३१९ परमेश्वरको सजाय र न्याय मानिसको मुक्तिको ज्योति हो
१
मानिस देहमाझ जिउँछ, अर्थात् ऊ मानव नरकमा जिउँछ, र परमेश्वरको न्याय र सजायविना ऊ शैतानजस्तै फोहोरी छ। परमेश्वरद्वारा गरिने न्याय-सजाय नै मानिसको सबैभन्दा उत्तम सुरक्षा र सबैभन्दा ठूलो अनुग्रह हो। परमेश्वरको सजाय र न्यायद्वारा मात्रै मानिस बिउँझन सक्छ र उसले देहलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्वरको कठोर अनुशासनले मानिसलाई शैतानको प्रभावबाट रिहा गर्छ, उसलाई आफ्नै सानो संसारबाट रिहा गर्छ र उसलाई परमेश्वरको मुहारको ज्योतिमा जिउने तुल्याउँछ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन।
२
मानिस उसको जीवनमा, यदि पखालिन र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ र आफूबाट परमेश्वरको अनुशासन र परमेश्वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस् र ऊ परमेश्वरको ज्योतिमा जिउन सकोस्। यो जान कि परमेश्वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसका लागि योभन्दा उत्तम आशिष्, र योभन्दा ठूलो अनुग्रह वा सुरक्षा कुनै छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान