३४७  परमेश्‍वरद्वारा प्राप्त गरिएकाहरूले अनन्त आशिष्हरूको आनन्द उठाउनेछन्

मेरो काम छ हजार वर्षसम्म मात्र रहन्छ, मैले के प्रतिज्ञा गरेँ भने सारा मानवजातिमाथि रहेको दुष्टको नियन्त्रण पनि छ हजार वर्ष नै रहनेछ। त्यसैले, अब समय आएको छ। म उप्रान्त न त यो जारी राख्नेछु, न ढिलाइ नै गर्नेछु: आखिरी दिनहरूका अवधिमा मैले शैतानमाथि ठूलो विजय हासिल गर्नेछु, मैले मेरो सारा महिमा फिर्ता लिनेछु, अनि पृथ्वीमा मेरो स्वामित्वमा रहेका सबै प्राणहरूलाई म फिर्ता लिनेछु, ताकि यी शोकाकुल प्राणहरू कष्टको समुन्द्रबाट उम्कन सकून्, यसरी पृथ्वीमा मेरो सम्पूर्ण काम समाप्त हुनेछ। यो दिन उप्रान्त, म पृथ्वीमा फेरि कहिल्यै देह बन्नेछैनँ, र सबथोकमा सार्वभौम हुने मेरा आत्माले पृथ्वीमा काम गर्नेछैनन्। म पृथ्वीमा मानवजातिलाई फेरि सृजना मात्र गर्नेछु, पवित्रीकरण गरिएको र पृथ्वीमा मेरो विश्‍वासयोग्य सहर हुने मानवजाति।

तैँले के जान्नुपर्छ भने, म सम्पूर्ण संसारलाई नष्ट गर्नेछैनँ, न त म सारा मानवजातिलाई नै नष्ट गर्नेछु। म बाँकी रहेको एक-तिहाइलाई राख्‍नेछु—त्यो एक-तिहाइ जसले मलाई प्रेम गर्छ र जो मद्वारा पूर्ण रूपमा विजय गरिएको छ, र म यो एक-तिहाइलाई पृथ्वीमा फलदायी र वृद्धि हुने तुल्याउनेछु, जसरी व्यवस्थाको अधीनमा इस्राएलीहरू भएका थिए; तिनीहरूले मैले तिनीहरूलाई पोषण गर्न प्रयोग गर्ने प्रशस्त भेडा र गाईबस्तु, साथै पृथ्वीका सारा प्रचुरता पाउनेछन्। यो मानवजाति सदा मसँगै रहनेछ, तैपनि यो आजको अत्यन्तै फोहोर मानवजाति हुनेछैन, तर मद्वारा प्राप्त गरिएका सबै मानिसहरूको झुन्ड रहेको मानवजाति हुनेछ। त्यस्तो मानवजाति शैतानको हानि, बाधा वा घेराउमा पर्नेछैन, अनि मैले शैतानलाई जितेपछि पृथ्वीमा अवस्थित एक मात्र मानवजाति हुनेछ। यो त्यही मानवजाति हो जो आज मद्वारा विजय गरिएको छ र जसले मेरो प्रतिज्ञा प्राप्त गरेको छ।

आखिरी दिनहरूका अवधिमा विजय गरिएको मानवजाति त्यही मानवजाति पनि हो जो बाँकी रहनेछ र जसले मेरा अनन्त आशिष्हरू प्राप्त गर्नेछ। शैतानमाथि मेरो विजयको प्रमाण, र शैतानसितको लडाइँबाट प्राप्त भएका फल यही मात्र हुनेछन्। लडाइँका यी फल मद्वारा शैतानको शक्तिबाट बचाइएका हुन्, र यी मेरो छ हजार वर्षे व्यवस्थापन योजनाको एकमात्र परिष्कृत नतिजा र फल हुन्। तिनीहरू प्रत्येक राष्ट्र र सम्प्रदायबाट, सारा ब्रह्माण्डभरिका प्रत्येक स्थान र देशबाट आउँछन्। तिनीहरू विभिन्न जातिका हुन्छन्, तिनीहरूका भाषा, रिवाज र वर्ण फरक हुन्छन्, र तिनीहरू विश्‍वको प्रत्येक राष्ट्र र सम्प्रदायमा, र संसारको हरेक कुनामा समेत फैलिएका छन्। आखिरीमा, पूर्ण मानवजाति निर्माण गर्न एकसाथ मिल्नेछन्, त्यो मानिसको यस्तो झुन्ड हुनेछ जहाँ शैतानका शक्तिहरू पुग्न सक्दैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जो देहको हो ऊ क्रोधको दिनबाट उम्कन सक्दैन

अघिल्लो: ३४६  आखिरी दिनहरूको न्याय युगलाई समापन गर्ने कार्य हो

अर्को: ३५०  कसरी मानिसले “मुक्तिदाता येशू” स्वर्गबाट ओर्लनुभएको देख्नसक्छन्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्