३९२ सृजित प्राणीहरूको लागि परमेश्वरलाई चिन्नु सर्वोच्च सम्मान हो
पद १
सत्यतालाई अभ्यास गर्नु तिमीहरूलाई निकै गाह्रो
र परमेश्वरलाई चिन्नु झन् ठूलो समस्या हो।
यो मानवजातिकै समस्या हो।
कसैले उहाँलाई बढि चिन्लान्, तर लगभग कोही पनि मापदण्ड अनुसार छैनन्।
पद २
उहाँलाई चिन्नुको अर्थ, आवश्यकता वा कुन
हदसम्म उहाँलाई चिन्नैपर्छ भनी मानिसले बुझ्दैन।
उसलाई यो अन्योलपूर्ण छ।
कसैले यसको जवाफ दिन सक्तैन,
कारण आजसम्म यो काममा कोही सफल भएको छैन।
कोरस
उहाँलाई चिन्ने पहिलो व्यक्ति हुन सकेमा,
के यो सबभन्दा ठूलो सम्मान हुने थिएन?
के मानिसमाझ कुनै प्राणी उहाँद्वारा अझ स्वीकृत हुन सक्थ्यो,
स्वीकृत हुन सक्थ्यो?
पद ३
मानिसलाई उहाँको कामको तीन चरणको रहस्य देखाइँदा,
उहाँलाई चिन्ने प्रतिभाको समूह देखा पर्न थाल्नेछ।
उहाँले यो काम गर्नुहुँदै, यसको आशा गर्नुभएको छ,
र चाँडै यस्ता धेरै प्रतिभा देख्ने आशा गर्नुहुन्छ।
पद ४
तिनीहरू कामका तीन चरणको गवाही दिनेमा पहिलो हुनेछन्।
साँच्चै पछ्याउनेले यो आशिष् पाउँछन् भनी उहाँ आशा गर्नुहुन्छ।
समयको सुरूवात देखि वा मानिसको इतिहासमा,
कहिल्यै पनि यस्तो काम भएको छैन।
कोरस
उहाँलाई चिन्ने पहिलो व्यक्ति हुन सकेमा,
के यो सबभन्दा ठूलो सम्मान हुने थिएन?
के मानिसमाझ कुनै प्राणी उहाँद्वारा अझ स्वीकृत हुन सक्थ्यो?
ब्रिज
यो आजको र भविष्यको काम हो,
६००० वर्षको अन्तिम र सर्वोच्च काम, हरेक
प्रकारको मानिस प्रकट गर्ने तरिका हो।
पद ५
यस्तो काम सजिलो छैन, तर इनाम ल्याउनेछ।
तिनको लिङ्ग वा राष्ट्रियता जे भएपनि,
उहाँलाई जान्न सक्षम सबैले उहाँको सर्वोच्च
सम्मान पाउनेछन्। मात्र
तिनमा उहाँको अख्तियार हुनेछ।
कोरस
उहाँलाई चिन्ने पहिलो व्यक्ति हुन सकेमा,
के यो सबभन्दा ठूलो सम्मान हुने थिएन?
के मानिसमाझ कुनै प्राणी उहाँद्वारा अझ स्वीकृत हुन सक्थ्यो,
स्वीकृत हुन सक्थ्यो?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो” बाट परिमार्जित