४३१  परमेश्‍वरले मानिसहरूको सार अनुसार तिनीहरूको परिणाम निर्णय गर्नुहुन्छ

यदि कुनै व्यक्ति अन्ततः बाँच्न सक्षम भयो भने, यो उनीहरूले परमेश्‍वरका माग पूरा गरेका कारण हो, र यदि उनीहरू अन्ततः विश्रामको समयसम्म बच्न असक्षम भए भने, उनीहरू परमेश्‍वरविरुद्ध विद्रोही भएकाले र उनीहरूले परमेश्‍वरका मागहरू पूरा नगरेकाले नै हो। हरेकको एउटा सुहाउँदो गन्तव्य छ। यी गन्तव्यहरू हरेक व्यक्तिको सारअनुसार निर्धारण गरिन्छन् र यिनको अरू मानिसहरूसँग बिलकुलै सरोकार छैन।

एउटा बालकको दुष्ट व्यवहार उनीहरूको आमाबुबामा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको आमाबुबासँग बाँड्न नै सकिन्छ, आमाबुबाको दुष्ट व्यवहार उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन, न त एउटा आमाबुबाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। सबैले आ-आफ्नै पापहरू वहन गर्छन्, र सबैले आ-आफ्ना आशिष्‌को आनन्द उठाउँछन्। कोही व्यक्तिले पनि अर्को व्यक्तिको ठाउँ लिन सक्दैन; यो धार्मिकता हो। कसैले अर्काका पापहरू वहन गर्न सक्दैन; झन्, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो।

अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्कर्मीहरू दुष्कर्मीहरू नै हुन्। धार्मिकता गर्नेहरूलाई अन्ततः बाँच्न दिइनेछ, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछ। पवित्रहरू भनेका पवित्र नै हुन्; उनीहरू फोहोरी होइनन्। फोहोरीहरू फोहोरी नै हुन्, र उनीहरूको एक अंश पनि पवित्र छैन। दुष्कर्मीहरूका छोराछोरीहरूले धर्मी कार्यहरू नै गरे पनि, र धर्मीहरूका आमाबुबाले दुष्ट कार्य गरे पनि—नष्ट पारिने मानिसहरू सबै दुष्टहरू हुन् र बाँच्नेहरू सबै धर्मीहरू हुन्।

विश्‍वासी पति र गैरविश्‍वासी पत्‍नीबीच कुनै सम्बन्ध हुँदैन, र विश्‍वासी छोराछोरीहरू र गैरविश्‍वासी आमाबुबाबीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा मिल्दैनन्। विश्राममा प्रवेश गर्नुअघि, मानिसहरूसँग दैहिक, पारिवारिक स्नेह हुन्छ, तर तिनीहरू विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त उल्लेख गर्न मिल्ने कुनै दैहिक, पारिवारिक स्नेह हुँदैन। कर्तव्य पूरा गर्नेहरू कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई नमिल्ने किसिमका सृजित प्राणीहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

अघिल्लो: ४३०  मानिसको अन्त्यको लागि परमेश्‍वरको प्रबन्ध

अर्को: ४३४  परमेश्‍वर र मानवको लागि फरक विश्राम स्थानहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्