३२७ मार्गको अन्तिम भाग कसरी उचित रूपमा हिँड्ने
१
अहिले यी वचनहरू बोलिएका छन् भन्ने कुरालाई तैँले याद गर्नैपर्छ: पछि, तैँले झन् ठूलो सङ्कष्ट र झन् ठूलो कष्ट अनुभव गर्नेछस्! सिद्ध पारिनु सरल वा सजिलो कुरा होइन। कम्तीमा, तँमा अय्यूबको जस्तो आस्था हुनैपर्छ, वा तिनको भन्दा अझ ठूलो आस्था हुनुपर्छ। भविष्यमा अय्यूबका परीक्षाहरूभन्दा ठूला परीक्षा हुनेछन् अनि तँ दीर्घकालीन सजायबाट गुज्रनैपर्छ भन्ने कुरा तैँले जान्नुपर्छ। के यो सरल कुरा हो र? यदि अहिले तँ दर्शनहरूलाई पक्रिरहन सक्दैनस् भने, तँसित बिलकुलै कुनै जग छैन, अनि भविष्यमा तँलाई त्यागिनेछ!
२
यस मार्गको अन्तिम भाग उचित रूपमा कसरी हिँड्ने भनेर होसियारीपूर्वक तौली। यो, भविष्यमा हिँड्नैपर्ने मार्ग, सबै मानिसहरूले हिँड्नैपर्ने मार्ग हो। तैँले यो ज्ञानलाई बेवास्ता गर्नुहुँदैन; म तँलाई जे भन्छु, त्यो सबै सास खेर फाल्नु हो भनी नसोच्। त्यो दिन आउनेछ जब तैँले यो सबलाई सदुपयोग गर्नेछस्—मेरा वचनहरू व्यर्थमा बोल्न सकिँदैन। यो, आफूलाई सुसज्जित पार्ने समय हो, भविष्यका निम्ति मार्ग तयार गर्ने समय हो। तैँले भविष्यमा हिँड्ने मार्ग तयार गर्नुपर्छ; तँ भविष्यमा कसरी दृढ रहन सक्नेछस् भन्नेबारे तँ चिन्तित र बेचैन हुनुपर्छ, अनि तेरो भविष्यको मार्गका निम्ति उचित रूपमा तयारी गर्नुपर्छ। घिचुवा र अल्छे नहो!
३
तेरो समयको सर्वोत्तम प्रयोग गर्न तैँले सक्नेजति हरेक कुरा गर्नुपर्छ, ताकि तँलाई चाहिने हरेक कुरा तैँले हासिल गर्न सक्। तैँले बुझ्न सक् भनेर म तँलाई सबै कुरा दिइरहेको छु। अझ ठूला सङ्कष्टहरू भोगेर, सबै मानिसहरूले साँचो बुझाइ हासिल गर्नेछन्। काम गर्ने कदमहरू यिनै हुन्। तैँले आज सङ्गति गरिएका दर्शनहरूलाई पूर्ण रूपले बुझेपछि र तैँले साँचो कद प्राप्त गरेपछि, भविष्यमा तैँले जस्तोसुकै कष्टहरू भोगे पनि तँ अभिभूत हुनेछैनस्, अनि दृढ हुन सक्नेछस्। जब मैले कामको यो अन्तिम कदम पूरा गरेको हुन्छु र आखिरी वचनहरू उच्चारण गरेर सिध्याएको हुन्छु, तब भविष्यमा मानिसहरू आफ्नो मार्गमा हिँड्नुपर्नेछ। यसले पहिले बोलिएका वचनलाई पूरा गर्नेछ: पवित्र आत्मासित हरेक व्यक्तिका निम्ति आज्ञा छ, र हरेक व्यक्तिमा गर्नुपर्ने काम छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ मार्गको अन्तिम भागसम्म कसरी हिँड्नुपर्छ