३७३  के तिमीहरूले पवित्र आत्मा बोल्नुभएको सुनेका छौ?

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ, सो कान हुनेले सुनोस्।” के तिमीहरूले अहिले पवित्र आत्माका वचनहरू सुनेका छौ? परमेश्‍वरका वचनहरू तिमीहरूकहाँ आएका छन्। के तिमीहरूले तिनलाई सुनेका छौ? परमेश्‍वरले आखिरी दिनहरूमा वचनको काम गर्नुहुन्छ, यी वचन पवित्र आत्माका वचन हुन्, किनभने परमेश्‍वर पवित्र आत्मा हुनुहुन्छ र उहाँ देह पनि बन्न सक्नुहुन्छ; त्यसैले, विगतमा उल्लेख गरिएका, पवित्र आत्माका वचनहरू आजको देहधारी परमेश्‍वरका वचनहरू हुन्। धेरै मूर्ख मानिसहरू छन् जसले बोल्‍नुहुने पवित्र आत्मा हुनुहुन्छ, त्यसकारण उहाँको आवाज मानिसहरूले सुन्‍ने गरी स्वर्गबाट बोलिनुपर्छ भनी विश्‍वास गर्छन्। यसरी सोच्ने कसैलाई पनि परमेश्‍वरको काम थाहा हुँदैन। वास्तवमा, पवित्र आत्माले बोल्नुभएका वाणी देहधारी हुनुभएका परमेश्‍वरका वाणीहरू नै हुन्।

पवित्र आत्मा मानिससँग सोझै बोल्न सक्नुहुन्न; व्यवस्थाको युगमा पनि यहोवा मानिसहरूसँग सोझै बोल्नुभएन। के आज यस युगमा पनि उहाँले त्यसो गर्ने सम्भावना अत्यन्त कम हुँदैनथ्यो र? काम गर्नका लागि वाणीहरू बोल्‍न, उहाँ देहधारी हुनुपर्छ; नत्र, उहाँको काम यसको लक्ष्य पूरा गर्न सक्षम हुँदैन। देहधारी परमेश्‍वरलाई इन्कार गर्नेहरूले पवित्र आत्मालाई चिन्दैनन् वा परमेश्‍वरले काम गर्ने सिद्धान्तहरू जान्दैनन्।

अहिले पवित्र आत्माको युग हो भनी विश्‍वास गर्ने, तैपनि उहाँको नयाँ कार्य स्वीकार नगर्नेहरू अस्पष्ट र अमूर्त विश्‍वासको माझमा जिउनेहरू हुन्। यस्ता मानिसहरूले पवित्र आत्माको कामलाई कहिल्यै पनि ग्रहण गर्दैनन्। पवित्र आत्मालाई प्रत्यक्ष बोल्न र काम कार्यान्वयन गर्न मात्र आग्रह गर्नेहरू तर देहधारी परमेश्‍वरका काम वा वचनहरूलाई स्वीकार नगर्नेहरू कहिल्यै नयाँ युगमा प्रवेश गर्न सक्षम हुनेछैनन् वा उनीहरूलाई परमेश्‍वरद्वारा पूर्णतः मुक्ति दिइनेछैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

अघिल्लो: ३७२  परमेश्‍वरको काम सधैँ अघि बढिरहन्छ

अर्को: ३७४  मानिसको सोच ज्यादा रुढिवादी छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्