३८४  परमेश्‍वरको विश्‍वासीले के पछ्याउनुपर्छ?

पत्रुसले पछ्याएका सबै कुरा परमेश्‍वरका अभिप्रायअनुरूप थिए। उसले परमेश्‍वरका अभिप्रायहरूको पूर्ति पछ्यायो, अनि उसले कष्ट र प्रतिकुलता भोग्नुपरे पनि, ऊ अझै पनि परमेश्‍वरका अभिप्राय पूरा गर्न इच्‍छुक थियो। परमेश्‍वरको विश्‍वासीका लागि योभन्दा राम्रो पछ्याइ हुँदैन। पावलले पछ्याएको कुरा उसको आफ्‍नै देहद्वारा, उसका आफ्‍नै धारणाहरूद्वारा, र उसका आफ्‍नै योजना र युक्तिहरूद्वारा कलङ्कित थियो। ऊ कुनै पनि हालतमा मानकअनुरूपको सृजित प्राणी थिएन, ऊ परमेश्‍वरका अभिप्राय पूरा गर्न खोज्‍ने व्यक्ति थिएन। पत्रुस परमेश्‍वरका योजनाबद्ध कार्यहरूको कृपामा रहन पछ्याउँथ्यो, र उसले गरेको काम ठूलो नभएको भए तापनि, उसको पछ्याइ पछाडिको प्रेरणा र उसले हिँडेको मार्ग सही थिए; उसले धेरै मानिसहरूलाई प्राप्त गर्न नसकेको भए तापनि, उसले सत्यताको मार्ग पछ्याउन सक्यो। यही कारणले गर्दा ऊ मानकअनुरूपको सृजित प्राणी थियो भनेर भन्‍न सकिन्छ।

पत्रुस र पावलका सारहरूमा रहेका भिन्‍नताबाट तैँले जीवन नपछ्याउने सबैले व्यर्थमा परिश्रम गर्छन् भन्‍ने बुझ्‍नुपर्छ! तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र परमेश्‍वरलाई पछ्याउँछस्, त्यसैले तँमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तैँले आफ्‍नो भ्रष्ट स्वभाव फाल्नैपर्छ, तैँले परमेश्‍वरका अभिप्रायहरूको पूर्ति पछ्याउनैपर्छ, र सृजित प्राणीको कर्तव्य पूरा गर्नैपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्‍वरका अभिप्राय पूरा गर्नुपर्छ। तँलाई सृष्टि गरिएको हुनाले, तँ तँलाई सृष्टि गर्नुहुने प्रभुमा समर्पित हुनुपर्छ, किनभने तँ अन्तर्निहित रूपमा नै आफूमाथिको प्रभुत्वरहित छस्, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै प्राकृतिक क्षमता छैन। तँ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रीकरण र परिवर्तन पछ्याउनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

अघिल्लो: ३८२  सफलता वा असफलता मानिसको पछ्याइमा भर पर्छ

अर्को: ३८५  परमेश्‍वरद्वारा प्राप्त गरिनु तिम्रो आफ्नै पछ्याइमा भर पर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्