिमीहरूमध्ये हरेकलाई तिमीहरूका अपर्याप्तताहरू र हृदयका गहनतम कुनाहरूमा रहेका फोहोर प्राणबारे स्मरण गराउनैपर्छ। मेरा वचनहरूको सम्मुख आउँदा तिमीहरूले आफ्नो साँचो हृदय अर्पण गर्न सक्नेछौ भन्ने आशामा मात्र म यसो गर्छु, किनभने मैले सबैभन्दा बढी घृणा गर्ने भनेको मानिसहरूको मप्रतिको छल हो।
४
म केवल के आशा गर्छु भने, मेरो कामको अन्तिम चरणमा, तिमीहरूले आफ्नो सर्वोत्कृष्ट प्रदर्शन प्रस्तुत गर्न सक्नेछौ, अनि तिमीहरूले आफ्नो सम्पूर्ण हृदयले आफूलाई अर्पित गर्नेछौ, उप्रान्त आधा हृदयले होइन। अवश्य नै, म के पनि आशा गर्छु भने तिमीहरू सबैले एउटा असल गन्तव्य पाउन सक्नेछौ। तथापि, मसित अझै मेरो माग छ, जुन तिमीहरूले मलाई तिमीहरूको एउटै र अन्तिम बफादारी अर्पण गरेर सर्वोत्कृष्ट निर्णय गर भन्ने हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। गन्तव्यको सम्बन्धमा