३१६  म मेरो जीवन परमेश्‍वरको न्याय र सजायको साथमा बिताउन इच्छुक छु

हे परमेश्‍वर! तपाईँको प्रेम कति बहुमूल्य र सुन्दर छ; म कसरी दुष्टको हातमा जिउन इच्छुक हुन सक्छु र? के म तपाईँद्वारा सृजित होइन र? म कसरी शैतानको शक्तिअन्तर्गत जिउन सक्छु? म आफू दुष्टको शक्तिअन्तर्गत जिउनुभन्दा बरु तपाईँको सजायमाझ जिउनेथिएँ। जबसम्म म पखालिन र मसँग भएका सबै कुरा तपाईँलाई अर्पण गर्न सक्छु, तबसम्म म मेरो शरीर र हृदय तपाईँको न्याय र सजायमा अर्पण गर्न इच्छुक छु, किनभने म शैतानलाई घृणा गर्छु, र त्यसको सत्ताअन्तर्गत जिउन इच्छुक छैनँ। तपाईँले मलाई गर्ने न्यायमार्फत तपाईँ आफ्‍नो धर्मी स्वभाव देखाउनुहुन्छ; म पूर्ण रूपमा इच्छुक छु र मसँग अलिकति पनि गुनासो छैन। जबसम्म म सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्छु, तबसम्म म आफ्नो सम्पूर्ण जीवनमा तपाईँको न्यायको साथ होस् भन्‍ने चाहन्छु, अनि त्यसरी म तपाईँको धर्मी स्वभावलाई चिन्‍नेछु र दुष्टको प्रभावबाट आफूलाई मुक्त गर्नेछु।

म तपाईँको सजायमाझ जिए पनि, र तपाईँको न्यायमाझ जिए पनि, त्यो जतिसुकै पीडादायी भए पनि, म शैतानको सत्तामा जिउन अनिच्‍छुक छु, शैतानद्वारा झुक्क्याइएर जिउन अनिच्‍छुक छु। म तपाईँका श्रापहरूमा जिउन आनन्द महसुस गर्छु र शैतानका आशिष्‌हरूमा जिउँदा पीडा महसुस गर्छु। तपाईँको न्यायमाझ जिउँदा म तपाईँलाई प्रेम गर्छु र यसले गर्दा मेरो हृदयमा ठूलो आनन्द छाउँछ। तपाईँका सजाय र न्याय धार्मिकता र पवित्रता हुन्; यो मलाई धुनका लागि हो र त्योभन्दा पनि बढी, यो मलाई मुक्ति दिनका लागि हो। म एक क्षण पनि शैतानको शक्तिअन्तर्गत जिउनुभन्दा बरु आफ्नो सम्पूर्ण जीवन तपाईँको न्यायमा बिताउन र तपाईँको हेरचाह पाउन चाहन्छु। म तपाईँबाट धोइन चाहन्छु; कष्ट नै भोग्‍नु परे पनि, म शैतानद्वारा शोषित हुन र झुक्क्याइन चाहन्‍नँ।

म, यो सृजित प्राणी, तपाईँद्वारा प्रयोग गरिनुपर्छ, तपाईँद्वारा स्वामित्वमा राखिनुपर्छ, म तपाईँद्वारा न्याय पनि गरिनुपर्छ, र तपाईँद्वारा सजाय दिइनुपर्छ, तपाईँद्वारा श्रापितसमेत हुनुपर्छ। तपाईँ मलाई आशिष् दिन इच्‍छुक हुनुहुँदा मेरो हृदय प्रसन्न हुन्छ, किनभने मैले तपाईँको प्रेम देखेको छु। तपाईँ सृष्टिकर्ता हुनुहुन्छ र म सृजित प्राणी हुँ: तपाईँलाई धोका दिएर म शैतानको सत्तामा जिउनु हुँदैन, न त म शैतानद्वारा शोषित हुनु नै हुन्छ। शैतानका लागि जिउनुको सट्टा त म तपाईँको घोडा वा गोरु हुनुपर्छ। बरु म कुनै पनि शारीरिक आनन्दविना नै तपाईँको सजायमाझ जिउनेछु; मैले तपाईँको अनुग्रह गुमाउनु परे पनि, म अझै पनि तपाईँद्वारा सजाय दिइन र न्याय गरिन रमाउनेथिएँ; तपाईँको सर्वोत्तम आशिष्, तपाईँको सबैभन्दा महान् अनुग्रह यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

अघिल्लो: ३१४  मैले सजाय र न्यायमा परमेश्‍वरको प्रेम देखेको छु

अर्को: ३१८  परमेश्‍वरको न्यायले उहाँलाई प्रेम गर्ने मेरो हृदय अझ शुद्ध बनायो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्